»

  News - समाचार

१ सय ३३ जनाद्वारा रक्तदान
December 20, 2009

पोखरा, ४ पुस ।
पोखरामा रगतको अभाव भएपछि रेडियो अन्नपर्ूण्ाले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १ बिदेशी नागरिकसहित १ सय ३३ जनाले रक्तदान गरेका छन् ।
रेडियोका प्रबन्ध निर्देशक महेन्द्रकुमार ताङबेले पहिलो रक्तदाता पोखरा न्यूरोडकी बन्दना बजिमयलाई ब्लड ब्याग हस्तान्तरणगरी सुरु भएको रक्तदान कार्यक्रममा २६ महिला र १ सय ७ पुरुषले रक्तदान गरेका हुन । रक्तदान गर्नेमा १८ बर्षेखि ४० बर्षसम्मका १ सय २२ जना र ४० देखि ५३ बर्षम्मका १२ जना सहभागि भएका थिए ।

read more...


विरोधकाबीच तमुवान गणराज्य घोषणा
December 18, 2009

पोखरा, २ पुस । विरोधको वेवास्ता गर्दै एकिकृत नेकपा माओवादीले एकतर्फी गणराज्य घोषणा गर्ने क्रममा विहीबार तुमवान स्वायत्त गणराज्य र मगराँत स्वायत्त गणराज्य घोषणा गरेको छ ।
नागरिक सर्बोच्चताका लागि भन्दै आन्दोलन गर्दै रहेको माओवादीले तेश्रो चरणको आन्दोलन अन्तरगत गणराज्य राज्य घोषणा गरिरहेकेा छ । विहीबार पाल्पामा आयोजित एक सभाबाट माओवादीका महासचिव रामबहादुर थापा बादले मगरात स्वायत्त प्रदेशको घोषणा गरे भने पोखरामा माओवादी स्थायी समिति सदस्य देवप्रसाद गुरुङले तमुवान गणराज्य घोषणा गर्नुभयो ।

read more...


तमुवान कस्को -
December 18, 2009

तमुवान स्वायत्त गणराज्य घोषणा सभालाई सम्बोधन गर्नेहरुले यो गणराज्यमा कस्तो व्यवस्था हुन्छ भन्ने प्रष्ट पारेनन् । माओवादी वक्ताले सरकारको गाली गलौज मै समय खर्चे । सम्बोधन गर्ने गुरुङ्ग वक्ताहरुले अधिकार पाएको भन्दै खुशी व्यक्त गरे भने अन्य जातका वक्ताले यो राज्य सबै जात जातीको भएको बताए ।
"तमुवान तमुको मात्र होईन, सबैको हो ।" माओवादी पोलिटब्यूरो सदस्य हितराज पाण्डेले भने-"समानुपातिक शासन व्यवस्था हुन्छ ।"

read more...


'प्रेस स्वतन्त्रतता हनन्का घटना रोक्न सरकार गम्भीर भएन'
December 18, 2009

पोखरा, २ पुस । सरकारले गम्भीर प्रकृतिका प्रेस  स्वतन्त्रतता हनन्का घटाको गहन रुपमा छानविन नगरेको अग्रज पत्रकारहरुले गुनासो गरेका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले बिहीबार आयोजना गरेको पत्रकार महिलाको सुरक्षा विषयक कार्यक्रममा उनीहरुले पत्रकार हत्याको घटनाको सरकारले गहिर्राईसम्म पुगेर छानविन नगरेको गुनासो गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूण्य पौडेलले सरकारले पत्रकार जगतप्रसाद जोशीको हत्याको छानविनको प्रतिवेदन र्सार्वजनिक नगरेको बताउनुभयो ।
पत्रकार कृष्णसेनको हत्याको घटनादेखि टीका विष्टको आक्रमणको घटनाको सत्यतथ्य निश्पक्ष आयोग गठन गरेर सही छानविन गर्न माग गर्दै उहाँले टीका विष्टको आक्रमणको घटनामा गहिर्राईसम्म पुग्नुभन्दा पनि दलहरु प्रचारबाजीमा लागेको आरोप लगाउनुभयो । पत्रकारको हत्या तथा अपहरणमा सलंग्न व्यक्तिलाई राजनैतिक संरक्षण दिएर मुद्दा फिर्ता लिनेसम्मको काम भएको उल्लेख गर्दै उहाँले टीका विष्टको आक्रमणको घटनालाई राजनैतिक रंग दिएर अपराधीलाई उम्काउने काम नगर्न आग्रह गर्नुभयो ।

read more...


बन्द नगर्न आग्रह
December 18, 2009

पोखरा, २ पुस । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी जस्तो अत्यावश्यक सेवामा नेपाल बन्दको असर नपरे जस्तै संस्थाको  कार्यक्रममा बन्द नगरी दिन अनुरोध गरेको छ । संस्थाका सचिव चतुराखर अधिकारीले प्रेस विज्ञप्ति प्रकाशित गरी पिउने पानी प्रसारण कार्यमा बन्दको असर नपारीदिन सबैमा अनुरोध गर्नुभएको छ ।
संस्थाले लेखनाथ नगरपालिकाको अधिकांस स्थानमा जनतालाई पिउने पानी उपलब्ध गराएको जानकारी गराउँदै विज्ञप्तिमा पानी वितरण गर्ने संस्थामा बन्दको असर पार्ने काम नगरीदिन राजनैतिक दल र बन्द आब्हान कर्ताबाट अनुरोध गरिएको छ ।

read more...


आज तमुवान गणराज्य घोषणा
December 17, 2009

पोखरा, १ पुस । एकीकृत नेकपा माओवादीले विहीबार तमुवान गणराज्य घोषणा गर्दै छ । नागरिक सर्बोच्चताका लागि भन्दै आन्दोलन गर्दै रहेको माओवादीले तेश्रो चरणको आन्दोलन अन्तरगत गणराज्य राज्य घोषणा गरिरहेकेा छ । माओवादीले एकलौटी रुपमा गणराज्य घोषणा गर्यो भन्दै अन्य दलहरुले विरोध गर्दा गर्दै पनि गणराज्य घोषणा गर्ने कार्य जारी छ ।

read more...


सराङ्गकोटका दर्ुघटना मृतकको सामूहिक दाहसस्कार
December 17, 2009

पोखरा, १ पुस । कास्कीको सराङकोटमा सोमबार भएको बस दर्ुघटनाका मृतकहरुको पोखरा स्थित रामघाटमा सामूहिक दाहसंस्कार गरिएको छ ।
दर्ुघटनामा १३ जनाको मृत्यु भएको थियो । ती मध्ये १२ जनाको सामूहिक दाहसंस्कार गरिएको हो ।
मृतकमध्ये सराङ्गकोटकी विमला तिमिल्सिनाका श्रीमान विदेशमा भएकाले श्रीमानको आग्रहमा उनको अन्तिम संस्कार नगरिएको पारिवारिक स्रोतले जनाएको छ । श्रीमान पोखरा आए पनि विमलाको दाहसस्कार गरिने उनका आफन्तले जानकरी दिए ।
यसअघि, मृतक र घाइतेका आफन्तहरु क्षतिपर्ूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएकाले मंगलबार दाहसस्कार भएको थिएन । मृतकका परिवारलाई क्षतीपर्ूर्तिको ग्यारेन्टी नभएको र घाइतेको राम्रो उपचार नभएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए । मङ्गलबार अबेर यातायात व्यवसायीसँग भएको सहमतिपछिमात्र उनीहरुले शव बुझेका हुन् ।
सहमतिअनुसार स्थानीय श्रृङ्गा बस व्यवसायी समितिले मृतकका परिवारलाई किरिया खर्चवापत हाललाई २५/२५ हजार रुपैयाँ उपलब्ध गराउने र घाइतेको उपचारमा लाग्ने खर्च ब्यहोर्ने भएको छ । साथै यही पुस ३ गते सो समितिका अध्यक्ष वसन्त थापाको उपस्थितिमा पुनः वार्ता गरी वीमाअर्न्तर्गतको रकमबारे सहमति जुटाइने पनि बताइएको छ ।
कास्कीकोटबाट पोखरातर्फआउँदै गरेको ना३ख ६२८६ नम्बरको बस सोमबार सराङकोटमा दर्ुघटना हुँदा १३ जनाको मृत्युभएको थियो । दर्ुघटनामा ३६ जना घाइते भएका थिए ।

read more...


आखिर के चाहान्छ माओवादी, संविधान कि व्रि्रोह -
December 17, 2009

पोखरा, १ पुस । मंगलबार एकीकृत नेकपा माओवादीका कार्यकर्ताले देशब्यापी रुपमा सरकारी तथा व्यक्तीको जग्गा कब्जा गर्ने कार्यक्रम तय गरे । सो अनुरुप पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्म हजारौं रोपनी जग्गामा माओवादीको भातृ संगठन अखिल नेपाल किसान संघ र अखिल नेपाल सुकुम्बासी संघको झण्डा गाडियो । सोही अबसरमा कतिपयले सम्बोधन गरेर र कब्जा गरिएको जग्गा सुकुम्बासीलाई वितरण गर्ने योजना सुनाए । यो गम्भीर प्रकृतिको घटनामा माओवादीको नेतृत्व मौन छ । यस अर्थमा यो पार्टर्ीी केन्द्रिय योजना हो ।
यो घटनाले नेपालको राजनीतिमा गम्भीर खालको तरंग उत्पन्न भएको छ । नेपालको प्रमुख राष्ट्रिय दैनिक कान्तिपुरले बनाएको मुख्य समाचारको आमुख अर्थात लिड नै माओवादीद्वारा बृहत शान्ति सम्झौता उल्लंघन भएको किटान गरेको छ । माओवादी बाहेका प्राय सबै राजनैतिक दलले माओवादीले शान्ति सम्झौता भंग गरेकेा बताएका छन् । सरकारले मन्त्री परिषद कै बैठकबाट माओवादीले बृहत शान्ति सम्झौता उल्लंघन गरेको निर्ण्र्ाागरिसकेको छ ।

read more...


पार्किङ्ग गरेर राखेका मोटरर्साईकलमा आगजनी
December 17, 2009

लसमाधान सम्वाददाता
पोखरा, १ पुस ।
पोखराको विन्दबासिनी मन्दिर पल्तिर घर भित्र राखिएका मोटरर्साईकलमा मंगलबार राती आगजनी भएर ध्वस्त भएका छन् ।
विन्दबासिनीस्थित खगेन्द्र पराजुलीको घरमा सो घटना भएको हो । राती करिब ११.३० बजे घरको पिँढीमा पार्किङ्ग गरेर राखिएका ग २ प ७६१७ नम्बरको मोटरसाइकल र ग ४ प १२६६ नम्बरको स्कुटरमा आगजनी भएको थियो ।
आगजनीको कारण थाहा हुन सकेको छैन । प्रहरीले पेट्रोल चोर्ने क्रममा आगजनी भएको हुन सक्ने अुनमान गरेको छ । आगजनीबाट पराजुलीको घरलाई पनि सामान्य क्षति पुगेको छ ।

read more...


समानान्तर सत्ता स्थापित हुनसक्छ-प्रचण्ड
December 17, 2009

काठमाडौंँ, १ पुस । एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणराज्य घोषणाको अहिलेको कार्यक्रम साङ्केतिक प्रकृतिको राजनीतिक कार्यक्रममात्र भएको बताउदै यसलाई अन्य दलले बेवास्ता गरेमा यसले समानान्तर सत्ताको रुप लिने बताउनुभएको छ ।
माओवादी निकट नेवाः राज्य समितिद्वारा राजधानीको वसन्तपुरमा विहीबार आयोजित नेवाः गणराज्य घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले शान्तिप्रक्रियाप्रति राजनीतिक दलहरु प्रतिबद्ध नभएमा र सङ्घीय राज्य स्थापना गर्ने कार्यलाई ढिलाई गरिएमा हाल घोषणा गरिएका गणराज्यहरुले समानान्तर सत्ताको काम थाल्ने चेतावनी पनि दिनुभयो ।
उहाँले आफूहरु संयमित र अनुशासित भएको दाबी गर्दै गणराज्य स्थापनाका निम्ति माओवादीले देशभर आन्दोलन गरिरहेको र जनतालाई प्रशिक्षित गरिरहेको बताउनुभयो ।
माओवादीले काठमाडौँ, ललितपुर र भक्तपुरलाई नेवाः गणराज्यका रुपमा घोषणा गरेको छ । रासस

read more...


बलराम स्मृति कपमा विभिन्न खेल सम्पन्न
December 17, 2009

पोखरा, १ पुस । स्व. बलराम केसी स्मृति तेस्रो जिल्ला लिगमा दोस्रो पटक सहभागिता जनाएको नेपाली सेनाको पश्चिम पृतनाले सानदार जितको आत्मसात गर्दा संगम युथ क्लबले नयाँ गाउँलाई ४-२ गोल अन्तरले निराश बनाएको छ । पृतनाले पोखरा फुटबल क्लबमाथि ५-० को विशाल गोल अन्तरले पराजित गरेको थियो ।
पर्ूण्ा रुपमा फिजिकल फिटनेस पृतनाले पोखरा फुटबल क्लबलाई दोस्रो हाफमा निकै दवाव दिएको थियो । पहिलो हाफमै दर्ुइ गोलले अग्रता लिएको पृतनाले दोस्रो हाफमा एकपक्षिय रुपमा प्रस्ततु हुदैं लगातार तीन गोल थप्दै विशाल गोल अन्तरले जित सुनिश्चित बनाएको थियो । खेलको सातौं मिनेटमा राजु नेपालीको गोलमा अग्रता लिएको पृतनाले ३७ औं मिनेटमा आत्मघाती गोलको उपहारसँगै पहिलो हाफ टुंग्यायो ।

read more...


पञ्चेश्वर विकास प्राधिकरण बन्ने सहमति
November 23, 2009

पोखरा, ७ मंसिर । पञ्चेश्वर विकास प्राधिकरण कार्यसूची र कार्यादेश पारित हुनु नेपालका लागि महत्वपर्ूण्ा उपलब्धि भएको छ । भारतीय पक्षको आनकानीका कारण बहुचर्चित पञ्चेश्वर विकास प्राधिकरण गठन यस पटक पनि गठन हुन सकेन । तर पनि पोखरामा सम्पन्न नेपाल भारत जलश्रोत बैठकले पञ्चेश्वर प्राधिकरणको कार्यसूची र कार्यादेश पारित गरेको छ । बैठकमा सहभागी नेपाली प्रतिनिधिहरुले यसलाई नेपालको पक्षमा महत्वपर्ूण्ा उपलब्धि भनेका छन् ।

read more...


देशलाई गम्भीर संकट र द्वन्दबाट जोगाउन राष्ट्रपतिको कदम अपरिहार्य- कोइराला
November 23, 2009

पोखरा, ७ मंसिर । नेपाली काँग्रेसका कार्यवाहक सभापति शुशिल कोइरालाले राष्ट्रलाई गंभीर संकट र द्वन्दबाट जोगाउन राष्ट्रपतिले अत्वाश्यक र संवैधानिक कदम चालेकोले माओवादीको विरोधको कुनै तुक नभएको बताउनु भएको छ । सोही विषयलाई लिएर एकीकृत माओवादीले भने राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै आएको छ । नेपआइतबार पोखरामा आयोजना गरेको पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय कार्यकर्ता प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले माओवादीले राष्ट्रपतिलाई लगाएको आरोप नाजायज भएको दावी गर्नुभयो । उहाँले राष्ट्रपतिलाई संविधानको रक्षक भएको बताउनु भयो ।

read more...


जलवायु परिर्वतनले अल्पविकसित राष्ट्रलाई गम्भीर असर गर्न - मन्त्री ठाकुर
November 23, 2009

पोखरा, ७ मंसिर । वातावरणमन्त्री ठाकुरप्रसाद शर्माले नेपाल सरकारले जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा परेको असर र पर्न सक्ने प्रभावको बारेमा अन्तर्रर्ााट्रय समुदायको ध्यानकर्षा गराउन लागेको जानकारी दिनुभएको छ । वातावरण मन्त्रालयले आइतबार आयोजना गरेको जलवायु परिवर्तन सम्बन्धि महासंन्धिको पक्ष राष्ट्रहरुको पन्ध्रौ सम्मेलनको लागि तयार भएको स्थिति तथा राष्ट्रिय अनुकूल कार्यक्रम आयोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शर्माले डेनमार्कको कोपेन हेगनमा डिसेम्बर ११ का दिन नेपाल सरकारले मनाउन लागेको पर्वतीय दिवसमा त्यस सवाललाई जोडतोडका साथ उठाउने बताउनुभयो ।

read more...


मंसिर १० गते बजेट पारित हुने
November 23, 2009

काठमाडौँ, ७ मङ्सिर । व्यवस्थापिका-संसद कार्यव्यवस्था समितिको आइतबार बिहान बसेको बैठकले यही मङ्सिर १० गते बुधबार बजेट पारित गर्ने गरी कार्यसूची पास गरेको छ । बैठकले विनियोजन विधेयक शर्ीष्ाक माथिको छलफल छोट्याउने र संविधानसभाको पर्ूव निधारित छलफल कार्यसूचीपछि सारी विनियोजन विधेयकअर्न्तर्गत विभिन्न शर्ीष्ाकमाथिको छलफल सम्पन्न गर्ने निर्ण्र्ाामेत गरेको छ ।

मंगलबार छलफल हुन बाँकी १६ मन्त्रालयअर्न्तर्गत विनियोजन विधेयकमाथिको छलफल सम्पन्न गर्ने निर्ण्र्ाागरेको बैठकपछि नेमकिपा सभासद् सुनील प्रजापतिले बताउनुभयो ।

व्यवस्थापिका-संसदको आजको बैठक सूचना टाँस गरी स्थगित गर्ने सहमति भएको प्रजापतिले बताउनुभएको छ ।

संविधानसभामा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमाथिको भोलिदेखि १० गतेसम्मका लागि निर्धारित कार्यसूची ११, १२ र १४ गते सारिएको छ ।

read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 - Next Page »

»

  Headlines - मुख्य समाचार

१ सय ३३ जनाद्वारा रक्तदान

विरोधकाबीच तमुवान गणराज्य घोषणा

तमुवान कस्को -

'प्रेस स्वतन्त्रतता हनन्का घटना रोक्न सरकार गम्भीर भएन'

बन्द नगर्न आग्रह

आज तमुवान गणराज्य घोषणा

सराङ्गकोटका दर्ुघटना मृतकको सामूहिक दाहसस्कार

आखिर के चाहान्छ माओवादी, संविधान कि व्रि्रोह -

पार्किङ्ग गरेर राखेका मोटरर्साईकलमा आगजनी

समानान्तर सत्ता स्थापित हुनसक्छ-प्रचण्ड

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np