|
पोखरामा मनाङ्गको शानदार सुरुवात, चार वटै गोल प्रिm किकमा
January 29, 2010
पोखरा, १४ माघ । १० औ हजार पोखरेली दर्शकका माझमा स्टाइकर जगजित श्रेष्ठको नायकत्वमा मनाङ्ग मर्स्याङ्दी क्लब -एमएमसी) ले पोखरामा भैरहेको आहा गोल्डकप फुटबल प्रतियोगितामा शानदार शुरुवात गरेको छ । राष्ट्रिय फुटबलमा उत्पन्न विवादका कारण छैठौं र सातौं आहा गोल्डकपमा सहभागी नभएको एमएमसीले विहीबार शसक्त प्रतिद्वन्दी शसस्त्र प्रहरी बललाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान पक्का गर्यो ।
•
read more...
विस्तृत जानकारीका लागिः
January 29, 2010
विस्तृत जानकारीका लागिः फोनः ९७७-०६१-५२६६६८, ५३७४४९ विज्ञापन सम्बन्धी सोध्नुपरेमाः मोः ९८४६०३५१०९ श्रीप्रसाद पोखरेल - (बजार व्यवस्थापक) र ९८४६११९२१३ नारद काफ्ले विज्ञापनको दररेटः अगाडि पृष्ठमा ः प्रतिकोलम प्रतिसेमीः १००।- -सय रुपैया) पछाडि पृष्ठमा ः प्रतिकोलम प्रतिसेमी ७५।- -पचहतर रुपैया) र भित्री पृष्ठमा ः प्रतिकोलम प्रतिसेमी ५०।- -पचास रुपैया)
•
read more...
'पोखरा सुन्दर नगरी कि दर्ुगन्धित नगरी'
January 29, 2010
पोखरा, १४ माघ । सुन्दर पर्यटकीय नगरको उपनाम पाएको पोखरा अहिले दर्ुगन्धित नगरको रुपमा परिणत भइरहेको छ । गत माघ ७ गतेदेखि स्थानीय निकायका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि पर्यटकीय नगरी पोखरामा दैनिक थुप्रिएको फोहोर उठ्न सकेको छैन । फोहोरको डंगुरमा दर्ुगन्ध फैलन थालिसकेको छ तर त्यसलाई उठाउने कही कतैबाट पहल समेत भएको छैन । नगर भित्रको फोहोर उठाएर डम्पिङ साइटमा फाल्ने जिम्मा स्थानीय निकाय आर्न्तर्गतकै पोखरा उपमहानगरपालिकाले पाएको छ । तर एक साताभन्दा बढी बितिसके पनि न उपमहानगर खुल्यो न त फोहोर उठेको छ । पोखराका सडक र गल्ली वरीपरी यत्रतत्र अहिले फोहोरको गन्हाइरहेको डंगुर मात्र छन् । सडक र गल्लीमा हिँड्न मान्छेहरु फोहोरको गन्ध छेक्न नाक थुन्न थालेका छन् । मुख्य, मुख्यचोकमा फोहोरको ठूला ठूला डंगुर नै भइसकेको छ । पोखरामा करीब ३ लाखको हाराहारीमा मान्छे बसोबास गर्छन भने दैनिक ३० टन फोहोर निस्कने गर्छ । दैनिक ३० टनको अनुपातमा निस्कने फोहोर व्यवस्थापन नहुँदा स्वदेश तथा विदेशबाट पोखरा आउने पर्यटक पनि मारमा परेका छन् । पहिलो पटक पोखरा आएका एक अष्टेलियन पर्यटकले नाक थुन्दै भने 'किन चोकचोकमा फोहोर थुपारेको', नजिकै रहेका उनका गाइडले जवाफ दिए 'फोहोर उठाउने कामदारको आन्दोलनले गर्दा । फोहोर नै नउठाइकन आन्दोलन गरेको सुन्दा पर्यटकदेखि र्सवसाधारणलाई समेत मर्का परेको छ । पोखराका पर्यटन व्यवसायीहरुले अहिले फोहोर नउठाउँदा पर्यटनमा नकारात्मक असर पर्ने गुनासो गरेका छन् । आन्दोलनको नाममा फोहोर नै नउठाउनु उचित नभएको प्रतिक्रिया दिँदै यसले पोखरा आउने पर्यटकलाई सास्ती भएको बताउनुभयो । उहाँले उपमहानगरमा विभिन्न समयमा यस्ता समस्या उठिरहँदा सुन्दर नगरी पोखरा स्वरुप कुरुप बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । अन्य माध्यमबाट दवाव दिएर आन्दोलन गर्न आहृवान गर्दै फोहोर जस्तो संवेदनशील विषयमा गम्भीर बन्न पर्यटन व्यवसायीले आग्रह समेत गरेका छन् । यता जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले सरकारी तवार निर्देशन आए फोहोर उठाउन सुरक्षाकर्मी परिचालन गर्ने जानकारी गराउनु भयो । पर्यटकीय स्थलमा फोहोर नै थुपारेर आन्दोलन गर्दा विभिन्न महामारी समेत आउन सक्ने भएकाले स्थानीय निकायका कर्मचारीले गम्भीर बन्न आहृवान गर्नुभएको छ । दैनिक फोहोर बढ्दै गएपछि केही स्थानमा निजी क्ष्ेात्रकै पहलबाट समेत फोहोर व्यवस्थापन गर्न थालिएको छ । फोहोर अझ केही दिन नउठे अन्य महामारी फैलन समेत सक्ने भएकोले र्सवसाधारणमा समेत चिन्ता बढेको छ ।
•
read more...
महिलाहरूले तोडे रक्सी चढाउने परम्परा
January 29, 2010
पर्वत, १४ माघ । दलित समुदायको विवाह, व्रतबन्ध र मृत्यु संस्कारमा रक्सी चढाउने परम्परागत संस्कार दलित आफैँले तोडेका छन् । समुदायमा जनचेतना अभियान सञ्चालन भएपछि सामूहिकरूपमा छुवाछुतलगायतका सामाजिक विकृतिलाई उनीहरू आफैँले अन्त्य गरेका हुन् । सामाजिक व्यवहार र संस्कृतिमा परिवर्तन नआउँदा विकृति फैलिँदै गएपछि सकरात्मक परिवर्तनका निम्ति पर्वतको दक्षिणी भोर्ले गाविसका ३, ४ र ६ वडामा गठित महिला समूहका सदस्यहरूले सो परम्परा तोडेका हुन् । पुरानो परम्पराअनुसारमा अडिग रहँदा सामाजिक विकृतिले जरो गाड्दै गएपछि उक्त यहाँका महिला सो अभियानमा लागेका हुन् । गाविसमा गठित एक दर्जनभन्दा बढी आमा, बुहारी तथा किशोरी समूहहरूले सो परम्परालाई परिवर्तन गरेका हुन । सुरुमा महिलाहरूले मानिस मरेर उम्किने दिन रक्सी र सिनोको भोज लगाउने परम्परा तोड्दै सो अभियानलाई अगाडि बढाएका थिए । महिलाले थालेको रक्सीविरुद्धको अभियान सफलतापर्ूवक व्यवहारमा लागु भएपछि समाजमा मेलमिलापको वातावरण सिर्जना भएको छ । सो समुदायमा अहिले दलित-दलितबीचको छुवाछूतसमेत अन्त्य भएको छ । विशेषगरी दमाई, कामी र सार्की जातिको बाहुल्यता रहेको समुदायमा खानेपानीको धारालगायत विविध कुरामा छुवाछूतका रहिआएकोमा छुवाछूतको अन्त्य गर्ने अभियानमा सक्रिय रहेको दीपज्योति बुहारी समूहकी ज्ञानमाया सुनारले बताउनुभयो ।
•
read more...
साताको अन्तिम दिन सेयर बजारमा सुधार
January 29, 2010
पोखरा, १४ माघ । सेयर बजार परिसुचक नेप्सेमा साताको अन्तिम दिन विहिबार ३ दशमलव ५४ अंकले सुधार आएको छ । बुधबार तीन वर्षताकै न्युन विन्दुमा झरेको भएपनि विहिबार ३ बजे पछि नेप्सेमा सुधार आएको हो । सोमबार नेप्सेमा शुन्य दशमलब शुन्य ४ अंकले बढेको भए पनि मंगलबार नेप्सेमा ३ दशमलव ११ अंकले र बुधबार २ दशमलव शुन्य १ अंकले घटेर ५ सय ११ दशमलब ७ अंकमा झरेको थियो । तर विहिबार ५ सय १५ दशमलब २४ अंकमा पुगेको छ । बुधबारसम्म बजार पुँजीकरणको ठुला हिस्सा ओगट्ने वाणिज्य बैंक समुहको परिसुचकमा गिरावट आएको भएपनि विहिबार त्यसमा सुधार आएर ५ दशमलब ४७ अंकले बढेको छ । विहिबार विकास बैंक समुहमा २ दशमलव ४७ अंकले, विमा समुहमा शुन्य दशमलव ३१ अंकले गिरावट आएको छ । विमा समुहमा परिसुचकमा अघिल्लो दिन भने शुन्य दशमलब ८४ अंकले बढेको थियो । त्यसै गरि हाइडोपावर समुहमा विहिबार ठुलो परिवर्तन आएको छ । अघिल्लो दिन ४ दशमलब ५१ अंकले घटेको हाइडोपावर समुहमा १२ दशमलव ७२ अंकले परिसुचक बढेको छ । त्यसै गरि फाइनान्स समुह परिसुचकमा पनि २ दशमलव ७९ अंकले बढेको छ । विहिबार नविल बैंक सुचीकृत भएको अन्य समुहको परिसुचक सबैभन्दा उच्च अंकले बढेको छ । विहिबार नविल बैंकको सेयर मूल्य प्रति कित्ता १ सय ३५ रुपैयाले बढेको छ भने स्ट्यार्ण्र्डड चार्टड बैंकको ७८ र बुटवल पावर कम्पनी लिमिटेलको ३२ रुपैयाले प्रति कित्ता मुल्य बढेको छ । सूचीकृत भएको अन्य समुहको परिसूचक सबैभन्दा युनिलिभर नेपाल लिमिटेडको प्रति कित्ता ८१ रुपैयाका दरले घटेको छ । यस दिन ५९ कम्पनीको कारोबार भएकोमा २६ को सेयर मुल्य घटेको, ११ कम्पनीको यथावत रहेको र २२ कम्पनीको बढेको छ । यस अवधिमा ८ सय ४६ को कारोबारमा ३ करोड ६९ लाख ५३ हजार ६ सय ५४ कित्ता सेयर किनबेच भएका छन् । यता पोखरामा मुख्य कार्यालय रहेका बैंक, विकास बैंक र फाइनान्सहरु मध्ये अपि फाइनान्स लिमिटेडको कारोबार भएको छ । अपि फाइनान्सको प्रति कित्ता शेयर २१ रुपैया बृद्धि भएको छ । पोखरामा मुख्य कार्यालय भएका माछापुच्छे बैंक, हिमचुली विकास बैंक, कास्की फाइनान्स, अन्नपर्ुण्ा फाइनान्स लगाएतका वित्तिय संस्थाको कुनै कारोबार भएन ।
•
read more...
लेखनाथ महोत्सव सुरु, बन्द हड्ताल नगर्न सभामुखको आग्रह
January 23, 2010
पोखरा, ८ माघ । संविधान सभाका सभामुख सुभाषचन्द्र नेवाङ्गले बन्द र हडताल छोडेर निर्धारित समयमा संविधान जारी गर्ने कार्यमा लाग्न राजनैतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । उनले १० माघ पछि एकिकृत माओवादीले गर्ने भनिएको अनिश्चितकालिन आम हड्ताल फिर्ता हुने विश्वास समेत गरे ।
•
read more...
माओवादीको बन्द फिर्ता
January 23, 2010
पोखरा, ८ माघ । बन्द र आम हड्ताल विरुद्ध 'अभियान' थालनी गरेका पोखरा लेकसाइडका आमाहरुले शुक्रबार विशाल जनपर््रदर्शन गरेका छन् । पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडलाई त्यहाँ कृयाशिल आमा समुहले बन्द मुक्त क्षेत्र घोषणा गरेका छन् । आमाहरुको आब्हानमा लेकसाइडको जरेबरमा जम्मा भएका पर्यटन व्यवसायी, विद्यार्थी तथा र्सब साधारणले बन्द र आम हड्ताल विरोधी नारा लगाएका थिए । आमा समुहले बन्द, हडताल विरुद्धको र्यालीमा सहभागी हुन आब्हान गर्दै विहीबार पोखरा नगरमा माइकिङ्ग गरेका थिए । सोही आधारमा जरेबरमा जम्मा भएका सहभागीहरु बन्द विरोधी नारा लगाउदै सहिद चेाकसम्म पुगेका थिए । बन्द र आह हड्तालले सबै क्षेत्रलाई अस्तब्यस्त पार्छ । त्यसमा पनि पर्यटन उद्योग सबै भन्दा बढी प्रभावित हुन्छ । त्यसैले बन्द विरोधी पर््रदर्शन लेकसाइडमा गरिएको हो । एकिकृत नेकपा माओवादीले माघ १० देखि अनिश्चितकालिन आम हड्ताल आयोजना गरेका थिए, तरपनि चौतर्फी दवाव आएपछि आमअड्ताल फिर्ता लिएका हुन् । बन्द विरोधी अभियानको नेतृत्व गरेकी ७६ वषर्ीया बद्रिका लामिछानेले "अब त अति" भएकाले सडकमा उत्रिएको बताईन । राजनैतिक दलका नेताहरुले सोझा जनतालाई जर्बजस्ती सडकमा उतारेर बन्द गर्न लगाएको भन्दै उनले सो कार्य बन्द गरेर संविधान निर्माण गर्ने काममा लाग्न पनि आग्रह गरिन् ।
•
read more...
सभामुख चिन्तित
January 23, 2010
पोखरा, ८ माघ । सभामुख सुभाषचन्द्र नेवाङ्गले लेखनाथ नगरपालिका भित्रका पर्यटकीय स्थलहरु अतिक्रमणमा परेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । लेखनाथ महोत्सव उद्घाटनको सम्बोधनमा उहाँले वेगनास लगायतका ताल र पर्यटकीय डाडाहरु संरक्षण गर्न आग्रह गर्नु भयो । "मैले सुन्दै छु, यहाँका पर्यटकीय डाडा काटेर सम्याईदै छ, तालको किनारमा ठुला ठुला भवन बनाइदै छ ।"
•
read more...
माग पूरा नभएपछि देशभरका स्थानीय निकाय फेरि ठप्प
January 22, 2010
पोखरा, ७ माघ । आफूले राखेका मागहरुमा सरकारले सहमति जनाएर पनि कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरुले बिहीबारदेखि अनिश्चितकालिन स्थानीय निकाय बन्द गराएका छन् । स्थानीय निकायका कर्मचारीले माघ ६ गतेभित्र माग पूरा गर्न अल्टिमेटम दिएपछि माग पूरा नभएपछि देशभरका स्थानीय निकाय ठप्प बनाएका हुन् ।
•
read more...
जुवाडेहरु प्रहरीको नियन्त्रणमा
January 22, 2010
पोखरा, ७ माघ । पोखराको रामबजारको हिमचुली बैंकको निजकबाट प्रहरीले बिहीबार १७ जनालाई नियन्त्रणमा लिएको छ । वसन्ती गुरुङको रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा दिलबहादुर गुरुङ, सुकबहादुर गुरुङ, कूलबहादुर सर्ेर्बुजा मगर, नन्दबहादुर गुरुङ, यमबहादुर गुरुङ , टकबहादुर गुरुङ, रेशम र्राई, हेमराज गुरुङ, तिर्थ पौडेल, हेमबहादुर गुरुङ, हरिसिं गुरुङ, ललिता पुन, विमला गुरुङ र आशबहादुर गुरुङ लगायतलाई पक्राउ गरेको हो । उनीहरुबाट प्रहरीले नगद रु. १५ हजार समेत बरामद गरेको छ । समातिएका मध्ये तीन जनालाई छोडेको छ । छोडिएका तीन जना जुवा खेलेको हेरेर मात्र बसेका थिए । त्यसैगरी गौंडाको मुखबाट पनि तास खेलिरहेकै अवस्थामा चार समातिएका छन् । समातिनेहरुमा धनबहादुर गुरुङ, सञ्जय गुरुङ, माया गुरुङ र मायादेवी गुरुङ रहेका छन् । प्रहरीका अनुसार कानून अनुसार कारवाही गरिने रामबजारका प्रहरी प्रमुख रविन्द्र गुरुङले बताउनुभएको छ । यसैबीच लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई शाखा कार्यालय पोखराका प्रहरी निरीक्षक डिकबहादुर के.सी.को नेतृत्वमा खटिएको प्रहरी टोलीले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा उपमहानगरपालिका वडा नं. ६ बैदाम बस्ने वर्ष३२ को राजु पुन रहेका छन् । लागू औषध बिक्री वितरण गर्नको लागि होटेल पीस नेपाल दीगो पाटन पोखराको होटेलको कोठा नं. ५०७ बुक गरी बसेको उक्त कोठा खान तलासी लिने क्रममा कालो प्लाष्टिकको पोकामा ट्वाईलेटभित्र राखेको अवस्थामा लागू औषध नफिर्नर् इन्जेक्सन थान ५० र्डाईजेयामर् इन्जेक्सन ४३ थान फेनारागन थान ३४ समेत बरामद गरी आवश्यक कार्वाहीको लागि उक्त लागू औषधसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा पर्ठाईएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।
•
read more...
छैटौं लेखनाथ महोत्सव आजदेखि
January 22, 2010
पोखरा, ७ माघ । माघको ८ गते देखि १७ गतेसम्म लेखनाथको भण्डारढीकमा हुने सम्पर्ूण्ा तयारी पूरा भएको छ । शुक्रबार तथा आजाबाट हुने महोत्सवको उद्घाटन सभामुख सुभासचन्द्र नेम्वाङले गर्नुहुने कार्यक्रम रहेको छ । महोत्सवमा तीन सयभन्दा बढी स्टल रहने छन् भने १५ करोडको हाराहारीमा आर्थिक कारोबार हुने आयोजकहरुले जनाएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने सो महोत्सवमा ७ लाखको हाराहारीमा बचत हुने र तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । स्थानिय आर्थिक तथा सामाजिक विकास, स्थानीय उद्योगी, व्यवसायीहरुबाट स्थानीय उत्पादित वस्तुहरुको पर््रबर्द्धन गर्दै राष्ट्रिय, अन्तराष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले संघले महोत्सव गर्दै आएका छ । महोत्वमा क्षेत्रिय कृषि, औद्योगिक, पर्यटन तथा व्यापार मेला राष्ट्रिय दोहोरी गित प्रतियोगीता, विभिन्न रष्ट्रिय ख्याती प्राप्त कलाकारबाट हास्य पर््रदर्शन, पप कर्न्र्सट, गण्डकी तारा, सांस्कृतिक कार्यक्रम, जनतातिको भेषभुषा पर््रदर्शनी लगायतका कार्यक्रमहरु मेलामा प्रस्तुत हुने लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम जमरमट्टेलले जानकारी दिए । मेलामा हस्तकला, जडिबुटि, फुड फेस्टीबल, बिभिन्न अटोमोवाईल, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, विभिन्न संघ संस्थाका जानकारी, कुखुरा पर््रदर्शनी, सुन्तला पर््रदर्शनी, माछा पर््रदर्शनी, ताजा तरकारी पर््रदर्शनी, मह पर््रदर्शनी लगायतका स्टलहरु राखिने छन् । मेला हर्ेन कबिर ३ लाख दर्शकहरु आउने आयोजको अनुमान रहेको छ । १० दिने मेलामा करिब १५ करोडको कारोबार हुने अनुमान रहेको छ । मेलाबाट ५७ लाख आम्दानी हुने र ४९ लाख खर्च भै ७ लाख बचत हुने अनुमान आयोजक उद्योग वाणिज्य संघले गरेको छ ।
•
read more...
विमानस्थल निर्माण कार्य पुनः सञ्चालनमा
January 22, 2010
पोखरा, ७ माघ । स्थानीय बासिन्दाको विरोधका कारण स्थगित भएको पोखराको आन्तरिक विमानस्थलको निर्माण कार्य पुनः सञ्चालन भएको छ । स्थानीय बासिन्दाले विभिन्न माग तथा दवाव राखेर विमानस्थल निर्माणमा अवरोध गरेका थिए । स्थानीय बासिन्दा गठित विमानस्थल निर्माण जनसरोकार समिति र सभासद राजकाजी गुरुङ 'करण'को संयोजकत्वमा गठित उच्चस्तरीय संयन्त्रबीच सहमति भएपछि निर्माण कार्य सुरु भएको हो । सहमति अनुसार विमानस्थलको पाँच मिटरसम्म कुनै पनि भौतिक संरचना निर्माण गर्न पाइने छैन । पाँच मिटर क्ष्ेात्रमा १० फिट अग्लो र त्यसपछि सात/सात मिटरमा थप एक एक मिटर अग्लो बनाउन पाइने व्यवस्था गरिएको छ । मापदण्डबाट घरहरु प्रभावित भए क्षतिपर्ूर्ति प्रदान गरिने भन्दै संयन्त्रका संयोजक गुरुङले १५ दिनपछि अध्ययन सुरु गरिने बताउनुभयो । यस्तै जनसरोकार समितिका सचिव बोधबहादुर कार्कीले सिंचाई, खानेपानी लगायतका आधारभूत संरचना नविगर्ने र कुनै समस्या आए समाधान खोज्ने सहमति भएको बताउनुभयो । अन्तर्रर्ााट्रय विमानस्थल निर्माणमा अवरोध गर्ने उद्देश्य नभएको जनसरोकार समितिले जनाएको छ । सहमति भएपछि दर्ुइवटा डोजर विमानस्थल निर्माणमा चालु गरिएको छ । तारजालीको काम पनि सुरु भइसकेको छ । यता नगरविकास समितिले २१ मिटरसम्म कुनै पनि भौतिक संस्रचना बनाउन नपाइने र २१ मिटरमा एकतला तेस्रो २१ मा दर्ुइ र चौथो २१ मा तीन तलाको घर बनाउन पाइने मापदण्ड तोकेको थियो । चालु आर्थिक वर्षा नै विमानस्थल निर्माणका अधिकांश महत्वपर्ूण्ा कार्य गर्ने योजना बनिसकेको छ । स्थानीय बासिन्दाले सरकारले तोकेको मापदण्ड लागू गरे सुकुम्बासी बनिने भन्दै गत पुस २५ गतेदेखि विमानस्थल निर्माणमा अवरोध पुर्याएका थिए ।
•
read more...
'डाडै मासिने डर'
January 21, 2010
पोखरा, ६ माघ । तालचोकको डाँडो सम्याउने काममा रोक लगाइएपछि व्यक्तीको सम्पत्तीमाथि लेखनाथ नगरपालिकाले गैर कानुनी हस्तक्षेप गर्यो भन्ने टिप्पणी भैरहेका छन् । कतिपयले त प्लटिङ गर्नेहरुसंग ठूलै रकम खानका लागि सरकारी कर्मचारीले सो योजना बनाएको बताउन पनि पछि परेनन् । तर लेखनाथ नगरपालिका र कास्की प्रशासनको चिन्ता अर्कै छ ।
•
read more...
'गोर्खा भर्तीलाई निरन्तरता दिन्छौं'
January 21, 2010
पोखरा, ६ माघ । भारतीय स्थल सेनाका सेनाध्यक्ष दिपक कपुरले भारतीय सेनामा भर्ती भएका नेपालीहरुले देखाएको बहादुरीको प्रशंसा गर्दै आगामी दिनमा पनि नेपाली युवाहरु भर्ती लिने कार्यलाई निरन्तरता दिने बताएका छन् । चार दिने नेपाल भ्रमणको दोश्रो दिन काठमाण्डौंबाट मुस्ताङ्गको जोमसोम हुँदै पोखरा आएका सेनाध्यक्ष कपुरले पोखरा स्थित भारतीय दुताबास पेन्सन वितरण कार्यलयमा जम्मा भएका भारतीय भूतपर्ूव सैनिकहरुलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन । "म विर नेपालीहरुको बहादुरीलाई सलाम गर्छर्ुु" उनले भने-"हाल गोर्खा रेजिमेन्टमा मात्र ३० हजार गोर्खा सैनिक कार्यरत छन । आगामी दिनमा पनि भर्तीलाई निरन्तरता दिनोछौं ।" सेनाध्यक्ष कपुरले नेपाल भारतको सम्बन्ध ऐतिहासिक छ भन्दै आगामी दिनमा पनि यो सम्बन्ध अझै बलियो बनाएर लैजाने बताए । सोही अवसरमा सेनाध्यक्ष कपुरले भारतमा युद्ध लड्ने क्रममा अपाङ्ग भएका चार जना गोर्खा सैनिकलाई चार पांग्रे स्कुटर प्रदान गर्नु गरे । विभिन्न लडाइका क्रममा घाइते भएर अपाङ्ग भएका सुवेदार्रर् इन्द्रबहादुर गुरुङ्ग, सुवेदार भरतबहादुर थापा, सिपाहीद्वय दिलबहादुर गुरुङ्ग र शोभितमान प्रधानले स्कुटर पाए । त्यस्तै कपुरले पेन्सन वितरण कार्यालयका लागि ४ वटा बसको चावी हस्तान्तरण गर्नु भयो भने कपुरको धर्मपत्नी किर्ती कपूरले विरगती प्राप्त सेनाका पत्नीहरुलाई राहत सामाग्री हस्तान्तरण गरे । मंगलबार देखि चार दिने नेपाल भ्रमणमा रहनु भएका सेनाध्यक्ष कपूर आज विहान चिनको सिमासंग जोडिएको मुस्ताङ्गको जोमसोमको स्थलगत भ्रमण गरेर र्फकनु भएको छ । काठमाण्डौंबाट हेलिकोप्टरमा सिधै जोमसोम पगेका कपुरले चर्चित धार्मिक स्थल मुक्तिनाथको दर्शन गरेका थिए भने मुस्ताङ्ग स्थित सुरक्षा अधिकारीसंग छलफल गर्नु भएको श्रोतले बतायो । पोखराको पेन्सन कार्यालयको कार्यक्रम स्थलबाट तीन किलोमिटरको दुरीमा रहेकेा नेपाली सेनाको पश्चिम पृतनाको मुख्यालयमा पनि सेनाध्यक्ष कपूर हेलिकोप्टरबाटै गएका थिए । उनले पृतना मुख्यालयको निरीक्षण गर्नुका साथै त्यही खाना खाएका थिए । उनी बुधबार नै राजधानी फर्किए ।
•
read more...
पोखरामा झांगिदै 'बंक' संस्कृति
January 20, 2010
पोखराको सेन्ट मेरिज बोर्डिङ्ग स्कूलको कक्षा ६ मा अध्ययन गर्ने तीन जना छात्रा सोमबार विद्यालय गएनन् । घरबाट छोरीहरु विद्यालय गएकोमा बाबु आमा ढुक्क थिए तर छोरीहरुले अघिल्लो दिनदेखि नै सोमबार 'बंक हान्ने' अर्थात विद्यालय नगएर अन्यत्रै जाने योजना बनाइसकेका थिए । त्यही अनुसार उनीहरु दिउसो विद्यालय त गएनन् नै साँझ पनि घर फर्केनन् । विद्यालय गएका साना साना छोरीहरु समयमा घर नफर्केपछि घर परिवारमा सोध खोज भयो । उनीहरु विद्यालय नै नगएको थाहा पाएपछि त बाबु आमा झनै अत्तालिए । खोजी गर्दै जाँदा त उनीहरु पोखराभन्दा बाहिर एउटा होटलमा पुगिसकेका थिए, २ जना केटासंग । -रामकृष्ण ज्ञवालीको रिपोट "'बंक हान्ने' अहिलेका किशोर किशोरीमा एउटा सस्कृतिकै रुपमा विकास भैसकेको छ । पोखरामा बंक हान्ने अर्थात पर्ढाई छोडेर बाहिर घुम्ने काममा प्लस टुमा पढ्नेहरुको संख्या अत्याधिक छ । कतिपयले साथी साथी मिलेर बंक हान्छन भने कतिपयले "ब्वाई प|mेण्डर्-गर्ल प|mेण्ड' डेटिङ्ग जान बंक हान्छन् ।
•
read more...
|