|
फेवा नव वर्षमहोत्सवको तयारी अन्तिम चरणमा
April 9, 2010
पोखरा, २६ चैत । नयाँ वर्ष२०६७ को अवसरमा पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको सातौं फेवा नव वर्षमहोत्सव २०६६/०६७ को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चलको पर्यटकीय सम्पदाहरुको व्यापक प्रचारप्रसार र नेपाली नयाँ वर्षाई पर्यटकीय गन्तव्यको रुपमा मनाउन चैत २९ गतेदेखि बैशाख २ गतेसम्म महोत्सव गरिन लागेको हो । लेकसाइडको हल्लनचोकस्थित क्याम्पिङ चोकमा हुने महोत्सवमा व्यापारिक हस्तकला कृषि सम्बन्धी ३ ३ सय ५२ राष्ट्रिय तथा अन्तर्रर्ााट्रय स्तरका खानाका परिकारसहितका १० रेष्टुरासहित ४५ वटा स्टल रहने बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो । महोत्सवमा प्राकृतिक तथा पर्यटकीय स्टलका प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन लोकदोहोरी गीतप्रतियोगिता गरिने पश्चिमाञ्चल होटल संघका अध्यक्ष गोविन्द्रराज पहारीले जानकारी दिनुभयो । प्रतियोगितामा कास्की, तनहँु, कपिलवस्तु, नवलपरासी गरी १४ जिल्लाका होटल संघले भाग लिने छन् । प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र सान्त्वना स्थान पाउने टीमलाई क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार वितरण गरिने भएको छ । महोत्सवमा लोकदोहोरी गायक गायिकाहरु कोमल ओली, विमाकुमारी दुरा, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, मञ्जु महत, चन्द शर्मा, कृष्ण देवकोटा, पार्वती जिसी, चोकेन्द्र पौडेल, तारापति सुवेदी, जीवन दाहाल लगायतको प्रस्तुति रहने महोत्सव संयोजक हर्रि्रसाद गैहैले बताउनुभयो । हस्य व्यंगतर्फ भोक लाग्यो, सभासद मोइमान र सुब्बा दाजुको प्रस्तुती रहनेछ । संयोजक गैहेका अनुसार महोत्सवमा पप संगीततर्फ रविन एण्ड न्यू रिभोलुसन् द एक्स, द स्पाडोज, सिरिस खड्काका साथै स्थानीय व्याण्डको प्रस्तुति रहनेछ । त्यस्तै खेलतर्फ खेलतर्फ मैत्रीपर्ूण्ा भलिबल प्रतियोगिता, कर्पोरेट, डुंगा दोड र साँढे चार किमीको पर्यटन दौड गरिने संयोजक गैहेले जानकारी दिनुभयो । महोत्सवमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यम पनि राखिएको छ । कार्यक्रममा पश्चिमाञ्चल होटल संघका महासचिव विष्णु अधिकारी प्रयोजक हिमचुली विकास बैंकका नायव महाप्रवन्धक महेश्वर पहारीले बोल्नुभएको थियो । महोत्सव ३ लाख दर्शकले अवलोकन गर्ने कार्यक्रमका संयोजक हर्रि्रसाद गैहेले बताउनुभो ।
•
read more...
क्यान इन्फोटेक मेला सुरु
April 9, 2010
पोखरा, २६ चैत । कम्प्युटर एशोसिएशन अफ नेपाल गण्डकीको आयोजनामा क्यान इन्फोटेक मेला २०१० पोखरा पर््रदर्शनी केन्द्रमा बिहीबारदेखि सुरु भएको छ । मेलाको उद्घाटन सूचना प्रविधि आयोगका उपाध्यक्ष मनोहर भट्टर्राईले गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै उहाँले सूचना प्रविधिको मेलाले आय नेपालीको सूचना र प्रविधिको क्षेत्रमा महत्वपर्ूण्ा विकास गर्ने बताउनुभयो । उहाँले मेला सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । क्यान गण्डकीका अध्यक्ष जगन गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव नरेन्द्र रानाभाट, प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला, क्यानका महासचिव चण्डीप्रसाद अर्याल, उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष मानकाजी माकाजू लगायतले बोल्नुभएको थियो । कार्यक्रममा गुणानीधि पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो । चार दिनसम्म सञ्चालन हुने सो मेलामा ८० वटा स्टलहरु राखिएको छ । मेलामा कम्प्युटर र यस सम्बन्धी अन्य सामग्रीहरुको पर््रदर्शन गरिएको जानकारी समितिका उपाध्यक्ष गुणानीधि पाण्डेले जानकारी दिनुभयो । मेलाको पहिलो दिन हजारौं जनाले मेला अवलोकन गरेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । नवीनराज बराल -विद्यार्थी पत्रकार)
•
read more...
मुलुकमा ठूलो दर्ुघटना निम्तन्छ -केसी
April 8, 2010
बागलुङ, २५ चैत । राष्ट्रमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले जनताले नचाहेको संघियता दलहरुले जबरजस्ती लाद्न खोजेकोले यसले मुलुकमा ठूलो दर्ुघटना निम्त्याउने चेतावनी दिनुभएको छ । राष्ट्रीय जनमोर्चा गलकोट एरीयाको प्रथम सम्मेलनको बुधबार बागलुङको गलकोटमा उदघाटन गदै उहाले सो चेतावनी दिनुभएको हो । उहाले राजनितीक दलहरुले राष्ट्रीय जनमोर्चालाई संघियता बिरोधी भन्ने गरेकोप्रति गुनासो गदै आफ्नो पार्टर्ीींघीयता बिरोधी नभएको तर नेपालजस्तो देशमा संघियता हुन नहुने मात्र बताएको बताउनुभयो ।
•
read more...
लमजुङमा तार्कु महोत्सव सुरु
April 8, 2010
लमजुङ, २५ चैत । लमजुङको तार्कु गाउँ विकास समितिमा बुधबारदेखि पाँचदिने तार्कु महोत्सव २०६६ शुरु भएको छ । 'स्थानीय कला, संस्कृति, ऐतिहासिक, धार्मिक पुरातात्विक वस्तुहरुको संरक्षण, स्थानीय उद्यम, ब्यापार, कृषि, शिक्षा र ग्रामीण पर्यटन पर््रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको हो । महोत्सवको राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइँला अर्थात प्रदीपकुमार राइले एक समारोहवीच उद्घाटन गर्नुभयो । महोत्सवमा स्थानीय कृषि-पशु, घरेलु तथा हस्तकला, विभिन्न जात जातिका संस्कृति साथै झाँकी पर््रदर्शनी गर्नुका साथै ठाडो भाकाको गीत, लोकनृत्य, चुड्का, रत्यौली, चेतनामुलक नाटक, दोहोरी गीत पर््रदर्शनी तथा खाना महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा विभिन्न स्टलहरु तथा बाल उद्यानसमेत राखिएकाछन् । गुरुङहरुको वस्ती रहेको सो क्षेत्र ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको क्षेत्र भएकाले ग्रामीण क्षेत्रको प्रचार प्रसार गरी पर्यटन पर््रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । तार्कु गाउँ विकास समितिको कार्यालय प्राङ्गणमा आयोजना गरिएको महोत्सवमा साढे ७ लाख खर्च हुने र करीब ८० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सव आगामी २९ गतेसम्म संचालन हुने छ ।
•
read more...
सडकबाटै संविधान सम्भव छैन -जोशी
April 8, 2010
पर्वत, २५ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् अर्जुनप्रसाद जोशीले माओवादीको सडकवाटै संविधान वनाउने धम्की वाईयात भएको वताउँदै सडकवाट संविधान घोषणा गर्ने प्रयास सम्भव नहुने वताउनुभएको छ । जोशीले वुधवार राष्ट्रिय भुमिअधिकार मञ्च पर्वतको प्रथम जिल्ला सम्मेलनलाई सम्वोधन गर्दै आम राजनैतिक दलहरुविच सहमति भई संविधानसभा वाटै संविधान वनाउँनुको विकल्प नभएको वताउनुभएको हो । जोशीले भुमिहिन र सुकुम्वासीहरुका समस्याप्रति कुनैपनि राजनैतिक दलले चासो नदेखाएको वताउँदै जनसंख्या वृद्धि भए अनुसार जमिन क्रमश घट्दै जाने भएकाले जमीनमात्रै वाडेर समस्याको समाधान नहुने वताउँनुभएको छ । जोशीले भूमिहीन र सुकुम्वासीहरुको उत्थानका लागि आगामी संविधानमा विशेष किसमले उल्लेख गरिनुपर्नेमा जोड दिँदै सम्पर्ुण्ा भूमिहीन र सुकुम्वासीहरु एकजुट भएर अधिकारको माग गर्नुपर्ने वताउनुभएको छ । कार्यक्रममा एकीकृत नेकपा माओवादी पर्वका सेक्रेटरी कृष्ण विक, नेकपा एमालेका जिल्ला अध्यक्ष विकास लम्साल, नेकपा मालेका सचिव शेरवहादुर केसी र एकीकृतका तुलसी गिरीले भुमिहीन र पिछडीएका वर्गहरुका लागि राज्यले विशेष सेवासुविधा उपलव्ध गराउँनुपर्ने वताएका छन् ।
•
read more...
संविधान बन्न नदिने षड्यन्त्र भइरहेको छ-तमु
April 7, 2010
पोखरा, २४ चैत । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देवबहादुर तमुले सविधान जारी गर्ने नदिन राजावादीहरुले षडयन्त्र गरिरहेको बताउनु भएको छ । उहाँले उक्tm कुरा जनआन्दोलन दिवसको अवसर पारेर नेकपा माओवादीले पोखरामा मंगलबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै राजावादीका षडयन्त्रका रुपमा पर्ूव प्रधानमन्त्री कृष्णप्रसाद भटटर्राईको वक्तव्य आएको बताउनु भएको छ ।
•
read more...
नेविसंघ कास्कीको विवाद छरपस्ट
April 7, 2010
पोखरा, २४ चैत । नेपाल विद्यार्थी संघको विवाद केन्द्रदेखि जिल्ला कार्यसमितिसम्म छरपस्ट भएको छ । केन्द्रको विवादका कारण कास्की जिल्ला नेविसघको सभापति विहीन अव्ास्थामा चारमहिनादेखि रहेको थियो । चार महिनादेखि नेतृत्वविहीन बनेको कास्की जिल्लामा दर्ुइजनालाई सभापति मनोनयन गरेको व्यहोरा केन्द्रिय समितिको नाममा र्सार्वजनिक भएको छ । निर्वतमान सभापति झविन्द्रराज आर्चाय र सह सभापति नविन सिग्देलले राजिनामा दिएपछि नेतृत्वविहीन बनेको कास्की जिल्लामा प्रदीप पौडेलको हस्ताक्षरका नाममा लक्ष्मी पौडेल र महामन्त्री जीतजंग बस्नेतका नाममा हस्ताक्षरित विज्ञप्तिमा गोविन्द लामिछानेलाई सभापति मनोनयन गरिएको छ । ल्ाक्ष्मी पौडैल संस्थापन नेविसंघका विद्यार्थी कार्यकर्ता हुन भने लामिछाने प्रजातान्त्रिक समूहका नेविसंघका कार्यकर्ता हुन । काँग्रैस एकीकरण हुन भन्दा पहिले प्रदीप पौडेल संस्थापन काँग्रेस हुन भने जीतजंग बस्नेत प्रजातान्त्रिक समूहका नेता थिए । केन्द्रिय समितिका नाममा प्रकाशित विज्ञप्तिमा चैत्र २१ गते बस्नेतले हस्ताक्षर गरेको छ भने २३ गते प्रदीप पौडेलले हस्ताक्षर गरेको विज्ञप्ति जारी रहेको छ । नेविसंघका जिल्ला नेता कल्याणबाबू भण्डारीलगायतका नेताहरुले नेविसंघमा अन्तरपार्टर्ीीोकतन्त्र फस्टाउन नसक्नाको कारण नेविसंघ कमजोर भएको दुवै मनोनित सभापतिहरुल्ााई आफनो समूहले नमान्ने धारणा राख्छन । नेविसंघको विवादका बारेमा नेपाली काँग्रैस्ा कास्की स्ाचिव पोषनाथ शर्माले आफूलाई केही थाहा नभएको बताउनु भयो । तर अर्को पक्षले नेविसंघमा कुनै पनि विवाद नभएको दावी गरेकेा छ । विवाद केन्द्रदेखि स्थानीय तहसम्म छरपस्ट रुपमा देखा परेको छ ।
•
read more...
पोखरामा अनुसन्धान राष्ट्रिय गोष्ठी प्रारम्भ
April 7, 2010
पोखरा, २४ चैत । विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा नेपाली शिक्षा विभाग पृथ्वीनारायण क्याम्पस पोखराको आयोजनामा एक हप्ते शोध अनुसन्धान राष्ट्रिय गोष्ठी मंगलबारदेखि पोखरामा प्रारम्भ भएको छ । सो गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष एवम् विश्वविद्यालयका पर्ूव उपकूलपति प्रा.डा. कमलकृष्ण जोशीले गुणस्तरीय जनशक्ति उत्पादनका लागि अनुसन्धानमूलक शिक्षालाई विस्तार गर्नुपर्ने बताउनुभयो । जोशीले नेपालको शैक्षिक विकास गर्नाका लागि अनुसन्धानमूलक शैक्षिक नीति आवश्यक भएको बनाउँदै त्यर्सतर्फ सम्बन्धित सबै पक्ष कटिवद्धताका साथ लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
•
read more...
जलवायुको प्रत्यक्ष असर नेपालमा-मन्त्री शर्मा
April 6, 2010
पोखरा, २३ चैत । वातावरण मन्त्री ठाकुरप्रसाद शर्माले जलवायुको प्रत्यक्ष असर नेपालमा पनि परेकोले वातावरण संरक्षणका लागि सबै पक्ष चनाखो हुनुपर्ने कुरा बताउनु भएको छ । मन्त्री शर्माले कोपनहेगन सम्मेलन यता ५० वटा हिमाली देशहरु मिलेर जलवायु परिवर्तन र हिमाली क्षेत्रमा परेको प्रभाव न्यूनिकरण गर्नाका लागि सहकार्य भएको जानकारी दिनुभयो ।
•
read more...
पोखरामा माओवादीको राँके जुलुस
April 6, 2010
पोखरा, २३ चैत । नेकपा माओवादी कास्कीको आयोजनामा सोमबार साँझ पोखरामा बृहत राँके जुलुस पर््रदर्शन गरिएको छ । नेकपा माओवादी तमुवान राज्य समिति सदस्य एवम् सभासद सावित्रा गुरुङ, सभासद राजकाजी गुरुङ, कास्की जिल्ला सह-इञ्चार्ज जीवन बराल लगायतल जुलुसको नेतृत्व गरेको उक्त राँके जुलुस पृथ्वीचोकबाट विपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो । उक्त कोणसभालाई सम्बोधन गर्दै सभासद सावित्रा गुरुङले संविधान बन्न नदिने प्रतिगामी शक्ति सलवलाउन थालेकोले आन्दोलन विरुद्ध एकजुट भई लड्न आवश्यक रहेको बताउनुभयो । संविधान निर्माण गर्न तथा सरकारको लागि एकसाथ दवाव दिने उद्देश्यले एकीकृत नेकपा माओवादीले देशव्यापी गर्ने जनसभाको पर्ूवसन्ध्यामा आम राँके जुलुुस दिवसको अवसर पारेर माओवादीले जनआन्दोलन मंगलबार देशका विभिन्न स्थान लगायत पोखराको अम्मरसिंह माविको चौरमा वृहत जनसभा गर्दैछ । जनसभालाई एकीकृत माओवादीका स्थायी समिति सदस्य देवप्रसाद गुरुङले सम्बोधन गर्नुहुनेछ । माओवादी नेता कार्यकर्ता उपस्थित रहेको आम जुलुसका सहभागीले जनयुद्ध जारी छ वाइसिएल नेपाल जिन्दावाद लगायत सरकारका विरुद्धमा समेत चर्का नारा लगाएका थिए । भगवान लामिछाने -विद्यार्थी पत्रकार)
•
read more...
फूलबारी रिर्र्सोटमा साँगीतिक तयारी
April 6, 2010
पोखरा, २३ चैत । दि फुलबारी रिसोर्ट एण्ड स्पा पोखरा नेपालले नेपालीहरुको नयाँ वर्षअगैजी वर्षा कारण ओझेलमा परेको ठहर गरि नेपाली साहित्य र संस्कृतिको उत्थान गर्ने सांस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ । फुलवारी रिसोर्ट एण्ड स्पा पोखराले सोमबार पत्रकार सम्मेलन गरेर चैत्र ३१ गते साँझ सांस्कृतिक कार्यक्रम गर्ने जनाएको हो । सांस्कृतिक कार्यक्रममा वरिष्ठ संगितकार शंभुजित बास्कोटा, गायक सत्यराज स्वरुपराज, अञ्जु पन्त, नलिना चित्रकार, जगदिश सामल, मनोजराज , रिजा उप्रैति, तासिलामा , बिन्दु तामाङ, शुभेक्षा थापा, श्रीराम पुडासैनी, निर्मल्ा शर्मासहितका कलाकारको गीत नृत्य प्रस्तुति रहने फुलबारी रिसोर्टका जनरल म्यानेजर आर डि किरणले जानाकारी दिनु भयो । फुलबारी रिसोर्टले नयाँ वर्ष२०६६ परिवारसंग हितैषीसंग नाम दिएको सांगितिक कार्यक्रममा करीब ८ लाख खर्च लाग्ने रिसोर्टका पोखरा शाखाका मार्केटिङ म्यानेजर पुष्पराज चालिेसेले बताउनु भयो । रिसोटले पारिवारिक वातावरणमा सांगितिक कार्यक्रमको अलवा स्वागत भोज गला डिनर गर्ने जनाएको छ । सांगीतिक कार्यक्रममा भाग लिनेहरुका लागि लक्की डूका माध्यमबाट अन्तराष्ट्रिय उडान टिकट, हङकङ, अवुदवी, मुर्म्बई पोखरा काठमान्डौको टिकट, काठमान्डौका पाँच तारे होटलहरुमा बस्ने व्यवस्था आवासिय गिफट प्रदान गरिने रिसोर्टका काठमान्डौ शाखा प्रमुख माधव ढकालले बताउनु भयो । फुलबारी रिसोर्टले बेलाबेलामा संस्कृति जोगाउन तीजेगित कार्यक्रम, एकदिन फुलबारी होटल बर्साईजस्ता कार्यक्रम गरिरहेको पुष्पराज चालिसेले बताए । प्ोाखराको एकमात्र पाँच तारे होटल फुलबारी रिसोर्टले पर्यटन वर्ष२०११को र्सर्न्दभमा आन्तरिक पर्यटक पर््रबधन गर्ने उदेश्यले सांगीतिक कार्यक्रम आयोजन ागर्ने गरेको चालिसेले बताउनु भयो ।
•
read more...
सम्झनै पर्ने आजको दिन
April 6, 2010
आज चैत २४ गते । नेपालको इतिहासमा यो दिनको बिशिष्ट महत्व छ । आजकै दिनदेखि १९ दिन लामो जनआन्दोलन प्रारम्भ भएको थियो । यही आन्दोलनले ज्ञानेन्द्र शाहलाई मात्र होइन , नेपालको २४० बर्षलामो तानाशाही राजतन्त्रलाई पनि घुँडा टेकाएको थियो । बाह्र बुँदे सहमतिपछि १० बर्षन्दा लामो सशस्त्र संर्घष्ामा होमिदै आएका माओवादी र शान्तिपर्ूण्ा आन्दोलन गरिरहेका ६ दलबीच सहमति भै सात दल मिलेर शान्तिपर्ूण्ा जनआन्दोलन गरेका थिए र अभूतपर्ूव यो आन्दोलनको अगाडि ज्ञानेन्द्र नतमस्तक हुन वाध्य भएका थिए । ०६२। ०६३ को आन्दोलन साँचो अर्थमा जनआन्दोलन थियो , जसमा पचासौं लाख नेपाली अलोकतान्त्रिक सत्ताका बिरुद्ध सडकमा ओर्लेका थिए । यो आन्दोलनवाट बिश्व जनसमुदाय नै आर्श्चर्यचकित भएको थियो ।
•
read more...
सरकार परिवर्तन मिडियाको हल्ला -खनाल
April 4, 2010
भक्तपुर, २१ चैत । नेकपा -एमाले)का अध्यक्ष झलनाथ खनालले एमाले पार्टर्ीीत्र सरकार परिवर्तनको कुनै कुरा नउठेको स्पष्ट गर्नुभएको छ । भक्तपुरको खरिपाटीमा नेकपा -एमाले) भक्तपुरको छैटौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उहाँले सरकार परिवर्तनका लागि एमालेभित्र हस्ताक्षर अभियान सुरु नभएको दाबी गर्नुभयो । उच्चस्तरीय राजनीतिक संयन्त्रमा पनि सरकार परिवर्तनको प्रस्ताव नआएको बताउँदै अध्यक्ष खनालले संयन्त्रमा पनि कसैले सरकार परिवर्तनको प्रस्ताव नल्याएको बताउनुभयो ।
•
read more...
पर्यटन वर्षभव्य बनाउन दलको प्रतिबद्धता
April 4, 2010
पोखरा, २१ चैत । नेपाल पर्यटन वर्ष२०११ को पश्चिमाञ्चल क्षेत्रीय शुभारम्भ कार्यक्रमलाई भव्य बनाउन सबै दलहरु एकमत भएका छन् । पोखरामा शनिबार बसेको र्सवदलीय बैठकमा कास्कीस्थित दलहरुले २९ गते पोखरा रंगशालामा गरिने शुभारम्भ कार्यक्रम ब्यापक रुपमा सम्पन्न गर्न सबैलाई आव्हान गर्ने निर्ण्र्ाागरेका छन् । माओवादी, कांग्रेस, एमाले, नेकपा संयुक्तका नेताहरु सहभागि बैठकले शुभारम्भ कार्यक्रम सफल बनाउन प्रतिबद्धता व्यक्त गर्दै आ-आफ्ना मोर्चा, भातृ तथा जनवर्गिय संगठनलाई परिचालन गर्ने निर्ण्र्ाागरेको छ । सो बैठकमा माओवादीका सह सेक्रेटरी गंगाराम पोखरेल, कांग्रेसका सचिव नन्दु प्रसाद तिवारी, एमालेका पर्यटन विभाग प्रमुख गोबिन्दकुमार श्रेष्ठ, संयुक्तबाट मानबहादुर श्रीस सहभागि हुनुहुन्थ्यो । शुभारम्भ कार्यक्रमका संयोजक बिप्लब पौडेल, सल्ल्ाहाकार विश्व शंकर पालिखे, सदस्य विश्वप्रकाश लामिछाने लगायतका सहभागिहरुको छलफलमा ति सबै दलका नेताहरुले पर्यटन नै अबको आर्थिक विकासको मुल आधार रहेको र पश्चिम क्षेत्र देशकै केन्द्रबिन्दु रहेको औल्याउूदै शुभारम्भ कार्यक्रममा सहभागिता व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए । उनिहरुले साझा कार्यक्रमका रुपमा यसलाई अघि बढाउन आफुहरु जुनसुकै तहबाट सहयोग गर्न तत्पर रहेको बताएका थिए ।
•
read more...
शिक्षा प्रणालीमा सुधारको खाँचो
April 4, 2010
पठन-पाठन र परीक्षा प्रणालीका सम्वन्धमा थुप्रै प्रश्नहरु उब्जाउँदै यस बर्षो प्रवेशिका परीक्षा समाप्त भएको छ । परीक्षामा अहिलेसम्मकै सबैभन्दा धेरै साढे चार लाखभन्दा बढी बिद्यार्थी सम्मिलित भएका थिए । प्रवेशिका परीक्षा एउटा बिद्यार्थीको पढाइ सुरु गरेदेखि एक दशकभन्दा पनि बढीको मेहनेत जाँच्ने कसी हो । त्यसैले यसलाई हल्का ढंगमा जिम्मेवार पक्षहरुले कदापि लिनुहुन्न । यसका लागि कम्तिमा पनि प्रश्नपत्रको तयारी, परीक्षाको ब्यबस्थापन, कपी जाँच र परीक्षाको परिणाम प्रकाशनसम्मको ब्यबस्था मर्यादित , स्वच्छ , पारदर्शी हुनु जरुरी छ । हुन त पाठ्य पुस्तक, पठन-पाठन, परीक्षा प्रणालीमै आमूल सुधारको खाँचो छ तर यसका लागि शिक्षा क्षेत्रले सम्पर्ूण्ारुपमा ध्यान दिन जरुरी छ ।
•
read more...
|