»

  News - समाचार

स्वर्ण्र्ाार कल्याण समितिमा सेन्चुरी
June 13, 2010

समाधान सम्वाददाता
पोखरा, २९ जेठ । स्वर्ण्र्ाार कल्याण समिति मोहोरिया टोल पोखराको छैठौ वाषिर्क उत्सव तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । सम्पर्ूण्ा कालिगढ एक हौ, श्रम र सिपको सम्मान गरौ भन्न्ो मूल नारासहित शुरु भएको अधिवेशनले भिम सेन्चुरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा श्याम रसाइली, राजु गौतम, काशी सुनार रहेका छन ।
सचिवमा राजकुमार घिमिरे कमल, सहसचिव हेमन्त सुनार,  विनय गहतराज, कोषाध्यक्ष्ममा रुपलाल सुनार रहेका छन ।
त्यसैगरि कार्य समितिसदस्यहरुमा गणश खाँती, सोम लोहनी, लोकेश सेन्चुरी, भुवन लोहनी, रामचन्द्र लोहनी, आशिष गहतराज, ज्योतिन्द्र घिमिरे, कृष्णप्रसाद विक, रघुुनाथ , टिका सुनार , राहशरण सुनार, राजेन्द्र सेन्चुरी, सिता पन्थी, अन्जु सेन्चुरी, दिपक सेन्चुरी,रामशरण सुनार, रोश खडका, शिव विक रहेका छन ।
अधिवेशनको उदघाटन सभासद दर्ुगा विकले गर्नु भएको थियो । विकले सम्पर्ूण्ा मजदुरहरु एकजुट भई आफना हक अधिकारका पक्षमा आवाज बुलन्द गर्नु पर्ने जिकिर गर्नु भएको थियो ।
समितिका अध्यक्ष भीम सेन्चुरीले कालीगढ एकजुट भएका व्यवसायीले पेलान गर्ने नसक्ने धारणा राख्नु भयो ।
सुनचाँदी व्यववसायी संघका निर्वतमान अध्यक्ष बुदिबहादुर गहतराजले कालिगढ र व्यवसायीको सम्बन्ध सदैव सुमुधुर हुन पर्ने आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा समितिका सहसचिव श्याम रसाइली, संस्थापक सचिव रामलाल पन्थी, संस्थापक कोषाध्यक्ष रामचन्द्र सुनार, अने धातु मजदुर संघका पानबहादुर विक, नेपाल सुनचाँदी टेूड युनियनका  केन्द्रिय अध्यक्ष शिव पन्थीले कालीगढहरुको विषयमा बोलेका थिए ।
कार्यक्रममा समितिका सदस्य लोकेश सेन्चुरी, गण्डकी अञ्चल जिफन्टका उपाध्यक्ष बलराम पौडेल, मानवअधिकारवादी नेता टेकनाथ बराल, तमुवान राज्य समितिका  सन्तोषी आले मगर , सचिव दीपक गहतराज, मेरी बास्स्ौका शुशिल विश्वकर्मा, हास्य कलाकार रेशम फिरिरीले पनि बोलेका थिए ।
कार्यक्रममा सिता विक, संस्थापक अध्यक्ष कालीराज श्रेष्ठ, धनबहादुर विश्वकर्मा, गोपाल सुनार, शर्मिला विकलाई सम्मान समेत गरिएको थियो ।

read more...


संचार क्षेत्रको विकासका लागि राज्य गम्भीर बन्नुपर्ने
June 13, 2010

समाधान सम्वाददाता र्
पर्वत, २९ जेठ । संचार क्षेत्रको विकासका लागि राज्य गम्भीर वन्नुपर्ने शुक्रवार पर्बतमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
जिल्ला हुलाक कार्यालय पर्वतद्धारा आयोजित संचार माद्यामहरुको विकास, चुनौती र सम्भावनाहरु विषयक कार्यशालाका सहभागिहरुले मोफसलमा रहेका संचार माद्यामहरुलाई राज्यले विशेष सेवा सुविधा प्रवाह गर्नुपर्ने वताएका हुन् । समाज विकासको दर्पणका रुपमा मानिएको संचार जगतको पछिल्लो समयमा मरुभूमिको क्याक्टसको जस्तै अवस्था रहेकोप्रति सहभागि संचारकर्मीहरुल्ो दुःख व्यक्त गरेका छन् ।
कार्यक्रममा वोल्दै जिल्ला न्यायधीस रमेशकुमार खत्रीले दुरदराजमा रहेका नागरीकहरुलाई सुसुचित वनाउन संचार माद्यामको भूमिका उल्लेख्य रहेको वताउँदै संचारमाद्यामहरुले नागरीकको हितअनुकुल समाचारहरु प्रकाशन प्रशारण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तथा स्थानीय समन्वय समितिका संयोजक तुलसीराम पौडेलले समाचार लेख्नु अगाडि प्रचलित कानुनलाई कार्यान्वयन गर्नुपर्ने वताउनुभयो ।

read more...


पहिलो जित दक्षिण कोरीयालाई, अर्जेटिनाद्वारा नाइजेरिया परिाजित
June 13, 2010

मोहन घले
पोखरा, २९ जेठ ।
दक्षिण अप्रिmकमा जारी १९ औ विश्वकपको महाकुम्भमा दक्षिण कोरिया तथा दर्ुइ पटककोे बिजेता अर्जेटिनाले स्पष्ट जित हात पार्दा पोखरा सहित विश्वमा रहेका अर्जेटिनाका र्समर्थकहरुले जितको खुसियालि मनाएका छन ।
म्यारेाडोनका अर्जेटिनाले खेलको ६ मिनेटमा कर्नरबाट भेरोनले प्रहार गरेको कर्नर बललाई जर्सि नं. ६ का ग्रबियाल हर्ेइन्जले चलाखीपर्ूण्ा गोल गरेपछि विश्वकपको पहिलो खेलमा अर्जेटिनाले जित सहित तिन अंक प्राप्त गदै दोश्रो चरणको बाटो पनि फराकिलो बनाएको छ । अधिकाँस समय नाईजेरिया बिरुद्ध अक्रमण गरेको दर्ुइ पटकको विश्वबिजेता अर्जेटिनाको गोल अन्तर घटाउन नाईजेरियका गोलकिपरले उत्कृष्ट पर््रदशन गरेका थिए । अर्जेटिनका लागि यस बर्षो विश्वकप प्रतियोगितामा चर्चाको शिखरमा रहेका लियोनन मेसी, हृुग्विाईन, कार्लास टेभेजल लगायतका खेलाडीहरुले गरेको दर्ुइ दर्जन प्रहार गोलमा परिणत हुन सकेको थिएन ।
विश्वकप फुटबलको शनिबार सम्पन्न भएको पहिलो खेलमा दक्षिण कोरीयाले उत्कृष्ट पर््रदशन गदै २००४ को युरोकप बिजेता ग्रिसलाई दर्ुइ शुन्य गोलले पराजित गर्न सफल भएको छ । खेलको ७ औ मिनेटमा कर्नर बललाई जर्सि नं १४ का लि जुङ्ग सुले गोल गदै अग्रता दिलाएका थिए । ग्रिस भन्दा उत्कृष्ट पर््रदशन गरेको दक्षिण कोरियाले खेलको ५२ औ मिनेटमा म्यानेचेष्टर युनाईटेका पार्क जुङ्ग सुले वान भर्सेज वानको गोलाई आर्कषक गोलमा परिण भएपछि जित पक्का गरेको थियो ।

read more...


मोबाइल पड्कदा एकको मृत्यु
June 9, 2010

समाधान सम्वाददाता
पोखरा, २५ जेठ । तपाइसँग मोबाइल छ - छ भने ध्यान पुर्žयाएर मात्र प्रयोग गर्नुस है, नत्र मोबाइलकै कारण तपाइको ज्यान जान सक्ने अवस्था आएको छ । दिनदिनै कुराकानी गर्न सजिलो माध्यमका रुपमा प्रयोग हुने मोबाइलकै कारण मंगलबार कास्कीको भरतपोखरी ५ चुवादीकी निकिता थापा मृत्यु भएको छ । बिहान करिब ११ बजेतिर उनी घरमा चार्जमा राखेको मोबाइलबाट कुराकानी गरिरहेकी थिईन् । कुरा गर्दागर्दै बिजुलीको हाइ भोल्टेजको करेन्ट प्रवाह भएपछि एक्कासी मोबाइल पड्कीयो । मोबाइल पड्केर गम्भीर र्घाईते भएकी १६ वषिर्या निकितालाइ आफन्तले थप उपचारका लागि तनुहँको दुलेगौडा स्थित सेती गंगा सामुदायिक अस्पतालमा पुर्žयाए । कानबाट अत्यधिक रगत बगिरहेको अवस्थामा अस्पतालमा पुर्žयाएपछि उनी बाँच्छीन्होला भन्ने परिवारका सदस्यलाइ लागेको थियो । तर,भइदियो उल्टो उपचार भइरहेका बेला करिब मध्यान्ह १२ बजेतिर सेतीगंगा अस्पतालका चिकित्सकहरुले निकिताको मृत्यु भएको घोषणा गरे ।

 

 

read more...


एक निरीक्षक-एक प्रयोगशालाको माग
June 9, 2010

लमजुङ, २५ जेठ । खाद्यवस्तुमा दिनानुदिन अखाद्य वस्तु मिसावट देखिएको भन्दै लमजुङका उपभोक्ताहरुले यसको निरीक्षण गर्न प्रत्येक जिल्लामा एक निरीक्षक र प्रयोग शालाको माग गरेकाछन् ।
सदरमुकाम वेसीशहरमा आज मंगलवार आयोजना गरिएको एक कार्यक्रममा निरीक्षक र प्रयोगशालाको अभावमा उपभोक्ताहरु ठगिएको भन्दै स्थानीय प्रशासन र सरकारले ठोस कदम चाल्नेपर्ने वताएका छन् ।
लमजुङ उद्योग वाणिज्य संघमा आयोजना गरिएको खाद्य स्वच्छता तथा गुण नियन्त्रण संवन्धि अन्तरक्रिया कार्यक्रममा खाद्य सामाग्रीमा जथाभावि रंग र विषादी  मिर्साईनुका साथै लेभल टाँस नगरिएका सामाग्री भेटिएपनि संवन्धित निकायले चासो नदेखाएको भन्दै उपभोक्ताहरुले आक्रोस पोखेका थिए ।
खाद्य सामाग्रीमा उत्पादन मिति, प्रयोग अवधि, उत्पादक कम्पनी, ब्याच नम्बर तथा पसलहरुमा सामानको मुल्य सूचि लगायत स्पष्ट उल्लेख गरिएको पाइँदैन ।
कार्यक्रममा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीका खाद्य निरीक्षक श्रवणकुमार ढुंगाना र जिल्ला खाद्य निरीक्षणर् इकाई, पोखरा, कास्कीका खाद्य निरीक्षक रामप्रसाद रेग्मीले खाद्य पदार्थ र उपभोक्ता सरोकार, जिल्ला न्यायधिवक्ता वालकृष्ण वाग्लेले उपभोक्ताको कानुनी अधिकार, प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले स्थानीय प्रशासनको भूमिका र लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले ब्यवसायीहरुको दायित्वको वारेमा जानकारी गराएका थिए ।
प्रतिवेदन र्सार्वजनिक गरेको छ । 'धम्की र चन्दा आतंकका कारण शिक्षकहरुको मनोवल खस्किएको टोलीले जनाएको छ । शिक्षकहरुले दोषीलाई यथाश्रि्र कार्वाही गरि निर्वाध रुपमा पढ्न र पढाउन पाउने शिक्षक विद्यार्थीको संविधान प्रदत्त मौलिक अधिकारको सहज शैक्षिक वातावरण सिर्जना गरिदिन प्रेश विज्ञप्तिमार्फ माग गरेको छ ।
'चन्दा नदिए जस्तोसुकै कार्वाही हुने धम्की दिँदै चन्दा आतंकको नाममा त्यस क्षेत्रको सिंगो शैक्षिक वातावरण अशान्त बनाउँदा शिक्षकहरुको मनोवल खस्किएको छ' पाचोक गाविसलाईर् इङ्गति गर्दै शिक्षकहरुले प्रेस विज्ञप्तिमा भनेकाछन्, 'चन्दा नदिएको भन्दै वाईसीएलले कुटपिट गरेका पाचोक माविका शिक्षक मेघनाथ दवाडी अहिलेसम्म विद्यालय र्फकन सकेको छैन ।' शिक्षक संघसंग आवद्ध दवाडी, माधव वाग्ले, अखिल नेपाल शिक्षक संगठनसंग आवद्ध मण्डली प्रावि पाचोकका शिक्षक बासुदेव घिमिरे र पर्ूव शिक्षक हरिश्चन्द्र पण्डितलाई वाईसीएले चन्दा नदिएको भन्दै गत जेठ १४ गते श्रीमञ्ज्याङ गाविस-२ लामाबगरमा कुटपिट गरेका थिए ।
कुटपिटपछि नेपाली कांग्रेस श्रीमञ्ज्याङ गाउँ कार्य समितिका सभापति समेत रहेका पर्ूव शिक्षक पण्डित, वाग्ले र घिमिरे उपचारपछि घर फर्केकाछन् । दवाडी काठमाडौँमा उपचारको क्रममा रहेको नेपाल शिक्षक युनियन लमजुङका अध्यक्ष रघुनाथ गुरुङले जानकारी दिए । यता, एकीकृत माओवादी र वाईसीएलले भने कसैलाई पनि कुटपिट नगरेको, जवर्जस्ती चन्दा नमागेको र कसैलाई धम्की पनि नदिएको जनाएको छ ।


काठमाडौंको वसुन्धराको सडक छेउमा पार्क गरी राखेको बा. ७ च ५५३९ नम्वरको निजी कारमा मंगलबार बिहान बम विस्फोटन भएपछि बाँकी रहेको सकेट बम निस्त्रिmय पार्ने टोलीका एक सैनिक त्यर्सतर्फ अघि बढ्दै । घटनामा पाँच जना सामान्य घाइते भएका छन् । घट्नाको जिम्मेवारी लिँदै स्वतन्त्र नेपाल पार्टर्ीी संविधान सभाको म्याद थपिएको बिरोधमा उक्त विस्फोट गराएको दावी गरेको छ । विस्फोट भएको गाडी अखिल नेपाल ट्रेड युनियन महासंघ अर्न्तर्गत काठमाडौं स्वरोजार ट्याक्सी एरिया कमिटीका कोषाध्यक्ष रामबहादुर अधिकारको रहेको प्रहरीले जनाएको छ । तस्वीर ः इ-कान्तिपुर
र्
र्सवत्रराजनीतिकरण अमान्य
कुकुरको पुच्छर बाह्र बर्षढुंग्रोमा राखे पनि बांगाको बांगै भन्ने नेपाली उखानलाई नेपालका राजनीतिक दलहरुले एकपटक होइन उनीहरुको बोली र ब्यबहारले पटक पटक प्रमाणित गरिरहेका छन् । नत अन्य देशको घटना परिघटनाबाट नत आफ्नै देशको घटना र अनुभबबाट नै यिनीहरुले सिकेर आफूलाई सुधार्न सके । यसको तीतो परिणाम जनता भोग्न वाध्य छन् । नेताहरुलाई त सुखसुविधा सबै ठीकठाक छ । तोकिएको राष्टिूय जिम्मेवारी पूरा गर्न नसके पनि संविधान संशोधन गरेर सदनको आयू बढाइ दिए भैगो । भत्ता पाकेकै छ । लोकतान्त्रिक गणतन्त्र मुलुकमा बिद्यमान छ तर जनताको जनादेश नै नचाहिने कति सजिलो भएको छ , दल र तिनका नेताहरुलाई ।
नेपालको गै्रह्रजिम्मेवार राजनीतिले प्रभाबित नगरेको कुनै क्षेत्र पनि नहुने भयो । यो त नितान्त मानबीय समस्या हो, यो त मुलुकको बिकाससँग जोडिएको कुरा हो, यो त जनताको दैनन्दिनको चुलो चौकोसँसग जोडिएको समस्या हो यसमा त कम्तिमा सस्तो राजनीति गनर्ुृहुन्न भन्ने हेक्का पनि हाम्रा नेतागणलाई हुन छाडेको छ । जहाँ पनि राजनीतिक खिचातान र टाँग अड्याउने प्रवृत्तिले मुलुकको यो हविगत भैसक्यो तर हाम्रा नेताहरुको घैंटोमा घाम कहिल्यै लागेन । आर्थिक बर्षो अन्त्य भएर आगामी बर्षा लागि बजेट पेश गर्ने समय भिड्किन लाग्यो तर यसैलाई राजनीतिको खेल बनाउने अभ्याश सुरु भैसकेको छ ।
यतिखेर बजेट तयारीमा सरकार र सम्वद्ध मन्त्रालय युद्धस्तरमा लाग्नु पर्ने हो तर यही मौका पारेर सत्ताधारीलाई प्रहार गर्ने सोचमा प्रतिपक्षी दल लागेका छन् । उता सरकारी दलहरु पनि मुतको न्यानोमा रमाउने प्रवृत्ति छ । बजेट अधिवेशन आउन लाग्यो , त्यसैले राजनीतिक गतिरोधलाई समयमा हटाएर जनता र राष्टूको बिकाससँग जोडिएको बजेटलाई मिलेर बनाउँ भन्ने फराकिलो सोच नै बनाउन सकेनन् । बर्षौपिच्छे बजेटलाई बिकासको साधन होइन, राजनीति गर्ने हतियार बनाएर मुलुक आर्थिक क्षेत्रमा बिश्वमै पछि परिसक्दा पनि नचेत्ने दलहरुले कहिले र कसरी चेत्ने हुन् , स्वयं उनीहरुलाई पनि थाहा छैन । छिमेकी मुलुकहरुले दोहोरो अंकमा आर्थिक बृद्धि दर हासिल गर्दा  हामी भने एकदुइ प्रतिशतमा सीमित छौं । त्यसैले अतिराजनीतिकरण र र्सवत्र राजनीतिकरणलाई त्याग्ने बेला आइसकेको छ , नत्र यही भेलमा नेपालका दलहरु बगेर सखाप हुन बेर लाग्नेछैन ।

 

read more...


पोखरामा अनाधिकृत होटल र रेष्टुराँ बन्द गरिने
June 8, 2010

पोखरा, २४ जेठ । पोखरामा संचालित होटल तथा रेष्टुराँको अनुगमनगरी अनधिकृत रुपमा संचालित होटल तथा रेष्टुराँलाई बन्द गर्नेसम्मको अभियान अगाडि बढाइने भएको छ ।पश्चिमाञ्चल होटल संघ पोखराले सोमवार आयोजना गरेको  स्थानीय प्रशाशन र सुरक्षा निकायसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला र प्रहरी उपरीक्षक पुष्कर कार्कीले त्यस्तो भनाई राखेका हुन् । अनधिकृत रुपमा होटल तथा रेष्टुराँ संचालनमा आउँदा विकृति बढेको आवाज होटल संघका तर्फाट राखिएपछि कोइराला र कार्कीले प्रहरीप्रशासन आफैंले त्यस्तो विकृति नियन्त्रण गर्न केही दिन भित्रमै कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे ।प्रहरी प्रशाशनकातर्फाट गरिनुपर्ने ११ वटा बुँदागत काम र होटलकातर्फाट गरिनुपर्ने छ वटा बुँदालाई आचारसंहिताका रुपमा परिमार्जित गरी छिटै लागू गर्ने विषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो।

read more...


लमजुङ कांग्रेसमा चर्को विवाद
June 8, 2010

समाधान सम्वाददाता
लमजुङ, २४ जेठ ।
नेपाली काँग्रेस लमजुङमा एक सदस्यलाई पार्टर्ीीट निष्काशन गरिएपछि चर्को विवाद भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य श्रीकान्त घिमिरेलाई जिल्ला सभापति तुलसी नारायण श्रेष्ठले जिल्ला कार्य समितिवाट निष्कासन गरेपछि काँग्रेस भित्रको विवाद चुलिएको हो ।
लमजुङ विद्युत उपभोक्ता संस्थाको निर्वाचनका लागि पार्टर्ीीे तर्फाट अध्यक्ष पदका लागि आधिकारिक उम्मेदवारको विरुद्ध लागेको भन्दै घिमिरेलेलाई सभापति श्रेष्ठले सदस्य पदवाट निष्काशन गरेको हो । सभापति श्रेष्ठले सूचना जारि गरि पार्टर्ीीे निर्ण्र्ााविरुद्ध कार्य गरेको भन्दै घिमेरेलाई सदस्यबाट निष्कासित गरेको जनाएको छ ।
कार्वाही गरिएका घिमिरेले लमजुङ बिद्युत उपभोक्ता समितिको विहिबार भएको अधिवेशनमा नेपाली काग्रेसले अध्यक्षको लागि अघि सारेको उम्मेदवार जनकलाल श्रेष्ठको विरुद्धमा उम्मेवारी दिई अध्यक्ष पदमा विजय हासिल गरेका थिए । अहिले लमजुङ काँग्रेस घिमिरेलाई कार्वाही गरेको ठिक वा बेठिक भन्ने विषयमा दर्ुइ भागमा वाँडिएको छ ।
जिल्ला सभापति तुल्सी नारायण श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा घिमिरेलाई पर्ूव सांसदहरु, पर्ूव जिल्ला कार्य समितिका सभापतिहरु, दुवै क्षेत्रका सभापतिहरुको वैठकद्धारा निर्ण्र्ाागरि कार्वाही गरेको उल्लेख गरिएको छ ।
पार्टर्ीीट निष्काशित भनिएका घिमिरेले आज सोमवार एक अपिल जारी गरि आफूलाई सदस्य पदवाट निष्काशित गर्नु आगामी निर्वाचनमा प्रभाव पार्न, पार्टर्ीीई विभाजित गर्न र अस्थिरतातर्फ लैजाने सभापतिको दुष्प्रयासमात्रै भएको जनाएको छ । 'नेपाली कांग्रेसको विधान २०१७ -२०५१, २०५४, २०५७, २०६२, २०६४ र २०६६ मा संशोधन र परिमार्जन गरिएको समेत) को धारा ५१ अनुसार जिल्ला कार्य समितिको सदस्य पदवाट मलाई हटाउन पाउने आधिकार सभापतिलाई छैन' घिमिरेद्वारा जारी अपिलमा उल्लेख छ ।
पार्टर्ीीत्र एक सदस्यलाई कार्वाहीको विषयलाई लिएर जिल्लाका नेताहरुले फरकफरक प्रतिक्रिया दिएकाछन् । नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्ण कोईरालाले घिमिरेलाई कार्वाही गर्ने अधिकार सभापतिलाई भएपनि दर्ुइ कांग्रेस एकीकरण भएको अवस्थामा विधान नै संक्रमणमा रहेको भन्दै कार्वाही गरिनु अनुचित भएको वताए । पर्ूव सभापति शंकरकान्त जोशीले जिल्ला कार्य समितिको सदस्यवाट निष्काशन गर्ने अधिकार सभापतिलाई नभएको वताए । पार्टर्ीीदस्यवाट निष्काशन गर्ने भए अनुशासन समिति, जिल्ला कार्य समिति हुँदै केन्द्रीय अनुशासन समितिसम्म यो विषय पुर्‍याउनुपर्ने जोशीको भनाई छ । घिमिरेलाई समितिवाट निष्काशन गरेको भन्दै नेतृत्व प्रति युवा कार्यकर्ताहरुले पनि आपत्ति जनाएकाछन् । तरुण दलका अध्यक्ष रमेश पाण्डे, सचिव किशोर कुमार बस्नेत, नेपाल विद्यार्थी संघका उपाध्यक्ष बृषबहादुर गुरुङ लगायतका भातृ संगठनका सदस्यहरुले घिमिरेलाई पार्टर्ीीट निष्काशन गर्नु गलत भएको प्रतिक्रिया दिएकाछन् ।

read more...


सहयोग आउने क्रम जारी, पत्रकारको भवन शिलन्यास २७ गते
June 8, 2010

समाधान सम्वाददाता
पोखरा, २४ जेठ ।
नेपाल पत्रकार महासंघ कास्कीको भवन निमार्ण्र्ााे लागि विभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरुबाट सहयोग रकम घोषणा गर्ने क्रम जारी रहेको छ ।
यसैक्रममा आईतबार कान्तिपुर पब्लिकेशन्सका शिव शर्मा चञ्चल, रामकृष्ण पौडेल, लालप्रसाद शर्माले जनही ५ हजार ५ सय ५५ रुपैया दिने घोषणा गरेका छन । यो सहित गरी पोखरामा कार्यरत कान्तिपुरकर्मीहरुको तर्फाट कूल ७२ हजार २ सय २० रुपैया सहयोग हुने भएको छ ।
त्यस्तै सगरमाथा टेलिभिजनका सम्बाददाता आत्मप्रकाश अधिकारीले ५ हजार २ सय, पोखरा एक्सप्रेस पाक्षिकका सम्पादक बालकृष्ण उग्रताराले ५ हजार २ सय रुपैया सहयोग प्रदान गर्ने घोषणा गरेका छन ।
यसैगरी सहारा क्लवका सल्लाहकार तथा शुभलक्ष्मी काष्ठ उद्योगका सञ्चालक प्रकाश शेरचनले ३० हजार बरावरको काष्ठ सामग्री सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
अहिलेसम्म पत्रकारहरुबाट मात्र ४ लाख ७९ हजार ५ सय ७ रुपैयाँ संकलन भएको भवन निमार्ण्र्ाामितिका सदस्य सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
पत्रकार महासंघ कास्कीले १ करोड ५९ लाखको लागतमा तीन तले भवन निमार्ण्र्ाार्ने योजना बनाएको छ भने भवनको शिलन्यास यही जेठ २७ गते उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले गर्ने कार्यक्रम रहेको छ ।  

read more...


माओवादी सदस्य ४५ हजार धरौटीमा रिहा
June 8, 2010

समाधान सम्वाददाता
लमजुङ, २४ जेठ ।
एकीकृत नेकपा माओवादी लमजुङका सचिवालय सदस्य रबीन्द्र अधिकारी 'नबीन' ४५ हजार धरौटीमा रिहा भएकाछन् ।
वाईसीएलका लमजुङ सहसचिव समेत रहेका अधिकारी जिल्ला न्यायधिश अच्युत प्रसाद भण्डारीकोर् इजलासले सोमबार धरौटीमा रिहा गरेको हो ।
युथफोर्स लमजुङका सदस्य ऋषि बस्नेतलाई आक्रमण गरि र्घाईते बनाएको अभियोगमा पक्राउ गरिएका अधिकारीलाई २५ दिनको प्रहरी हिरासतवाट रिहा गरिएको हो ।
गत बैशाख ३१ गते लमजुङको सुन्दरबजारस्थित कृषि क्याम्पस अगाडिवाट प्रहरीले पक्रेको अधिकारी विरुद्ध बस्नेतकी आमा गोमादेवी बस्नेतले ज्यान मार्ने उद्योग अन्तरगत किटानी जाहेरी दिएकी थिईन् ।
कवाडीको सामानको विषयलाई लिएर वाईसीएलले बस्नेतलाई गत सालको बैशाख २ गते उदीपुरमा खुकुरी र रड प्रयोग गरी भीरबाट फालेका थिए ।

read more...


विश्वकपको रमाईलो र यौन बिषयमा विश्व स्वास्थ्थ संगठनको चिन्ता
June 8, 2010

मोहन घले
पोखरा, २४ जेठ ।
दक्षिण अप्रिmकमा हुन गईरहेको १९ औ विश्वकपमा फुटबलको उत्कृष्टको मापन त हुन्छ नै यससगै अन्य बिषयहरु पनि बहसका बिषय बनेर आएका छन । फुटबल, सहभागि राष्ट, खेलाडी र खेलाडीको पर््रदशन मात्रै होईन अप्रिmकको खुल्ला यौनको चर्चा पनि त्यतिकै चर्चित बनेको छ । अप्रिmकाको मुख्य समस्या भनेको एड्स र भोक हो । एक अनुमान अनुसार त्यहाँ ५० लाख भन्दा वढि मानिस एड्सबाट ग्रसित भएका छन् ।
विश्वकपको मिति नजिकिदै गर्दा विश्व स्वस्थ्य संगठनले जारी गरेको सुचनाले आयोजक र सहभागिता जनाउने राष्टका नागरीकलाई पिरोलेको छ । विश्वमा नै सबैभन्दा बढी एचआईभिको संक्रमण रहेको दक्षिण अप्रिmकमा आउने दर्शकसँग त्यहाका मात्रै नभई समग्र अप्रिmकका नै यौन ब्यबसायिहरु दक्षिण अप्रिmक जाने समाचार आईरहदा विश्व स्वास्थ्थ संगठन र अन्य राष्टले यसलाई गम्भिरता पर्ूवक लिएका छन ।
दक्षिण अप्रिmकका सहित छिमेकि देशहरु नामिविया, बोत्सवाना, मोजाम्विक तथा स्वीजरल्याण्डगरी करिब पचास हजार यौनकर्मिहरु प्रत्यक्ष रुपमा आफ्नो पेसालाई फलिभुत बनाउने योजना बनाईरहेको समयमा स्वस्थ्यका बारेमा सचेत हुन सबैलाई विश्व स्वास्थ्थ संगठन आग्रह गरेको हो । आयोजक दक्षिण अप्रिmकाका मात्रै होईन अन्य देशहरुका यौनकर्मिहरु पनि विश्वकप स्थल दक्षिण अप्रिmक जाने तयारी गरेका छन ।
त्यहि मात्रै होईन अमेरीका, रुसर्,र् इटालल्ी ब्रिटेन, प|mान्स, ब्राजिल लगातका देशहरुबाट पनि यौनकर्मि विश्वकपमा आपनो आम्दानी बढाउन जाने भएपछि आयोजकको टाउको दुखाईको बिषय बनेको छ । बिषेसगरी यस बर्षो विश्वकपको उपाधि लैजाने देशहरुका नामको चर्चा चलिरहदा त्यस देशका र्समर्थकहरु उनीहरुको रामं्रा ग्राहक बन्ने यौनकर्मिले आशा गरेको बिभिन्न समाचार ऐजेन्सी जनाएका छन । बिषेगरी उनीहरुको तारो रहनेछ ब्रिटेन, स्पेन, हल्याण्ड, फान्सर्,र् इटाली लगायतका देशका हुल्याय ति दर्शकहरु आपनो देशको जित वा हार हुदा बढीमात्रमा  एक्र्साईटेड हुने गर्दछन । ति दर्शकको मन बुझाउने सबैभन्दा ठुलो माध्यम हुने छन दक्षिण अप्रिmककमा रहेका यौनकर्मिहरु । दक्षिण अप्रिmकका राष्टपति जो आफै पनि बुहपत्निहृरु छन । उनले ब्रिटेनलाई एक बिलियन कन्डोमहरु दक्षिण अप्रिmकका पठानउन बिशेष अनुरोध गरेका छन ।
आयोजक दक्षिण अप्रिmककलाई अहिले सबैभन्दा बढी चिन्ता अलकायदा जस्ता आतंककारीहरुको हमाल मात्रै होईन दक्षिण अप्रिmकाबाट घर फर्किदा उनीहरुले लैजने एचआईभि जस्ता प्राण धातक संकमणको उचित ब्यबस्थान पनि हुने बताएका छन । पछिल्लो क्रममा आयोजकले दक्षिण अप्रिmकका जाने दर्शक लगायतलाई स्वास्थ्य परिक्षणलाई कडा बनाउने बताएको छ । दक्षिण अप्रिmका संसारमा अधिक मात्रामा वलात्कार तथा हत्या मामलामा जोडिएको मुलुक हो । गतवर्ष२००८-२००९ मा १८ हजार १४३ हत्या तथा ३५ हजार वलात्कारका घटना घटेका पाईएको छ । यो धटना यस बर्षो विश्वकपमा दोहोरिन नदिन त्यहाका सरकारले ठुलो तयारी गरेको बताएको छ ।
टुरिजम वोर्डले प्रतियोगिता अवधिभर सेक्स टुरीजमलाई नियन्त्रणमा राखिने बताएको छ । देशभरी युवायूवतिलाई विश्वकप अवधिमा हुन सक्ने यौन जन्य अपराधका घटनाहरुको बारेमा शिक्षित पारीएको र जनचेतनाको लागि खर्टाईएको छ । शहरभरी नै एचआईभि एड्सको बारेमा सचेतनाका विभिन्न कार्यक्रम आयोजना गरीएको छ ।
यसैगरी आयोजकले यौनकर्मिहरुलाई एचआइभि संक्रमण नभएको प्रमाणपत्र अनिबार्य बनाएको छ । स्वास्थ्यको सबै बन्दोबस्ति गरेपनि विश्व स्वास्थ्थ सगंठन जस्ता सस्थाहरु अझै ढुक्क हुन सेकका छैनन ।

read more...


युनिटीका मोस्ट वान्टेड सूचीका निर्देशक पोखरामा पक्राउ
June 7, 2010

पोखरा, २३ जेठ ।र् र्सवसाधरणलाई ठगी गरेर फरार भएको महिनादिन बित्नलाग्दा नेटवर्किङ कम्पनी युनिटी लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडका संञ्चालकर् इन्दबहादुर विश्वकर्मालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ  । प्रहरीले र्सार्वजनिक गरेको मोस्ट वान्टेड सूचिको छैटौ नंम्बरमा रहेका बिकलाइ आइतबार साँझ सात बजे प्रहरीले पोखरा उपमहानगरपालिका वडा नं. ८ नयाँ सडकमा सुमित्रा वि.क.को घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । बि.क.युनिटी लाईफ डिमार्टमेन्टल स्टोर सुपरमार्केटका निर्देशक रहेका थिए ।  युनिटी लाइफ गैर कानुनी रुपमा संचालन रहेको खुलासा भएपछि उनीसहित युनिटीका अन्य  पाँच जनाको नाम प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेको थियो । 

read more...


किरा र ठोस पर्द्धार्थ भेटियो, एउटैमा २४ वटा किरा
June 7, 2010

पोखरा, २३ जेठ । नेपालमा पेय पदार्थमा अखाद्य वस्तु भेटिएको समाचार चर्चामा आइरहेकै बेलामा पोखरा ६ बुलौदिको अनिता किनारा स्टोरमा लोकप्रिय पेय पदार्थ रियल जुसमा त्यस्तै अखाद्य वस्तु भेटिएको छ ।
विक्रिका लागि राखिएको रियल जुसमा किरा र ठोस पदार्थ भेटिएपछि नेपाली उपभोक्ताले कस्तो गुणस्तरका उत्पादन खाइरहेका छन् भन्ने देखाएको छ । शनिबार साझँ १५ महिने छोरा अनिस भण्डारीलाई जुस खुवाउन खोज्दा जुसमा किरा र ठोस पदार्थ भेटिएको आमा अनिता भण्डारीले बताइन् ।
तीन महिना पहिले मात्रै पोखरा ६ बुलौदिमा पसल गरेकी अनिता भण्डारीले जीवनमा पहिलो पटक  जुसमा किरा भेटेको बताइन् । उनले शनिबार नै अधिकारी किराना स्टोर्स जरेवरबाट एक कार्टर्ुुरियल जुस मगाएकी थिईन् । सधै छोरालाई जुस खुवाउदै आएकी अनिताले नयाँ कार्टर्ुुाट झिकेको रियलमा किरा भेटेपछि अब कहिल्यै जुस नखाने र नख्वाउने बताईन ।
पोखराको बुलौदिमा किनारा स्टोर संचालन गदै आएकि उलने अधिकारी स्टोर्सबाट विक्रीका लागी एक काटुन रियल जुस मगाएकी थिइन तर आफनो छोराले खान खोजेपछि निकालेर दिदाँ एक्कै चोरी किराको हुल निस्कीएकेा उनले बताइन ।
किरा भेटिएपछि अनिताले आइताबार पत्रकारहरुलाई जानकारी दिएपछि पुगेका पत्रकारले अर्को जुसको प्याकेट खोलेर हर्ेदा किरा र ठोस पदार्थ नै पाएका थिए । केही दिन अगाडि काठमाडौमा पनि रियल जुस भित्र लेउ र अखाद्य पदार्थ फेला परेकेा थियो । 'मेरो छोराले खाएकेा भए के हुन्थ्यो - खाली रियल जुस मात्रै खुवाउने गर्थे तर अब दिन्न र अरुलाई बेच्दिन पनि ।" अनिताले भनिन् ।
डाबर नेपालकोे उत्पादन रहेको रियल जुसमा किरा भेटिए पछि विक्रिका लागि राखिएका  अन्य जुसमा पनि किरा र ठोस पदार्थ भएको भन्दै सो पसलबाट रियल जुसको विक्रि बन्द गरेको पसलकी सन्चालीका अनिता भण्डारीले बताईन ।
जुसमा उत्पादन मिति सन् २०१० को ४ महिना लेखिएको छ । उत्पादन मिति देखि ७ महिना सम्म उपभोग गर्न हुने भनिए पनि उत्पादन गरिएको २ महिना पछि नै किरा र ठोस पदार्थ भेटिएको हो । एउटा रियल जुसमा मात्रै २४ वटासम्म किरा भेटिएको पसल सन्चालीका भण्डारीले जानकारी दिइन् ।
'किरा मात्रै नभएर भित्र खोलेर हर्ेदा चिन्न नै नसकिने ठोस पदार्थ समेत भेटिएयो ।" उनले भनिन-'पसल संचालन गरेको चार महिना भयो, स्टक राखेर ब्रि्रीएकेा भन्ने हेा भने पनि जुसको म्याद पनि सात महिना छ ।
जुसका पारखी सुन्दर ढुङगेलले २० रुपँैयाको जुसले लाखौ खर्च हुने र ज्यान समेत जान सक्ने भएकाले जुस अब नखाने बताए । "पहिले सधै खान्थे तर अबबाट रियल जुस कहिल्यै खान्न ।" ढुङगेलले भने-"अरुले रियलमा किरा हुन्छ भन्थे तर आज आफनै आँखाले देखे ।"
तर कम्पनीले भने आफ्नो उत्पादनमा त्यस्तो नभएको दावि गरेको छ । डाबर नेपालका गण्डकी धौलागीरि माकेटिङ्ग इन्चार्ज विकास दाहालले विक्रेताले बढि चिसोे र घाममा राख्ने गरेका कारण पछाडीबाट लिगेज भएका कारण त्यस्तो समस्या आएको बताए । दाहालका अनुसार आफुहरुले विक्रेतालाई आगामी दिनमा भण्डारणका बारेमा सचेत गराउने बताए ।

read more...


पर्वतमा पनि अखाद्य वस्तु भेटियो
June 7, 2010

पर्वत, २३ जेठ ।र्
पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा डाबर कम्पनीले बजारमा ल्याएको रियल जुसमा अखाद्य बस्तु भेटिएको छ ।
शिवालय गाविस ८ स्थित डिलबहादुर क्षेत्रीको पसलमा विक्रिका लागि राखिएको रियल जुसमा अखाद्य बस्तु भेटिएको हो । जुसमा अखाद्य बस्तु भेटिएपछि उपभोक्ताहरुमा सन्त्रास फैलीएको छ । सिलबन्दी गरिएको जुसको बट्टामा लेउ जस्तोे कालो बस्तु भेटिएको बिक्रेता डिलबहादुर क्षेत्रीले बताउनुभयो ।
एउटा जुसमा अखाद्य बस्तु भेटिएपछि अन्य जुसका प्याकेटहरु खोलेर हर्ेदा सवै प्याकेटभरीनै अखाद्य वस्तु मिसिएको पाईएको क्षेत्री बताउनुभयो । बजारमा रियो,फ्रुटी भन्दा रियल जुस बढी बिक्रि हुने गरेको छ । रियल जुसमा अखाद्य बस्तु फेला परे लगत्तै सदरमुकाका सबै निजि तथा सरकारी विद्यालयले विद्यार्थीलाई जुस सेवन नगर्न सुचना जारी गरेका छन् ।
बाहिर हर्ेदा राम्रो छ, तर सडेको रहेछ विक्रेता डिलबहादुरको भनाई छ । सदरमुकामकै होलसेल पसलबाट १५ दिन अघी बिक्रिका लागि जुस ल्याएको र जुसमा यस्तो बस्तु भेटिएला भनेर कल्पना समेत नगरेको क्षेत्रीकि श्रीमति कोपिलाले बताउनुभयो । पर्वतमा अन्य जुसको तुलनामा रियल जुस सस्तो भएकाले  बिक्रि बढी हुने गरेको उहाँले वताउनुभयो ।
गतबर्ष अखाद्य रियल जुस खाएर पर्वतमा दर्ुइ जना बिरामी परेका  थिए । आधिकारीक ब्रि्रेता बागलुङको सार टर्ेर्ूडस रहेको र पर्वतमा विक्रि हुने खाद्यवस्तुहरुको गुणस्तर जाँच गर्ने कुनै निकाय नहुँदा उपभोक्ताहरु मारमा परेका छन् ।

read more...


अपहरित डा.श्रेष्ठ धौलागिरीमा भएको आशंका, खोजीकार्य तीब्र
May 31, 2010

लक्ष्मीप्रसाद सापकोटा/समाधान  पर्वत, १६ जेठ । करिब दुइहप्ता पहिले चितवनबाट अपहरणमा परेको भनिएका बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठ पर्वत र बागलुङ्गमा भएको आशंकामा प्रहरीले आइतबार दिनभर खोजी अभियान तीब्र बनाएको छ । अपहरणमा परेका श्रेष्ठलाई शनिबार पर्वत हुँदै बागलुङ्ग तर्फलगिएको आशंकमा पर्वत र बागलुङ्गमा खोजी त्रि्र बनाइएको हो । श्रेष्ठलाई प्रहरीले पोखरा बागलुङ्ग राजमार्गको प्रबेश क्षेत्र देखि पर्वतका गाउँ गाउँमा समेत खोजी कार्य तीब्र पारेको छ । पर्वतका जिल्ल्ाा प्रहरी प्रमुख हरिराज वाग्लेले संभाबित स्थानमा प्रहरी परिचालन गरि दिनभर खोजी गरिरहेको जानकारी दिनुभयो ।

read more...


मनाङ्ग कर्मचारीको प्रशंसा 'क्या वात डम्मरु'
May 31, 2010

चामे मनाङ्ग, १६ जेठ । 'सरकारी कार्यालयमा कार्यरत प्रमुखको प्रशंसा' हिमाल पारीको जिल्ला मनाङ्गका स्थानीय बासिन्दाले निकै कम मौका पाउने विषय हो यो । अधिकांश कार्यालय प्रमुखहरु लामो समय अनुपस्थित हुँदाको पीडा भने छ्यालब्याल्ती छ उनीहरुसंग । तर हिजो आज एक सरकारी कार्यालयका प्रमुख मनाङ्गबासीका प्रशंसाका पात्र भैरहेका छन् । उनको प्रशंसामा समय खर्चन मनाङ्गबासीलाई पश्चाताप छैन । दर्ुगम जिल्ला मनाङ्गका बासिन्दाले प्रशंसा गर्ने कार्यलय प्रमुख हुन नेपाल बैंक लिमिटेड मनाङ्ग शाखाका कार्यालय प्रमुख डम्मरुराज बराल । बरालको सकृयतामा मनाङ्गको वित्तीय कारोबार ब्यापक सुधार आएपछि प्रशंसाको ओइरो लागेको हो । नेपाल बैंक लिमिटेड दर्ुगम जिल्ला मनाङ्गको एक मात्र वित्तीय सस्था हो । सदरमुकाम चामेमा रहेकेा यो बाहेक अन्य कुनै पनि वित्तीय सस्थाको शाखा मनाङ्गसम्म पुगेकेा छैन । त्यसैले मनाङ्गबासीको आर्थिक कारोबार नेपाल बैंक लिमिटेड माथि निर्भर छ ।

read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 - Next Page »

»

  Headlines - मुख्य समाचार

स्वर्ण्र्ाार कल्याण समितिमा सेन्चुरी

संचार क्षेत्रको विकासका लागि राज्य गम्भीर बन्नुपर्ने

पहिलो जित दक्षिण कोरीयालाई, अर्जेटिनाद्वारा नाइजेरिया परिाजित

मोबाइल पड्कदा एकको मृत्यु

एक निरीक्षक-एक प्रयोगशालाको माग

पोखरामा अनाधिकृत होटल र रेष्टुराँ बन्द गरिने

लमजुङ कांग्रेसमा चर्को विवाद

सहयोग आउने क्रम जारी, पत्रकारको भवन शिलन्यास २७ गते

माओवादी सदस्य ४५ हजार धरौटीमा रिहा

विश्वकपको रमाईलो र यौन बिषयमा विश्व स्वास्थ्थ संगठनको चिन्ता

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np