»

  News - समाचार

शिक्षा नीतिमा व्यापक सुधार ल्याँउनु पर्ने -झा
March 8, 2010


आइतबारदेखि पोखरामा शुरु भएको नेपाल शिक्षक युनियनको तेश्रो राष्ट्रिय परिषद बैठकको उद्घाटन गर्दै उपराष्ट्रपति झाले नेपालको शैक्षिक क्षेत्रका चुनौतिका बारेमा चर्चा गर्नु भएको हो ।
नेपालको शैक्षिक गुणस्तर अन्तराष्ट्रियस्तरमा कमजोर भएको बताउदै यो सुधार्नका लागि शैक्षिक क्षेत्रमा अवरोध हुन नहुने उपराष्ट्रपतिको धारणा थियो ।
उहाँले नेपालको शिक्षा नीति ठिक नभएकाले बताउदै गुणस्तरीय शिक्षाका लागि शिक्षा नीतिमा सुधार गर्नु पर्ने संकेत गर्नुभयो । उपराष्ट्रपतिलेे नीजि शिक्षण सस्थाको भन्दा सरकारी शिक्षण सस्थाको गुणस्तर कम भएको बताउदै शिक्षकहरुलाई गम्भीर भएर बिचार गर्न आग्रह गर्नुभयो ।
नेपाल शिक्षक युनियन सरकारी विद्यालयका शिक्षकहरुको साझा सस्था हो । यसमा कांग्रेस र एमालेमा आवद्ध शिक्षकहरु एक साथ छन् । त्यसैले उपराष्ट्रपतिले सरकारी विद्यालयको गुणस्तरको कुरा उठाउनु भएको हो ।
नेपालको शिक्षा हिमाल, पहाड र तर्राईलाई समेट्ने खालको हुनु पर्छ भन्दै उपराष्ट्रपति झाले अहिलेकेा शिक्षा पद्धतीबाट तर्राई उपेक्षित भएको कुरा घुमाउरो पारामा राख्नुभयो । शिक्षामा तर्राई निकै पछि परेको चर्चा गर्दै उहाँले पाठ्यक्रम पनि तर्राई समेट्ने गरी तयार गर्नु पर्ने बताउनु भयो ।
फागुन २३ र २४ गरी २ दिनसम्म चल्ने नेपाल शिक्षक युनियनको राष्ट्रिय परिषद बैठकको उद्घाटन समारोहमा शिक्षा राज्य मन्त्री गोविन्द चौधरी, सभासद रविन्द्र अधिकारी, शिक्षा मन्त्रालयका सचिव रामस्वरुप सिन्हा, एमाले बैकल्पिक पोलिटब्यूरो सदस्य खगराज अधिकारी, कांग्रेस नेता शुक्रराज शर्मा, शिक्षक संघका अध्यक्ष मोहन ज्ञवाली, शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारी, शिक्षक युनियनका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद ढकाल लगाएतले सम्बोधन गर्नु भएको थियो ।
शिक्षक युनियनको तेश्रो परिषदमा भाग लिन नेपालभरबाट करिब दर्ुइ ५० शिक्षकहरु पोखरा आएका छन् । सोमबार हुने बन्द सत्रमा महासचिव, महिला उपाध्यक्ष र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । ती प्रतिवेदन उपर छलफल गरेर पारित भए पछि सोमबार साँझ परिषद बैठक सम्पन्न हुनेछ ।

« Back | Top

»

  Headlines - मुख्य समाचार

माओवादी असफल राष्ट्र बनाउन लागि परे-शुसिल

दर्ुइ युवतीद्वारा विद्यालयलाई सहयोग

मिडिया कप फुटबलको तयारी

माओवादीले शान्ति प्रक्रिया धरापमा पारे -शुशिल

अप्राकृतिक यौन मैथुन सम्बन्धको मुद्दा अदालतमा

गोर्खा रेजिमेन्ट बचाउन बेलायतमा अभियान

उपाधि सैनिक आवासीय महाविद्यालयलाई

मुनालको साधारण सभा

संसदीय प्रणालीको अविश्वास -आचार्य

माछापुछ्रेको साँगीतिक कार्यक्रम

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np