|
घलेगाउँमा भ्यालेन्र्टाईन 'डे'
February 15, 2010
लमजुङ, २ फागुन । काठमाडौँका प्रवेश गुरुङ र लमजुङकी संगीता गुरुङ धेरै मिल्ने साथी । क्याम्पस पढ्दाको समय भेट भएदेखि उनीहरुले एकआर्कालाई कहिल्यै छड्के नजरले हेरेनन् । दर्ुइ बर्षो साथीत्वको दौडानमा एकआर्कालाई गलत पनि सम्झेनन् उनीहरुले । पुरानो घर पोखरा वताउने प्रवेशले पहिलोपटक लमजुङ टेक्ने अवसर मिल्यो । पोखरावाट साथीहरुसंग बाईक लिएर आएका प्रवेशले घलेगाउँ घुम्न जाने भनेपछि वेसीशहरमा रहेकी संगीताले पनि नाइँ भन्न सकेनन् । उनीहरु विहान बाईकमा चढेरै घलेगाउँ पुगे । 'घलेगाउँमा प्रवेशले संगीतालाई प्रेम प्रस्ताव राख्यो । 'भ्यालेनर्टाईनस् डे' को दिन, संगीताले पनि नाइँ भन्न सकिनन्' प्रवेशका साथी दीपक मगर भन्दै थिए, 'उनीहरुबीच जीन्दगीको यात्रा घलेगाउँवाट शुरु भयो, आज 'भ्यालेनटाइनस् डे' को दिनवाट । यसपटक घलेगाउँमा 'भ्यालेनर्टाईनस् डे' को दिन जोडीहरुको लस्कर थियो । कोही घुमघामा लागि घलेगाउँ पुगेका थिए त कोही प्रेम प्रस्ताब राख्नकै लागि । घुमघामका लागि मात्रै आएकाहरुलाई दिन वितेको थाहै भएन । 'प्रकृति र संस्कृतिको रसास्वादन गर्नेहरु माहुरी झैँ डुल्दै थिए । पिकनिकका लागि जानेहरु पनि एकरात विताउने भन्दै वसे, अनि म चाहीँ फर्केँ' दीपकले भने, 'सरकारी जागिर भोलिदेखि अफिस जानु छ ।' स्वदेशी तथा विदेशी पाहुनाको बाक्लो उपस्थिति रहने घलेगाउँमा आईतवार एवंरीतका साथ पाहुनाले भरियो । र्सार्क राष्ट्रको नमुना मानिएको घलेगाउँ पछिल्लोपटक जोडीहरुको गन्तब्यस्थल बनेको चर्चासंगै पहिलो प्रेम प्रस्ताव गर्ने ठाउँ पनि बन्यो । त्यसैले त कतिपय जोडीहरुले प्रेम पस्ताव मात्रै राखेनन् सुनौलो जीवनको कल्पनासहितको कसम पनि खाए । शहरी कोलाहलले उकुसमुकुस बनाएकाहरुलाई त प्रेम र शितलताको संजीवनी मिल्यो । 'लमजुङ, मनास्लु र डाक्टर हर्क गुरुङ हिमाललाई साक्षी राखेर जीवनभर संगै बाँच्ने कसम खाएको हाम्रो जोडी कहिल्यै पनि छुट्दैन' एक जोडीलाई उद्धत गर्दै वेसीशहरवाट घलेगाउँ गएका प्रमोद गिरीले भने । लमजुङको उत्तरकन्या गाउँ विकास समितिमा रहेको घलेगाउँमा दर्जनौँ जोडीले भ्यालेनर्टाईनस् डे' मनाएकाछन्, यसपटक । हिमालको काखमा बसेर प्रकृतिसंगै मितेरी लगाएर धेरै जोडीले 'भ्यालेनटाइनस् डे' मनाए । घलेगाउँमा संगै हिँडेको जोडी अनि बसेका मलेवालाई देखेर स्थानीयवासिन्दा पनि छक्क परे । वेसीशहर झर्दाको बखत जोडीबीच खिचेको तस्वीर प्रकाशन नगरिदिन उनीहरुले अनुरोध गरे । आफैँले चिखेका तस्वीर उनीहरुले दिन माननेन् । घलेगाउँमा जोडीहरुका लागि खानाको मिनुमा ३० देखि ४० प्रतिशतसम्म सस्तो बनाईएको छ । कतिपय जोडीले घलेगाउँमै रात विताउनेछन् । 'भ्यालेनर्टाईनस् डे' मनाउनकै लागि काठमाडौं, पोखरा, चितवन लगाएत देशका बिभिन्न क्षेत्रबाट विदेशी तथा स्वदेशी पर्यटक घलेगाउँ पुगेकाछन् । उत्तरपर्ूवमा बौद्ध, ङादीचूली, हिमालचुली, मनास्लू हिमश्रृङखलाहरु, उत्तरमा लमजुङ हिमाल, अन्नपर्ूण्ा दोस्रो र माछापुच्छे्रको मनमोहक टाकुरासंगै विहानीको मिर्मिरेपछि ओछ्यानबाटै सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ घलेगाउँवाट । गाउँनजिकै चिरबिर गर्ने नानाथरिका चरा चुरुङ्गी, मृग, पिउरा, कालिज अनि लुइँचेको आवाजले झन् सुनमा सुगन्ध थप्छ । गाउँवाट हर्ेदा देखिने चारैतिरका मानवबस्तीहरु अनि साँझको अँधेरीमा झिलमिल देखिने खुदी उपत्यका र नागबेली हुँदै बगेको मर्स्याङ्दी र मिदिम खोलाको मनोरम दृश्यले दुख नै विर्सर्ााे गर्दछ गाउँमा करीब दर्ुइसयजना अटाउने सामुदायिक भवन निर्माण गरिएको छ । जहाँ साँझ खाना खाएपछि सबै गाउँले जम्मा हुन्छन् र नाचगान गर्न थाल्छन् । घलेगाउँका वासिन्दाले आफ्ना सयौँवर्षअघिका सांस्कृतिक नाचगानहरु जिवन्त बचाइ राखेका छन् । झ्याउरे, सर्ेका, दोहोरी, घाँट्र, घ्याब्रे, कृष्णचरित्र, झाँक्री, कुुसुण्डा लगायत त्यसका उदाहरण हुन् । हरेक नाचको भिन्नभिन्न बाजागाजा र भेषभूषाहरु छन् । घलेगाउँमा पुग्ने पर्यटकहरुलाई यी नृत्यहरु पर््रदशन गर्ने गरिएको घलेगाउँ पर्यटन ब्यवस्थापन उप-समितिका संरक्षक/सल्लाहकार प्रेम घले गाउँछन् । समुन्द्री सतहदेखि करीब २ हजार १ सय मीटरको उचाईरमा रहेको घलेगाउँमा १ सय १५ घर छन् । काठमाडौंवाट तनहुँको डुम्रे हुँदै लमजुङ सदरमुकाम बेसीशहर हुँदै साढे ६ घण्टाको हिँडाइपछि घलेगाउँ पुग्न सकिन्छ । बेसीशहरबाट बाग्लुङपानी हुँदै, बेसीशहरबाट खुदी सिम्पानी भलामचौर हँंदै र बेसीशहरबाट खुदी घनपोखरा हुँंदै गएपनि घलेगाउँ पुग्न सकिन्छ । अहिले वेसीशहरवाट बाग्लुङपानी हुँदै सिधै घलेगाउँसम्म मोटर पुगेपछि पर्यटकलाई सजिलो भएको छ । पछिल्लो दिनमा घलेगाउँमा बिजुली पुगेपछि आफ्नो खुशी इमेल इन्टरनेट र फोन गर्न पाउँदा पर्यटकलाई निकै सजिलो भएको छ ।
•
read more...
गैरआवासिय नेपालीद्धारा उच्च माविलाई १० लाख सहयोग
February 15, 2010
पर्वत, २ फागुन । रोजगारिका लागि बेलायतमा बस्दै आएका एक नागरिकले पर्वतको दर्ुगम गाउँमा रहेको बिद्यालयलाई १० लाख रुपैया सहयोग गरेका छन् । स्थानीय कुलप्रसाद आचार्यले स्वर्गिय बाबु धर्मराज आचार्यको स्मृतिमा १० दाख रुपैया सहयोग गरी आफ्नै बाबुको नाममा बिद्यालयको नाम परिर्वतन गरेका छन ।
•
read more...
बर्ड फ्लू बिस्तार हुँदै, र्सतकतामा कमी
February 11, 2010
पोखरा, २७ माघ । पोखरामा देखिएको संक्रामक रोग बर्ड फ्लू कम्तिमा बिस्तार हुँदै गए पनि र्सतकतामा कमी देखिएको छ । तर बुधबार भने नयाँ ठाउमा संक्रमित पंक्षी भेटिएनन् । क्षेत्रीय पशु सेवा निर्देशनालयले दिएको जानकारी अनुसार घारीपाटनबाट शुरु भएको पंछीमा लाग्ने यो संक्रामक रोग थप चार ठाउमा फेला परेको छ ।
•
read more...
वृद्धाश्र्रममा विद्यार्थीको सहयोग
February 11, 2010
पोखरा, २७ माघ । सधै पोखराका बिभिन्न सँघ सँस्था तथा व्यtmिहरुले बिभिन्न सहयोग गदै आएको पोखरा वृद्धाआश्र्रममा बुधबार भने पोखराका विद्यार्थीहरुले सहयोग गरेका छन् । पोखरा उपमहानगर पालिका वडा नम्बर १७ मा रहेको पोखरा वृद्धाआश्र्रममा सन्फलावर बाेडिङ्ग स्कूल अर्चलबोटका विद्यार्थीले वृद्धवृद्धालाई फलफूल सहयोग गरे । कक्षा ९ र १० मा अध्यनरत करिब २० जना विद्यार्थी र शिक्षकहरुले वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेको पोखरा वृद्धाआश्र्रमका अध्यक्ष बसन्त केशव पराजुलीले बताए । विद्यार्थीले आफनो खाजा खर्च जोगाएर राखेको केही आर्थिक समेत सहयोग गरेका थिए । उमेरले उकालो चढदै गएपछी घरपरिवारबाट अपहेलित तथा सहारा दिने कोही नभएका वृद्धवृद्धाहरुलाई सहयोगात्मक भावनाले सहयोग गर्नुपर्छ भन्दै विद्यार्थीले फलफूल र आर्थिक सहयोग गरेको विद्यालयका प्राचार्य तिर्थ देवकोटाले बताए । सो अवसरमा विद्यार्थीले त्यहाँ रहेका वृद्धवृद्धाहरुसँग उनिहरुको दैनिक र बिभिन्न क्रियाकलापको बिषयमा जानकारी लिएका थिए ।
•
read more...
अनौठो भयो प्रहरी कारवाही
February 11, 2010
पोखरा, २७ माघ । कास्की प्रहरीले गम्भीर प्रकृतिको सडक दर्ुघटनामा 'अनौठा'े कारवाही गरेको छ । र्सार्बजनिक सम्पत्तीको क्षति हुने गरी भएको सडक दर्ुघटनाका मुख्य दोषी 'गाडी चालक र गाडी मालिक' नभएर गाडीको पछिल्लो सिटमा बस्ने यात्रु भएका छन् । कुनै पनि घटनामा जस्ले धेरै सजाय पाउछ, उसैलाई मुख्य दोषी मानिन्छ । सो दर्ुघटना गराउने गाडी चालकले हिरासतमै बस्नु परेन भने सोही गाडीमा यात्रारत गाडी मालिकले एक रात मात्र प्रहरी हिरासतमा बिताए । तर पछिल्लो सिटमा बसेर यात्रा गरेका तीन महिलाले भने तीन दिन प्रहरी खोरमा बिताउनु पर्यो । सोमबार राती करिब १२ बजे पोखराको र्सबाधिक चौडा सडक न्यूरोडमा एउटा नीजि कार दर्ुघटनाग्रस्त भयो । चिप्लेढुङ्गामा ग ३ प ४८२८ नम्बरको मोटर साइकललाई ठक्कर दिएर भाग्दै हुँइकिएको वा ५ च ४५०९ नम्बरको स्विफ्ट कारको प्रहरीले पिछा गर्यो । भाग्ने प्रयासका क्रममा अत्याधिक गति भए पछि कार नियन्त्रण बाहिर पुग्यो । चालकले गाडी सन्तुलनमा राख्न सकेनन । बाँया साइडमा हिड्नु पर्ने गाडी दायाँ साइड हुँदै हुइकिदै थियो । कार सडकको पेटीमा चढ्यो । यत्तिन्जेल कार सभागृह हल भन्दा अघिल्तिर पुगिसकेकेा थियो । त्यस पछि कारले सडक पेटीमा लगाइएको रुख ढाल्यो र नाबिल बैंक भन्दा अघिल्तिरको विजुलीको पोलमा ठोक्कियो । पोल भाच्चियो । सभागृहचोकतिर हुइकिएको गाडी चिप्लेढुङ्गा तर्फफर्केर अडियो । गाडी अग्रभाग कच्याककुचुक थियो । टायर पन्चर भएका थिए । तत्कालै पिछा गर्दै रहेको प्रहरी भ्यान आइपुग्यो । प्रहरीको आएको देख्नासाथ गाडी चालक भागे । तीन जना महिला र एक जनालाई प्रहरीले नियन्त्रणमा लिए । दर्ुघटनाग्रस्त गाडी राती हटाउन सम्भव भएन र सडक मै छोडेर उनीहरुलाई प्रहरीले अस्पतालतिर लग्यो । प्रत्यक्षदर्शी र प्रहरीका अनुसार तीन मध्ये एक महिला सामान्य घाइते थिईन । सबैले मदिरा सेवन गरेका थिए । प्रहरीले मदिरा सेवन गरेकेा आधिकारिकताका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल "मेडिकल" गरायो र पुरुषलाई जिल्ला प्रहरी कार्यालय तथा महिलाहरुलाई वडा प्रहरी कार्यालय बगरको हिरासतमा थुन्यो । पक्राउ पर्ने पुरुष उपेन्द्र आचार्य हुन् । उनको घर रसुवा जिल्लामा भए पनि पोखरामा व्यवसाय गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता विश्व अधिकारीले बताए । अधिकारीका अनुसार चितवनकी शान्ती माझी, तनहुँकी कसुम गुरुङ र स्याङ्जाकी प्रिती गुरुङ सोही कारमा थिए । गाडी मालिक तथा व्यवसायी आचार्य मंगलबार हिरासत मुक्त भए । उनलाई प्रहरीले विद्युत पोलमा ढल्दा भएको क्षति ब्यहोर्ने गरी हिरासत मुक्त गर्यो । तर बगरमा थुनिएका तीन जना युवती भने मंगलबार पनि प्रहरी हिरासत मै राखिए । गाडी चालक को हुन भन्ने पत्ता लगाउन प्रहरीलाई हम्मे हम्मे पर््यो । जिल्ला प्रहरी कार्यालय कास्कीका मुद्दा शाखाका प्रहरी निरीक्षक रामनाथ अधिकारीले मंगलबार साँझसम्म केशव भन्ने मानिसले गाडी चलाएको मात्र थाहा भएको, उनको थर के हो र कहाँका हुन अझै नखुलेको बताउदै थिए । बुधबार भने चालकको नाम केशव गुरुङ्ग भएको र उनी स्याङ्जा जिल्लाका भएको पत्ता लागेको घिमिरेले बताए । गाडी धनी आचार्यले नाम ठेगाना पनि पनि थाहा नभएका मानिसलाई किन र कसरी गाडी हाँक्न दिए भन्ने कुरा पनि प्रहरीले राम्रोसंग बताउन चाहेन । गाडी धनी आचार्यले विद्युत प्राधिकरणालाई पोलमा क्षती पुर्याए वापत २७ हजार रुपैया क्षतीपर्ूर्ति दिएका छन् । प्राधिकरणले उनले क्षतीपर्ूर्ति दिएको पुष्टी गर्यो । गाडी चालक भनिएका केशव गुरुङ बुधबार साँझसम्म पक्राउ परेका छैनन् । पछिल्लो सिटमा बसे वापत पक्राउ परेका तीन युवती बुधबार हिरासत मुक्त भएका छन् । "उनीहरुका आफन्त नआएकाले हिरासत मै राख्नु परेको हो ।" ज्रि्रका कास्कीका एसपी रमेश खरेलले भने-"मैले छोड्न भनिसकेको छु, उनीहरु छुटिहाल्छन् ।" अपरिचित मानिसलाई गाडी हाँक्न दिएको हुँ भन्ने गाडी धनी आचार्यले आफैले गाडीमा राखेर लगेका युवतीलाई किन हिरासत मुक्त गराउने प्रयास गरेनन् - चालक को हो भन्ने पत्ता लगाउन किन लामो समय लाग्यो - रहस्यमय छ ।
•
read more...
हिमपातका कारण जलविद्युत आयोजना बन्द
February 11, 2010
लमजुङ, २७ माघ । मनाङमा यसवर्षपहिलो पटक परेको भीषण हिमपातका कारण सदरमुकाम चामेमा रहेको चामे लघु जलविद्युत आयोजना बन्द भएको छ । ४५ किलोवाट क्षमताको सो जलविद्युत आयोजनाको मुहानदेखि पाईप सम्मका भागमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेकाले विद्युत बन्द भएको हो ।
•
read more...
हिमपात र वर्षा कारण जनजीवन कष्टकर
February 10, 2010
पोखरा, २६ माघ । अरबसागरबाट उत्पन्न भएको पश्चिमी वायुका कारणले हिउदेसमयमा वषर्ा भएको नारायणी वेशिन कार्यलय पोखराले जनाएको छ । पोखरामा मंगलबार ३१.२ मिलीलिटर पानी परेको छ । पोखरामा वषर्ासगै हिउ परेको कारण मेक्सीमम तापक्रम १३.२ ड्रि्री र मिनीबम तापक्रम १२ंं ५ ड्रि्री सेल्सियस रहेको थियो ।
•
read more...
दश हजार पन्छी मारिए
February 10, 2010
पोखरा, २६ माघ । पोखराको बर्डफलु क्षेत्रमा पन्क्षी तथा पन्छीजन्य सामग्रीहरु नष्ट कार्य तीव्र भएको छ । मंगलबारसम्म करीब दशहजार पन्छी तथा पन्क्षीजन्य सामग्री रेपिड रेस्पोन्स टिमले नष्ट गरेको छ । मंगलबारसम्म ३६९ हाँस, २११७ स्थानीय कुखुरा, बोइलर ७ हजार पाँचसय १०, लर्ेयर्स १९० परेवा ४३, मासु ३७ केजी, अण्डा १३७० नष्ट गरेको छ । घोषित बर्डफलु नियन्त्रण गर्न संक्रमण ग्रस्त क्षेत्रमा रोग फेैलन नदिन चारकिल्ला गरी, पन्छीजन्य सामाग्री नियन्त्रण गर्न , ओसारपसार नियन्त्रण गर्न ६ वटा नाकाहरुमा चेकजाँच कार्य गरिरहेको छ ।पोखरामा बर्ड फलु देखा परेपछि पशु प्रयोगशालामा अन्वेषण टेाली खटिरहेको छ । पोखराम बर्ड प्fmल देखा परेपनि मासु व्यवसायमा कुनै कमी नआएको मासु व्यवसायी दामोदर पराजुलीले बताए । यसैगरी हालै पोखराको घारीपाटन क्षेत्रमा वर्ड फ्लु फैलिएपछि उच्च र्सतर्कताका लागि पर्वत जिल्लाभित्रपनि कुखुरा लगायत पंक्षीजन्य वस्तुहरु भित्र्याउनका लागि रोक लगाइएको छ । रोग फैलीने खतरावाट जोगिनका लागि जिल्ला पशु सेवा कार्यालय र प्रहरी पशासनले वाहिरवाट भित्र्याउन रोक लगाएको हो । जिल्लाको डिमुवा, हुवास र कार्कीनेटामा पशु सेवा कार्यालयका कर्मचारी र सुरक्षा कर्मीलाई खटाएर जिल्ला भित्र्याउन रोक लगाईएको छ । मंगलवार जिल्ला पशुसेवा कार्यालय पर्वतमा वसेको सुरक्षा निकाय, पशु स्वास्थ्य चिकिल्सक र कुखुरा पालक तथा मासु व्यावसायिहरुको वैठकले जिल्लाभित्र आवश्यक पर्ने दाना आधिकारीक पशु चिकित्सकबाट जाँच गराएर ल्याउनुपर्ने, वाहिरबाट कुखुरा लगायत पंक्षीजन्य वस्तुहरु भित्रिन नदिने, पशु सेवा कार्यालय अर्न्तर्गतका सेवा केन्द्र, उपकेन्द्रले प्रमाणीत गरेको आधारमा विक्रिवितरण गर्ने निर्ण्र्ाागरेको छ ।
•
read more...
मनकामना र कालिका मन्दिरमा पक्षी चढाउन नपाइने
February 10, 2010
गोरखा, २६ माघ । यसैबीच जिल्लाको मनकामना गाउँ विकास समितिमा रहेको मनकामना माईको मन्दिर र गोरखा नगरपालिकामा रहेको कालिका मन्दिरमा परेवा, कुखुरा, हाँसलगायत पक्षी चढाउन जिल्ला पशुसेवा कार्यालय, गोरखाले रोक लगाएको छ । पोखरामा बर्डफ्लु फैलिएपछि उच्च र्सतर्कताका लागि जिल्लाका विभिन्न कार्यालयका प्रमुखको बैठकले सो निर्ण्र्ाागरेको हो । अर्को सूचना जारी नहुँदासम्म कुनै पनि पक्षी चढाउन नपाइने जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक क्षेत्रबहादुर केसीले बताउनुभयो । गत वर्षपनि बर्डफ्लुको हल्ला चलेपछि दर्ुइ महिनासम्म मन्दिरमा पक्षी चढाउन रोक लगाइएको थियो । मन्दिरमा बोका चढाउन भने रोक नलगाएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताउनुभयो ।
•
read more...
पोखरा-मनाङ उडान स्थगित, मनाङ जाने बाटोमै अलपत्र
February 10, 2010
पोखरा, २६ माघ । हिमालपारिको जिल्ला मनाङमा यसपटक पहिलोपटक भीषण हिमपात भएको छ । गएरातिदेखिको हिमपातका कारण हिमालपारिको जिल्ला मनाङमा टेलिफोन अवरुद्ध भएको छ । मनाङका १३ वटै गाविसमा एकनासै हिमपात हुँदा सदरमुकाम चामेमा रहेको टेलिफोनको रिसिभर र तारमा खराबी उत्पन्न भएपछि ल्याण्डलाईन टेलिफोन, नमस्ते मोवाईल र सीडीएमए मोवाईल सेवा अवरुद्ध भएको हो । हिमपात भएपछि पोखरादेखि मनाङको हुम्डेसम्मको हवाई उडन बन्द भएको छ । मनाङ र लमजुङको सिमानामा पर्ने विभिन्न ठाउँमा हिमपात हुँदा अन्नपर्ूण्ा पदयात्रामा निस्किएका पर्यटक तथा मनाङ जाँदै गरेका र्सवसाधारण लमजुङको च्याम्चेमै रोकिएकाछन् । हिमपात र पानी परेका कारण लमजुङको जनजीवन कष्टकर बनेको छ ।
•
read more...
ग्रामीण सडक विस्तारपछि लाखांै जनता लाभान्वित
February 10, 2010
स्याङ्जा, २६ माघ । नेपालको पहिलो ग्रामीण पर्यटकीय क्षेत्र पञ्चमूल सिरुवारी पुग्न सहज मानिएको हेलु-अर्जुनचौपारी ग्रामीण सडकको मर्मत एवम् विस्तार कार्य सम्पन्न भएको छ । उक्त सडक स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका वडा नम्बर १३ बाट जोडिएको छ । पुतलीबजारको हेलुबाट अर्जुनचौपारीसम्मको करिब सात किलोमिटर लम्बाइ रहेको ग्रामीण सडक मर्मत तथा विस्तार गरिँदा उपभोक्तालाई सुविधा पुगेको छ । करिब १५ दिन लगाएर सडक मर्मत तथा विस्तार गरी सडकलाई आठ मिटर चौडा बनाइएको हो । सडक मर्मत तथा विस्तारका लागि जिल्ला विकास समितिबाट रु. ८ लाख ५० हजार र गाउँ विकास समितिबाट रु. १ लाख ५० हजार गरी करिब रु.१० लाखको लागतमा सडक मर्मत गरिएको हेलु-अर्जुनचौपारी ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष प्रेमनारायण पौडेलले जानकारी दिनुभयो । सडकमा नियमितरूपमा यातायातका साधन चल्नसक्ने बनाउन सकिएमा स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सहज हुने अपेक्षा स्थानीयवासीले गरेका छन् । र् पर्यटकीय क्षेत्रसहित स्याङ्जाका अर्जुनचौपारी, रापाकोट, आरुचौर तथा पर्वत जिल्लाका लुङ्खुदेउराली, पाखापानीलगायतका क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् । बुटवल हुँदै स्याङ्जाबाट पोखराको सडक प्रयोग गर्दा पर्वत, बागलुङ पुग्न करिब एक सय किलोमिटर बढी यात्रा गनुपर्ने हुन्छ भने ५० किलोमिटर छोटो दूरीमा सडक प्रयोग गर्दा स्याङ्जाको हेलुबाट पर्वतको सदरमुकाम पुग्न सहजसमेत भएको छ ।
•
read more...
सहज रहेन अन्तरजातीय विवाह
February 10, 2010
-अञ्जली रम्तेल // काठमाडौँ, २६ माघ । प्रचारमा आउने गरेजस्तो सजिलो छैन अन्तरजातीय विवाह । यस्तो विवाह गर्ने धेरैजसो जोडी विवाहपछि घर परिवार एवम् समाजमा या अति कठीन सङ्र्घष्ा गरेर बाँचिरहेका छन यात उनीहरू समाजबाटै विस्थापित भएर जिवन जिउन बाध्य छन ।
•
read more...
संविधान लेखनमा सहयोग गर्न आग्रह
February 10, 2010
काठमाडाँै, २६ माघ । सभामुख सुवास नेम्वाङले नयाँ संविधान लेखनका लागि सम्पर्ूण्ा आधार एवम् मस्यौदा तयार भइसकेकाले अविलम्ब संविधान लेखनको कार्यलाई द्रुतगतिमा अघि बढाउन सभासद्हरूसँग आग्रह गर्नुभएको छ । 'सांसदहरूका लागि बाल स्वास्थ्य तथा खोप कार्यक्रममा दिगो आर्थिक व्यवस्थापन' विषयक गोष्ठीको मङ्गलबार उद्घाटन गर्दै उहाँले भन्नुभयो- "संविधानसभाका सबै विषयगत समितिले मस्यौदा एवम् अवधारणा संविधानसभामा प्रस्तुत गरी छलफलसमेत भइसकेको र ती मस्यौदालाई एकीकृत गर्न र नयाँ संविधानको मस्यौदा तयार गर्नमात्र बाँकी छ ।" उहाँले ती मस्यौदालाई आधार मानेर संविधान लेखनका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सभामुख नेम्बाङले नयाँ संविधान बालमैत्री बनाउन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उमाकान्त चौधरीले बाल स्वास्थ्य तथा खोप कार्यक्रमलाई अझ प्रभावकारीरुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । संयुक्त राष्ट्रसङ्घीय बाल कोषको आर्थिक एवम् प्राविधिक सहयोगमा व्यवस्थापिका-संसद महिला बालबालिका र समाज कल्याण समितिद्वारा आयोजित उक्त गोष्ठीमा समितिसँग आबद्ध सांसद, श्रीलङ्का तथा कम्बोडियाका विधायकहरू सहभागी हुनुहुन्छ । सांसदद्वय उमा रेग्मी र लीला भण्डारीले बाल स्वास्थ्य तथा खोप कार्यक्रममा दिगो आर्थिक व्यवस्थापनका लागि नीति निर्माणको क्षेत्रमा गर्नुपर्ने व्यवस्थाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपालस्थित युनसेफका प्रतिनिधि जिलियम मेलसप, विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा. अलेक्जेन्डर एन्डापार्जे र सविन भ्याक्सिन इन्ष्िटच्यूटका डा. माइक म्याक्वेशनले नेपालले बालस्वास्थ्यका क्षेत्रमा गरेका प्रगतिको सराहना गर्दै अगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न आग्रहसमेत गर्नुभयो । बालबालिकाको हकहित पर््रवर्द्धन तथा उनीहरूलाई सक्षम नागरिक बनाउन राष्ट्रसङ्घीय महासभाले निर्धारण गरेका सहस्राब्दी विकास लक्ष्य प्राप्तिको दिशामा नेपालले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि सहभागीबीच छलफल हुने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वर्सर्ेे पाँच वर्षुनिका एकहजार बालबालिकामा ६१ र प्रतिहजारमा ४८ जना शिशुले ज्यान गुमाउने गरेका छन् ।
•
read more...
उपराष्ट्रपति झाद्वारा मैथिली र नेपालीमा सपथ
February 8, 2010
काठमाडौँ, २४ माघ । राष्ट्रपति डा. रामवरण यादवले उपराष्ट्रपति परमानन्द झालाई आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ गराउनुभयो । सो अवसरमा उपराष्ट्रपति झाले नेपाली र आफ्नो मातृभाषा मैथिलीमा सपथ लिनुभएको थियो ।
•
read more...
गर्भपतन गराउन नमानेका कारण हत्या
February 8, 2010
बागलुङ, २४ माघ । गलकोट हटिया-३ निवासी सुसिला साहनीलाई आफुले हत्या गरेको प्रेमी डिक्सन मल्लले स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले डिक्सन मल्लसंग लिएको प्रारम्भिक बयानमा उनले हत्या स्वीकार गरेका हुन् । बयानमा मल्लले भनेका छन्- 'सुसिलाले गर्भपतन गराउन नमाने पछि मैले चक्कु प्रहार गरी एक्लै प्रेमिकाको हत्या गरे ।' गर्भ रहेको दर्ुइ महिनापछि दुवैको सल्लाहमा प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा गएका थियौ तर डाक्टर नभएपछि गर्भपतन हुन सकेन् । दोस्रो पटक गर्भपतन गराउने विषयमा प्रेमिका सुसिला साहनीले अस्वीकार गरेपछि मैले हत्या गरे' -मल्लले बयानमा स्वीकारेका छन् । 'मैले एक्लैले चक्कु प्रहार गरी साहनीको हत्या गरेको हुू यसमा कसैको संलग्नता छैन' मल्लले बयानमा भनेका छन्- 'भागी विवाह गर्ने बहानामा बिहान ४ बजे बोलाई हत्या गरेको हुू ।' गलकोट उच्च मावि हटियामा १२ कक्षामा संगै पढ्ने डिक्सन मल्ल र सुसिला साहनीको सात महिना अघिदेखि लभ अफेयर चलेको थियो । 'सात महिना अघिदेखि साहनी र मेरोबीच प्रेम चलेको थियो' साहनीले बयानमा भनेका छन्- र्'गर्भपतन होइन विवाह गर्नुपर्छ भनी जिद्दी गरेपछि मैले साहनीलाई मार्ने निर्ण्र्ाागरे ।' भागी विवाह गर्नै नाटक गरी योजना अनुसार मैले साहनीलाई बिहान ४ बजे दरम खोलाको किनारमा बोलाएको थिए । फकाए जस्तै गरी मैले पहिलो चक्कु प्रहार साहनीको गर्धन गरे, चिच्याउन थालेपछि ढुंगाले टाउकोमा थिचे । साहनी मरेको पक्का भएपछि मैले चक्कुलाई दरम खोलामा फाले र पछि कोठामा गई कपडा फेरी रगतले लतपतिएका कपडा प्लाष्टिकमा पोको पारी दरम खोलामा फाले- मल्ले बयानमा भनेका छन् । स्रोतका अनुसार पक्राउ परेका मल्लमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ । मुद्दा चलाउनको लागि प्रहरीले आइतबार जिल्ला अदालत बागलुङमा म्याद थप गर्ने समेत श्रोत जनाएको छ ।
•
read more...
|