»

  News - समाचार

पोखरामा युनिटीका २३ हजार ग्राहक अन्योलमा
May 18, 2010

सागरराज तिमिल्सिना/समाधान
पोखरा, ३ जेठ । गैरकानुनी रुपमा नेर्टवर्क मार्केटिङ व्यापार र सामाजिक सुरक्षा कार्यक्रम सन्चानल गर्दै आएको युनिटि लाइफ इन्टरनेसनलको पोखरा कार्यालयमा पनि पैसा माग्नेको भिड्लागेको छ । पोखरा कार्यालयमा पैसा फिर्ता माग्नेको भिड् लागेपनि कसैले पैसा फिर्ता पाउन नसकेको पिडितहरुले बताएका छन् ।  युनिटी लाइफ इन्टरनेसनल पोखराबाट करिब २३ हजार ग्राहक बनेका छन् । तिनिहरुबाट करिब ३४ करोड ५० लाख युनिटीले संकलन गरेको छ । युनिटीले देश भर ६ लाख ५० हजारभन्दा बढी ग्राहक बनाइ ६ अर्व रुपैयाँभन्दा बढी संकलन गरिसेको छ ।  पोखरा कार्यालयमा आइतबार र सोमबार पैसा माग्न आउने ग्राहकहरुको ठुलो भिड् लागेपनि पैसा भने कसैले पाउन सकेका छैनन् । कार्यालयमा पैसा माग्न आउनेहरुलाई कार्यालय प्रमुख नभएको, वाहिरी हल्ला नसुन्न ग्राहकहरुलाई अनुरोध गर्दै पठाउने गरिएको छ ।

read more...


युनिटीलाई प्रशासनद्वारा कारवाहीर्
May 18, 2010

पर्वत ३ जेठ । के तपाई यूनिटी लाईफ इन्टरनेशनल कम्पनी लिमीटेडको सदस्य वनेर ठगिनुभएको छ - यदि ठगिनुभएको छ भने जिल्ला प्रशासन कार्यालयमा तुरुन्त गएर उजुरी दिइ पैसा असुल गर्नुहोस् । जिल्ला प्रशासन कार्यालयले ठगिएकाहरुको रकम असुल उपर गरिदिने भएकोले उजुरी दिन पिडीतहरुलाई सुचना समेत जारी गरेको छ ।
गैरकानुनी रुपमा नेर्टवर्क मार्केटिङ्ग, स्वास्थ्य, व्यापार र सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको भन्दै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयले अबैध रुपमा कारोबार संचालन गर्ने युनिटी लाईफ इन्टरनेशनल नेपालका सदस्हरुको खोजी गरिरहेको हो । कुनैपनि नियमन निकायसँग अनुमति नलिई विमा पोलीसीसँग मिल्दोजुल्दो एस्युरेन्स योजना तथा स्वास्थ्य कार्यक्रम चलाई ठगी गरेको भन्दै गृह मन्त्रालयले सञ्चालकहरुलाई नियन्त्रणमा लिन निर्देशन दिएलगत्तै जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लामा रहेका युनिटी सदस्यहरुवाट रकम उठाएकाहरुलाई पक्राउ गर्न खोजी गरिरहेको जनाएको छ । यसरी गैरकानूनी रुपमा रकम असुल गरी ठगी गर्नेलाई प्रहरी प्रशासनले पक्राउ गरी आवश्यक कारवाही गर्ने भएको छ ।
धेरै सदस्यहरुसँग पैसा लिएर  ठगी गर्नेहरुका लागि प्रशासनमा उजुरी परेको आधारमा आवश्यक कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले वताउनुभयो । प्रशासनमा उजुरी परेका आधारमा उसले संकलन गरेको रकम पिडीतलाई असुलउपर गराउनेदेखि बैंक खाता तथा सम्पत्ती रोक्का गर्ने सम्मको कारवाही हुनेछ पौडेलले भन्नुभयो । प्रहरीले अनुसन्धान तथा सुचना संकलनको काम गरिरहेको र उजुरी परेलगत्तै छानविन गरी आवश्यक कारवाही प्रक्रिया गरिने समेत सहायक प्रजिअ पौडेलको भनाई छ ।
मुलुकका विभिन्न स्थानमा युनिटीका कार्यालय घेराउ र तोडफोड तथा केही संचालक सदस्यहरुलार्इर्र्पक्राउ गरेको समाचार र्सार्वजनिक भएलगत्तै पर्वतमा रहेका युनिटीका सदस्यहरुमा हलचल मच्चिएको छ । युनिटीमा लागेर त्यसरी रकम उठाएकाहरु त्रसित वनेका छन् । पर्वतमा दर्ुइ बर्षअगाडि देखि क्रियाशिल बनेको यूनिटी डेभलपमेन्ट ग्रुपले हालसम्म पर्वतमा मात्रै १ हजार भन्दा वढि सदस्य विस्तार गरेकोे जनाएको छ । यसरी आबद्ध सदस्यहरुबाट प्रति सदस्य ८ हजार देखि १५ हजार सम्म विमा रकम लिइएको छ । जिल्लामा युनिटीका वारेमा सुचना संकलन गर्ने कार्य भैरहेको र आधिकारीक तथ्यांक संकलन भैनसकेको प्रशासनले जनाएको छ ।

read more...


माओवादी लडाकु समायोजनको विपक्षमा नेता ः ज्ञवाली
May 18, 2010

पोखरा, ३ जेठ ।
नेकपा एमालेका पोलिट्ब्यरो सदस्यल एवंम प्रचार विभाग प्रमुख प्रदिप ज्ञावालीले एकिकृत नेकपा माओवादीले माओवादी लडाकुको समायोजनको पक्षमा नभएको आरोप लगाउनु भएको छ । १७ ओ मदन आश्रति स्मृति दिवसको र्सर्न्दभमा आज एमाले कास्कीले पोखरामा आयोजना गरेकेा समसामयिक परिस्थिति र जनताको बहुदलीय जनबाद विषयक विचार गोष्ठिमा बोल्दै ज्ञवालिले माओवादी कुनै नकुने रुपमा लडाकुलाई आफैमा कायम राख्ने पक्षमा रहेको बताउनु भयो ।
तत्कालीन प्रधान मन्त्रि पुष्पकोमल दाहाल लडाकु समायोजनका लागि गठित विषेश समितिको संयोजक रहदा आफैले गरेको बाचा पुरा गर्न नसकेकेा स्मरण गराउदै नेता ज्ञवालीले माओवादी अरुपाटीलाई हाउगुजी देखाएर सेना समायोजन गर्न नचाहेको धारणा व्यक्त गर्नु भयो ।
"जनसहभागिताको सम्भावना हुँदाहुँदै पनि क्रान्तिमा बन्दुक चाहिन्छ भन्ने सोच मार्क्सवादको भ्रष्टिकरण हो"उहाँले भन्नुभयो । ज्ञवालिले एकिकृत माओवादि अझै पनि पर्ुण्ातया रुपान्तरण नभईसकेको बताउनुभयो । "माओवादिमाथि लोकतान्त्रिक विचार छैन, त्यसैले रुपान्तरण हुनसक्दैन" उहाँले भन्नुभयो ।
एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीसंग एकिकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्डको तुलना हुन नसक्ने बताउनु भएकेा छ ।"प्रचण्डसंग जननेता मदनभण्डारीसंग तुलना गर्नु हस्यास्पद हो ।" भण्डारीसंग प्रचण्डको तुलना कदापी हुन सक्दैन । मदन भण्डारीमा भिडलाई नियन्त्रण गर्न सक्ने क्षमता थियो उहाँसंग भेटने कुनै ब्यक्ति निराश हुनुपर्ने अवस्था थिएन तर प्रचण्ड बोलेपछि सन्त्रा र आतंक सृजना गर्छ त्यस्तो ब्यक्तिलाई भण्डारीसंग तुलना गर्न मिल्दैन ।
उहाँले माओबादी अध्यक्ष प्रचण्ड र्सार्वजनिक हुदाँ केही आशा पलाएकेा भएपनि र्सार्वजनिक हुदाँ दिएको भाषणले विगतमा गरेका गत्तीको प्रश्चातप भन्दा दम्भ देखाएको बताउनुभयो । नेता ज्ञवालीले भन्नुभयो- मदन कहिल्यै भाषण गर्दा ताली पाउने गरि भन्दापनि विचार र देशलाई दिसा दिनेगरि वोल्ने प्रखर बक्ता हो ।
एकिकृत माओबादी लोकतान्त्रिक पार्टर्ीीभएको भन्दै उहाँले माओबादीको रुपान्तरण आवस्यक रहेको औँल्याउनुभयो । माओबादी हतियार र सेना कायम राख्न चाहान्छ भन्दै उहाँले सेना र हतियारको भरमा अन्यलाई तखाउन खोजी रहेको छ । हतियार र सेना रहे सम्म राष्ट्रिय सहमती बन्न नसक्ने दावी गर्नुभयो ।
नेकपा एमाले शान्ति र संविधानको सुनिश्चिता हुन्छ भने सरकार छाडन तयार रहेकेा स्पष्द पादै माओबादी प्रधानमन्त्रीको कर्ुर्ची मात्रै चाहान्छ संविधान र शान्तिको सुनिश्चिता चाहदैन ।
उहँाले पार्टर्ीीनुशासन विपरित बोल्ने नेताहरुले आत्मआलोचना गर्नुकेा विकल्प नभएकेा भन्दै आगामी दिनमा त्यस्ता काम गरे कार्यकताबाट तिस्कृत हुने बताउनुभयो । आश्रति कुशल संगठक भएको स्मरण गदै उहँाको निधनले  पार्टर्ीी मेरुदण्ड भाच्चिएको महसुश गरेकेा बताउनुभयो ।
कार्यक्रममा बोल्दै वैकल्पिक पोलिटब्युरो सदस्य खगराज अधिकारीले उग्रवाद र अतिवाद दुवै राष्ट्रका लागि घातक भएको बताउदै शान्ति र संविधानमा राष्ट्रिय सहमतिको आवाश्यकता रहेको खाँचो औल्याउनुभयो । उहाँले संविधानको आयु लम्व्याउन पनि सहमति आवाश्यक भएको हुँदा सवै दल सहमतिमा आउनु्पर्ने बताउनुभयो ।

read more...


मदन पछिको एमाले
May 18, 2010

सन्तोष अधिकारी
  पोखरा, ३ जेठ । सत्र वर्षअघि एमालेका नेतामा जुन जोश जाँगर देखिन्थ्यो कार्यकर्तामा जुन तेज र उमंग थियो तर आज त्यस्तो देखिँदैन एमालेमा ।
बि.सं. २०५० साल जेठ ३ गते तत्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको चितवानको दासढुंगामा अनौठो हत्या भएपछि पार्टर्ीीत्र पटक-पटक तिक्तता तनाव र विवाद उब्जिरह्यो । एमाले नेताहरु मदन भण्डारी जस्ता नेतृत्वको अभावले नै पार्टर्ीी विचलन र विवाद उब्जिएको बताउने गर्छन । साँच्चै भर्खरर्-भर्खर खुला राजनीतिमा आएको केही वर्षश्चात नै जननेता मदन भण्डारीको हत्यो भयो, त्यससंगै पार्टर्ीीत्र कुशल नेतृत्वको खडेरी भयो । एमालेले मदन भण्डारीको अन्त्यपश्चात धेरै हण्डर चुनौतीको सामना गर्žयो, पटक-पटक । त्यो संगै बहुदलीय प्रतिस्पर्धाबाट देशको राज्यसत्ता चलाउने अवसर पनि पायो ।
कुनै संगठन या पार्टर्ीी एउटा नेताको मृत्यु हुन्छ तर उसको अभाव वषौर्ंसम्म न एमालेले पूरा गरेको महशुस गर्न सकेको छ न अन्य दलभित्र नै देखिए त्यस्ता नेतृत्व । मदन बिनाको एमाले अहिलेसम्म आइपुग्दा रानो बिनाको मौरी जस्तै बनेको छ । पार्टर्ीीेतृत्वभित्र अहिले देखिएको गुटबन्दी र शक्तिको संर्घष्ाले कार्यकर्तालाई रुष्ट बनाएको छ । आपmनै बिना खोज्न कस्तुरी भौतारिए जस्तै एमाले पनि अहिले बाटो नदेखेर अल्मलिएको जस्तो दल बनेको बामपन्थी विश्लेषकहरुको ठम्याई छ । मदन भण्डारीको मृत्यु भएको ४ वर्षश्चात एमाले दर्ुइ खेममा टुक्रियो जहाँ मदनको कम्युनिष्ट आन्दोलन र एकताको सिद्धान्तलाई विफल बनाइयो । १७ वर्षो यो दौरानमा एमाले देशको ठूलो दल पनि बन्यो । तर समय चिन्ने नेतृत्वको अभाव र कार्यकर्ताको तेजलाई जोगाउन नसक्दा बि.सं. २०५१ को आम निर्वाचनमा ठूलो दल बनेको एमाले बि.स.ं ०६४ मा आएर तेस्रो स्थानमा रहन बाध्य  भयो ।
बि.सं. २०६२/०६३ को दोश्रो जनआन्दोलनको सफलतासंगै बि.सं. २०६४ मा युगिन संविधानसभाको निर्वाचन भएको थियो । जुन माग उठाएर जनआन्दोलन र संविधानसभाको  निर्वाचन भयो ती मागहरु बि.सं. २०४७ को संविधानमा सम्बोधन गर्न जननेता मदन भण्डारीले दवाव दिनु भएको थियो । उसो त स्वर्गीय भण्डारीले २०४७ को संविधानलाई आलोचनात्मक र्समर्थन मात्र गर्नुभयो । स्व. भण्डारीले डेढ दशक अघि उठाएको माग अरु नेताले डेढ दशक पछि मात्रै बुझे यस अर्थमा पनि उहाँ दिर्घकालिन सोच राख्नुहुन्थ्यो । मदनको अभाव एमालेले मात्रै होइन सिंगो देशले नै गरेको एमाले नेता प्रदिप ज्ञवालीको भनाई छ । मदन-आश्रति स्मृति दिवसको कार्यक्रममा भाग लिन कास्की आउनु भएका एमाले नेता ज्ञवालीले तीन घण्टा लामो प्रवचनमा भण्डारीको प्रशंसामै अधिकांश समय खर्चनुभयो । उहाँले मात्रै होइन अर्का नेता खगराज अधिकारी र कार्यक्रममा बोल्ने जिल्ला तहका अन्य नेताले पनि भण्डारीको अभावकै कुरा गरे । यसबाट पनि पुष्टि हुन्छ कि एमाले अझै भण्डारी जस्तै नेतृत्वको खोजीमा छ ।
प्रधानमन्त्रीको प्रस्तावलाई समेत अस्वीकार गर्नुभएका भण्डारीको अभावमा एमालेले पटक-पटक सत्ता लिप्साको आरोप खेपिरह्यो । दर्ुइ पटक आपmनै नेतृत्वमा र अन्य धेरै पटक सरकारमा सामेल भएको एमालेले आम जनताले सोचे जस्तै जनमुखी काम गर्न नसकेपछि धेरै आलोचना पनि खेपिरहेको छ । बि.सं. २०५४ को मध्यवधी निर्वाचनमा एमाले र माले भएर चुनावमा गएपछि नेपाली काँग्रेसले  प्रत्यक्ष बहुमत ल्यायो । एमालेको निम्ति यो पनि एउटा घाटा बन्न पुग्यो । उसो त माले र एमाले केही वर्षछि पुनः मिलेपनि अधिकांश मालेका कार्यकर्ता भने तत्कालिन ब्रि्रोही माओवादीमा प्रवेश गरेका एमाले नेताहरु नै भन्ने गर्छन । बि.सं. २०५१ मा चुनाव जितेपछि अल्पमतको नौ महिने शासन चलाएको एमालेले त्यति बेला राम्रै प्रशंसा पाएको थियो । समय बित्दै जाँदा एमाले खिंइदै गयो । क्रान्तिकारी बिचार मर्दै गयो, धेरैको यस्तै गुनासो सुनिन्छ । राजनीतिमा थकाई भन्ने शब्दवली हुँदैन, भन्ने मदन भण्डारीको उद्घोषलाई अहिले देखिएको एमालेको गतिले र्सार्थक बनाउन सकेन । उसो त सहजै भन्न सकिन्छ जुझारु नेतृत्व भण्डारीको अभाव एमालेभित्र अहिलेको विवाद र वितृष्णमा झनै बढी खड्किएको छ ।

read more...


आशन्न संकटको निकाश खोजौं
May 18, 2010

संविधानसभाको म्याद सकिन लागेको र संविधान पनि जारी नहुने स्पष्ट भएको अवस्थामा माओवादीले संविधानसभाको म्याद थप गर्नका लागि दुइवटा र्सत अगाडि सारेको छ भने सत्ताधारी प्रमुख दुइ दल आफ्नो पुरानै मागमा अडीग छन् । माओवादीको दुइ र्सत हुन्- बहुमतीय प्रणालीको संवैधानिक ब्यबस्थाको सट्टा संविधान संशोधन गरी सहमतीय प्रणाली र बर्तमान सरकार बिघटन गरी सहमतिको राष्टिूय सरकार । माओवादीले पहिले पर्ूवर्सतका रुपमा प्रधानमन्त्रीको राजीनामा  माग गरेको थियो भने अब एक र्सत थपेर संविधान संशोधन गरी सहमतिको सरकार पनि भनेको छ । यस हिशाबले संविधानसभाको दिन र्घकदै जाँदा र्सत पूरा गराउने र र्सत थप्ने  होडवाजी नै चलेको छ ।

read more...


एमाओवादीले जेठ १५ मा संविधान घोषणा गर्ने
May 17, 2010

काठमाडौँ, जेठ एकीकृत नेकपा -माओवादी) को बसेको पोलिट ब्युरो बैठकले यही जेठ १५ गते शनिवार आफ्नो तर्फाट गणतन्त्रात्मक सङ्घीय संविधान जारी गर्ने निर्ण्र्ाागरेको पार्टर्ीीध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यकषतामा पार्टर्ीीेन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा तेस्रो गणतन्त्र दिवसको अवसर पारी र्सार्वजनिक कार्यक्रमका साथ यस्तो संविधान जारी गर्ने निर्ण्र्ाागरेको हो बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टर्ीी्रवक्ता दीनानाथ शर्माले अहिलेसम्म नेपाली काँग्रेस नेकपा -एमाले)ले संविधानको मस्यौदा तयार नगरेको बताउँदै आफ्नो दलले तयार पारेको संविधानको मस्यौदालाई सो दिन जनताबीच र्सार्वजनिक गर्न लागिएको जानकारी दिनुभयो

read more...


भगवती टारका पहिरो पीडितले लालपर्ुजा पाउने
May 17, 2010

पोखरा, जेठ साढे तीन दशक अघि पहिरोबाट विस्थापित भएका लेखनाथका ८३ परिवारलाई सरकारले जग्गा धनी प्रमाणपर्ुजा-लालपर्ुजा) प्रदान गरिने भएको पोखरा उपमहानगर पालिका वडा नम्बर १५ १८ को  खाल्टेमसिना मजुवामा स्थित बसोबास गर्दै आएका विस्थापित परिवारले तीनदशक भन्दा लामो समयपछि लालपर्ुजा पाउने भएका हुन्

सरकारले विस्थापित परिवारलाई खाल्टे, मसिना पोखरा उपमहानगरपालिका १५ स्थित मजुवा क्षत्रमा कृषि योग्य जमिनसहितको जग्गा धनी प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको लालपर्ुजा वितरणको लागि पोखरामा सोमबार कार्यालय स्थापना गरिने

२०३३ साल जेठ २२ गते लेखनाथको भगवतीटारमा गएको पहिरोले सय १५ परिवार विस्थापित भएको थियो विस्थापित मध्ये सय ३२ परिवारलाई जग्गा उपलब्ध गराइएको उक्त परिवारमध्येपनि ७२ परिवारलाई कैलालीमा स्थापित गरिएकेा थियो भने अन्य बाँकी रहेकालाई पोखराको १५ १८ वडामा जग्गा उपलब्ध गर्राई व्यवस्थापन गरिएको थियो

तत्कालिन समयमा पहिरो पीडित परिवारलाई सरकारले घडेरी १२ आना क्षेतरफल कृषिजन्य उपयोगको रोपनी आना जग्गा उपलब्ध गराइएको थियो पहिरो पीडितलाई उक्त क्षेत्रफल जग्गा उपलब्ध गराउने मन्त्री परिषदकै बैठकले निर्ण्र्ाागरिएको थियो

जग्गाधनी प्रमाणपत्र वितरणको लागि तत्कालिन भगवतीटार गएको बाढी पहिरो विस्थापितहरुको बसोबास सम्बन्धी व्यवस्थापन समिति गठन गरिएको समितिका अध्यक्ष होमनाथ गिरीले पीडित परिवारलाई जतिसक्दो छिटो लालपर्ुजा प्रदान गरिने स्पष्ट पार्नुभयो 'बसीरहेको परिवारको बारेमा केही समस्या देखिएको त्यसलाई समाधान गरी लालपर्ुजा वितरण गर्ने छौं ' उहाँको भनाई थियो तत्कालिन समयमा गएको पहिरोमा परी भगवतीटारका ७८ जनाले ज्यान गुमाएका थिए

read more...


'जहाँ उनले अन्तिम सम्बोधन गरे'
May 17, 2010

पोखरा, जेठ जननेता मदन भण्डारीलाई हामीले गुमाएको आज १७ वर्षपुगेको आजैको दिन अन्तिम बनेको थियो तत्कालिन नेकपा एमालेका महसचिव जननेता मदन भण्डारी स्थायी समिति सदस्य जीवराज आश्रतिको लागि कस्केलीको नजरमा फरक मदन आश्रतिको स्मृति मदनको अन्तिम भाषण सुन्ने अवसर पाएका थिए कस्केली जनताले १७ वर्षअघि यही जेठ तीन गते पोखरा सभागृहमा एमाले कास्की तेस्रो जिल्ला अधिवेशनलाई उद्घटन गरेर चितवानतर्फ लाग्नु भएका भण्डारीको गन्तव्यमा पुग्न नपाउँदै दासढुंगामा अनौठो हत्या भयो कस्केली जनताले बैकल्पिक पोलिटव्यूरो सदस्य खगराज अधिकारी भन्नुहुन्छ -उहाँका आदर्शलाई हामी सबैले व्यवहारमा कार्यान्वयन गराउन कस्केली सबै अझ शसक्त भएर लाग्नु पर्ने अधिकारीको भनाई 'उहाँ एमालेको मात्रै होइन सिंगो राष्ट्रको नेता हुनुहुन्थ्यो' अधिकारी भन्नुहुन्छ 'यसले सबैलाई अपुरणीय क्षति पुर्žयाएको '

read more...


शान्ति र संविधानका लागि सहमति अपरिहार्य
May 16, 2010

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री माधवकमार नेपालले दिगोे शान्त्िा स्थापना र संविधान लेखनका लागि पार्टर्ीीबीच एकता र सहमति अपरिहार्य भएको बताउनुभएको छ । युवा सङ्घ नेपालको २१ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित 'परिवर्तित र्सर्न्दर्भमा युवा सङ्घको भूमिका' विषयक अर्न्तक्रियामा उहाँल्ो मुलुकमा दिगोे शान्ति, संविधान, प्रगति र परिवर्तनका लागि राजनीतिक दलहरूबीच एकता र सहकार्य अनिवार्य छ भन्नुभयो । प्रधानमन्त्री नेपालले एकीकृत नेकपा -माओवादी)ल्ााई सहमतिको राजनीति गरी शान्तिसम्झौतामा गरिएका प्रतिबद्धता कार्यान्वय गरी एकता र सहमतिको बाटोबाट अगाडि बढ्न आग्रहसमेत गर्नुभयो ।

read more...


नत्र भत्ता फिर्ता लेउ
May 16, 2010

म्याग्दी, १ जेठ । सँविधान निर्माण गर्न सपथ खाएर गएका सभाषद्हरुले समयसिमाभित्र नयाँ सँविधान जारी गर्न नसके उनीहरुले उपभोग गरेका सेवा सुविधा र भत्ता जनतालाई नै फिर्ता दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।  सँविधानसभामा रहेका ६सय १ सभाषद्ले आफ्नो जिम्मेवारी पुरा गर्न नसके जनताको करबाट लिएका भत्ता भ्रष्टाचार सरह हुने सहभागीहरुको आरोप छ । युएनडिपीको सहयोगमा गा्रमिण सामुदायिक विकास मञ्च म्याग्दीले शनिवार वेनीमा आयोजना गरेको नयाँ सँविधानमा समेटिनुपर्ने विषयक लोकतान्त्रिक सँवाद कार्यक्रमका सहभागीहरुले सभाषद्हरु जनता भन्दा पार्टर्ीी्रति समर्पित रहेकाले सँविधान निर्माणको कुनै सँकेट नदेखिएको बताए ।

read more...


न्याउरी मुसाद्वारा रेविज आतंक
May 16, 2010

पोखरा, १ जेठ ।
रेविज संक्रमित न्याउरी मुसाको आतंकले पोखरा र लेखनाथका र्सवासधारण त्रसित बनेका छन् । भुस्याहा कुकुरको नियन्त्रण भएको एकसाता नवित्दै पोखरा र लेखनाथ क्षेत्रमा न्याउरीले मानिस र जनावरलाई टोक्ने थालेपछि र्सवसाधारण त्रसित बनेका हुन् ।
लेखनाथ नगरपालिकामा झण्डै डेढ महिना अघि शुरु भएको रेविज न्याउरी मुसामा देखिएपछि त्रासदी बनेको हो । पशु सेवा केन्द्र शिशुवाले लेखनाथ नगरपालिका भित्रका १ सय ८२ वटा भुस्याहा कुकुरलाई मारेर नियन्त्रण गरिएपनि पुन रेविजको संक्रमण देखिएको हो । शनिबार मात्रै न्याउरीको टोकाईबाट एक बालक घाइते भएका छन् ।
लेखनाथको तालचोकस्थित ५ वषिर्य कर्ण्र्ाारियारको घुडँामाथि टोकेको केन्द्रका प्रमुख ठगेन्द्र अर्यालले जानकारी दिनुभयो । सुतिरहेको अवस्थामा बालकलाई न्याउरीले टोेकेको परिवारिक स्रोतले जनाएको छ । रेविज संक्रमित न्याउरीको टोकाईबाट घाइते भएका बालकको आर्थिक अभावका कारण रेविज विरुद्धको भ्याक्सिन लगाउन नसकेको परिवारलाई उद्धृत गर्दै प्रमुख अर्यालले बताउनुभयो ।
'मानिस देखेर भाग्ने न्याउरी रेविज संक्रमणपछि मानिस र जनावरलाई झम्टिदाँ त्रास बढेको छ ।' उहाँले भन्नुभयो-'भुस्याहा कुकुर झैं न्याउरी मुसा नियन्त्रण गर्न कठिनाई भएको छ ।' न्याउरीको टोकाईबाट पोखरामा बंगुर तथा भैसीलाई समेत टोकेको छ ।

read more...


लमजुङमा ४३ प्रतिशतले चर्पी प्रयोग गर्दैनन्
May 16, 2010

लमजुङ, १ जेठ । लमजुङमा अझै ४३ प्रतिशत र्सवसाधारणको घरमा व्यवस्थ्िात शौचालय नरहेको एक तथ्याङ्कले देखाएको छ । खानेपानी तथा सरसफाइ समन्वय समितिका अनुसार व्यवस्थित शौचालयको प्रयोगबाट १९ हजार ३ सय ७६ घरधुरी अर्थात् ५३ दशमलब १६ प्रतिशत घरधुरि लाभान्वित छन् । लमजुङमा ३६ हजार ४ सय ४६ घरधुरी छन् । जिल्लामा रहेका विभिन्न गैरसरकारी संस्थाहरुको पहलमा भएको उपलब्धीलाई समेत जोड्दा लमजुङमा व्यवस्थित शौचालय प्रयोग कर्ताहरुको संख्या झण्डै ६० प्रतिशत पुगेको खानेपानी तथा सरसफाइ समन्वय समितिले जनाएको छ ।
ग्रामीण भेगमा जनचेतना जगाउन समितिले आगमी जेठ २२ गतेदेखि राष्ट्रिय सरसफाई सप्ताह मनाउने कार्यक्रम तय गरेको छ । सप्ताहको अवसरमा जिल्ला वन कार्यलय, भूसंरक्षण कार्यालय लगायतको साझेदारीमा बेसीशहर खानेपानी प्रशोधन केन्द्र निर्माणस्थल वरीपरि वृक्षरोपण गर्ने, गाउँशहरमा सरसफाई सचेतनामुलक र्žयाली गर्ने, परेवाडाँडा गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने, सदरमुकाम बेसीशहरमा सरसफाई गर्ने लगायतका कार्यक्रम तय गरेको छ ।
सप्ताहमा सरसफाई र वातावरणीय सुधार सम्बन्धमा विविध कार्यक्रम गर्ने तयारी भईरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुखर् इञ्जिनियर केशवलाल शाक्यले जानकारी दिनुभयो ।

read more...


अब अनिश्चिकालिन आम हड्ताल गर्दैनौं-प्रचण्ड
May 13, 2010

पोखरा, २९ बैशाख । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अब देखि अनिश्चित आम हडताल कहिल्यै घोषणा नगर्ने बताउनु भएको छ । उहाँले बैशाख १९ देखि अनिश्चित आम हड्ताल घोषणा गर्नु गल्ती भएको स्वीकार गर्दै अब देखि आम हड्ताल गर्नु परे पनि दिन तोकेर मात्र गर्ने बताउनु भयो । सो पार्टर्ीीे केन्द्रीय कमिटीद्वारा बुधबार काठमाण्डौंमा आयोजित बृहत् अन्तक्रिर्या कार्यक्रममा दाहालले यस्तो अभिव्यक्ती दिनु भएको हो । उहाँले राजधानीबासी र राजधानीका बुद्धिजीवि प्रति आफ्नो सम्बोधनका क्रममा भएको अपमान प्रति पनि क्षता याचना गर्नु भयो । आफुले राजधानीबासी र बुद्धिजीविको अपमान गर्न नखोजेको स्पष्टीकरण दिदैं उहाँले गलत ब्याख्या गरिएको आरोप समेत लगाउनु भयो ।

read more...


'माओवादीको नेतृत्वमा सरकार नबन्ने'
May 13, 2010

भक्तपुर, २९ वैश्ााख । नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छेले एकीकृत नेकपा -माओवादी)को नेतृत्वमा सरकार नबन्ने ठोकुवा गर्नुभएको छ ।
रिपोर्टस क्लब नेपालले नेता बिजुक्छेसँग बुधबार उहाँकै निवासमा आयोजना गरेको बिशेष साक्षत्कारमा माओवादीले चाहेजस्तो उसको नेतृत्वमा सरकार बन्न नसक्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीलाई संसद्बाट हटाउनुपर्नेमा जोड दिँदै उहाँले जेठ १४ पछि आउने सङ्कट र्टार्न राष्ट्रपतीय शासन उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रपतिलाई अन्तरिम संविधानले संरक्षक एवं कार्यकारी अधिकार दिएकाले देशमा असहज परिस्थिति उत्पन्न हुँदा त्यसलाई निकास दिन राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

read more...


प्रधानमन्त्रीद्वारा एघार दलसँग परामर्श
May 13, 2010

काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री माधवकुमार नेपालले आज संविधासभाको समयावधि बढाउने सम्बन्धमा संविधानसभामा प्रतिनिधित्व गर्ने ११ राजनीतिक दलका नेताहरूसँग परामर्श गर्नुभयो ।
परामर्शमा सहभागी दलका नेताहरूले संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्ने प्रधानमन्त्री नेपालको धारणाप्रति सहमति जनाउँदै त्यसका लागि दलहरूका बीचमा सहमति कायम गर्नुपर्ने र बाँकी रहेका कार्यसूचीका बारेमा गहन छलफल हुनुपर्ने सुझाव दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जनाउनुभएको छ ।
मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले कुनै पार्टर्ीी लडाकू र बन्दुक राखेसम्म सहमति कायम हुन नसक्ने धारणा राख्दै सरकार निर्माण गर्ने भए माओवादीले व्यवस्थापिका-संसद्बाट आउनुपर्ने आफ्नो पार्टर्ीीे अडान रहेको बताउनुभयो ।
यसैगरी तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीी अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक मूल्य र मान्यताका विरुद्ध कसैसँग सम्झौता गर्न नसकिने बताउनुभयो । उहाँहरूसँग प्रधानमन्त्री नेपालले छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।
परामर्शमा सहभागी नेताहरूले सरकार परिवर्तन अलग्गै मुद्दा भएकाले सरकार परिवर्तनलाई संविधान निर्माणसँग जोड्न नहुनेमा जोड दिनुभएको थियो । कसैले सरकार परिवर्तनलाई संविधान निर्माणसँग जोड्न खोजेमा उसको वास्तविक नियत उदांगिने बताउँदै उहाँले त्यस्तो नियतका अगाडि कुनै हालतमा झुक्न नहुने बताउनुभएको थियो ।
प्रधानमन्त्री नेपालले आजै नेकपा -माले), नेकपा -संयुक्त) र नेपाल मजदुर किसान पार्टर्ीी नेताहरूसँग सामूहिक परामर्श गर्नुभयो ।
नेकपा -माले) का महासचिव सीपी मैनालीले संविधानसभाको म्याद थप्नका लागि माओवादीले र्सत राख्नु दर्ुभाग्यपर्ूण्ा रहेको बताउनुभयो ।
नेकपा -संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीले संविधानसभाको म्याद थप्नुको विकल्प नरहेको उल्लेख गर्दै तर त्यसभन्दा अघि दलहरूका बीचमा सहमति कायम गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टर्ीी सुनील प्रजापतिले संविधान संशोधन नगरी अहिले संविधानमै रहेको संकटकालीन अवस्थाको उपयोग गरेर संविधानसभाको म्याद बढाउनेतर्फदलहरूका बीचमा छलफल चलाउनुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी, प्रधानमन्त्री नेपालले आजै नेपाल लोकतान्त्रिक समाजवादी दल, चुरे भावर राष्ट्रिय एकता पार्टर्ीीसमाजवादी प्रजातान्त्रिक जनता पार्टर्ीीदलित जनजाति पार्टर्ीी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरूसँग पनि सामूहिक परामर्श गर्नुभयो ।
चुरेभावर राष्ट्रिय एकता पार्टर्ीी अध्यक्ष केशव मैनालीले माओवादीद्वारा आयोजित बैठकको उपस्थितिमा आफ्नो पार्टर्ीी गरेको हस्ताक्षरलाई माओवादीले दुरूपयोग गरी निर्ण्र्ााा सहभागी भएको भनी प्रचार गरेकोमा आपत्ति प्रकट गर्नुभयो भने दलित जनजाति पार्टर्ीी विश्वेन्द्र पासवानले आफू पार्टर्ीीे कार्यक्रममा राजविराजमा भएको बेला आफ्नो नाम माओवादीले प्रचार गरेकोमा आर्श्चर्य लागेको बताउनुभयो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सभासद् रुक्मिणी चौधरी, लोकतान्त्रिक समाजवादी दलका सभासद् डा. लक्ष्मीलाल चौधरी र स्वतन्त्र सभासद् सदरुल मियाँ हकले पनि संविधानसभाको म्याद बढाउनका लागि सरकारले कदम चाल्नुपर्ने सुझाव दिनुभयो ।
त्यसअघि नेपाः राष्ट्रिय पार्टर्ीी अध्यक्ष डा.केशवमान शाक्यसहितको सो पार्टर्ीीे टोलीसँग पनि प्रधानमन्त्रीले परामर्श गर्नुभएको थियो ।
ती अवसरहरूमा प्रधानमन्त्री नेपालले संविधानसभाभित्रैबाट संविधान निर्माण गर्नुपर्दछ भन्नेमा आफू प्रतिबद्ध रहेको जानकारी दिँदै यस्ता गहन विषयमा सबै दलहरूसँग छलफल हुनर्ुपर्छ भन्ने लागेर परामर्श सुरु गरेको जानकारी दिनुभयो ।
आफू लोकतान्त्रिक मान्यता, संवैधानिक प्रक्रिया र राजनीतिक दलहरूबीचको सहमतिका आधारमा अघि बढ्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रधानमन्त्री नेपालले भन्नुभयो- 'तर, म कुनै पनि धाँक-धम्की, दवाव र पर्ूवर्सतहरूका अगाडि कदापि झुक्दिन ।'
माओवादीका लडाकाहरूको समायोजन र पुनःस्थापना तथा वाईसिएलको अर्धसैन्य संरचना विघटन गरी माओवादीलाई नागरिक पार्टर्ीीबनाएसम्म शान्ति प्रक्रिया र संविधान निर्माण दुबैले सफलता पाउन सक्दैन भन्दै प्रधानमन्त्री नेपालले त्यसका लागि सबै लोकतान्त्रिक दलहरूका बीचमा बलियो एकता र एकमत हुनपर्नेमा जोड दिनुभयो ।
संविधानसभाको कार्यकाल बढाउनका लागि सरकारले विधेयक लैजानुपर्ने भएका कारण त्यसअघि प्रधानमन्त्रीले सबै दलहरूसँग परामर्श गर्नुभएको हो । परामर्शको क्रम जारी रहेको पनि प्रेस सल्लाहकार रिजालले जनाउनु भएकोछ ।

read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 - Next Page »

»

  Headlines - मुख्य समाचार

पोखरामा युनिटीका २३ हजार ग्राहक अन्योलमा

युनिटीलाई प्रशासनद्वारा कारवाहीर्

माओवादी लडाकु समायोजनको विपक्षमा नेता ः ज्ञवाली

मदन पछिको एमाले

आशन्न संकटको निकाश खोजौं

एमाओवादीले जेठ १५ मा संविधान घोषणा गर्ने

भगवती टारका पहिरो पीडितले लालपर्ुजा पाउने

'जहाँ उनले अन्तिम सम्बोधन गरे'

शान्ति र संविधानका लागि सहमति अपरिहार्य

नत्र भत्ता फिर्ता लेउ

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np