|
राजनैतिक दलहरुबिच एकताको विकल्प छैन-नेम्वाङ्ग
March 9, 2010
र् पर्वत जिल्लाको सदरमुकाम र छिमेकी गाविस कटुवाचौपारी जोड्ने नेपालकै अग्लो झोलुङ्गे पुलको उद्घाटन गर्दै नेम्वाङ्गले सत्तासीन र प्रतिपक्षमा रहेका सबै दलहरु एकजुट भएमा निर्धारीत समयभित्रै संविधान वन्न ठोकुवा गर्नुभएको हो । दलहरुविचको असमझदारीका कारण समयमा पर्ुण्ा संविधान बनाउन समस्या आएको भन्दै १० औ पटकपनि आन्तरीक कार्यकतालिका परिवर्तन गर्नुपर्ने अवस्था आएकोमा दुःख व्यक्त गर्नुभएको छ । विषयगत समितिले निर्धारित समयभित्रै संवैधानिक समितिमा मस्यौदा वुझाउन नसक्दा एकीकृत तयार गर्न नसकिएको उल्लेख गर्दै नेम्वाङ्गले राजनीतिक दलले संविधान निर्माणको प्रक्रियालाई पहिलो प्राथमिकतामा राख्नुको सट्टा अन्य काममा अल्भिmएकाले गृहकार्य पर्ुण्ा हुन नसकेको वताउनुभयो । संविधान निर्माणका लागि वाँकी रहेका दिनहरु पनि पर्याप्त हुने वताउँदै उहाँले संंविधानसभामा अझै ९ वटा प्रतिवेदन पास हुँन वाँकी रहेको प्रष्ट पार्नुभयो । मुलुक र दलहरु एकजुट हुनर्ुपर्छ नेम्वाङ्गले भन्नुभयो- 'राष्ट्रू अगाडि वढाउँने सवै चिजको औषधी राजनैतिक दलहरुविचको एकता नै हो ।' उहाँले पछिल्लो समयमा संविधान निर्माणका लागि शिर्षराजनैतिक दलहरु सहमतिमा आउन समेत तयार रहको बताउनुभयो । उहाँले ज्ञादी-कुश्मा झोलुङ्गे पुल जस्तै कुश्मा वलेवा जोड्ने पुल निर्माणका लागि माग भैरहेकोले आफ्नो क्षेत्रवाट सक्दो प्रयास गर्ने आश्वासन दिनुभएको छ । सो पुल १ सय ३५ मिटर अग्लो र ३ सय ४४ मिटर लामो रहेको छ । उद्घाटनका अवसरमा पुल हर्ेनका लागि नेपालका विभिन्न जिल्लावाट हजारौ दर्शकहरुको र्घर्ुइचो लागेको थियो । सो अवसरमा सभाध्यक्ष नेम्वाङ्गले सदरमुकामका स्थापना भएको सामुदायिक रेडियो दिदीवहिनी ९५ दशमलव २ मेेगाहर्जको पनि उद्घाटन गर्नुभएको थियो । नारी उत्थान समाज पर्वतले महिलाहरुको मात्र अगुवाईमा संचालन हुनेगरी संचालन गरेको सो एफ.एमले अन्तर्रर्ााट्रय नारी दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । सो एफ.एमले गत शनिवारदेखि परिक्षण प्रशारण सुरु गरेको थियो । मोफसलमा रहेका महिलाहरुले गरेको उक्त कार्यको प्रसंसा गर्दै रेडियोलाई शुभकामना पनि दिनुभएको थियो ।
« Back |
Top |