|
नर्सिङ्ग सहप्राध्यापक गुरुङलाई कालोमोसो, पत्रिकाको कार्यालय घेराउ
March 9, 2010
पोखरा, २४ फागुन । पश्चिमाञ्चल चिकित्साशास्त्र अध्ययन सस्थान -नर्सिङ्ग क्याम्पस) पोखराकी पर्ूव प्रमुख तथा तथा हालकी सह प्राध्यापक लालकुमारी गुरुङलाई सोही क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले कालोमोसो लगाएका छन् । क्याम्पसमा बेश्यावृत्ति मौलाएको अभिव्यक्ती सञ्चार माध्ययमा दिएर सस्थाको र आफुहरुको बेइज्यत गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले सोमबार राती गुरुङलाई कालोमोसो दलेका हुन् । कालोमोसो दलिएकी गुरुङलाई प्रहरीले राती नै उद्धार गरेको छ । नर्सिंङ क्याम्पस भित्रको क्वाटरमा बसेकी गुरुङलाई विद्यार्थीहरुले क्वाटर भित्रै प्रवेश गरेर कालोमोसो दलेका थिए । त्यस लगत्तै पुगेको प्रहरीले उनलाई उद्धार गरेर गुरुङ कै घरमा पुर्याएको छ । काठमाण्डौंबाट प्रकाशित हुने चौतारी दर्पण नामक पत्रिकाले सह प्राध्यापक गुरुङसंगको कुराकानीमा आधारित भन्दै एक आलेख प्रकाशित गरेकेा थियो । सो आलेखमा नर्सिङ क्याम्पस हाता भित्र बेश्यावृति समेत हुने गरेकेा आसयको समाचार प्रकाशित छ । त्यस्तै क्याम्पस हाता भित्रै मादक पदार्थ बिक्री गरिने र क्याम्पसका कर्मचारी मादक पदार्थ सेवन गरेर बस्ने गरेको अभिव्यक्ती समेत पर्ूव क्याम्पस प्रमुखले दिएको कुरा सो पत्रिकामा उल्लेख छ । सोही आलेखका आधारमा पोखराबाट प्रकाशित हुने हटलाईन दैनिकले हालै समाचार प्रकाशित गरेपछि तनाव शुरु भएको हो । पोखराबाट समेत सो समाचार प्रकाशित भए पछि क्याम्पसमा विद्यार्थीहरु आक्रोशित भएका हुन । विद्यार्थीहरुले सो समाचार प्रकाशन गर्ने पत्रिकाका विरुद्ध सोमबार नाराबाजी गर्दै पोखरा बजार परिक्रमा समेत गरे । उनीहरुले सेवा नै धर्म हो भनेर नर्सिङ्ग पेशामा लागेका महिलाहरुको अपमान गरिएको भन्दै नाराबाजी गरेका थिए । विद्यार्थीहरुको जुलुसले पोखरा हटलाईन दैनिकको कार्यालय समेत घेराउ गरेको थियो । सो क्रममा उनीहरुले चौतारी दपर्ण्र्ााासिक र त्यसका सम्पादक लक्ष्मण गुरुङ तथा पोखरा हटलाईन दैनिक र पत्रकार त्रिभुवन पौडेलका विरुद्ध नाराबाजी गरेका थिए । चौतारी दर्पण मासिकलाई श्रोत बनाएर समाचार प्रकाशन गरेका हटलाईनका पत्रकार त्रिभुवन पौडेललाई केही व्यक्तीहरुले धम्की समेत दिएका छन् । हटलाईन दैनिकका अध्यक्ष राजु भण्डारीले चौतारी दर्पण पत्रिकाले प्रकाशन गरेकेा सामाग्रीका आधारमा आफुहरुले सो समाचार प्रकाशन गरेको बताउनु भयो । "हामीसंग सो पत्रिकामा प्रकाशित सामाग्री छ, त्यसमा लालकुमारी गुरुङले भनेको भन्दै प्रकाशित गरिएका कुरा पोखराका लागि चासोको विषय भएकोले हामीले समाचार बनाएका हौं ।" अध्यक्ष भण्डारीले भन्नुभयो-"यसमा हाम्रो कुनै गलत नियत थिएन र छैन । तर पनि हाम्रा विरुद्ध नाराबाजी भयो ।" पत्रिका र पत्रकारलाई दिइएको धम्की नाराबाजी प्रति सञ्चारकर्मी र सञ्चार माध्यमसंग आबद्ध कुनै पनि सस्थाले कुनै प्रतिक्रिया दिएका छैनन् । सोमबार दिनभर प्रहरीले हटलाईन दैनिकको सुरक्षा दिएको थियो । यसैबीच पर्ूव क्याम्पस प्रमुख गुरुङले एक विज्ञप्ति प्रकाशित गर्दै आफुले नर्सिङ्ग क्याम्पसमा बेश्यावृत्ति हुन्छ भन्ने अभिव्यक्ती नदिएको बताउनु भएको छ । उहाँले पत्रिकाले आफ्नो भनाई बंग्याएर छापेको आरोप समेत लगाउनु भएको छ । क्याम्पस प्रशासनले पनि सो समाचारको खण्डन गरेको छ । यो प्रकरण पछि नर्सिङ्ग क्याम्पस आइतबार देखि तनावग्रस्त छ । आइतबार क्याम्पसमा पर्ढाई ठप्प भएको थियो । सोमबार राती गुरुङलाई कालोमोसो दलिए पछि झनै अन्यौल बढेको छ ।
« Back |
Top |