Home    •    About Us    •    Send Us News    •    Contacts    |

Search

 

»

  News - समाचार

लेनपा कडा भएपछि जग्गा ब्यापारीमा हल्लीखल्ली, करोडौं लगानी जोखिममा
January 20, 2010

पोखरा, ५ माघ ।
जग्गा प्लटिङ्ग गरेर बिक्री गर्ने ब्यवसाय माथि लेखनाथ नगरपालिकाले कडा रवैया अपनाए पछि जग्गा ब्यापारीमा हल्लीखल्ली मच्चिएको छ । लेखनाथ नगरपालिकाले एक्कासी कडा रवैया अपनाउदा लेखनाथको जग्गामा लगानी भएको करोडौं रुपैया जोखिममा परेको छ ।
लेनपाले अनधिकृत रुपमा गरिएका प्लटिङ्गमा घर बनाउन खोज्नेको नक्शा पास नगर्ने, पानी र विजुलीको लागि पनि अनुमति नदिने निर्ण्र्ाार्सार्बजनिक गरेको छ । तर अहिलेसम्म कुन कुन प्लटिङ्ग अनधिकृत छन् भन्ने किटान नगरिएकाले सबै प्लटिङ्ग प्रभावित भएका छन् । घडेरी किन्नेहरु त्यता जानै डराएका छन् ।
त्यस्तै नगर पालिका कडा रुपमा प्रस्तुत भए पछि तालचोकको डाडा काटेर सम्याउने कार्य मंगलबारबाट रोकिएको छ । लेनपाको निर्देशन अवज्ञा गर्दै निरन्तर डोजर लगाइरहेका जग्गा ब्यापारीलाई सो काम रोक्न प्रहरी नै लगाउनु परेको थियो । लेनपाले अटेर गरेको भन्दै कास्की प्रशासनलाई उजुरी दिएको थियो ।
जग्गा ब्यापारी विन्दु थापा र दया भण्डारीले ९० रोपनीको सो डाडा खरिद गरेर प्लटिङ्ग गर्दैछन् । उनीहरुले ३ लाख देखि १० लाख प्रतिरोपनीका दरले सो जग्गा खरिद गरेको स्थानीय बासिन्दाले जानकारी दिए । ८० देखि सय फिट अग्लो डाडा काटेर २०-३० फिटमा झारेर एक सय ८२ वटा घडेरी बनाउने जग्गा ब्यापारीको योजना थियो । नगर पालिकाले नगरको प्राकृतिक सुन्दरता मै प्रतिकुल असर पार्ने गरी डाडो काटिएको भन्दै तत्काल रोक्न निर्देशन दिएको थियो । "नगर भित्रको सम्पदाहरुको संरक्षण गर्ने दायित्व नगर पालिकाको हो ।" कानुन अधिकृत राममणि अधिकारीले भने-"व्यक्तीको सम्पत्ती हो भन्दैमा जथाभावी गर्न पाईन्न ।"
मंगलबार जिल्ला प्रशासन कार्यलयमा भएको छलफलमा पनि सो डाडो जथाभावी काटिएको विषयमा छलफल भएको थियो । लेखनाथ नगर पालिकाका कार्यकारी अधिकृ केशव भट्टर्राईले डाडामा रहेको जंगल नै सखाप पारिदा पनि जिल्ला वन कार्यालय मौन बसेको कुरा उठाए पछि गम्भीर छलफल भएको एक सहभागीले बताए । "र्सबसाधारणले एउटा रुख काट्दा त वनको स्वीकृती लिनु पर्ने व्यवस्था छ ।" कानुन अधिकृत अधिकारीले भने-"आठ सय भन्दा बढी बोट विरुवा काटिदा पनि वास्तै गरिएन ।"
बैठकमा प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले आर्थिक प्रलोभनमा नपरी काम गर्न सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । "व्यक्तीको सम्पत्ती भए पनि प्रकृतिलाई प्रभाव पार्ने गरी मनपरी गर्न पाईन्न ।" प्रजिअ कोइरालाले भने-"रोक्ने अधिकार नगरपालिकालाई छ, रोक्नु जायज हो ।" लेनपाले आफुले पत्राचार गर्दा अटेर गरेपछि प्रशासनको सहयोग लिनु परेको बतायो ।
लेनपाको कडा रवैयाले ९० रोपनीको प्लट मात्र होइन, अरु सर्यौ रोपनी प्लटिङ प्रभावित भएको छ । जथाभावी प्लटिङ्गलाई रोक्नै पर्ने अवस्था भएकाले नगर बोर्ड संयन्त्रले निर्ण्र्ाागरे बमोजिम रोकिएको कानुन अधिकृत अधिकारीले बताए । यो निर्ण्र्ाााट ८० भन्दा बढी जग्गा ब्यापारी प्रत्यक्ष मारमा परेका छन् ।
लेनपाले बोर्डबाट निर्ण्र्ाागरेर सुचना मात्र जारी गरेको छैन, नगर पालिकाको स्वीकृति नलिईकन गरिएका प्लटिङका घडेरीमा पानीको सुविधा नदिन समेत खानेपानी आयोजनालाई आग्रह गरेको छ । "आजै खानेपानीमा गएर यस्तो आग्रह गर्यौं ।" अधिकारीले भने । विद्युतलाई पनि यस्तै आग्रह गरिने उनले बताए ।
लेनपाले राजमार्गमा ८२ फिट, बेगनाशताल मार्गमा ५० मापदण्ड छोड्नु पर्ने नियम बनाएको छ । भित्री सडकमा मध्य सडकबाट १३ फिट देखि २० फिटसम्मको मापदण्ड कायम गरिएको पनि अधिकारीले बताए ।
अधिकारीले वडा वडाबाट कहाँ कसले कसरी प्लटिङ्ग गरिरहेकेा छ, लगत संकलन गर्ने काम भैरहेको बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी कोइरालाले लेनपाले पर्ूव तयारी बिना एकै चोटी हात हालेको टिप्पणी गरे ।

read more...


चार महिनामा २० प्रहरीमाथि कारवाही, दर्ुइ प्रहरीको जागिरै गयो
January 19, 2010

पोखरा, ४ माघ । विगत चार महिना यता अधिकारको दुरुपयोग गर्ने र अनुशासनहीन काम गर्ने कास्कीका २० जना प्रहरी कारवाहीमा परेका छन् । कारवाहीमा पर्नेमा प्रहरी निरीक्षकदेखि प्रहरी जवानसम्म छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश खरेलका अनुसार कारवाही भएका २० प्रहरी मध्ये २ जना जागिरबाट निस्कासित भएका छन् ।

read more...


संविधानसभाले दसौँ प्रतिवेदन पायो, एमालेका चारजना सभासद्को असहमति
January 19, 2010

काठमाडौँ, ४ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसमक्ष संविधानसभाअर्न्तर्गतको शासकीयस्वरूप निर्धारण समितिले सोमबार आफ्नो प्रारम्भिक मस्यौदा र अवधारणासहितको प्रतिवेदन बुझाएको छ ।
सो प्रतिवेदनमा एकीकृत नेकपा -माओवादी) ले जनताबाट प्रत्यक्षरूपमा चुनिने कार्यकारी राष्ट्रपति, नेपाली काङ्ग्रेस र नेकपा -एमाले)ले संसदबाट चुनिने कार्यकारी प्रधानमन्त्री र आलङ्कारिक राष्ट्रपति तथा तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीीे सङ्घीय/ प्रान्तीय संसदबाट चुनिने कार्यकारी राष्ट्रपतिको प्रस्ताव गरेका छन् ।

read more...


५० वर्षेेखि सात हजार रोपनी खेत बा“झै
January 19, 2010

पर्वत, ४ माघ । सिंचाईको अभावमा पर्वत जिल्लाको बाजुङ गाविसमा सात हजार रोपनी खेत बाँझै रहेको छ ।
सो गाविसका वडा नं. १ देखी ९ सम्मको सात हजार रोपनी खेत सिंचाई नभएपछि खेत बसेको हो । पानीको स्रोत नजिकै नहुँदा तीन किलोमिटर टाढा रहेको क्याङको लिस्थुङ खोलाबाट मात्र ल्याउन संभव भएपनि यसप्रति कसैले चासो नदेखाउँदा हिउँदमा मात्र नभएर वषर्ायाममा समेत खेत बाँझै रहने गरेमने छ ।

read more...


छमछमी नृत्य प्रतियोगिताको अडिसन सुरु
January 19, 2010

पोखरा, ४ माघ । नेपाल टेलिभिजनले आयोजना गरेको 'छमछमी नृत्य प्रतियोगिता' को लागि पोखरामा गरिएको अडिसनको पहिलोदिन सोमबार ३ जना छनौट भएका छन् । छनौट हुनेहरुमा सुनिता सिके, विकास नेपाली र शोभा अधिकारी हुन् ।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सोमबार भएको अडिसनमा सहभागी ३४ जनामध्ये ३ जना छनौट गरिएको नेपाल टेलिभिजनका बोर्ड सदस्य तथा कार्यक्रम संयोजक माधव प्रधानले जानकारी दिनुभयो । अडिसनमा सहभागी हुन ७० जना प्रतियोगीहरुले र्फम भरेकोमा बाँकीको मंगलबार अडिसन लिइने छ । अडिसनको निर्ण्ाायकहरुमा बिमला र्राई, मिन गुरुङ रहनुभएको छ ।
विशुद्ध नेपाली गीतमा मात्र नृत्य गर्न सकिने सो प्रतियोगितामा सहभागी हुन प्रतियोगी १६ वर्षउमेर पार गरेको हुनर्ुपर्छ । अडिसनमा सहभागी हुन आएका प्रतियोगीहरु निकै उत्साहित देखिन्छन् भने प्रतिभाको खोजीका लागि नेपाल टेलिभिजनले थालेको यो प्रयासको उनीहरुले प्रसंशा गरेका छन्  ।
राजधानीमा फाइनल हुने यसप्रकारको अडिसन पोखरासहित देशका विभिन्न ९ सहरमा हुने जनाइएको छ ।

read more...


शान्तिको कामना गर्दै १६ झण्डा फर्फाए
January 18, 2010

लमजुङ, ३ माघ । घरघर र देशमा शान्तिको कामना गर्दै लमजुङको ढोडेनी गाउँ विकास समितिका तामाङहरुले घरघरमा लुङ्दार अर्थात झण्डा फर्फाएकाछन् ।
२८४६  औँ सोनाम ल्होसारको अवसर पारेर ढोडेनी २, ढाँडमा आयोजना गरिएको कार्यक्रममा लामा गुरुहरुले १६ वटा लुङ्दारलाई एकैठाउँमा जम्मा गरेर घरघरमा बाँडेकाछन् । स्थानीय लामा गुरु जीत बहादुर तामाङ र कुमबहादुर तामाङले पूजापाठ गरेका थिए ।

read more...


हिमालयन बैंकको काउन्टरबाटै रकम लुटियो
December 30, 2009

पोखरा, १४ पुस । पोखराको मुख्य बजार न्यूरोडमा रहेको हिमालयन बैंकको पोखरा शाखाबाट मगंलबार दिनदहाडै ७ लाख ७१ हजार तीन सय रुपैया लुटिएको छ । बैंकमा जम्मा गर्न लगिएको विनोद इन्टरप्राइजेजको रकम बैंकको काउन्टरबाटै लुटिएको हो । विनोद इन्टर प्राइजेज पोखराको न्यूरोडमै छ । कर्मचारी मनोज चौहानले झोलामा लगेको सो रकम भौचर लेख्नका लागि टेबलमा राखेको अवस्थामा लुटिएको हो । मनोजले भौचर भर्दै गर्दा एक जना व्यक्तिले "दाइ तपाइको पैसा खस्यो" भन्दै भर्ुइमा छिरलिएका नोट देखाए ।

read more...


'भारतका कारण संविधान निर्माणमा ढिलाई'
December 30, 2009

लमजुङ, १४ पुस । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता देव गुरुङले भारतीय हस्तक्षेपका कारण संविधान निर्माणमा ढिलाई भएको बताउनु भएको छ । भारतकै कारण सेना समायोजन, राज्यको पुनर्संरचना र नयाँ संविधान निर्माणमा ढिलाई भएको गुरुङको भनाई छ ।

read more...


मातृ शिशु अस्पताल बनाउन महायज्ञ
December 30, 2009

पोखरा, १४ पुस । पोखरा उपमहानगरपालिका वडा नंं १६ स्थित बाटुलेचौर स्वास्थ्यचौकीको हाताभित्र पोखरा कोमागाने मितेरी मातृ सिसु सामुदायिक अस्पताल निर्माणको लागि आर्थिक सहयोग जुटाउन फागुनको पहिलो साता श्रीमदभागवत विराट महायज्ञ गरिने भएको छ । फागुन ३ देखि १० गतेसम्म हुने ज्ञानमहायज्ञ सम्पन्न गर्न अस्पताल निर्माण एवम् व्यवस्थापन समितिका संयोजक तथा पर्ूव नगर प्रमुख कृष्ण थापाको अध्यक्षतामा १ हजार १  सदस्यीय मूल समिति गठन गरिएको छ ।

read more...


नेपालको शिक्षालाई गुणस्तरीय बनाउन सकिन्छ -प्रा.डा. कोइराला
December 30, 2009

पोखरा, १४ पुस । उच्च माध्यामिक शिक्षा परिषदका उपाध्यक्ष प्रा. डा. उपेन्द्र कोइरालाले गुणस्तरीय शिक्षाको लागि राजनीतिक दलहरुको प्रतिवद्धता आवश्यक रहेको वताउनुभएको छ ।
पोखरा उपमहानगरपालिका वडा नं. १८ स्थित कालिका बहुमुखी क्याम्पसको १९ औ वाषिर्कोत्सवको उद्घाटन गर्दै उपाध्यक्ष डा. कोइरालाले सो विचार ब्यक्त गर्नुभएको हो ।

read more...


बन्द हुँदा त भोकै पनि बस्नर्ुपर्छ
December 20, 2009

पोखरा, ४ पुस । नुवाकोट घर भएर पोखराको सृजनाचोक बान्दै आएकी रत्ना गुरुङलाई ३/४ दिनको परिवारको खर्चको जोहो एक दिनमा नै गर्नुपर्दा ठूलै समस्या पर्‍यो ।
श्रीमान र श्रीमती दुवै मजदुरी गर्ने इसाले चार दिनका लागि चाहिने तरकारी तेल, चामल लगायतका दैनिक जीवन गुजाराका लागि चाहिने सामग्री शनिबार नै बटुल्नु पर्‍यो । कारण हो आइतबारदेखि एकीकृत माओवादीले आहृवान गरेको आम हड्ताल ।

read more...


प्रहरीको भूमिका प्रभावकारी, सामुदायिकको अध्यक्षमा गुरुङ
December 20, 2009

पोखरा, ४ पुस । प्रहरी अतिरिक्त महानिरीक्षक अर्जुनजंग शाहीले विशेष सुरक्षा योजनाले शान्ति सुरक्षा कायम गर्न र प्रहरीलाई समुदायसंग मिल्ने काम गर्न सहयोग गरेको बताउनुभएको छ ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको छैटौं साधारण सभा तथा चौथो महावेधिवेशन र भवनको उद्घाटन गर्दै शाहीले प्रहरीको नीति र योजनालाई सफल बनाउन सामुदायिक सेवा केन्द्रको महत्वपर्ूण्ा भूमिका रहने बताउनुभयो । समाजमा शान्ति सुरक्षा कायम गराउन तथा प्रहरी र जनताबीचको दुरी हटाउन सामुदायिक सेवाको अवधारणा आएको जानकारी दिँदै उहाँले प्रहरी नायव महानिरीक्षक कुवेरसिंह रानाको सहयोगमा प्रहरी उपरीक्षक रमेश खरेलले निर्वाह गरेको भूमिकाप्रति सिंगो प्रहरी संगठन गौरवान्वित भएको धारणा राख्नुभयो । उहाँले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न कास्की प्रहरीले खेलेको भूमिका महानिरीक्षक रमेशचन्द्र समक्ष राख्ने जानकारी दिनुभयो ।

read more...


पोखरामा युनिटी अस्पताल
December 20, 2009

पोखरा, ४ पुस । युनिटी लाइफ इन्टरनेशन शनिबारदेखि पोखरामा युनिटी लाइफ अस्पतालको स्थापना गरेको छ ।  युनिटीले स्थापना गरेको सो अस्पतालमा एक सय एक बेडहरु रहेका छन् । अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालले स्वास्थ्य क्ष्ेात्रमा देखिएका समस्यालाई हल गर्दै लैजाने धारणा राख्नुभयो । उहाँले युनिटीले स्थापना गरेको अस्पतालको प्रशंसा समेत गर्नुभयो । माओवादीले बेमौसमी आन्दोलन गरेर देशलाई अराजकतातर्फ धकेलेको राज्यमन्त्री बस्यालको आरोप छ । यो समयमा आन्दोलन नभई सहमति खोज्नर्ुपर्न उहाँको भनाई थियो ।

read more...


निर्भिक भएर कर्तव्य पूरा गर्न कर्मचारीलाई निर्देशन
December 20, 2009

पोखरा, ४ पुस । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव बाबुराम आर्यालले कर्मचारीलाई निर्भिक भएर आपmनो कर्तव्य पथमा अगाडि बढ्न निर्देशन दिनु भएकोछ ।
कास्केली अधिकृत समाज कास्कीको चौथो वाषिर्क स्मारीकाको शनिबार विमोचन गर्दै सचिव आचार्यले कर्मचारी निर्भिक भएर अगाडि नबढेसम्म देशको र्सार्वजनिक प्रशासनको अवस्थामा सुधार गर्न नसकिने बताउनुभयो ।
साहित्यकार एवम् प्राज्ञ सरु भक्तले कर्मचारी तन्त्रले निर्भिक भएर काम गर्ने वातावरण बन्न नसकेको धारणा राख्नुभयो । कस्केली अधिकृत समाजका अध्यक्ष दर्ुगाबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा समालोचक राजेन्द्र चापागाई, समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार शिवप्रसाद पराजुली, पृथ्वीनारायण क्याम्पसका पर्ूव प्रमुख डा. दिलबहादुर क्ष्ेात्री, समाजका उपाध्यक्ष भगवान पन्त, सचिव नगेन्द्रप्रसाद पौडेल लगायतका वक्ताले बोल्नुभएको थियो ।
कार्यक्रममा सेवा निवृत्त अधिकृतहरुलाई सम्मान गर्नुका साथै आजीवन सदस्यहरुलाई प्रमाणपत्र एवम् सल्लाहकारलाई सम्मानपत्र वितरण गरिएको थियो ।

read more...


समावेशीको मुद्दालाई संविधानमा समेट्नु पर्नेमा जोड
December 20, 2009

पोखरा, ४ पुस । समावेशी र समानताको मुद्दालाई नयाँ बन्ने संविधानमा सुनिश्चित गर्नुपर्नेमा शनिबार भएको कार्यक्रमका वक्ताले जोड दिएका छन् । दलित महिला संघ कास्की र हातेमालो अभियान नेपाल पोखराले आयोजना गरेको समावेशी र समनता आजको आवश्यकता विषयक कार्यक्रमका वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।  शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक रामप्रसाद घिमिरेले समावेशी र समानताको मुद्दालाई नयाँ संविधानमा सुनिश्चित गर्न सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 - Next Page »

»

  Headlines - मुख्य समाचार

लेनपा कडा भएपछि जग्गा ब्यापारीमा हल्लीखल्ली, करोडौं लगानी जोखिममा

चार महिनामा २० प्रहरीमाथि कारवाही, दर्ुइ प्रहरीको जागिरै गयो

संविधानसभाले दसौँ प्रतिवेदन पायो, एमालेका चारजना सभासद्को असहमति

५० वर्षेेखि सात हजार रोपनी खेत बा“झै

छमछमी नृत्य प्रतियोगिताको अडिसन सुरु

शान्तिको कामना गर्दै १६ झण्डा फर्फाए

हिमालयन बैंकको काउन्टरबाटै रकम लुटियो

'भारतका कारण संविधान निर्माणमा ढिलाई'

मातृ शिशु अस्पताल बनाउन महायज्ञ

नेपालको शिक्षालाई गुणस्तरीय बनाउन सकिन्छ -प्रा.डा. कोइराला

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np