»

  News - समाचार

संविधान बन्नेमा शंका छ-अधिकारी
March 8, 2010

पोखरा, २३ फागुन । सभाषद एवम् नेकपा -एमाले) का युवा नेता रविन्द्र अधिकारीले समयमा संविधान बन्नेमा आशंका उब्जिएको बताउनुभयो ।
प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले राजनीतिक दलहरुको कार्यशैली यस्तै भए संविधान बन्न नसक्ने धारणा राख्नुभयो  । उहाँले पत्रकार सम्मेलनमा संविधान निर्माणमा भइरहेका गतिविधिको बारेमा समेत प्रष्ट्याउनुभएको थियो । संयुक्त सरकारको विकल्प खोजेर भएपनि समयमा सरकार बनाउनुपर्ने उहाँको भनाई थियो ।
राजनीतिक दलहरु गम्भीर नबने चुनौती आउने अधिकारीको धारणा थियो । सभाषद अधिकारीले कास्की जिल्लाभित्र भएका विकास निर्माणको बारेमा समेत बोल्नुभएको थियो । उहाँले सात करोडको खानेपानी योजना पोखरामा ल्याउन लागेको जानकारी गराउनुभयो । सात करोडको योजना साढे चार करोडको काम सुरु भएपछि खानेपानीको अभाव हट्ने आशा व्यक्त गर्नुभयो । बृद्ध पोखराको लागि बाटो फराकिलो र चाक्लो बनाउनर्ुपर्छ उहाँले भन्नुभयो- यो कार्य पनि अघि बढाइनेछ ।
पोखरादेखि लुम्बिनीसम्म फास्ट ट्रयाक निर्माण गर्ने एजेण्डा रहेको अधिकारीले बताउनुभयो । यता पोखराबाट अन्यत्र जोड्ने मध्यपर्ूर्वी राजमार्गको अवधारणा पनि अधिकारीले अघि सार्नुभयो । सो पत्रकार सम्मेलन चौतारिका अध्यक्ष श्रीराम सिग्देलको सभापतित्वमा भएको थियो ।

« Back | Top

»

  Headlines - मुख्य समाचार

'सहमतिको सम्भ्ाावना छैन, कांग्रेसलाई भोट दिनै पर्छ'-भण्डारी

'एमाले अब तटस्थ बस्न हुन्न'

हुनेखानेलाई सधैं तीज, हुँदा खानेलाई कहिले आउला तीज

मुलुकले अझै पाएन प्रधानमन्त्री

मृगौला पीडित लाई देउवाको आश्वासन

आज बाबुको मुख हर्ेर्ने दिन

माओवादी असफल राष्ट्र बनाउन लागि परे-शुसिल

दर्ुइ युवतीद्वारा विद्यालयलाई सहयोग

मिडिया कप फुटबलको तयारी

माओवादीले शान्ति प्रक्रिया धरापमा पारे -शुशिल

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np