|
संविधान निर्माणका लागि राष्ट्रिय सहमति आवश्यक-डा. भट्टर्राई
March 5, 2010
पोखरा, २० फागुन । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले शान्ति र संविधान निर्माणको लागि राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ । शहिद स्मृति स्वास्थय सहकारी संस्था लि.द्वारा सञ्चालित शहिद मेमोरियल सामुदायिक अस्पतालको बिहीबार उद्घाटन गर्दै उपाध्यक्ष भट्टर्राईले संविधान निर्माण कार्यलाई केन्द्र बिन्दुमा राख्नुपर्नेमा जोड दिनुभयो । सेनाको समायोजन बिना शान्ति प्रक्रिया तार्किक निश्कर्षा पुग्न नसक्ने धारणा राख्दै उहाँले संविधान निर्माण कार्य अहिलेको प्रमुख कार्यभार भएको बताउनुभयो । शिक्षा स्वास्थ्य, रोजगारी, सम्प्रभुता र आवास लगायतका आधारभूत आवश्यकताको पूरा गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै उहाँले समुन्नत राष्ट्रले मात्र ती दायित्व पूरा गर्ने धारणा राख्नुभयो । राज्यले त्यस्तो दायित्व पूरा गर्न नसकेको पर्रि्रेक्ष्यमा जनस्तरबाट सरकारीको माध्यमबाट उपलब्ध गराउनु जायज हुने उहाँले बताउनुभयो । शिक्षा स्वास्थ्यको सवाललाई मौलिक हकमा सुनिश्चित नगरे त्यस्तो संविधान बन्नको अर्थ नरहने चर्चा गर्दै डा. भट्टर्राईले शिक्षा स्वास्थ्यलाई जनताको मैलिक हकमा व्यवस्था गरी सुुश्चित गर्न सकेमात्र राज्यको दायित्व पूरा हुने विचार व्यक्त गर्नुभयो । संविधान सभामार्फत लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सवाल अझै पनि चुनौतीपर्ूण्ा भएको उल्लेख गर्दै उहाँले राजनैतिक परिवर्तन सुनिश्चित नभएसम्म आर्थिक सामाजिक र साँस्कृतिक रुपान्तरण सम्भव नभएको टिप्पणी गर्नुभयो । क्षेत्रीय प्रशासक अर्जुनबहादुर भण्डारीले राजनीतिले सही नेतृत्व गर्न नसकेसम्म शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न नसकिने बताउनुभयो । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थय निर्देशक डा.अशोककुमार चौरासियाले सरकारी नीति अनुसार जनताको स्वास्थय सेवालाई गाउँ गाउँसम्म विस्तार गर्नुपर्ने खाँचो औल्याउनुभयो । अभियान सामुदायिक अस्पतालका संस्थापक नवदत्त ढुंगानाले र्सवसाधारणसम्म स्वास्थ्यको पहुँच पुर्याउन अस्पताल स्थापना गरेको जानकारी दिनुभयो । अस्पतालका प्रवन्ध निर्देशक डा. रविन्द्रप्रसाद श्रेष्ठले २०५९ सालमा स्थापित अभियान सामुदायिक अस्पताललाई २०६६ जेठमा सुरुवात गरी पुस महिनादेखि शहिद मेमोरियल सामुदायिक अस्पतालको रुपमा सञ्चालन गरेको बताउनुभयो । नाफारहित ढंगले सञ्चालन गरिने अस्पताललाई सरकारी अस्पताललाई दिने सुविधा उपलब्ध गराउन माग गर्दै डा. श्रेष्ठले छिट्टै नर्सिङ्ग कलेज सञ्चालन गरिने जानकारी दिनुभयो । सहकारी संस्थाका अध्यक्ष डा. बुद्धिबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
« Back |
Top |