|
नेताहरुलाई सचेत गराउन घण्टी जुलुस
February 18, 2010
पोखरा, ५ फागुन । नयाँ संविधान निर्माण गर्न अब १०० दिन मात्र बाँकी रहँदा बुधबार बिहान पोखरामा घण्टी जुलुस पर््रदर्शन गरियो । घरघरको पूजा कोठामा बज्ने घण्टीहरु र मन्दिरमा बज्ने घण्टा बिहान सबेरै सडकमा बज्न थालेपछि र्सवसाधारणको ध्यानाकर्षा भएको थियो । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीको आयोजनामा भएको घण्टी जुलुसको उद्देश्य संविधान सभाको सभासद र राजनीतिक दलका नेताहरुलाई अब संविधान बनाउन १०० दिनमात्र बाँकी छ भनी सचेत गराउनु थियो । मानवअधिकार चोकबाट सुरु भएको घण्टी जुलुस भीमसेन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा वरिष्ठ मानवअधिकारवादी कार्यकर्ता टेकनाथ बरालले १०० पटक विपशाल घण्टाको आवाज घन्काएर दलका नेताहरुलाई अब संविधान बनाउन १०० दिनमात्र बाँकी छ भनी चेतावनी दिनुभएको थियो । कोणसभामा सञ्जालका संयोजक अधिवक्ता रामप्रसाद घिमिरेले संविधान समयमा जारी गर्न दलका नेताहरुलाई गम्भीर बन्न आग्रह गर्नुभयो । सञ्जालका महासचिव एवम् इन्सेक पश्चिमाञ्चलका प्रमुख शिव खकुरेलले दलका नेताहरु संविधान बनाउन भन्दा पनि सत्ताकै खिचातानीमा लागेको भनी चिन्ता व्यक्त गर्नुभयो । जुलुसमा मानवअधिकारकर्मी र पत्रकारहरुको सहभागिता थियो । कार्यक्रममा उपस्थित र्सवसाधारणले तोकिएको समयमा संविधान बन्ने कुरामा शंका व्यक्त गरेका थिए । आगामी जेठ १४ गतेभित्र संविधान बनाई सक्नुपर्नेछ ।
•
read more...
तमु धिंको विश्वशान्ति पूजा, पहिलो दिनमा २ करोड ३३ लाख संकलन
February 18, 2010
पोखरा, ५ फागुन । तमु धि नेपालले विश्वशान्तिको कामना गदै तोकिएको मितिमा नयाँ सविधान निर्माणको आव्हान गर्न बहुउदेश्ययीय भवनको निर्माण गर्न तमुहरुको इतिहासमा पहिलोपटक पोखरामा बुधबारबाट विश्व शान्तिको पूजा शुरु गरेको छ ।
•
read more...
नारी दिवस साझा रुपमा मनाइने
February 18, 2010
पोखरा, ५ फागुन । १०० औं अन्तर्रर्ााट्रय नारी दिवस -८ मार्च) कास्कीका सरकारी तथा गैरसरकारी संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरी साझा रुपमा मनाउने भएका छन् । कास्कीका स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीको अध्यक्षतामा बुधबार भएको कार्यक्रममा नारी दिवस साझा रुपमा मनाउने निर्ण्र्ाागरिएको हो । सो दिवसको अवसरमा फागुन २४ गते बृहत र्याली र महिला हिंसा विरुद्ध सडक नाटक पर््रदर्शन गरिने भएको छ । सडक नाटक पर््रदर्शनको जिम्मा शक्ति समूहले लिएको छ । त्यस्तै नारी दिवसको अवसरमा संचेतनामूलक लोकगीत प्रतियोगिता गरिने भएको छ । महिला विकास कार्यालय कास्कीको सक्रियतामा बुधबार भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग इन्सेक महिला मानव अधिकार रक्षक सञ्जाल, सिविन हेल्प लाइन टोली, सहकार्य नेपाल, माछापुच्छ्र विकास संघ, महिला न्यायिक मञ्च लगायत महिला र बालबालिकाको क्ष्ेात्रमा कार्यरत संघसंस्थाको सहभागिता रहेको थियो । महिला विकास अधिकृत पर्ूण्ा श्रेष्ठले नारी दिवसको अवसरमा महिलाले उत्पादन गरेको सामग्रीको विक्री कक्ष उद्घाटन गरिने जानकारी दिनुभयो । नारी दिवसको अवसरमा पारा लिगल कमिटीले देउराली गाविसमा ९० वर्षाथिका जेष्ठ नागरिकलाई सममान हंसपुरमा विकृति विसंगती विरुद्ध संचेतना कार्यक्रम, हातेमालो अभियानले रक्तदान कार्यक्रम गर्ने भएका छन् । त्यस्तै शिर्द्धार्थ क्लवले सराङकोमा महिला हिंसा र कानूनी संचेतना कार्यक्रम र सहकार्य नेपालले कृस्ति र पोखरा १३ मा महिलाको लागि उद्घोषण तथा भाषण कला तालिम सञ्चालन गर्ने भएको छ ।
•
read more...
६ सय मेगावाटको मर्स्याङदी-२ आयोजना बन्द
February 17, 2010
आश गुरुङ 'प्रतीक'/समाधान लमजुङ, ४ फागुन । लमजुङ र मनाङको सिमानामा डीपीआर तयार भईरहेको माथिल्लो मर्स्याङ्दी २ जलविद्युत आयोजना आजदेखि बन्द भएको छ । छ सय मेगावाटको विद्युत उत्पादनका लागि र्सर्भे भईसकेको आयोजना एकीकृत माओवादीले दबाब दिएपछि सुरक्षाको दृष्टिकोणले बन्द गराएको परियोजनाले जनाएको छ ।
•
read more...
बुढेसकालमा टेक्ने लौरी भाँचिएपछि...
February 17, 2010
टंकप्रसाद गैह्रे/समाधान पोखरा, ४ फागुन । '१२ भाई छोरा तेह्र भाई नाति बुढाको धोक्रो काधै माथि' भने झै कास्की जिल्लाको थुमाकोडाँडा गाविस वडा नं ९मा जन्मिएका ७१ वषर्ीय ऋषिराम सापकोटाले १४ जना नाति नातिनी १२ जना छोरी ज्वाई भए पनि बुढेसकालमा एक्लोजीवन बिताउन परेकामा दुखी छन ।
•
read more...
लेकसाइडमा सस्तोमा कोठा दिन नपाईने
February 17, 2010
पोखरा, ४ फागुन । पोखरामा सस्तो मूल्यमा कोठा पाउने हल्ला ब्यापक बनेपछि पश्चिमाञ्चल होटल संघ पोखराले सस्थागत रुपमा होटलको न्यूनतम मूल्य तोकेको छ । अब होटल संघसंग आबद्ध भएका होटलहरुले पाँच सय रुपैया भन्दा सस्तोमा कोठा दिन पाउने छैनन् । सो भन्दा कममा कोठा दिइएमा संघले आन्तरिक कारवाही गर्ने भएको छ । तर कस्तो कारवाही खुलाइएको छैन । फागुन २ मा संघका कार्यावाहक अध्यक्ष एवं दर रेट निर्धारण तथा अनुगमन समितिका संयोजक हरि शर्माको अध्यक्षतामा बसेको संघको बैठकले सो निर्ण्र्ाागरेको हो । यसअघि कतिपय होटलहरुले दर्ुइ सय रुपैयाँमा समेत कोठा उपलब्ध गराउँदा विभिन्न समस्या परेको र गलत सन्देश गएको भन्दै संघले प्रति रातको कोठाको न्यूनतम मूल्य पाँच सय रुपैयाँ तोकेको शर्माले बताउनुभयो । सो भन्दा माथि आफ्नो प्रतिष्ठानको स्तर अनुसार शुल्क लगाउन सकिने पनि संघले निर्ण्र्ाागरेको छ । निर्ण्र्ाााई कर्डाईका साथ लागू गराउन अनुगमन समिति गठन गरी २० जना संयोजकहरु समेत तोकिएको छ । जसअनुसार बाबा लजदेखि होटल यु एण्ड आई सम्म हेमराज पहारी, बाबा लजदेखि पेन्सन तुसिता सम्म कुलबहादुर आचार्य, अम्वोट एरियामा तिलक क्षेत्री, पिसफूल रोडसम्म दीपक श्रेष्ठ, गौरीघाट मार्ग र शिव मन्दिर मार्गमा वासुदेव पहारी रहेका छन् । यसैगरी दरवारमार्गमा विष्णुहरी अधिकारी, बाराही पथदेखि सरोवर मार्गसम्म लक्ष्मण सुवेदी, पहारी मार्गमा माधव भण्डारी, माउण्टेन टपदेखि विद्यालय पथसम्म विष्णु पहारी, लालुपाते मार्गमा श्रीराम गिरी, होटल सिंगापुरदेखि बुलौंदीसम्म गोविन्द शर्मा, डिहिको पाटन देखि पधेरा सम्म मोहन दवाडी, हल्लनचोकदेखि खहरेसम्म गणेश पहारी, खहरेचोक देखि गैरा चौतारासम्म धरमसिंह लामिछाने, होटल सिंगापुरदेखि हल्लनचोकसम्म विकल तुलाचन, शान्तिपाटनदेखि जरेवरसम्म भेकेन्द्रकुमार श्रेष्ठ संयोजक तोकिएको छ । लेकसाइडमार्ग मिराचोक देखि हल्लन चोक सम्म रमेश श्रेष्ठ, ड्यामसाइडमा बच्चुराम तिवारी, राम गुरुङ ड्यामसाइड र मुक्ति केसी ड्यामसाइड संयोजक रहेका छन् । निर्ण्र्ाालागू गर्न गराउन सम्पर्ण्र्ााोटल ब्यवसायीहरुलाई सहयोगको लागि अनुरोध गर्दै सम्वन्धीत निकाय र होटल संघमा आवद्ध नभएका होटलहरुलाई अनिवार्य दर्ता हुन समेत संघले आव्हान गरेको छ । दर्ता नभए र केही घटना आइपरेमा होटल संघ जिम्मेवार नहुने संघका द्वितीय उपाध्यक्ष तथा सदस्यता विस्तार समितिका संयोजक भरतराज पराजुलीले बताउनुभएको छ ।
•
read more...
महायज्ञको २९ लाख संकलन
February 17, 2010
पोखरा, ४ फागुन । मातृशिशु अस्पताल निर्माणको लागि आयोजना गरिएको महायज्ञमा दोस्रो दिनसम्म २८ लाख ६६ हजार संकलन भएको छ । महायज्ञमा दान दिनेहरुको संख्या बढ्दै गएको आयोजकहरुले जनाएका छन् । पोखरा कोमागाने मातृशिशु अस्पताल निर्माणको लागि गरिएको महायज्ञको दोस्रो दिन मंगलबार ५ लाख १६ हजार संकलन भएको छ । सोमबार महायज्ञको संयोजक कृष्ण थापा २ लाख ११ हजार, नन्दजंग गुरुङले १ लाख ५ हजार, दिलबहादुर थापाले १० हजार १ सय ५१ र भगवती कोइरालाले ५५ हजार ५ सय प्रदान गर्नुभएको छ । त्यस्तै रुपबहादुर थापाले ५१ हजार, दिलबहादुर थापाले १० हजार १ सय ५१, लामाचौरको बहुउद्देश्यीय आमा समूह, एकता आमा समूह जागृती आमा समूह र विन्ध्येश्वरी आमा समूहले ५हजार १ सय प्रदान गरेका छन् । सोही महायज्ञमा रमा तिमिल्सिनाले ५ हजार ५ सय र सृजना आमा समूहले ८ हजार ३ सय दिएका छन् । यता सोमबार उद्घाटनको दिन मात्रै २३ लाख ५० हजार उठेको थियो । सोमबार पोखरा उपमहानगरपालिकाबाट ११ लाख उठेको थियो । सोमबार पोखरा उपमहानगरपालिकाबाट ११ लाख ११ हजार १ सय ११ र संविधानसभाका सदस्य एवम् उद्योगी र्सर्ूयबहादुर केसीले २ लाख र संसद विकास कोषबाट ५ लाख ५ हजार प्रदान गर्नुभएको थियो । उद्घाटनकै दिन चण्डीका आमा समूहले २ लाख, डा. दिग्विजय तिमिल्सिनाले ५० हजार, गोविन्दबहादुर क्षेत्रीले ५० हजार हजार १ सय र पूण्यराज तिमिल्सिनाले ५१ हजार १ सय प्रदान गरेका थिए । त्यस्तै अन्य दान बीरहरुमा बलबहादुर बानियाले २५ हजार १ सय, अन्नपर्ूण्ा फाइनान्सले ५० हजार १ सय ५१ र युके ग्रुपले १ लाख ३६ हजार ५ सय प्रदान गरेको छ । पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीच भएको भगिनी सम्बन्धलाई विस्तार गर्न पोखरा कोमागाने मातृशिशु अस्पताल बनाउन लागिएको हो । अस्पतालमा जापानको कोमागाने शहरबाट पनि सहयोग हुनेछ । फागुन १० गतेसम्म चल्ने महायज्ञको प्रमुख वाचक भाष्कर युवा पण्डित कमलनयन गौतम रहनु भएको छ । अस्पताल निर्माण भएपछि बाटुलेचौर लामाचौर लगायत त्यस क्षेत्रका र्सवसाधारणले सेवा पाउने अपेक्षा गरिएको छ ।
•
read more...
सडक बालबालिकाको साहारा बचत खजना
February 16, 2010
टंक गैह्रे/समाधान पोखरा, ३ फागुन । स्याङजाका राजकुमार परिवार पोखराको न्यूरोडमा रहेको सडक ज्योति बाल केन्द्रमा बस्दछन। आमा सिलाउने काम गर्दछिन बाबु बेलैमा मरेकाले सडकमा हिडनु डुल्नु सडकैमा कवाडी संकलन गर्नु उनको नियति बनेको छ । सडकमा कवाडी संकलन गरि बचेको रु२००देखि ३००रुप्ौयाँ बाल बचत खजानामा जम्मा गर्दछन ।
•
read more...
पाँच लाख रुपैया जुटाउन नसक्दा पोखरा म्याराथन नहुने
February 16, 2010
पोखरा, ३ फागुन । पोखरामा आहा गोल्डकप पछि पोखराको चर्चित खेलकुद इभेन्ट 'पोखरा म्याराथन' यस बर्षनहुने भएको छ । यो संगै अन्तराष्ट्रियस्तरमा समेत पहिचान बनाइसकेको पोखरा 'म्याराथन' अनिश्चित भएको छ । आयोजक भूपू खेलाडी मञ्चले औपचारिक रुपमा केही नबोले पनि यस वर्षम्याराथन आयोजना नगरिने जानकारी मञ्चका पदाधिकारीले दिएका छन् । आर्थिक अभावका कारण म्याराथन प्रतियोगिता गर्न नसकिएको आयोजकको दावी छ । गत बर्षजम्मा १० किलो मिटर दुरीको म्याराथन आयोजना गरेर ०५८ साल देखि शुरु भएको प्रतियोगितालाई निरन्तरता दिएको भूपू खेलाडी मञ्चले यस पटक भने पर्ूण्ा विराम नै लगाउने भएको हो । "सहयोग पाइएन, आर्थिक अभावका कारण प्रतियोगिता गर्न अर्समर्थ भयौं ।" मञ्चका महासचिव तेज गुरुङले भने-"एक दर्ुइ दिन मै औपचारिक रुपमा यो इभेन्ट गर्न नसक्ने घोषणा गर्दैछौं ।" ०५८ साल देखि प्रजातन्त्र दिवसको अवसर पारेर हरेक बर्षफागुन ४ गते ४२ किलोमिटर दुरी कै पोखरा म्याराथन प्रतियोगिताको आयोजना गर्न थालिएको थियो । त्यस पछिका ठुला ठुला राजनैतिक संकट र अस्थिरतालाई समेत झेल्दै सात बर्षम्म प्रतियोगितालाई भब्य रुपमा निरन्तरता दिइएको थियो । यो प्रतियोगिताम अन्य विभिन्न खालका प्रतिस्पर्धा पनि थपेर रोमाञ्चक बनाइएको थियो । तर ०६५ सालमा आठौं पटक आयोजना गर्ने क्रममा जम्मा १० किलोमिटर म्याराथन आयोजना गरेर पोखरा म्याराथनको तौल घटाइएको थियो । "आर्थिक अभावका कारण गत बर्षसिम्बोलिक मात्र गर्यौं, यस पटक त त्यो पनि भएन ।" मञ्चका महासचिव गुरुङले भने । भूपू खेलाडी मञ्चले आर्थिक भारका कारण प्रतियोगितालाई निरन्तरता दिन नसकिएको बताए पनि प्रतियोगिता आयोजना गर्न ठुलो आर्थिक भार भने छैन । सातौ फुल म्याराथन प्रतियोगिता आयोजना गर्दा करिब ५ लाख रुपैयाले पुगेको थियो ।
•
read more...
६ सय मेगावाटको परियोजना बन्द गर्न माओवादीको चेतावनी
February 16, 2010
लमजुङ, ३ फागुन । माथिल्लो मर्स्याङदी-२ जलविद्युत परियोजनाको निर्माणकार्य बन्द गर्न एकीकृत माओवादी निकट तमु राष्ट्रिय मुक्ति मोर्चाले चेतावनी दिएको छ । राष्ट्रको हित बिपरित परियोजना निर्माण हुन लागेको भन्दै नयाँ संविधान निर्माण नभएसम्म निर्माणकार्य रोक्न माओवादी निकट मोर्चाले चेतावनी दिएको हो । छ सय मेगावाट क्षमताको विद्युत उत्पादनका लागि डीपीआर अन्तिम चरणमा पुगेको सो परियोजना बन्द गर्न तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले चेतावनी दिएको हिमताल कम्पनीका प्रवन्धकर् इन्जिनियर अरुण रजौरियाले जानकारी दिनुभयो । मोर्चाका अध्यक्ष तथा गोरखा जिल्लावाट निर्वाचित सभाषद अमर गुरुङको हस्ताक्षर रहेको चेतावनी पत्रमा तमुवान प्रदेशमा निर्माण हुन लागेको परियोजना स्थानीयवासिन्दाको अनुमति बिना निर्माण गर्न नपाउने उल्लेख छ । जल, जमिन र जंगलमाथि स्थानीयवासिन्दाको अग्रअधिकार रहेको भन्दै बन्द गर्न चेतावनी दिएको प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले वताउनुभयो । भारतीय पर््राईभेट कम्पनी जीएम आरको ८० र नेपाल सरकारको तर्फाट हिमताल हाईडूोपावर कम्पनीको २० प्रतिशत लगानीमा निर्माण हुन लागेको परियोजनाको डीपीआर तयार हुन अब एक महिनामात्रै बाँकी छ । उर्जा मन्त्रालयले सचिब स्तरिय निर्ण्र्ाााट गत मंसिर १० गते आयोजनाको जडित क्षमतामा बृद्धि गरि ६ सय मेगावाट विद्युत उत्पादन गर्न स्वीकृत दिएको सो परियोजना अघि एकीकृत माओवादीले माथिल्लो कर्ण्ााली जलविद्युत परियोजना बन्द गर्न समेत चेतावनी दिईसकेको छ । मनाङको सिरानतालमा बाँध बाँधेर लमजुङको स्याँगेमा पावर हाउसका लागि र्सर्भे भईसकेको परियोजना अहिलेसम्मको अनुमति प्राप्त जलविद्युत परियोजनामध्ये कर्ण्ााली १ हजार र पश्चिम सेती ७ सय ५० मेगावाट पछिको तेश्रो ठूलो जलविद्युत परियोजना हो ।
•
read more...
भारत भ्रमणको र्सार्थकता
February 16, 2010
गणतन्त्र नेपालका प्रथम राष्टूपति डा रामवरण यादब प्रथम पटक भारत भ्रमणका लागि फागुन ३ गते प्रस्थान गरेका छन् । भारतका राष्टूपति प्रतिभा पाटिलको निमन्त्रणामा चारदिने भ्रमणका क्रममा राष्टूपति डा यादबले भारतका राष्टूपति, प्रधानमन्त्री लगायत सबैजसो प्रमुख दलका प्रमुख नेताहरुसँग पनि भेटघाट गर्नेछन् ।
•
read more...
न्यायका लागि एक्यवद्धता अभियानद्वारा आन्दोलन घोषणा
February 15, 2010
पोखरा, २ फागुन । कानूनी शासनको प्रत्याभूति तथा पीडितका हकहरु संविधानमा समावेश गर्नुपर्ने लगायतका माग राख्दै न्यायका लागि एक्यवद्धता अभियान, पश्चिमाञ्चल क्षेत्रीय संयोजक समिति पोखराले चरमवद्ध आन्दोलनको घोषणा गरेको छ ।
•
read more...
सरकार नपुगेको ठाउँमा गैरसरकारी संस्था
February 15, 2010
पोखरा, २ फागुन । आधारभूत स्वास्थ्य शिक्षा र चेतनाबाट वन्चित रहेका समुदाय,दन्द प्रभावित बालबालिका युवा तथा महिला , सामुदायिक प्रकोपका कारणले जोखिममा रहेका समुदायलाई लक्षित गरि एकीकृत सामुदायिक विकास कार्यक्रमको दुइदिने वाषिर्क समीक्षा तथा योजना तर्जुमा गोष्ठी आइतबारदेखि पोखरामा शुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा नौलो घुम्ती नेपाल पोखराको आयोजनामा,असल छिमेकी संघ , नेपाल रेडक्रस सोसाइटी, पशु स्वास्थ्य तालिम तथा पर्रार्मश सेवाकेन्द्रको संयुक्tm त्ात्वाधानमा कार्यक्रम आयोजना गरिएको हो । सामुदायिक विकास कार्यक्रम पश्चिमाञ्चल विकास क्षेत्रका ९ जिल्लाा मध्ये दर्ुगम र विकास कार्यक्रमबाट वञ्चित रहेका २७ वटा गाविसमा सञ्चालन भैरहेको छ । ग्ाोष्ठीको उदघाटन स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीले गर्नु भएको थियो। उहाँले समग्र जनताको इच्छा र चाहना अनुसार कार्यक्रम सरकारले लैजान नसकेको बताउदै गैर सरकारी संस्थाहरुले विदेशी संघ संस्थाहरुको सहयोगमा संकटाभिमुख दर्ुगम गाँउमा कार्यक्रम लैजान सफल रहेकेा बताउनु भयो । उहाँले गैरसरकारी संस्थाहरुलाई पर्यटन पर््रबर्धन गर्न बुहारी तालिम ,जनजातिलाई शसक्तिकरण गर्न दिशामा अगाडि बढन आग्रह गर्नु भयो । कार्यक्रममा नौलो घुम्ती नेपालका कार्यकारी निर्देशक रामप्रसाद ज्ञवालीले कार्यक्रमको औचित्यमाथि प्रकाश पादै एकीकृत सामुदायिक विकास कार्यक्रम लक्षित वर्गमा पुग्न सफल भएको बताउनु भयो । उक्त कार्यक्रममा संस्थाका प्रशासन तथा वित सुपरभाइजर माधव तिमिल्स्ानाले कार्यक्रमको अवधि र बजेट बारेमा जानकारी दिनु भएको थियो । सो अवसरमा फिल्ड अफिसर शुकराज सुवेदी, कार्यक्रम संयोजक किसनबहादुर गुरुङ, एकीकृत विकास समन्वय संयोजक पदमराज पहारी, स्ांस्थाका सल्लाहकार बद्रीविनोद प्रतिकलगायका वक्ताहरुले बोल्नु भएको थियो । न्ाौली घुम्ती नेपालले रेडक्रस्ा सोसाइटी असल छिमेकीसंघ, पशु स्वास्थ्य पर्रार्मश सेवा केन्द्रसंग सहकार्य गरेर सन २००८ देखि विपन्न दलित, सिमान्कृत समुदायको जनचेतना अभिबृदि कार्यक्रम पश्चिमाञ्चलका ९ जिल्लाका २७ दर्ुगम गाविसमा गदै आइरहेको छ । र्क्ार्यक्रम नौलो घुम्ती नेपालका अध्यक्ष इन्दिरा बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । ग्ाोष्ठीमा विभिन्न गाविस, संघ सस्थाकाहरुका ७५व्यक्तिहरुको सहभागिता रहेको छ ।
•
read more...
लुटपाटमा एलजी ग्रुप संलग्न छैन
February 15, 2010
पोखरा, २ फागुन । एलजी ग्रुपले कास्कीको भोटेपोखरीमा शुक्रबार राती भएको लुटपाटमा आपmनो संलग्नता नभएको दावीगरेको छ । आइतबार प्रकाशित समाचारमा सो लुटपाटमा एलजी ग्रुपको नाम लिइएकोमा आफूहरुको ध्यानाकर्षा भएको भन्दै सो समूहका नेताले लुटपाटमा आपmना कुनै पनि सदस्यहरु संलग्न नभएको दावी गरे । 'हाम्रो बद्नाम गर्न लुटेराहरुले नाम लिएका हुनसक्छन्' एलजी समूहका एक नेताले समाधानसंग टेलिफोनमाभने- हाम्रा कोही पनि साथी त्यस्तो लुटपाटमा संलग्न छैनन्' । एलजी समूहका ती नेताले लुटपाटमा संलग्न ती व्यक्तिलाई पक्राउ गरेर कारवाही गर्न प्रशासनलाई आग्रह समेत गरे । हाम्रो नाम लिएर बदनाम गर्न खोजेको देखियो नि लुटेरालाई कारवाही गर्न माग गछौर्ं ।' उनले भने -एलजी समूह त्यस्तो लुटपाटमा हिजो पनि संलग्न थिएन र भोली पनि संलग्न हुनेछैन ।'
•
read more...
घलेगाउँमा भ्यालेन्र्टाईन 'डे'
February 15, 2010
लमजुङ, २ फागुन । काठमाडौँका प्रवेश गुरुङ र लमजुङकी संगीता गुरुङ धेरै मिल्ने साथी । क्याम्पस पढ्दाको समय भेट भएदेखि उनीहरुले एकआर्कालाई कहिल्यै छड्के नजरले हेरेनन् । दर्ुइ बर्षो साथीत्वको दौडानमा एकआर्कालाई गलत पनि सम्झेनन् उनीहरुले । पुरानो घर पोखरा वताउने प्रवेशले पहिलोपटक लमजुङ टेक्ने अवसर मिल्यो । पोखरावाट साथीहरुसंग बाईक लिएर आएका प्रवेशले घलेगाउँ घुम्न जाने भनेपछि वेसीशहरमा रहेकी संगीताले पनि नाइँ भन्न सकेनन् । उनीहरु विहान बाईकमा चढेरै घलेगाउँ पुगे । 'घलेगाउँमा प्रवेशले संगीतालाई प्रेम प्रस्ताव राख्यो । 'भ्यालेनर्टाईनस् डे' को दिन, संगीताले पनि नाइँ भन्न सकिनन्' प्रवेशका साथी दीपक मगर भन्दै थिए, 'उनीहरुबीच जीन्दगीको यात्रा घलेगाउँवाट शुरु भयो, आज 'भ्यालेनटाइनस् डे' को दिनवाट । यसपटक घलेगाउँमा 'भ्यालेनर्टाईनस् डे' को दिन जोडीहरुको लस्कर थियो । कोही घुमघामा लागि घलेगाउँ पुगेका थिए त कोही प्रेम प्रस्ताब राख्नकै लागि । घुमघामका लागि मात्रै आएकाहरुलाई दिन वितेको थाहै भएन । 'प्रकृति र संस्कृतिको रसास्वादन गर्नेहरु माहुरी झैँ डुल्दै थिए । पिकनिकका लागि जानेहरु पनि एकरात विताउने भन्दै वसे, अनि म चाहीँ फर्केँ' दीपकले भने, 'सरकारी जागिर भोलिदेखि अफिस जानु छ ।' स्वदेशी तथा विदेशी पाहुनाको बाक्लो उपस्थिति रहने घलेगाउँमा आईतवार एवंरीतका साथ पाहुनाले भरियो । र्सार्क राष्ट्रको नमुना मानिएको घलेगाउँ पछिल्लोपटक जोडीहरुको गन्तब्यस्थल बनेको चर्चासंगै पहिलो प्रेम प्रस्ताव गर्ने ठाउँ पनि बन्यो । त्यसैले त कतिपय जोडीहरुले प्रेम पस्ताव मात्रै राखेनन् सुनौलो जीवनको कल्पनासहितको कसम पनि खाए । शहरी कोलाहलले उकुसमुकुस बनाएकाहरुलाई त प्रेम र शितलताको संजीवनी मिल्यो । 'लमजुङ, मनास्लु र डाक्टर हर्क गुरुङ हिमाललाई साक्षी राखेर जीवनभर संगै बाँच्ने कसम खाएको हाम्रो जोडी कहिल्यै पनि छुट्दैन' एक जोडीलाई उद्धत गर्दै वेसीशहरवाट घलेगाउँ गएका प्रमोद गिरीले भने । लमजुङको उत्तरकन्या गाउँ विकास समितिमा रहेको घलेगाउँमा दर्जनौँ जोडीले भ्यालेनर्टाईनस् डे' मनाएकाछन्, यसपटक । हिमालको काखमा बसेर प्रकृतिसंगै मितेरी लगाएर धेरै जोडीले 'भ्यालेनटाइनस् डे' मनाए । घलेगाउँमा संगै हिँडेको जोडी अनि बसेका मलेवालाई देखेर स्थानीयवासिन्दा पनि छक्क परे । वेसीशहर झर्दाको बखत जोडीबीच खिचेको तस्वीर प्रकाशन नगरिदिन उनीहरुले अनुरोध गरे । आफैँले चिखेका तस्वीर उनीहरुले दिन माननेन् । घलेगाउँमा जोडीहरुका लागि खानाको मिनुमा ३० देखि ४० प्रतिशतसम्म सस्तो बनाईएको छ । कतिपय जोडीले घलेगाउँमै रात विताउनेछन् । 'भ्यालेनर्टाईनस् डे' मनाउनकै लागि काठमाडौं, पोखरा, चितवन लगाएत देशका बिभिन्न क्षेत्रबाट विदेशी तथा स्वदेशी पर्यटक घलेगाउँ पुगेकाछन् । उत्तरपर्ूवमा बौद्ध, ङादीचूली, हिमालचुली, मनास्लू हिमश्रृङखलाहरु, उत्तरमा लमजुङ हिमाल, अन्नपर्ूण्ा दोस्रो र माछापुच्छे्रको मनमोहक टाकुरासंगै विहानीको मिर्मिरेपछि ओछ्यानबाटै सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ घलेगाउँवाट । गाउँनजिकै चिरबिर गर्ने नानाथरिका चरा चुरुङ्गी, मृग, पिउरा, कालिज अनि लुइँचेको आवाजले झन् सुनमा सुगन्ध थप्छ । गाउँवाट हर्ेदा देखिने चारैतिरका मानवबस्तीहरु अनि साँझको अँधेरीमा झिलमिल देखिने खुदी उपत्यका र नागबेली हुँदै बगेको मर्स्याङ्दी र मिदिम खोलाको मनोरम दृश्यले दुख नै विर्सर्ााे गर्दछ गाउँमा करीब दर्ुइसयजना अटाउने सामुदायिक भवन निर्माण गरिएको छ । जहाँ साँझ खाना खाएपछि सबै गाउँले जम्मा हुन्छन् र नाचगान गर्न थाल्छन् । घलेगाउँका वासिन्दाले आफ्ना सयौँवर्षअघिका सांस्कृतिक नाचगानहरु जिवन्त बचाइ राखेका छन् । झ्याउरे, सर्ेका, दोहोरी, घाँट्र, घ्याब्रे, कृष्णचरित्र, झाँक्री, कुुसुण्डा लगायत त्यसका उदाहरण हुन् । हरेक नाचको भिन्नभिन्न बाजागाजा र भेषभूषाहरु छन् । घलेगाउँमा पुग्ने पर्यटकहरुलाई यी नृत्यहरु पर््रदशन गर्ने गरिएको घलेगाउँ पर्यटन ब्यवस्थापन उप-समितिका संरक्षक/सल्लाहकार प्रेम घले गाउँछन् । समुन्द्री सतहदेखि करीब २ हजार १ सय मीटरको उचाईरमा रहेको घलेगाउँमा १ सय १५ घर छन् । काठमाडौंवाट तनहुँको डुम्रे हुँदै लमजुङ सदरमुकाम बेसीशहर हुँदै साढे ६ घण्टाको हिँडाइपछि घलेगाउँ पुग्न सकिन्छ । बेसीशहरबाट बाग्लुङपानी हुँदै, बेसीशहरबाट खुदी सिम्पानी भलामचौर हँंदै र बेसीशहरबाट खुदी घनपोखरा हुँंदै गएपनि घलेगाउँ पुग्न सकिन्छ । अहिले वेसीशहरवाट बाग्लुङपानी हुँदै सिधै घलेगाउँसम्म मोटर पुगेपछि पर्यटकलाई सजिलो भएको छ । पछिल्लो दिनमा घलेगाउँमा बिजुली पुगेपछि आफ्नो खुशी इमेल इन्टरनेट र फोन गर्न पाउँदा पर्यटकलाई निकै सजिलो भएको छ ।
•
read more...
|