»

  News - समाचार

संयन्त्रप्रति आशावादी छैन-डा.भट्टर्राई
March 4, 2010


बुधबार दिउसो राजधानीमा संयन्त्रको बैठक बसिरहदा भट्टर्राई पोखरामा आयोजित विभिन्न कार्यक्रममा बोल्दै थिए । रेडियो गण्डकी, पोखरा उद्योग बाणिज्य संघ र पश्चिमाञ्चल इन्जिनियरिङ्ग अध्ययन संस्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टर्राईले संयन्त्रले निकास निकाल्ने कुरामा अविश्वास गरेका हुन ।
"मलाई पटक्कै विश्वास छैन, यो छलफलले निकास निकाल्छ भन्ने कुरामा ।" मंगलबारको छलफलको बारेमा चर्चा गर्दै उनले भने -"यहाँ दलका नेताहरु पहिले आपmनो, त्यस पछि गुटको, त्यसपछि पार्टर्ीीे र अन्तिममा देशको स्वार्थको विषयमा कुरा गर्छन । यस्तो अवस्थामा निकास कसरी निस्कन्छ ।"
उनले जेठ १४ सम्ममा संविधान नबन्ने खतरा बढदै गएको बताउदै देश भयानक दर्ुघटनामा पर्न सक्ने अनुमान गरे । "निर्धारित अवधिमा संविधान बन्ने र शान्ति प्रकृया सफल हुने सम्भावना कम भएको छ, यो अवस्थामा मैले गम्भीर दर्ुघटनाको सम्भावना देखेको छु ।" उनले भने ।
यसैबीच पर्ूव अर्थमन्त्री डा. भट्टार्राईले राजनैतिक क्रान्तिबिना आर्थिक क्रान्ति सफल नहुने बताए । अर्थ नीति भनेकेा राजनीतिका वरी परी घुमेको हुन्छ भन्दै उनले राजनीतिक क्रान्ति सफल पार्नका लागि उद्यमी व्यवसायीले पनि सहयोग गर्नु पर्ने बताए ।
माओवादी कास्कीले आयोजना गरेको "राष्ट्रिय स्वाधिनता, संविधान निर्माण र आत्म निर्भर अर्थतन्त्रका चुनौतिहरु" बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टर्राईले सबै भन्दा मुख्य कुरा राष्ट्रिय स्वाधिनता भएको बताए ।
अहिले माओवादी राष्ट्रिय स्वाधिनताका लागि लड्दै छ भन्दै उनले भारतीय हस्तक्षेपका कारण देशमा आर्थिक विकास समेत हुन नसकेको दावी गरे । पुराना सन्धी सम्झौताले नेपाली स्वाधिनता कमजोर पारेको भट्टर्राईको दावी थियो ।
अहिलेको सरकारले राजस्व संकलनमा बृद्धि गरेको बताउदै यो बृद्धि आफ्ना पालाको जस्तो नभएको उनको दावी थियो । अहिले निर्यात बढेर राजस्व बृद्धि भएको भट्टर्राईको तर्क छ ।
देशमा असमानता हृवात्तै बढेको बताउदै उनले असमानताको दुुरी कम नभएसम्म देश धनी हुन नसक्ने बताए ।
देशको आर्थिक विकासका लागि कृषि र पर्यटन उद्योगमा निकै ठुलो विकास हुनु पर्छ भन्दै डा.भट्टर्राईले जलश्रोतबाट पनि भरपुर फाइदा लिनु पर्ने बताए । यसका अलावा नेपालको आर्थिक विकासका लागि प्राकृतिक श्रोतहरुको ब्यापक उपभोग गर्नु पर्ने उनको तर्क थियो । आफु अर्थमन्त्री हुँदा निकै धेरै राम्रा काम थालनी गरेको दावी पनि उनले सो कार्यक्रममा गरे ।

« Back | Top

»

  Headlines - मुख्य समाचार

'सहमतिको सम्भ्ाावना छैन, कांग्रेसलाई भोट दिनै पर्छ'-भण्डारी

'एमाले अब तटस्थ बस्न हुन्न'

हुनेखानेलाई सधैं तीज, हुँदा खानेलाई कहिले आउला तीज

मुलुकले अझै पाएन प्रधानमन्त्री

मृगौला पीडित लाई देउवाको आश्वासन

आज बाबुको मुख हर्ेर्ने दिन

माओवादी असफल राष्ट्र बनाउन लागि परे-शुसिल

दर्ुइ युवतीद्वारा विद्यालयलाई सहयोग

मिडिया कप फुटबलको तयारी

माओवादीले शान्ति प्रक्रिया धरापमा पारे -शुशिल

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np