Home    •    About Us    •    Send Us News    •    Contacts    |

Search

 

»

  News - समाचार

अन्तर्रर्ााट्रय उडानको अनुमति लिने तयारी
February 8, 2010

पोखरा, २४ माघ । पोखराबाट भारतको विभिन्न शहरमा उडान गर्न लागेको बुद्ध एयरले उठान अनुमतिका लागि आइतबार अन्तिम निवेदन पेश गरेको छ ।
बुद्ध एयरको क्ष्ेात्रीय कार्यालय पोखराका अनुसार बुद्धले नागरिक उड्डयन मन्त्रालयमा अनुमतिका लागि आपmनो निवेदन दायर गरेको हो । क्ष्ेात्रीय कार्यालयका अनुसार अब एक हप्ता भित्रमा नै बुद्धले उडानका लागि सरकारबाट अनुमति प्राप्त गर्नेछ ।

read more...


जातीय आधारमा संघीय राज्यको बिरोध गर्दै बृहत र्žयाली
February 6, 2010

पोखरा, २२ माघ । जातीयताका आधारमा प्रदेश बिभाजन गर्न नहुने धारणा राख्दै आएको राष्ट्रिय ब्राहृमण समाज नेपालले शुक्रवार पोखरामा बृहद र्žयाली सम्पन्न भएको छ । ब्राहृमण समाज कास्कीको जिल्ला अधिबेसनको अवसरमा निकालिएको उक्त र्žयालीमा पोखरा र लेखनाथ लगायत कास्कीका अधिकासं गाविसहरुवाट ब्राहृमण समुदायका हजारौ संख्यामा व्राम्हणहरु  सहभागी भएका थिए ।

read more...


पर्यटक तालमा खसेर वेपत्ता, खोजीकार्य जारी
February 6, 2010

पोखरा, २२ माघ ।र् पर्यटकीय फेवातालमा एक विदेशी प्याराग्लाइडिङ पाइलट खसेर वेपत्ता भएका छन् । सराङकोटबाट उडेका २६ वषिर्य जर्मन पर्यटक स्टोप्च स्याटलर तालमा खसेर बेपत्ता भएका हुन् । दिउँस्ाो पौने एकबजेको समयमा ती जर्मनी पर्यटक खपौंदी नजिकै तालमा खसेर वेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीका अनुसार जर्मन पाइलटले उचाईबाट तालमाथि 'प्रिm फल' गरेे्का थिए । उचाईबाट ग्लाइडिङ छाडेर तालमा जम्प गरेपछि बेपत्ता भएको बताइएका छन् ।
आफनै व्यक्तिगत सामान लिएर उनले दिउँसो १२ बजेको समयमा उडान गरेका थिए ।  प्याराग्लाइडिङको क्रममा उनका अन्य पाँचजना सहकर्मीले छायाँकन -भिडियो खिचेका) गरेका थिए । बेपत्ता पर्यटकको पास पोर्ट नम्बर सी एस एच ३ एल जे एच ७ एन रहेको प्रहरीले जनाएको छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार उनी गत डिसेम्बरदेखि पोखरामा बस्दै आएका थिए ।
बेपत्ता पर्यटकको उद्दारको लागि, स्थानीय, प्रहरी र शसस्त्र प्रहरी खटिएका थिए । उनले व्यक्तिगत रुपमा प्याराग्लाइडिङ गरेको बताइएको छ । उनका सहकर्मीका अुनसार शुकबार उनले सराङकोटबाट तेस्रो फ्लाइट गरेका थिए ।
आफनो दर्ुइसयौं फ्लाइट गर्दै किर्तिमान कायम गर्न उनले झण्डै डेढसय मिटर अग्लोबाट ग्लाइडर छाडेर पानीमा हाम फालेका थिए । निकै उचाईबाट हाम फालेका जर्मनी पर्यटक स्याटलर तालको मुनिको दलदलमा फँसेर बेपत्ता भएको प्रहरीले अनुमान गरेको छ ।
प्याराग्लाइडिङको लागि पोखरा विमानस्थलसँग स्वीकृति लिनर्ुपर्छ । तालमा वेपत्ता भएका पाइलट स्याटलरले प्याराग्लाइडिङको लागि लिइएको स्वीकृत मिति समेत गुज्रिसकेको छ । उनको म्याद जनवरी १५ सम्म रहेको विमानस्थल प्रमुख नरेन्द्र थापाले जानकारी दिनुभयो । विमानस्थलले उडानको लागि शुरुमा १५ दिनको लागि ५० डलर र नविकरण गर्न २५ डलर राजस्व लिदैं आएको छ ।

read more...


आज आहा गोल्डकको फाइनल, 'बदला र निरन्तरता'को लडाइ
February 6, 2010

पोखरा, २२ माघ । पोखरामा सहारा क्लबको आयोजनामा हुँदै आएको आहा गोल्डकपको आठौं सस्करणकेा अन्त्य शनिबारबाट हुँदैछ । आठौं सस्करणमा पनि सातौं सस्करणमा जस्तै नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लब उपाधीका लागि भिड्दैछन् ।
यस पटक प्रहरीले डिफेण्डिङ्ग च्यापियनको उपाधी रक्षाका लागि फेरि मैदानमा उत्रने छ भने नेपाल आर्मी क्लबले गत बर्षो हारको बदला लिने राम्रो मौका पाएको छ । पोखरामा पहिलो पटक आहा गोल्डकपको फाइनलमा पुगेको आर्मीलाई गत बर्षप्रहरीले ५-० गोल अन्तरको लज्जाजनक हार ख्वाएको थियो । यो परिणाम गत बर्षो सबै खेल मध्येको सबै भन्दा नराम्रो हार थियो ।
त्यो बदला लिने मौका आर्मीसंग छ । तर पनि पोखरा रंगशालामा सधै राम्रो नजिता निकाल्दै आएको प्रहरी आठै प्रतियोगिताको फाइनलिष्ट हो भने यस अघि चारवटामा सफलता समेत प्राप्त गरिसकेको छ । छैठौं, र सातौंको विजेता प्रहरीले यस पटक उपाधीको हृयाटि्रक गर्ने मौका पनि चुकाउन चाहाने छैन ।
बंगलामा भैरहेको दक्षिण एशियाली खेलकुद प्रतियोगितामा फुटबलका लागि गएको नेपाली टिमका खेलाडी मध्ये ६ जना प्रहरी कै भएकाले प्रहरी विगतका तुलनामा केही कमजोर थियो । तर ती खेलाडी शुक्रबार काठमाण्डौं आइसकेका छन् ।
चर्चित स्टाइकर जुमानु र्राई सहितका पहिलो रोजाईका पाँच खेलाडीलाई प्रहरीले पोखरा रंगशालामा उतार्न पाउछ । उनीहरुलाई पोखरा ल्याउने तयारी नेपाल प्रहरी क्लबले गरेको छ । उनीहरु आए भने आर्मीलाई गत बर्षो बदला लिन हम्मे हम्मे पर्नेछ । ती खेलाडीहरुको अनुपस्थितिमा भने प्रहरी आर्मी भन्दा कमजोर देखिन्छ ।
यद्यपी नेपाल आर्मी गत बर्षो तुलनामा निकै राम्रो खेल पर््रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भएकाले पनि यस पटको फाइनल खेल गत बर्षो जस्तो निरशिलो हुनछैन ।

read more...


पोखरामा वर्ड फ्लूको त्रास, उच्च र्सतर्कता
February 4, 2010

पोखरा, २० माघ । पोखरामा पंक्षीमा लाग्ने एभियनर् इन्फलुएञ्जा भाईरस र्-वर्ड फ्लु) भेटिएको छ । पंक्षीहरुमा लाग्ने  संक्रामक सरुवा रोग वर्ड फ्लु भेटिएको केन्द्रिय पशु सेवा विभागले बुधबार राती पुष्टि गरेको छ । पोखरा उपमहानगरपालिका वडा नं ७ घारीपाटन स्थित कुखुरा पालक ज्ञानबहादुर खड्काको फारममा कुखुरा र हांस मरेको एक साता पछि मात्रै बर्ड फ्लूको आशंका गरीएकोे हो ।

read more...


ट्राफिक प्रहरीलाई दिइको जग्गामा माओवादीद्वारा भवन निर्माण
February 4, 2010

पोखरा, २० माघ । पोखरा उपत्यका नगर विकास समितिले ट्राफिक प्रहरी कार्यालय कास्कीलाई दिएको जग्गामा माओवादी भातृ संगठन अखिल नेपाल टेूड युनियन महासंघको भवन निर्माण भैरहेको छ । बसपार्क निर्माण गर्ने क्रममा बसपार्क छेउमा रहेको गोल घर भत्काउदा तत्कालिन पोखरा उपत्यका नगर विकास समितिले ट्राफिक प्रहरीलाई पृथ्विचोकमा ११ रोपनी जग्गा दिने निर्ण्र्ाागरेको थियो ।

read more...


जातीय राज्यविरुद्ध बाह्रमणहरु सडकमा
February 4, 2010

पोखरा, २० माघ । पोखरामा बुधबार बाहमणहरुले जातिय राज्य चाहिदैन देश टुकाउन पाइदैन, संघियराज्य खारेज गर भन्दै पोखरामा बृहत मोटरसाइकल  र्‍याली निकालेका छन ।
बाहमणहरुले हजारौ संख्यामा निकालेको मोटरसाइकल र्‍याली अमरसिंह चोकबाट शरु भएको थियो । र्‍याली पोखराको पृथ्वीचोक नयाँबजार, मालेपाटन बिन्दबासिनी चोक, टुडिखेल , महेन्द्रपुल , रानीपौवा हुदै पोउमनपा र लेखनाथ नगरपालिका विभिन्न्ा ठाँउमा  पर्रि्रमा गरेको थियो ।
र्‍यालीमा सहभागिहरुले देश टुकाउन पाइदैन तमुवान राज्य चाहिदैन, भारतिय हस्तक्षेप बन्द गर , जातिय राज्य खारेज गर , सम्पर्ूण्ा बाहमणहरु एक हो भन्दै ठूलो संख्यामा उपस्ििथत बा्रहमणहरुले  राष्ट्रिय स्वाधिनताको विषय उठाएर  मोटरसाइकल र्‍याली निकालेका थिए । कार्यकममा अपेक्षा गरेभन्दा धेरै मोटरसाइकल र्‍यालीमा सहभागि देखेर आयोजक हौसीएका थिए ।  कार्यकंम राष्ट्रिय ब्राहमण समाज नेपालले  २२ गते हुन गैरहेको कास्की जिल्ल्लाको प्रथम अधिवेशनको पर्ूव सन्धामा र्‍याली निकालिएको हो ।
यसैगरि राष्ट्रिय ब्राहमण समाज नेपालले कास्कीका ४३ वटै गाविस र दुइवटा नगरपालिकामा ब्राहमण समाज गठन गरिसकेको छ । जिल्ला प्रतिनिधि चयन कार्य पनि सम्पन्न भएको ब्राहमण समाजले जनाएको छ ।

read more...


बिबादमा तानिंदैछ संयन्त्र
February 4, 2010

गठनसँगै बिबादमा परेको उच्चस्तरीय राजनीतिक संयन्त्र पुनः बिबादमा तानिएको छ । संयन्त्रलाई यसपटक बिबादमा तान्ने काम संयन्त्रका संयोजक पर्ूवप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुत्री उपप्रधानमन्त्री सुजाता कोइरालाले गरेकी हुन् । बाघ कराउनु बाख्रो हराउनु भने झैं उनले बर्तमान सरकारको तीब्र आलोचना गरेर सरकार परिवर्तनको कुरा गर्न थालेपछि संयन्त्र बिबादमा तानिएको हो ।

read more...


जनप्रतिनिधि नहुँदा स्थानीय निकायमा समस्या छ- मन्त्री शर्ेमा
February 2, 2010

पोखरा, १८ माघ । स्थानीय विकास मन्त्री पर्ूण्ाकुमार शर्ेमाले जनप्रतिनिधिविहीन हुँदा स्थानीय मा थुप्रै समस्या भएको बताउनुभएको छ । उहाँले जनप्रतिनिधिको अभावमा जनताले दुःख पाएको धारणा राख्नुभयो । पोखरा कोमागाने मातृशिशु अस्पतालको सोमबार शिलान्यास गर्दै मन्त्री शर्ेमाले धेरै गाविस सचिवविहीन भएको धारणा राख्नुभयो ।

read more...


पोखरामा 'अश्लिल' आतंक
February 2, 2010

पोखरामा हिजो आज एउटा भिडियो क्लिप्सको ब्यापक चर्चा छ । एउटा र्सार्बजनिक संगठनमा सेवा गरेका पुरुष र एक महिला पोखरा कै एउटा नाङ्गो डाडामा दिउसै 'अनैतिक' कार्य गरिरहेकेा सो भिडियो क्लिप्स मोवाईलबाट मोवाईलमा ट्रान्सफर भैरहरेको छ । सो भिडियो क्लिप्सले धेरै खालका प्रश्न उब्जाएको छ । यो जोडी अलि बढी र्सार्बजनिक जोडी भएकाले धेरैले चर्चा परिचर्चा गरेका छन् । तर स्थानीय रुप मै तयार पारिएका 'यौन क्रिडा' का धेरै क्लिप्सहरु पोखरामा छ्याप्पछ्याप्ती छन् । आखिर किन भैरहेको छ, यस्तो कार्य - किन खिचिन्छन अश्लिल दृश्य - रामकृष्ण ज्ञवाली लेख्छन-
पोखरा र आसपासका क्षेत्रमा हिजो आज थरी थरीका अश्लिल भिडियो क्लिप्स चर्चामा छन् । ती मध्ये अधिकांश मोवाइलबाट लिइएका दृश्य हुन । यस्ता दृश्य 'टिन-एजर" देखि पाका जोडीका समेत छन् । अधिकांश अनैतिक सम्बन्ध राख्ने जोडी -जो श्रीमान श्रीमती होईनन्) कै दृश्य भेटिन्छन् । बजारमा पोखराका टोल टोलको दृश्य भन्दै प्रचार गरिदै छ । यस्ता भिडियो क्लिप्स संग्रह गर्ने पारखीहरुले पोखराका केही टोल र केही कार्यालयको नाम राखेर प्रचार गर्दै आएका छन् ।
यस्ता दृश्य लिने मध्ये कतिपयले विदेशी अश्लिल सिडीहरुको नक्कल गर्दै दृश्य लिएका छन् । आफुहरुबीचको सहबासको दृश्य कस्तो देखिन्छ भन्ने हर्ेनका लागि दुवैको सहमतिमा लिइएका दृश्य पनि मोवाइलको दुरुपयोगका कारण र्सार्बजनिक भएका छन् भने कतिपयले 'ब्ल्याक मेलिङ्ग' गर्नका लागि योजनाबद्ध ढंगले दृश्य लिने गरेको पाइएको छ । धेरै जसो भिडियो क्लिप्समा पुरुषको अनुहार देखाइएको छैन र महिलाको अनुहार जति सक्यो धेरै देखाउन प्रयत्न गरिएको छ । यस्तो काम गर्ने पुरुषले त्यो दृश्य देखाएर ती युवतीसंग पटक पटक यौन शोषण गर्ने अभ्रि्राय राखेको पाइन्छ ।
सर्म्कर्पमा आउन नचाहेमा भिडियो र्सार्बजनिक गर्ने धम्की दिएर यौन शोषण गरिरहने उद्देश्य रहेकेा बताइन्छ । रोमान्सका लागि वा ब्याकमेइलिङ्गका लागि मोवाइलबाट लिइएका दृश्य नचाहदा नचाहँदै पनि र्सार्बजनिक भएका छन् । कुनै न कुनै बेला मोवाइल आफनो साथमा नहुदा कसैले चलायो र सो दृश्य देख्यो भने ट्रान्सफर गरिहाल्ने प्रवृतिका कारण नीजि स्वार्थका लागि खिचिएका दृश्य र्सार्बजनिक भएका हुन । तर पछिल्लो पटक र्सार्बजनिक भिडियो क्लिप्सको कथा अर्कै छ ।
बजारमा आगो जस्तै फैलिएको यो क्लिप्स सहबासमा सहभागीहरुले लिएका होइनन् । उनीहरुले थाहा नदिइकन लिइएको हो । त्ार सो जोडीले र्सार्बजनिक स्थलमा दिनदहाडै यौन क्रिडामा लिप्त हुने जस्तो गम्भीर गल्ती गरेकेा थियो । साबर्जनिक स्थलमा त्यस्तो कार्य गर्नेहरुलाई प्रहरी प्रशासनले कारवाही गर्नु पर्ने हो तर यहाँ त र्सार्बजनिक स्थलमा हुने यस्ता अपराध रोक्न खटिएका सुरक्षाकर्मी नै लुकेर त्यस्ता दृश्य लिने र पछि बार्गेनिङ्ग गरेर रकम असुल्ने गरेको आरोप प्रहरीलाई लागेको छ । श्रोतहरुका अनुसार पछिल्लो अश्लिल दृश्य प्रहरीले नै खिचेको हो । श्रोतले बताएको घटना बिवरण यस्तो छ-
'सामसुङ्ग मोवाइल सेटबाट लिइएको दृश्य, एउटा पोख्त क्यामराम्यानले खिचेको भन्दा कम छैन । केही दिन अघि एक जोडी मानिस रक्सीका बोतल र केही खानेकुरा लिएर पोखराको लेकसाइड तिरको एकान्त र्सार्बजनिक स्थल तर्फलाग्छन् । उनीहरुको गतिविधि प्रति सुरक्षाकर्मीलाई शंका लाग्छ र पिछा गर्न थाल्छन् । एकान्त ठाउ, घाम लागि रहेको हुन्छ । खुल्ला आकाश मुनी उनीहरु रक्सी र साथमा लगेकेा सुकुटी सेकुवा खाँदै जान्छन् । कुराकानीका दौरानमा हाँसी मजाक चल्छ । उनीहरु जिस्कन र चल्न थाल्छन् ।  त्यस पछि पिछा लागेका प्रहरीहरुलाई उनीहरुको नियति प्रति शंका हुन्छ र लुकेर   उनीहरुको गतिविधि नियालिरहन्छन् ।
अन्तत उनीहरुले खोजेकेा क्षण आउछ । खुल्ला चौरमा त्यो जोडीबीच भैरहेकेा सहबासको दृश्य मोबाइलमा कैद गर्न थालिन्छ । सहबास भैरहुन्जेलको दृश्य मोबाइलमा कैद गरिन्छ । ज्ाब उनीहरु उठ्छन बल्ल्ा आफुहरुलाई कसैले क्यामेरामा कैद गरेको थाहा पाउछन् । मोबाइलमा दृश्य लिदै केरकार गरिन्छ । भिडियो क्लिप्समा केरकार गरिएको सम्बाद पनि छ । पुरुषले कपडा लगाएको र महिलालाई कपडा लगाउन भनेको सम्बाद र दृश्य पनि भिडियो क्लिप्समा छ ।
बजारमा वितरित दृश्य तीन मिनेट लामो छ । त्यस पछिको कहानी गोप्य छ । उनीहरु कसरी उम्किए अन्यौल छ । त्यो जोडीलाई कुनै प्रहरी कार्यालयमा लगिएको रर्ेकर्ड छैन । आखिर त्यत्रो पिछा र चियो चर्चो गरेर किन यसै छोडियो उनीहरुलाई - यसको पछि पनि ब्ल्याकमेल कै खेल भएको श्रोतले दावी गरेको छ ।
'उनीहरुलाई रंगेहात पक्राउ गर्नेहरुले ठुलै रकम लिएर मुक्त गरिदिए' श्रोत भन्छ-'तर पनि धोका दिए, खिचेकेा दृश्य डिलेट गर्ने शर्तमा रकम दिइएको थियो, तर त्यो दृश्य डिलेट गरिएन र पछि र्सार्बजनिक समेत गरियो ।'
यदी श्रोतको दावी सत्य हो भने ती सुरक्षाकर्मीले रकम असुल्ने जस्तो भ्रष्ट र अनैतिक काम मात्र गरेनन्,  दृश्य डिलेट गर्र्छौ भनेर रकम असुले पनि र्सार्बजनिक गरेर बेइमानी समेत गरे । दर्ुइ जनाको व्यक्तिगत जिन्दगी माथि नराम्रोे प्रहार गरे । हो उनीहरु नैतिक हराम हुन । सुरक्षाकर्मीले भेटेपछि कानुनी कारवाही गर्नु पर्छ, तर पनि कानुनी कारवाही गर्दा महिलाको सवालमा बढी चनाखो हुनु पर्छ ।
'प्रहरीले र्सार्बजनिक ठाउमा पक्राउ गरेकेा भन्ने त्यस्तो कुनै केस आएको छैन ।' कास्की प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक विश्व अधिकारीले समाधानसंग भने । कास्की प्रहरी प्रमुख एसपी रमेश खरेलले घटना बारेमा आफुले पनि जानकारी पाएको बताउदै प्रहरीको सलग्नता बारेमा अनुसन्धान भैरहेकेा बताए ।
र्सार्बजनिक स्थलमा हुने हरेक खालका अनैतिक कार्य रोक्ने दायित्व प्रहरीको हो । त्यसैले उसले र्सार्बजनिक स्थलमा अनैतिक कार्य हुन नदिन गस्ती पनि गर्ने गर्छ । गस्तीका क्रममा कुनै अनैतिक कार्य भैरहेकेा पाएमा तत्काल उनीहरुलाई नियन्त्रणमा लिने र कारवाही गर्ने प्रहरीको जिम्मेबारी हो ।
यो घटनामा त उनीहरुले सो जोडीलाई फसाउने नियत मात्र राखेकेा प्रष्ट हुन्छ । जब अनैतिक कार्य शुरु हुन्छ, तब हस्तक्षेप गर्नु सुरक्षाकर्मीको दायित्व हो । त्यसो नगरेर उनीहरुले पुरै दृश्य रर्ेकर्ड गरेका छन् । र सोही दृश्य देखाएकार उनीहरुबाट रकम असुलेकेा समेत आरोप लागेको छ । यो घटनामा कास्की प्रहरीले कस्तो रबैया अपनाउछ, प्रतिक्षाको विषय बनेकेा छ ।

 

read more...


उच्चस्तरीय संयन्त्र बैठकमा साझा संकल्प प्रस्ताव
February 2, 2010

काठमाडौँ, १८ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले यसअघि तीन दल सम्बद्ध कार्यदलले प्रस्तुत गरेको सङ्कल्प प्रस्तावको मस्यौदामाथि अझै छलफल गरी सहमतिमा पुग्ने निर्ण्र्ाागरेको छ ।
नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला निवास महाराजगञ्जमा बसेको सो बैठकमा कार्यदलले यसअघि नै प्रस्तुत गरेको साझा सङ्कल्प प्रस्तावमा उल्लिखित सहमतिका बुँदामाथि नै छलफल भएको र त्यसबारे आगामी बिहीबार बस्ने अर्काे बैठकमा अझै छलफल गरी टुङ्गोमा पुग्ने निर्ण्र्ााभएको तीनै पार्टर्ीी नेताहरूले जानकारी दिए ।
नेकपा -एमाले)का अध्यक्ष झलनाथ खनालले कार्यदलले यसअघि नै प्रस्तुत गरेका बुँदामा केही विवाद भएकाले यसबारे अझै छलफल गर्न बाँकी रहेको भन्दै अर्काे बैठकमा पुनः छलफल गर्ने सहमति भएको बताउनुभयो ।

read more...


संयन्त्र सरकार परिवर्तनका लागि हैन ः पौडेल
January 31, 2010

पोखरा, १६ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले हालै गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले नयाँ सरकार गठन गर्न नसक्ने बताउनु भएको छ । सरकार परिवतर्नको हल्ला चलिरहेका बेला नेता पौडेल  उच्चस्तरीय राजनीतिक संयन्त्र नयाँ सरकार गठन गर्नका लागि नभएको पनि स्पष्ट पार्नु भयो ।

read more...


जातीय राज्यको ब्राहृमण समाजद्धारा विरोध
January 31, 2010

पोखरा, १६ माघ । राज्यको पुन संरचना तथा राज्यशक्ति बाँडफाँड समितिले हालै गरेेको १४  प्रदेश विभाजन मध्ये  १० राज्य जातीय  आधारमा गर्ने निणय बहुमतले पारित गरेको भन्दै ब्राहृमण समाज नेपालले विरोध जनाएको छ । समाजले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जातीय आधारमा राज्य विभाजन गर्न नहुने बताएको छ ।  जातीय आधारमा संघियतामा जाने निर्णर्य फिर्ता गर्न समेत समाजले  माग गरेकेा छ ।
दलहरुले नेपाली जनताको भावना विपरीत जातीय राज्यमा जाने निर्णर्य गरेर राष्ट्रघाती निर्णर्य गरेकेा ब्राहृमण समाज नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीले बताउनु भयो । उहाँले जातीयताको आधारमा संघियतामा जाँदा राष्ट्र र जनतालाई घात हुने दावी गर्नुभयो । यो राष्ट्रघाती निर्ण्र्ााहो, बैज्ञानिक आधारविना नै राजनीतिक दलहरुले जातीय राज्यमा जाने निर्णर्य गरेेको भन्दै असन्तृष्टि ब्यक्त गर्नुभयो ।
अध्यक्ष अधिकारीले १८ प्रतिशत मात्रै तमु र अन्य ८२ प्रतिशत जाती वस्दै आएको ठाँउलाई तमुवान राज्य बनाएर अन्य जातीको अधिकारमाथि घात गर्न खोजिएको आरोप लगाउनु भयो । अल्पदृष्ट्रि भएका राजनैतिक दलहरुले सस्तो लोकप्रियता र भोट बैंकको दुराग्रही भावनाले निर्लज्ज तरिकाले नजरन्दाज गरि जातिय राज्यको बाँडफाँड गरेको आरोप समाजले लगाएको छ ।
समाजले जातीय राज्यको विरोध गदै माघ २२ गते पोखरामा बृहत जनपर््रदशन समेत गर्ने पत्रकार सम्मेलना जानकारी गराएको छ । पोखराको सृजनाचोकबाट सुरु हुने र्याली चिप्लेढुङगामा पुगेर सम्पन्न हुने र ब्राहृमण समाज अधिवेशन पोखरा उद्योग बाणिज्य संघमा बन्द सत्रले कार्यसमिति चयन गदै सम्पन्न हुने छ ।

read more...


हिमालमा हिउँ छैन, बेमौसमी तरकारी उत्पादनमा गिरावट
January 31, 2010

म्याग्दी, १६ माघ । जलवायु परिवर्तनको असर हिमाल क्षेत्रमा चर्को रुपले देखा पर्न थालको छ । जलवायु परिर्वतनले हिमाली क्षेत्रमा बाषिर्क ०.१२ डिगी्र सेन्टिग्रेडका दरले बढेको तापक्रमका कारण धौलागिरी, अन्नपर्ूण्ा, निलगिरी तथा गर्ुजा हिमालमा हिउँको मात्रा घटेको छ ।
दर्ुइ तीन बर्षअगाडीसम्म सेताम्मे हिउँले ढाक्ने हिमश्रृङखलाहरु चट्टानको रुपमा परिणत भएको स्थानीयवासीहरु बताउँछन् । म्याग्दीको दाना गाउँ विकास समितिका वेल वहादुर पर्ूजाले निलगिरी हिमालमा देखिने हिउँ हरेक बर्षपातालिँदै गएको बताए । 'केही बर्षगाडीसम्म निलगिरी हिमालमा थुप्रै हिउँ देखिन्थे, अचेल त्यशो देखिदैन्, बढी जाडको महसुस हुन्छ, उनले भने ।
विश्वव्यापी रुपमा वढेको तापक्रमका कारण नेपालका थुप्रै हिमालतालहरु फुट्ने आशँका मौसमविद्हरुले गरेका छन् । गर्ुजा, धौलागिरी, अन्नपर्ूण्ा तथा निलगिरी हिमालको क्षेत्रमा रहेको दर्जन भन्दा बढी हिमतालहरु फुटेमा म्याग्दी र कालीगण्डकीको ७ देखि १० मिटरको उचाईमा रहेको सम्पर्ूण्ा मानव वस्तीलाई प्रभाव पार्ने उनीहरुको अनुमान छ ।
वीस बर्षेखि जलवायु परिवर्तन सम्बन्धि अध्ययन गरिरहेका गौरी थापाले मौसम परिर्वतन सम्बन्धि कुनै कदम नचाल्ने हो भने अवको १५ बर्षम्म नेपालका हिमतालहरु चट्टानैचट्टान पहाडको रुपमा परिणत हुने बताए । जलवायु परिर्वतनले कृषिउपज, वनपैदावार, मानव रहनसहन, वातावरण, जलचर, थलचर सवैमा नकरात्मक असर पार्न थालेको सम्बन्धि क्षेत्रका विज्ञहरुले बताएका छन् ।
मौमस परिर्वतनसंगै बढेको तापक्रमको असर म्याग्दीको तल्लो क्षेत्रमा फल्ने तरकारी तथा खाद्यान्नवाली धेरैमात्रामा पर्न थालेको कृषि विकास कार्यालयले जनाएको छ । विकास विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत महेशचन्द्र आचार्यले वेमौसमी तरकारी बालीमा लाही, गवारे किरा, सेता झिङ्गाँ, ढडुवा रोगका कारण आलु, लहरेवाली आदी उत्पादनमा गिरावट आएको बताए ।
मौसम परिर्वतनका कारण वढेको तापक्रमले वेमौसमी हिउँ पर्नु, हिमालमा हिउँको मात्रा घट्नु, तर्राईमा पाईने किरा पहाडी क्षेत्रमा पाईनु, साङला किराको विगविगी बढ्नु जस्ता लक्षणहर देखा पर्न थालेको छ । अधिकृत आचार्यले मौसम परिर्वतनबाट मानवीय र भौतिक क्षतिलाई कम गर्न अहिले सम्म अस्तित्वमा रहेका भौतिक र जैविक सम्पत्तिलाई सरकारले संकलनकेन्द्र स्थापना गर्नुपर्ने र वातावरण प्रदूषण हुने खालका क्रियाकलाप न्युन प्रयोग गर्नुपर्ने सुझाव दिए ।
जिल्ला वन कार्यालय म्याग्दीका प्रमुख पूर्णोश्वर सुवेदीले वेमौसमी पानी र खेडरी पर्नु, वाढी पहिरो र भु-क्षय जस्ता संकटहरु जलवायु परिर्वतन कै कारण भएको बताए । उनले जिल्लाको उच्च हिमाली क्षेत्रमा पाईने विभिन्न प्रकार वन्यजन्तु र चराचुरुङगीहरु लोप हुदै जान थालेको बताए । मौसम परिर्वतनका केही सकरात्मक असर पनि देखा परेका छन् । केहि बर्षअगाडीसम्म हिउँ ढाक्ने मुस्ताङको लोमान्थाङमा पछिल्ला बर्षा लौका, जुकेनी र काँक्रा फल्न थालेको कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।
मौसमविद्को अध्ययनले विश्वव्यापी रुपमा हरेक बर्षऔसत ०.०६ ड्रि्री सेन्टिग्रेडका दरले तापक्रम वृद्धि भएको र नेपालको हिमाली क्षेत्रहरुमा त्यसको दोव्वर भन्दा बढीले वृद्धि हुने गरेको देखाएको छ ।

read more...


१० खेलाडीमा सीमित आयोजक बाहिरियो, प्रहरी सेमीफाइनलमा
January 31, 2010

पोखरा, १६ माघ । डिफेण्डिङ्ग च्याम्पियन महेन्द्र प्रहरी क्लबले आहा गोल्डकपको आठौं सस्करणमा पनि विजयी शुरुवात गरेको छ । सातौ सस्करणमा नेपाल आर्मी क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै शानदार विजयका साथ उपाधि उचालेको प्रहरीले आठौं सस्करणमा भने १० खेलाडीमा सीमित साहारा क्लबलाई झिनो गोल अन्तरले पराजित गर्यो ।

read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 - Next Page »

»

  Headlines - मुख्य समाचार

अन्तर्रर्ााट्रय उडानको अनुमति लिने तयारी

जातीय आधारमा संघीय राज्यको बिरोध गर्दै बृहत र्žयाली

पर्यटक तालमा खसेर वेपत्ता, खोजीकार्य जारी

आज आहा गोल्डकको फाइनल, 'बदला र निरन्तरता'को लडाइ

पोखरामा वर्ड फ्लूको त्रास, उच्च र्सतर्कता

ट्राफिक प्रहरीलाई दिइको जग्गामा माओवादीद्वारा भवन निर्माण

जातीय राज्यविरुद्ध बाह्रमणहरु सडकमा

बिबादमा तानिंदैछ संयन्त्र

जनप्रतिनिधि नहुँदा स्थानीय निकायमा समस्या छ- मन्त्री शर्ेमा

पोखरामा 'अश्लिल' आतंक

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np