Home    •    About Us    •    Send Us News    •    Contacts    |

Search

 

»

  News - समाचार

माछापुछ्रेको साँगीतिक कार्यक्रम
September 5, 2010

पोखरा, १९ भदौ । माछापुच्छूे नृत्य प्रशिक्षण केन्द्र पोखराले नवौ वाषिकोत्सव तथा तिजका अवसरमा शनिबार पोखरामा सांगीतिक गरेको छ ।
हृरि तालिका तीज स्पेशल माछापुच्छूे डान्स एण्ड म्युजिकल शो २०६७ नाम दिएको कार्यक्रममा राष्ट्रिय कलाकारले गीत संगित प्रस्तुत गरेका थिए ।
नवौ वाषिर्कोत्सवको वरिष्ठ संगितकार चेतन कार्कीले उदघाटन गर्नु भएको थियो ।  कार्यक्रममा कसै कसैलाई मुस्किल छ म बिना पोखरामा गायक प्रमोद खरेल,  मिम्मा शर्ेपा, लोकगायिका देवी र्घर्तिमगर , सुभाष र्राईले टयुब फुटाउने डान्स प्रस्तुत गरेका थिए । कार्यक्रमको संञ्चालन मिन क्षेत्रीले गरेका थिए ।

read more...


भड्किलो बन्दैछ तीज
September 3, 2010

मनोज र्घर्तीमगर/समाधान  पोखरा, १७ भदौ । नेपाली नारीहरुले महान पर्व हरितालिक तीज आउन अझै एक साताभन्दा बढी समय बाँकी नै छ । तर, दर्ुइ साता अघिदेखि नै तीजको अवसरमा दर खाने भन्दै विभिन्न समाजको नाममा रकम संकलन गर्नेहरु यतिबेला सक्रिय छन् ।  कति संघसंस्थाहरुले त दैनिक दर खाने कार्यक्रम आयोजना गरिरहेका छन् । को भन्दा को कम देखाउनकै लागि तीजका दिनमा नाँचगान गर्न उनीहरुले ठूला-ठूला रेष्टुरेष्ट र बार बुकिङ्ग समेत गर्न थालिसकेका छन् । तीजमा सबैसँग भेटघाट गर्ने र रमाईलो गरि मिठो नमिठो खाने दिन अव पूराना भईसके । बढीमा तीन दिनसम्म मनाईने गरिएको तीज पछिल्ला वर्षरुमा एक महिनाभन्दा बढी मनाईन थालिएको छ त्यो पनि अत्यधिक तडकभडकका साथमा ।

read more...


पिएन क्याम्पसको स्वर्ण्र्ाायन्त्रीमा विवाद
September 3, 2010

पोखरा, १७ भदौ । पृथ्वीनारायण क्याम्पस पोखराको स्वर्ण्र्ाायन्तिका अवसरमा आयोजित पदक वितरण तथा   सम्मान कार्यक्रम एमाले निकट अखिलले  एकलौटी गरेपछि विवादमा तानिएको  छ । अखिल क्रान्त्रिकारी पृथ्वीनारायण क्याम्पर्सर् इकाई समितिले एमाले निकट अखिलले एकलौटी मनोमानी ठंगले कार्य गरेको भन्दै स्वर्ण्र्ाान्तिका कार्यक्रम बहिष्कार गरेको थियो । नेविसंघले राष्टपति आउने भन्दै स्वर्ण्र्ाान्तिका कार्यक्रमलाई सहभागि जनाउने निर्ण्र्ाागरेको थियो । तथापि अन्तिम समयसम्म मिलाउने भन्दै नेविसंघले साथ दिएको थियो ।
पदक वितरण समारोहमा एमालेले एकपक्षियरुपमा आफना नजिकका मानिसहरुलाई मात्र पदक तथा सम्मान वितरण गरेको प्रजातन्त्रवादी प्राध्यापक संघले आरोप लगाएको छ ।
प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष गोविन्द शर्माले  एकपक्षियरुपमा एमालेले नातावाद कृपावादबाट पुरस्कार र सम्मान वितरण गरेको बताउनु भयो । उहाँले छनोट समितिमा समेत एकलौटीरुपमा शिक्षकहरु  नियुक्tm गरि कुनै पक्षलाई पनि नसमेटेको बताउनु भयो । पुरस्कार छनोट समितिमा प्राध्यापकहरु केपी अर्याल, रघुनाथ अधिकारी र केपी गौतम रहेका छन जुन प्राध्यापकहरु एमालेसंग आबद हुन । उनीहरुकै  छनोट प्रक्रियाका आधारमा क्याम्पसले सम्मान गरेको हो ।
 क्याम्पसले पृथ्वीनारायण क्याम्पसमा पठेर देश र जनताको सेवा गर्ने र उच्च ओहादामा पुग्ने व्यक्तिmहरुलाई , क्याम्पसका संस्थापक सदस्यहरु , भूपूप्रमुखहरुलाई ,  २५ वर्षसेवा पुर्‍याउने कर्मचारीहरुलाईसहित विशेष योगदान दिने व्यक्तिmहरुलाई सम्म्ाान गरेको थियो ।
जसमा ६७ जना रहेका थिए । क्याम्पसमा पठेर राजनीतिक उच्च ओहादामा पुग्नेहरुमा माओवादीबाट देवप्रसाद गुरुङ, कृष्णबहादुर महरा, छन , एमालेबाट रविन्द्र अधिकारी, सोमनाथ प्यासी, राजिव पहारी रहेका छन । काँग्रेसबाट पर्ूव सभामुख तारानाथ रानाभाटमात्रै  रहेका छन । नेपाली काँग्रेस कास्कीले समेत सम्मानको विरोध गरेको छ । के के आधारमा  एमालेका साथीहरुलाई सम्मान गरियो के आधारमा काँग्रेसबाट रानाभाट मात्रै पर्नु भयो  । काँग्रेस नेताले भनेका छन ।
 क्याम्पसमै पठेर काँग्रेसको राजनीतिमा उच्च तहमा पुग्ने धेरै भएको बताउदै यो प्रक्रिया पारदर्शी र एकलौटी भएको एक नेताले बताए ।  एकीकृत नेकपा माओवादीको भातृसंगठन अखिल पृथ्वीनारायण क्याम्पस इकाई समितिले क्रान्त्रिकारीले स्वर्ण्र्ाायन्तिका कार्यक्रम  प्रारम्भ देखि नेै एकपक्षिय ठंगले  गरेको भन्दै वहिष्कार गरिेसकेको थियो ।
 राष्ट्रपति आउने कार्यक्रम भएर काँग्रेसले बहिष्कार नगरेको नेपाल विद्यार्थी संघका नेता  कार्यवाहक अध्यक्ष गोपाल गुरुङले  बताउनु भयो । तर साथदिदा एमाले अखिलले घात गर्‍यो गुरुङले भने ।
 नेपाल विद्यार्थी संघले मञ्चबाटै कार्यक्रमको विरोध गरेको छ । स्ाम्मानित व्यक्तिmहरुको नाम अघिल्लो दिनै र्सार्वजनिक गर्ने पर्नेमा विवाद उत्पन्न हुन्छ भनेर अन्तिम समयमा र्सार्वजनिक गरेको आरोप प्रजातन्त्रवादी प्राध्यापक संघले लगाएको छ ।

read more...


तारानाथ रानाभाटद्वारा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा
September 3, 2010

पोखरा, १७ भदौ । नेपाली काँग्रेसको १२ औं महाधिवेशन नजिकीदै गर्दा नेपाली काँग्रेसका पर्ूव महामन्त्री तथा सभामूख तारानाथ रानाभाटले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।  पोखरामा बिहीवार  नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्म्ोलनमा बोर्ल्र्दै नेता रानाभाटले  आफूले पनि कांग्रेसको अधिवेशनमा केन्द्रिय सदस्यमा चुनाव लड्ने बताउनुभयो ।
लोकतन्त्रलाई संस्थागत र काँग्रेसलाई पर्ुन जीवन दिनका लागि आफूले काँग्रेसको महाधिवेशनमा खुल्लातर्फो केन्द्रिय सदस्य पदमा निर्वाचन लडने घोषणा  गर्नु भएको हो । उहाँले सबै तह र तप्काका नेता कार्यकर्तालाई समेटेर लैजाने क्षमता आफूसंग भएकै कारण कृष्णप्रसाद भटटर्राई,गिरिजाप्रस्ााद कोइरालाका पालामा महामन्त्री बनेको बताउनुभयो ।
त्यस अवसरमा नेता रानाभाटले ऐतिहासिक परिवर्तनलाई सबै राजनैतिक दलले आत्मसाथ गर्नु पर्ने खाँचो रहेको भन्दै देशलाई अनिर्ण्र्ााो बन्दी बनाउदाँ जनतामा निराशा पलाएको दावी गर्नुभयो । र्
धर्म, जात, भाषा, जातिका नाममा अघिनायकवादीहरुले आकार लिएकोले अहिले देश सक्रमणकालबाट गुजे्रको उहाँको भनाई थियो ।

read more...


अध्यक्षमा अझै मिलेन, भूपू अध्यक्षहरुलाई अन्तिम प्रयास गर्दै
September 2, 2010

रामकृष्ण ज्ञवाली/समाधान  पोखरा, १६ भदौ । पोखरा उद्योग बाणिज्य संघको २८ औं अधिवेशन आगामी असौजको १५ र १६ गते हुने भएको छ । कार्य समितिको बुधबार बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । १५ गते उद्घाटन र १६ गते नयाँ कार्य समितिका लागि निर्बाचन हुनेछ । कार्य समितिको बैठकमा अध्यक्ष पदका उम्मेद्वारको बारेमा पनि छलफल गर्ने पर्ूव निर्धारित कार्यक्रम भने स्थगित गरियो । कार्यसमितिका द्धितीय उपाध्यक्ष माइकल कर्माचार्य र महासचिव कृष्णमोहन श्रेष्ठ अध्यक्षका प्रत्यासी बनेपछि कार्य समिति सदस्य अप्ठेरोमा परेका छन् ।

read more...


इश्वरको घरमा रुवाबासी
September 2, 2010

 मनोज र्घर्तीमगर/समाधान
भर्ुर्जुङखोला -कास्की), १६ भदौ ।
अरुकोभन्दा उच्च शैलीमा जीवन बिताउने मिठो सपना बोकेर बेलायती सेनामा भर्ती भएकार् इश्वर गुरुङको घरमा यतिबेला रुवाबासी चलेको छ । उनको घरमा मात्र हैनर् इश्वरको सम्झानामा पूरै भर्ुर्जुङगाउँवासी नै शोकमा डुवेका छन् । बालकदेखि पाका उमेरका व्यक्तिहर्रुर् इश्वरका नाम पुकार्दै उनीहरु प्रत्येकका आँखाबाट यतिबेला बलिन्द्रधारा आँशु झरिरहेका छन् ।
तीन वर्षअघि बेलायती सेनामा भर्ती भएकार् इश्वरलाई बुधबार मृत अवस्थामा घर पुर्‍याईएपछि कास्कीको भर्ुर्जुङखोला निवासर्ीर् इश्वरका आमा सुनकुमारी, दाजु राम तथा र्सर्ुय र बहिनी यतिबेला पूरै आँशुमा डुबेका छन् । साउनको अन्तिम साता बेलायती सेनाको तर्फाट युद्धग्रस्त क्षेत्र अफगानिस्तानमा खटिएकार् इश्वरको तालिवानसँगको गोली हानहानमा मृत्यु भएको थियो । आर्मि नं. ३००४७६३२ कार् इश्वरको छातिमा गोली लागेको छ । क्विन्स गोर्खार् इन्जिनियरिङ पल्टनमा कार्यरत उनी पल्टमा छँदा पनि निकै अब्बल मानिन्थे ।
धन कमाउने अनि सम्पन्नशाली जीवन जिउने योजनाका साथ प्रदेशिएकार् इश्वर दशैंको मुखैमा काठको बाकसभित्र घर पुगेपछि उनको घरपरिवारलाई यतिबेला ठूलो ब्रजपात परेको छ । २१ वषिर्या अविवाहीतर् इश्वर गएको वर्षछुट्टमिा आएर परिवारजन र साथीभाईसँगै निकै रमाईलो गरेका थिए । तर उनी अब कहिल्यै आउन नसक्ने भएका छन् । आएका छन् त केवल काठको बाकसभित्र पोको परेर । 'सँधै हँसीलो र निकै मिलनसार्रर् इश्वर पोहोर साल छुट्टीमा आएको थियो,अहिले पनि दशैमा आउँछु है भनेको थियो,तर आज यस्तो भोर्'इश्वरसँगै नर्सरीदेखि कक्षा ११ सम्म पढेका एक दौतरीले भने'सानैदेखि हामीसँगै खेल्यौ,एउटै थालमा भात खान्थ्यौं भर्ती हुँदा म पनि निकै खुसी भएको थिए,मलाई त सपना जस्तै भएको छ ।'
यो पटक पनि दशैंमा घर आउने लगभग पक्कापक्की गरेर उनले आफ्ना दाजुलाई पूरानो घर भए पनि मर्मत गर्न अह्रराएका थिए । तर उनले न त मर्मत गरेको घर नै देख्न पाए । न जिउँदो रुपमा छुट्ट िमनाउन नेपाल आए ।
साउनको अन्तिम साता उनको मृत्यु भए पनि अनेक प्रक्रिया पुर्‍याएर्रर् इश्वरको शवलाई बुधबार उनकै घरमा पुर्‍याईएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फ उनको शव कास्कीको भर्ुर्जुङखोला पुर्‍याईएको थियो ।
लाहुरे छोरो पैसा कमाएर र्फकने आसमा बाटो हेरी बसिरहेको बेला  दुश्मनको गोली लागेर त्यही छोरा मृत अवस्थामा घर आएपछिर् इश्वरकी आमा मर्ुर्छिन छिन् । खबर पाएदेखि नै उनले न त राम्रोसँग केही खाएकी छिन् न बोल्न सक्ने अवस्थामा छिन् ।
' भाईले दशैंमा छुट्ट िआउँछु भनेको थियो तर,यस्तो भयो'भक्कानीदर्ैर् इश्वरका दाजु २५ वषिर्य राम गुरुङले भने'सोच्दै नसोचेको विपत्ति आईलाग्यो, यस्तो होला भन्ने हामीलाई के थाहा...' र्
इश्वरका ठूला बुवा मानबहादुर गुरुङले मृतकर् इश्वरकै सहयोगले आफू बेलायतमा गएको बताउँदै उनको निधनले ठूलो शोक परेको बताउनुभयो । 'म बेलायत गए पनि अन्तै बस्ने सोचमा थिएर्ँर्,इश्वरकै सहयोगले म उ भएकै ठाउँमा बसे'उनले भने'तर,आज यस्तो भयो म पनि लर्डाईमा परेकोले अफगानीस्तानमा जाँदा होस गर्नु मैले गोली खाँए, तिमी नखानु है भनेको झन् यो बिपत्ति आईलाग्यो ।र्'र्
इश्वरको शव ल्याउने खबर पाएपछि बुधबार बिहानैदेखि उनका आफन्त र छरछिमेकी घरवरी परि झुम्मीएका थिए र्।र् इश्वरका परिवारलाई सान्त्वना दिन पुगेका छरछिमेकी  र आफन्तहरु पनि उनीहरुको विलाप देखेर बलिन्द्रधारा आँशु खसाली रहेका छन् र्।र् इश्वरको शवलाई बिहीबार गुरुङ परम्परा अनुसार भुजुङखोलामै अन्तिम दाहसँस्कार गरिने कार्यक्रम रहेको छ ।

read more...


'न राजसस्था, न त राष्ट्रपति शासन'
September 2, 2010

पोखरा, १६ भदौ । उपराष्ट्रपति परमानन्द झाले २० गते पनि प्रधानमन्त्री चयन गर्न नसकेमा राजनैतिक दलहरुले गम्भीर भएर बिचार गर्ने विश्वास व्यक्त गरेका छन् । पटक पटक असफल भैरहने प्रकृयालाई निरन्तरता दिन राजनैतिक दलहरुलाई गाह्रो पर्ने उपराष्ट्रपतिले बताए । उपराष्ट्रपति झा श्रीकृष्ण जन्माष्टमीको अबसरमा पोखरामा आयोजित विभिन्न धार्मिक कार्यक्रममा सहभागी बन्न बुधबार पोखरा आएका थिए । सोही क्रममा पोखरा विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
"७ गते पछि देखिने गरी दलहरुबीच कुराकानी नभएपनि भित्र भित्रै कुराकानी भैरहेकेा होला, आशा गरौं २० सम्म मुलुकले प्रधानमन्त्री पाउछ ।" उपराष्ट्रपति झाले भने-"२० पछि पनि उही प्रकृयालाई निरन्तरता दिन दलहरुलाई पनि गाह्रो पर्ला ।"
उपराष्ट्रपति झाले देशमा राष्ट्रपति शासन लाग्ने सम्भावना हुँदै नभएको बताए । उनले राजा सस्था ब्युतने कुरा जस्तै राष्ट्रपति शासन लाग्ने कुरामा आफुलाई विश्वास नभएको उल्लेख गरेका थिए । "हिजो आज सुनिन्छ नी, राजा आउ देश बचाउ भन्ने नाराहरु ।" झाले भने-"राजसस्था बिउतिने र राष्ट्रपति शासन लाग्ने भन्ने हल्ला मलाई एउटै जस्तो लाग्छ ।
पछिल्लो समयमा राष्ट्रपतिको सकृयता बढेकेा छ नी भन्ने प्रश्नमा उपराष्ट्रपति झा अलि बढी आक्रोशित भए । झाले राष्ट्रपतिले दलहरुसंग छलफल गर्दैमा सकृय बन्यो भन्न नपाईने दावी गरे ।
"राष्ट्रपतिले के सकृय बन्नु भएको छ र - दलका नेताहरुलाई बोलाएर छलफल गर्दा पनि सकृय बन्यो भन्ने -" उपराष्ट्रपति झाले भने-"देशको अभिभावकले अभिभावकीय भूमिका त खेल्नै पर्यो नी ।'
पोखराको विन्दबासिनी मन्दिरमा आयोजित श्रीकृष्णजन्माष्टमी कार्यक्रम र राम मन्दिरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी बन्न पोखरा आएका उपराष्ट्रपति झा बुधबार पोखरा मै बस्ने कार्यक्रम छ ।

read more...


कृष्ण जन्माष्टमीमा १२ जना सम्मानित
September 2, 2010

पोखरा, १६ भदौ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा बुधबार देशभरका कृष्ण मन्दिरमा भक्तजनहरुको घुइचो लागेको छ । कतिपय ठाउमाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । यसै क्रममा पोखरामा सनातन धर्म सेवा समिति कास्कीले कृष्ण झुला सहितको र्याली आयोजना गर्यो । समितिले हरेक बर्षपोखरामा कृष्ण झुला निकाल्ने गर्दछ । र्याली पछि आयोजित सम्मान तथा प्रवचन समारोहमा उपराष्ट्रपति परमानन्द झाको मुख्य  उपस्थिति थियो । पोखराको विन्दबासिनी मन्दिर प्राङ्गगणमा आयोजना गरिएको सो कार्यक्रममा उपराष्ट्रपति झाले विभिन्न क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तीहरुलाई सम्मान गरे ।
नेपाल कै ठूलो शिव मर्ुर्ती बनाउने कमल जैन, पोखराको आर्थिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका शुशिल गोशली, युवा उद्यमी शिव श्रेष्ठ , रमाकान्त बराल, धर्म अधिकारी, रसकुमारी गुरुङ, दयाशंकर पालिखे लगायत १२ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मान समारोह अघि पोखराको नारायणथानबाट निस्केको र्यालीमा हजारौं भक्तजनको सहभागिता थियो । त्यस्तै कृष्णा जन्माष्टमी कै अवसरमा पोखराको पार्दी स्थित राम मन्दिर परिसरमा निर्माण गरिएको कृष्ण मन्दिर पनि बुधबार नै उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरे ।
पोखराको विन्ध्यवासिनीमा आयोजित पुरस्कार वितरण तथा सम्मान समारोह सनातन धर्म सेवा समितिका अध्यक्ष रविन्द्र माकाजूको अध्यक्षतामा भएको थियो ।

read more...


आज राष्ट्रपति पोखरामा, पिएन क्याम्पसमा पर्ुनमिलन कार्यक्रम
September 2, 2010

पोखरा, १६ भदौ । पृथ्वीनारायण क्याम्पसको स्वर्ण्र्ाायन्तीको अवसरमा बुधबार क्याम्पस परिसरमा भूतपर्ूव विद्यार्थी, शिक्षक र कर्मचारीहरुबीच पुनर्मिलन कार्यक्रम आयोजना गरिएको छ ।
समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा. डा. माधव शर्माले विज्ञान संकायको जर्नल विमोचन गर्नुभयो ।   क्याम्पस प्रमुख गेहेन्देश्वर कोइराला, स्ववियू सभापति रश्मी आचार्य, सचिव दीलिप न्यौपाने, बन मन्त्रालयका सचिव युवराज भुषाल, प्राध्यापक संघका अध्यक्ष रत्नजंग कार्की, कर्मचरी संघका अध्यक्ष रामबिक्रमण राणा, सर्वोच्च अदालतका रजिष्ट्रार रामकृष्ण तिमिल्सिना, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरु लगायतले बोल्नु भएको थियो ।
एक बर्षेखि क्याम्पसको स्वर्ण्र्ाायन्ती विभिन्न कार्यक्रम गरी मनाइदै आएकोमा हिजोदेखि भदौ १७ गतेसम्म -तीन्ा दिन) समापनको विशेष कार्यक्रम आयोजना गरीएको स्वर्ण्र्ाायन्ती मूल समारोह संयोजक तथा क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोईरालाले बताउनु भयो ।
यसैबिच पोखराको पृथ्वीनारायण क्याम्पसको स्वर्ण्र्ााहोत्सवको समापनको अवसरमा क्याम्पसको विकासमा विशेष योगदान पुर्‍याउने संस्था तथा व्यक्ति गरी १७ जनालाई विशिष्ट सम्मान सहित ४२ जनालाई सम्मान गरिने भएको छ । सोही अवसरमा २४ जनालाई पुरष्कार पनि वितरण गरिने प्रचार प्रसार उपसमितिका संयोजक डाक्टर कृष्ण केसीले बताउनु भयो ।
यसैबीच स्वर्ण्र्ााहोत्सवको समापन कार्यक्रम राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

read more...


पलायन हुँदै पोखरेली पत्रकार
September 1, 2010

टंकप्रसाद गैह्रै/समाधान
पोखरा, १५ भदौ । आदर्शसमाज राष्ट्रिय दैनिकका सह सम्पादक अहिले स्विजरल्यान्डमा रोजगारीका शिससिलामा पुगेका छन् । भर्खरै पलायन पत्रकारको सूचीमा पोखरा एफ एममा कार्यरत तथा पत्रकार महासंघ कास्की शाखाका कार्य समिति सदस्य रमन गिरीको नाम पनि थपिएको छ । उनी नर्वे पुगेका छन् । गगन साप्ताहिकका सस्थापक सम्पादक मिलन ज्ञवालीले नेपाल मात्र छोडेका छैनन्, बेलायती नागरिकता समेत लिइसकेका छन् । ज्ञवाली समाधान दैनिकका सस्थापक प्रवन्ध निर्देशक समेत हुन । परिवार सहित विदेशिए पनि  ज्ञवालीले पत्रकारिता छाडेका छैनन् । उनले बेलायतबाटै पत्रिका प्रकाशन गरिरहेका छन् ।

read more...


होटल संघद्वारा ५१ हजार प्रदान
September 1, 2010

लसमाधान सम्वाददाता
पोखरा, १५ भदौ ।
पश्चिमाञ्चल होटल संघ पोखराले कास्की जिल्ला खेलकूद विकास समितिलाई मंगलवार ५१ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।
गएको साउन २९ गते संघ र हाँस्य कलाकार विच पोखरा रंगशालामा भएको मैत्रीपर्ूण्ा फूटवल खेलबाट बचत भएको रकम मध्येबाट सो रंगशालाको विकासका लागि यो सहयोग प्रदान गरिएको संघका अध्यक्ष विप्लव पौडेलले जानकारी दिनुभयो । संघले गरेको प्रतिवद्धता अनुरुप नै यो सहयोग प्रदान गरिएको संघका महासचिव विकल तुलाचनले जानकारी दिनुभयो ।
संघका अध्यक्ष पौडेलले पोखरा रंगशालामा आयोजित समारोहमा समितिका अध्यक्ष खेमचन्द्र गुरुङलाई चेक प्रदान गर्नुभएको थियो ।  नेपाल टेलिभिजनबाट प्रशारित लोकप्रिय हाँस्य टेली श्रृंखला मेरी बास्सै र जिरे खर्ुसानी को समूहसँग पश्चिमाञ्चल होटल संघ पोखराले स्वस्थ जीवनको लागि खेल भन्ने नाराका साथ फूटवल खेल खेलेको थियो ।
आन्तरिक तथा वाह्य पर्यटन पर््रवर्द्धन गर्ने, खेल पर्यटनको विकास गर्ने, राष्ट्रिय कलाकारहरुलाई पर्यटन पर््रवर्द्धनमा अभ्रि्रेरित गर्ने उद्देश्यसहित खेल आयोजना गरिएको थियो । जाउँ है पोखरा कार्यक्रमलाई पुनर्जीविन प्रदान गर्ने तथा आगामी नेपाल पर्यटन वर्ष२०११ लाई उर्जा प्रदान गर्नु पनि खेलको मुख्य उद्धेश्य रहेको खेलका संयोजक एवं संघका प्रथम उपाध्यक्ष हरि शर्मा गैह्रेले जानकारी दिनुभयो ।
नेपाल पर्यटन वोर्डले कार्यक्रमको पर््रवर्द्धन गरेको थियो । सहयोगी संस्थाको रुपमा पोखरा उपमहानगरपालिका, जिल्ला विकास समिति, अखिल नेपाल फुटवल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र कास्की जिल्ला खेलकूद विकास समिति रहेका थिए ।
यस प्रकारका मैत्रीपर्ूण्ा खेल  कायक्रमले पोखरामा संास्कृती र प्राकृतिक पर्यटनको अलवा खेल पर्यटन पर््रवर्द्धनका लागि समेत सकारात्मक सन्देश जानुका साथै यस कार्यक्रमले पोखराको पर्यटन पर््रवर्द्धन कार्यमा थप आयाम थप्ने विश्वास महासचिव तुलाचनले व्यक्त गर्नुभयो । खेल पर्यटनको माध्यमद्धारा पोखरालाई पर्यटन गन्तब्यको रुपमा विकास गर्न यस्ता कार्यक्रमहरु कोसेढंगा सावित हुने विश्वसका साथ होटल संघ आगामी दिनहरुमा फूटवल खेलको अतिरिक्त क्रिकेट, गल्फ र ट्रायाथोलन लगायत अन्य खेलहरुलाई पनि संगै पर््रवर्द्धन गरी अगाडी बढ्ने संघले जनाएको छ ।

read more...


सिङ्गै टोल दर्ुगन्धित, नगरपालिकामा उजुरी
September 1, 2010

लसमाधान सम्वाददाता
पोखरा, १५ भदौ ।
रााँगा भैसी मासु व्यवसायीको लापरवाहीका कारण पोखराको वडा नम्बर १ र ३ को सिमानामा पर्ने साइ टोल दर्ुगन्धित भएको छ । मासु काट्दा निस्कने फोहार व्यवस्थित नगर्दा र काटेको मासु खुल्ला ठाउमा सुकाउदा सिंगै टोल दुगन्धित बनेको हो ।
फोहोर व्यवस्थित गर्न र खुल्ला ठाउमा मासु नसुकाउन आग्रह गर्दा मासु व्यापारीहरुले अटेर गरे भन्दै स्थानीय बासिन्दाले पोखरा उपहानगर पालिकामा उजुरी दिएका छन् ।
"पुरै टोल दुगन्धले बस्नै नसक्ने भएको छ, पटक पटक आग्रह गर्दा पनि उनीहरुले अटेर गरे ।" पोउमनपामा उजुरी दर्ता गर्न आएका स्थानीय बासिन्दा एवं कानुन व्यवसायी हर्रि्रसाद अधिकारीले भने-"बाध्य भएर यहाँ आउनु परेको हो ।"
मासु काट्दा निस्कने रगत, आन्द्रा भुडी, लादी लगायतको फोहोर सडक नजिकै खुल्ला ठाउमा थुपार्ने गरिएको गुनासो पनि स्थानीय बासिन्दाको छ । "कहिले कागले टिपेर पानी टंकी भित्र खसालिदिन्छ, कहिले घरमो छतमा ल्याई दिन्छ ।" अधिकारीले भने । यो फोहोर कारण सडक समेत दुगन्धित भएको छ ।
पछिल्लो समयमा घरको छतमा काटेको मासु सुकाउने नयाँ समस्या थपिए पछि स्थानीय बासिन्दा एक जुट भएर नगर पालिका आएका हुन । "मासु गन्हाएको हुन्छ, त्यो खुल्ला ठाउमा, घरको छतमा सुकाउछन ।" स्थानीय बासिन्दाले भने-"हावा चल्दा टोल भरी दुगन्ध फैलिन्छ ।  घरमा कसरी बस्ने खाना खाने वातावरण पनि छैन ।" दुगन्धले स्थानीय तारापुञ्ज एजुकेशन एकेडेमी पनि प्रभावित भएको छ ।
८४ जना स्थानीयले हस्ताक्षर गरेर पोखरा उपमहानगर पालिकालाई दिइएको निवेदनमा तत्काल दर्ुगन्ध हटाएर आफ्नो घरमा बस्न पाउने वातावरण निर्माण गरिदिन आग्रह गरिएको छ । साथै उनीहरुले नगरपालिकासंग व्यवस्थित बधशाला निर्माण गर्न पनि माग गरेका छन् ।

read more...


एक वर्षा १२ लाख जना व्यक्तिलाई खाना
August 31, 2010

टंकप्रसाद गैह्रै/समाधान

पोखरा, १४ भदौ पोखरामा सञ्चालित क्याटरिङ व्यवसायीहरुले एक वर्षा १२ लाख जना व्यक्तिmलाई खाना खुवाएका छन व्यवसायीहरुले १२ लाख जना व्यtmिहहरुलाई खाना खुवाइएको  पश्चिमाञ्चल क्याटरिङ व्यवसायीे संघले जनाएको पश्चिमाञ्चलमा संञ्चालित क्याटरिङ व्यवसायीहरुले संस्था पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघमा प्रत्येक व्यक्तिmले एक छाक खाना खुवाइए वापत एक रुपैयाँको दरले रकम भुक्tmानी गर्नु पर्ने चलन

read more...


कास्की जिल्लामा २३ जना अझै वेपत्ता
August 31, 2010

पोखरा, १४ भदौ

द्वन्द्वकालमा राज्यपक्षबाट वेपत्ता पारिएको २३ जनाको अवस्था अझै अज्ञात रहेको   कास्कीको विभिन्न ठाँउबाट बेपत्ता पारिएको २३ जना अझै तथ्य फेला पार्न सकिएको छैन् २७ औं जर्वजस्ती बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा न्यायका लागि द्वन्द्व पीडित समाज कास्कीको आयोजनामा सोमबार पत्रकार सम्मेलन गरी वेपत्ताको खोजविन गर्न सरकारसित माग गरेका छन् वेपत्तालाई खोज्न सम्बन्धीत निकायले पहल नगरेको गुनासो उनीहरुले गरेका छन्

वेपत्ता परिवार समाज कास्कीले न्यायका लागि द्वन्द्व पीडित समाजले पत्रकार सम्मेलन मार्फ सरकारसित १३ बुदें माग राखेका छन् वेपत्ता नागरिकको सत्यतथ्य स्थिति र्सार्वजनिक गर्नुपर्ने, वेपत्ता गराउने कार्य विरुद्धको कानून तत्काल निर्माण गरी लागू गरिनुपर्ने, वेपत्ता आयोग गठन गरिनुपर्ने, सत्य तथा निरुपण आयोग गठन गरिनुपर्ने, राहत क्षतिपर्ूर्ति व्यवस्था गर्नुपर्ने, वेपत्ता परिवारको परिचयपत्र जारी गरिनुपर्ने, पीडकलाई कार्वाही गरिनुपर्ने, पीडितलाई न्याय प्रदान गर्नुपर्ने, बेपत्ता परिवारको स्वास्थ्य उपचार तथा बालबालिकाको शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखेका छन्

पत्रकार सम्मेलनमा वेपत्ता परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बरालले सरकारले तत्कालै वेपत्ता नागरिकको सत्यतथ्य स्थिति र्सार्वजनिक गर्न माग गर्नुभयो वेपत्ता नगरिकको स्थित पत्ता लगाउन सरकार गैरजिम्मेवार राजनैतिक जवाफदेहिता बन्न नसकेको आरोप लगाउनुभयो

न्यायका लागि द्वन्द्व पीडित समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सर्वोच्च अदालतले जारी गरेको २०६४ जेठ १४ गतेको फैसला तत्काल कार्यान्वयन गर्राई वेपत्ता खोजविन गर्ने अधिकार सम्पन्न आयोग निर्माण गर्न माग गर्नुभएको सोही अवसरमा एमनेष्टी इन्टरनेशनल नेपाल समूह ८२ ले द्वन्द्वकालमा वेपत्ता पारिएकाको अवस्था र्सार्वजनिक गर्न दोषीलाई कानूनी कार्वाही प्रक्रिया थालनी गर्न दवाव दिने उद्देश्यले हस्ताक्षर संकलन शुरु गरेको सोमबारबाट शुरुभएको हस्ताक्षर संकलन देशैभरी गरि सरकारलाई बुझाइने एमनेष्टी इन्टरनेशनल नेपाल समूह ८२ संयोजक पुण्यप्रसाद पौडेलले बताउनुभयो

read more...


तालिमका क्रममा सैनिक हवल्दारको मृत्यु
August 31, 2010

पोखरा, १४ भदौ

नेपाली सेनाको पश्चिम पृतना तालिम शिक्षालयमा सञ्चालित तालिममा सहभागी हवल्दार एकबहादुर गुरुङको तालिमकै क्रममा मृत्यु भएको

प्रवेश परीक्षा अर्न्तगत किलोमिटर दौडका अचानक लडेपछि बेहोस गुरुङलाई तत्काल पृतनाअर्न्तगतको मेडिकल गणमा प्राथमीक उपचार गरिएको थियो

प्राथमिक उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा सोमबार बिहान करिब पौने नौ बजेतिर मृत्यु भएको सैनिक जनसर्म्पर्क निर्देशनालयले जनाएको गुरुङको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकका आफन्तलाई बुझाउने सेनाले जनाएको

read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 - Next Page »

»

  Headlines - मुख्य समाचार

माछापुछ्रेको साँगीतिक कार्यक्रम

भड्किलो बन्दैछ तीज

पिएन क्याम्पसको स्वर्ण्र्ाायन्त्रीमा विवाद

तारानाथ रानाभाटद्वारा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

अध्यक्षमा अझै मिलेन, भूपू अध्यक्षहरुलाई अन्तिम प्रयास गर्दै

इश्वरको घरमा रुवाबासी

'न राजसस्था, न त राष्ट्रपति शासन'

कृष्ण जन्माष्टमीमा १२ जना सम्मानित

आज राष्ट्रपति पोखरामा, पिएन क्याम्पसमा पर्ुनमिलन कार्यक्रम

पलायन हुँदै पोखरेली पत्रकार

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np