Home    •    About Us    •    Send Us News    •    Contacts    |

Search

 

»

  News - समाचार

बिभोरको शेयर हिमचुलीमा
June 12, 2009

पोखरा, २८ जेठ । काठमाडौंको त्रिपुरेश्वरमा केन्द्रीय कार्यालय रहेको भिबोर विकास बैंकको शेयर फारम पोखराको हिमचुली विकास बैंकले वितरण गर्ने भएको छ ।  बैंकले एक विज्ञप्ति प्रेसित गरी पोखराका लागि हिमचुलीले आधिकारीक रुपमा अनुमती पाएको जनाएको छ । विभोर बैंकले आपmनो वित्तीय क्षमता बृद्धि गर्न उद्देश्यका साथ २६ लाख ५२ हजार शेयर र्सवसाधारणको लागि खुला गरेको जनाएको छ । प्रति शेयर मूल्य रु. १०० रहेको छ 

शेयर प्रारम्भ छिटोमा जेठ ३१ र ढिलोमा असार १० गतेसम्म पाउन सकिने हिमचुलीले जनाएको छ 

शेयरमा लगानी गर्न अनिवार्य बैंक खाता हुन नपर्ने जनाइएको छ । भिबोर बैंकको अधिकृत पूँजी कूल २ अर्ब ४ करोड रहेको छ भने जारी पूँजी ६४ करोड रुपैयाँ रहेको बताइएको छ 

read more...


प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा टप्स र ज्ञानुबाबा महिला भलिबलको क्वाटरफाइनलमा
June 12, 2009

पोखरा, २८ जेठ । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा सञ्चालित प्रथम राष्ट्रपति रनिङशिल्ड अन्तरविद्यालय खेकुद प्रतियोगिताअर्न्तर्गत बिहीबार तीन हजार मिटर दौड र ज्याभ्लिन थ्रोका फाइनल खेल साथै छात्रछात्रा भलिबलतर्फ२४ वटा खेल सम्पन्न भएका छन् 

छात्रा भलिबलतर्फबिहीबार भएको खेलमा गत वर्षो विजेता फिस्टेल एकेडेमीलाई २-१ को सेटले पराजित गर्दै टप्स उमावि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । टप्स उमावि गत वर्षतृतीय भएको थियो। यसै गरी अर्को खेलमा गत वर्षै उपविजेता ज्ञानुबाबा आउमाविले धौलागिरि बोर्डिङ स्कुल हेमजालाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ 

read more...


चित्रकलामा निकिता र निबन्धमा रामेश्वर प्रथम
June 12, 2009

पोखरा, २८ जेठ । ३७ औं विश्व बातावरण दिवसको उपलक्ष्यमा कृषि जैविक विविधता संरक्षण मञ्च ताराकुञ्जले आयोजना गरेको विविध कार्यक्रम मध्ये चित्रकला प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता को नतिजा प्रकाशन गरेको छ 

'हाम्रो बातावरण' शर्ीष्ाक रहेको चित्रकला प्रतियोगितामा सिनियर तर्फकक्षा १० का निकिता मगर प्रथम, कक्षा ८ का अनिल गुरुङ, द्वितीय र कक्षा १० का दक्षा थापा तृतीय भएको जानकारी परिक्षक विकल रानाभाटले गराउनुभयो । त्यसैगरी जुनियरतर्फकक्षा ७ का शुभम् गुरुङ प्रथम, कक्षा ६ 'वि' का सुरज गुरुङ, द्वितीय र कक्षा ६ 'ए' का मनिष बास्तोला तृतीय भएका छन् 

read more...


राष्ट्रिय ब्रहमाण समाज नेपालको अध्यक्षमा अधिकारी
June 9, 2009

पोखरा, २५ जेठ । देश भर रहेका ब्रामण जाती एक हुने अठोटका साथ नारायण अधिकारीको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय ब्रामण समाज नेपालको पोखरामा नयाँ कार्य सम्पादन समीती गठन भएको छ ।

समीतिको सह अध्यक्षमा भिम राज रेग्मी, उपाध्यक्षमा, युवा पंडित दिनवन्धु पोख्रेल, कमल नयन गौतम , चतुराखर अधिकारी, महेष पराजुली, महासचीव माधव पहारी, सचिव लाल कृष्ण शर्मा र नवराज सुवेधी, कोषध्यक्षमा रामजी वास्तोला र सह कोषाध्यक्षमा लक्ष्मण पौडेल रहेका छन् ।

read more...


पत्रकारहरुलाई काट्ने धम्की
June 9, 2009

लमजुङ, २५ जेठ । घोषित तमुवान बन्दको क्रममा वाईसीएल र स्थानीय युवाहरुबीच झडपको समाचार संकलन गर्न तथा घटनाका जानकारी लिन पुगेका लमजुङका पत्रकार तथा मानवअधिकारकर्मीलाई वाईसीएलले काट्ने धम्की दिएका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सभाषद्त्रय तथा पत्रकार मिलन शर्मा दनाइँ, आश गुरुङ 'प्रतीक' र कृष्ण प्रसाद अधिकारी साथै लमजुङ मिररका सम्पादक अञ्जानकुमार हिमालीलाई काट्ने धम्की दिएका हुन् ।

read more...


पुस्तकमा समेत कमिशन लिन्छन् निजी विद्यालय
June 3, 2009

पोखरा, १९ जेठ । विद्यार्थीहरुले पाउनुपर्ने छुट आफैले लिएर पुस्तकबाट समेत कास्कीका निजी विद्यालयहरुले लाखौं कमिशन असुल्न थालेका छन् ।  पुस्तक किन्दा विद्यार्थीलाई छुट नदिई स्टेशनरी र प्रकाशन गृहहरुबाट नीजि विद्यालयले नाफा लिएको खुलासा भएको हो । शिक्षामा व्यापारिकरण गरेको आरोप खेप्दै आएका नीजि विद्यालयहरुको यो व्यवहारले झन उनीहरुमाथि आशंका उब्जाएको छ । कास्कीमा मात्र २ सय २५ को हाराहारीमा निजी विद्यालय भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ 

निजी विद्यालयले तोकेकै स्टेशनरीमा पुस्तक किन्नुपर्ने हुन्छ विद्यार्थीले । त्यसो त स्टेशनरीबाट अधिकांश निजी विद्यालयले विद्यार्थीको संख्या अनुसार पुस्तकबाट नाफा लिने गर्छन । आपmनै छोराछोरी पढ्ने विद्यालयले पुस्तकमा समेत आफूहरुमाथि ठगि गरिरहेको छ भन्ने कुरा चाहिँ कमै अभिभावकलाई थाह हुनसक्छ 

read more...


६० प्रतिशत पदयात्री पर्यटक अन्नपर्ूण्ामा
June 3, 2009

पोखरा, १९ जेठ । अन्नपर्ूण्ा आरोहण दिवसको तीनदिने कार्यक्रम अर्न्तर्गत मंगलवार पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको पर्यटन र हिमाल बिषयक अन्तरक्रिया कार्यक्रम भयो ।  कार्यक्रममा पोखरामा पर्यटन र अन्नपर्ूण्ा पदयात्रा मार्ग बिषयमा नेपाल पर्यटन वोर्डका पर्ूवकार्यकारी सदस्य बासुदेश त्रिपाठीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै हिमाल, संस्कृति र सम्पदा बिषयमा संस्कृतिकर्मी तर्ीथ श्रेष्ठ र प्रा डा बिश्व श्रेष्ठले अन्नपर्ूण्ा हिमाली क्षेत्रको सर्न्दर्भमा पर्यटन बिकास र जैबिक बिबिधताको महत्व बिषयमा कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो 

read more...


कर्मचारी विरुद्धको मुद्दा कर्मचारीले नै जिते
June 3, 2009

पोखरा, १९ जेठ । पोखरा उपमहानगर पालिकाका केही अस्थायी कर्मचारी स्थायी गर्ने प्रकृया शुरु गरिए पछि त्यस प्रति असन्तुष्टि जनाउदै नगर पालिका कै कर्मचारीले दिएको मुद्दाको पुनरावेदन अदालत पोखराले फैसला गरेको छ ।  सो फैसलाले विशेष कोटामा परेर स्थायी हुने १४ कर्मचारीको अवसर गुमेको छ । नगर पालिकाले कर्मचारी स्थायी गर्ने प्रकृया कानुन बमोजिम नभएको ठहर गर्दै न्यायाधिशद्वय खेमराज शर्मा र ओमप्रसाद सुवेदीको सम्युक्त इजलासले सोमबार फैलसा गर्यो 

०६३ साल बैशाख १३ गते पोखरा उपमहानगर पालिकाले कर्मचारी स्थायी गर्ने विज्ञापन र्सार्बजनिक गरेको थियो । सो विज्ञापनमा विशेष कोटा अन्तरगत नगर पालिका मै कार्यरत अस्थायी कर्मचारीलाई स्थायी गर्ने गरी मापदण्ड तय गरिएको थियो ।  त्यो विज्ञापन कर्मचारी स्थायी गर्ने प्रकृया विरुद्ध पोउमनपा कै कर्मचारी इश्वरी ढकाल सहितका १३ कर्मचारीले मुद्दा दायर गरेका थिए 

read more...


'सहमति र सहकार्यको विकल्प छैन'
June 3, 2009

पोखरा, १९ जेठ । मुलुकमा जारी संक्रमणकालीन अवस्था र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्žयाउन राजनीतिक पार्टर्ीीच सहमति र सहकार्यको विकल्प नरहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् 

रिपोर्टस क्बल नेपाल कास्की शाखाले मंगलबार पोखरामा आयोजना गरेको मुलुकको समसामयिक विषयका सर्न्दर्भमा राजनीतिक पार्टर्ीी नेतासँग अर्न्तक्रिया विषयक साक्षात्कार कार्यक्रममा सहभागी वक्ताहरुले सहमति र सहकार्यको राजनीति गर्न दलहरुलाई सुझाएका छन् । उनीहरुले दलीय असहमति र विरोधका कार्यक्रमले शान्ति प्रक्रिया नै धरापमा परेको भन्दै संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुबीचको सहमतिमा वृहत् राष्ट्रिय सरकार गठन हुनुपर्ने खाँचो समेत औल्याए 

read more...


कोकाकोला कपमा आजदेखि क्वाटर फाइनलका खेलहरु
June 3, 2009

पोखरा, १९ जेठ । पोखरा रङशादामा जारी अन्तरबिद्यालय स्तरीय कोकाकोला कप राष्ट्रिय फुटबल छनौट प्र्रतियोगिता अर्न्तगत मंगलबारको खेलमा पार्दी माबि, फिस्टेल एकेडेमी, कालिका उच्च्ा माबि र गण्डकी बोर्डिङ स्कुल बिजयी हुदै क्वाटरफाईनलमा प्रबेश गरेका छन् ।पहिलो खेलमा पार्दीमाबिले न्यु मुनलाईटलाई एकको बिरुद्ध ३ गोल अन्तरले पराजीत गर्दै क्याटरफाईनलको यात्रा तय गर्žयो । पार्दीमाबिले पहिलो चरणमा डायनामिक, दोश्रो चरणमा गत बर्षो बिजेता सोसियल पब्लिकलाई पराजीत गर्žयोे 

read more...


कारागारका बन्दीहरु आधारभूत सेवाबाट बञ्चित
June 3, 2009

पोखरा, १९ जेठ । कारागारहरुले बन्दी तथा थुनुवाहरुलाई न्यूनतम आधारभूत सेवा उपलब्ध गराउन नसकेको कारागार व्यवस्थापन विभागका महानिर्देशक यामकुमारी खतिवडाले बताउनुभएको छ । पश्चिमाञ्चल विकास क्षेत्रका कारागार प्रमुखहरुको लागि सञ्चालित तीनदिने कारागार व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै महानिर्देशक खतिवडाले बन्दी तथा थुनुवाहरुलाई न्यूनतम आधारभूत सेवा उपलब्ध गराउन नसकेको बताउनुभयो 

read more...


बैंक जमानीसहितको बोलपत्र च्यातियो
June 3, 2009

लमजुङ, १९ जेठ । नेपाल निर्माण व्यवसायी संघ लमजुङका उपाध्यक्ष पर्ूण्ाचन्द्र पोखरेलको निर्देशनमा खटिएका युवाहरुको एक समूहले राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय लमजुङद्वारा जारी एकलाख ८० हजार बराबरको बैंक जमानीसहित बोलपत्र च्यात्नुका साथै आफ्नै संस्थाका सदस्यहरुमाथि हातपात गरेकाछन् 

पश्चिमाञ्चल सिँचाई विकास डिभिजन कार्यालय लमजुङद्वारा किरिञ्चे-काँडाबोटे सिँचाई आयोजना पुरानकोट र तारबाली सिँचाई आयोजना घर्ेर्मुको बोलपत्र लिई दर्ता जाने क्रममा जिल्ला प्रशासन कार्यालयको गेट अगाडि आज मंगलवार बोलपत्र च्यात्नुका साथै संस्थाका सदस्य सतिस पराजुली र टंक सुवदीमाथि हातपात गरेका हुन् 

read more...


क्षेत्री समाजको महायज्ञको नवौं दिनसम्म ६ करोड ४० संकलन
June 3, 2009

पोखरा, १९ जेठ । विभिन्न सामाजिक सेवा गर्नको लागि रकम जुटाउने उद्देश्यले पोखरा पर््रदशनी केन्द्रमा जेठ ११ गतेदेखि सुरु भएको महायज्ञको मंगलबार नवौं दिन सम्म ६ करोड ४० संकलन भएको छ 

मंगलबार मात्र करीब ४० लाख रुपैया संकलन भएको क्षेत्री समाज नेपालका महासचिब कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आज मंगलबार महायज्ञमा कृष्णबहादुर कुँवर ५ लाख १ हजार १ सय ११, डा. चन्द्रबहादुर थापा५ लाख १ हजार १ सय ११, कोपिला जि.सी ५ लाख १ हजार १ सय ११, तर्ीथ बस्नेत ५ लाख १ हजार १ सय ११ र क्षेत्रि महिला समाज पोखरा ८ बाट १ लाख ९० हजार दान गर्नु भएको छ 

read more...


२८ हजार लुटेको दाबी
June 3, 2009

लमजुङ, १९ जेठ । मनाङको ताचै बगरछाप गाउँ विकास समितिका पर्ूवअध्यक्ष मिङमर विष्टले आफ्ना २८ लाख १५ हजार भन्दा बढी सम्पत्ती लुटेराहरुले लुटेर लगेको दाबी गरेकाछन् 

मनाङ सदरमुकाम चामेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विष्टले आफू र आफ्ना श्रीमतीलाई नकाब लगाएर आएका १०/१२ जनाको समूहले हतियार देखाएर डोरीले बाँधेर धनमाल लुटेर लगेको वताए 

read more...


करोडौंको र्सार्वजनिक जग्गा व्यक्तिको पक्षमा फैसला
June 2, 2009

मनोज र्घर्तीमगर/समाधान पोखरा, १८ जेठ । पोखरा-१ पुरानो टुँडीखेलमा रहेको कित्ता नं. ३३८ र कित्ता नं. ५९१ को ६३ रोपनी र्सार्वजनिक जग्गालाई सम्मानित सर्वोच्च अदालतले व्यक्तिले भोगचलन गर्न पाउने फैसला गरिदिएको छ । करोडौ रुपैंया मुल्य बराबरको जग्गा व्यक्तिले भोगचलन गर्न पाउने फैसला भएपछि उक्त जग्गा निकै विवादित बनेको छ । अदालतको यो फैसला र बेला बेलामा हुने यस्ता घटनाले न्यायलयलाई नै बदनाम गराउने टिप्पणी गरिएको छ 

बि.सं.१८७७ सालमा रत्नाखर पराजुलीले प्राप्त गरेको लालमोहर विर्ता जग्गा सकारी धान गोदाम, सबै गाउँको सन्धर्ीर्सपन -र्सार्वजनिक) बजारीयाको हाट बजार भन्दै जग्गा र्सार्वजनिक भएको जनाईएको छ । विं स.२००२ सालमा गोश्वाराबाट घरद्धार मुचुल्का उठाइ टुडिखेललाई र्सार्वजनिक भनेर रत्नाखरले मञ्जुर गरी सहिछाप गरेका छन् 

read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 - Next Page »

»

  Headlines - मुख्य समाचार

बिभोरको शेयर हिमचुलीमा

प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा टप्स र ज्ञानुबाबा महिला भलिबलको क्वाटरफाइनलमा

चित्रकलामा निकिता र निबन्धमा रामेश्वर प्रथम

राष्ट्रिय ब्रहमाण समाज नेपालको अध्यक्षमा अधिकारी

पत्रकारहरुलाई काट्ने धम्की

पुस्तकमा समेत कमिशन लिन्छन् निजी विद्यालय

६० प्रतिशत पदयात्री पर्यटक अन्नपर्ूण्ामा

कर्मचारी विरुद्धको मुद्दा कर्मचारीले नै जिते

'सहमति र सहकार्यको विकल्प छैन'

कोकाकोला कपमा आजदेखि क्वाटर फाइनलका खेलहरु

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np