»

  News - समाचार

'तँलाई देखाई दिन्छु भनेका थिए...'
May 29, 2009

- विश्वप्रकाश लामिछाने ः म पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा नियुक्त भए पछिको पहिलो काम नै व्यक्तीले खान खोजेको न्यूरोड स्थित नगर विकास समितिको जग्गाको स्वामित्व लिने प्रयास गर्यौं । त्यसैले पहिलो बोर्ड बैठकबाटै हामीले यो जग्गाका बारेमा चासो देखायौं । बोर्डमा मेरै नेतृत्वमा माओवादी सहित कांग्रेसका केशर निर्दोषी, एमालेका मदनकाजि श्रेष्ठ लगायत हुनुहुन्थ्यो । र्सबदलीय पहिलो बैठकले पोखरा न्यूरोडा स्थित कित्ता नम्बर १६६८ को जग्गामा नगर विकास समितिको प्राविधिक शाखा कार्यालय राख्ने निर्ण्र्ाागर्यो । त्यो शाखा निर्माणका लागि तत्कालै दर्ुइ लाख ५० हजार रुपैया बजेट समेत विनियोजन गरेका थियौं भने कार्यालयको र्साईन बोर्ड समेत तयार भैसकेको थियो 

read more...


आज प्रथम गणतन्त्र दिवस के भयो त परिवर्तन ?
May 29, 2009

पोखरा, १४ जेठ । लामो इतिहास बोेकेको राजसंस्थाको समूल अन्त्य भएर नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको एक वर्षपुगेको छ ।  वि.सं. २०६२/०६३ को जनआन्दोलनको भावना अनुरुप सम्पन्न संीवधानसभा चुनावसंगै गत वर्षआजकै दिनबाट राजतन्त्र पनि नेपालमा रहेन । अन्ततः गणतन्त्रको एक वर्षा देशमा राजनीतिक रुपमा धेरै नै उथलपुथल आयो 

काँग्रेस सभापति गिरिजाप्रसादको नेतृत्वको सरकार गत भदौमा परिवर्तन भयो र माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भयो । नौ महिनाको अन्तरालमा प्रचण्ड नेतृत्वको सरकारमा पनि अल्पमतमा पर्žयो र संविधानसभाको तेस्रो ठूलो दल एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार गठन भयो । त्यसो त नेपालले गणतन्त्र आएको प्रथम एक वर्षै तीन वटा प्रधानमन्त्री पायो, संगै नयाँ नयाँ मन्त्रीहरु पनि 

read more...


महायज्ञमा २ करोड ९० लाख संकलन
May 29, 2009

पोखरा, १४ जेठ । क्षेत्री समाज नेपालले विभिन्न सामाजिक सेवा गर्नका लागि रकम जुटाउन पोखराको पर््रदशनी केन्द्रमा आयोजना गरेको विराट महायज्ञमा आज चौथो दिन सम्म २ करोड ९० लाख संकलन भएको छ 

महायज्ञमा आज विहीबार मात्र ४० लाख संकलन भएको क्षेत्री समाजका महासचिव कुमार खड्काले जानकारी दिनुभयो । यस अघिका तीन दिनमा २ करोड ५० लाख संकलन भईसकेको थियो । क्षेत्री समाजका महासचिव खड्काका अनुसार विहीबार सबैभन्दा बढी दान गर्नेमार् इन्जिनियर रामचन्द्र भण्डारीले ५ लाख १ हजार १ सय ११ र नेत्रबहादुर लामिछानेले ५ लाख १ हजार १ सय ११ दान गरेका छन् 

लोककल्याणकारी बहुउदेश्यीय भवनहरु, संग्राहलय, पुस्तकालय, छात्रवृत्ति अक्षयकोष, उपचारकोष स्थापना र स्मृतिकक्ष निर्माण गर्ने लक्ष्य क्षेत्री समाज नेपालले लिएको छ 

जेठ १९ सम्म चल्ने विराट ज्ञानमहायज्ञमा युवा पण्डित भागवत भाष्कर कमलनयन गौतमले प्रबचन दिईरहनु भएको छ । समाजले महायज्ञबाट १० करोड रकम संकलन गर्ने लक्ष्य राखेको छ 

read more...


मृगौला रोगीलाई सहयोग जुटाउन फिल्म पर््रदशन गरिने
May 29, 2009

पोखरा, १४ जेठ । मृगौलारोगबाट पिडीतर् इमान गुरुङको उपचारमा सहयोग पुर्žयाउन रकम संकलन गर्ने उदेश्यले जेठ २३ गते पोखराको बाराहि चलचित्र मन्दिरमा गुरुङ भाषाको चलचित्र 'तीनगा' पर््रदशन गरिने भएको छ 

स्याङ्जा विरुवा अर्चले घर भएकार् इमान विगत ४ महिनादेखि मृगौलारोगबाट पिडीत हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएका गुरुङ उपचारको अभावमा हाल पोखाराको नयाँ गाउ बस्दै आउनु भएको छ 

read more...


निर्धारित समयमै संविधान निर्माण -प्रधानमन्त्री
May 27, 2009

काठमाडौँ, १२ जेठ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका दोस्रो प्रधानमन्त्री माधवकुमार नेपालले युगले दिएको जिम्मेवारी पूरा गर्दै निर्धारित समयमा संविधान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सञ्चार माध्यमबाट मंगलबार अपरान्ह ४ बजे राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले राष्ट्रिय सहमति आफ्नो सरकारको पहिलो प्राथमिकता हुने बताउनुभयो 

आफ्नो १८ मिनेट लामो सम्बोधनमा उहाँले आफूलाई प्रधानमन्त्री पदको जिम्मेवारी सुम्पिएर विश्वास गरेकोमा सबै राजनीतिक दलप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सम्बोधनको क्रममा सरकारले जनतालाई तत्काल अनुभूत हुने गरी राहतको कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि प्रकट गर्नुभयो 

read more...


पराजुलीहरुबीच जग्गा विवाद सर्वोच्चद्वारा गोपालभुषणको पक्षमा फैसला
May 27, 2009

पोखरा, १२ जेठ । पोखरा-१ पुरानो टुँडिखेलमा रहेको र्सार्वजनिक जग्गाको विवाद झन् चर्किएको छ । पोखरा १ बगर निबासी गोपाल भुषण पराजुली एकपक्ष र उनका अन्य १९ जना भाई खलकहरु एकपक्ष भएपछि जग्गाको विवाद चर्किएका हो ।  गोपालभुषले सर्वोच्च अदालतबाट अन्तिम फैसला हुँदा पनि मालपोत कार्यालय कास्कीले जग्गा धनी लालपर्ुजा नदिएको गुनासो गर्नुभएको छ भने मालपोत कार्यालय कास्कीले लालपर्ुजामा उक्त जग्गा धनिको नाम र्साईनिङस्टार हस्पीटल भएकोले व्यक्तिको नाममा लालपर्ुजा दिन मानेको छैन 

read more...


बेपत्ता परिवार सम्बन्धी फोटो पर््रदशनी
May 27, 2009

पोखरा, १२ जेठ । द्वन्द्वको समयमा बेपत्ता भएका व्यक्ति तथा तीनका परिवारले अहिले भोगिरहेको अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले मंगलबारदेखि पोखरामा फोटो पर््रदशनी सुरु भएको छ  पोखराको चिप्लेढुंगामा भईरहेको फोटो पर््रदर्शनीमा बेपत्ताको बारेमा जानकारी दिने पुस्तक, पर्चा लयागत अन्य सामग्री पनि राखिएको आईसिआरसीका पोखरा फिल्ड अफिसर युवराज अधिकारीले जानकारी दिए 

read more...


लेखनाथमा चितुवाको त्रास
May 27, 2009

छवि मगर लेखनाथ, १२ जेठ । जिल्ला वन कार्यालय कास्कीले बाघ वर्गमा पर्ने चितुवाका डमरुलाई उचित व्यवस्थापन नगरिदिँदा लेखानाथ नगरपालिका वडा नं. १२ ठूलाढुङ्गावासी त्रसित बनेका छन् 

लेखनाथ नगरपालिकाको ठूलाढुङ्गास्थित पद्मा पौडेलको परालको टौवामा चितुवाका चारवटा डमरु भेटिएपछि स्थानीयवासी त्रसित बनेका हुन् । सधैजसो मंगलबार आफ्नो गोठमा मल फाल्न गएकी पद्माले चितुवा देखेपछि बाघ भन्दै स्थानीय गाउँलेलाई खबर गरेकी थिईन् 

read more...


महायज्ञको दोस्रो दिन २ करोड ३५ लाख रुपैया संकलन
May 27, 2009

पोखरा, १२ जेठ । क्षेत्री समाज नेपालले सोमबारदेखि पोखरामा सुरु गरेको महायज्ञमा मंगलारसम्म करीब २ करोड ३५ लाख रुपैया संकलन भएको छ 

मंगलबार मात्र ३५ लाख भन्दा बढी रुपैया संकलन भएको महायज्ञका व्यवस्थापन समितिका महासचिव कृष्णकुमार खड्काले जानकारी दिनुुभयो । लोककल्याणकारी बहुद्देश्यीय भवनहरु, संग्राहलय, पुस्तकालय, छात्रवृत्ति अक्षयकोष, उपचारकोष स्थापना र स्मृतिकक्ष निर्माण लगायतका सामाजिक  कार्य गर्ने उद्देश्यले आयोजित महायज्ञ जेठ १९ गतेसम्म चल्नेछ । यसअघि सोमबार उद्घाटनका दिन सभासद र्सर्ूयबहादुर के.सी.ले एक करोड १ लाखको चेक हस्तान्तरण गर्नु भएको थियो 

read more...


तल्लजको ताल सफा गर्ने रोवट
May 27, 2009

पोखरा, १२ जेठ । रत्नज्योति इङलिस बोर्डिङ स्कूलमा अध्ययनरत १५ वषर्ीय तल्लज बरालले ताल तलैयामा तैरने फोहर तथा जलकुम्भी झार हटाउने रारा जलारी रोवोट बनाएका छन् 

१५ वषर्ीय बरालले २० दिनको अवधिमा बनाएको सो रोवोट पाँचौं रोवोट हो । यसअघि उनले जमिनमा फूटबल खेल्ने, मानवअधिकार हनन् नगरी भीड नियन्त्रण गर्ने र उद्धार गर्ने र पानीमाथि फूटबल खेल्ने रोबोट बनाएका थिए । तल्लजले नेपाल सरकार विज्ञान तथा वातावरण मन्त्रालयबाट तिर्नेगरी लिएको २५ हजार रकमले सो रोवोट बनाएका हुन् 

रारा तालमा पात पतिङ्गर खसेपछि त्यहाँका चरा चुरुङ्गीले आफै भएर सफा गर्दछन् भन्ने किम्वदन्तीबाट प्रभावित भएर तालतलैया सफा गर्न रोवोट बनाएको तल्लगले बताए 

यस्तै थुप्रै रोवोट बनाएर सम्पर्ूण्ा ताल तलैयालाई रारा ताल जस्तै कञ्चन बनाउने उनको धोको छ 

read more...


सरकार विस्तार एक साताभित्र -खनाल
May 27, 2009

लमजुङ, १२ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मन्त्रीमण्डलले एकसाताभित्र पर्ूण्ाता पाउने वताउनुभएको छ 

प्रेस चौतारी नेपाल लमजुङ शाखाले सदरमुकाम वेसीशहरमा मंगलवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै एमाले-कांग्रेसलाई ५-६, मधेशी जनअधिकार फोरम ४, तमलोपा ३ र बाँकी मन्त्रालय अन्य साना दललाई दिएर मन्त्रीमण्डल विस्तार गरिने वताउनुभयो 

read more...


मोदीखोला जलविद्युत केन्द्रको डिर्साईण्डीङ्ग वेशीन पर्खाल भत्कने खतरा
May 27, 2009

पर्वत, १२ जेठ ।र kर्वत जिल्लाको वाजुङ गाविसस्थित वेतीनीमा रहेको मोदीखोला जलविद्युत केन्द्रबाट १४.८ मेघावाट क्षमता विद्युत उत्पादन हुने तालमा लगाईएको डिर्साईण्डीङ्ग वेशिनको पर्खाल -बालुवा छानेर फ्याक्ने ठाउँंं) जर्ीण्ा वन्दै गएपछि विद्युत उत्पादन नै बन्द हुने खतरा बढ्दै गएको छ 

डिर्साईण्डीङ्ग वेशिन पर्खालका धेरैजसो भाग चर्कीएको अवस्थामा पुगेको र ठाउँ ठाउँमा भत्कन थालेको भत्कीने क्रम बढ्दै गएपछि कुनैपनि बेला डिर्साईण्डीङ्ग वेशीन वालमै पानी थुनीने र विद्युत र्टवाईन समेत वन्द हुने अवस्था सिर्जना हुनसक्ने केन्द्रले जनाएको छ 

read more...


कोकाकोला राष्ट्रीय बिद्यालयस्तरीय छनौट फुटबल प्रतियोगिता जारी, ६ खेल सम्पन्न
May 27, 2009

पोखरा, १२ जेठ । पोखरा रङगशालामा जारी अन्तरबिद्यालय स्तरीय कोकाकोला कप राष्ट्रिय फुटबलको छनौट पं्रतियोगिता अर्न्तगत मंगलबार भएको खेलमा बिष्णुपादूका, बालमन्दीर, भद्रकालि, जनप्रिय, वालोदय बोर्डिङ स्कुल र वालविद्या मन्दिर स्कुल बिजयी हुदै दोश्रो चरणमा प्रबेश गरेका छन् । मंगलबार भएको पहिलो खेलमा विकास नेपालीको निर्ण्र्ााक एक गोलको मदतले हेमजाको बिष्णु पादुका माबिले माउण्ट एभरेष्ट माथी शुन्यका बिरुद्ध एक गोलले जित दर्ता गर्न सफल भएको हो 

read more...


शान्ति प्रक्रियालाई निष्कर्षा पुर्žयाउनु र नयाँ संविधान निर्माण गर्नु सरकारको प्रमुख दायित्व-प्रधानमन्त्री
May 26, 2009

काठमाडौँ, ११ जेठ ।  प्रधानमन्त्री माधवकुमार नेपालले शान्ति प्रक्रियालाई सकारात्मक निष्कर्षा पुर्žयाउनु र नयाँ संविधान निर्माण गर्नु नवगठित सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो पदबहाली गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यी दर्ुइ वटा कार्य वर्तमान सरकार, सम्पर्ूण्ा नेपाली जनता र नेपाल राष्ट्रको प्रमुख कार्यभारका रूपमा रहेका छन् भन्नुभयो ।

read more...


प्रधानमन्त्री नेपालद्वारा सपथ ग्रहण
May 26, 2009

काठमाडौं, ११ जेठ । राष्ट्रपति डा.रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्रीको रूपमा प्रधानमन्त्री माधवकुमार नेेपाललाई सोमबार बिहान राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

नेकपा -एमाले)का वरिष्ठ नेता नेपाल नेपाली काङ्ग्रेस, नेकपा -एमाले), मधेसी जनाधिकार फोरम, तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीीायतका विभिन्न २२ वटा राजनीतिक दलको र्समर्थनमा गत शनिबार गणतान्त्रिक नेपालको दोस्रो प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको थियो ।

दौरा सुरुवाल लगाएर बिहान पौने एघार बजे राष्ट्रपति कार्यालय छिर्नुभएका प्रधानमन्त्री नेपाललर्ेर् इश्वरका नाममा भने शपथ लिनुभएन । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखलगायत विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो ।

read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 - Next Page »

»

  Headlines - मुख्य समाचार

'तँलाई देखाई दिन्छु भनेका थिए...'

आज प्रथम गणतन्त्र दिवस के भयो त परिवर्तन ?

महायज्ञमा २ करोड ९० लाख संकलन

मृगौला रोगीलाई सहयोग जुटाउन फिल्म पर््रदशन गरिने

निर्धारित समयमै संविधान निर्माण -प्रधानमन्त्री

पराजुलीहरुबीच जग्गा विवाद सर्वोच्चद्वारा गोपालभुषणको पक्षमा फैसला

बेपत्ता परिवार सम्बन्धी फोटो पर््रदशनी

लेखनाथमा चितुवाको त्रास

महायज्ञको दोस्रो दिन २ करोड ३५ लाख रुपैया संकलन

तल्लजको ताल सफा गर्ने रोवट

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np