»

  News - समाचार

मध्यरातमा पेस्तोलसहित तीन जना पक्राउ
March 8, 2010

पोखरा, २३ फागुन । कास्कीको लेखनाथ नगरपालिकास्थित शिशुवाबाट अबैध हतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जना लेखनाथ कै बासिन्दा हुन ।
मध्यरातमा हतियार बोकेर हिड्ने युवाहरु ठुलै गिरोहका सदस्य भएको आशंकमा कास्की प्रहरीले अनुसन्धान गरिरहेकेा छ । "सामान्य अवस्थामा रातको २ बजे हतियार बोकेर सामान्य मान्छे हिड्दैन ।" एक प्रहरी अधिकारीले भने ।
शनिबार राती करिब दर्ुइ बजे गस्तीमा खटिएको प्रहरीले शिशुवा चोकमा चेक जाँच गर्दा दर्ुइ युवालाई हतियारसहित समातेको हो । ती युवाहरुले नाम लिएको आधारमा प्रहरीले अर्का युवालाई पनि गिरफ्तार गरेको छ ।
मध्यरातमा मोटरसाइकलमा आएका युवाहरुलाई शंका लागेर खानतलासी गर्दा उनीहरुको साथबाट २ राउण्ड 'लोडेड' गोलीसहित अमेरिकन पेस्तोल बरामद भएको प्रहरी श्रोतले जानकारी दियो ।
प्रहरीले हतियार सहित लेखनाथ भण्डारढिकका २४ बर्षो अमित गुरुङ र २५ बर्षो प्रविण सुनारलाई पक्राउ गरेको हो । ती युवाले आफुहरु भोटे उपनामले चिनिने बाबुराज घलेलाई पेस्तोल बुझाउन आएको प्रारम्भिक बयान दिए पछि प्रहरीले बाबुराजलाई पनि समातेको हो । उनलाई विहान करिब पाँच बजेतिर गिरफ्तार गरेको थियो ।
लेखनाथको शिशुवाका बाबुराजको घरमा छापा मार्न प्रहरी पुग्दा उनी सुतिरहेका थिए । आइतबार उपराष्ट्रपतिको सवारी भएका कारणले अनुसन्धान गर्न नपाएको प्रहरीका एक अधिकृत बताए । उनका अनुसार आइतबार म्याद थप गरेर तीनै जनालाई हिरासतमा राखिएको छ ।

« Back | Top

»

  Headlines - मुख्य समाचार

'सहमतिको सम्भ्ाावना छैन, कांग्रेसलाई भोट दिनै पर्छ'-भण्डारी

'एमाले अब तटस्थ बस्न हुन्न'

हुनेखानेलाई सधैं तीज, हुँदा खानेलाई कहिले आउला तीज

मुलुकले अझै पाएन प्रधानमन्त्री

मृगौला पीडित लाई देउवाको आश्वासन

आज बाबुको मुख हर्ेर्ने दिन

माओवादी असफल राष्ट्र बनाउन लागि परे-शुसिल

दर्ुइ युवतीद्वारा विद्यालयलाई सहयोग

मिडिया कप फुटबलको तयारी

माओवादीले शान्ति प्रक्रिया धरापमा पारे -शुशिल

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np