|
कर्मचारीको विदाईमा जनताको आँशु
March 17, 2010
पोखरा, ३ चैत । लगनशिलता इमान्दारिता जोश जाँगर, बुदि भए जीवनमा सफलता प्राप्त गर्ने सकिन्छ । त्यस्तै लगनशिलता क्षमताले गर्दा घाटामा गएको बैकले मुनाफामा बदलेका छन ।र् पर्वत देवीस्थ्ाान गाविस वडा नं ६ निबासी केशव प्रधानले । राष्ट्रिय बाणिज्य बैक पर्वत शाखाको प्रबन्ध्ाक भएर काम गरेका प्रधानले २०५९ , ६० मा करीब ४० लाख घाटामा गएको बैकलाई करौडौ मुनाफामा परिणत गरेर उदारणीय काम गरेका हुन । बुबा कुलप्रसाद प्रधान र आमा पवित्रा प्रधानको कोखबाट २०२१ ११महिना ३ गते जन्मिएका प्रधानले जहाँ गयो त्यहि अटुट छाप छोडेर हिडेका छन । प्रधानले गैडाकोट, सुनवल, पाल्पा र बुटवलमा काम गरेर पर्वत शाखाको प्रबन्ध्ाक भएर काम गरेका हुन ।
•
read more...
ट्राफिर्क पं्रहरी कार्यालय कास्कीद्वारा सडक छेउमा फूटपात नराख्न आग्रह
March 17, 2010
पोखरा, ३ चैत । जिल्ला ट्राफिर्क कार्यालय कास्कीले पोखराको शहरी चापलाई मध्यनजर राखी पोखरा उपत्यका भित्र सडकको छेउछाउमा फूटपात, निर्माण सामग्री, छाडा गाईवस्तु, ठेलागाडा, ट्याक्टर, मालबाहक सवारी साधनहरु, पिक आवर समयमा नराख्न अनुरोध गरेको छ । जिल्ला ट्राफिर्क कार्यालय कास्कीले सडकका छेउछाउमा राखिएका सामग्रीले गर्दा ट्राफिर्क व्यवस्थानमा कठिनाई भएको महसुस गरी पिक आवर समय ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म ठेलागाडा र निर्माण सामग्रीहरु, सवारी साधनहरु नराख्न अनुरोध गरेको जिल्ला ट्राफिर्क कार्यालयका सहायक निरीक्षक भवी लामिछानेले बताउनु भयो । लामिछानेका अनुसार पृथ्वीचोकदेखि सभागृहचोक, सिर्द्धार्थचोक, नालाकोमुख, रानीपौवा भित्रका क्षेत्रलाई पिक आवर समयमा निषेध क्षेत्रको रुपमा घोषणा गरिएको जानकारी दिनुभयो । उक्त समयमा जथाभावी सवारी साधन पार्किङ, ठेलागाडा पार्किङ्ग, गाई वस्तु छाडिएको पाइएमा कानून अनुसार कार्वाही गरिने जनाइएको छ । सो जनचेतनामूलक कार्याक्रमको लागि जिल्ला ट्राफिर्क कार्यालय कास्कीले पोखराका शहरहरुमा माईकिङ्ग, पर्चा पम्प्लेट लगायतका कार्यलाई त्रि्रता प्रदान गरेको छ । मंगलबार पोखरा शहरको क्षेत्रभित्र १० हजार थान पर्चा पम्प्लेट र माईकिङ्ग गरिएको प्रहरी सहायक निरीक्षक भवी लामिछानेले बताउनु भयो ।
•
read more...
बिश्वास र अविश्वासमा अल्भिmएको राजनीति
March 15, 2010
लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माणका लागि समय नजिकिंदै गएको अवस्थामा एमाले नेतृत्वको बर्तमान मिलिजुली सरकारकाबिरुद्ध अविश्वासको प्रस्ताब ल्याउने गतिविधि सुरु भएको संकेतहरु देखिन थालेका छन् ।
•
read more...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि
March 15, 2010
काठमाडौँ, १ चैत । नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टतिेलको मूल्यवृद्धि गरेको छ । निगमद्वारा पेट्रोल प्रतिलिटर २ रूपैयाँ ५० पैसा र डिजेल एवम् मट्टतिेल प्रतिलिटर २ रूपैयाँ बढाइएको छ । नयाँ व्यवस्थाअनुसार काठमाडौँमा अब एक लिटर पेट्रोलको मूल्य ८० रूपैयाँ २५ पैसा र डिजेल तथा मट्टतिेलको मूल्य ६१ रूपैयाँ ४० पैसा पर्ने निगमले जनाएको छ ।
•
read more...
अविश्वासको प्रस्तावले संविधान निर्माण प्रक्रिया असफल हुन्छ-नेका
March 15, 2010
काठमाडौँ, १ चैत । नेपाली काङ्गे्रसले संविधान निर्माणको तयारी जुट्नुपर्ने समयमा एकीकृत नेकपा -माओवादी)ले सरकारविरूद्ध ल्याउन लागेको अविश्वासको प्रस्तावले शान्ति स्थापना र संविधान निर्माण प्रक्रिया असफल बनाउने निष्कर्षनिकालेको छ ।
•
read more...
प्रधानमन्त्री र मानवअधिकारवादी भेट
March 15, 2010
काठमाडौँ, १ चैत । प्रधानमन्त्री माधवकुमार नेपालसँग आज उहाँको सिंहदरबारस्थित कार्यकक्षमा दण्डहीनताविरुध्द लागेका सङ्घसंस्था र मानवअधिकारवादीले भेटी विगतदेखि अहिलेसम्मको अवस्थामा दण्डहीनताको स्थितिबारे छलफल गरे ।
•
read more...
जनपक्षीय संविधान घोषणाका लागि पैदल यात्रा सुरु
March 15, 2010
पोखरा, १ चैत । जनआन्दोलन-२ का घाइते पुरन्चौर गाविस-९ का शेखर गौतमले निर्धारित समयमै जनपक्षीय संविधान घोषणा गर्न दवाव अभियानका साथ ०६६ चैत १ गते पोखरा काठमाडौं पैदल यात्रा शुरु गरेका छन् । उनले विहान ८ बजे पोखराको भीमसेनचोकबाट उक्त पैदलयात्रा शुरु गरेका हुन् । पैदलयात्री गौतमले पृथ्वी राजमार्ग हुँदै आठ दिन पछि काठमाडौं पुगेर राष्ट्रपति, प्रधानमन्त्री, संविधान सभाका सभाध्यक्ष, प्रमुख राजनीतिक दल र सभासदलाई संविधान निर्माणका लागि ध्यानाकर्षा गराउने अभियानको उद्देश्य रहेको बताए । उनले बन्द, हडताल, आतंक सदाका लागि बन्द हुनर्ुपर्ने, जनआन्दोलनका शहिद परिवार र घाइतेहरुको उचित व्यवस्थापन र राज्यद्वारा निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने र राष्ट्र र राष्ट्रियतामा कुनै कारणले विचलन आउन नहुने जोड दिदै पैदल यात्रा शुरु गरेको बताए । कार्यक्रममा इन्सेक लगायतका विभिन्न मानवअधिकारवादी संघसंस्था, नागरिक समाज जनआन्दोलन-२ का शहिद तथा घाइते समन्वय समिति, संचारकर्मी लगायतले पैदलयात्राका लागि शुभकामना सहित अबिर, माला, खादा लगाएर विदाई गरेका थिए ।
•
read more...
पोखरा विमानस्थल स्तरोन्नतिको क्रममा
March 14, 2010
पोखरा, २९ फागुन । आन्तरिक विमानस्थलमा सबैभन्दा बढी हवाई उडान अवतरण र यात्रु चापको पोखरा विमानस्थल स्तरोन्नतिको क्रममा रहेको छ । पर्यटन वर्ष२०११ र पोखराबाट भारतको लखनऊ सिधा उडान सुरु गर्न बुद्ध एयरले अनुमति पाएको सर्न्दर्भमा पोखरा विमानस्थ्ाल स्तरोन्नतिको क्रममा रहेको हो । "हामी पर्यटन वर्ष२०११ को तयारीमा छौँ, पोखरा र जनकपुर विमानस्थलको सुधारको लागि केही समयमै काम सुरु हुन्छ"र्-पर्यटन तथा नागरिक उययनमन्त्री शरतसिंह भण्डारीले पोखरामा आयोजित कार्यक्रममा भन्नुभयो ।
•
read more...
सरकारी निकायबाट दिइने सेवालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
March 14, 2010
पोखरा, २९ फागुन । सरकारी कार्यालयबाट दिइने सेवा सुविधालाई अझ प्रभावकारी बनाउनु पर्नेमा शनिबार भएको कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । कास्की नेत्रहीन संघको संयोजन तथा विभिन्न महासंघहरुको साझा सञ्जालले आयोजना गरेको जिल्लाका सरकारी निकाय मार्फत प्रदान गरिने सेवा सुविधाको प्रभावकारिताका लागि सरकारी निकाय र नागरिकहरुको भूमिका विषयक कार्यक्रमका वक्ताहरुले त्यस्तो कुरामा जोड दिएका छन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी देवराज ढकालले जनताका सेवक नभई शासक हौं भन्ने मान्यताका कारणले समेत सेवाग्रहीले समय सापेक्ष सेवा सुविधा पाउन नसकेको बताउनुभयो । जिविस कास्कीका योजना अधिकृत नारायण ज्ञवालीले सरकारी निकायबाट दिइएका सेवा प्रवाहको सही मूल्याङ्कन हुननसकेको धारणा राख्नुभयो । ती निकायबाट दिइने सेवा सुविधालाई प्रभावकारी बनाउने दायित्व सरोकारवाला सबैको भएको उल्लेख गर्दै उहाँले सेवा प्रदायक निकायका पदाधिकारीहरुको जवाफदेहिता कमी भएको बताउनुभयो । अपाङ्ग राष्ट्रिय महासंघका महासचिव सञ्जय वान्तवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक रामप्रसाद घिमिरे, पृथ्वीनारायण क्याम्पस सहायक क्याम्पस प्रमुख मिना गुरुङ, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष रामप्रसाद सुवेदी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष श्याम कुँवर, अधिवक्ताद्वय जुनाकुमारी गुरुङ, सरला पाण्डे, दलित गैरसरकारी संस्था महासंघका कृष्ण सुनार, इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेल, युवा सञ्जालका सरिता पराजुली, जिफन्टका विजया सुवेदी, तेस्रो लिङ्गी विष्णु अधिकारी, महिला विकास कार्यालयका प्रतिनिधि लक्ष्मी बराल, कास्की नेत्रहीन संघका उपाध्यक्ष पुण्यराज रिमाल, सचिव लक्ष्मण सुवेदी, लोचना अधिकारी लगायतका वक्ताले सरकारी निकायका सेवा प्रवाहका जटिल र झंझटिला प्रक्रियालाई सरल र सहज बनाउनु पर्ने धारणा राख्नुभयो ।
•
read more...
योगका लागि रामदेव पोखरा आउने
March 14, 2010
पोखरा, २९ फागुन । माछापुच्छूे एफ. एम. ९१ मेगाहर्जको आयोजनामा पोखरामा हुन लागेको बृहत योग शिविरको भारतका चर्चित योगगुरु स्वामी रामदेव ले उद्घाटन गर्नुहुने भएको छ । पोखरामा नै पहिलोपटक हुन लागेको योग शिविरको चैत्र १९ गते दिउँसो २ बजे पोखरा रङ्गशालामा स्वामी रामदेव ले उद्घाटन गर्नुहुने एफएमका प्रवन्ध निर्देशक देव क्षेत्रीले बताउनु भयो । रामदेवका साथमा अर्को चर्चित आर्युवेदाचार्य बालकृष्ण जी पनि आउनुहुने एफ. एम. ले जनाएको छ । योग प्रशिक्षण कार्यक्रम भने चैत्र २४ गते देखि २८ गतेसम्म विहान ५ बजेदेखी ८ बजेसम्म हुने एफ. एम. का स्टेशन म्यानेजर रबिन गुरुङ्ग ले जनकारी दिनुभयो । शिविरमा दैनिक दशहजार प्रशिक्षार्थी आउने अनुमान गरिएको छ । शिविरमा पतंजली योगपिठ भारतका योगगूरु संञ्जय जी र पतञ्जली योग महिला समिति नेपालकी प्रमुख हेमा जी ले प्रशिक्षण दिनुहुनेछ । योग प्रशिक्षण निःशुल्क गरिने एफ. एम. ले जनाएको छ । "स्वस्थ्य का लगि योग" भन्ने मुल नाराका साथ हुनलागेको योग प्रशिक्षणमा कास्की लगाएत असपासका जिल्लाबाट प्रशिक्षार्थी हरुको सहभागिता रहने छ । पतञ्जली योग समिति र योग महिला समिति कास्की को सहयोगमा हुन लागेको सो योग प्रशिक्षणमा करिव १२ लाख रुपँैया खर्च लाग्ने अनुमान गरिएको अर्थ संयोजक नबराज त्रिपाठी ले जनाउनु भएको छ । पोखरामानै योग शिविर हुने भएपछि योगप्रेमीहरु वहिर जान नपर्ने भएको छ ।
•
read more...
अपेक्षा गरे भन्दा ६० लाख बढी रकम संकलन गर्दै महायज्ञ सम्पन्न
March 14, 2010
पोखरा, २९ फागुन । पब्लिक क्याम्पस निर्माण गरी प्राबिधिक शिक्षा हबलम्बन गर्ने उद्देश्यले पोखराको फलेपाटनस्थित सिद्ध उच्च्ा माविमा संचालन भएको श्रीमद्-भागवत धनधान्यचल ज्ञान महायज्ञमा अपेक्षा गरे भन्दा ६० लाख र्रुर्पैया भन्दा बढी रकम संकलन गरी शनिबारदेखि महायज्ञ समापन भएको छ ।
•
read more...
विवाहको जीप दर्ुघटनामा दशको मृत्यु, १३ घाइते
March 11, 2010
पोखरा, २६ फागुन । तनहँुको काँहु शिवपुरबाट दमौलर्ीतर्फ आउँदै गरेको जीप काँहुशिवपुर ३ सेटाङमा दर्ुघटना हुँदा १० यात्रुको मृत्यु भएको छ । यात्रुहरुमध्ये घटनास्थलमा ८ र उपचारको क्रममा दर्ुइ यात्रुको मृत्यु भएको हो । दर्ुघटनामा १३ यात्रु घाइते भएको छन् । घाइतेहरु मध्ये ६ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारको लागि पोखरा अस्पताल पठाइएको छ ।
•
read more...
'अनमिन सरकारको नियन्त्रणमा हुनर्ुपर्छ'
March 11, 2010
समाधान सम्वाददाता पोखरा, २६ फागुन । सूचना तथा सञ्चार मन्त्री शंकर पोख्रेलले अनमिन नेपाल सरकारको नियन्त्रणमा हुनु पर्ने बताउनु भएको छ । उहाँले अनमिन र सयुक्त राष्ट्र संघले शान्ति प्रक्रियाालाई तार्किक निष्र्कषमा पुर्याउन महत्वपर्ूण्ा भूमिका खेल्न नसकेको बताउदै सरकारले माओवादी लडाकुको विवरण माग गर्दा पेश गर्न नसकेको बताउनु भएको छ । पोखरामा पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्दैशनालयदारा आयोजित हुलाक सेवा सुदुणीकरणको गोष्ठीमा बुधबार बौल्दे मन्त्री पोख्रेलले अनमिन नेपालमा माओवादीले बोलाएर आएको होइन नेपाल सरकारको आग्रहमा आएको स्पष्ट पार्दै माओवादीको वकालत गर्न काम अनमिनले तत्काल बन्द गर्नु पर्ने धारणा राख्नु भयो ।र् वर्तमान समयमा सबै भन्दा फडको मारेको आम सञ्चार क्षेत्रमा देखिएको हत्या हिंसाप्रति सरकार गम्भीर रुपमा लागि परेको बताउदै छाननि आयोगले सत्य तथ्य बाहिर ल्याँउने बताउनु भयो । नेपालमा सञ्चार क्षेत्र गाँउ गाँउमा पुगेको बताउदै समाजलाई परिवर्तन गर्न सञ्चार क्षेत्र बलियो र प्रभावकारी हुनु पर्ने खाँचौ औल्याउनु भयो । माओवादीले गरीब जनतालाई सपना बाँढन सञ्चारमाध्यममा बारम्बार धावँ बोलिरहेको बताउनु भयो । नेकपा एमालेका केन्द्रीय सचिव एवम् सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले वर्तमान सरकारको निरन्तरता अहिलेको निरन्तरता अहिलेको आवश्यकता र वाध्यता भएको बताउनु भएको छ । नेकपा एमाले कास्कीको कार्यालयमा बुधबार बोल्दै सचिव पोखरेलले नेकपा एमालेको राजनैतिक भविष्य सुनिश्चित गर्नको लागि यही सरकारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । एकीकृत नेकपा माओवादीको कारण मुलुकमा संकट बढेको दावी गर्दै उहाँले एमालेले सरकार छोड्दैमा मुलुकको संकट हल नहुने धारणा राख्नुभयो । सरकारका प्रवक्ता समेत रहेका पोखरेलले माओवादी जस्तो गलत तत्वलाई सरकार सम्पन्न नहुनर्ेतर्फ गर्नुभयो । उग्रवामपन्थी सोच तथा अराजकतावादी चिन्तन बोकेको माओवादीले अब कसैको सरकार बन्दैन र बने पनि टिक्दैन भनेर सत्ताबाट बाहिरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले माओवादी आन्दोलनले आफै टिप्पणी गर्नुभयो । उाहँले म जे माग्दछु त्यही चाहिन्छ भनेर अहंकर प्रस्तुत गर्ने माओवादी अहिले कोठामा बसेर सरकार चाहियो भनेको टिप्पणी गर्नुभयो । मन्त्री पोखरेलले मओवादीको अहंकार तोड्न सरकार सफल भएको बताउनुभयो । उहाँले २०६७ जेठ १४ सम्ममा संविधान बन्नमा चुनौती भएपनि एमाले निर्धारित समयमा संविधान बनाउन सक्रिय भएर लागेको जानकारी दिनुभयो । नेकपा एमाले जिल्ला कमिट कास्कीका अध्यक्ष मानवबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्ण थापा पनि बोल्नुभएको थियो ।
•
read more...
संविधान नबने सभासदलाई जुत्ताको माला
March 11, 2010
पोखरा, २६ फागुन । सविधान सभाको ७८ दिन म्याद बाँकी रहदा पोखराका व्यवसायीहरु स्थानीयबासिन्दाले जेठ १४ भित्र सविधान जारी गर्नु पर्ने बताएका छन । जेठ १४ गतेभित्र सविधान जारी नगरे १५ गते जुताको माला सविधान सभाका सदस्यहरुलाई उपहार दिने कार्यक्रम र्सार्वजनिक गरेका छन । जनताको कर खाने सविधान सभाका सदस्यहरुलाई जेठ १४ भित्र गणतान्त्रिक सविधान घोषणा नगरे जुताको माला उपहार प्रदान गर्नै पोखराका पर्यटीक क्षेत्र लेकसाइडका स्थानीय बासिन्दाहरुले बताए ।
•
read more...
राजनैतिक दलहरुबिच एकताको विकल्प छैन-नेम्वाङ्ग
March 9, 2010
पर्वत, २४ फागुन । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले समयमै संविधान जारी गर्नका लागि राजनैतिक दलहरुविच एकताको विकल्प नभएको वताउनुभएको छ ।
•
read more...
|