|
शर्ीष्ा नेताहरुले संविधान बनाउन नचाहेको उपप्रधानमन्त्रीको आरोप
March 5, 2010
सरकार परिवर्तनको कुरा गर्नु भनको संविधान बनाउन नचाहानु हो भन्दै उपप्रधानमन्त्री गच्छेदारले भने-"किन ठुला पार्टर्ीी नेताहरु सरकार परिवर्तनको कुरा गर्दैछन् - म आर्श्चर्यमा परेको छु । सरकारको नेतृत्व परिवर्तन गर्नु भनेको संविधान बनाउन नचाहानु हो ।" विहीबार पोखरा विमानस्थलमा रिपोर्टस क्लब कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संविधान बन्न नदिने कार्यको नेतृत्व माओवादीले गरेको बताए । उनले शिर्षनेताहरुलाई आफुहरुको मुख्य उद्देश्य के हो त्यो स्मरण गर्न आग्रह गरे । यो संविधान बनाउने बेला हो सरकार परिवर्तन गर्ने बेला होईन भन्दै उपप्रधानमन्त्री गच्छेदारले शिर्षनेताहरु अलमलिएको दावी गरे । शिर्षनेताहरु अलमलमा परे पनि माधव कुमार नेपाल कै नेतृत्वको सरकारले नयाँ संविधान जारी गर्ने बताए । "सरकारको नेतृत्व परिवर्तन हुन्न, स्वरुप परिवर्तन हुन सक्छ ।" उनले भने-"अरु पार्टर्ीीरकारमा आउन सक्छन, मन्त्री फेरिन सक्छन, थप घट हुन सक्छ तर सरकारको नेतृत्व माधव नेपालले नै गर्छन ।" गच्छदारले माओवादीको भनाई अनुसार सबै सेना समायोजन नहुने बताए । एक हतियार एक लडाकु नीति अनुसार समायोजन गरिनु पर्छ भन्दै उनले भने-"अन्तराष्ट्रिय मान्यता अनुसार एक मान्छे एक हतियारका साथ ३ हजार ४ सय लडाकु सेनामा समायोजन गरिने छ ।" कार्याक्रममा रिपोर्टस क्लबका केन्द्रिय सदस्य राजबहादुर गुरुङले पत्रकारहरुमाथि भैरहेको आक्रमणको सरकारले वेवास्ता गरेको भन्दै वाँच्न र लेख्न पाउने अधिकारको ग्यारेन्टी गर्न सरकारसंग आग्ा्रह गर्नु भयो । कार्यक्रम रिपोर्टस क्लब कास्कीका अध्यक्ष बासु मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो ।
« Back |
Top |