»

  News - समाचार

एक्काइस वर्षेखि निरन्तर परीक्षा दिँदै
March 26, 2010

सङ्खुवासभा, १२ चैत । एसएलसी परीक्षामा २१ वर्षेखि सामेल हुँदैआएकी कमला र्राईले यसवर्षो एसएलसीमा पुनः परीक्षा दिएकी छिन् । महेन्द्र मावि पाङ्मामा अध्ययन गरेकी वर्ष४० की कमला र्राई हिमाल उच्चमावि परीक्षा केन्द्रबाट २१ साँै पटक परीक्षामा सामेल भएको जिल्ला शिक्षा अधिकारी दर्ीघध्वज चापागाईंले जनाएका छन् ।
त्यसै सोही परीक्षाकेन्द्रमा ३८ वर्षी मेनका कट्टेलले समेत कैयौँपटक प्राइभेट परीक्षा दिँदैआएकी केन्द्रका अध्यक्ष हेमराज रोक्काले जनाएका छन् ।

read more...


पाँचसय ९६ जनसेनाले प्रवेशिका परीक्षा दिँदै
March 26, 2010

चितवन -रत्ननगर), १२ चैत । चितवनस्थित शक्तिखोरको तेस्रो डिभजनका पाँचसय ९६ जना जनसेनाले बिहीबारदेखि सुरु भएको एसएलसी परीक्षा दिँदैछन् ।
तीमध्ये एकसय ३५ छात्रा छन् । काठमाडाँैका व्यापारी रामहरि हत्याकाण्डका दोषी गोविन्दबहादुर बटालाले पनि यसवर्षो एसएलसी परीक्षा दिँदैछन् । चितवनका जनसेनाले पृथ्वी उच्च मावि, जुटपानी र चतर्ुर्मुखी मावि शक्तिखोरबाट परीक्षा दिँदैछन् ।
प्रवेशिका परीक्षामा चितवनबाट कुल १० हजार चारसय ६१ विद्यार्थी सामेल भएका छन् ।

read more...


'पर्ूवराजाको अभिव्यक्ति दिवास्वप्न'
March 26, 2010

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री माधवकुमार नेपालले पर्ूवराजा ज्ञानेन्द्र शाहले बुधबार दिएको अभिव्यक्तिलाई दिवास्वप्नको संज्ञा दिनुभएको छ ।
पर्ूवराजाको अभिव्यक्तिबारे सञ्चारकर्मीहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री नेपालले त्यसो भन्नुभएको हो ।  पर्ूवराजाले बुधबार जनकपुरमा दिएको अन्तर्वार्तामा राजतन्त्र पुनः स्थापना हुनसक्ने अभिव्यक्ति दिनुभएको थियो ।
यसैबीच प्रधानमन्त्रीले सिंहदरबारस्थित नेकपा -एमाले) संसदीय दलको कार्यालयमा जारी बैठकमा शान्ति स्थापना तोकिएको समयभित्र संविधान जारी, एकीकृत नेकपा -माओवादी) लडाकूको समायोजन तथा नेपाली काङ्ग्रेस र एमालेबीचको सम्बन्ध नयाँ शिराबाट अगाडि बढाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री नेपालले उक्त बैठकमा सहभागी भई बाहिरिनेक्रममा उक्त जानकारी दिनुभएको हो ।
यसैबीच एकीकृत नेकपा -माओवादी) का उपाध्यक्ष नारााणकाजी श्रेष्ठले पर्ूवराजा ज्ञानेन्द्रले गत बुधबार जनकपुरमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
पर्ूवराजा ज्ञानेन्द्रले नेपाली जनताको क्रान्तिविरुद्ध प्रतिक्रान्ति गरेको उहाँकोे अन्तर्वार्ताबाट प्रष्ट हुन्छ भन्दै उपाध्यक्ष श्रेष्ठले सरकारले तत्काल उहाँलाई नागार्जुन दरबारबाट हटाएर राज्यबाट प्राप्त हुने सम्पर्ूण्ा सेवा र सुविधबाट वञ्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
राजतन्त्र पुनर्जीवित हुन नसक्ने ठोकुवा गर्दै उहाँले नेपाली जनताले क्रान्तिबाट फालेको राजालाई दरबार र भत्ता दिने सरकारी निर्ण्र्ााो आफ्नो पार्टर्ीी त्यतिबेला पनि विरोध गरेको उल्लेख गर्नुभयो ।
'शान्ति र संविधानका लागि गिरिजाबाबुको अभियान' भन्दै जनताले व्यक्त गरेको भावनाविपरीत नेपाली काङ्ग्रेस र नेकपा -एमाले)ले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकको दाबी गर्नु युक्तिसङ्गत नभएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहँँले दिगो शान्ति स्थापना र संविधान लेखनका लागि संयन्त्रको उपयोग गर्नुपर्नेमा पदका निम्ति हानथाप गर्नु भूतपर्ूव संयोजक कोइरालाप्रति व्यक्त गरिएको श्रद्धाञ्जलिको अपमान हो भन्नुभयो । रासस

read more...


आपmनै सालाले भिनाजुको हात काटिदिए
March 25, 2010

दिपक गौतम/समाधान बागलुङ, ११ चैत । आफ्नै साला निसंस रुपमा प्रस्तुत भएपछि बाग्लुङ्गका एक अधवैशे मृत्युसंग पंखेजोरी खेल्दैछन् । बागलुङ जिल्लाको राङखानी गाविस वार्ड नम्बर ९ का राजु श्रीष बुधबार विहान भिनाजुमा धारिलो हतियार सहित जाइलागे । उनले भिनाजुको हात टुक्रा-टुक्रा मात्र पारेनन्, शरिरका अन्य भागमा पनि आक्रमण गरेर मरणासन्न अवस्थामा पुर्याएका छन् । २४ बषर्ीय राजु श्रीषले आफ्नै भिनाजु ४० बषर्ीय तर्कबहादुर थापा  बुधबार बिहान ९ बजे आक्रमण गरेका थिए । खुकरीले आक्रमण गर्दा भिनाजुको हात दर्ुइ टुक्रा भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

read more...


एसएलसी आजदेखि, कास्कीमा ९ हजार ६ सय परीक्षार्थी
March 25, 2010

पोखरा, ११ चैत । फलामे ढोकाको रुपमा लिइने एसएलसी परीक्षा २०६६ आज बिहीबारदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।  परीक्षाको सम्पर्ूण्ा तयारी पूरा भइसकेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।  यही चैत २० गतेसम्म चल्ने परीक्षामा देशभरबाट ४ लाख ६६ हजार तीनसय परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाको लागि ७५ वटै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पुर्žयाइसकिएको छ । परीक्षाका लागि १ हजरा ५ सय ५० परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ३२ हजार ७ सय परीक्षार्थी सहभगाी हुँदैछन् भने सबैभन्दा कम मनाङबाट ९१ जना सहभागी हुँदैछन् ।
परीक्षामा अनियमितता गर्नेलाई रु. १ लाखसम्म जरिवाना गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ  । परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म चल्नेछ ।
यता जिल्ला शिक्षा कार्यालय कास्कीले पनि परीक्षाको सबै तयारी पूरा भइसकेको जनाएको छ । यसपटक कास्कीबाट परीक्षामा ९ हजार ६ सय ६९ जना परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये नियमिततर्फ ९ हजार ३१ आंशिकतर्फ ६ सय ३८, दृष्टिविहीन ६ जना रहेका छन् । त्यस्तै परीक्षामा ११ जना सुस्तमनुस्थिति भएका, १ जना किरीयापुत्री र १ जना कारागारका कैदी पनि सहभागी हुने जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ । कास्कीमा परीक्षाका लागि २४ वटा परीक्षा केन्द्र तोकिएको छ । कास्कीमा खुलातर्फ अमरसिंह उच्च माविबाट २८ जनाले परीक्षा दिँदैछन् । परीक्षालाई अर्मादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरुलाई तालिम दिइसकिएको छ । प्रत्येक परीक्षा केन्द्रमा न्यूनतम १० जना सुरक्षाकर्मी खटाइने जिल्ला शिक्षा अधिकारी बैकुण्ठप्रसाद अर्यालले बताउनुभयो ।
यसपटकको परीक्षामा नियमित र आंशिक दुवर्ैतर्फ नयाँ ग्रीड अनुसार नै प्रश्नपत्र हुनेछ ।
त्यस्तै नेपालका ७५ जिल्ला मध्ये हिमालपारिको जिल्ला मनाङबाट यसवर्षसवैभन्दा कम ८६ जनाले प्रवेशिका परीक्षा दिँदैछन् । सदरमुकाम चामेमा रहेको एकमात्र लोकप्रिय उच्च मावि केन्द्रवाट नियमिततर्फ६५, शिक्षा कार्यालय पर््राईवेटतर्फ२० र एक्जाम्टेड १ जना परीक्षामा सहाभागी हुँदैछन् ।
जिल्ला शिक्षा कार्यालय मनाङका अनुसार ४० जना बाहिरी जिल्ला र ४६ जना मनाङ जिल्लाका रहेकाछन् । जिल्ला शिक्षा कार्यालय पर््राईवेटमात्रै बाहिरि जिल्लाका १५ जना रहेकाछन् ।
मनाङमा सवैभन्दा बढी प्रकाशज्योति उच्च मावि थोँचेवाट २८ र सवैभन्दा कम अन्नपर्ूण्ा मावि मनाङवाट ६ जनाले प्रवेशिका परीक्षा दिँदैछन् । सदरमुकाम चामेस्थित लोकप्रिय उच्च माविवाट २० र भानु मावि तालवाट ११ जना सहभागि हुँदैछन् । लोकप्रिय उच्च मावि चामेमा १७ जना परीक्षार्थी बाहिरी जिल्लाका रहेकाछन् ।
यसवर्षमनाङमा १ जनालेमात्रै एक्जाम्टेट परीक्षा दिने जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । परीक्षाका लागि सवै तयारी पूरा भएको परीक्षा समन्वय समिति मनाङले जनाएको छ ।

read more...


एमालेमा १५ विभाग, युथफोर्सको निर्देशिका पारित
March 25, 2010

काठमाडौँ, ११ चैत । नेकपा -एमाले) स्थायी कमिटीको बुधबारको बैठकले १५ विभाग गठन गरी तिनका प्रमुख तोकेको छ ।  सो अनुसार्रर् इश्वर पोखरेल सङ्गठन विभाग, अशोक र्राई मोर्चा सङ्गठन, भारतमोहन अधिकारी अर्थ, योजना तथा अनुसन्धान र आर्थिक, मुकुन्द न्यौपाने उद्योग-व्यवसाय तथा श्रम सम्बन्ध, अग्नि खरेल कानुन तथा निर्वाचन, वामदेव गौतम कृषि तथा भूमिसुधार, प्रदीप ज्ञवाली प्रचार, राजेन्द्र पाण्डे राज्य व्यवस्था, वेदुराम भुसाल पार्टर्ीीकुल, केशव बडाल सहकारी, गोकर्ण्र्ाावष्ट स्थानीय विकास तथा भौतिक पर्ूवाधार, महेन्द्रबहादुर पाण्डे शिक्षा तथा मानव स्रोत, विष्ण्ुा पौडेल संविधानसभा संसदीय, प्रदीप नेपाल प्राकृतिक स्रोत व्यवस्थापन र  केपी शर्मा ओली विदेश विभाग प्रमुख रहनुभएको छ ।
पार्टर्ीीध्यक्ष झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले महासचिव पोखरेल, सचिवत्रय युवराज ज्ञवाली, विष्णु पौडेल र शङ्कर पोखरेल, कार्यालय सचिव गङ्गालाल तुलाधर र केन्द्रीय सदस्य परशु मेघी गुरुङ रहेको केन्द्रीय सचिवालयले गठन गरेको छ ।
बैठकले युथ फोर्सको निर्देशिका पनि पारित गरेको छ । बैठक बिहीबार अपरान्ह ४ः३० बजे पुनः बस्नेछ । रासस

read more...


स्वर्गीय कोइरालाप्रति विभिन्न देशबाट समवेदना प्रकट
March 23, 2010

काठमाडौँ, ९ चैत । नेपाली काङ्ग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनप्रति विभिन्न मुलुकका विशिष्ट नेता एवं सरकारका तर्फाट समवेदना प्रकट गर्ने क्रम अझै जारी छ । भारतका पर्ूव प्रधानमन्त्री अटल बिहारी वाजपेयीले आज पठाउनुभएको शोक सन्देशमा गिरिजाप्रसाद कोइरालाको निधनबाट नेपालको र्सार्वजनिक जीवनमा एक युगको अवसान भएको बताउँदै दक्षिण एसियामा शान्ति,विकास र प्रगतिका निम्ति उहाँको जतिसुकै प्रशंसा गरेपनि कम हुने उल्लेख गर्नुभएको छ ।

read more...


खानेपानीको गुणस्तर कायम गर्न नियमित अनुगमण संयन्त्र आवश्यक
March 23, 2010

पोखरा, ९ चैत । आम उपभोक्तालाई गुणस्तरीय पानी उपलब्ध गराउनको लागि कम लागतको पानी प्रशोधन केन्द्रको स्थापना र पानीको गुणस्तरको नियमित अनुगमन आवश्यक भएको सोमबार भएको कार्यक्रमका वक्ताहरुले औलाएका छन् ।
विश्व खानेपानी दिवस -२२ मार्च) को अवसरमा नेपाल इञ्जिनियर्स एशोसिएशन क्षेत्रीय केन्द्र पोखराले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले त्यस्तो खाँचो औलाएका हुन् ।
नेपाल खानेपानी संस्थानका उपप्रवन्धक डा. भुपेन्द्रप्रसादले उपभेक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउनको लागि कम लागतमा पानी प्रशोशन केन्द्र बनाउनु पर्ने बताउनुभयो । उहाँले खानेपानीको गुणस्तरको लागि नियमित अनुगमन गर्ने सयन्त्र निर्माण गर्नुपर्ने खाँचो औल्याउनुभयो । डा. प्रसादले आम उपभोक्तालाई पानी उपलब्ध गराउने निकायलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।
इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका उपप्राध्यापकर् इ. किशोर श्रेष्ठले खानेपानीको गुणस्तरलाई परिवेश अनुसार बुझनु पर्ने धारणा राख्नुभयो ।
खानेपानीको गुणस्तरप्रति आम जनता सचेत भए धेरै रोगबाट बच्न सकिने उल्लेख गर्दै उहाँले गुणस्तरीय खानेपानी बारेको निर्देशिका र्सवसाधारणसम्म नपुगेको गुनासो गर्नुभयो ।
नेपाल इञ्जिनियर्स् एशोसियन क्षेत्रीय केन्द्र पोखराका उपाध्यक्ष इृ.भुवनेश्वर तिमिल्सिनाले खानेपानीको गुणस्तरबारे उपभोक्ता सचेत नभएको बताउनुभयो । उहाँले ८० प्रतिशत रोग फोहर खानेपानीको कारणले लाग्ने जानकारी दिनुभयो ।
एशोसिएशनका सचिवर् इ. ओम शर्माले विश्व्को भूभागको तीन चौथाई पानीमध्ये तीन प्रतिशत पनि पिउन योग्य नभएको बताउनुभयो ।
खानेपानीको मुहानदेखि मुखमा राख्दासम्म गुणस्तरको ख्याल गर्नुपर्ने खाँचो औल्याउँदै उहाँले बौद्धिक जगतले आम उपभोक्ताको चासो बढाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
एशोसिएशनका अध्यक्षर् इ. लेखबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा इञ्जिनियरहरु विष्णु पौडेलर्,र् इश्वरी शर्मा, रमेश पोखरेलर्,र् इश्वरी शर्मा, रमेश पोखरेल, रमेश बास्तोला, कृष्णकान्त सिग्देल, पुनरावेदन अदालत वारएशोसिएशनका अध्यक्ष बोधराज बराल, अधिवक्ता दिपा कोइराला लगायतका वक्ताले बोल्नुभएको थियो । खानेपानी तथा ढल निकास विभाग, वर्ल्ड भिजन र कञ्जन नेपालको सहयोगमा गुणस्तरीय खानेपानीका मुद्दा र चुनौतीहरु विषयक कार्यक्रम भएको हो ।

read more...


राष्ट्राध्यक्ष सरहको सम्मानमा आज अन्त्येष्टि
March 21, 2010

काठमाडाँै, ७ चैत । मन्त्रिपरिषद्को आजको विशेष बैठकले पर्ूव प्रधानमन्त्री, नेपाली काङ्ग्रेसका सभापति एवम् लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गिरिजाप्रसाद कोइरालालाई राष्ट्राध्यक्ष सरहको सम्मान दिने निर्ण्र्ाागरेको छ । मन्त्रिपरिषद्को बैठकले शोकप्रस्ताव  पारित गर्दै स्वर्गीय कोइरालाको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने बैठकपश्चात सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

read more...


देशकै अभिभावकको देहावसान्
March 21, 2010

पोखरा, ७ चैत । मान्छेले 'चाहे जस्तो र सोचे जस्तो' निकै विरलै हुन्छ । देश गम्भीर संकट तर्फउन्मुख हुँदै गैरहेकेा बेलामा आम नेपालीले गिरिजाप्रसाद कोइरालाको अभिभावकत्वमा भरोसा गरिरहेका थिए । तर जे नहोस् भन्ने सबैको कामना थियो अन्ततः त्यही भयो, नेपाली प्रजातान्त्रिक आकासका एक उज्याला नक्षत्रको शनिबार १२ बजेर १० मिनेट जाँदा सदाका लागि अस्त भयो । नेपालको इतिहासमा यति ओजिलो 'स्वर्गारोहण' सम्भवत यस अघि कसैको भएको पनि थिएन र आगामी दिनमा हुनेपनि छैन । कुनै राजनेता वा नागरिकको निधनले देशलाई ठुलो क्षति पुग्न सक्छ तर त्यो क्षति यो क्षती भन्दा सानै थियो र हुनेछ ।

read more...


आँखा बैंक पोखरामा स्थापना
March 18, 2010

पोखरा, ४ चैत । पोखराको हिमालयन आँखा अस्पतालमा आखाँ बैंकको स्थापना गरिएको छ । हिमालयन आखाँ अस्पताल, लायन्स क्लब अफ पोखरा सेन्टर भ्याली र आखाँ केयर फाउन्डेसनको सयुक्त सहयोगमा आखाँ बैंकको स्थापना भएको हो । काठमाडौको तिलगंगामा मात्र सिमित आखाँ बैंक पोखरामा आए पछि आखाँ दान गर्ने र आखाँ विरामीलाई सहयोग पुग्ने हिमालयन आँखा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर इन्द्रमान मर्हजनले बताउनु भयो । पहिले आँखा दान दिनका लागि मात्रै पनि काठमाडौ जानु पर्ने स्थिती थियो तर अब त्यसको अन्त्य भएको डाक्टर मर्हजनको भनाई थियो ।

read more...


क्षेत्रीय स्वास्थ्य सञ्जाल गठन
March 18, 2010

पोखरा, ४ चैत । पश्चिमाञ्चल क्षेत्र भित्र रहेका स्वास्थ्य क्षेत्रसंग प्रत्यक्ष्य रुपमा कार्य गर्दै आइरहेका विभिन्न संघसंस्थाहरुको प्रतिनिधित्व रहने गरी एक स्वास्थ्य सञ्जाल गठन गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनायका निर्देशक डा. अशोककुमार चौरासियको संयोजकत्वमा गठित पश्चिमाञ्चल सरकारी तथा गैरसरकारी संघ संस्थाको स्वास्थ्य सञ्जाल नामक संस्थाको सदस्यहरुमा आय.एन.एफ.नेपाल, परिवार नियोजन संघ, विकास नेपाल, सी.वि.आर.एस., नौलोघुम्ती नेपाल, असल छिमेकी नेपाल, कम्युनिटी सर्पोट ग्रुप, एफ.एच.आई, आशा हेल्थ नेपाल, आई.एन.एफ., पालुवा, मेरी स्टोप्स् नेपाल रहेका छन् ।
सञ्जाल गठन पछिको पहिलो कार्यक्रममा बोल्दै संयोजक डा. चौरासियाले नेपाल सरकारको स्वास्थ्य नीतिलाई टेवा दिन यस क्षेत्रमा क्रियाशील सबै स्वास्थ्य संघ संस्थाहरु सञ्जालमा आवद्ध रहेर छाता सञ्जालको रुपमा समन्वयकारी भूमिका खेल्नु पर्ने खाँचो औल्याउनुभयो ।
कार्यक्रममा सुनौलो परिवार नेपाल मेरी स्टोप्स् पश्चिमाञ्चलका क्षेत्रीय प्रवन्धक सुरेशकुमार गिरीले सञ्जालले लिनुपर्ने भावी कार्यदिशा बनाएर अगाडि बढ्न सकेमा सञ्जालले र्सार्थकता पाउने विचार व्यक्त गर्नुभयो ।
सहभागी संस्थाकातर्फबाट सरोजचन्द्र न्यौपाने, शंभुप्रसाद ज्ञवाली, कृष्णप्रसाद लामिछाने, हिमालय सिग्देल, गोपाल गुरुङ, गंगा केसी, उमेश पराजुली लगायतले स्वास्थ्यसंग सरोकार राख्ने क्रियाशील संघ संस्थाहरुलाई सञ्जालमा आवद्ध गर्दै लैजाने दृढता व्यक्त गर्नुभयो ।

read more...


एमाले तोकिएकै मितिमा संविधान जारी गर्न सक्रिय छ-अधिकारी
March 18, 2010

पोखरा, ४ चैत । नेकपा एमालेका बैकल्पिक पोलिट व्यूरो सदस्य खगराज अधिकारीले निर्धारित २०६७ जेठ १४ मै नयाँ संविधान जारी गर्नको लागि नेकपा एमाले सक्रिय भएर लागेको बताउनुभएको छ ।
उहाँले निर्धारित मितिमा संविधान जारी गर्न एमालेले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सम्मानमा बुधबार आयोजित कार्यक्रममा एमाले नेता अधिकारीले संविधान निर्माणको लागि दलीय सहमति कायम गर्न दृढतापर्ूवक लागेको धारणा राख्नुभयो । उहाँले एमालेले शान्ति र नयाँ संविधान राष्ट्रिय एकताका लागि अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

read more...


सशस्त्र प्रहरी बल तालिम महाविद्यालयमा एक जवानको मृत्यु, दर्ुइको बेपत्ता
March 17, 2010

पोखरा, ३ चैत । सशस्त्र प्रहरी बल तालिम महा विद्यालय लामापाटनमा तालिमरत १ जना जवानको  मृत्यु अवस्थामा शव फेला परेको छ भने दर्ुइ जना बेपता भएका छन । मृत्यु हुनेमा दाङ जिल्ला हेकुली गाविसका कैलाश केसी रहेका छन । उनलाई तालिम केन्द्रको करीब ४० किलोमिटर  पर्ूवतर्फो खोचबाट मृत्यु अवस्थामा फेला पारेको हो । बेपता हुनेहरुमा विवेक केसी र विश्व गौतम रहेका छन ।

read more...


सटर ठेक्का 'रद्द'
March 17, 2010

पोखरा, ३ चैत । प्ाोखरा उपत्यका नगर विकास समितिले गण्डकी यातायात व्यवस्था कार्यालय अघिल्तिरको टहरोमा निर्मित सटर भाडामा दिने ठेक्का रद्द गरेको छ । समितिका सदस्य सचिव थम्वराज श्रेष्ठले अनियतिम ढंगले सटर भाडामा दिने बोलपत्र आब्हान गरिएको भन्दै ठेक्का प्रकृया रद्द गरेका हुन ।
करिब २२ लाख रुपैया खर्च गरेर निर्माण गरिएको टहरोका १० वटा सटर भाडामा दिनका लागि समितिले नै बोलपत्र आब्हान गरेको थियो । तर नियमित प्रकाशित नहुने साप्ताहिक पत्रिकामा सूचना प्रकाशित गरेर नगर विकास समितिलाई नै घाटा पर्ने गरी व्यक्तीलाई ठेक्का दिइएको थियो ।
प्रकृया पुरा नगरीकन बोल पत्र आब्हान गरिएकाले रद्द गरिएको सदस्य सचिव श्रेष्ठले बताए । उनले अब सटर निर्माण कार्य पुरा भए पछि मात्र भाडामा दिन बोलपत्र आब्हान गर्ने जानकारी समेत दिए ।
अनियमित ढंगले बोल पत्र आब्हान गरिए पनि समितिले बोलपत्र खोलेर ठेक्का प्रकृया अघि बढाएको थियो । त्यसै क्रममा समाधानले सोधखोज गर्न थाले लगत्तै सदस्य सचिव श्रेष्ठले गलत ढंगले बोलपत्र आब्हान गरिएको भए रद्द गर्ने बताएका थिए । बोलपत्र आब्हान गर्ने बेलामा सदस्य सचिव श्रेष्ठ पोखरा थिएनन् ।
श्रेष्ठले तत्कालै पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष योगेन्द्रबहादुर बस्नेतसंग सो बोलपत्र आब्हानका बारेमा छलफल गरेका थिए । अध्यक्ष बस्नेतले पनि आफूलाई जानकारी नदिइकन बोलपत्र आब्हान गरिएको बताए पछि दुवैले अनियमितताको स्वीकारेका थिए । अध्यक्ष र सदस्य सचिवको सहमतिमा सो ठेक्का रद्द गरिएको हो ।
रद्द नगरएको भए प्रति सटर १५ सय ५० रुपैयाका दरले ठेक्का दिइएको थियो । पोखराको बसपार्क नजिकै नव निर्मित यातायात व्यवस्था कार्यालयलाई व्यवसायिक कार्य गर्नका लागि सटरको अति आवश्यक छ । ती सटर व्यवसायीहरुले भाडामा महङ्गो मूल्य तिरेर भए पनि भाडामा लिनै पर्ने बाध्यता छ ।

read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 - Next Page »

»

  Headlines - मुख्य समाचार

एक्काइस वर्षेखि निरन्तर परीक्षा दिँदै

पाँचसय ९६ जनसेनाले प्रवेशिका परीक्षा दिँदै

'पर्ूवराजाको अभिव्यक्ति दिवास्वप्न'

आपmनै सालाले भिनाजुको हात काटिदिए

एसएलसी आजदेखि, कास्कीमा ९ हजार ६ सय परीक्षार्थी

एमालेमा १५ विभाग, युथफोर्सको निर्देशिका पारित

स्वर्गीय कोइरालाप्रति विभिन्न देशबाट समवेदना प्रकट

खानेपानीको गुणस्तर कायम गर्न नियमित अनुगमण संयन्त्र आवश्यक

राष्ट्राध्यक्ष सरहको सम्मानमा आज अन्त्येष्टि

देशकै अभिभावकको देहावसान्

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np