|
न्याउरी मुसाद्वारा रेविज आतंक
May 16, 2010
पोखरा, १ जेठ । रेविज संक्रमित न्याउरी मुसाको आतंकले पोखरा र लेखनाथका र्सवासधारण त्रसित बनेका छन् । भुस्याहा कुकुरको नियन्त्रण भएको एकसाता नवित्दै पोखरा र लेखनाथ क्षेत्रमा न्याउरीले मानिस र जनावरलाई टोक्ने थालेपछि र्सवसाधारण त्रसित बनेका हुन् । लेखनाथ नगरपालिकामा झण्डै डेढ महिना अघि शुरु भएको रेविज न्याउरी मुसामा देखिएपछि त्रासदी बनेको हो । पशु सेवा केन्द्र शिशुवाले लेखनाथ नगरपालिका भित्रका १ सय ८२ वटा भुस्याहा कुकुरलाई मारेर नियन्त्रण गरिएपनि पुन रेविजको संक्रमण देखिएको हो । शनिबार मात्रै न्याउरीको टोकाईबाट एक बालक घाइते भएका छन् । लेखनाथको तालचोकस्थित ५ वषिर्य कर्ण्र्ाारियारको घुडँामाथि टोकेको केन्द्रका प्रमुख ठगेन्द्र अर्यालले जानकारी दिनुभयो । सुतिरहेको अवस्थामा बालकलाई न्याउरीले टोेकेको परिवारिक स्रोतले जनाएको छ । रेविज संक्रमित न्याउरीको टोकाईबाट घाइते भएका बालकको आर्थिक अभावका कारण रेविज विरुद्धको भ्याक्सिन लगाउन नसकेको परिवारलाई उद्धृत गर्दै प्रमुख अर्यालले बताउनुभयो । 'मानिस देखेर भाग्ने न्याउरी रेविज संक्रमणपछि मानिस र जनावरलाई झम्टिदाँ त्रास बढेको छ ।' उहाँले भन्नुभयो-'भुस्याहा कुकुर झैं न्याउरी मुसा नियन्त्रण गर्न कठिनाई भएको छ ।' न्याउरीको टोकाईबाट पोखरामा बंगुर तथा भैसीलाई समेत टोकेको छ ।
•
read more...
लमजुङमा ४३ प्रतिशतले चर्पी प्रयोग गर्दैनन्
May 16, 2010
लमजुङ, १ जेठ । लमजुङमा अझै ४३ प्रतिशत र्सवसाधारणको घरमा व्यवस्थ्िात शौचालय नरहेको एक तथ्याङ्कले देखाएको छ । खानेपानी तथा सरसफाइ समन्वय समितिका अनुसार व्यवस्थित शौचालयको प्रयोगबाट १९ हजार ३ सय ७६ घरधुरी अर्थात् ५३ दशमलब १६ प्रतिशत घरधुरि लाभान्वित छन् । लमजुङमा ३६ हजार ४ सय ४६ घरधुरी छन् । जिल्लामा रहेका विभिन्न गैरसरकारी संस्थाहरुको पहलमा भएको उपलब्धीलाई समेत जोड्दा लमजुङमा व्यवस्थित शौचालय प्रयोग कर्ताहरुको संख्या झण्डै ६० प्रतिशत पुगेको खानेपानी तथा सरसफाइ समन्वय समितिले जनाएको छ । ग्रामीण भेगमा जनचेतना जगाउन समितिले आगमी जेठ २२ गतेदेखि राष्ट्रिय सरसफाई सप्ताह मनाउने कार्यक्रम तय गरेको छ । सप्ताहको अवसरमा जिल्ला वन कार्यलय, भूसंरक्षण कार्यालय लगायतको साझेदारीमा बेसीशहर खानेपानी प्रशोधन केन्द्र निर्माणस्थल वरीपरि वृक्षरोपण गर्ने, गाउँशहरमा सरसफाई सचेतनामुलक र्žयाली गर्ने, परेवाडाँडा गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने, सदरमुकाम बेसीशहरमा सरसफाई गर्ने लगायतका कार्यक्रम तय गरेको छ । सप्ताहमा सरसफाई र वातावरणीय सुधार सम्बन्धमा विविध कार्यक्रम गर्ने तयारी भईरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुखर् इञ्जिनियर केशवलाल शाक्यले जानकारी दिनुभयो ।
•
read more...
अब अनिश्चिकालिन आम हड्ताल गर्दैनौं-प्रचण्ड
May 13, 2010
पोखरा, २९ बैशाख । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अब देखि अनिश्चित आम हडताल कहिल्यै घोषणा नगर्ने बताउनु भएको छ । उहाँले बैशाख १९ देखि अनिश्चित आम हड्ताल घोषणा गर्नु गल्ती भएको स्वीकार गर्दै अब देखि आम हड्ताल गर्नु परे पनि दिन तोकेर मात्र गर्ने बताउनु भयो । सो पार्टर्ीीे केन्द्रीय कमिटीद्वारा बुधबार काठमाण्डौंमा आयोजित बृहत् अन्तक्रिर्या कार्यक्रममा दाहालले यस्तो अभिव्यक्ती दिनु भएको हो । उहाँले राजधानीबासी र राजधानीका बुद्धिजीवि प्रति आफ्नो सम्बोधनका क्रममा भएको अपमान प्रति पनि क्षता याचना गर्नु भयो । आफुले राजधानीबासी र बुद्धिजीविको अपमान गर्न नखोजेको स्पष्टीकरण दिदैं उहाँले गलत ब्याख्या गरिएको आरोप समेत लगाउनु भयो ।
•
read more...
'माओवादीको नेतृत्वमा सरकार नबन्ने'
May 13, 2010
भक्तपुर, २९ वैश्ााख । नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छेले एकीकृत नेकपा -माओवादी)को नेतृत्वमा सरकार नबन्ने ठोकुवा गर्नुभएको छ । रिपोर्टस क्लब नेपालले नेता बिजुक्छेसँग बुधबार उहाँकै निवासमा आयोजना गरेको बिशेष साक्षत्कारमा माओवादीले चाहेजस्तो उसको नेतृत्वमा सरकार बन्न नसक्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीलाई संसद्बाट हटाउनुपर्नेमा जोड दिँदै उहाँले जेठ १४ पछि आउने सङ्कट र्टार्न राष्ट्रपतीय शासन उपयुक्त हुने विचार व्यक्त गर्नुभयो । राष्ट्रपतिलाई अन्तरिम संविधानले संरक्षक एवं कार्यकारी अधिकार दिएकाले देशमा असहज परिस्थिति उत्पन्न हुँदा त्यसलाई निकास दिन राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नसक्ने उहाँले उल्लेख गर्नुभयो ।
•
read more...
प्रधानमन्त्रीद्वारा एघार दलसँग परामर्श
May 13, 2010
काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री माधवकुमार नेपालले आज संविधासभाको समयावधि बढाउने सम्बन्धमा संविधानसभामा प्रतिनिधित्व गर्ने ११ राजनीतिक दलका नेताहरूसँग परामर्श गर्नुभयो । परामर्शमा सहभागी दलका नेताहरूले संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्ने प्रधानमन्त्री नेपालको धारणाप्रति सहमति जनाउँदै त्यसका लागि दलहरूका बीचमा सहमति कायम गर्नुपर्ने र बाँकी रहेका कार्यसूचीका बारेमा गहन छलफल हुनुपर्ने सुझाव दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जनाउनुभएको छ । मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले कुनै पार्टर्ीी लडाकू र बन्दुक राखेसम्म सहमति कायम हुन नसक्ने धारणा राख्दै सरकार निर्माण गर्ने भए माओवादीले व्यवस्थापिका-संसद्बाट आउनुपर्ने आफ्नो पार्टर्ीीे अडान रहेको बताउनुभयो । यसैगरी तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीी अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक मूल्य र मान्यताका विरुद्ध कसैसँग सम्झौता गर्न नसकिने बताउनुभयो । उहाँहरूसँग प्रधानमन्त्री नेपालले छुट्टाछुट्टै छलफल गर्नुभएको थियो । परामर्शमा सहभागी नेताहरूले सरकार परिवर्तन अलग्गै मुद्दा भएकाले सरकार परिवर्तनलाई संविधान निर्माणसँग जोड्न नहुनेमा जोड दिनुभएको थियो । कसैले सरकार परिवर्तनलाई संविधान निर्माणसँग जोड्न खोजेमा उसको वास्तविक नियत उदांगिने बताउँदै उहाँले त्यस्तो नियतका अगाडि कुनै हालतमा झुक्न नहुने बताउनुभएको थियो । प्रधानमन्त्री नेपालले आजै नेकपा -माले), नेकपा -संयुक्त) र नेपाल मजदुर किसान पार्टर्ीी नेताहरूसँग सामूहिक परामर्श गर्नुभयो । नेकपा -माले) का महासचिव सीपी मैनालीले संविधानसभाको म्याद थप्नका लागि माओवादीले र्सत राख्नु दर्ुभाग्यपर्ूण्ा रहेको बताउनुभयो । नेकपा -संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीले संविधानसभाको म्याद थप्नुको विकल्प नरहेको उल्लेख गर्दै तर त्यसभन्दा अघि दलहरूका बीचमा सहमति कायम गर्नुपर्ने बताउनुभयो । नेपाल मजदुर किसान पार्टर्ीी सुनील प्रजापतिले संविधान संशोधन नगरी अहिले संविधानमै रहेको संकटकालीन अवस्थाको उपयोग गरेर संविधानसभाको म्याद बढाउनेतर्फदलहरूका बीचमा छलफल चलाउनुपर्ने सुझाव दिनुभयो । त्यसैगरी, प्रधानमन्त्री नेपालले आजै नेपाल लोकतान्त्रिक समाजवादी दल, चुरे भावर राष्ट्रिय एकता पार्टर्ीीसमाजवादी प्रजातान्त्रिक जनता पार्टर्ीीदलित जनजाति पार्टर्ीी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरूसँग पनि सामूहिक परामर्श गर्नुभयो । चुरेभावर राष्ट्रिय एकता पार्टर्ीी अध्यक्ष केशव मैनालीले माओवादीद्वारा आयोजित बैठकको उपस्थितिमा आफ्नो पार्टर्ीी गरेको हस्ताक्षरलाई माओवादीले दुरूपयोग गरी निर्ण्र्ााा सहभागी भएको भनी प्रचार गरेकोमा आपत्ति प्रकट गर्नुभयो भने दलित जनजाति पार्टर्ीी विश्वेन्द्र पासवानले आफू पार्टर्ीीे कार्यक्रममा राजविराजमा भएको बेला आफ्नो नाम माओवादीले प्रचार गरेकोमा आर्श्चर्य लागेको बताउनुभयो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सभासद् रुक्मिणी चौधरी, लोकतान्त्रिक समाजवादी दलका सभासद् डा. लक्ष्मीलाल चौधरी र स्वतन्त्र सभासद् सदरुल मियाँ हकले पनि संविधानसभाको म्याद बढाउनका लागि सरकारले कदम चाल्नुपर्ने सुझाव दिनुभयो । त्यसअघि नेपाः राष्ट्रिय पार्टर्ीी अध्यक्ष डा.केशवमान शाक्यसहितको सो पार्टर्ीीे टोलीसँग पनि प्रधानमन्त्रीले परामर्श गर्नुभएको थियो । ती अवसरहरूमा प्रधानमन्त्री नेपालले संविधानसभाभित्रैबाट संविधान निर्माण गर्नुपर्दछ भन्नेमा आफू प्रतिबद्ध रहेको जानकारी दिँदै यस्ता गहन विषयमा सबै दलहरूसँग छलफल हुनर्ुपर्छ भन्ने लागेर परामर्श सुरु गरेको जानकारी दिनुभयो । आफू लोकतान्त्रिक मान्यता, संवैधानिक प्रक्रिया र राजनीतिक दलहरूबीचको सहमतिका आधारमा अघि बढ्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रधानमन्त्री नेपालले भन्नुभयो- 'तर, म कुनै पनि धाँक-धम्की, दवाव र पर्ूवर्सतहरूका अगाडि कदापि झुक्दिन ।' माओवादीका लडाकाहरूको समायोजन र पुनःस्थापना तथा वाईसिएलको अर्धसैन्य संरचना विघटन गरी माओवादीलाई नागरिक पार्टर्ीीबनाएसम्म शान्ति प्रक्रिया र संविधान निर्माण दुबैले सफलता पाउन सक्दैन भन्दै प्रधानमन्त्री नेपालले त्यसका लागि सबै लोकतान्त्रिक दलहरूका बीचमा बलियो एकता र एकमत हुनपर्नेमा जोड दिनुभयो । संविधानसभाको कार्यकाल बढाउनका लागि सरकारले विधेयक लैजानुपर्ने भएका कारण त्यसअघि प्रधानमन्त्रीले सबै दलहरूसँग परामर्श गर्नुभएको हो । परामर्शको क्रम जारी रहेको पनि प्रेस सल्लाहकार रिजालले जनाउनु भएकोछ ।
•
read more...
सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ- प्रम
May 11, 2010
काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री माधवकुमार नेपालले सरकार प्रेस स्व्ातन्त्रताको रक्षाका लागि प्रतिबद्ध रहेको बताउँदै स्वतन्त्र प्रेसको सम्मान र मर्यादाका लागि सबै पक्षसँग आग्रह गर्नुभएको छ । एकीकृत नेकपा -माओवादी)द्वारा आइतबार आयोजित सिंंँहदरबार घेराउका क्रममा फोटो पत्रकारमाथि भएको आक्रमणका विषयमा सरकारको ध्यानाकर्षा गराउन गएको राष्ट्रिय फोटो पत्रकार समूहका पत्रकारसँग उहाँले प्रेस स्वतन्त्रताका विषयमा सरकारसँग कुनै शङ्का नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री नेपालले सञ्चारमाध्यम बलियो भएपछि मात्र कुनै पनि देशमा प्रजातन्त्र बलियो हुने र प्रजातन्त्र बलियो भएपछि सञ्चार संस्थाको संस्थागत र सुदृढ विकास हुने धारणा राख्नुभयो ।
•
read more...
'एमाले हतियारमा विश्वास राख्दैन'
May 11, 2010
पोखरा, २७ बैशाख । नेकपा एमाले निर्वाचन क्षेत्र नं. १ कास्कीले लेखनाथको भण्डारढिकमा भएको गोली काण्डाको जिम्मा प्रहरीले लिइसक्दा पनि एमाले कार्यकर्तामाथि एकीकृत नेकपा माओवादीले निरन्तर धम्की दिएकोमा आपत्ती प्रकट गरेको छ । नेकपा एमालेको हतियार र झडपप्रति कुनै विश्वास नभएको उल्लेख गर्दर्ै एमालेले माओवादीलाई जिम्मेवार बन्न सुझाव दिएको छ । कुनै पनि हतियार र त्यसको प्रयोगले लोकतन्त्रको स्थापना, विकास र समृद्धिमा कुनै हालतमा सहयोग गदैन, क्षेत्रीय अध्यक्ष टीकाराम पंगेनीले जारी प्रेश विज्ञप्तिमा भनिएको छ । -'एमाले पार्टर्ीीथा कार्यकर्ताबाट त्यस्तो व्यवहार हुनसक्दैन' । विज्ञप्तिमा बैशाख २५ गते भण्डारढिकमा एकीकृत माओवादीको आम सभामा नेकपा एमाले जिल्ला कमिटी कास्कीका सदस्य श्रीप्रसाद गुरुङ नगरकमिटी उपाध्यक्ष सोमनाथ बास्तोला र आदर्श क्लवका सल्लाहकार चेतबहादुर गुरुङलाई गोली चलेको घटनाको जिम्मेवार व्यक्ति बताएकोमा आपत्ति प्रकट नगरिएको हो । आमहड्तालको नकारात्मक प्रभाव परिरहेको बेला स्थानीय जनता स्वतस्फूर्त रुपमा शान्ति र्žयाली निकालेको स्मरण गराउँदै विज्ञप्तिमा शान्ति र्žयालीमा महिला बालबालिका आमा समूहका पदाधिकारीमाथि एकीकृत माओवादीबाट भएको आक्रमणको निन्दा गरिएको छ । त्यस्तै विज्ञप्तिमा स्वतन्त्रतापर्ूवक सभा सम्मेलन गर्न पाउने सबैको अधिकारलाई कुण्ठित नपार्न सम्बन्धित पक्षलाई सचेत बताइएको छ । फूलमाया शर्मा -विद्यार्थी पत्रकार)
•
read more...
दर्ुघटनामा १२ घाइते, ४ को अवस्था गम्भीर
May 11, 2010
लमजुङ, २७ बैशाख । पृथ्वी राजमार्ग अर्न्तगत तनहुँमा आईतवार भएको दर्ुघटनमा १२ जना र्घाईते भएकाछन् । तनहुँको कोत्रे-मुग्लिन सडक खण्डमा भएका तीन दर्ुघटनामा परि र्घाईते हुनेमा ४ को अवस्था गम्भीर छ । गोरखाको ठाँटीपोखरीबाट पोखरातर्फजादैँ गरेको ना २ ख ७७१० नम्बरको बस र दमौलीबाट पोखरातर्फजाँदै गरेको ग ४ प ८९४ नम्बरको मोटरसाइकल तनहूँको गुणादीमा एक आपसमा ठक्कर खाँदा १० जना घाइते भएका हुन् । घाइते हुनेहरुमा पालुङटार-१, गोरखाका चालक २३ वषर्ीय विकास ओमगाइँ, छाङ्ग-६ की २९ वषर्ीया गीतामाया सुनार, भानु-६ की १४ वषर्ीय विमला विश्वकर्मा, जामुने-१ का ४० वषर्ीय मणिभद्र वाग्ले, भानु-६ का १६ वषर्ीय सुशील विश्वकर्मा, सोही ठाउँका ५० वषर्ीय रामबहादुर विश्वकर्मा, लमजुङ, राइनासकोटका २ वषर्ीया सीता थापा, मोरङ गोविन्दपुरका ३५ वषर्ीय धर्मप्रसाद तिमिल्सिना र भिमाद-३ का २८ वषर्ीय शक्ति मल्ल रहेका छन् । एक जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइते मध्ये विमला विश्वकर्मा र श्याम विश्वकर्मालाई दमौली अस्पतालमा उपचार हुन नसकी पश्चिमाञ्चल क्षेत्रीय अस्प्ताल पोखरा पर्ठाईएको छ । अन्यको दमौली अस्पताल र नेशनल एपोलोमा उपचार भईरहेको छ । त्यसैगरी घाइतेहरुलाई दमौली अस्पताल लिएर आउँदै गरेको ना ३ ख ९६८१ नम्बरको बसले ट्राफिक चोकमा ठक्कर दिँदा जामुनेका ३५ वषर्ीय श्याम विश्वकर्मा घाइते भएका छन् । उनलाई पनि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । त्यसैगरी लमजुङवाट पोखरा जाँदै गरेको ग.१प १९६६ नम्बरको मोटरसाइकलको पछाडीबाट खस्दा लमजुङकी विन्दु श्रेष्ठ घाइते भएकी छिन् । उनलाई उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
•
read more...
एचआईभी संक्रमितको उक्कलको मृत्यु
May 11, 2010
पोखरा, २७ बैशाख । लामो समयदेखि एचआईभी संक्रमितको हक र हितका लागि काम गर्दै आएका उक्कल बाटाजूको मृत्यु भएको छ । आफै संक्रमित भएका कारण अन्य एभआईभी संक्रमितहरुलाई उत्साह र हौसला थप्नका लागि विभिन्न संघसंस्थामा आबद्ध बाटाजूको उपचारको क्रममा राजधानीमा शनिबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । ४२ वषर्ीय बाटाजू आठ वर्षअघि खुलेर बाहिर आएका हुन् । संक्रमितहरु लुकेर बस्नु भन्दा र्सार्वजनिक भइ समाजमा एचआईभीको बारेमा रहेका अन्धविश्वास र कुरितिलाई चिर्न सक्यो भने यसबाट हुने जोखिम कम गर्न सकिन्छ भन्ने आत्म्ाविश्वासका साथ उनी खुलेका थिए ।
•
read more...
प्रधानमन्त्रीबाट वार्तामा आउन एकीकृत माओवादीलाई आग्रह
May 10, 2010
काठमाडौँ, २६ वैशाख । प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक गतिरोध अन्त्यका लागि अविलम्व वार्तामा आउन प्रमुख प्रतिपक्षी एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललाई आइतबार एक पत्र पर्ठाई आग्रह गर्नुभएको छ । आइतबार साँझ प्रेषित पत्रमा उहाँले लेख्नुभएको छ- 'सबै समस्या र मतभेदको समाधान वार्ता तथा शान्तिपर्ूण्ा लोकतान्त्रिक प्रक्रियाबाट गर्ने दिशामा अग्रसर हुन म तपाई र तपाईको पार्टर्ीीई आग्रह गर्दछु ।' 'पत्रमा लोकतन्त्र, शान्ति र राािष्ट्रय हितका लागि संवाद र सहमतिका आधारमा उपयुक्त निष्कर्षा पुग्न प्रधानमन्त्रीका हैसियतले अविलम्ब र्सार्थक वार्ताका लागि हार्दिक आमन्त्रण गर्दछु' भनिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालबाट थाहा भएको छ । यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालसँग आज नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले भेटी विद्यमान राजनीतिक सङ्कट समाधानका लागि नेतृत्वदायी पहल गर्न आग्रह गरेको छ ।
•
read more...
पर््रदर्शनकारीहरूद्वारा दशवटा सरकारी सवारीसाधन तोडफोड
May 10, 2010
काठमाडौँ, २६ वैशाख । एकीकृत नेकपा -माओवादी)ले आज आयोजना गरेको सिंहदरवार घेराउ कार्यक्रममा पर््रदर्शनकारीहरूले दशवटा सरकारी सवारीसाधन तोडफोड भएको प्रहरीले जनाएको छ । पर््रदर्शनकारीहरूले थापाथली इञ्जिनियरिङ क्याम्पसअगाडि पर््रदर्शनकारीले बा १ झ ३१७८, बा १ झ ८३३४, बा १ झ ५४६८, ५९५२, ५९१९, ८३३४, २६७७, ८४५२ र बा.१ झ २६७७ नम्बरका सरकारी गाडीमा तोडफोड गरी क्षति पुर्žयाएका छन् भने बा १ झ ५८१८ नम्बरको गाडी पल्टाइदिएका छन् । सो क्रममा सुरक्षामा खटिएका प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार भएपछि प्रहरीले सुरक्षाका लागि सामान्य बल प्रयोग गरी लाठीचार्ज गर्नुकासाथै करिव पचास राउण्ड अश्रुग्याँस प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार पर््रदशनकारीको ढुङ्गा प्रहारबाट प्रहरी नायव उपरीक्षक भोला रावल, प्रहरी हवल्दार नवलकिशोर यादव, प्रहरी जवानहरू चन्द्रबहादुर जि.सी., युवराज थारु, रवि सुनवारलगायत घाइते भएका छन् । झडपमा प्रहरीले सम्झाइबुझाइ गर्नेक्रममा प्रहरीमाथि नै ढुङ्गामुढा हुन थालेपछि प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिइएको थियो । साथै उक्त झडपमा परी चितवनको हाकिमचोक बस्ने २४ वषर्ीय रामबाबु साहसमेत केही घाइते भएका छन् । घाइतेमध्ये ढाड र घाटीमा चोट लागेका निज साहलाई प्रहरी अस्पतालमा उपचारपश्चात मानवअधिकार सरोकार केन्द्रका ध्रुव कार्कीको रोहवरमा बुझाइएको छ । यसैबीच माइतीघर मण्डलाबाट पर््रदर्शनकारीले कब्जामा लिएका राष्ट्रिय अनुसन्धान विभागका निरीक्षक आरके महत र नायव निरीक्षक रामचन्द्र थापालाई नेपाल प्रहरी, ओएचसिएचआर, राष्ट्रिय मानव अधिकार आयोग र अन्य मानवअधिकारकर्मीहरूको सक्रियतामा दुइ घण्टापछि कब्जामुक्त गरिएको प्रहरीले जनाएको छ । वाइसिएलको र्सच टोलीले माइतीघर मण्डलास्थित एक घरमा बसिरहेको अवस्थामा शरीर तलासी गरी हेण्ड सेट फेला पारेेपछि निजहरूलाई कब्जामा लिएको जनाइएको छ । रासस
•
read more...
गुण्डागर्दी रोक्न माग
May 10, 2010
पोखरा, २६ बैशाख । नेकपा एमाले क्षेत्र नं. १ कास्की र लेखनाथ नगरकमिटीले लेखनाथको भण्डारढिकमा भएको घटनालाई लिएर एकीकृत नेकपा माओवादीले पार्टर्ीी कार्यकर्तालाई धम्काउने, फोन आतंक मच्याएकोमा त्यसको निन्दा गरेको छ । क्षेत्र नं. १ का अध्यक्ष टीकाराम पंगेनी र लेखनाथ नगर अध्यक्ष कृष्णराम अधिकारीले संयुक्त रुपमा प्रकाशित प्रेस विज्ञप्तिमा एमाले कार्यकर्ताको घरघरमा गएर गुण्डागर्दी जस्ता अराजनैतिक कार्य तुरुन्त रोकी राजैतिक ढंगले प्रस्तुत गर्न एकीकृत माओवादीसंग आग्रह गरिएको छ । स्वतः स्फूर्त शान्ति जुलुस निकाल्दा एकीकृत नेकपा माओवादीले आपmनो विरोध गरेको ठानी कुटपिट गर्न आतंक मच्याउने कार्य दिन्दनीय भएको उल्लेख गर्दै विज्ञप्तिमा एकीकृत माओवादीका पोलिटव्यूरो सदस्य हितराज पाण्डेले एमाले जिल्ला कमिटी सदस्य श्रीप्रसाद गुरुङ, लेखनाथ नगरकमिटी उपाध्यक्ष सोमनाथ बास्तोला, पार्टर्ीी कार्यकर्ता र नागरिक समाजका अगुवालाई गोली चलाए भन्नु आपत्तीजनक भएको उल्लेख छ । विज्ञप्तिमा भ्रामक समाचार सम्प्रेषण गर्ने पोलिट व्यूरो सदस्य पाण्डेलाई माझी मागी सत्य तथ्य स्पष्ट पार्न आग्रह गरिएको छ ।
•
read more...
माओवादीको कुटपिटबाट दर्ुइ घाइते, पसल तोडफोड
May 4, 2010
पोखरा, २० बैशाख । एकीकृत नेकपा माओवादीले आव्हान गरेको आम हडतालको दोस्रो दिन सोमबार पोखराको जनजीवन ठप्प भएको छ । बन्द आवहान कर्ताले पोखरा नागढुङा वडा नं ९ मा रहेको शिशुवा मेडिकल हल तोडफोड गरेका छन । मेडिकलहल तोडफोड गर्ने क्रममा मेडिकल हल सञ्चालकका बुबा टिकाराम सापकोटालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका थिए । त्यसैगरि मेडिकल हलमा ५ वषिर्य बालक शन्देस पोैडेललाई पनि माओवादी कार्यकर्ताले टाउकोमा बासँ चिरपटले हिकाउदाँ २ वटा टाँका लगाउन परेको छ । उनको पोखराको चरक हस्पिटलमा उपचार भैरहेको छ । त्यसैगरि माओवादी कार्यकर्ताले नागढुङामा रहेको कर्ीतनफुड स्ाप्लार्यसको दराज फोडेका छन ।पोखराको न्यूरोडमा एकीकृत माओवादी कार्यकर्ताले किरण सापकोटाले सञ्चालन गरेको आलोक कयाफे होटलका दराज र शिसा फुटालेका छन । पोखरा वडा नं१३ भद्रकालीमा फुलमायाा गुरुङले निर्माधिन गरिरहेको घरका मजदुरहरुलाई ब्ान्दका बेलामा किन काम गर्र्छौ किन भर्न्र्दै मजदुरहरुलाई लक्षार पक्षार पारेका छन । बन्दका क्रममा पोखराका उधोग कलकारखाना, यातायात सवारी साधन , स्कूल कलेजहरु सञ्चालनमा आएका छैनन । सरकारी कार्यलयहरु पनि पर्ूण्ारुपमा ठप्प छन । बैकिङ क्षेत्र पनि बन्द भएको छ । बन्द मुक्tm क्षेत्र घोषणा भएको लेकसाइड क्षेत्रपनि पर्ूण्ारुपमा बन्द भएको छ । पोखराको पर्यटकीय क्षेत्रमा पर्यटकहरुलाई एयरपोर्टबाट गन्तव्यसम्म पुर्žयाउनकालागि १वटा पर्यटक प्रहरीको गाडी, प्रहरी भ्यान , ग १ प न्ाम्वरको साधनलाई माओवादीसंग सहमति गरेर सञ्चालनमा आएको छ । सधै व्यस्त रहने पर्यटकीय क्षेत्र सुन सान रहेको छ । सडक बालबालिकाहरु क्रिकेट खेलेर सडका दिन काटिरहेका छन । माओवादीका कार्यकर्ता पोखराको भीमसेन चोक, अमरसिह चोक , पृथ्वीचोक सहरका गल्ली गल्लीमा नारा लगाएर नाच गान गरिरहेका थिए । साझ पोखराको विपिचोकमा कोणसभा आयोजना गरिएको थियो ।
•
read more...
बैठकबिना निस्कर्षटुङ्गियो
May 4, 2010
काठमाडौँ, २० वैशाख । एनेकपा -माओवादी) र नेपाली काङ्ग्रेसबीच सोमबार साँझ भएको वार्ता बिना निष्कर्षटुङ्गिएको छ । लाजिम्पाटस्थित होटल साङ्ग्रीलामा भएको सो वार्तामा दुबै पक्षले आ-आफ्नो अडान नत्यागेपछि वार्ताबिना निष्कर्षा टुङ्गिएको हो । बैठकमा एनेकपा -माओवादी)ले सरकारको राजीनामासहित सबै समस्या प्याकेजमा गरिनुपर्ने प्रस्ताव गरेको थियो भने नेपाली काँग्रेसले एनेकपा -माओवादी)लाई आन्दोलन फिर्ता लिएर बाँकी समस्या प्याकेजमा गर्ने अडान राखेको थियो । बैठकमा दुबै पार्टर्ी्रबीच आन्दोलन पहिले फिर्ता लिने कि सरकारको राजीनामा पहिले आउने भन्ने विषय नै विवादका कारण बैठक निस्कर्षा पुग्न सकेको थिएन । वार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो पार्टर्ीीे तर्फाट सबै समस्या प्याकेजमा सहमति गरौं, त्यसका लागि माओवादीलाई आन्दोलन फिर्ता गर्नुस् भनी प्रस्ताव राखेको जानकारी दिनुभयो । एनेकपा -माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले वार्ता राजनीतिक समस्या समाधानका सबै पक्षमा केन्द्रीत भएपनि निष्कर्षनिकाल्न सकेनौं भन्नुभयो । उहाँले वार्ता खासगरी शान्तिप्रक्रियाअर्न्तर्गत लडाकूहरूको समायोजन, घरजग्गा फिर्ता र बेपत्ता नागरिकलगायतका विषयमा केन्द्रीत भएपनि संविधानलेखन र राष्ट्रिय सहमतिका लागि राष्ट्रिय सरकार गठनका विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । उहाँले वर्तमान राजनीतिक गतिरोधको अन्त्य प्याकेजमै समाधान खोजिनुपर्ने र त्यो कार्य छिटोभन्दा छिटो गरिनुपर्नेमा आफ्नो तर्फाट जोड दिइएको बताउनुभयो । वार्तामा एनेकपा -माओवादी)का तर्फाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', उपाध्यक्ष त्रय मोहन वैद्य 'किरण', डा. बाबुराम भट्टर्राई र श्रेष्ठ हुनुहुन्थ्यो । त्यसैगरी नेपाली काँग्रेसका तर्फाट कार्यबाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि, सहमहामन्त्री डा. रामशरण महत र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला हुनुहुन्थ्यो । बैठक मंगलबार पुनः बस्ने नेताहरूले बताए । रासस
•
read more...
बामदेवसँग स्पष्टीकरण माग्ने निर्ण्र्ाा
May 4, 2010
ााकर्ीर्तिपुर, २० वैशाख । नेकपा -एमाले)को केन्द्रिय अनुशासन समितिको आज पार्टर्ीीार्यालय, बल्खुमा बसेको बैठकले यही वैशाख १८ गते ज्ञापनपत्रमार्फ प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग्ने पार्टर्ीीपाध्यक्ष बामदेव गौतमसँग स्पष्टीकरण माग्ने निर्ण्र्ाागरेको छ । अनुशासन आयोगको आज सम्पन्न बैठकले आफ्नै पार्टर्ीीध्यक्षलाई ज्ञापनपत्र पेस गर्नु अनौठो भएको ठहर गर्दै त्यसका सम्बन्धमा स्पष्ट पार्न उपाध्यक्ष गौतमलगायतलाई निर्देशन दिएको हो । ज्ञापनपत्रको विषयलाई लिएर विभिन्न जिल्लाका जिल्ला समिति साथै भातृ सङ्गठन तथा शुभेच्छुकहरूले यस्ता गलत प्रवृत्तिलाई कारबाही गर्नुपर्ने भन्दै आज पार्टर्ीीुख्यालयमा ज्ञापनपत्रसमेत पेस गरेका थिए । पार्टर्ीीीतिविपरीत पार्टर्ीी नकारात्मक असर गर्नेगरी गतिविधि गर्ने जो कोहीलाई पार्टर्ीी कारबाही गर्नुपर्ने भन्दै पार्टर्ीी प्रभावशाली नेताहरूले उपाध्यक्ष गौतमलगायतलाई कारबाहीका लागि दबाब दिएपछि अमृतकुमार बोहरा सचेतक रहेको आयोगले उक्त निर्ण्र्ाागरेको थियो । रासस
•
read more...
|