|
पाँच उच्चमाविद्वारा छात्रवृत्ति दिन अस्वीकार
August 6, 2010
मनोज र्घर्तीमगर/समाधान पोखरा, २० साउन । उच्च माध्यामिक शिक्षा परिषद्ले संचालन गरेको छात्रवृत्ति बैंङ्क फार्मत छात्रबृत्ति पाएका विद्यार्थीलाई पोखराका पाँच उच्च माविले पढाउन इन्कार गरेका छन् । गरिब, जेहन्दार, दलित, जनजाति, अपाङ्ग लगायतका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्ने पहुँचसँम्म पुर्याउन परिषद्ले २०६१ सालदेखि छात्रबृत्ति बैङ्क संचालन गर्दै आएको छ । उच्च माध्यामिक शिक्षा परिषद्ले लिएको प्रवेश परिक्षा उत्तिर्ण्र्ाारि छात्रवृत्ति पाएका केही विद्यार्थीलाई पोखराको सिमलचौरस्थित जनप्रिय उच्च मावि, टुडिखेलमा रहेको राष्ट्रिय उच्च मावि, लामाचौरमा रहेको गण्डकी बोर्डिङ उच्च मावि, मासबारको स्टेप बाइ स्टेप र लेखनाथको डायमण्ड उच्च माविले पढाउनर् इन्कार गरेका हुन् ।
•
read more...
पत्रकार उग्रताराको हृदयघातबाट निधन
August 6, 2010
पोखरा, २० साउन । पोखरा एक्सप्रेस पाक्षिकका प्रधानसम्पादक तथा प्रकाशक एवम् अग्रज पत्रकार बालकृष्ण उपाध्याय ुउग्रताराु को हृयघातका कारण बिहीबार ५८ वर्षो उमेरमा दुःखद् निधन भएको छ । मङ्गलबार अचानक चक्कर लागेर पोखरा नयाँबजारस्थित चरक हस्पिटलमा भर्ना हुनुभएका पत्रकार उग्रतारालाई तत्काल आईसीयूमा राखेर उपचार गरिंदै आएको थियो। अचेत अवस्थामै उहाँको बिहीबार निधन भएको हो । वि.सं. २००९ साल वैशाख १५ गते धौलागिरि अञ्चल बागलुङ नगरपालिका रामरेखामा जन्म भई पोखरा उपमहानगरपालिका वडा नं. ८ न्यूरोडमा बस्दै आउननुभएका उग्रतारा तीन दशकभन्दा अघिदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्थ्यो । उहाँ घरेलु सिल्पकला बिक्री भण्डारका भूपू महाप्रबन्धक पनि हुनुहुन्थ्यो।उहाँका आमा, श्रीमती, तीन छोरा र दर्ुइ छोरी हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ कास्कीका साधारण सदस्य तथा भूपू केन्द्रीय पार्ष् समेत रहनुभएका पत्रकार उग्रताराले आपmनै सम्पादनमा विगत १२ वर्षेखि पोखरा एक्सप्रेस पाक्षिक सञ्चालन गर्दै आउनुभएको थियो । स्व. उग्रताराको शुक्रबार बिहान सात बजे रामघाटस्थित सेतीनदीमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । महासङ्घ कास्की शाखाले बिहीबार नै एक शोक वक्तव्य जारी गर्दै उहाँको दुःखद् निधनले सम्पर्ूण्ा पत्रकार जगत शोकाकुल बनेको जनाएको छ । महासङ्घका सहसचिव प्रेमनारायण न्यौपानेद्वारा जारी विज्ञप्तिमा तीन दशकअघिदेखि पत्रकारिता क्षेत्रमा संलग्न पत्रकार उग्रतारा आपmनो पेसाप्रति लगनशील एवम् कर्तव्यनिष्ठ हुनुहुन्थ्यो भनिएको छ । विज्ञप्तिमा शोकको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा सहन सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समवेदना प्रकट गरिएको छ । यसैबीच पत्रकार उग्रतारको दुःखद निधनप्रति नेपाल प्रेस युनियन कास्कीले दुःख व्यक्त गरिएको छ । युनियनका अध्यक्ष हेमराज बरालद्धारा जारी विज्ञप्तीमा मृतक उग्रतारप्रत्रि्रति भावपर्ूण्ा श्रद्धाञ्जलीका साथ उहाँको आत्माको चिर शान्तिको कामना गरेको छ । यस्तै प्रेस चौतारी कास्की शाखाले एक शोक विज्ञप्ति जारी गर्दै अग्रज पत्रकार बालकृष्ण उग्रताराको निधनप्रति दुःख प्रकट गरेको छ । शाखा सचिव प्रेमनारायण न्यौपानेद्वारा जारी विज्ञप्तिमा उग्रताराको निधनबाट सम्पर्ूण्ा पत्रकार जगत स्तब्ध हुनुको साथै सिङ्गो पत्रकारितामाथि अपूरणीय क्षति भएको उल्लेख छ । आपmनो पेसाप्रति एक कर्तव्यनष्ठ र लगनशील पत्रकार उग्रतारा प्रेस चौतारी कास्कीका साधारण सदस्य हुनुहुन्थ्यो । यस्तै पत्रकार उग्रताराको ५८ वर्षो उमेरमा हृदयघातबाट विहीबार निधन भएकोमा नेपाल आदिवासी जनजाति पत्रकार संघ -अनिज) कास्कीले पनि शोक व्यक्त गरेको छ । अनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङले एक विज्ञप्ती निकालेर पत्रकार उग्रताराको निधनले पत्रकारिता क्षेत्रले कर्तव्यनिष्ठ, लगनशील, परिश्रमी र हाकी स्वाभावको पत्रकार गुमाएको जनाउनु भएको छ । विज्ञप्तीका पत्रकार उग्रताराको परिवारजनमा समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ । क्रियाशिल पत्रकार महिला -डब्लु डब्लु जे), कास्की शाखाले पनि पत्रकार उग्रताराको निधनप्रति शोक व्यक्त गरेको छ । महासचिव लिना गुरुङद्धारा जारी विज्ञप्तीमा डब्लु डब्लु जे कास्की शाखा उहाँको शोकस्तब्ध परिवारप्रतिर् इश्वरले धर्ैयधारण गर्न शक्ति प्रदान गरुन् भन्दै उग्रताराप्रति हार्दिक सम्वेदना प्रकट गरिएको छ । यस्तै स्वर्गीय पत्रकार उग्रताराको निधनप्रति बाग्लुङ समाज पोखराका अध्यक्ष भानु कंडेलले पनि एक विज्ञप्तीमा जारी गर्दै दुःख व्यक्त गर्नु भएको छ ।
•
read more...
स्वीकृति बेगर बिदेश नजान सरोकारवालाको सुझाव
August 6, 2010
पोखरा, २० साउन र्।र् इजाजत पत्र प्राप्त संस्था -म्यान पावर कम्पनी) बाट तथा बैदेशिक रोजगार विभागको स्वकृति लिएर मात्र बिदेश जान सरोकारवालाले सुझाव दिएका छन् । प्रवासी नेपाली समन्वस समिति, युवा कार्य नेपाल, नेपाल सरकार श्रम तथा यातयात ब्याबस्था मन्त्रालयको संयुक्त आयोजनामा विहीबार पोखरामा बैदेशिक रोजगार सम्बन्धि निमय कानुनको प्रभावकारीता र कावर्न्यनमा आप्रवासी महिला कामदारका सवाल बिषयक क्षेत्रिय कार्यशाला गोष्ठी बोल्ने बtmाहरुले यस्तो सुझाव दिएका हुन् । कार्यक्रमका कास्कीका प्रमुख जिल्ल्ाा अधिकारी शम्भु प्रसाद कोईरालाले बिदेश जान लागेका ब्यtmिहरुले आफुजाने राष्ट्राको भाषा तथा रहन सहन बुझेर मात्र जान सुझाव दिए । प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डेले मलेसिया, साउदी अरेबीया कतार लगायतका राष्ट्रहरुमा नेपालीहरु बढी जाने गरेको बताउदै अझै पनि गैर कानुनि ढङगबाट नेपालीहरु रोजगारीको लागि जाने गरेको बताए । सशस्त्र प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक जितबहादुर पुनमगरले नेपालमा भएको श्रोत तथा साधनलाई ब्याबस्थापन गरि युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा नारी सेवा केन्द्र पोखराकी अध्यक्ष उसा बरुवाल, पुनरावेदन अदालत वार एसोसियसन कास्कीका उपाध्यक्ष हरि प्रसाद अधिकारी, समितिका महासचिब सोम लामिछाने लगायतले बोल्नु भएको थियो । नेपाल सरकारबाट बैदेशिक रोजगारको लागि एक सय ७ राष्ट्रहरुमा खुल्ला गरेको छ । खुल्ल्ाा गरीएका यु.र्एर्.इ, कतार, साउदी अरेविया, कुवेत, मलेसिया,जापान, अमेरिका, बेलायत लगायतका राष्ट्रहरु रहेका छन् ।
•
read more...
सञ्चालक समितिको अध्यक्षमा लामिछाने र सचिवमा पौडेल
August 6, 2010
पोखरा, २० साउन । पृथ्वी राजमार्ग वस संचालक समितिको सम्पन्न ४० औँ वाषिर्क साधारण सभाले बलराम लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आफ्ना प्रत्यासी उम्मेदवार घनश्याम श्रेष्ठ र ज्ञानेन्द्रराज शर्मालाई हराउँदै उनी विजयी भएका हुन । पर्ूव वर्तमान कार्यसमितिका सचिव रहेका लामिछानेले ४ सय ६० मत प्राप्त गरेका थिए । उनका प्रत्यासी उम्मेदवारहरु श्रेष्ठले १ सय २८ र शर्माले १ सय ६१ मत प्राप्त गरेका छन । श्रेष्ठ पर्ूव कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन भने शर्मा सल्लाहकार हुन । त्यसैगरि वरिष्ठ उपाध्यक्षमा लालकुमार श्रेष्ठ ५ सय ६५ मत पाप्त गरि विजयी भएका छन । उनका प्रतिद्धन्द्धी हर्कमान शाहीले १ सय ८४ मत पाप्त गरेका छन । उपाध्यक्ष पदमा मोहन कोइराला ३१७ मत प्राप्त गरि विजयी भएका छन भने उनका प्रतिद्धन्दी भरत मल्लले २ सय ८१ र कुलराज गुरुङले १सय १३ मत प्राप्त गरेका थिए । सचिवमा माधव वराल र रेशम थापालाई पराजित गर्दै पे्रम राज पौडेल विजयी भएका छन । उनले २ सय ९१ मत प्राप्त गरे उनका प्रत्यासी उम्मेदवार बरालले १ सय ६९ र थापाले २ सय ५४ मत प्राप्त गरे । कोषाध्यक्ष पदमा योगेन्द्र बहादुर केसी ४ सय ६२ मत पाप्त गरि विजयी भएका छन । कोषाध्यक्षका अर्का उम्मेदवार जसबहादुर गुरुङले २ सय ७० मत ल्याएका छन । सहसचिवमा जय प्रसाद शर्माले ३ सय ४४ मत प्राप्त गरि आफ्नो स्थान ओगटे । उनका प्रतिद्धन्द्धी धरम बहादुर रिमालले १ सय ४३ र सुरेन्द्र बहादुर पुनले २ सय १८ मत प्राप्त गरे । यता सहकोषाध्यक्षमा रामकृष्ण पन्तले ४ सय ७६ मत ल्याई दाउ पड्काएका छन भने उनका प्रतिद्धन्द्धी ओम प्रकाश कार्कीले भने जम्मा २ सय ८ ल्याए । कार्यसमितिका सदस्यहरुमा श्यामलोचन सापकोटा २ सय ४५, विरेन्द्र श्रेष्ठ २ सय ३०, कमलसिंह तामाङ ३ सय १, विष्णुबहादुर खड्का २ सय ४४, प्रेम बहादुर गुरुङ ३ सय ९९, शेखर गुरुङ २ सय ५०, पुष्प राज पौडेल २ सय ३३, ऋषि राम सिग्देल २ सय २८, भोजराज अधिकारी १ सय ३०, हिरालाल श्रेष्ठ १ सय ४२ रहेका छन । ९ जना कार्यसमिति सदस्यहरुमा २१ जनाको उम्मेदवार परेको थियो । यसअघि अधिवेशनको एक समारोहका वीच नेपाल यातायात व्यवसायी राष्टिूय महासंघका अध्यक्ष दिनेश भण्डारीले उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा महासंघका पर्ुवसचिव डोलराज खनाल, मजदुर संगठनका रिम बस्याल, जित गुरुङ विष्णु केसी, माओवादीका रामजी बराल, एमालेका युवराज पौडेल लगायतले बोलेका थिए ।
•
read more...
लोप हुन लागेका बाजागाजा बचाउने अभियानमा -रमेश
August 6, 2010
पोखरा, २० साउन । आपmना बाबु बाजेले गर्दै आएको कामप्रति आजका युवाहरु विस्तारै विस्तारै हराउँदै गएका छन् । जसले गर्दा देशमा बेरोजगारीको समस्या दिनानुदिन बिढ्दै जानुका साथै विदेशिनु पर्ने परिपाटीले पनि उत्तिकै रुपमा जरा गाडेको पाइन्छ । स्वदेशमा नै बसेर केी गर्छर्ुुन्नेका लागि पनि एकातिर पूँजीको आवश्यकता पर्न जान्छ भने अर्कोतर्फ उत्पादित वस्तुहरुले राम्रोसंग बजार नपाउँदा विस्थापित भएर जानुपर्ने तड्कारो समस्याले सबैलाई पिरोलिरहेको नै हुन्छ । यस्तैमा आपmना बाबुबाजेको पालादेखि अंगाल्दै आएको पेशालाई निरन्तरता दिँदै संगीतका लागि आवश्यक बाजागाजाका सामग्रीहरु निर्माण गर्दै आएका पोखरा पालिखेचोकस्थित मन्जरी म्यूजिक सेन्टरका सञ्चालक रमेशराज राजपाले विगत ८ वर्षअगाडि देखिनै अंगाल्दै आएको कार्यबाट पर्ूण्ा रुपमा सन्तुष्ट छैनन् । देशको संस्कृति जगर्ेना गर्ने उद्देश्यले आफू प्रभावित भई आपmनो बुबा तथा दाजुले गर्दै आएको कार्यलाई निरन्तरता दिँदै आएका भएतापनि उत्पादित वस्तुहरुले बजार नपाउँदा आफू असन्तुष्ट बन्न पुगेका हुन् । बादी समुदायबाट आएका रमेशले सुरुमा सो कार्यलाई ३ सय रुपैयाँबाट सुरु गरेका थिए । जसका लागि आफूले निकै दुःखका साथ कार्य गरेको स्मरण गर्दै आपmनो पसलमा अहिले ७ सयदेखि २५ सयसम्मका सामानहरु रहेका छन्, तर परिवार थाम्न अझै धौं धौं पर्छ । सामानहरु धादिङ्ग, गोर्खा तथा काठमाडौंबाट झिकाउनु पर्ने हुँदा लगानीमा नै बढी खर्च हुने हुँदा नाफाको सम्भावना ज्यादै न्यून रहेको हुने उनी बताउँछन् । त्यसमा पनि सिजनको समयमा मात्र व्यापार हुने हुँदा त आफू झनै मारमा परेको दुखेसो पोख्दछन् । लोक बाजामा नै आपmनो लोक संस्कृतिको मौलिकता लुकेर रहेकोले यसैका माध्यमबाट आपmनो संस्कृतिलाई झल्काउनु पर्ने बताउँदै उनी भन्छन् पश्चिमी बाजाको पछाडि दगर्ुर्ने युवायुवतीले आपmनो संस्कृति विर्सर्ेेे देख्दा मलाई निकै दुःख लागेको छ । विभिन्न जातजातिका बाजाहरु बनाउन सक्ने क्षमता भएका रमेशले ढिलै भएपनि एक न एक दिन आपmनो सिपले शिखर चुम्ने आशाको त्यान्द्रोमा झुण्डिरहेको बताउँदछन् । आपmनो मौलिकताको पहिचान बोकी पश्चिमी बाजाहरु आफूले निर्माण नगरेकाले नै पछाडि परिएको हो कि भन्दै पूँजीको अभावले पनि आपmनो पेशालाई फस्ट्याउन नसकिएको गुनासो राखेका छन् । अन्य व्यापार व्यवसायका लागि लोनको परिपाटी रहे भै+m आपmनो व्यवसायमा पनि सहयोगको वातावरण सिर्जना भएमा यसलाई अझ विस्तार गर्न सकिने धारणा राखेका छन् । संगीतका लागि आवश्यक बाजाहरु मादल, खैजडी, सारंगी, डम्फू, डम्मरु, टुग्ना, एकतारे लगायत नौमती बाजाहरु निर्माण गर्दै आएका रमेशले पश्चिमाञ्चल क्षेत्रका सम्पर्ूण्ा जिल्लाहरुसम्म आपmना सामनहरु पुर्याएका छन् । तर कतिपयले उनको पेशाप्रति गरेको घृणाले आफू निकै मर्माहित पनि भएका छन् । उक्त बाजाहरुका लागि गाई गोरुको छाला, फलामको धुलो, काठ, रिङ्ग, तामा, फलाम, काँच जस्ता सामानहरु चाहिने हुँदा कसैले त उक्त सामानहरु छुन पनि चाहँदैनन् तर उक्त सामानहरुबाकट बनाइएका सामग्रीहरु आपmना घरमा सजावटका लागि पनि राख्ने गरेको देख्दा भने आफू अचम्म परेको बताउँछन् । यसरी हाम्रा लोक संस्कृतिको जगर्ेना गर्ने हो भने उक्त लोक बाजाहरुको पनि अस्तित्व मेटिन दिनुहुँदैन । जबसम्म लोक बाजाले आपmनो छुट्टै अस्तित्व पाउँछ तब मात्र हाम्रो लोक संस्कृति जर्ीण्ा हुनबाट जोगिन्छ । यसलाई आजसम्म कसैले खासै चासो देखाएको भने देखिँदैन । भने रमेश राजपा जस्ता पौरखी व्यक्तिको सिप पनि खेर जान पाएँदैन । र परम्परागत पेशामा नै सन्तुष्ट हुनेहरुका लागि पनि यो एउटा ठूलो अवसर मिल्नेछ ।
•
read more...
पहिरोले मादी नदी थुनिदा एक हजार बढी घर परिवार खतरामा
August 4, 2010
पोखरा, १८ साउन । कास्कीको उत्तरी भाग सिल्दुुजुरे गाविसस्थित नाउनेबाट खसेको पहिरामा परी मंगरबा दर्ुइ विद्यार्थी सहित तीन जना बेपत्ता भएका छन् । पहिरोका कारण ४ जना घाइते भएका छन् भनेे पार्चे गाविसको सोंधामा मगलबार बिहानदेखि थुनिएको मादी नदी दिउँसोदेखि बग्न थालेको छ । पहिरोमा परि दुधपोखरी मावि सोधाका विद्यार्थी खिमलाल गिरी र अर्जुन बराल रहेको छन् भने एक जना बटुवाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । कक्षा ८ पढने बराल र ९ मा पढ्ने गिरी विद्यालय जाने क्रममा पहिरोमा परेका थिए ।
•
read more...
अपहरित महिलाको मुग्लिनमा सकुशल उद्धार
August 4, 2010
मनोज र्घर्तीमगर/समाधान पोखरा, १८ साउन । पोखराको मध्यभाग रामघाटबाट सोमबार दिनदहाडै अपहरणमा परेकी अञ्जना गुरुङलाई कास्की प्रहरीले उद्धार गर्न सफल भएको छ । अपहरण भएलगत्तै खोजीमा जुटेको प्रहरी टोलीले चितवनको मुग्लीनबाट अञ्जनालाई मंगलबार उद्धार गर्न सफल भएको हो ।
पोखरा उपमहानगरपालिका-वडा नं. १० रामघाटस्थित आफ्नै घरमा बसेकी अञ्जनालाई खैरो कारमा आएका दर्ुइ जनाले सोमबार दिउँसो अपहरण गरेका थिए । छिमेकी संगीता पुनसँग गफ गरिरहेकी २३ वषर्ीया अञ्जनालाई मुखमा पट्टी बाँधेर आएका व्यक्तिले खुकुरी देखाएर तर्सर्ाादै कारभित्र हालेर अज्ञातस्थलतिर लगेका थिए ।
उनलाई कास्कीका अपराध अनुसन्धान विभागका प्रहरी निरिक्षक रविन्द्र गुरुङ लगायतको प्रहरी टोलीले मुग्लीङबाट उद्धार गरी मंगलबार साँझ नै पोखरा ल्याई पुर्याएको छ ।
अपहरणमा परेकी अञ्जना तनावका कारण प्रहरीसँग खुलेर बोल्न सकेकी छैनन् । अपहरणकारीले प्रहरीलाई जानकारी गराएमा ज्यान लिने भन्दै उनलाई धम्काएपछि उनी प्रहरीसँग खुलस्तसँग बोल्न नसकेको प्रहरीको भनाई छ । उनले अपहरणकारीले आफूलाई कब्जा गर्ने वित्तिकै आँखामा पट्टी बाँधेकोले कुन बाटो हुँदै मुग्लीन पुर्याए भन्ने केही थाहा नभएको प्रहरीलाई बताएकी छिन् ।
'मलाई कब्जा गर्ने वित्तिकै आँखामा पट्टी बाँधे, कुन बाटो यहाँ पुर्याए मलाई केही थाहा छैन' अञ्जनाको भनाई उद्धृत गर्दै उद्धारमा खटिएका प्रहरी निरीक्षक रविन्द्र गुरुङले भने'अपहरकारीले मलाई केही पनि गरेका छैनन्, म सकुसल छु ।'
अञ्जनालाई के कति कारणले अपहरण गरियो भन्नेबारे अहिलेसम्म तथ्य केही पनि खुलेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी पुष्कर कार्कीले अन्जनासंग बयान लिए पछि मात्र घटनाको सबै रहस्य खुल्ने बताए । 'उनलाई पोखरा ल्याईपुर्याएका छौं सबै कुरा बयान लिएपछि मात्र थाहा हुन्छ'उनले भने'प्रारम्भीक अनुसन्धानका आधारमा केही पनि भन्न सकिने अवस्था छैन ।' एसपी कार्कीका अनुसार अपहरण लगत्तै कास्की प्रहरी ठूलो मात्रामा परिचालन भएपछि अञ्जनाको सकुशल उद्धार भएको हो । उनले सिमित स्रोत र साधनबा बाबजुद पनि अञ्जनाको सकुशल उद्धार गर्नु कास्की प्रहरीको सफलता भएको बताए । प्रहरीका अनुसार प्रारम्भीक अनुसन्धानले आर्थिक लेनदेन नै अञ्जनाको अपहरणको कारण हुनसक्ने संकेत देखिएको छ ।
अपहरित अञ्जनाका श्रीमान् चिन्ता गुरुङले पोखराको उत्तमचोकमा अरेबियन इम्प्लोएमेन्टको शाखा खोलेर बैदेशिक रोजगारका लागि युवाहरुलाई विदेश पठाउने काम काम गर्दै आएका छन् । विदेश पठाउँदा केही आर्थिक कारोबार नमिलेका कारण अञ्जनाको अपहरण हुनसक्ने प्रहरीको भनाई छ । अपहरित अञ्जनाका श्रीमान चिन्ताले भने विदेश जाने सबैलाई राम्रै व्यवहार गरेकोले उक्त कारण हुन नसक्ने प्रहरीलाई बताएका छन् ।
•
read more...
अलिमिया वाङमय प्रतिष्ठानको अध्यक्षमा हनिफ, दर्ुइ स्रष्टा सम्मानित
August 4, 2010
पोखरा, १८ साउन ।
अलिमिया लोकवाङमय प्रतिष्ठानले संस्कृतिकर्मी तथा लोकगायकद्धय कल्याण सेरचन र सरोजगोपाल बर्जचार्यलाई सम्मान गरेको छ ।
लोकवाङमयको क्षेत्रमा उल्लेखनीय रुपमा सहयोग पुयार्एको भन्दै प्रतिष्ठानले मंगलबार एक समारोहका बिच पोखरामा सम्मान गरेको हो । पोखरा ११ रानीपौवा निवासी शेरचन बरिष्ठ संगित प्रशिक्षक गीत संकलक हुनुहुन्छ भने अर्का सम्मानित ब्यtmि पोखरा मोहोरीया टोल निवासि बर्जचार्य २०२२ सा देखि गायन क्षेत्रमा लाग्नु भएको थियो ।
लोकवि अलिमियाको चौथो स्मृति दिवसको सर्न्दर्भमा आयोजित अलिमिया लोकवाङमय प्रतिष्ठानको साधारण सभा तथा सम्मान समारोहमा सभासद र्सर्ुयबहादुर केसीले सम्मानित ब्यtmिलाई दोसलासहित फुलमालाले सम्मान गर्नु भएको हो ।
केहि समय देखि बिरामीपर्नु भएका सभासद केसी अस्वास्थ्यका बाबजुत पनि मंगलबार कार्यक्रममा पुग्नु ु भएको हो । कार्यक्रममा बोल्दै उहाँले लोकवाङमयको क्षेत्रमा योगदान पुराउने ब्यtmिहरुलाई सम्मान गर्नु नेपाली सस्कृतिको संरक्षण भएको बताउदै प्रतिष्ठानले स्थापना गर्ने लागेको पुस्तकालयको लागि सभासदकोषबाट एक लाख रुपैया दिने घोषणा गर्नु भएको छ । सभासद केसीले यदी सभासद कोषबाट निकासा नभए ब्यtmिगत तवरले पनि उक्त रकम प्रदान गर्ने प्रतिबद्धtm ब्यtm गर्नू भएको छ ।
कार्यक्रममा लोककवि अलिमियको बारेमा चर्चा गर्दै उहाँद्धारा रचित गितसमेत गाउदै कार्यक्रमलाई संगितमय पारिएको थियो । कार्यक्रममा लोककवि अलिमियकी छोरी हसिरा खातुनले झल्को लाग्छ बाबले बोले झै बाबु/आमा/श्रीमान् नहुँदा सिरानी भिज्छ आसुले भन्दै गित गाउँदै भावुक हुनु भएको थियो । कार्यक्रममा गायक तथा सारङगी बादक धनबहादुर गायक, खेमबहादुर गर्न्धर्वले समेत गित गाउदै एक तर्फलोक कवि अलिमियाको चर्चा गर्नूभयो भने अर्कोतर्फदेशको अस्थीर राज्नैतिक घटनाक्रमलाई समेत तिखो प्रहार गर्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष हनिफ मियाको अध्यक्षतामा सम्पन्न भएको समारोहमा सल्लाहकार तारा पाखे, प्राध्यापक यामबहादुर पौडेल, सहसचिब पद्मराज ढकाल, प्रतिष्ठानका उपाध्यक्ष हरिदेवि कोईराला, कवि अम्बिका भटटर्राई गायक खिमबहादुर गर्न्धर्व, धनबहादुर गर्न्धर्व, डा रविलाल अधिकारी, कल्पना विक , कवि कुलबहादुर केसी लगायतले बोल्नु भएको थियो ।
उक्त अवसरमा असफल गौतमद्धारा सम्पादित सङर्घष्ामा कलम राष्ट्रिय साहित्य पत्रिकाको समेत विमोचन गरिएको थियो । उक्त पत्रिकाले अलिमियाको बिशेष अङक प्रकाशित गरेको हो । साथै साधारण सभाले हनिफँ मियाँको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा हरिदेवी काइराला, सचिवमा अम्बिकाप्रसाद भटटर्राई सह सचिवमा पदमराज ढकाल,,कोषाध्यक्षमा फणिन्द्र अकिञ्चन रहेका छन ।समितिको सदस्यहरुमा लोकनाथ खनाल, छन्दमणि त्रिपाठी, छन्दिका त्रिपाठी र्,धर्मराज पौडेल, शेर अलि, पदमराज उदासी रहेका छन ।
•
read more...
एमाले राष्ट्रिय परिषद निर्वाचन, आज बराल र गुरुङ्ग भिड्दै
August 4, 2010
पोखरा, १८ साउन ।
नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्यको लागि कास्की निर्वाचनमा क्षेत्र नं. २ मा बुधबार निर्वाचन हुँदैछ ।
राष्ट्रिय प्रतिनिधि परिषद एमालेको महाविधेशन पछिको शक्तिशाली निकाय हो । परिषदमा प्रत्येक निर्बाचन क्षेत्रबाट निर्बाचित हुने एक एक जना र केन्द्रिय कार्य समितिका सबै सदस्य रहने व्यवस्था एमालेको विधानले गरेको छ ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा दर्ुइ नेता श्रीनाथ बराल र गजकुमारी गुरुङ्ग चुनावी प्रतिस्पर्धामा छन् । बराललाई नेपाल-ओली पक्षधरको र गुरुङ्गलाई खनाल पक्षधरको र्समर्थन रहेको चर्चा एमाले वृत्तमा छ ।
एमालेको राष्ट्रिय महाधिवेशन पछि एमालेमा दर्ुइ धार देखिएको छ । सो धार जिल्ला तहसम्म पुर्याउन केन्द्रिय राजनीतिमा चर्चामा रहने नेताहरु सकृय छन् ।
एमाले कास्कीको निर्बाचनमा ओली नेपाल गठबन्धन पक्षधरले एक छत्र विजय हात पारे पछिको समयमा भैरहेकेा राष्ट्रिय प्रतिनिधि परिषदको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।
यस अघि कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा भएको निर्वाचनमा खनाल पक्षधर नेता रविन्द्र अधिकारी विजयी भएका थिए । राष्ट्रिय परिषद सदस्यका लागि क्षेत्र नम्बर १ मा २१ र क्षेत्र नम्बर ४ मा २३ गते निर्बाचन हुँदैछ । क्षेत्र नम्बर १ बाट पुष्पज्योति ढुङ्गाना, श्याम गुरुङ्ग र विजयबाबु बनवासी निर्बाचन लड्ने चर्चा छ भने क्षेत्र नम्बर ४ मा पुण्य पौडेल र दामोदर बैरागी निर्बाचन लड्दैछन् ।
•
read more...
पोखरामा दिनदहाडै महिला अपहरित
August 3, 2010
मनोज र्घर्तीमगर/समाधान पोखरा, १७ साउन । पोखराको मध्यभाग रामघाटबाट सोमबार दिनदहाडै एक महिलाको अपहरण भएको छ । पोखरा उपमहानगरपालिका- वडा नं. १० रामघाटस्थित आफ्नै घरमा बसेकी अञ्जना गुरुङलाई खैरो कारमा आएका दर्ुइ जनाले अपहरण गरेका छन् । अन्दाजी २२/२३ वषर्ीया गुरुङ आफ्नै घरमा छिमेकी संगीता पुनसँग बसिरहेको बेला कारमा आएका दर्ुइ व्यक्तिले पुनको घाँटीमा खुकुरी राखेर अपहरण गरेका थिए । उनीहरुले संगीतालाई कराएमा ज्यान लिने धम्की दिएपछि उनी चुपचाप लागेकी थिईन् ।
•
read more...
कठै कास्की प्रहरी !
August 3, 2010
घरमै बसेकी अञ्जना गुरुङ अपहरणमा परेपछि तत्काल कास्की प्रहरीलाई खबर आयो । उनको उद्धारका लागि अपहरणको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीका अपराध अनुसन्धान विभागका प्रहरी निरिक्षक रविन्द्र गुरुङ सहित अपराध अनुसन्धानमा खटिएका सादा पोशाकका प्रहरी घटनास्थल पुगे । रविन्द्र घटनास्थल पुगेलगत्तै जिल्ल्ाा प्रहरी कार्यालय कास्कीका डिएसपी प्रेम मल्ल पनि अपहरित गुरुङको घरमा पुगे । उनले अञ्जनाको घरभित्र पसेर सम्पर्ूण्ा विवरण सोध्न थाले । अपराध अनुसन्धानको नेत्तृत्व गरिरहेका प्रहरी निरिक्षक रविन्द्र गुरुङ पनि अपहरित अञ्जनाको खोजीका लागि तदारुकताका साथ खटिरहेका थिए । साथमा उनले आफूभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीको वाकिटकी र फोन रिसिभ गर्दै खोजविनका लागि तारताम्य मिलाए । सादा पोशाकका प्रहरीले अपराधमा संलग्न व्यक्तिहरु खोज्न निजी नम्बर प्लेट भएको सवारी साधन प्रयोग गर्छन् । तर जिल्ला प्रहरी कार्यालय कास्कीका त्यस्तो सवारी साधन उपलब्ध थिएनन् । जसका लागि प्रहरीले गाडी खोज्ने अभियान सुरु गर्यो । कठै कास्की प्रहरीको बाध्यता अपराधी खोज्न आफ्नो स्रोत साधन नभएपछि अर्काको निजी गाडि मागेर सरकारी काम गर्नुपर्ने । केहीबेरसम्म घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरुले कसको गाडी माग्ने । कसले गाडी दिन्छहोला - भन्दै छलफलमा केही समय अलमलिए । 'स्रोत साधन छैन,मागेरै काम चलाउनर्ुपर्छ'प्रहरी निरिक्षक रविन्द्र गुरुङले भने'के गर्ने जसरी तसरी काम चलेकै छ, यस्तै छ हाम्रो हालत ।' अभियुक्त खोज्न आफ्रनै स्रोत र साधनले सम्पन्न नभएको प्रहरीले धन्न अहिलेसम्म विभिन्न अपराधमा संलग्न अभियुक्तलाई समाउन सफल भएको छ । 'प्रहरीको यो हालत छ कसरी काम गर्न सक्छ त सँधै मागी मागी कहाँ अर्काको साधन चलाउन पाईन्छर -'अपहरित अञ्जनाको उद्धारका लागि खटिन तम्तयार भएका एक प्रहरीले भने'प्रहरी सक्षम हुँदा हुँदै पनि स्रोत र साधनको अभावमा प्रहरीले सोचेजती काम गर्न सकेको छैन ।'
•
read more...
रविन्द्रलाई पराजित गर्ने प्रयास बिफल
August 3, 2010
पोखरा, १७ साउन । नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्यको निर्बाचनमा रवीन्द्र अधिकारीलाई हराउने प्रयास असफल भएको छ । अधिकारीले महिला नेतृ सृजना शर्मालाई पराजित गर्दै विजय हात पारेका हुन् ।प्रधानमन्त्री माधवकुमार नेपालको र्सार्बजनिक रुपमै राजीनामा मागेर आलोचित बन्न पुगेका अधिकारीलाई राष्ट्रिय परिषद सदस्यमा निर्बाचन हराएर पाठ सिकाउने भन्दै कास्की एमालेको एक समुह क्रियाशिल बनेको थियो । बहुमत सरकारको नेतृत्व गरेका नेपाललाई हटाउने माग गरेका अधिकारीलाई माओवादीलाई सहयोग पुग्ने अभिव्यक्ती दिएको आरोप समेत लाग्ने गरेको थियो । त्यसैले राष्ट्रिय प्रतिनिधि परिषदको निर्बाचनमा पनि यिनै मुद्दा लिएर कार्यकर्ता समक्ष पुगेका थिए । प्रत्येक निर्बाचन क्षेत्रबाट एक जना प्रतिनिधि छनौट हुने राष्ट्रिय परिषद एमालेको महाधिवेशन पछिको सबै भन्दा शक्तिशाली निकाय हो । सोमबार कास्की निर्बाचन क्षेत्र नम्बर ३ मा भएको निर्बाचनमा अधिकारी र महिला नेतृ सृजना शर्मा भिडेका थिए । गाउ गाउ र विभिन्न कमिटीबाट निर्बाचित भएका ३०९ प्रतिनिधि मतदातमा संलग्न थिए । निर्बाचनमा अधिकारीले एक सय ९२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी शर्माले एक सय १२ मत प्राप्त गरेकी थिईन । निर्बाचन निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिए पनि परिणाम त्यो अनुसार भएन । एमाले कास्कीको जिल्ला अधिवेशनमा अधिकारी पक्षधर नेतृत्व पराजित भए पछि हुन थालेको राष्ट्रिय परिषद निर्बाचनले कास्की एमालेको राजनीतिमा ठुलो महत्व राख्छ । जिल्ला नेतृत्वमा अधिकारीको पक्षको नराम्रो पराजय भएको थियो । एमाले कास्कीमा पनि केन्द्रमा जस्तै तीन समुह छ । खनाल पक्ष, ओली पक्ष र नेपाल पक्षमा एमाले कास्कीका नेताहरु ल्ाागेका छन् । केन्द्रमा जस्तै कास्कीमा पनि ओली पक्ष र नेपाल एक समुहमा छन् भने खनाल पक्ष अर्को समुहमा छन् । अन्य निर्बाचन क्षेत्रमा पनि यी दर्ुइ समुहबीच प्रतिस्पर्धा हुँदैछ । कास्की निर्बाचन क्षेत्र नम्बर १ बाट पुष्पज्योति ढुङ्गाना, श्याम गुरुङ्ग र विजयबाबु बनवासी निर्बाचन लड्ने चर्चा छ । यस क्षेत्रमा २१ गते निर्बाचन हुँदैछ । त्यस्तै क्षेत्र नम्बर २ मा १९ गते निर्बाचन गर्ने कार्यक्रम छ । यो क्षेत्रबाट श्रीनाथ बराल र गजकुमारी गुरुङ्गबीच प्रतिस्पर्धा हुँदै छ भने क्षेत्र नम्बर ४ मा २३ हुने निर्बाचनमा पुण्य पौडेल र दामोदर बैरागी निर्बाचन लड्दैछन् । पौडेल एमाले कास्कीका निवर्तमान सचिव तथा अध्यक्षमा पराजित भएका नेता हुन् ।
•
read more...
दहाल र पौडेल प्रधानमन्त्रीमा तेस्रो पटक पनि पराजित
August 3, 2010
पोखरा, १७ साउन । प्रधानमन्त्री चयनका लागि संसदमा सोमबार तेस्रो पटक भएको मतदानमा पनि दुवै उम्मेदवार पराजित भएका छन् । यस अघि साउन ५ र ७ मा भएको मतदानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दुवै पटक बहुमत जुटाउन असफल भएपछि सोमबार तेस्रो पटक पुनः निर्वाचन भएको हो । सोमबार तेस्रो पटक भएको निर्वाचनमा पनि दहाल र पौडेलले बहुमत पुर्याउन सकेनन् । संसदको कुल उपस्थित सदस्य संख्या ५७१ मध्ये दहालको पक्षमा २५९ विपक्षमा ११४ र तटस्थमा २०८ मत आयो । दाहाललाई माओवादीका उपाध्यक्ष बाबुराम भट्टर्राईले प्रधानमन्त्रीमा निर्वाचित गरिओस् भनी प्रस्ताव पेश गरेका थिए । त्यस्तै अर्का प्रधानमन्त्रीका उम्मेदवार पौडेलको संसदको कुल उपस्थित सदस्य संख्या ५५६ जनामध्ये पक्षमा १२४ विपक्षमा २४६ र तटस्थमा १८६ मत आयो । दुवै उम्मेदवारले बहुमत -३०१) पुर्याउन नसकेपछि सभामुख सुभाषचन्द्र नेम्वाङले दुवै उम्मेदवारको प्रस्ताव अस्विकृत भएको घोषणा गरेका थिए । सोमबारको निर्वाचनमा एमाले,मधेसवादी चार दल,नेकपा माले,संयुक्त लगायतका दलहरु तटस्थ बसेका थिए । दुवै उम्मेदवार पराजित भएपछि अब फेरी अर्को चुनाव हुने भएको छ । कुनै एक उम्मेदवारले बहुमत प्राप्त नगरेसम्म मतदानको प्रक्रिया दोहोरिँदै जाने संसद नियमावलीको व्यवस्था अनुसार सोमबार प्रधानमन्त्रीका लागि तेस्रो चुनाव भएको हो ।
•
read more...
शर्मा जो चाहान्छन, त्यही सभापति
August 2, 2010
पोखरा, १६ साउन । नेपाली कांग्रेस कास्कीको सभापति बन्न आधा दर्जन कस्केली नेताहरुले खुट्टा उचालेका छन् । तर कास्कीमा यस्तो परिस्थिति निर्माण भएको छ कि सभापति बन्न चाहानेहरुले मतदाताको मन जित्नु भन्दा एउटा नेताको आर्शिवाद पाउन मरिहत्ते गर्नु पर्ने भएको छ । यस पटकको गाउ, नगर र क्षेत्रीय अधिवेशन पछि कास्की कांग्रेसको राजनीतिमा पर्ूव सभापति शुक्रराज शर्मा पुन जर्बजस्त स्थापित भएका छन् की उनको चाहाना भन्दा बाहिरको मान्छेले कास्की कांग्रेसको नेतृत्व गर्ने सपना यस पटक पनि देख्दै नदेखे हुने प्राय निश्चित छ ।
•
read more...
पारित नभएको शुल्क लिईरहेका छन् निजी विद्यालयले
June 13, 2010
सन्तोष अधिकारी/समाधान पोखरा, २९ जेठ । जिल्ला शिक्षा कार्यालयबाट पारित भइनसकेको शुल्क कास्की जिल्ला भित्रका निजी विद्यालयले अहिले एकतर्फरुपमा लागू गरेका छन् । शैक्षिक सत्र शुरु भएको दर्ुइ महिना वित्तिसक्दा पनि जिल्ला शिक्षा कार्यालयले निजी विद्यालयले प्रस्ताव गरेको शुल्क ठिक वेठिक के छ भनेर मूल्यांकन गरिएको छैन भने निजी विद्यालयले पनि पारित नै नभएको शुल्क उठाइरहेका छन् । पारित नभएसम्म गतवर्षकै शुल्क लागू गर्ने सहमति भएको जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ । शिक्षा कार्यालय र अभिभावकसँग प्रस्तावित शुल्क पारित नभएसम्म गतवर्षकै लागू गर्ने भनिएपनि पछि समायोजन गर्ने भन्दै निजी विद्यालयले भने आफू खुशी शुल्क उठाइरहेका छन् ।
•
read more...
|