|
कोकाकोला कप छनौट पं्रतियोगितामा ५ विद्यालय बिजयी
June 1, 2009
पोखरा, १७ जेठ । अन्तरबिद्यालय छनौट प्रतियोगितामा पहिलो पटक पोखरामा सहभागि जनाएको बाग्लुङको अमृत आर्दश उच्च माबि प्रतियोगिताबाट बाहिरिएको छ ।
आईतबार भएको खेलमा फिस्टेल एकेडेमिले अमृत आर्दशलाई टर््राईब्रेकरमा ३ को बिरुद्ध ४ गोल अन्तरले पराजीत गर्दै प्रि-क्वाटरफाईनलमा यात्रा तय गरेको हो । अमृत आर्दशको तर्फबाट टर््राईब्रेकरमा जितेन्द्र कार्की र सुमन जिसिले गोल गर्न नसक्दा फिस्टेललाई सहज जित दर्ता गरेको हो ।
•
read more...
प्रहरीलाई दर्ुर्व्यवाहार गर्ने कारवाहीमा
June 1, 2009
पर्वत, १७ जेठ । ड्युटिमा वसीरहेको प्रहरीलाई दर्ुर्व्यवाहार गर्ने एक ट्याक्टर चालकलाई शनिवार प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको छ । ग्ा १त ७६९ नं.को ट्याक्टरका चालक पर्वत दर्ुर्लुङ्ग- ४ का २९ वषिर्य गोविन्द शर्मालाई ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा हातपात गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । अत्याधिक मादक पदार्थ सेवन गरेर ट्याक्टर चलाएकोले निजलाई ट्याक्टर सहित नियन्त्रणमा लिई र्सार्वजनिक अपराध ऐन २०२७ अनुसार मुद्धा दर्ता गरी कारवाही प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।
•
read more...
सङ्कल्प प्रस्ताव अस्वीकृत
May 31, 2009
काठमाडाँै, १६ जेठ । व्यवस्थापिका-संसदका सभामुख सुवास नेम्बाङले एकीकृत नेकपा -माओवादी) का तर्फाट दर्ता गरिएको सङ्कल्प प्रस्ताव छलफलका लागि संसदमा प्रवेश गराउन अस्वीकार गर्नुभएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीबाहेकका दलहरुले सो प्रस्ताव संसदमा प्रवेश गर्राई छलफल गर्न नमिल्ने निष्कर्षदिएपछि सभामुखले थप छलफलका लागि अस्वीकार गर्नुभएको हो ।
एकीकृत नेकपा -माओवादी) ले प्रधानसेनापति प्रकरणमा राष्ट्रपति डा. रामवरण यादवले दिएको निर्देशन कानुनसम्मत नभएको जनाउँदै सो कदमको विरोधमा संसदमा सङ्कल्प प्रस्ताव दर्ता गर्राई त्यसका आधारमा निर्ण्र्ााा पुग्न दलहरुलाई दबाब दिँदै आएको थियो
•
read more...
दलको सहमति बिना संविधान बन्दैन -अधिकारी
May 31, 2009
पोखरा, १६ जेठ । नेकपा एमालेका बैकल्पिक पोलिटब्यूरो सदस्य खगराज अधिकारीले प्रमुख राजनैतिक दलको एकता बिना नयाँ संविधान बन्न नसक्ने बताउनु भएको छ । नेपाल बुद्धिजीवी परिषद् कास्कीको नवौ जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्दै अधिकारीले माओवादी, एमाले र कांग्रेस नमिलेसम्म संविधान बन्न नसक्ने धारणा राख्नुभयो । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्žयाउनका लागि दलहरु मिल्नर्ैपर्दछ, उहाँले भन्नुभयो, 'जतिसुकै असमझदारी बेमेल भए पनि दलहरु मिल्नु बाहेकको अर्को बिकल्प छैन ।
•
read more...
दोषीलाई जिम्मेवार बनाउन सकिएन
May 31, 2009
पोखरा, १६ जेठ । मानवअधिकारको उल्लंघन गर्नेलाई जिम्मेवार बनाउन नसकिएको अधिकार्रर्मीहरुले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग केन्द्रीय कार्यलायमा सरुवा भई जान लाग्नुभएका पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका निमित्त निर्देशक अच्यूत आचार्यको विदाई समारोहमा उनीहरुले उक्त कुरा बताएका हुन् । एडभोकेसी फोरमका संयोजक रामप्रसाद घिमिरेले मानवअधिकारको उल्लंघन गर्ने दोषीलाई जिम्मेवार बनाउन नसकिएको बताउनुभयो । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले आयोजना गरेको कार्यक्रममा संयोजक घिमिरेले मानवअधिकारको उल्लंघन गर्नेलाई कारवाहीको लागि गरिएको सिफारिस कार्यन्वयन नभएको बताउनुभयो ।
•
read more...
महायज्ञमा दानवीरको ओइरो
May 31, 2009
पोखरा, १६ जेठ । क्षत्री समाज नेपालद्वारा निर्माण तथा सुरु गरिन लागिएको बहुउद्देश्यीय समाज घरहरु, संग्रहालय, शहीद स्मारक, शिक्षा छात्रबृत्ति एवं स्वास्थ्य उपचार सहयोगको आर्थिक संकलन गर्ने उद्देश्यका साथ आयोजित श्रीमद्भागवत राष्ट्रिय विराट ज्ञान महायज्ञको पाँचौ दिनसम्म चार करोड साठीलाख संकलन भएको छ । पाँचौं दिनमात्र एक करोड बीसलाख संकलन भएको कोषाध्यक्ष केशबहादुर के.सी.ले बताउनुभयो ।
•
read more...
जिफ्न्टको ६ सदस्यीय कमिटी
May 31, 2009
पोखरा, १६ जेठ । जिफ्न्टको गण्डकी धौलागिरी अञ्चल कमिटीको पोखरामा भएको अञ्चल भेलाले ६ सदस्सीय कमिटीको बनाएको छ ।
कमिटीको अध्यक्षमा यूवराज पौडेल रहनु भएको छ । पौडेल जिफ्न्टको पाँचौ महाधिवेशनबाट अञ्चल कमिटीमा निर्वाचिन हनु भएको हो भने सदस्यमा विष्णु केसी, पर्ूण्ाबहादुर क्षेत्री, बलराम पौडेल, विजया सुवेदी र मिरा पोखरेललाई भेलाले चयन गरेको जिफ्न्ट कास्कीका अध्यक्ष रुद्र खत्रीले जानकारी दिनुभयो ।
खत्रीका अनुसार बाँकी ३ सदस्य पछि चयन गरिने छ । यसअघि भेलाको उद्घाटन जिफ्न्टका केन्द्रिय उपाध्यक्ष चुडाामणि जंगलीले गर्नु भएको थियो ।
•
read more...
विश्वकर्माको 'आरन' संचालन पेशा लोप हुँदै
May 31, 2009
लमजुङ, १६ जेठ । कृषि औजारको निर्माण तथा मर्मतकार्यमा महत्वपर्ूण्ा मानिएको आरन संचालन पेशा लमजुङमा लोप हुँदै गएको छ । परम्परादेखि विश्वकर्मा जातिले संचालन गर्दै आएको आरन संचालन गर्ने पेशा पछिल्लोपटक युवा पुस्ताले छाडेपछि आरन पेशा संकटमा परेको छ ।
विगतमा प्रत्येक वडामा विश्वकर्मा जातिले आरन संचालन गरेपनि अहिले अधिकांश आरन बन्द गरेर उनीहरु अन्यत्र पेशामा लागेका छन् । धेरै दुःख गर्नुपर्ने र दुःख गरे अनुसारको परिश्रम नपाईने भएकाले विश्वकर्मा जातिका युवाहरु यो पेशा अंगाल्न छाडेको उनीहरुको भनाई छ ।
•
read more...
'र्सार्वजनिक जग्गा कब्जा गर्न शक्तिशाली गिरोह सकृय'
May 29, 2009
पोखरा, १४ जेठ । पोखरा उपत्यका नगर विकास समितिका निवर्तमान अध्यक्ष विश्वप्रकाश लामिछानेले पोखराका र्सार्बजनिक जग्गा कब्जा गर्न शक्तिशाली गिरोह सकृय रहेको दावी गर्नु भएको छ ।
उहाँले पोखरा न्यूरोड स्थित नगर विकास समितिको जग्गा पनि जग्गा माफिया कै प्रभाव र चलखेलबाट व्यक्तीको हातमा जान थालेको बताउनु भयो । यसका अतिरिक्त अमरसिंह चोक स्थित अमर उच्च माविको जग्गा र पोखराको टुडिखेलको र्साईनिङ्ग स्टार हस्पिटलको जग्गा माथि पनि माफियाहरुले आँखा गाडेको ठोकुवा गर्नुभयो
•
read more...
'तँलाई देखाई दिन्छु भनेका थिए...'
May 29, 2009
- विश्वप्रकाश लामिछाने ः म पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा नियुक्त भए पछिको पहिलो काम नै व्यक्तीले खान खोजेको न्यूरोड स्थित नगर विकास समितिको जग्गाको स्वामित्व लिने प्रयास गर्यौं । त्यसैले पहिलो बोर्ड बैठकबाटै हामीले यो जग्गाका बारेमा चासो देखायौं । बोर्डमा मेरै नेतृत्वमा माओवादी सहित कांग्रेसका केशर निर्दोषी, एमालेका मदनकाजि श्रेष्ठ लगायत हुनुहुन्थ्यो । र्सबदलीय पहिलो बैठकले पोखरा न्यूरोडा स्थित कित्ता नम्बर १६६८ को जग्गामा नगर विकास समितिको प्राविधिक शाखा कार्यालय राख्ने निर्ण्र्ाागर्यो । त्यो शाखा निर्माणका लागि तत्कालै दर्ुइ लाख ५० हजार रुपैया बजेट समेत विनियोजन गरेका थियौं भने कार्यालयको र्साईन बोर्ड समेत तयार भैसकेको थियो ।
•
read more...
आज प्रथम गणतन्त्र दिवस के भयो त परिवर्तन ?
May 29, 2009
पोखरा, १४ जेठ । लामो इतिहास बोेकेको राजसंस्थाको समूल अन्त्य भएर नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको एक वर्षपुगेको छ । वि.सं. २०६२/०६३ को जनआन्दोलनको भावना अनुरुप सम्पन्न संीवधानसभा चुनावसंगै गत वर्षआजकै दिनबाट राजतन्त्र पनि नेपालमा रहेन । अन्ततः गणतन्त्रको एक वर्षा देशमा राजनीतिक रुपमा धेरै नै उथलपुथल आयो ।
काँग्रेस सभापति गिरिजाप्रसादको नेतृत्वको सरकार गत भदौमा परिवर्तन भयो र माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भयो । नौ महिनाको अन्तरालमा प्रचण्ड नेतृत्वको सरकारमा पनि अल्पमतमा पर्žयो र संविधानसभाको तेस्रो ठूलो दल एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार गठन भयो । त्यसो त नेपालले गणतन्त्र आएको प्रथम एक वर्षै तीन वटा प्रधानमन्त्री पायो, संगै नयाँ नयाँ मन्त्रीहरु पनि ।
•
read more...
महायज्ञमा २ करोड ९० लाख संकलन
May 29, 2009
पोखरा, १४ जेठ । क्षेत्री समाज नेपालले विभिन्न सामाजिक सेवा गर्नका लागि रकम जुटाउन पोखराको पर््रदशनी केन्द्रमा आयोजना गरेको विराट महायज्ञमा आज चौथो दिन सम्म २ करोड ९० लाख संकलन भएको छ ।
महायज्ञमा आज विहीबार मात्र ४० लाख संकलन भएको क्षेत्री समाजका महासचिव कुमार खड्काले जानकारी दिनुभयो । यस अघिका तीन दिनमा २ करोड ५० लाख संकलन भईसकेको थियो । क्षेत्री समाजका महासचिव खड्काका अनुसार विहीबार सबैभन्दा बढी दान गर्नेमार् इन्जिनियर रामचन्द्र भण्डारीले ५ लाख १ हजार १ सय ११ र नेत्रबहादुर लामिछानेले ५ लाख १ हजार १ सय ११ दान गरेका छन् ।
लोककल्याणकारी बहुउदेश्यीय भवनहरु, संग्राहलय, पुस्तकालय, छात्रवृत्ति अक्षयकोष, उपचारकोष स्थापना र स्मृतिकक्ष निर्माण गर्ने लक्ष्य क्षेत्री समाज नेपालले लिएको छ ।
जेठ १९ सम्म चल्ने विराट ज्ञानमहायज्ञमा युवा पण्डित भागवत भाष्कर कमलनयन गौतमले प्रबचन दिईरहनु भएको छ । समाजले महायज्ञबाट १० करोड रकम संकलन गर्ने लक्ष्य राखेको छ ।
•
read more...
मृगौला रोगीलाई सहयोग जुटाउन फिल्म पर््रदशन गरिने
May 29, 2009
पोखरा, १४ जेठ । मृगौलारोगबाट पिडीतर् इमान गुरुङको उपचारमा सहयोग पुर्žयाउन रकम संकलन गर्ने उदेश्यले जेठ २३ गते पोखराको बाराहि चलचित्र मन्दिरमा गुरुङ भाषाको चलचित्र 'तीनगा' पर््रदशन गरिने भएको छ ।
स्याङ्जा विरुवा अर्चले घर भएकार् इमान विगत ४ महिनादेखि मृगौलारोगबाट पिडीत हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएका गुरुङ उपचारको अभावमा हाल पोखाराको नयाँ गाउ बस्दै आउनु भएको छ ।
•
read more...
निर्धारित समयमै संविधान निर्माण -प्रधानमन्त्री
May 27, 2009
काठमाडौँ, १२ जेठ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका दोस्रो प्रधानमन्त्री माधवकुमार नेपालले युगले दिएको जिम्मेवारी पूरा गर्दै निर्धारित समयमा संविधान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सञ्चार माध्यमबाट मंगलबार अपरान्ह ४ बजे राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले राष्ट्रिय सहमति आफ्नो सरकारको पहिलो प्राथमिकता हुने बताउनुभयो ।
आफ्नो १८ मिनेट लामो सम्बोधनमा उहाँले आफूलाई प्रधानमन्त्री पदको जिम्मेवारी सुम्पिएर विश्वास गरेकोमा सबै राजनीतिक दलप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सम्बोधनको क्रममा सरकारले जनतालाई तत्काल अनुभूत हुने गरी राहतको कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि प्रकट गर्नुभयो ।
•
read more...
पराजुलीहरुबीच जग्गा विवाद सर्वोच्चद्वारा गोपालभुषणको पक्षमा फैसला
May 27, 2009
पोखरा, १२ जेठ । पोखरा-१ पुरानो टुँडिखेलमा रहेको र्सार्वजनिक जग्गाको विवाद झन् चर्किएको छ । पोखरा १ बगर निबासी गोपाल भुषण पराजुली एकपक्ष र उनका अन्य १९ जना भाई खलकहरु एकपक्ष भएपछि जग्गाको विवाद चर्किएका हो । गोपालभुषले सर्वोच्च अदालतबाट अन्तिम फैसला हुँदा पनि मालपोत कार्यालय कास्कीले जग्गा धनी लालपर्ुजा नदिएको गुनासो गर्नुभएको छ भने मालपोत कार्यालय कास्कीले लालपर्ुजामा उक्त जग्गा धनिको नाम र्साईनिङस्टार हस्पीटल भएकोले व्यक्तिको नाममा लालपर्ुजा दिन मानेको छैन ।
•
read more...
|