|
कानुनप्रति सचेत नहुँदा उपभोक्ता ठगिए
May 31, 2010
पोखरा, १६ जेठ । खाद्य, दाना पदार्थको नियन्त्रण तथा यस्का कानुनि पक्ष विषयक आइतबार पोखरामा आयोजना गरेको क्षेत्रिय अन्तरक्रियात्मक गोष्ठीका अधिंकाश वक्ताहरुले कानुनको प्रभावकारी रुपमा कार्यन्वन नभएको कारणले गर्दा अखाद्य वस्तुको प्रयोग भईरहेको बताएका छन् । उद्योग वाणिज्य संघ पोखराको सहयोगमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय भैरहवाको आयोजनामा भएको गोष्ठीको उद्घाटन गदै क्षेत्रीय प्रशासक अर्जुनवहादुर भण्डारीले गुणस्त्तर सम्वन्धी ऐन कानूनको वारेमा उपभोक्ताहरुलाई जानकारी दिनु पर्ने आवश्यक भएकोमा जोड् दिनु भयो । गोष्ठीमा क्षेत्रिय पशु सेवा न्रि्रेशनालयका न्रि्रेशकले पाठ्यक्रममा पनि उपभोक्ताको हक हित, ऐन कानुनको विषय वस्तु समेटिनु पर्ने वताउनु भयो । उहाँले राज्यले पनि ऐन कानुनको वारेमा जनाकारी दिनको लागि विविध सचेतना मुुलुक कार्यक्रम ल्याउनु पर्ने सुझाब दिनु भयो । गोष्ठीमा कार्यपत्र प्रस्तुत गदै जिल्ला न्याधिवक्ता शिव वहादुर रानाले अहिले देशका सवै जिल्लामा ऐन कार्यन्वयन भएको जानकारी दिएको भएपनि उपभोक्ताहरु त्यस वारेमा त्यती सचेत नभएको बताउनु भयो । कार्यपत्र प्रस्तुत गदै वरिष्ठ खाद्य अनुशन्धान अधिकृत खाद्य तथा दाना पर्दार्थको गुणस्त्तर कार्यम गर्ने प्रक्रिया जटिल र चुनौतिपर्ूण्ा कार्य भएको भन्दै सवैले यसमा सहयोग गर्न आग्रह गर्नु भयो । पोखरा उद्योग वाणीज्य संघ कास्की अध्यक्ष मानकाजी मकाजुको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला, खाद्य निरिक्षक शिव जी वराल, जगतप्रसाद भुषाल, वरिष्ठ पशु विकास अधिकृत अमरवहादुर शाह, लगाएतले उपभोक्ताको हितका लागि सरकारले बेलैमा कदम चाल्नु पर्नेमा जोड्दिनु भयो ।
•
read more...
पर्ूव युवराज पोखरामा
May 31, 2010
पोखरा, १६ जेठ । पर्ूवयुवराज पारस शाह आइतबार पोखरा आईपुग्नु भएको छ । नीजि भ्रमणका क्रममा केेही विदेशी साथीहरु सहित उहाँ पोखरा आउनु भएको हो । फिस्टेल एयरको नाईन एन एआई एक्स बि थ्री हेलिकोप्टरबाट शाह बिहान करीब पौने दश बजे पोखरा विमानस्थल झर्नु भएका शाह लेकसाइडस्थित फिस्टेल लजमा बस्नु भएको छ पर्ूव युवराज पोखरा आएको औपचारिक जानकारी कास्कीस्थित सुरक्षा निकायलाई छैन । "पोखराका आएको थाहा पाएका छौं तर हामीलाई औपचारिक जानकारी छैन ।" कास्कीका प्रहरी प्रमुख एसपी पुष्कर कार्कीले भन्नुभयो । प्रहरीले उहाँको सुरक्षाको व्यवस्था पनि गरेको छैन । शाह व्यक्तिगत भ्रमणका क्रममा पोखरा आएकाले प्रहरीलाई कुनै जानकारी नभएको कास्की प्रहरीले जनाएको छ । सिंगापुरमा बस्ने साथीहरुसहित पोखरा आएको शाहको टोलीको सुरक्षार्थ काठमाण्डौंबाटै सुरक्षाकर्मी ल्याइएको बुझिएको छ । उहाँहरु कहिलेसम्म पोखरा बस्ने भन्ने जानकारी पनि कास्की प्रहरीलाई छैन ।
•
read more...
मनाङ्ग-जहाँ मलामी जान पनि मान्छे छैनन्
May 27, 2010
मनाङ १२ जेठ । हिमालपारीको जिल्ला मनाङ्ग आजभोली सुनसान जस्तै छ । गाउमा हात खुट्टा चल्ने मान्छे छैनन्, भएका बुढाबुढी र बालबच्चा मध्ये कोही विरामी पर्यो भने पनि गुहार नपाउने अवस्था छ । यही जेठ ४ गते मनाङ जिल्लाको मनाङ्ग गाविसमा एक बृद्ध लामाको मृत्यु भयो । तर उनको शवको सतगत गर्ने मान्छे नै भएनन् गाउमा । त्यसैले भएका स्थानीय बासिन्दाले गाउ भरी मात्रै होइन, गाविसका पुरै डाडा भरी माइकिङ्ग गरेर डाँडा उक्लेकाहरुलाई गाउ र्फकन उर्दी जारी गरे । नर्फकनेलाई गाविसले ५० हजार रुपैया जरिवाना गर्ने चेतावनी समेत माईकिङ्ग बाटै दिइयो । ५० हजार रुपैया जरिवाना लाग्ने चेतावनी पाए पछि डाडा उक्लेकाहरु गाउ र्झन बाध्य भए, अनि लामाको अन्त्यष्टि गरियो ।
•
read more...
मनाङ्ग-जहाँ मलामी जान पनि मान्छे छैनन्
May 27, 2010
मनाङ १२ जेठ । हिमालपारीको जिल्ला मनाङ्ग आजभोली सुनसान जस्तै छ । गाउमा हात खुट्टा चल्ने मान्छे छैनन्, भएका बुढाबुढी र बालबच्चा मध्ये कोही विरामी पर्यो भने पनि गुहार नपाउने अवस्था छ । यही जेठ ४ गते मनाङ जिल्लाको मनाङ्ग गाविसमा एक बृद्ध लामाको मृत्यु भयो । तर उनको शवको सतगत गर्ने मान्छे नै भएनन् गाउमा । त्यसैले भएका स्थानीय बासिन्दाले गाउ भरी मात्रै होइन, गाविसका पुरै डाडा भरी माइकिङ्ग गरेर डाँडा उक्लेकाहरुलाई गाउ र्फकन उर्दी जारी गरे । नर्फकनेलाई गाविसले ५० हजार रुपैया जरिवाना गर्ने चेतावनी समेत माईकिङ्ग बाटै दिइयो । ५० हजार रुपैया जरिवाना लाग्ने चेतावनी पाए पछि डाडा उक्लेकाहरु गाउ र्झन बाध्य भए, अनि लामाको अन्त्यष्टि गरियो । बैशाखको अन्तिम हप्ता देखि असारको पहिलो हप्तासम्म मनाङबासीलाई चटारो हुन्छ । यो यार्सर्ााम्बा टिप्ने समय हो । एउटा यार्चा फेला पारेमा दर्ुइ सय ५० रुपैया कमाइने भएकाले पनि अधिकांश मनाङ्गे ४० हजार मिटर भन्दा अग्ला डाडा चढ्छन र उतै बस्छन् ।
•
read more...
तीन दलको बैठक निष्कर्षवहीन, संविधानसभाको म्याद अनिश्चित
May 27, 2010
पोखरा, १२ जेठ । नेपालको अन्तरिम संविधानमा व्यवस्था भएबमोजिम संविधानसभाको म्याद सकिन दर्ुइ दिनमात्र बाँकी रहँदासम्म प्रमुख राजनीतिक दलहरु म्याद थपका लागि ठोस निर्ण्र्ााा पुग्न सकेका छैनन् । पटकपटकको प्रमुख दलहरुको बैठकमा संविधानसभामा सबैभन्दा ठूलो दल एकीकृत नेकपा -माओवादी)ले सहमतिका लागि राष्ट्रिय सहमतिको सरकारको माग राख्दै प्रधानमन्त्रीको राजिनामालाई पहिलो र्सत बनाउँदै आएपछि सहमति हुन सकेको छैन । उता नेपाली काँगे्रस र नेकपा -एमाले)ले प्याकेजमै सहमति गरेपछिमात्र राष्ट्रिय सरकार गठनमा जोड दिँदै कब्जा घरजग्ाा फिर्ता, वाइसिएलको अर्धसैन्य संरचना भङ्ग, माओवादी नागरिक पार्टर्ीी रूपातन्तरण हुनुपर्ने माग राख्दै आएका छन् ।
•
read more...
पोखरामा युनिटीका २३ हजार ग्राहक अन्योलमा
May 18, 2010
सागरराज तिमिल्सिना/समाधान पोखरा, ३ जेठ । गैरकानुनी रुपमा नेर्टवर्क मार्केटिङ व्यापार र सामाजिक सुरक्षा कार्यक्रम सन्चानल गर्दै आएको युनिटि लाइफ इन्टरनेसनलको पोखरा कार्यालयमा पनि पैसा माग्नेको भिड्लागेको छ । पोखरा कार्यालयमा पैसा फिर्ता माग्नेको भिड् लागेपनि कसैले पैसा फिर्ता पाउन नसकेको पिडितहरुले बताएका छन् । युनिटी लाइफ इन्टरनेसनल पोखराबाट करिब २३ हजार ग्राहक बनेका छन् । तिनिहरुबाट करिब ३४ करोड ५० लाख युनिटीले संकलन गरेको छ । युनिटीले देश भर ६ लाख ५० हजारभन्दा बढी ग्राहक बनाइ ६ अर्व रुपैयाँभन्दा बढी संकलन गरिसेको छ । पोखरा कार्यालयमा आइतबार र सोमबार पैसा माग्न आउने ग्राहकहरुको ठुलो भिड् लागेपनि पैसा भने कसैले पाउन सकेका छैनन् । कार्यालयमा पैसा माग्न आउनेहरुलाई कार्यालय प्रमुख नभएको, वाहिरी हल्ला नसुन्न ग्राहकहरुलाई अनुरोध गर्दै पठाउने गरिएको छ ।
•
read more...
युनिटीलाई प्रशासनद्वारा कारवाहीर्
May 18, 2010
पर्वत ३ जेठ । के तपाई यूनिटी लाईफ इन्टरनेशनल कम्पनी लिमीटेडको सदस्य वनेर ठगिनुभएको छ - यदि ठगिनुभएको छ भने जिल्ला प्रशासन कार्यालयमा तुरुन्त गएर उजुरी दिइ पैसा असुल गर्नुहोस् । जिल्ला प्रशासन कार्यालयले ठगिएकाहरुको रकम असुल उपर गरिदिने भएकोले उजुरी दिन पिडीतहरुलाई सुचना समेत जारी गरेको छ । गैरकानुनी रुपमा नेर्टवर्क मार्केटिङ्ग, स्वास्थ्य, व्यापार र सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको भन्दै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयले अबैध रुपमा कारोबार संचालन गर्ने युनिटी लाईफ इन्टरनेशनल नेपालका सदस्हरुको खोजी गरिरहेको हो । कुनैपनि नियमन निकायसँग अनुमति नलिई विमा पोलीसीसँग मिल्दोजुल्दो एस्युरेन्स योजना तथा स्वास्थ्य कार्यक्रम चलाई ठगी गरेको भन्दै गृह मन्त्रालयले सञ्चालकहरुलाई नियन्त्रणमा लिन निर्देशन दिएलगत्तै जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लामा रहेका युनिटी सदस्यहरुवाट रकम उठाएकाहरुलाई पक्राउ गर्न खोजी गरिरहेको जनाएको छ । यसरी गैरकानूनी रुपमा रकम असुल गरी ठगी गर्नेलाई प्रहरी प्रशासनले पक्राउ गरी आवश्यक कारवाही गर्ने भएको छ । धेरै सदस्यहरुसँग पैसा लिएर ठगी गर्नेहरुका लागि प्रशासनमा उजुरी परेको आधारमा आवश्यक कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले वताउनुभयो । प्रशासनमा उजुरी परेका आधारमा उसले संकलन गरेको रकम पिडीतलाई असुलउपर गराउनेदेखि बैंक खाता तथा सम्पत्ती रोक्का गर्ने सम्मको कारवाही हुनेछ पौडेलले भन्नुभयो । प्रहरीले अनुसन्धान तथा सुचना संकलनको काम गरिरहेको र उजुरी परेलगत्तै छानविन गरी आवश्यक कारवाही प्रक्रिया गरिने समेत सहायक प्रजिअ पौडेलको भनाई छ । मुलुकका विभिन्न स्थानमा युनिटीका कार्यालय घेराउ र तोडफोड तथा केही संचालक सदस्यहरुलार्इर्र्पक्राउ गरेको समाचार र्सार्वजनिक भएलगत्तै पर्वतमा रहेका युनिटीका सदस्यहरुमा हलचल मच्चिएको छ । युनिटीमा लागेर त्यसरी रकम उठाएकाहरु त्रसित वनेका छन् । पर्वतमा दर्ुइ बर्षअगाडि देखि क्रियाशिल बनेको यूनिटी डेभलपमेन्ट ग्रुपले हालसम्म पर्वतमा मात्रै १ हजार भन्दा वढि सदस्य विस्तार गरेकोे जनाएको छ । यसरी आबद्ध सदस्यहरुबाट प्रति सदस्य ८ हजार देखि १५ हजार सम्म विमा रकम लिइएको छ । जिल्लामा युनिटीका वारेमा सुचना संकलन गर्ने कार्य भैरहेको र आधिकारीक तथ्यांक संकलन भैनसकेको प्रशासनले जनाएको छ ।
•
read more...
माओवादी लडाकु समायोजनको विपक्षमा नेता ः ज्ञवाली
May 18, 2010
पोखरा, ३ जेठ । नेकपा एमालेका पोलिट्ब्यरो सदस्यल एवंम प्रचार विभाग प्रमुख प्रदिप ज्ञावालीले एकिकृत नेकपा माओवादीले माओवादी लडाकुको समायोजनको पक्षमा नभएको आरोप लगाउनु भएको छ । १७ ओ मदन आश्रति स्मृति दिवसको र्सर्न्दभमा आज एमाले कास्कीले पोखरामा आयोजना गरेकेा समसामयिक परिस्थिति र जनताको बहुदलीय जनबाद विषयक विचार गोष्ठिमा बोल्दै ज्ञवालिले माओवादी कुनै नकुने रुपमा लडाकुलाई आफैमा कायम राख्ने पक्षमा रहेको बताउनु भयो । तत्कालीन प्रधान मन्त्रि पुष्पकोमल दाहाल लडाकु समायोजनका लागि गठित विषेश समितिको संयोजक रहदा आफैले गरेको बाचा पुरा गर्न नसकेकेा स्मरण गराउदै नेता ज्ञवालीले माओवादी अरुपाटीलाई हाउगुजी देखाएर सेना समायोजन गर्न नचाहेको धारणा व्यक्त गर्नु भयो । "जनसहभागिताको सम्भावना हुँदाहुँदै पनि क्रान्तिमा बन्दुक चाहिन्छ भन्ने सोच मार्क्सवादको भ्रष्टिकरण हो"उहाँले भन्नुभयो । ज्ञवालिले एकिकृत माओवादि अझै पनि पर्ुण्ातया रुपान्तरण नभईसकेको बताउनुभयो । "माओवादिमाथि लोकतान्त्रिक विचार छैन, त्यसैले रुपान्तरण हुनसक्दैन" उहाँले भन्नुभयो । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीसंग एकिकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्डको तुलना हुन नसक्ने बताउनु भएकेा छ ।"प्रचण्डसंग जननेता मदनभण्डारीसंग तुलना गर्नु हस्यास्पद हो ।" भण्डारीसंग प्रचण्डको तुलना कदापी हुन सक्दैन । मदन भण्डारीमा भिडलाई नियन्त्रण गर्न सक्ने क्षमता थियो उहाँसंग भेटने कुनै ब्यक्ति निराश हुनुपर्ने अवस्था थिएन तर प्रचण्ड बोलेपछि सन्त्रा र आतंक सृजना गर्छ त्यस्तो ब्यक्तिलाई भण्डारीसंग तुलना गर्न मिल्दैन । उहाँले माओबादी अध्यक्ष प्रचण्ड र्सार्वजनिक हुदाँ केही आशा पलाएकेा भएपनि र्सार्वजनिक हुदाँ दिएको भाषणले विगतमा गरेका गत्तीको प्रश्चातप भन्दा दम्भ देखाएको बताउनुभयो । नेता ज्ञवालीले भन्नुभयो- मदन कहिल्यै भाषण गर्दा ताली पाउने गरि भन्दापनि विचार र देशलाई दिसा दिनेगरि वोल्ने प्रखर बक्ता हो । एकिकृत माओबादी लोकतान्त्रिक पार्टर्ीीभएको भन्दै उहाँले माओबादीको रुपान्तरण आवस्यक रहेको औँल्याउनुभयो । माओबादी हतियार र सेना कायम राख्न चाहान्छ भन्दै उहाँले सेना र हतियारको भरमा अन्यलाई तखाउन खोजी रहेको छ । हतियार र सेना रहे सम्म राष्ट्रिय सहमती बन्न नसक्ने दावी गर्नुभयो । नेकपा एमाले शान्ति र संविधानको सुनिश्चिता हुन्छ भने सरकार छाडन तयार रहेकेा स्पष्द पादै माओबादी प्रधानमन्त्रीको कर्ुर्ची मात्रै चाहान्छ संविधान र शान्तिको सुनिश्चिता चाहदैन । उहँाले पार्टर्ीीनुशासन विपरित बोल्ने नेताहरुले आत्मआलोचना गर्नुकेा विकल्प नभएकेा भन्दै आगामी दिनमा त्यस्ता काम गरे कार्यकताबाट तिस्कृत हुने बताउनुभयो । आश्रति कुशल संगठक भएको स्मरण गदै उहँाको निधनले पार्टर्ीी मेरुदण्ड भाच्चिएको महसुश गरेकेा बताउनुभयो । कार्यक्रममा बोल्दै वैकल्पिक पोलिटब्युरो सदस्य खगराज अधिकारीले उग्रवाद र अतिवाद दुवै राष्ट्रका लागि घातक भएको बताउदै शान्ति र संविधानमा राष्ट्रिय सहमतिको आवाश्यकता रहेको खाँचो औल्याउनुभयो । उहाँले संविधानको आयु लम्व्याउन पनि सहमति आवाश्यक भएको हुँदा सवै दल सहमतिमा आउनु्पर्ने बताउनुभयो ।
•
read more...
मदन पछिको एमाले
May 18, 2010
सन्तोष अधिकारी पोखरा, ३ जेठ । सत्र वर्षअघि एमालेका नेतामा जुन जोश जाँगर देखिन्थ्यो कार्यकर्तामा जुन तेज र उमंग थियो तर आज त्यस्तो देखिँदैन एमालेमा । बि.सं. २०५० साल जेठ ३ गते तत्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको चितवानको दासढुंगामा अनौठो हत्या भएपछि पार्टर्ीीत्र पटक-पटक तिक्तता तनाव र विवाद उब्जिरह्यो । एमाले नेताहरु मदन भण्डारी जस्ता नेतृत्वको अभावले नै पार्टर्ीी विचलन र विवाद उब्जिएको बताउने गर्छन । साँच्चै भर्खरर्-भर्खर खुला राजनीतिमा आएको केही वर्षश्चात नै जननेता मदन भण्डारीको हत्यो भयो, त्यससंगै पार्टर्ीीत्र कुशल नेतृत्वको खडेरी भयो । एमालेले मदन भण्डारीको अन्त्यपश्चात धेरै हण्डर चुनौतीको सामना गर्žयो, पटक-पटक । त्यो संगै बहुदलीय प्रतिस्पर्धाबाट देशको राज्यसत्ता चलाउने अवसर पनि पायो । कुनै संगठन या पार्टर्ीी एउटा नेताको मृत्यु हुन्छ तर उसको अभाव वषौर्ंसम्म न एमालेले पूरा गरेको महशुस गर्न सकेको छ न अन्य दलभित्र नै देखिए त्यस्ता नेतृत्व । मदन बिनाको एमाले अहिलेसम्म आइपुग्दा रानो बिनाको मौरी जस्तै बनेको छ । पार्टर्ीीेतृत्वभित्र अहिले देखिएको गुटबन्दी र शक्तिको संर्घष्ाले कार्यकर्तालाई रुष्ट बनाएको छ । आपmनै बिना खोज्न कस्तुरी भौतारिए जस्तै एमाले पनि अहिले बाटो नदेखेर अल्मलिएको जस्तो दल बनेको बामपन्थी विश्लेषकहरुको ठम्याई छ । मदन भण्डारीको मृत्यु भएको ४ वर्षश्चात एमाले दर्ुइ खेममा टुक्रियो जहाँ मदनको कम्युनिष्ट आन्दोलन र एकताको सिद्धान्तलाई विफल बनाइयो । १७ वर्षो यो दौरानमा एमाले देशको ठूलो दल पनि बन्यो । तर समय चिन्ने नेतृत्वको अभाव र कार्यकर्ताको तेजलाई जोगाउन नसक्दा बि.सं. २०५१ को आम निर्वाचनमा ठूलो दल बनेको एमाले बि.स.ं ०६४ मा आएर तेस्रो स्थानमा रहन बाध्य भयो । बि.सं. २०६२/०६३ को दोश्रो जनआन्दोलनको सफलतासंगै बि.सं. २०६४ मा युगिन संविधानसभाको निर्वाचन भएको थियो । जुन माग उठाएर जनआन्दोलन र संविधानसभाको निर्वाचन भयो ती मागहरु बि.सं. २०४७ को संविधानमा सम्बोधन गर्न जननेता मदन भण्डारीले दवाव दिनु भएको थियो । उसो त स्वर्गीय भण्डारीले २०४७ को संविधानलाई आलोचनात्मक र्समर्थन मात्र गर्नुभयो । स्व. भण्डारीले डेढ दशक अघि उठाएको माग अरु नेताले डेढ दशक पछि मात्रै बुझे यस अर्थमा पनि उहाँ दिर्घकालिन सोच राख्नुहुन्थ्यो । मदनको अभाव एमालेले मात्रै होइन सिंगो देशले नै गरेको एमाले नेता प्रदिप ज्ञवालीको भनाई छ । मदन-आश्रति स्मृति दिवसको कार्यक्रममा भाग लिन कास्की आउनु भएका एमाले नेता ज्ञवालीले तीन घण्टा लामो प्रवचनमा भण्डारीको प्रशंसामै अधिकांश समय खर्चनुभयो । उहाँले मात्रै होइन अर्का नेता खगराज अधिकारी र कार्यक्रममा बोल्ने जिल्ला तहका अन्य नेताले पनि भण्डारीको अभावकै कुरा गरे । यसबाट पनि पुष्टि हुन्छ कि एमाले अझै भण्डारी जस्तै नेतृत्वको खोजीमा छ । प्रधानमन्त्रीको प्रस्तावलाई समेत अस्वीकार गर्नुभएका भण्डारीको अभावमा एमालेले पटक-पटक सत्ता लिप्साको आरोप खेपिरह्यो । दर्ुइ पटक आपmनै नेतृत्वमा र अन्य धेरै पटक सरकारमा सामेल भएको एमालेले आम जनताले सोचे जस्तै जनमुखी काम गर्न नसकेपछि धेरै आलोचना पनि खेपिरहेको छ । बि.सं. २०५४ को मध्यवधी निर्वाचनमा एमाले र माले भएर चुनावमा गएपछि नेपाली काँग्रेसले प्रत्यक्ष बहुमत ल्यायो । एमालेको निम्ति यो पनि एउटा घाटा बन्न पुग्यो । उसो त माले र एमाले केही वर्षछि पुनः मिलेपनि अधिकांश मालेका कार्यकर्ता भने तत्कालिन ब्रि्रोही माओवादीमा प्रवेश गरेका एमाले नेताहरु नै भन्ने गर्छन । बि.सं. २०५१ मा चुनाव जितेपछि अल्पमतको नौ महिने शासन चलाएको एमालेले त्यति बेला राम्रै प्रशंसा पाएको थियो । समय बित्दै जाँदा एमाले खिंइदै गयो । क्रान्तिकारी बिचार मर्दै गयो, धेरैको यस्तै गुनासो सुनिन्छ । राजनीतिमा थकाई भन्ने शब्दवली हुँदैन, भन्ने मदन भण्डारीको उद्घोषलाई अहिले देखिएको एमालेको गतिले र्सार्थक बनाउन सकेन । उसो त सहजै भन्न सकिन्छ जुझारु नेतृत्व भण्डारीको अभाव एमालेभित्र अहिलेको विवाद र वितृष्णमा झनै बढी खड्किएको छ ।
•
read more...
आशन्न संकटको निकाश खोजौं
May 18, 2010
संविधानसभाको म्याद सकिन लागेको र संविधान पनि जारी नहुने स्पष्ट भएको अवस्थामा माओवादीले संविधानसभाको म्याद थप गर्नका लागि दुइवटा र्सत अगाडि सारेको छ भने सत्ताधारी प्रमुख दुइ दल आफ्नो पुरानै मागमा अडीग छन् । माओवादीको दुइ र्सत हुन्- बहुमतीय प्रणालीको संवैधानिक ब्यबस्थाको सट्टा संविधान संशोधन गरी सहमतीय प्रणाली र बर्तमान सरकार बिघटन गरी सहमतिको राष्टिूय सरकार । माओवादीले पहिले पर्ूवर्सतका रुपमा प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो भने अब एक र्सत थपेर संविधान संशोधन गरी सहमतिको सरकार पनि भनेको छ । यस हिशाबले संविधानसभाको दिन र्घकदै जाँदा र्सत पूरा गराउने र र्सत थप्ने होडवाजी नै चलेको छ ।
•
read more...
एमाओवादीले जेठ १५ मा संविधान घोषणा गर्ने
May 17, 2010
काठमाडौँ, २ जेठ । एकीकृत नेकपा -माओवादी) को बसेको पोलिट ब्युरो बैठकले यही जेठ १५ गते शनिवार आफ्नो तर्फाट गणतन्त्रात्मक सङ्घीय संविधान जारी गर्ने निर्ण्र्ाागरेको छ । पार्टर्ीीध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा पार्टर्ीीेन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा तेस्रो गणतन्त्र दिवसको अवसर पारी र्सार्वजनिक कार्यक्रमका साथ यस्तो संविधान जारी गर्ने निर्ण्र्ाागरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टर्ीी्रवक्ता दीनानाथ शर्माले अहिलेसम्म नेपाली काँग्रेस र नेकपा -एमाले)ले संविधानको मस्यौदा तयार नगरेको बताउँदै आफ्नो दलले तयार पारेको संविधानको मस्यौदालाई सो दिन जनताबीच र्सार्वजनिक गर्न लागिएको जानकारी दिनुभयो ।
•
read more...
भगवती टारका पहिरो पीडितले लालपर्ुजा पाउने
May 17, 2010
पोखरा, २ जेठ । साढे तीन दशक अघि पहिरोबाट विस्थापित भएका लेखनाथका ८३ परिवारलाई सरकारले जग्गा धनी प्रमाणपर्ुजा-लालपर्ुजा)ं प्रदान गरिने भएको छ । पोखरा उपमहानगर पालिका वडा नम्बर १५ र १८ को खाल्टेमसिना र मजुवामा स्थित बसोबास गर्दै आएका विस्थापित परिवारले तीनदशक भन्दा लामो समयपछि लालपर्ुजा पाउने भएका हुन् ।
सरकारले विस्थापित परिवारलाई खाल्टे, मसिना र पोखरा उपमहानगरपालिका १५ स्थित मजुवा क्षेत्रमा कृषि योग्य जमिनसहितको जग्गा धनी प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ । लालपर्ुजा वितरणको लागि पोखरामा सोमबार कार्यालय स्थापना गरिने छ ।
२०३३ साल जेठ २२ गते लेखनाथको भगवतीटारमा गएको पहिरोले २ सय १५ परिवार विस्थापित भएको थियो । विस्थापित मध्ये १ सय ३२ परिवारलाई जग्गा उपलब्ध गराइएको छ । उक्त परिवारमध्येपनि ७२ परिवारलाई कैलालीमा स्थापित गरिएकेा थियो भने अन्य बाँकी रहेकालाई पोखराको १५ र १८ वडामा जग्गा उपलब्ध गर्राई व्यवस्थापन गरिएको थियो ।
तत्कालिन समयमा पहिरो पीडित परिवारलाई सरकारले घडेरी १२ आना क्षेत्रफल र कृषिजन्य उपयोगको ७ रोपनी ४ आना जग्गा उपलब्ध गराइएको थियो । पहिरो पीडितलाई उक्त क्षेत्रफल जग्गा उपलब्ध गराउने मन्त्री परिषदकै बैठकले निर्ण्र्ाागरिएको थियो ।
जग्गाधनी प्रमाणपत्र वितरणको लागि तत्कालिन भगवतीटार गएको बाढी पहिरो विस्थापितहरुको बसोबास सम्बन्धी व्यवस्थापन समिति गठन गरिएको छ । समितिका अध्यक्ष होमनाथ गिरीले पीडित परिवारलाई जतिसक्दो छिटो लालपर्ुजा प्रदान गरिने स्पष्ट पार्नुभयो । 'बसीरहेको परिवारको बारेमा केही समस्या देखिएको छ त्यसलाई समाधान गरी लालपर्ुजा वितरण गर्ने छौं ।' उहाँको भनाई थियो । तत्कालिन समयमा गएको पहिरोमा परी भगवतीटारका ७८ जनाले ज्यान गुमाएका थिए ।
•
read more...
'जहाँ उनले अन्तिम सम्बोधन गरे'
May 17, 2010
पोखरा, २ जेठ । जननेता मदन भण्डारीलाई हामीले गुमाएको आज १७ वर्षपुगेको छ । आजैको दिन अन्तिम बनेको थियो तत्कालिन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारी र स्थायी समिति सदस्य जीवराज आश्रतिको लागि । कस्केलीको नजरमा फरक छ मदन आश्रतिको स्मृति । मदनको अन्तिम भाषण सुन्ने अवसर पाएका थिए कस्केली जनताले १७ वर्षअघि यही जेठ तीन गते । पोखरा सभागृहमा एमाले कास्की तेस्रो जिल्ला अधिवेशनलाई उद्घाटन गरेर चितवानतर्फ लाग्नु भएका भण्डारीको गन्तव्यमा पुग्न नपाउँदै दासढुंगामा अनौठो हत्या भयो । कस्केली जनताले बैकल्पिक पोलिटव्यूरो सदस्य खगराज अधिकारी भन्नुहुन्छ -उहाँका आदर्शलाई हामी सबैले व्यवहारमा कार्यान्वयन गराउन कस्केली सबै अझ शसक्त भएर लाग्नु पर्ने अधिकारीको भनाई छ 'उहाँ एमालेको मात्रै होइन सिंगो राष्ट्रको नेता हुनुहुन्थ्यो' अधिकारी भन्नुहुन्छ 'यसले सबैलाई अपुरणीय क्षति पुर्žयाएको छ' ।
•
read more...
शान्ति र संविधानका लागि सहमति अपरिहार्य
May 16, 2010
काठमाडौँ, १ जेठ । प्रधानमन्त्री माधवकमार नेपालले दिगोे शान्त्िा स्थापना र संविधान लेखनका लागि पार्टर्ीीबीच एकता र सहमति अपरिहार्य भएको बताउनुभएको छ । युवा सङ्घ नेपालको २१ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित 'परिवर्तित र्सर्न्दर्भमा युवा सङ्घको भूमिका' विषयक अर्न्तक्रियामा उहाँल्ो मुलुकमा दिगोे शान्ति, संविधान, प्रगति र परिवर्तनका लागि राजनीतिक दलहरूबीच एकता र सहकार्य अनिवार्य छ भन्नुभयो । प्रधानमन्त्री नेपालले एकीकृत नेकपा -माओवादी)ल्ााई सहमतिको राजनीति गरी शान्तिसम्झौतामा गरिएका प्रतिबद्धता कार्यान्वय गरी एकता र सहमतिको बाटोबाट अगाडि बढ्न आग्रहसमेत गर्नुभयो ।
•
read more...
नत्र भत्ता फिर्ता लेउ
May 16, 2010
म्याग्दी, १ जेठ । सँविधान निर्माण गर्न सपथ खाएर गएका सभाषद्हरुले समयसिमाभित्र नयाँ सँविधान जारी गर्न नसके उनीहरुले उपभोग गरेका सेवा सुविधा र भत्ता जनतालाई नै फिर्ता दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । सँविधानसभामा रहेका ६सय १ सभाषद्ले आफ्नो जिम्मेवारी पुरा गर्न नसके जनताको करबाट लिएका भत्ता भ्रष्टाचार सरह हुने सहभागीहरुको आरोप छ । युएनडिपीको सहयोगमा गा्रमिण सामुदायिक विकास मञ्च म्याग्दीले शनिवार वेनीमा आयोजना गरेको नयाँ सँविधानमा समेटिनुपर्ने विषयक लोकतान्त्रिक सँवाद कार्यक्रमका सहभागीहरुले सभाषद्हरु जनता भन्दा पार्टर्ीी्रति समर्पित रहेकाले सँविधान निर्माणको कुनै सँकेट नदेखिएको बताए ।
•
read more...
|