|
तीन सदस्यीय मन्त्रिपरिषद् गठन
May 26, 2009
काठमाडौँ, ११ जेठ । प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ र धारा ४० बमोजिम सोमबार उहाँकै अध्यक्षतामा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन गर्नुभएको छ ।
मन्त्रिपरिषद्मा प्रधानमन्त्री माधवकुमार नेपाल, रक्षा मन्त्री विद्यादेवी भण्डारी र अर्थमन्त्री सुरेन्द्र पाण्डे रहेका छन् । वनियुक्त भण्डारी र सुरेन्द्र पाण्डेलाई मन्त्री पदको पद तथा गोपनीयताको शपथ प्रधानमन्त्री माधव कुमार नेपाल गराउनु भएको थियो । बाँकी अन्य मन्त्रालयका मन्त्रीहरु भने पछि चयन हुनेछन् ।
•
read more...
भारतले धम्की दियो, सरकार छोड्यौ-अनन्त
May 26, 2009
पोखरा, ११ जेठ । एकिकृत नेकपा माओबादीका सचिवालय सदस्य बर्षान पुन अनन्तले प्रधानसेनापति प्रकरणमा भारतले माओवादीलाई धम्क्याएको दावी गरेका छन् ।
प्रधानसेनापति रुक्मागत कटुवाललाई हटाएमा ठुलो दर्ुघटना हुन्छ भन्ने धम्की र चेतावनी भारतले दिएको बताउदै अनन्तले यही कुरा जनतालाई भन्न सरकार छोडेको बताए । क्रान्तिकारी पत्रकार संघले तमुवान राज्य समितिले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय धम्कीका कारण माओवादी सत्ताबाट बाहिरिएको बताए ।
•
read more...
ग्ाणतन्त्र दिवस मनाउन समिति गठन
May 26, 2009
पोखरा, ११ जेठ । यस वर्षो गणतन्त्र दिवस मनाउन स्थानीय विकास अधिकारी नरहरि बरालको संयोजकत्वमा गणतन्त्र दिवस समारोह जिल्ला समिति कास्की गठन भएको छ । जिल्ला विकास समिति कास्कीको सभाहलमा सोमबार भेला भएका कास्कीस्थित राजनीतिक दलका प्रतिनिधि,सरकारी कार्यालयका प्रमुखहरु,नागरिक समाज, संचारकर्मी, गैरसरकारी संघ संस्थाका प्रतिनिधि,पोखरा उपमहानगर पालिका, लेखनाथ नगर पालिका, पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतका प्रतिनिधीहरुले यस्तो समिति गठन गरेका हुन् ।
•
read more...
सभासद केसीद्वारा एक करोड एक लाख रुपैया दान
May 26, 2009
पोखरा, ११ जेठ । वरिष्ठ उद्योगपति तथा सभासद र्सर्ूयबहादुर केसीले एक महायज्ञमा एक करोड एक लाख रुपैया दान गरेका छन् । यो दान नेपालमा दिईएका दानहरु मध्ये सम्भवत सबै भन्दा धेरै रकम हो ।
कम्तिमा १० करोड रुपैया संकलन गर्ने उद्देश्यका साथ क्षेत्री समाज नेपालले सोमबारबाट पोखरामा सुरु गरेको श्रीमद्भागवत् राष्ट्रिय बिराट ज्ञानमहायज्ञको उद्घाटन गर्दै सभासद केसीले सो रकम दान गरेका हुन् ।
•
read more...
बैंक अफ एशियाको १६ औं शाखा पोखरामा
May 26, 2009
पोखरा, ११ जेठ । करिब २ वर्षअघि स्थापित बैंक अफ एशिया नेपाल लिमिटेडले पर्यटकीय शहर पोखरामा कारोबार शुरु गरेको छ । सो बैंकका सञ्चालक समितिका अध्यक्ष त्रिलोकचन्द अग्रवालले सोमबार एक पाखेरामा शाखा कार्यालयको उद्घाटन गर्नुभयो । १६ औं शाखाका रुपमा पोखरामा कारोबार शुरु गरेको यस बैंकको कार्यालय पोखराको न्यूरोडमा छ ।
०६४ साल असौजबाट सञ्चालित यो बैंकले हालसम्म ७ अर्ब ६० करोड रुपैया निक्षेप संकलन गरी ६ अर्ब ८७ करोड रुपैया कर्जा लगानी गरेकोछ । शाखा बिस्तार पछि महाप्रवन्धक दिपक राजभण्डारीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा "संगै प्रगति गरौं" भन्ने नाराका साथ अघि बढेको बैंक अफ एशिया नेपाल लिमिटेडले अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको दावी गरिएको छ ।
•
read more...
पर्ूव गोर्खाहरु भन्छन्- 'हामीलाई उता बस्ने रहर छैन'
May 26, 2009
सन्तोष अधिकारी/समाधान पोखरा, ११ जेठ । 'कहिलेकाँही दुःख लाग्छ आवासीय भिषा पाएपछि सबै पर्ूवगोर्खा अब देश छोडेर उतै बस्छन् भनेको सुन्दा' ६८ वषर्ीय भूतपर्ूव ब्रिटिश सेनाका प्रेमबहादुर शाहीको भनाइ हो यो ।
भूतपर्ूव ब्रिटिश सेनाहरुले संर्घष्ाबाट बेलायती सरह अधिकार पाएकोमा त खुशी छन् नै उतै गएर बाँकी जीवन काट्ने सोचमा भने छैनन् । ब्रिटिशको निम्ति रगत र पसिना बगाएका भूपूहरुले लामो संर्घष्ा र आन्दोलन पछि बेलायती सरह अधिकार पाउने भएका छन् ।
•
read more...
सोसियल पब्लिकको बिजयी सुरुवात
May 26, 2009
पोखरा, ११ जेठ । पोखरा रङगशालामा संचालन भईरहेको अन्तर बिद्यालय स्तरीय कोकाकोला कप राष्ट्रिय फुटबल छनौट प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा गत बर्षो बिजेता सोसियल पब्लिकले बिजयी सूरुवात गरेको छ ।
सोसियलले ताराकुञ्ज बोर्डिङ स्कुललाई एक तर्फी शुन्यको बिरुद्ध ९ गोलको भारी अन्तरले पराजीत गदै बिजयी सुरुवात गरेको हो । सोसियलको जितमा अमृत तामाङले ४ गोल, अमित गूरुङले २ गोल र नरेस सेरचन, राज कुमार परियार, भुपाल सिङ गूरुङले एक/एक गोल गरेका थिए ।
•
read more...
राष्ट्रपति रनिङशिल्ड कप सञ्चालन गर्न विभिन्न समिति
May 26, 2009
पोखरा, ११ जेठ । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही जेठ २५ देखि ३१ गतेसम्म पोखरामा सञ्चालन हुन गइरहेको प्रथम राष्ट्रपति रनिङशिल्ड कपको लागि समितिका अध्यक्ष दिलबहादुर गुरुङको संयोजकत्वमा ५०१ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ ।
सोमबार पोखरा रंगशालामा बसेको बैठकले ११ सदस्यीय सल्लाहकार तथा १५ सदस्यीय कार्यकारिणी समितिपनि गठन गरेको छ ।
•
read more...
नमुना घलेगाउँमा पहिलोपटक विजुली
May 26, 2009
लमजुङ, ११ जेठ । र्सार्क राष्टूकै नमुना गाउँ भनेर चिनिने लमजुङको पर्यटकीय गाउँ घलेगाउँमा पहिलोपटक विजुली बलेको छ । र्
पर्यटन ब्यवस्थापन उपसमिति-ग्रामीण पर्यटन घलेगाउँ, घलेगाउँ संयुक्त आमा समूह, कन्याज्योति युवा क्लब, घलेगाउँ बाबा समूह र जिल्ला विकास समिति लमजुङको सहयोगमा घलेगाउँका एकसय १५ घरधुरीमा विजुली बालिएको हो ।
•
read more...
वेपत्ता सम्बन्धी फोटो पर््रदनी गरिने
May 26, 2009
पोखरा, ११ जेठ । रेडक्रसको अन्तर्रर्ााट्रय समिति -आइसी आरसी) तथा नेपाल रेडक्रस सोसाइटी कास्कीले नेपालमा वेपत्ता भएका व्यक्तिहरु सम्बन्धी फोटो पर््रदशनी गर्ने भएका छन् । वेपत्ता भएका व्यक्तिहरुको पारिवारीक अवस्था चिन्तित गर्न उद्देश्यले जेठ १२ र १३ गते स्थानीय चिप्लेढुंगामा सो पर््रदर्शनी गर्न लागिएको हो ।
पर््रदशनीमा वेपत्ता भएका धादिङको जोगिमाराका १७ जनाका परिवारले भोगेका अवस्था झल्कने ३३ वटा फोटाहरु राखिने आइसी आरसी पोखराका टीम लिडर बिनोद कोइरालाले जानकारी दिनुभयो ।
•
read more...
विद्युत चोरी रोक्न सहयोग समिति गठन
May 26, 2009
पोखरा, ११ जेठ । विद्युत चोरी तथा दुरुपयोग रोक्न सोमबार विद्युत चेारी नियन्त्रण सहयोग समिति गठन भएको छ । राष्ट्रिय विद्युत संकट नियन्त्रण कार्ययोजना २०६५ बमोजिम कास्कीका प्रमुख जिल्ला अधिकारी माधव ओझाको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो । समितिको सोमबार बसेको बैठकले कास्कीमा विद्युत चोरी तथा चुहावट हुन क्षेत्रको पहिचान गरी नियन्त्रणको लागि प्रयास गर्ने निर्ण्र्ाागरेको छ ।
•
read more...
नेपाल नयाँ प्रधानमन्त्री
May 24, 2009
पोखरा, ९ जेठ । मुलुकको जिम्मेबार पदहरुमा राजनैतिक व्यक्तित्वको चर्चा चल्दा हरेक पटक जसो अग्रपङ्तीमा रहदै आएका एमाले नेता माधवकुमार नेपाल बल्ल कार्यकारी प्रमुख हुन सफल हुनु भएको छ । यस अघि धेरै पटक प्रधानमन्त्री र पछिल्लो पटक राष्ट्रपतिका रुपमा चर्चित भएर पनि उहाँ असफल हुनु भएको थियो ।
•
read more...
उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन कोइरालाको सुझाव
May 24, 2009
काठमाडौँ, ९ जेठ । नेपाली काङ्ग्रेसका सभापति एवम् पर्ूवप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य र एकताको विकल्प नभएकाले यसैबाट शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्žयाउन सकिने बताउनुभएको छ ।
•
read more...
क्षेत्री समाजको ज्ञानमहायज्ञ
May 22, 2009
पोखरा, ७ जेठ । क्षेत्री समाज नेपालले जेठ ११ देखि १९ सम्म पोखरामा श्रीमद्भागवत राष्ट्रिय विराट ज्ञानमहायज्ञ गर्ने भएको छ । महायज्ञ सम्पन्न गर्न १५ वटा उपसमिति र पाँहजार एक सदस्सीय मूल समिति गठन गरिएको छ । पोखरा उपमहाननगरपालिका, गाविस र वार्डहरुमा सहयोग समिति समेत गठन गरिएको छ । ९ दिनसम्म संचालन हुने महायज्ञमा युवा पण्डित भागवत भाष्करनयन गौतम प्रमुख वाचक रहनुहुनेछ ।
•
read more...
वगाल्थोक, पञ्चकोषी कृषि सडक निर्माण कार्य सम्पन्न
May 22, 2009
पोखरा, ७ जेठ । पर्वत जिल्लाको आर्थर गाविस वडा नं. ९ नाउ"खाल्टा देखि सोही गाविस वडा नं. ८ वगाल्थोक सम्मको डेढ किलोमिटर लामो वगाल्थोक, पञ्चकोषी मावि कृषि सडकको निर्माण कार्य विहीवार सम्पन्न भएको छ । स्थानीय आमा समुहको एक लाख रुपैया र जिल्ला विकास समिति पर्वतको दर्ुइ लाख ५० हजार रुपैया गरी कुल तीन लाख ५० हजार रुपैयाको लागतमा निर्माणकार्य सम्पन्न भएको हो ।
उक्त सडक निर्माणपछि गाविसका सवै वार्डहरुमा मोटरवाटोको सुविधा पुगेको छ । वाटो निर्मापछि गाउँको विकासमा टेवा पुग्ने निर्माण समितिका अध्यक्ष कुलप्रसाद उपाध्यायले वताउनुभयो ।
•
read more...
|