|
सभासद् केसीको स्वास्थ्य सामान्य सुधार
March 3, 2010
उच्च रक्तचाप र मधुमेहका रोगी केसीलाई अचानक निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति चिन्ताजनक भएपछि उहाँलाई अति सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । सोमबारसम्म बेहोश अवस्थामै रहनु भएका केसी बुधबार होसमा आउनु भएको अस्पताल श्रोतले जानकारी दियो । "अहिले केसीजी होसमा हुनुहुन्छ ।' अस्पताल श्रोतले भन्यो- "स्वास्थ्य स्थितिमा सामान्य सुधार आएको छ ।" मधुमेह, उच्च रक्तचाप र निमोनिया भएर बेहोश अवस्थामा पुगेको बिरामी होशमा आउनु भनेको स्वास्थ्य स्थितिमा निकै ठुलो प्रगति भएको चिकित्सकहरुले बताए । यद्यपी उहाँलाई अझै पनि सघन उपचार कक्ष मै राखिएको छ । दैनिक सयौंको संख्यामा शुभचिन्तक तथा आफन्तहरु केसीको स्वास्थ्य लाभको कामना गर्दै अस्पताल परिसरमा गए पनि कसैले भेट्न पाएका छैनन् । उच्च राजनीतिज्ञ तथा परिवारका निकटम व्यक्तीलाई पनि भेटघाट गर्न दिइएको छैन् । संविधान सभाका सभामुख सुभाषचन्द्र नेवाङ मंगलबार अस्पतालमा पुगे पनि केसीलाई नभेटी र्फकनु भएको छ । केसीको उपचारमा नेपालका बरिष्ठ चिकित्सकहरुको टोली खटिएको छ । चिकित्सकहरुले पटक पटक बैठक बसेर छलफल गरिरहेका छन् । राष्ट्रियस्तर मै प्रतिष्ठित उद्योगपति केसी ऐतिहासिक संविधान सभाका सदस्य हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी केन्द्रिय सदस्य केसीलाई राप्रपाले समानुपातिको सूचीबाट संविधान सभा सदस्य बनाएको हो । समाजसेवी केसी पोखरा उपमहानगर पालिकाका पर्ूव प्रमुख समेत हुनुहुन्छ । पोखरा र आसपासका सामाजिक कार्यका लागि उहाँले विगत लामो समयदेखि मनग्य आर्थिक सहयोग गर्दै आउनु भएको छ । केसीको स्वास्थस्थिति चिन्ताजनक अवस्थामा पुगेको थाहा पाएपछि उहाँका शुभेच्छुक तथा शुभचिन्तकले स्वास्थ्य लाभको कामना गर्दै पुजा आजा समेत गरेका छन् । मंगलबार ओम शान्तिका ब्रम्हकुमारीहरुले केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शिव बाबाको आराधना गरेका थिए ।
« Back |
Top |