|
खानेपानीको गुणस्तर कायम गर्न नियमित अनुगमण संयन्त्र आवश्यक
March 23, 2010
पोखरा, ९ चैत । आम उपभोक्तालाई गुणस्तरीय पानी उपलब्ध गराउनको लागि कम लागतको पानी प्रशोधन केन्द्रको स्थापना र पानीको गुणस्तरको नियमित अनुगमन आवश्यक भएको सोमबार भएको कार्यक्रमका वक्ताहरुले औलाएका छन् । विश्व खानेपानी दिवस -२२ मार्च) को अवसरमा नेपाल इञ्जिनियर्स एशोसिएशन क्षेत्रीय केन्द्र पोखराले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले त्यस्तो खाँचो औलाएका हुन् । नेपाल खानेपानी संस्थानका उपप्रवन्धक डा. भुपेन्द्रप्रसादले उपभेक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउनको लागि कम लागतमा पानी प्रशोशन केन्द्र बनाउनु पर्ने बताउनुभयो । उहाँले खानेपानीको गुणस्तरको लागि नियमित अनुगमन गर्ने सयन्त्र निर्माण गर्नुपर्ने खाँचो औल्याउनुभयो । डा. प्रसादले आम उपभोक्तालाई पानी उपलब्ध गराउने निकायलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका उपप्राध्यापकर् इ. किशोर श्रेष्ठले खानेपानीको गुणस्तरलाई परिवेश अनुसार बुझनु पर्ने धारणा राख्नुभयो । खानेपानीको गुणस्तरप्रति आम जनता सचेत भए धेरै रोगबाट बच्न सकिने उल्लेख गर्दै उहाँले गुणस्तरीय खानेपानी बारेको निर्देशिका र्सवसाधारणसम्म नपुगेको गुनासो गर्नुभयो । नेपाल इञ्जिनियर्स् एशोसियन क्षेत्रीय केन्द्र पोखराका उपाध्यक्ष इृ.भुवनेश्वर तिमिल्सिनाले खानेपानीको गुणस्तरबारे उपभोक्ता सचेत नभएको बताउनुभयो । उहाँले ८० प्रतिशत रोग फोहर खानेपानीको कारणले लाग्ने जानकारी दिनुभयो । एशोसिएशनका सचिवर् इ. ओम शर्माले विश्व्को भूभागको तीन चौथाई पानीमध्ये तीन प्रतिशत पनि पिउन योग्य नभएको बताउनुभयो । खानेपानीको मुहानदेखि मुखमा राख्दासम्म गुणस्तरको ख्याल गर्नुपर्ने खाँचो औल्याउँदै उहाँले बौद्धिक जगतले आम उपभोक्ताको चासो बढाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो । एशोसिएशनका अध्यक्षर् इ. लेखबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा इञ्जिनियरहरु विष्णु पौडेलर्,र् इश्वरी शर्मा, रमेश पोखरेलर्,र् इश्वरी शर्मा, रमेश पोखरेल, रमेश बास्तोला, कृष्णकान्त सिग्देल, पुनरावेदन अदालत वारएशोसिएशनका अध्यक्ष बोधराज बराल, अधिवक्ता दिपा कोइराला लगायतका वक्ताले बोल्नुभएको थियो । खानेपानी तथा ढल निकास विभाग, वर्ल्ड भिजन र कञ्जन नेपालको सहयोगमा गुणस्तरीय खानेपानीका मुद्दा र चुनौतीहरु विषयक कार्यक्रम भएको हो ।
•
read more...
राष्ट्राध्यक्ष सरहको सम्मानमा आज अन्त्येष्टि
March 21, 2010
काठमाडाँै, ७ चैत । मन्त्रिपरिषद्को आजको विशेष बैठकले पर्ूव प्रधानमन्त्री, नेपाली काङ्ग्रेसका सभापति एवम् लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गिरिजाप्रसाद कोइरालालाई राष्ट्राध्यक्ष सरहको सम्मान दिने निर्ण्र्ाागरेको छ । मन्त्रिपरिषद्को बैठकले शोकप्रस्ताव पारित गर्दै स्वर्गीय कोइरालाको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने बैठकपश्चात सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
•
read more...
देशकै अभिभावकको देहावसान्
March 21, 2010
पोखरा, ७ चैत । मान्छेले 'चाहे जस्तो र सोचे जस्तो' निकै विरलै हुन्छ । देश गम्भीर संकट तर्फउन्मुख हुँदै गैरहेकेा बेलामा आम नेपालीले गिरिजाप्रसाद कोइरालाको अभिभावकत्वमा भरोसा गरिरहेका थिए । तर जे नहोस् भन्ने सबैको कामना थियो अन्ततः त्यही भयो, नेपाली प्रजातान्त्रिक आकासका एक उज्याला नक्षत्रको शनिबार १२ बजेर १० मिनेट जाँदा सदाका लागि अस्त भयो । नेपालको इतिहासमा यति ओजिलो 'स्वर्गारोहण' सम्भवत यस अघि कसैको भएको पनि थिएन र आगामी दिनमा हुनेपनि छैन । कुनै राजनेता वा नागरिकको निधनले देशलाई ठुलो क्षति पुग्न सक्छ तर त्यो क्षति यो क्षती भन्दा सानै थियो र हुनेछ ।
•
read more...
आँखा बैंक पोखरामा स्थापना
March 18, 2010
पोखरा, ४ चैत । पोखराको हिमालयन आँखा अस्पतालमा आखाँ बैंकको स्थापना गरिएको छ । हिमालयन आखाँ अस्पताल, लायन्स क्लब अफ पोखरा सेन्टर भ्याली र आखाँ केयर फाउन्डेसनको सयुक्त सहयोगमा आखाँ बैंकको स्थापना भएको हो । काठमाडौको तिलगंगामा मात्र सिमित आखाँ बैंक पोखरामा आए पछि आखाँ दान गर्ने र आखाँ विरामीलाई सहयोग पुग्ने हिमालयन आँखा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर इन्द्रमान मर्हजनले बताउनु भयो । पहिले आँखा दान दिनका लागि मात्रै पनि काठमाडौ जानु पर्ने स्थिती थियो तर अब त्यसको अन्त्य भएको डाक्टर मर्हजनको भनाई थियो ।
•
read more...
क्षेत्रीय स्वास्थ्य सञ्जाल गठन
March 18, 2010
पोखरा, ४ चैत । पश्चिमाञ्चल क्षेत्र भित्र रहेका स्वास्थ्य क्षेत्रसंग प्रत्यक्ष्य रुपमा कार्य गर्दै आइरहेका विभिन्न संघसंस्थाहरुको प्रतिनिधित्व रहने गरी एक स्वास्थ्य सञ्जाल गठन गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनायका निर्देशक डा. अशोककुमार चौरासियको संयोजकत्वमा गठित पश्चिमाञ्चल सरकारी तथा गैरसरकारी संघ संस्थाको स्वास्थ्य सञ्जाल नामक संस्थाको सदस्यहरुमा आय.एन.एफ.नेपाल, परिवार नियोजन संघ, विकास नेपाल, सी.वि.आर.एस., नौलोघुम्ती नेपाल, असल छिमेकी नेपाल, कम्युनिटी सर्पोट ग्रुप, एफ.एच.आई, आशा हेल्थ नेपाल, आई.एन.एफ., पालुवा, मेरी स्टोप्स् नेपाल रहेका छन् । सञ्जाल गठन पछिको पहिलो कार्यक्रममा बोल्दै संयोजक डा. चौरासियाले नेपाल सरकारको स्वास्थ्य नीतिलाई टेवा दिन यस क्षेत्रमा क्रियाशील सबै स्वास्थ्य संघ संस्थाहरु सञ्जालमा आवद्ध रहेर छाता सञ्जालको रुपमा समन्वयकारी भूमिका खेल्नु पर्ने खाँचो औल्याउनुभयो । कार्यक्रममा सुनौलो परिवार नेपाल मेरी स्टोप्स् पश्चिमाञ्चलका क्षेत्रीय प्रवन्धक सुरेशकुमार गिरीले सञ्जालले लिनुपर्ने भावी कार्यदिशा बनाएर अगाडि बढ्न सकेमा सञ्जालले र्सार्थकता पाउने विचार व्यक्त गर्नुभयो । सहभागी संस्थाकातर्फबाट सरोजचन्द्र न्यौपाने, शंभुप्रसाद ज्ञवाली, कृष्णप्रसाद लामिछाने, हिमालय सिग्देल, गोपाल गुरुङ, गंगा केसी, उमेश पराजुली लगायतले स्वास्थ्यसंग सरोकार राख्ने क्रियाशील संघ संस्थाहरुलाई सञ्जालमा आवद्ध गर्दै लैजाने दृढता व्यक्त गर्नुभयो ।
•
read more...
एमाले तोकिएकै मितिमा संविधान जारी गर्न सक्रिय छ-अधिकारी
March 18, 2010
पोखरा, ४ चैत । नेकपा एमालेका बैकल्पिक पोलिट व्यूरो सदस्य खगराज अधिकारीले निर्धारित २०६७ जेठ १४ मै नयाँ संविधान जारी गर्नको लागि नेकपा एमाले सक्रिय भएर लागेको बताउनुभएको छ । उहाँले निर्धारित मितिमा संविधान जारी गर्न एमालेले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सम्मानमा बुधबार आयोजित कार्यक्रममा एमाले नेता अधिकारीले संविधान निर्माणको लागि दलीय सहमति कायम गर्न दृढतापर्ूवक लागेको धारणा राख्नुभयो । उहाँले एमालेले शान्ति र नयाँ संविधान राष्ट्रिय एकताका लागि अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।
•
read more...
सशस्त्र प्रहरी बल तालिम महाविद्यालयमा एक जवानको मृत्यु, दर्ुइको बेपत्ता
March 17, 2010
पोखरा, ३ चैत । सशस्त्र प्रहरी बल तालिम महा विद्यालय लामापाटनमा तालिमरत १ जना जवानको मृत्यु अवस्थामा शव फेला परेको छ भने दर्ुइ जना बेपता भएका छन । मृत्यु हुनेमा दाङ जिल्ला हेकुली गाविसका कैलाश केसी रहेका छन । उनलाई तालिम केन्द्रको करीब ४० किलोमिटर पर्ूवतर्फो खोचबाट मृत्यु अवस्थामा फेला पारेको हो । बेपता हुनेहरुमा विवेक केसी र विश्व गौतम रहेका छन ।
•
read more...
सटर ठेक्का 'रद्द'
March 17, 2010
पोखरा, ३ चैत । प्ाोखरा उपत्यका नगर विकास समितिले गण्डकी यातायात व्यवस्था कार्यालय अघिल्तिरको टहरोमा निर्मित सटर भाडामा दिने ठेक्का रद्द गरेको छ । समितिका सदस्य सचिव थम्वराज श्रेष्ठले अनियतिम ढंगले सटर भाडामा दिने बोलपत्र आब्हान गरिएको भन्दै ठेक्का प्रकृया रद्द गरेका हुन । करिब २२ लाख रुपैया खर्च गरेर निर्माण गरिएको टहरोका १० वटा सटर भाडामा दिनका लागि समितिले नै बोलपत्र आब्हान गरेको थियो । तर नियमित प्रकाशित नहुने साप्ताहिक पत्रिकामा सूचना प्रकाशित गरेर नगर विकास समितिलाई नै घाटा पर्ने गरी व्यक्तीलाई ठेक्का दिइएको थियो । प्रकृया पुरा नगरीकन बोल पत्र आब्हान गरिएकाले रद्द गरिएको सदस्य सचिव श्रेष्ठले बताए । उनले अब सटर निर्माण कार्य पुरा भए पछि मात्र भाडामा दिन बोलपत्र आब्हान गर्ने जानकारी समेत दिए । अनियमित ढंगले बोल पत्र आब्हान गरिए पनि समितिले बोलपत्र खोलेर ठेक्का प्रकृया अघि बढाएको थियो । त्यसै क्रममा समाधानले सोधखोज गर्न थाले लगत्तै सदस्य सचिव श्रेष्ठले गलत ढंगले बोलपत्र आब्हान गरिएको भए रद्द गर्ने बताएका थिए । बोलपत्र आब्हान गर्ने बेलामा सदस्य सचिव श्रेष्ठ पोखरा थिएनन् । श्रेष्ठले तत्कालै पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष योगेन्द्रबहादुर बस्नेतसंग सो बोलपत्र आब्हानका बारेमा छलफल गरेका थिए । अध्यक्ष बस्नेतले पनि आफूलाई जानकारी नदिइकन बोलपत्र आब्हान गरिएको बताए पछि दुवैले अनियमितताको स्वीकारेका थिए । अध्यक्ष र सदस्य सचिवको सहमतिमा सो ठेक्का रद्द गरिएको हो । रद्द नगरएको भए प्रति सटर १५ सय ५० रुपैयाका दरले ठेक्का दिइएको थियो । पोखराको बसपार्क नजिकै नव निर्मित यातायात व्यवस्था कार्यालयलाई व्यवसायिक कार्य गर्नका लागि सटरको अति आवश्यक छ । ती सटर व्यवसायीहरुले भाडामा महङ्गो मूल्य तिरेर भए पनि भाडामा लिनै पर्ने बाध्यता छ ।
•
read more...
कर्मचारीको विदाईमा जनताको आँशु
March 17, 2010
पोखरा, ३ चैत । लगनशिलता इमान्दारिता जोश जाँगर, बुदि भए जीवनमा सफलता प्राप्त गर्ने सकिन्छ । त्यस्तै लगनशिलता क्षमताले गर्दा घाटामा गएको बैकले मुनाफामा बदलेका छन ।र् पर्वत देवीस्थ्ाान गाविस वडा नं ६ निबासी केशव प्रधानले । राष्ट्रिय बाणिज्य बैक पर्वत शाखाको प्रबन्ध्ाक भएर काम गरेका प्रधानले २०५९ , ६० मा करीब ४० लाख घाटामा गएको बैकलाई करौडौ मुनाफामा परिणत गरेर उदारणीय काम गरेका हुन । बुबा कुलप्रसाद प्रधान र आमा पवित्रा प्रधानको कोखबाट २०२१ ११महिना ३ गते जन्मिएका प्रधानले जहाँ गयो त्यहि अटुट छाप छोडेर हिडेका छन । प्रधानले गैडाकोट, सुनवल, पाल्पा र बुटवलमा काम गरेर पर्वत शाखाको प्रबन्ध्ाक भएर काम गरेका हुन ।
•
read more...
ट्राफिर्क पं्रहरी कार्यालय कास्कीद्वारा सडक छेउमा फूटपात नराख्न आग्रह
March 17, 2010
पोखरा, ३ चैत । जिल्ला ट्राफिर्क कार्यालय कास्कीले पोखराको शहरी चापलाई मध्यनजर राखी पोखरा उपत्यका भित्र सडकको छेउछाउमा फूटपात, निर्माण सामग्री, छाडा गाईवस्तु, ठेलागाडा, ट्याक्टर, मालबाहक सवारी साधनहरु, पिक आवर समयमा नराख्न अनुरोध गरेको छ । जिल्ला ट्राफिर्क कार्यालय कास्कीले सडकका छेउछाउमा राखिएका सामग्रीले गर्दा ट्राफिर्क व्यवस्थानमा कठिनाई भएको महसुस गरी पिक आवर समय ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म ठेलागाडा र निर्माण सामग्रीहरु, सवारी साधनहरु नराख्न अनुरोध गरेको जिल्ला ट्राफिर्क कार्यालयका सहायक निरीक्षक भवी लामिछानेले बताउनु भयो । लामिछानेका अनुसार पृथ्वीचोकदेखि सभागृहचोक, सिर्द्धार्थचोक, नालाकोमुख, रानीपौवा भित्रका क्षेत्रलाई पिक आवर समयमा निषेध क्षेत्रको रुपमा घोषणा गरिएको जानकारी दिनुभयो । उक्त समयमा जथाभावी सवारी साधन पार्किङ, ठेलागाडा पार्किङ्ग, गाई वस्तु छाडिएको पाइएमा कानून अनुसार कार्वाही गरिने जनाइएको छ । सो जनचेतनामूलक कार्याक्रमको लागि जिल्ला ट्राफिर्क कार्यालय कास्कीले पोखराका शहरहरुमा माईकिङ्ग, पर्चा पम्प्लेट लगायतका कार्यलाई त्रि्रता प्रदान गरेको छ । मंगलबार पोखरा शहरको क्षेत्रभित्र १० हजार थान पर्चा पम्प्लेट र माईकिङ्ग गरिएको प्रहरी सहायक निरीक्षक भवी लामिछानेले बताउनु भयो ।
•
read more...
बिश्वास र अविश्वासमा अल्भिmएको राजनीति
March 15, 2010
लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माणका लागि समय नजिकिंदै गएको अवस्थामा एमाले नेतृत्वको बर्तमान मिलिजुली सरकारकाबिरुद्ध अविश्वासको प्रस्ताब ल्याउने गतिविधि सुरु भएको संकेतहरु देखिन थालेका छन् ।
•
read more...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि
March 15, 2010
काठमाडौँ, १ चैत । नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टतिेलको मूल्यवृद्धि गरेको छ । निगमद्वारा पेट्रोल प्रतिलिटर २ रूपैयाँ ५० पैसा र डिजेल एवम् मट्टतिेल प्रतिलिटर २ रूपैयाँ बढाइएको छ । नयाँ व्यवस्थाअनुसार काठमाडौँमा अब एक लिटर पेट्रोलको मूल्य ८० रूपैयाँ २५ पैसा र डिजेल तथा मट्टतिेलको मूल्य ६१ रूपैयाँ ४० पैसा पर्ने निगमले जनाएको छ ।
•
read more...
अविश्वासको प्रस्तावले संविधान निर्माण प्रक्रिया असफल हुन्छ-नेका
March 15, 2010
काठमाडौँ, १ चैत । नेपाली काङ्गे्रसले संविधान निर्माणको तयारी जुट्नुपर्ने समयमा एकीकृत नेकपा -माओवादी)ले सरकारविरूद्ध ल्याउन लागेको अविश्वासको प्रस्तावले शान्ति स्थापना र संविधान निर्माण प्रक्रिया असफल बनाउने निष्कर्षनिकालेको छ ।
•
read more...
प्रधानमन्त्री र मानवअधिकारवादी भेट
March 15, 2010
काठमाडौँ, १ चैत । प्रधानमन्त्री माधवकुमार नेपालसँग आज उहाँको सिंहदरबारस्थित कार्यकक्षमा दण्डहीनताविरुध्द लागेका सङ्घसंस्था र मानवअधिकारवादीले भेटी विगतदेखि अहिलेसम्मको अवस्थामा दण्डहीनताको स्थितिबारे छलफल गरे ।
•
read more...
जनपक्षीय संविधान घोषणाका लागि पैदल यात्रा सुरु
March 15, 2010
पोखरा, १ चैत । जनआन्दोलन-२ का घाइते पुरन्चौर गाविस-९ का शेखर गौतमले निर्धारित समयमै जनपक्षीय संविधान घोषणा गर्न दवाव अभियानका साथ ०६६ चैत १ गते पोखरा काठमाडौं पैदल यात्रा शुरु गरेका छन् । उनले विहान ८ बजे पोखराको भीमसेनचोकबाट उक्त पैदलयात्रा शुरु गरेका हुन् । पैदलयात्री गौतमले पृथ्वी राजमार्ग हुँदै आठ दिन पछि काठमाडौं पुगेर राष्ट्रपति, प्रधानमन्त्री, संविधान सभाका सभाध्यक्ष, प्रमुख राजनीतिक दल र सभासदलाई संविधान निर्माणका लागि ध्यानाकर्षा गराउने अभियानको उद्देश्य रहेको बताए । उनले बन्द, हडताल, आतंक सदाका लागि बन्द हुनर्ुपर्ने, जनआन्दोलनका शहिद परिवार र घाइतेहरुको उचित व्यवस्थापन र राज्यद्वारा निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने र राष्ट्र र राष्ट्रियतामा कुनै कारणले विचलन आउन नहुने जोड दिदै पैदल यात्रा शुरु गरेको बताए । कार्यक्रममा इन्सेक लगायतका विभिन्न मानवअधिकारवादी संघसंस्था, नागरिक समाज जनआन्दोलन-२ का शहिद तथा घाइते समन्वय समिति, संचारकर्मी लगायतले पैदलयात्राका लागि शुभकामना सहित अबिर, माला, खादा लगाएर विदाई गरेका थिए ।
•
read more...
|