|
पोखरामा बर्डफ्लु नियन्त्रणमा
February 25, 2010
पोखरा, १२ फागुन । पोखरामा उपमहानगर पालिका वडा नं ७ घारीपाटनका कुखुरापालक ज्ञानबहादुर खडकाका माघ १२ गतेदेखि कुखुरा रहाँस्ा मर्न थालेपछि देखा देखापरेको बर्डफ्लु रोग नियन्त्रणमा आएको बर्डफ्लु रोग नियन्त्रणकक्ष कास्कीले जनाएको छ । केन्द्रिय पशु सेवा विभागले माघ २१ ग्ते बर्ड फलु लागेको पत्रकार सम्मेलन गरेर पुष्टि गरेको थियो ।
•
read more...
ट्राफिक व्यवस्थापनमा सुधारको खाँचो
February 25, 2010
पोखरा, १२ फागुन । यातायात व्यवस्थ्ाा कार्यालयले लाइसेन्स वितरणमा, ट्राफिक व्यवस्था कार्यालयले ट्राफिक व्यवस्थापन कर्डाई नगरेसम्म सवारी साधन दर्ुघटना न्युनिकरण नहुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । बुधबार जिल्ला टाफिक प्रहरी कार्यलय पोखराले आयोजना गरेको वर्तमान अवस्थामा बढदो शहरीकरण, ट्राफिक व्यवस्थापन सम्बन्धी छलफल तथा परिचयात्म्ाक कार्यक्रममा बोल्ने वक्ताहरुले उक्tm कुरा बताएका हुन् । ट्राफिक व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा पोखरा बस व्यवसायी समितिका अध्यक्ष धर्मराज अधिकारीले कास्की जिल्लामा नव नियुक्tm भएर आउनु भएका कमलप्रसाद गिरीलाई प्ाोखराको पृथ्वीचोक, सिर्जनाचोक, भीमसेनचोकमा जाम प्रवृति हटाउन माग गर्दै प्रहरीलाई आपmनो जिम्मेवारी पूरा गरेर जनताको भावनालाई कदर गर्न आग्रह गर्नु भयो । व्यवसायी बाबुराम गिरीले पोखरामा फुटपाथ पसल र युवा पुस्ताहरुले अव्यवस्थित मोटर साइकल हाँक्ने प्रवृति रोक्न आग्रह गर्दै ट्राफिक शिक्षालाई गाँउ-गाँउमा जनचेतना फैलाउनु पर्ने बताउनु भयो । छलफल कार्यक्रममा पत्रकार टंक गैह्रेले मादक पर्दाथ सेवन गरी सवारी साधन चलाउने व्यक्तिmहरुको नाम पत्र-पत्रिका मार्फ र्सार्वजनिक गरेमा सवारी साधन दर्ुघटनामा न्यूनिकरण हुने बताउनुभयो ।
•
read more...
तीनदलीय संयन्त्रको बैठक विनानिष्कर्षटुङ्िगयो
February 25, 2010
काठमाडौँ, १२ फागुन । सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमको विषयमा साझा सहमति जुट्न नसकेपछि तीनदलीय संयन्त्रको बैठक बुधबार पनि विनानिष्कर्षटुङ्िगएको छ । दलहरूको आ-आफ्नै अडानका कारण बैठकमा सहमति हुन नसकेको र उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गर्ने निर्ण्र्ााभएको कार्यदलका सदस्य एवम् नेपाल कम्युनिस्ट पार्टर्ीीएमाले) का सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । एमाले कार्यालयमा बुधबार बसेको बैठकमा एकीकृत नेकपा -माओवादी) ले संसदमा प्रस्तुत सङ्कल्प प्रस्तावमा सेनापति प्रकरणमा राष्ट्रपतिले कमजोरी स्वीकार गर्नुपर्ने अडान राखेपछि सो बैठक निष्कर्षवहीन भएको हो । नेपाली काङ्गे्रस र एमालेका नेताहरूले भने राष्ट्रपतिलाई दोषारोपण गर्न नहुने अडान दोहोर्याएका थिए । उच्चस्तरीय राजनीतिक संयन्त्रले साझा सङ्कल्पबाटै राजनीतिक गतिरोध अन्त्यका लागि सहमति खोज्न गतसाता दर्ुइदिने म्याद दिएर कार्यदललाई निर्देशन दिएको थियो । कार्यदलले सहमतिको खाका तयार पार्न नसकेपछि संयन्त्रको बैठक पनि बस्न सकेको छैन । कार्यदलमा एकीकृत नेकपा -माओवादी), नेपाली काङ्गे्रस र नेकपा -एमाले) का दर्ुइ-दर्ुइजना सदस्य रहनुभएको छ । रासस
•
read more...
भारत भम्रणमै हतियार ल्याँउने सम्झौता भएको -प्रधानमन्त्री
February 21, 2010
पोखरा, ८ फागुन । प्रधानमन्त्री माधककुमार नेपालले आफनो भारत भ्रमणमा हतियार ल्याँउने सम्झौता भएको बताउनु भएको छ । एनेकपा माओवादीले सरकारले हतियार ल्याँएर शान्ति सम्झौता विपरित सरकार गइरहेको भन्ने आरोप लगाँउदा प्रधामन्त्री नेपालले यस्तो कुरा बताउनु भएको हो ।
•
read more...
'माओवादीको कालो झण्डा औपचारिकता मात्रै'
February 21, 2010
पोखरा, ८ फागुन । त्यतिबेला प्रधानमन्त्री माधवकुमार नेपाल कार्यकर्ता स्थल आइपुग्न अझै करीब १० मिनेट जति बाँकी थियो । त्यति नै बेला माओवादी कार्यकर्ता पनि कार्यक्रम स्थल बाहिर कालो झण्डासहित उभिएरहेका थिए । पोखरा विश्वविद्यालयको सातौं दिक्षान्त समारोहमा कूलपतिको हैसियतले भाग लिन शनिबार दिउँसो दर्ुइ घण्टा ढिला गरी कार्यक्रम स्थल लेखनाथको ढुंगेपाटन पुगेका प्रधानमन्त्री नेपालको विरोधमा माओवादी कार्यकर्ताले कालो झण्डा त पर््रदर्शन गरे तर औपचारिकता जस्तै गरी । शनिबारको माओवादी बिरोध औपचारिकता जस्तो मात्रै देखिन्थ्यो । २०/२५ जनाको संख्यामा रहेका माओवादी कार्यकर्ताले प्रचारको लागि मात्र कालो झण्डा देखाएर सरकारको विरोधमा नियमितता पूरा गरेर फर्किए । लामो समयदेखि नै सरकारको विरोध गर्दै आएका माओवादी कार्यकर्ता लेखनाथमा उत्साही थिए न उग्र नै । सुरक्षाका लागि खटिएका सयौं प्रहरीको अगाडि सरकार विरोधी नाराबाजी गरेर फर्किएपनि उनीहरु उग्र र अराजक भने बनेका थिएन । श्रोतका अनुसार सुरक्षाका दृष्टिले प्रहरीले उनीहरुलाई पहिले नै अनौपचारिक रुपमा सम्झाइसकेको थियो । र त्यसलाई अघोषित रुपमा माओवादी कार्यकर्ताले आफूहरुले केही क्षण विरोध गर्दा अवरोध नगर्न अनुरोध गरेका थिए प्रहरीले पनि अघोषित रुपमा त्यसलाई मानिदिएको थियो । उसो त उनीहरुले ठूलो संख्यामा खटिएका प्रहरीका बीचमा प्रधानमन्त्री नआउँदै नाराबाजी गरे, प्रहरी पनि चुप बस्यो । बिरोधकै बीचबाट सहभागी एक माओवादी कार्यकर्ता केही । प्रधानमन्त्रीको सुरक्षाको लागि पोखरादेखि कार्यक्रम स्थलसम्म ठूलो संख्यामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको थियो । प्रधानमन्त्रीको सुरक्षाको लागि १ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार्यक्रममा माओवादी कार्यकर्ताले अटेर गरेको भए प्रतिकार गर्न निर्देशन आएको प्रहरी श्रोतले जनाएको छ । प्रधानमन्त्रीको सुरक्षाको खटाइएको सुरक्षाकर्मीको यो संख्या यस अघि राष्ट्रपति पोखरामा आउँदाभन्दा करीब ३/४ सय जना बढी भएको ज्रि्रका कास्कीको भनाई छ । कडा सुरक्षासंगै प्रधानमन्त्री विमानस्थलबाट कार्यक्रम परिसरसम्म आउँदा र जाँदा राजमार्गमा सवारी गुड्न दिइएको थिएन । सवारी गुड्न रोक लगाएपछि र्सवसाधारण रुष्ट देखिन्थ्यो । विहान १० बजेबाट कार्यक्रम सुरु हुने भएपनि दर्ुइ घण्टा ढिला गरी करीब १२ बजेबाट सुरु भएको थियो । कार्यक्रम स्थलमा सहभागी दिक्षित विद्यार्थीहरु कूलपतिको हैसियतमा प्रधानमन्त्री सम्वोधन गर्न थालेपछि भने उठेका थिए । कूलपतिले सम्वोधन गररहेँदा शिक्षित र दिक्षित विद्यार्थी अधर्ैय भएर उठेपटि उपस्थित अतिथिले गुनासो गरेको थिए । दिक्षित विद्यार्थी कार्यक्रम हर्ेनभन्दा पनि फोटो सेशनमा बढी व्यस्त थिए । यसैबीच कार्यक्रम स्थलको प्रवेशद्वारमा बसेका एक सुरक्षाकर्मीले उपकूलपतिको आदेश भन्दै आपmनो परिचयपत्र देखाउँदा पनि पत्रकार र सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाएका थिए । उपकूलपतिको आदेश यही छ परिचयपत्रले भित्र पस्न नदिनु फणिन्द्र क्षेत्रीले भने ।
•
read more...
नेपाल धर्मनिरपेक्ष राष्ट्र हुन सक्दैन
February 21, 2010
बागलुङ, ८ फागुन । सस्कृत बिषयको छात्रावास निर्माण गर्ने उद्धेश्यले बानपा १० कुडुलेमा आयोजना गरिएको धन-धान्याञ्चल ज्ञान महायज्ञ शनिबारदेखि सुरु भएको छ । महायज्ञको उद्घाटन गर्दै कमलानयनले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा दुःख व्यक्त गर्नु भएको छ । असंख्य हिन्दु धर्मावलम्बीहरुको बसोबास भएको देशलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नु गम्भीर गल्ती भएको उहाँको भनाई छ । बानपा १० कुडुलेमा रहेको मुक्तिनाथ बेद बिद्याश्रमको रजत जयन्तीको अवशरमा आयोजना गरिएको सो धन्याञ्चलको उद्घाटन शत्रमा नेपाल सरकारका सचिव मुकुन्दशर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी भरत पौडेल, पुनराबेदन अदालत बागलुङका न्यायधिस कुमारप्रसाद पोख्ररेल, जिल्ला शिक्षा अधिकारी मुक्तिसिंह ठकुरी, ऋषि प्रपन्नचार्य लगायतले धान्याञ्चल सफलताको कामना गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । उहाँहरुले सस्कृत प्रति नेपाली युवाहरुको चासो घट्दै गएकोमा चिन्ता व्यक्त गर्दैर् सस्कृत बिषयको पठन पाठनलाई पनि व्यवासायिक रुपमा अगाढि बढाउनु पर्नेमा जोड दिनु भएको थियो । मुल आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा स्वागत समितिका उपाध्यक्षन देवबहादुर श्रेण्ठ र सञ्चालन देवराजले गर्नु भएको थियो । महायज्ञ १५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
•
read more...
प्याराग्लाडिङ प्रतियोगिता सुरु १५ देशका सय प्रतियोगीबीच प्रतिस्पर््रधा
February 19, 2010
पोखरा, ६ फागुन । टेक्रिङ एजेन्सिज एशोशियसन अफ नेपाल र पश्चिमञ्चल क्षेत्रीय च्याप्ाटर पोखराकेा सयुक्tm आयोजनामा बिहीबारबाट पोखरामा ११ औ प्याराग्लाडिङ प्रतियोगिता शूरु भएको छ ।
•
read more...
तमु विद्यार्थीको छैंटौ राष्ट्रिय सम्मेलन पोखरामा सुरु
February 19, 2010
पोखरा, ६ फागुन । तमु बिद्यार्थीहरुको छैंठौ राष्ट्रिय सम्मेलन बिहीबारदेखि पोखरामा सुरु भएको छ । समान शिक्षाको लागि तमू बिद्यार्थी आन्दोलन, तमूवान प्राप्तिको पक्षमा छैंठौ राष्ट्रिय सम्मेलन भन्ने मूल नाराका साथ सम्मेलन शुरु भएको हो ।
•
read more...
बाटुलेचौरको महायज्ञमा एकैदिन १५ लाख
February 19, 2010
पोखरा, ६ फागुन । पोखरा बाटुलेचौरमा संचालन भइरहेको श्रीमद्भागवत विराट महायज्ञमा बिहीबार एकैदिन १५ लाख रुपैयाँ भन्दा बढी संकलन भएको छ । विभिन्न व्यक्ति र संस्थाले बाटुलेचौरमा पोखरा कोमागाने मातृ शिशु मितेरी सामुदायिक अस्पतालको निर्माणका लागि अर्थ संकलन गर्ने उद्देश्यले महायज्ञमा दान गरिरहेका छन् ।
•
read more...
लेखनाथमा बस दर्ुघटना, दर्ुइको मृत्यु, ४० घाइते
February 18, 2010
पोखरा, ५ फागुन । पोखराबाट विरगंजतर्फजादै गरेको ग.१ ख २२२४ नम्वरको यात्रुवाहकबस कास्कीको लेखनाथ नगरपालिका वडा नं. १३ को मजुवामा बुधबार दर्ुघटना हुँदा २ जनाको मृत्यु भएको छ ।
•
read more...
नेताहरुलाई सचेत गराउन घण्टी जुलुस
February 18, 2010
पोखरा, ५ फागुन । नयाँ संविधान निर्माण गर्न अब १०० दिन मात्र बाँकी रहँदा बुधबार बिहान पोखरामा घण्टी जुलुस पर््रदर्शन गरियो । घरघरको पूजा कोठामा बज्ने घण्टीहरु र मन्दिरमा बज्ने घण्टा बिहान सबेरै सडकमा बज्न थालेपछि र्सवसाधारणको ध्यानाकर्षा भएको थियो । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीको आयोजनामा भएको घण्टी जुलुसको उद्देश्य संविधान सभाको सभासद र राजनीतिक दलका नेताहरुलाई अब संविधान बनाउन १०० दिनमात्र बाँकी छ भनी सचेत गराउनु थियो । मानवअधिकार चोकबाट सुरु भएको घण्टी जुलुस भीमसेन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा वरिष्ठ मानवअधिकारवादी कार्यकर्ता टेकनाथ बरालले १०० पटक विपशाल घण्टाको आवाज घन्काएर दलका नेताहरुलाई अब संविधान बनाउन १०० दिनमात्र बाँकी छ भनी चेतावनी दिनुभएको थियो । कोणसभामा सञ्जालका संयोजक अधिवक्ता रामप्रसाद घिमिरेले संविधान समयमा जारी गर्न दलका नेताहरुलाई गम्भीर बन्न आग्रह गर्नुभयो । सञ्जालका महासचिव एवम् इन्सेक पश्चिमाञ्चलका प्रमुख शिव खकुरेलले दलका नेताहरु संविधान बनाउन भन्दा पनि सत्ताकै खिचातानीमा लागेको भनी चिन्ता व्यक्त गर्नुभयो । जुलुसमा मानवअधिकारकर्मी र पत्रकारहरुको सहभागिता थियो । कार्यक्रममा उपस्थित र्सवसाधारणले तोकिएको समयमा संविधान बन्ने कुरामा शंका व्यक्त गरेका थिए । आगामी जेठ १४ गतेभित्र संविधान बनाई सक्नुपर्नेछ ।
•
read more...
तमु धिंको विश्वशान्ति पूजा, पहिलो दिनमा २ करोड ३३ लाख संकलन
February 18, 2010
पोखरा, ५ फागुन । तमु धि नेपालले विश्वशान्तिको कामना गदै तोकिएको मितिमा नयाँ सविधान निर्माणको आव्हान गर्न बहुउदेश्ययीय भवनको निर्माण गर्न तमुहरुको इतिहासमा पहिलोपटक पोखरामा बुधबारबाट विश्व शान्तिको पूजा शुरु गरेको छ ।
•
read more...
नारी दिवस साझा रुपमा मनाइने
February 18, 2010
पोखरा, ५ फागुन । १०० औं अन्तर्रर्ााट्रय नारी दिवस -८ मार्च) कास्कीका सरकारी तथा गैरसरकारी संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरी साझा रुपमा मनाउने भएका छन् । कास्कीका स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीको अध्यक्षतामा बुधबार भएको कार्यक्रममा नारी दिवस साझा रुपमा मनाउने निर्ण्र्ाागरिएको हो । सो दिवसको अवसरमा फागुन २४ गते बृहत र्याली र महिला हिंसा विरुद्ध सडक नाटक पर््रदर्शन गरिने भएको छ । सडक नाटक पर््रदर्शनको जिम्मा शक्ति समूहले लिएको छ । त्यस्तै नारी दिवसको अवसरमा संचेतनामूलक लोकगीत प्रतियोगिता गरिने भएको छ । महिला विकास कार्यालय कास्कीको सक्रियतामा बुधबार भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग इन्सेक महिला मानव अधिकार रक्षक सञ्जाल, सिविन हेल्प लाइन टोली, सहकार्य नेपाल, माछापुच्छ्र विकास संघ, महिला न्यायिक मञ्च लगायत महिला र बालबालिकाको क्ष्ेात्रमा कार्यरत संघसंस्थाको सहभागिता रहेको थियो । महिला विकास अधिकृत पर्ूण्ा श्रेष्ठले नारी दिवसको अवसरमा महिलाले उत्पादन गरेको सामग्रीको विक्री कक्ष उद्घाटन गरिने जानकारी दिनुभयो । नारी दिवसको अवसरमा पारा लिगल कमिटीले देउराली गाविसमा ९० वर्षाथिका जेष्ठ नागरिकलाई सममान हंसपुरमा विकृति विसंगती विरुद्ध संचेतना कार्यक्रम, हातेमालो अभियानले रक्तदान कार्यक्रम गर्ने भएका छन् । त्यस्तै शिर्द्धार्थ क्लवले सराङकोमा महिला हिंसा र कानूनी संचेतना कार्यक्रम र सहकार्य नेपालले कृस्ति र पोखरा १३ मा महिलाको लागि उद्घोषण तथा भाषण कला तालिम सञ्चालन गर्ने भएको छ ।
•
read more...
६ सय मेगावाटको मर्स्याङदी-२ आयोजना बन्द
February 17, 2010
आश गुरुङ 'प्रतीक'/समाधान लमजुङ, ४ फागुन । लमजुङ र मनाङको सिमानामा डीपीआर तयार भईरहेको माथिल्लो मर्स्याङ्दी २ जलविद्युत आयोजना आजदेखि बन्द भएको छ । छ सय मेगावाटको विद्युत उत्पादनका लागि र्सर्भे भईसकेको आयोजना एकीकृत माओवादीले दबाब दिएपछि सुरक्षाको दृष्टिकोणले बन्द गराएको परियोजनाले जनाएको छ ।
•
read more...
बुढेसकालमा टेक्ने लौरी भाँचिएपछि...
February 17, 2010
टंकप्रसाद गैह्रे/समाधान पोखरा, ४ फागुन । '१२ भाई छोरा तेह्र भाई नाति बुढाको धोक्रो काधै माथि' भने झै कास्की जिल्लाको थुमाकोडाँडा गाविस वडा नं ९मा जन्मिएका ७१ वषर्ीय ऋषिराम सापकोटाले १४ जना नाति नातिनी १२ जना छोरी ज्वाई भए पनि बुढेसकालमा एक्लोजीवन बिताउन परेकामा दुखी छन ।
•
read more...
|