»

  News - समाचार

फूलबारी रिर्र्सोटमा साँगीतिक तयारी
April 6, 2010

पोखरा, २३ चैत । दि फुलबारी रिसोर्ट एण्ड स्पा पोखरा नेपालले नेपालीहरुको नयाँ वर्षअगैजी वर्षा कारण ओझेलमा परेको ठहर गरि नेपाली साहित्य र संस्कृतिको उत्थान गर्ने  सांस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
 फुलवारी रिसोर्ट एण्ड स्पा पोखराले सोमबार पत्रकार सम्मेलन गरेर चैत्र ३१ गते साँझ सांस्कृतिक कार्यक्रम गर्ने जनाएको हो । सांस्कृतिक कार्यक्रममा वरिष्ठ संगितकार शंभुजित बास्कोटा, गायक सत्यराज स्वरुपराज, अञ्जु पन्त, नलिना चित्रकार, जगदिश सामल, मनोजराज , रिजा उप्रैति, तासिलामा , बिन्दु तामाङ, शुभेक्षा थापा, श्रीराम पुडासैनी, निर्मल्ा शर्मासहितका कलाकारको गीत नृत्य प्रस्तुति रहने फुलबारी रिसोर्टका जनरल म्यानेजर आर डि किरणले जानाकारी दिनु भयो ।
 फुलबारी रिसोर्टले नयाँ वर्ष२०६६ परिवारसंग हितैषीसंग नाम दिएको सांगितिक कार्यक्रममा करीब ८ लाख खर्च लाग्ने रिसोर्टका पोखरा शाखाका मार्केटिङ म्यानेजर पुष्पराज  चालिेसेले बताउनु भयो । रिसोटले पारिवारिक वातावरणमा  सांगितिक कार्यक्रमको अलवा स्वागत भोज गला डिनर गर्ने जनाएको छ ।
सांगीतिक कार्यक्रममा भाग लिनेहरुका लागि लक्की डूका माध्यमबाट अन्तराष्ट्रिय उडान टिकट, हङकङ, अवुदवी, मुर्म्बई पोखरा काठमान्डौको टिकट, काठमान्डौका पाँच तारे होटलहरुमा बस्ने व्यवस्था आवासिय गिफट प्रदान गरिने रिसोर्टका काठमान्डौ शाखा प्रमुख माधव ढकालले बताउनु भयो । फुलबारी रिसोर्टले  बेलाबेलामा संस्कृति जोगाउन तीजेगित कार्यक्रम, एकदिन फुलबारी होटल बर्साईजस्ता कार्यक्रम गरिरहेको पुष्पराज चालिसेले बताए ।
प्ोाखराको एकमात्र पाँच तारे होटल फुलबारी रिसोर्टले  पर्यटन वर्ष२०११को र्सर्न्दभमा आन्तरिक पर्यटक पर््रबधन गर्ने उदेश्यले सांगीतिक कार्यक्रम आयोजन ागर्ने गरेको चालिसेले बताउनु भयो ।

read more...


सम्झनै पर्ने आजको दिन
April 6, 2010

आज चैत २४ गते । नेपालको इतिहासमा यो दिनको बिशिष्ट महत्व छ । आजकै दिनदेखि १९ दिन लामो जनआन्दोलन प्रारम्भ भएको थियो । यही आन्दोलनले ज्ञानेन्द्र शाहलाई मात्र होइन , नेपालको २४० बर्षलामो तानाशाही राजतन्त्रलाई पनि घुँडा टेकाएको थियो । बाह्र बुँदे सहमतिपछि १० बर्षन्दा लामो सशस्त्र संर्घष्ामा होमिदै आएका माओवादी र शान्तिपर्ूण्ा आन्दोलन गरिरहेका ६ दलबीच सहमति भै सात दल मिलेर शान्तिपर्ूण्ा जनआन्दोलन गरेका थिए र अभूतपर्ूव यो आन्दोलनको अगाडि ज्ञानेन्द्र नतमस्तक हुन वाध्य भएका थिए । ०६२। ०६३ को आन्दोलन साँचो अर्थमा जनआन्दोलन थियो ,  जसमा पचासौं लाख नेपाली अलोकतान्त्रिक सत्ताका बिरुद्ध सडकमा ओर्लेका थिए । यो आन्दोलनवाट बिश्व जनसमुदाय नै आर्श्चर्यचकित भएको थियो ।

read more...


सरकार परिवर्तन मिडियाको हल्ला -खनाल
April 4, 2010

भक्तपुर, २१ चैत । नेकपा -एमाले)का अध्यक्ष झलनाथ खनालले एमाले पार्टर्ीीत्र सरकार परिवर्तनको कुनै कुरा नउठेको स्पष्ट गर्नुभएको छ । भक्तपुरको खरिपाटीमा नेकपा -एमाले) भक्तपुरको छैटौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उहाँले सरकार परिवर्तनका लागि एमालेभित्र हस्ताक्षर अभियान सुरु नभएको दाबी गर्नुभयो । उच्चस्तरीय राजनीतिक संयन्त्रमा पनि सरकार परिवर्तनको प्रस्ताव नआएको बताउँदै अध्यक्ष खनालले संयन्त्रमा पनि कसैले सरकार परिवर्तनको प्रस्ताव नल्याएको बताउनुभयो ।

read more...


पर्यटन वर्षभव्य बनाउन दलको प्रतिबद्धता
April 4, 2010

पोखरा, २१ चैत । नेपाल पर्यटन वर्ष२०११ को पश्चिमाञ्चल क्षेत्रीय शुभारम्भ कार्यक्रमलाई भव्य बनाउन सबै दलहरु एकमत भएका छन् । पोखरामा शनिबार बसेको र्सवदलीय बैठकमा कास्कीस्थित दलहरुले २९ गते पोखरा रंगशालामा गरिने शुभारम्भ कार्यक्रम ब्यापक रुपमा सम्पन्न गर्न सबैलाई आव्हान गर्ने निर्ण्र्ाागरेका छन् ।
माओवादी, कांग्रेस, एमाले, नेकपा संयुक्तका नेताहरु सहभागि बैठकले  शुभारम्भ कार्यक्रम सफल बनाउन प्रतिबद्धता व्यक्त गर्दै आ-आफ्ना मोर्चा, भातृ तथा जनवर्गिय संगठनलाई परिचालन गर्ने निर्ण्र्ाागरेको छ ।
सो बैठकमा माओवादीका सह सेक्रेटरी गंगाराम पोखरेल, कांग्रेसका सचिव नन्दु प्रसाद तिवारी, एमालेका पर्यटन विभाग प्रमुख गोबिन्दकुमार श्रेष्ठ, संयुक्तबाट मानबहादुर श्रीस सहभागि हुनुहुन्थ्यो । शुभारम्भ कार्यक्रमका संयोजक बिप्लब पौडेल, सल्ल्ाहाकार विश्व शंकर पालिखे, सदस्य विश्वप्रकाश लामिछाने लगायतका सहभागिहरुको छलफलमा ति सबै दलका नेताहरुले पर्यटन नै अबको आर्थिक विकासको मुल आधार रहेको र पश्चिम क्षेत्र देशकै केन्द्रबिन्दु रहेको औल्याउूदै शुभारम्भ कार्यक्रममा सहभागिता व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए ।
उनिहरुले साझा कार्यक्रमका रुपमा यसलाई अघि बढाउन आफुहरु जुनसुकै तहबाट सहयोग गर्न तत्पर रहेको बताएका थिए ।

read more...


शिक्षा प्रणालीमा सुधारको खाँचो
April 4, 2010

पठन-पाठन र परीक्षा प्रणालीका सम्वन्धमा थुप्रै प्रश्नहरु उब्जाउँदै यस बर्षो प्रवेशिका परीक्षा समाप्त भएको छ । परीक्षामा अहिलेसम्मकै सबैभन्दा धेरै साढे चार लाखभन्दा बढी बिद्यार्थी सम्मिलित भएका थिए । प्रवेशिका परीक्षा एउटा बिद्यार्थीको पढाइ सुरु गरेदेखि एक दशकभन्दा पनि बढीको मेहनेत जाँच्ने कसी हो । त्यसैले यसलाई हल्का ढंगमा जिम्मेवार पक्षहरुले कदापि लिनुहुन्न । यसका लागि कम्तिमा पनि प्रश्नपत्रको तयारी, परीक्षाको ब्यबस्थापन, कपी जाँच र परीक्षाको परिणाम प्रकाशनसम्मको ब्यबस्था मर्यादित , स्वच्छ , पारदर्शी हुनु जरुरी छ । हुन त पाठ्य पुस्तक, पठन-पाठन, परीक्षा प्रणालीमै आमूल सुधारको खाँचो छ तर यसका लागि शिक्षा क्षेत्रले सम्पर्ूण्ारुपमा ध्यान दिन जरुरी छ ।

read more...


सरकार र माओवादीबाट शान्ति सम्झौताको उल्लंघन-सिटौला
April 3, 2010

पोखरा, २० चैत । नेपाली काँग्रेसका नेता एवं पर्ूव गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सरकार र माओवादी दुवैपक्षबाट शान्ति सम्झौतामा भएको सहमतिलाई गलत व्याख्या गर्दा शान्ति प्रक्रियाले अन्योलता छाएको बताउनु भएको छ । उहाँले उक्त कुरा नेपाल प्रेस युनियन कास्कीदारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विस्तृत शान्ति सम्झौतामा कहि पनि माओवादी लडाकूलाई सेनामा समायेाजन भन्ने कुरे नभएको बताउनु भयो ।

read more...


गणतन्त्रको संस्थागत विकासका लागि सबै दलको एकता -राष्ट्रपति
April 3, 2010

छविलाल गैह्रे/मुक्तिप्रसाद न्यौपाने समाधान  वालिङ, २० चैत । राष्ट्रपति डा. रामबरण यादवले गणतन्त्रको संस्थागत विकासका लागि सवै दलहरु एक भई शान्तिप्रक्रिया टुङ्गोमा पुग्नुपर्ने वताउनु भएको छ ।
पँतञ्जली योगपीठ हरिद्वार भारतको सहयोगमा स्याङ्जाको वालिङ्मा निर्माण भएको योग तथा आयर्ुर्वेद भवनको उद्घाटन गर्दै डा. यादवले उक्त कुरामा जोड दिनु भएको हो । उहाँले दलहरुलाई एकताबद्ध भएर अगाडी बढाउन आम नेपालीले सकारात्मक दबाबकारी भूमिका खेल्नुको विकल्प नरहेको समेत जिकिर गर्नु भयो ।
राष्ट्रिय एकता, र्सार्वभौमसत्ता सम्पन्न र राष्ट्रलाई समृद्ध बनाउन विगतका मतभेद त्याग्न राष्ट्रपति डा. यादवले सबैलाई आग्र्रह गर्नु भयो  । द्धन्द्धबाट मुक्ति र राजनीति रुपमा गभ्भिर मोडमा रहेको राष्ट्रलाई अगाडी बढाउन धार्मिक, सांस्कृति एकताले अहम भूमिका खेल्ने उहाँको भनाई थियो ।

read more...


पोखराको जनजीवन असिना पानीले प्रभावित
March 31, 2010

पोखरा, १७ चैत । मंगलबार पोखरा आसपासको क्षेत्रमा परेको असिनापानीका कारण जनजीवन प्रभावित भएको छ । वषर्ापछि यस क्षेत्रमा चिसो समेत बढेको छ । असिनाका कारण ग्रामीण क्षेत्रमा लगाएको बालि समेत नष्ट भएको छ । असिनाका कारणले पुम्दीभुम्दी गाविसमा २ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तला , फलफुल तथा तरकारीबाली नष्ट भएको कृषक बोधराज बरालले बताउनु भयो ।

read more...


मकै किसानलाई राहत, १६ जना सहिद घोषणा
March 31, 2010

काठमाडौँ, १७ चैत । नेपाल सरकारले तर्राईमा मकैखेतीमा दाना नलागेका किसानलाई राहत दिने निर्ण्र्ाागरेको छ ।
मन्त्रिपरिषद्को आज प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले सो राहत उपलब्ध गराउनका लागि रु. ३० करोड निकासा गर्ने निर्ण्र्ाागरेको हो ।
बैठकले औद्योगिक सुरक्षा बल गठन गर्नका लागि सैद्धान्तिक सहमति गरेको र राजनैतिक समितिबाट संविधानमा थप छलफल गरिने बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले बताउनुभयो ।
मंगलबारको बैठकले मधेस आन्दोलनमा सहादत प्राप्त गरेका १६ जनालाई सहिद घोषणा गर्ने निर्ण्र्ाागरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
यसअघि मधेस आन्दोलनमा मारिनेहरू २४ जनालाई सरकारले सहिद घोषणा गरिसकेको छ ।
बैठकले राष्ट्रिय विकास परिषद् गठनसम्बन्धी प्रस्ताव, माथिल्लो तामाकोसी वित्तीय व्यवस्थापन प्रस्ताव र मतदाता नामावली दोस्रो संशोधनसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ । खाद्य सुरक्षाका लागि जापान सरकारसँग चालिस करोड रुपैयाँको सहयोग सम्झौताका लागि बैठकले अर्थमन्त्रालयलाई स्वीकृति दिएको छ ।
बैठकले राष्ट्रिय उत्पादकत्व तथा विकास केन्द्रको महाप्रबन्धकमा रमेशराज कुँवरलाई नियुक्त गरेको छ ।
सञ्चार उद्यमी जमीम शाहको हत्याको छानविनका लागि गठित छानविन आयोगको म्याद थप्ने र शान्ति समितिको कार्यावधिलाई एक वर्षथप्ने मन्त्रिपरिषद्ले निर्ण्र्ाागरेको छ ।  बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मारिएका मञ्जुल तामाङका परिवारलाई रु. दश लाख राहत दिने निर्ण्र्ाागरेको सञ्चारमन्त्री पोखरेलले बताउनुभयो ।
पर्ूवप्रधानमन्त्री तथा पर्ूवगृहमन्त्रीलाई र्सार्वजनिक संस्थानका सवारी साधनहरू प्रयोग गर्न यसअघि दिइएको सुविधा कायमै राखी ती गाडी सरकारले नै उपलब्ध गराउने बैठकले निर्ण्र्ाागरेको छ ।

read more...


निर्धारित मितिमा संविधान निर्माण गर्न नेताद्वारा प्रतिबद्धता
March 31, 2010

काठमाडौं, १७ चैत । संविधान निर्माण प्रक्रियामा महत्वपर्ूण्ा भूमिका खेल्ने प्रमुख राजनीतिक पार्टर्ीी शर्ीष्ा नेताहरूले घोषित मितिमै संविधान जारी गरी मुलुकलाई राजनीतिक निकास दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रिपोर्र्टर्स क्लब नेपालको १२ औं वाषिर्कोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित 'शान्ति र संविधान गिरिजाबाबुको सम्मान' विषयक राष्ट्रिय साक्षात्कार कार्यक्रममा शर्ीष्ा नेताहरूले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
सो अवसरमा एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले समयको माग र जनादेश विपरीत इतिहासलाई उल्टाउन चेष्टा गर्न खोज्नेको अवसान हुने चेतावनी दिनुभयो ।
आन्दोलनबाट प्राप्त उपलब्धिका विरूद्ध पछिल्ला दिनमा केही तत्व सक्रिय भएको तर्फइङ्िगत गर्दर्ै उहाँले भन्नुभयो-संविधान निर्माणका साथ मुलुकलाई राजनीतिक निकास दिने विषयमा सबै राजनीतिक पार्टर्ीीच एकता रहेको सन्देश दिनका लागि छिट्टै संयुक्तरूपमा वक्तव्य  जारी गरिनेछ ।'
राज्यको शासकीय संरचनालगायत अल्भिmएका केही विषयमा आफ्नो पार्टर्ीी लचकता पर््रदर्शन गर्ने स्पष्ट गर्दै अध्यक्ष दाहालले राजनीतिक पार्टर्ीीच व्याप्त अविश्वासको खाडल मेर्टाई राष्ट्रिय सहमति कायम गर्न सकिए निर्धारित मितिमा संविधान निर्माण गर्नसकिने बताउनुभयो ।
गिरिजाप्रसाद कोइरालाको निधनपछि मुलुकमा देखिएको रिक्तता पुरा गर्न यथासक्य छिटो राष्ट्रिय सरकार गठन हुनर्ुपर्नेमा उहाँले जोड दिनुभयो ।
सभाध्यक्ष सुवास नेम्बाङले संविधान निर्माणमा महत्वपर्ूण्ा सबै राजनीतिक पार्टर्ीी शर्ीष्ा नेताबाट एकैस्वरमा तोकिएको समयमा संविधान निर्माण हुन्छ भनिनु सङ्क्रमणकाबीच गुज्रिरहेको मुलुकका लागि शुभसङ्केत हो भन्नुभयो ।
राष्ट्रिय एकता, सहमति र समझदारीका आधारमा मात्र संविधान निर्माण हुने धारणा व्यक्त गर्दै उहाँले जनभावनाअनुरूप घोषित मितिमा र्सवस्वीकार्य संविधान निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा -एमाले) का अध्यक्ष झलनाथ खनालले संविधान निर्माण प्रक्रियाको करिब ८० प्रतिशत काम सम्पन्न भएको बताउँदै नकारात्मक कुरामा मात्र नअल्मलिएर व्यावहारिक र वैज्ञानिक ढङ्गबाट संविधाननिर्माणसम्बन्धी कार्यतालिकाका साथ सबै अघि बढे निर्धारित मितिमा संविधान तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
सबै परिवर्तकारी एवम् लोकतान्त्रिक शक्तिका बीच एकता कायम गरी संविधान निर्माण, लडाकु समायोजन तथा व्यवस्थापनसहित मुलुकलाई राजनीतिक निकास दिन सकिने धारणा उहाँले व्यक्त गर्नुभयो ।

 

read more...


गिरिजाबाबुले यो सरकार ढाल्न खोज्नुभएको थियो-डा.भट्टर्राई
March 29, 2010

पोखरा, १५ चैत । एकिकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष डा.बाबुराम भट्टर्राईले कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला चाहना पनि अहिलेको सरकार हटाउने नै भएको बताएका छन् ।  कोइरालाको देहबसानले देशमा 'ठूलो अन्यौल' बढेको भन्दै डा. भट्टर्राईले त्यो अन्यौल समाप्त गर्नका लागि माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नु पर्ने बताए ।

read more...


वर्तमान सरकारले नै शान्ति प्रक्रिया निष्कर्षा पुर्žयाउछ-शिक्षा मन्त्री
March 29, 2010

पोखरा, १५ चैत । शिक्षा मन्त्री र्सर्वेन्द्रनाथ शुक्लले वर्तमान सरकारले नै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुयाउने बताउनु भएको छ ।
 प्ाोखरा विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा शिक्षामन्त्री शुक्लले माओवादीले जन भावना अनुसार कार्य गर्ने नसकेर वर्तमान सरकार निर्माणमा भएको बताउदै माओवादीलाई विश्वासको वातावरणमा राजनीति गर्ने आग्रह गर्नु भयो ।
उहाँले संवैधानिक बाटो अनुसार माओवादीले कार्य नगरेकोले दीनप्रति दिन जनताबाट माओवादी तिरस्कृत भएको धारणा राख्नु भयो ।
पत्रकारको जिज्ञासामा शुक्लले विगतको एस एलसी परीक्षाको तुलनामा अहिलेको परिक्षा व्यवस्थित मर्यादित भएको धारणा राख्नु भयो । उहाँले पर्ूवराजा ज्ञानेन्द्रको अभिव्यक्तिm जनतालाई दिग्भ्रमति पार्ने चालिएको कदममात्र भएको बताउनु भयो ।

read more...


मदिरा सेवनका कारण एकको मृत्यु
March 29, 2010

लमजुङ, १५ चैत । लमजुङको सुन्दरबजार गाउँ विकास समिति वडा नम्बर ५, सुन्दरबजारमा अत्याधिक मदिरा सेवनका कारण एकजनाको ज्यान गएको छ ।
ससुराली आएका तनहुँ चोकचिसापानी गाविस २ का ४९ वषिर्य दिलविक्रम गुरुङको गएराती ज्यान गएको हो ।
शनिबार ससुराली गाउँमा भेटघाटका लागि आएका गुरुङ अत्याधिक मदिरा सेवन गरेर सुतेको र आइतबार विहान ५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

read more...


एसएलसीमा थरी-थरी सहभागिता
March 26, 2010

पोखरा, १२ चैत । विद्यार्थीहरुको 'फलामे गेट' का रुपमा परिचित एसएलसी परीक्षाको पहिलो दिन कास्की जिल्लामा कुनै अप्रिय घटना बिना सम्पन्न भएको छ । यस वर्षपनि कास्कीमा विगतका वर्षरुका जस्तै एसएलसी परीक्षामा थरी थरीका विद्यार्थीहरुको सहभागिताले सञ्चार माध्यमहरुको ध्यान खिचेको छ । यस पटक कास्कीबाट ६ जना दृष्टिविहीन, ११ जना सुस्त श्रबण क्षमता भएका विद्यार्थी -बहिरा), २ जना किरियापुत्री, १ जना कैदी र खुल्ला विद्यालय अन्तरगत ४५ जनाले एसएलसी दिदैछन् ।

read more...


परीक्षा दिँदा दिदैं छोरी
March 26, 2010

खलङ्गा -बैतडी) १२ चैत । यहाँस्थित खेती उच्चमाध्यमिक विद्यालय तल्लादेही परीक्षाकेन्द्रमा प्रवेशिका परीक्षामा सामेल भएकी एक युवतीले छोरी जन्माएकी छन् ।
तल्लादेही गाविस- ९ की २१ वषर्ीया आरती थापाले बिहीबार बिहान स्वस्थ छोरीलाई जन्म दिएको उनका श्रीमान् हिमाल थापाले बताउनुभयो ।
आरतीले परीक्षा कोठामा लेख्दालेख्दै बच्चा जन्माए आधाघन्टा होहल्ला भई परीक्षामा आधाघन्टा अवरोध भएको उक्त केन्द्रका प्रमुखले उल्लेख गर्नुभयो ।
प्रसव वेदनाका कारण सबै प्रश्नको उत्तर लेख्न नसकेको आरतीले बताउनुभयो । रासस

read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 - Next Page »

»

  Headlines - मुख्य समाचार

फूलबारी रिर्र्सोटमा साँगीतिक तयारी

सम्झनै पर्ने आजको दिन

सरकार परिवर्तन मिडियाको हल्ला -खनाल

पर्यटन वर्षभव्य बनाउन दलको प्रतिबद्धता

शिक्षा प्रणालीमा सुधारको खाँचो

सरकार र माओवादीबाट शान्ति सम्झौताको उल्लंघन-सिटौला

गणतन्त्रको संस्थागत विकासका लागि सबै दलको एकता -राष्ट्रपति

पोखराको जनजीवन असिना पानीले प्रभावित

मकै किसानलाई राहत, १६ जना सहिद घोषणा

निर्धारित मितिमा संविधान निर्माण गर्न नेताद्वारा प्रतिबद्धता

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np