Home    •    About Us    •    Send Us News    •    Contacts    |

Search

 

»

  News - समाचार

सिङ्गै टोल दर्ुगन्धित, नगरपालिकामा उजुरी
September 1, 2010

लसमाधान सम्वाददाता
पोखरा, १५ भदौ ।
रााँगा भैसी मासु व्यवसायीको लापरवाहीका कारण पोखराको वडा नम्बर १ र ३ को सिमानामा पर्ने साइ टोल दर्ुगन्धित भएको छ । मासु काट्दा निस्कने फोहार व्यवस्थित नगर्दा र काटेको मासु खुल्ला ठाउमा सुकाउदा सिंगै टोल दुगन्धित बनेको हो ।
फोहोर व्यवस्थित गर्न र खुल्ला ठाउमा मासु नसुकाउन आग्रह गर्दा मासु व्यापारीहरुले अटेर गरे भन्दै स्थानीय बासिन्दाले पोखरा उपहानगर पालिकामा उजुरी दिएका छन् ।
"पुरै टोल दुगन्धले बस्नै नसक्ने भएको छ, पटक पटक आग्रह गर्दा पनि उनीहरुले अटेर गरे ।" पोउमनपामा उजुरी दर्ता गर्न आएका स्थानीय बासिन्दा एवं कानुन व्यवसायी हर्रि्रसाद अधिकारीले भने-"बाध्य भएर यहाँ आउनु परेको हो ।"
मासु काट्दा निस्कने रगत, आन्द्रा भुडी, लादी लगायतको फोहोर सडक नजिकै खुल्ला ठाउमा थुपार्ने गरिएको गुनासो पनि स्थानीय बासिन्दाको छ । "कहिले कागले टिपेर पानी टंकी भित्र खसालिदिन्छ, कहिले घरमो छतमा ल्याई दिन्छ ।" अधिकारीले भने । यो फोहोर कारण सडक समेत दुगन्धित भएको छ ।
पछिल्लो समयमा घरको छतमा काटेको मासु सुकाउने नयाँ समस्या थपिए पछि स्थानीय बासिन्दा एक जुट भएर नगर पालिका आएका हुन । "मासु गन्हाएको हुन्छ, त्यो खुल्ला ठाउमा, घरको छतमा सुकाउछन ।" स्थानीय बासिन्दाले भने-"हावा चल्दा टोल भरी दुगन्ध फैलिन्छ ।  घरमा कसरी बस्ने खाना खाने वातावरण पनि छैन ।" दुगन्धले स्थानीय तारापुञ्ज एजुकेशन एकेडेमी पनि प्रभावित भएको छ ।
८४ जना स्थानीयले हस्ताक्षर गरेर पोखरा उपमहानगर पालिकालाई दिइएको निवेदनमा तत्काल दर्ुगन्ध हटाएर आफ्नो घरमा बस्न पाउने वातावरण निर्माण गरिदिन आग्रह गरिएको छ । साथै उनीहरुले नगरपालिकासंग व्यवस्थित बधशाला निर्माण गर्न पनि माग गरेका छन् ।

read more...


एक वर्षा १२ लाख जना व्यक्तिलाई खाना
August 31, 2010

टंकप्रसाद गैह्रै/समाधान

पोखरा, १४ भदौ पोखरामा सञ्चालित क्याटरिङ व्यवसायीहरुले एक वर्षा १२ लाख जना व्यक्तिmलाई खाना खुवाएका छन व्यवसायीहरुले १२ लाख जना व्यtmिहहरुलाई खाना खुवाइएको  पश्चिमाञ्चल क्याटरिङ व्यवसायीे संघले जनाएको पश्चिमाञ्चलमा संञ्चालित क्याटरिङ व्यवसायीहरुले संस्था पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघमा प्रत्येक व्यक्तिmले एक छाक खाना खुवाइए वापत एक रुपैयाँको दरले रकम भुक्tmानी गर्नु पर्ने चलन

read more...


कास्की जिल्लामा २३ जना अझै वेपत्ता
August 31, 2010

पोखरा, १४ भदौ

द्वन्द्वकालमा राज्यपक्षबाट वेपत्ता पारिएको २३ जनाको अवस्था अझै अज्ञात रहेको   कास्कीको विभिन्न ठाँउबाट बेपत्ता पारिएको २३ जना अझै तथ्य फेला पार्न सकिएको छैन् २७ औं जर्वजस्ती बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा न्यायका लागि द्वन्द्व पीडित समाज कास्कीको आयोजनामा सोमबार पत्रकार सम्मेलन गरी वेपत्ताको खोजविन गर्न सरकारसित माग गरेका छन् वेपत्तालाई खोज्न सम्बन्धीत निकायले पहल नगरेको गुनासो उनीहरुले गरेका छन्

वेपत्ता परिवार समाज कास्कीले न्यायका लागि द्वन्द्व पीडित समाजले पत्रकार सम्मेलन मार्फ सरकारसित १३ बुदें माग राखेका छन् वेपत्ता नागरिकको सत्यतथ्य स्थिति र्सार्वजनिक गर्नुपर्ने, वेपत्ता गराउने कार्य विरुद्धको कानून तत्काल निर्माण गरी लागू गरिनुपर्ने, वेपत्ता आयोग गठन गरिनुपर्ने, सत्य तथा निरुपण आयोग गठन गरिनुपर्ने, राहत क्षतिपर्ूर्ति व्यवस्था गर्नुपर्ने, वेपत्ता परिवारको परिचयपत्र जारी गरिनुपर्ने, पीडकलाई कार्वाही गरिनुपर्ने, पीडितलाई न्याय प्रदान गर्नुपर्ने, बेपत्ता परिवारको स्वास्थ्य उपचार तथा बालबालिकाको शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखेका छन्

पत्रकार सम्मेलनमा वेपत्ता परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बरालले सरकारले तत्कालै वेपत्ता नागरिकको सत्यतथ्य स्थिति र्सार्वजनिक गर्न माग गर्नुभयो वेपत्ता नगरिकको स्थित पत्ता लगाउन सरकार गैरजिम्मेवार राजनैतिक जवाफदेहिता बन्न नसकेको आरोप लगाउनुभयो

न्यायका लागि द्वन्द्व पीडित समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सर्वोच्च अदालतले जारी गरेको २०६४ जेठ १४ गतेको फैसला तत्काल कार्यान्वयन गर्राई वेपत्ता खोजविन गर्ने अधिकार सम्पन्न आयोग निर्माण गर्न माग गर्नुभएको सोही अवसरमा एमनेष्टी इन्टरनेशनल नेपाल समूह ८२ ले द्वन्द्वकालमा वेपत्ता पारिएकाको अवस्था र्सार्वजनिक गर्न दोषीलाई कानूनी कार्वाही प्रक्रिया थालनी गर्न दवाव दिने उद्देश्यले हस्ताक्षर संकलन शुरु गरेको सोमबारबाट शुरुभएको हस्ताक्षर संकलन देशैभरी गरि सरकारलाई बुझाइने एमनेष्टी इन्टरनेशनल नेपाल समूह ८२ संयोजक पुण्यप्रसाद पौडेलले बताउनुभयो

read more...


तालिमका क्रममा सैनिक हवल्दारको मृत्यु
August 31, 2010

पोखरा, १४ भदौ

नेपाली सेनाको पश्चिम पृतना तालिम शिक्षालयमा सञ्चालित तालिममा सहभागी हवल्दार एकबहादुर गुरुङको तालिमकै क्रममा मृत्यु भएको

प्रवेश परीक्षा अर्न्तगत किलोमिटर दौडका अचानक लडेपछि बेहोस गुरुङलाई तत्काल पृतनाअर्न्तगतको मेडिकल गणमा प्राथमीक उपचार गरिएको थियो

प्राथमिक उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा सोमबार बिहान करिब पौने नौ बजेतिर मृत्यु भएको सैनिक जनसर्म्पर्क निर्देशनालयले जनाएको गुरुङको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकका आफन्तलाई बुझाउने सेनाले जनाएको

read more...


पृथ्वीनारायण क्याम्पसको स्वर्ण्र्ाायन्तीको अवसर जु जर्नलको विमोचन
August 31, 2010

पोखरा, १४ भदौ पृथ्वीनारायण क्याम्पसको स्वर्ण्र्ाायन्तीको अवसरमा प्राणी शास्त्र विभागले प्रकाशन गरेको जु जर्नलको सोमबार एक कार्यक्रमका विच विमोचन गरिएको पृथ्वीनारायण क्याम्पस प्राणी शास्त्र विभाग प्राणी शास्त्र समाजद्धारा क्याम्पसमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइराला डाक्टर एलियामा जोनले संयुक्त रुपमा विमोचन गर्नु भएको हो

कार्यक्रमका प्रमुख अतिथी क्याम्पस प्रमुख कोइरालाले अनुसन्धनात्मक कृतिले प्राज्ञिकताको बृद्धि हुने भएकाले जर्नल प्रकासनलाई निरन्तरता दिन आग्रह गर्नुभयो विशिष्ट अतिथी डाक्टर एलियामा जोनले क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुलाई विद्यावारिधी गर्न प्रोत्साहनका लागि आफ्ना अनुभव सुनाउनु भएको थियो उहाँले जर्नल प्रकासनले विभागका सबै सदस्य लगायत पाठकको प्राज्ञिक विकासमा सहयोग पुग्ने बताउनु भयो

प्राणी शास्त्र समाजका अध्यक्ष प्रकास जंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्राणीशास्त्र विभागका अध्यक्ष रामगोपाल ढेवाजु, महासचिव किशोर कुमार पोखरेल, कोषाध्यक्ष गणेश तिमिल्सीना लगायतले जर्नलका बारेमा चर्चा गर्नुभएको थियो

read more...


भाइरल ज्वरोले दर्ुइ विद्यालय बन्द
August 31, 2010

पर्वत, १४ भदौ भाइरल ज्वरोको प्रकोपका कारण पर्वतका दर्ुइ विद्यालय बन्द भएका छन् ।र् पर्वतको राम्जादेउराली गाबिसमा रहेको पशुपती उच्च मािव देउराली गाविसमा रहेको हिमालय मावि वन्द गरिएको हो पशुपती उच्च माविमा सय विद्यार्थी पाँच जना शिक्षक  विरामी परेका छन् विद्यालयका विद्यार्थीको उपस्थ्िाति संख्या न्युन भएपछि तीन दिन सम्मका लागि वन्द गरिएको प्राचार्य गोविन्दप्रसाद तिमिल्सिनाले जानाकारी दिनुभयो सात सय विद्यार्थी मध्ये पाँच सय भन्दा विद्यार्थी उपस्थित नभएपछि तीन दिनका लागि वन्द गरिएको तिमिल्सिनाले बताउनुभयो नियन्त्रण भएमा वुधवार विद्यालय संचालन गर्ने जनाइएको

शुक्रवार जिल्ला स्वास्थ्य कार्यालय पर्वतवाट गएको स्वास्थ्य टोलीले डेढ सय विद्यार्थीको उपचार गरेपनि नियन्त्रणमा नआएकाले बन्द गर्नुपरेको हो प्रकोपका कारण विरामीहरुमा रुघा लाग्ने, ज्वरो आउने, रिगटा लाग्ने जस्ता लक्षणहरु देखिन थालेपछि स्वास्थ्य चौकीमा उपचार गर्राई आराम गर्न लगाईएको

त्यस्तै एकसातादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट देउराली गाविसमा रहेको हिमालय माध्यामिक बिद्यालय तीन दिन देखि बन्द भएको

बिद्यालयका  ५० प्रतिशत भन्दा बढी बिद्यार्थी भाईरल ज्वरोबाट बिरामी बनेपछि शुक्रबार देखि बिद्यालय बन्द गरिएको हो  बिद्यालयका सय ५० जना बिद्यार्थी मध्ये सय ३० भन्दा बढी बिरामी परेपछि बिद्यालय बन्द गरिएको प्रधानाध्यापक एकनाथ सुबेदीले बताउनुभयो बिरामी बिद्यार्थीलाई पोखरा डिमुवामा उपचारका लागि पठाइएको ।र्

पर्वतका राम्जा, तिलहार, पकुवा, लगायतका गाबिसमा भाइरलको प्रकोपबाट बिद्यार्थी गाउँले प्रभाबित बनेका छन्

read more...


संगठन विस्तारमा लाग्न आग्रह-शर्मा
August 22, 2010

पोखरा, ५ भदौ । नेपाली काँग्रेसका केन्द्रिय आमन्त्रित सदस्य शुक्रराज शर्माले पार्टर्ीीार्यकर्तालाई एकताबद भएर संगठन विस्तार गर्ने  निर्देशन दिनु भएको छ ।
शनिबार पोखरा पार्टर्ीीार्यलयमा नेपाली काँग्रेस पोखरा उपमहानगर समितिले आयोजना गरेको नेपाल प्रेस युनियन कास्कीका नवनिर्वाचित पदाधिकारी, नेपाली काँग्रेस कास्कीका पदाधिकारीहरु , महाधिवेशन प्रतिनिधि र महासमितिसदस्यहरुको सम्मानमा आयोजित  बधाई कार्यक्रममा  नेता शर्माले उक्tm निर्देशन दिनु भएको हो ।

read more...


पोखरा रोयल सहकारी पत्रकारिता पुरस्कारद्वारा बस्नेत पुरस्कृत
August 22, 2010

पोखरा, ५ भदौ ।
पोखरामा रहेको पोखरा रोयल सहकारी संस्था लिमिटेडले विभिन्न तीन विधामा स्थापना गरेको पोखरा रोयल सहकारी पुरस्कार शनिबार एक कार्यक्रम गरि प्रदान गरेको छ  ।
सहकारीले पश्चिमाञ्चल क्षेत्रमा कार्यरत एक जना पत्रकारलाई दिने गरि स्थापना गरेको रोयल पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति काठमाडौँका वरिष्ठ संवाददाता र्सर्ूयचन्द्र बस्नेतलाई नगद रु ५ हजार ५ सय ५५ र सम्मानपत्रद्धारा सम्मान गरेको छ ।
त्यसैगरि सहकारी क्षेत्रमा दश वर्षेखि संलग्न १ जना लाई प्रदान गर्ने गरि स्थापना गरिएको पोखरा रोयल राष्ट्रिय सहकारी पुरस्कारबाट दिपकप्रसाद बाँस्कोटालाई नगद ११ हजार १ सय ११ रुपैँया र सम्मानपत्रद्धारा सम्मानित गरिएको थियो ।
यसैगरि पोखरामा सञ्चालित विभिन्न विश्वविद्यालय र तिनीहरुका आंगिक क्याम्पसमा अध्ययनरत अर्थशास्त्र तथा ग्रामिण विकास विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक जनालाई प्रदान गर्न स्थापना गरिएको पोखरा रोयल प्रतिभा पुरस्कारबाट पोखराकी सिता भट्टर्राईलाई नगद रु ५ हजार ५ सय ५५ र सम्मान पत्रबाट सम्मान गरिएको थियो । कार्यक्रमका प्र सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य चन्द्रबहादुर ठकुरी र रोयल सहकारीका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङले सम्मानित व्यक्तित्वलाई नगद तथा प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
दर्ूइ महिना अगाडि सहकारी संस्थाको शिक्षा कोषबाट १ लाख तथा संस्थाका सदस्यहरुबाट २ लाख ६६ हजार ८ सय ३३ रुपैँया गरि ३ लाख ६६ हजार ८ सय ३३ रुपैँयाको अक्षयकोषबाट प्राप्त ब्याजबाट सो पुरस्कार वितरण गरिएको हो । तीनवटा पुरस्कारका साथसाथै सहकारीले यस बर्षो प्रवेशिका परिक्षामा उत्तर्ीण्ा हुने आफ्ना शेयर सदस्यका नौवटा छोराछोरीलाई सम्मान गरिएको थियो ।

read more...


पोखराको सभागृहचोकमा बराह ज्वेलरी इण्डष्ट्रिजको शाखा
August 22, 2010

पोखरा, ५ भदौ । बराह ज्वेलरी इण्डष्ट्रिज प्रा लिले १६ औ वर्षप्रवेशको अवसरमा पोखरामा शाखा विस्तार गरेको छ । बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको पोखराको सभागृहचोकमा शाखा कार्यलय रहेको छ ।
पोखरा शाखा कार्यलयको उधोग वाणिज्य संघका अध्यक्ष मानकाजी माकाजूले रिवन काटेर उदघाटन गर्नु भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले बराह ज्वेलरी इण्डष्ट्रिूूज प्रालिले नेपाललगायत विदेशमासमेत शाखा कार्यलय खोल्न सफल भएको वधाई व्यक्tm गर्नु भयो ।
कार्यक्रममा बराह ज्वेलरी प्रालिका संञ्चालक इन्द्रप्रसाद विश्वकर्मा लामिछानेले सबैको मायाले गर्दा नै शाखा विस्तार गर्ने सफल भएको बताउनु भयो ।
बराह ज्वेलरी इण्डष्ट्रिूज प्रालिको युकेमा समेत शाखा कार्यलय रहेको छ ।२०५२ साल भदैा ५ गते स्थापना भएको ज्वेलरीको १६ औ वर्षो अवसरमा पोखरामा १६ औ कार्यलय रहेको छ ।

read more...


'मध्यरात धन्दा'मा विभागीय अनुसन्धान पनि सुरु
August 19, 2010

पोखरा, २ भदौ । जिल्ला मालपोत कार्यालय कास्कीमा रातारात भएको करोडौं रुपैयाको धन्दामा अख्तियार अनुसन्धान आयोगले अनुसन्धान शुरुवात गरे लगत्तै भूमिसुधार मन्त्रालयले पनि विभागीय अनुसन्धान शुरु गरेको छ । विभागीय अनुसन्धान र छानविनका लागि भूमि सुधार मन्त्रालयका २ जना उप सचिव पोखरामा आइसकेका छन् । मन्त्रालयले खटाएका उपसचिवद्वय हरि बखती र बाबुराम खनाल पोखरा आएर छानविन शुरु गरिसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले जानकारी दिए ।

read more...


श्रीमतीको हत्या गर्ने पर्ुपक्षका लागि थुनामा
August 19, 2010

समाधान सम्वाददाता
पोखरा, २ भदौ । विवाह गरेको बाईस दिनमै श्रीमतीको हत्या गर्ने काठमाडौका सरोज फुयँाल र हत्या गर्न उक्साउने उनकी पर्ूव प्रेमी कोपिला फुयाँललार्इर्र्जिल्ला अदालत कास्कीले पर्ूपक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।  जिल्ला अदालत कास्कीका न्यायधिस निलकण्ठ उपाध्यायकोर् इजलासले बुधबार दुवै अभियुक्तलाई मुद्धाको अन्तिम फैशला नहुदाँसम्म कारागारमा थुनामा राख्न आदेश दिएको हो । गत साउन ४ गते पक्राउ गरेका उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखिदै आएको थियो ।
हनिमुन मनाउने बहाना बनाएर काठमाडौ काभ्रेथलीका १९ बषिर्य फुयाँलले साउन दर्ुइ गते १८ बषिर्या श्रीमती अञ्जुलाई पोखरा ल्याई लेकर्साईडस्थित होटल मदरल्याण्डको कोठामा, घाँटी थिचेर विभत्स हत्या गरेका थिए । हत्या गरी काठमाडौ पुगेका सरोज र उनकी प्रेमिकालाई काठमाडौमा पक्राउ गरी कास्कीमा पर्ठाईएको थियो ।
श्रीमतीको हत्या गनर्ेर्ेेmुयाँललाई मुलुकी ऐनको ज्यान सम्पन्धी महलको १ नम्बर र १३ -३) वमोजिम र्सवश्वसहित जन्म कैदको सँजाय गर्न पीडित पक्षबाट माग गरिएको छ । यसैगरी सरोजलाई श्रीमतीको हत्या गर्न उक्साउने कोपिलालाई पनि ज्यान सम्बन्धी महलको १ र १३ -४) अनुसार जन्म कदै गर्न माग गरिएको छ ।
पीडितकातर्फाट जिल्ला वकिलको कार्यालय कास्कीका न्यायाधिवक्ता शिबहादुर रानाभाटले मुद्धामा बहस गर्नु भएको छ । फुयाँलले प्रहरी र अदालती दुबै बयानमा पर्ूव प्रेमीका कोपिलाको उक्साहटमा श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।

read more...


चल्ला अभावले मूल्य बढ्यो
August 19, 2010

पोखरा, २ भदौ ।
गर्मी मौसमसँगै विभिन्न कारणले चल्ला उत्पादनमा कमी आएपछि अहिले पोखरामा कुखुराको मूल्य बृद्धि भएको छ ।
केही समय अघिसम्म प्रतिकेजी क २२० देखि २४० को हाराहारीमा रहेको कुखुराको मासुको मूल्य अहिले करीब ४० प्रतिशत बढेर ३ सय २० को हाराहारीमा पुगेको छ । साउन महिनालाई माछा मासु प्रयोगको दृष्टिले अफसिजन अर्थात कम प्रयोग हुने रुपमा शिविर पनि उत्पादन कम भएपछि मूल्य बढेको व्यवसायीहरुको भनाइ छ । पछिल्लो समयमा पोखरा र लेखनाथ पोल्ट्टी व्यवसाय भने फस्टाउँदै गएको छ ।
चल्ला उत्पादन मौसमका कारणले ५० प्रतिशत रहेको छ । त्यसैले मूल्य बढ्न गएको हो । पोल्टी व्यवसायी एवं लेखनाथ उद्योग व्यवसायिक संघका कार्यकारी समस्य बाबुराम गिरी भन्नुहुन्छ- गतवर्षो तुलनामा यो सिजनमा अहिले महंगो भएको छ । भदौबाट माछा मासु पनि बढी बिक्री हुने र उत्पादन पनि बढ्ने गिरीको भनाइ छ । हामी लेखनाथ र पोखरामा एक सयका हाराहारीमा ठूला पोल्ट्टी व्यवसायीहरु छन् भने ४ देखि ५ सयको हाराहारीमा निर्वाहमुखी ढंगबाट कुखुरा पाल्ने व्यवसायी रहेका छन् । पोल्ट्टी व्यवसायी गिरीका अनुसार यहाँको उत्पादनले पोखराको ५० प्रतिशत कुखुराको मागलाई पर्ूर्ति गर्न सक्छ ।
बराल फिड इण्डष्ट्रिजका संचालक चन्द्रकान्त बराल पनि नब्बे प्रतिशत कुखुराको माग स्थानीय उत्पादनले धानेको बताउनु हुन्छ । निरीक्षण गर्ने निकायको अभाव र चल्ला नहुँदा कुखुराको मूल्य ह्वात्तै बढेको बरालले पनि स्वीकारोक्ती छ । चल्ला उत्पादन बढे मूल्य घट्न सक्छ बराल भन्नुहुन्छ । बाहिरबाट पनि चल्ला अहिले अति कम भित्रिएका छन् ।
पोखरामा अहिले ४ वटा चल्ला उत्पादक ह्याक्वीर छन् भने बाहिरबाट पोखरा ल्याउदा पनि बडफ्लु लगायतका त्रासले कठिन भएको व्यवसायीहरु बताउँछन् ।
बोइलरमा अहिले धेरै कडाइ छ अर्को पोल्टी व्यवसायी विजय श्रेष्ठ भन्नुहुन्छ पोखराकोले मात्रै धान्न सक्दैन ।
यस क्षेत्रका रुची, पञ्चकन्या, विन्ध्यश्वरी लगायतका ह्याचरीले चल्ला उत्पादन गर्छन् । तापक्रम बढी भएको बेला चल्लाको उत्पादन हुने गर्छ  । भदौबाट चल्ला उत्पादन बढेपनि मासु विक्ने मौसम शुरु हुने व्यवसायी बताउँछन् । पोखराका पोल्ट्टी व्यवसायीहरुले अहिले पर्यटन वर्ष२०११ लाई मध्यनजर दिएर व्यवसाय समेत विस्तार गर्ने योजना केजी जिउदो कुखुरा खपत हुने र ३० देखि ३४ लाख सम्मको कारोबार हुने व्यवसायीहरुको भनाइ छ । यो खपत अझ बढ्न सक्ने व्यवसायी बताउछन् ।

read more...


असोजको दोश्रो सातादेखि पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने, ८ टिम प्रतिस्पर्धामा
August 19, 2010

पोखरा, २ भदौ । पोखरामा पहिलो पटक राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
कास्की जिल्ल्ाा भलिवल संघको आयोजनामा प्रथम आमन्त्रित राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको हो । कास्की जिल्ला भलिबल संघले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर असोजको १३ देखि १६ सम्म पोखरा रङगशालामा संचालन हुने जानकारी दियो । प्रतियोगितामा पोखराका ४ सहित ८ टोली सहभागिता रहने छन् । लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएका छन् ।

read more...


कास्की मालपोतमा रातारात धन्दा
August 17, 2010

रामकृष्ण ज्ञवाली/समाधान  पोखरा, ३१ साउन । जिल्ला मालपोत कार्यालय कास्कीमा रातारात करोडौं रुपैयाको घर जग्गा दर्ता खारेजी देखि खरिद बिक्री भएको छ । विहान १० देखि साँझ ५ बजेसम्म कार्यालय समय हुने मालपोत कार्यालयका कर्मचारीले आर्थिक प्रलोभनमा परेर रातारात करोडौंको कारोबार गरेको हुन सक्ने आशंका गरिएको छ । आइतबार राती करिब २४ करोड रुपैयाको कारोबार भएको छ । यो कारोबारबाट मालपोत कार्यालय कास्कीले एकै रातमा एक करोड १० लाख ६० हजार रुपैया राजस्व संकलन गरेको छ ।

read more...


संविधानलेखन अप्ठयारो मोडमाः सभामुख
August 17, 2010

काठमाडौँ, ३१ साउन । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधानलेखनको कार्य अप्ठयारो मोडमा रहेको बताउनुभएको छ । नयाँ संविधान नबनेसम्म समुन्नत र नयाँ नेपाल बन्न नसक्ने उहाँले बताउनुभयो । सर्ूयाेदय आवासीय माविको रजत महोत्वसलाई सम्बोधन गर्दै अध्यक्ष नेम्बाङले शान्ति र संविधानलाई निश्चित गर्न सबै दल र सम्पर्ूण्ा क्षेत्रबाट सक्रिय सहयोग हुनर्ुपर्नेमा पनि जोड दिनुभयो ।
उहाँले नयाँ संविधानमा बालबालिकाको अधिकार निश्चित गरी शैक्षिक अधिकारसहितको 'बालमैत्री' संविधान बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले शिक्षामा निजी क्षेत्रको भूमिका सक्रिय रहेकामा प्रशंसा गर्नुभयो ।
अध्यक्ष नेम्बाङले ११ हजार राशिसहितको 'भानु सर्ूयाेदय स्रष्टा सम्मान २०६७' प्राज्ञ तोया गुरुङलाई प्रदान गर्नुभयो ।
विद्यालयका संस्थापक प्रिन्सिपल लक्षबहादुर केसीले आफ्ना विद्यार्थी हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा वन तथा भू-संरक्षणमन्त्री दीपक बोहरा, वातावरणमन्त्री ठाकुर शर्मा, शिक्षा मन्त्रालयका सचिव दीपेन्द्रविक्रम थापा, प्याब्सनका अध्यक्ष राजेश खड्कालगायतको उपस्थिति रहेको थियो । रासस


read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 - Next Page »

»

  Headlines - मुख्य समाचार

सिङ्गै टोल दर्ुगन्धित, नगरपालिकामा उजुरी

एक वर्षा १२ लाख जना व्यक्तिलाई खाना

कास्की जिल्लामा २३ जना अझै वेपत्ता

तालिमका क्रममा सैनिक हवल्दारको मृत्यु

पृथ्वीनारायण क्याम्पसको स्वर्ण्र्ाायन्तीको अवसर जु जर्नलको विमोचन

भाइरल ज्वरोले दर्ुइ विद्यालय बन्द

संगठन विस्तारमा लाग्न आग्रह-शर्मा

पोखरा रोयल सहकारी पत्रकारिता पुरस्कारद्वारा बस्नेत पुरस्कृत

पोखराको सभागृहचोकमा बराह ज्वेलरी इण्डष्ट्रिजको शाखा

'मध्यरात धन्दा'मा विभागीय अनुसन्धान पनि सुरु

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np