|
सहकार्य आवश्यक -अमेरिका
April 27, 2010
काठमाडौँ, १३ वैशाख । दक्षिण तथा मध्य-एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री र्रबर्ट ओ. ब्लेक जुनियरले नेपालमा नयाँ संविधान र शान्तिको दिगो व्यवस्थापनका लागि सबै राजानीतिक दलहरुबीचमा सहमति आवश्यक रहेको बताउनुभएको छ । भुटानको थिम्पूमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कर्) को १६औँ शिखर सम्मेलनमा अमेरिकाको तर्फाट पर्यवेक्षकका रुपमा सहभागी हुन त्यसतर्फजाने क्रममा आइतबार काठमाडौँ आउनुभएका मन्त्री ब्लेकले सोमबार काठामण्डौंमा पत्रकार सम्मेलन गरी नेपालका सबै राजनीतिक दलहरुलाई सहमति र सहकार्यका साथ अघि बढ्न सुझाव दिनुभयो ।
•
read more...
निजि शिक्षण संस्था बन्द
April 27, 2010
१३ बैशाख, पोखरा । अखिल क्रान्तिकारीको बन्दका कारण देशभरजस्तै सोमबार पनि कास्कीका निजी शिक्षण संस्थाको पठन पाठन ठप्प भएको छ । शुल्क बृद्धिको बिरोधमा आन्दोलनरत क्रान्तिकारीले बढेको मूल्य फिर्ता लिन माग राख्दै आइतबारदेखि देशभरका निजी विद्यालयहरु अनिश्चितकालीन बन्द गराएको हो । विद्यालयहरु बन्द भएपनि जिल्ला स्तरमा भने बन्द खुलाउनेबारे कुनै पहल भएको छैन । अखिल क्रान्तिकारीको राष्ट्रिय माग भएकोले केन्द्रमा कुरा मिल्ने बित्तिकै जिल्लामा स्वत मिल्ने प्याब्सन कास्कीका अध्यक्ष माधवशरण उपाध्यायले बताए । यसैगरी दर्ुइ अखिल बीचको झडप पछि पोखराको लामाचौरस्थित इञ्जिनियरिङ अध्ययन संस्थान अनिश्चितकालीन बन्द भएको छ । अखिल क्रान्तिकारी र एमाले अखिलबीच आइतवार क्याम्पसमा भएको झडपपछि असहज परिस्थिति उत्पन्न भएकोले क्याम्पस बन्द गरिएको क्याम्पस प्रशासनले जनाएको छ । झडपमा परी दुवैतर्फा गरी ११ जना घाइते भएका थिए । झडपमा परी टाउकोमा गम्भीर चोट लागेका अखिल क्रान्तिकारीका सुनिल पोखरेलको सहिद मेमोरियल अस्पताल पृथ्वीचोकमा उपचार भैरहेको छ । थप अप्रिय घटना हुन नदिनका लागि सोमवार क्याम्पस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । फूलमाया शर्मा -बिद्यार्थी पत्रकार)
•
read more...
इन्जिनियरिङ्गमा फेरि भिडन्त
April 26, 2010
पोखरा, १२ बैशाख । पश्चिमाञ्चल इन्जिनियरिङ्ग अध्ययन सस्थान पोखरामा अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच फेरि भिडन्त भएको छ । भिडन्त पछिको तनावका कारण अनिश्चितकालका लागि क्याम्पस बन्द भएको छ भने छात्रबासका विद्यार्थीहरु निकालिएका छन् । आइतबार दिउसो भएको भिडन्तमा दुवै तर्फा गरी ६ जना विद्यार्थी घाइते भएका छन् भने स्वतन्त्र विद्यार्थी युनियनको कार्यालय तोडफोड भएको छ ।
•
read more...
अनाहकमा निर्दोष बालकको हत्या
April 26, 2010
पोखरा, १२ बैशाख । मध्यरातमा मस्त न्रि्रामा रहेका बालकको अनाहकमा विभत्स हत्या भएको छ । आफ्ना दाजुसंग आफ्नै घरको एउटै खाटमा सुतेका उनले त्यो सांघातिक आक्रमणको कल्पना समेत गरेका थिएनन् । तर एक हिँस्रक समुह मध्यरातमा उनको घरमा छिर्यो र उनीमाथि खुकुरी र रड बर्सर्ाा थाल्यो । कसले किन आक्रमण गरिरहेछ, केही थाहा थिएन उनलाई । त्यसैले हतियारसहित आएकाहरुसंग केही क्षण प्रतिवाद पनि गरे । तर ती अबोध बालकको हतियारधारी जत्थासंग जोर चल्ने कुरै थिएन ।
•
read more...
प्रहरीको एक्लो प्रयासले शान्ति सुरक्षा कायम हुँदैन-डिआइजी राना
April 26, 2010
पोखरा, ११ बैशाख । प्रहरी नायव महानिरीक्षक -डिआइजी ) कुवेरसिंह राना मगरले प्रहरीको एकल प्रयासले शान्ति सुरक्षा अमन चयन कायम गर्न नसकिने बताउनु भएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले नयाँ वर्ष२०६७ को अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै डिआईजी राना मगरले समुदायको सहयोग विना प्रहरीको एक्लो प्रयासबाट शान्ति सुरक्षा कायम गर्न नसकिने बताउनुभयो । सुसभ्य र समुन्नत समाय निर्माण गर्ने प्रहरीको अभियानमा समुदाय अनन्य सहयोगी भएको चर्चा गर्दै उहाँले समुदायसंगको प्रहरीको सहकार्य र समझदारी सदाको लागि कायम रहनु पर्ने धारणा राख्नुभयो । उहाँले प्रहरी संगठनले आपmनो दायित्व निर्वाह गर्दा समुदायको साझेदारी अत्यन्तै महत्वपर्ूण्ा ुहुने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट सरुवा भएका प्रहरी उपरीक्षक रमेश खरेलको पेशागत छविको मुक्त कण्ठले भएको प्रशंसाले समग्र प्रहरी संगठनको मूल्याङकन हो, उहाँले भन्नुभयो, अहिलेको एसपी पुरस्कार कार्की पनि त्यतिकै व्यवसायिक रुपमा सक्षम व्यक्ति हो, कसैले शंका दुविधा नराखे हुन्छ । जिल्ला प्रहरी कार्यालय कास्कीका नव आगन्तुक प्रहरी उपरीक्षक पुस्कर कार्कीले प्रहरी संगठनको कामकारवाहीमा कसैसंग सम्झौता नगर्ने बताउनुभयो । उहाँले एसपी खरेलले सुरु गरेको अभियानलाई निरन्तरता दिने आश्वासन दिनुभयो । जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष रिता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक गोपालप्रसाद भण्डारी, प्रहरी उपरीक्षक विश्व निरञ्जन प्रधान, केन्द्रका सल्लाहकार शिवप्रसाद चालिसे, पश्चिमाञ्चल होटल संघका अध्यक्ष गोविन्द पहारी, केन्द्रका प्रथम उपाध्यक्ष लालबहादुर श्रेष्ठ, सचिव सोमनाथ बास्तोला लगायतका वक्ताले बोल्नुभएको थियो ।
•
read more...
सकारात्मक विचारलाई प्राथमिकता दिन मिरेष्टको जोड
April 26, 2010
पोखरा, ११ बैशाख । समाचार सम्पादन प्रकाशन र प्रसारण गर्दा जहिले पनि सकारात्मक कुरालाई जोड दिएमा समाज परिवर्तन हुने धारणा कार्यक्रमका वक्tmाहरुले राखेका छन । अधिकार समता र समाजिक रुपान्तरणका लागि आम संचार अभियान -मिरेष्ट नेपाल)को आयोजनामा कास्कीको पोखरामा दर्ुइ दिने आमसंचार अभियान अभिमुखिकरण कार्यक्रममा मिरेष्ट नेपालका अध्यक्ष गौरव पुडासैनीले सकारात्मक विचार धाराले नै समाज परिवर्तन हुने हुदाँ पत्रकारहरुले सत्य तथ्य र परिवर्तनलाई आत्मसाथ गर्नु पर्ने बताउनु भयो । उहाँले संञ्चार माध्यमले संविधान सभाको निर्वाचनदेखि संविधान निर्माणका काममा महत्वपर्ुण्ा भूमिका निर्वाह गर्दै आएको बताउनु भयो ।
•
read more...
कब्जाको मानसिकता रहुन्जेल माओवादीलाई सत्ता दिइन्न-ओली
April 25, 2010
पोखरा, ११ बैशाख । नेकपा एमालेका बरिष्ठ नेता केपी ओलीले जहिलेसम्म माओवादी सत्ता कब्जा गर्ने मानसिकतामा रहन्छ तहिलेसम्म उसालाई सरकारको नेतृत्व गर्न नदिइने बताउनु भएको छ । नेकपा एमाले गण्डकी अञ्चल समन्वय कमिटीले पोखरामा शनिबार अयोजना गरेको सभालाई सम्बोधन गर्दै एमाले नेता ओलीले युद्धको तयारी गरिरहेकेा पार्टर्ीीई सरकारमा जान नदिइने दावी गर्नु भयो । उहाँले माओवादी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व गर्ने चाहाना हो भने बानी सुधार्न सुझाव दिनुभयो । "माओवादी अध्यक्षले एकातिर फर्केर शान्तीको र अर्को तिर फर्केर क्रान्तिको कुरा गर्दैछन् ।" ओलीले भन्नुभयो-"यस्तो पाराले सरकारको नेतृत्व पाईन्न ।"
•
read more...
माओवादीलाई सरकारको नेतृत्व गर्न सुजाताको तीन शर्त
April 25, 2010
लमजुङ, ११ बैशाख । उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोईरालाले एकीकृत माओवादीलाई सरकारको नेतृत्व गर्न तीन र्सत अगाडि सारेको छ । उहाँले सवै समस्याको समाधानका लागि एकीकृत माओवादीलाई वार्तामा आउन समेत आहृवान गर्नुभएको छ । लमजुङ सदरमुकाम वेसीशहरमा नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा सुजाता कोईरालाले संविधान निर्माणअगावै शिविरमा रहेका लडाकुको ब्यवस्थापन, हत्याहिंसाको राजनीति अन्त्य गरि वाईसीएल भंग गनुपर्ने र कब्जा गरिएका सम्पत्ती फिर्ता गरे सरकारको नेतृत्व गर्न दिने वताउनुभयो ।
•
read more...
कास्कीमा माओवादी र एमालेबीच तनाव
April 23, 2010
पोखरा, ९ बैशाख । ज्यान मार्ने उद्योगमा पक्राउ परेका विद्यार्थी दिनेश पौडेल तारेखमा रिहा भएपछि पनि माओवादीले बन्द फिर्ता नलिएपछि कास्कीमा माओवादी-एमालेबीच तनाव बढेको छ । एमालेले बैशाख ११ गते विशाल जनपर््रदर्शन सहितको सभा आयोजना गरेको छ भने माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले १० र ११ गते बन्दको आब्हान गरेको छ । निर्धारित समयमा नयाँ संविधान बनाउन दवाव दिन भन्दै एमाले गण्डकी अञ्चल कमिटीले पोखरामा अञ्चल स्तरीय जन पर््रदर्शनको तयारी गरेको हो ।
•
read more...
इञ्जिनियरिङमा अखिलमाथि आक्रमण
April 23, 2010
पोखरा, ९ बैशाख । इन्जिनियरिङ क्याम्पसमा एमाले अखिलका कार्यकर्तामाथि र माओवादी निकट अखिल क्रान्त्रिकारीले बिहीबारआक्रमण गरेका छन । क्ान्त्रिकारीको आक्रमणबाट एमाले अखिलका अरविन्दकुमार शाहा, गोपाल बस्नेत , अनिलप्रसाद आर्चाय, कृष्णबहादुर खडकाको मणिपाल अस्पतालमा उपचार भैरहेको अनेरास्ववियुका अध्यक्ष टेकबहादुर कटुवालले बताउनु भयो । आक्रमण सुमन गिरीको नेतृतवमा माओवादीले आक्रमण गरेको कटुवालको दावी रहेको छ ।
•
read more...
एसपी खरेलको सरुवा
April 23, 2010
पोखरा, ९ बैशाख । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेशप्रसाद खरेलको जिल्ला प्रहरी कायार्लय काठमाण्डौंमा सरुवा भएको छ । कास्की प्रहरीको जिम्मेबारी पाएको सात महिना २ दिनमा उनी सरुवा भए । कास्कीमा यो सात महिने अवधिमा एसपी खरेलले गरेको प्रभावकारी कामका कारण उनलाई गृहमन्त्रालयले देशकै मुख्य स्थलको सुरक्षा हर्ेर्ने जिम्मेबारी दिएको हो । प्रहरी फोर्समा एसपी भएपछि काठमाण्डौं हनुमान ढोकास्थित जिल्ला प्रहरी कार्यालयको प्रमुख बन्ने सपना धेरैले देखेका हुन्छन् । ती मध्ये निकै कमले यो मौका पाउछन् । "खरेललाई राम्रो मौका मिल्यो तर कास्कीलाई उनी सरुवा हुँदा राम्रो भएन ।" एक व्यापारीले भने । एसपी खरेलको सात महिने कार्यकालमा कास्कीमा गुण्डागर्दी, जुवातास, देहब्यापार र लागु औषधको कारोबार गर्नेहरुमा हल्ली खल्ली मच्चिएको थियो । कतिपय गिरोह उनको सरुवा गर्न समेत लागेको थियो । कास्कीमा बसेर उनले चर्चा पाउने गरी गरेको कामबाट प्रभावित गृहमन्त्रालयले व्रि्रदो अवस्थामा पुगेको राजधानीको सुरक्षा अवस्था सम्हाल्ने जिम्मेबारी खरेललाई दिएको छ । माओवादीले सरकार विरुद्ध राजधानी केन्द्रित आन्दोलनको तयारी गरिरहेको बेलामा खरेल काठमाण्डौं सरुवा भएका छन् । कास्कीमा खरेलको ठाउँमा गृहमन्त्रालयले प्रहरी एकेडेमीमा कार्यरत एसपी पुष्कर कार्कीलाई पठाएको छ । जिल्ला प्रहरी कार्यालय काठमाण्डौंका एसपी गणेश केसीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
•
read more...
पोविविमा तोडफोड
April 23, 2010
पोखरा, ९ बैशाख । क्याम्पस प्रशासनले विद्यार्थीको माग पूरा नगरेको आरोप लगाउँदै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरा विश्वविद्यालयमा तोडफोड गरेका छन् । अनेरास्ववियुसंग आवद्ध विद्यार्थीको समूहले पोखरा विश्वविद्यालय र विश्वविद्यालयका उपकूलपति डा. केशरजंग बरालको निवासमा समेत तोडफोड गरेका छन् । तोडफोडसंगै अनेरास्ववियुको विद्यार्थीले उपकूलपतिले बताउनु भएको छ । तोडफोडमा अखिल पोविपवि बाहिरका विद्यार्थीको पनि संलग्नता थियो । तोडफोडमा संलग्न भएको आरोपमा पृथ्वीनारायण अनेरास्ववियुका प्रारम्भिक कमिटी अध्यक्ष सन्तोष अधिकारी, युथफोर्सका दर्शन लामा, अखिल पोविविका केन्द्रीय संयोजक सुमन पौडेल लगायतलाई प्रहरीले गिरपmतार गरेको छ । विद्यार्थीहरुले टेण्डरमा भएको अनियमितताको छानविन गर्नुपर्ने, विद्यार्थीको अवैधानिक भर्नाको छानविन हुनुपर्ने लगायतका माग राखेर आन्दोलित भएका थिए । तोडफोडपछि बिहीबार राती उपकूलपति निवासमा पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा उपकूलपति बरालले टेण्डरको अनिमितताको विषयमा आफूलाई नभई रजिष्ट्रारलाई थाह हुने बताउनुभएको थियो । अखिलका विद्यार्थीले दवाव स्वरुप अनियमितता छानविन गर्ने भन्दै उपकूलपति र डिनको कार्यालयमा तालाबन्दी गरेका थिए । उपकूलपति बरालले टेण्डरको अनियमितता भएको पाइए पनि आपmनो कार्यकक्षमा नभई रजिष्ट्रारको कक्षमा ताला लगाउनुपर्ने प्रतिक्रिया दिनुभयो । टेण्डरको जिम्मा मेरो होइन अनियमितता भएको पाइए रजिष्ट्रारकोमा ताला लगाउनुपथ्र्यो उहाँले भन्नुभयो तर ताला कसैकोमा पनि लगाइनु उचित होइन । पत्रकार सम्मेलनमा बोल्दै पोविविका डिनर् इवरप्रचन्द्र बानियाले आफूले भर्ना प्रक्रियामा अनियमितता भएको पुष्टि भए तत्कालै राजीनामा दिने बताउनु भयो । उहाँले विधि अनुसार नै काम गरिएको दावी गर्नुभयो । पोविविका सिमित इञ्जिनियर सन्तोष पोख्रेलले कसैको निर्देशनमा विश्व विद्यालयमा तोडफोड भएको बताउनुभयो । संवादबाट नै सहमति खोज्नु पर्ने विश्वविद्यालय पदाधिकारीहरुको भनाई थियो । उपकूलपति डा.बरालले तोडफोडमा संलग्न अखिलका केन्द्रिीय सदस्य रश्मि आचार्यलाई ज्यान मार्ने मुद्दा लगाइने र पोविविका विद्यार्थी समुन पौडेललाई विश्वविद्यालयबाट नै निकाल्न सक्ने चेतावनी दिनुभयो । विगत केही दिनदेखि पोविविका अनेरास्ववियुका विद्यार्थीले लगाएको ताला बिहीबार दिउँसो अखिल क्रान्तिकारीले फोडेपछि तनाव सिर्जना भएको हो । क्रान्तिकारीले ताल फोडेपछि अनेरास्ववियुले तोडफोड गरेको बुझिएको छ ।
•
read more...
'धोकापर्ूण्ा' हत्या
April 22, 2010
रामकृष्ण ज्ञवाली/समाधान , पोखरा, ८ बैशाख । पोखराको विरौटमा बस्ने २२ बषर्ीया युवती चाँदनी बरालको हत्या गर्ने भारतीय नागरिक कलिम शेख पक्राउ परेका छन् । पोखरामा हत्या गरेर स्याङ्जाको बाडखोलामा फालिएको शव पनि प्रहरीले फेला पारेको छ । आफ्नै डेरामा दिउसै युवतीको हत्या गरेर उनको लाश गायव बनाउने शेखको दुष्प्रयास २४ घण्टा पनि सफल भएन । हत्यारालाई गिरफ्तार गरे लगत्तै उनलाई लिएर बाँडखोला पुगेको प्रहरीले बोरामा बाँधेर फालिएको अवस्थामा चाँदनीको शव फेला पारेको थियो ।
•
read more...
१७ घण्टामा के के भयो -
April 22, 2010
पोखरा, ८ बैशाख । बुधबार विहान करिब ११ बजे चाँदनी रामबजारस्थित रेमण्ड टर्ेलर्स पुगिन । हातमा ब्याग थियो । सेख र चाँदनीबीच कुराकानी भयो । उनीहरुबीचमा गोप्य बस उठ चल्थ्यो । त्यही अनुसार दुवै जना रेमण्ड टर्ेलर्सको कारखानामा छिरे । केही समय कुराकानी गरे । डेढ बर्षदेखिको सम्बन्ध झाँगिदै गएपछि पछिल्लो समयमा सेखले त्यो सम्बन्ध तोड्न चाहान्थे । चाँदनीले बारम्बार फोन गर्थिन । घरमा छोरा छोरीले थाहा पाउलान भन्ने चिन्ता थियो सेखलार्इर्र्। त्यसैले उनी बुधबार चाँदनीको हत्या गरेर सदाका लागि उनीबाट मुक्त हुने सोचमा पुगे । करिब ११.३० बजेको हुँदो हो, गोप्य कोठमा चाँदनीलाई लिएर गए । चाँदनीलाई लठ्ठ पारे । हत्या गर्ने योजना पहिल्यै बनाएका थिए । घाँटी बाँध्ने तार पहिले नै तयार पारेर राखेका थिए । माया गरे जस्तो गरे, झुक्याएर तारले घाँटी बाँधे । चाँदनी चिच्याउनै पाईनन् । एकै छिन छटपर्टाईन र दम तोडिन् । हत्या गर्ने योजना त सफल भयो । अब लाश के गर्ने - सेखलाई ठूलो चिन्ता भयो । उनले दिनभर सोचे र लाश बोरामा पोको पारेर कही फाल्ने निर्ण्र्ाागरे । दिनभर केही गरेनन् । रात परेपछि लाश प्याकिङ गर्न थाले । पहिले हात खुट्टा खुम्च्याए र एकै ठाउँ डल्लो पारेर बाँधे । त्यसपछि दर्ुइ वटा तन्नाले लाश बेरेर फेरि कसे । अनि प्लाष्टिकको बोरामा हाले र खुकुलो भएको ठाउँ वरी परी प्लाष्टिक कोचेर चारपाटे आकार बनाए । रातभर न्रि्रा पर्ने कुरै थिएन् । कहाँ लगेर फाल्ने - सेख उज्यालो नहुँदै उठे र स्याङ्जातिर कतै लगेर फाल्ने निर्ण्र्ाागरे । ट्याक्सी खोज्न हिडे । स्याङ्जा पुगेर आएको भाडा १२ सय भन्दै थिए ट्याक्सीवालाहरु । उनले एक हजार दिन्छु भन्दै बार्गेनिङ्ग गरे । एक ट्याक्सीवाला एक हजारमा जान तयार भयो । लाशको पोको डिक्कीमा राखेर उज्यालो नहुँदै स्याङ्जातर्फलागे । ट्याक्सीले भालुपहाड पार गर्यो, बाडखोला पनि कट्यो । अलिपर जाँदा प्रहरी देखियो, अनि ट्याक्सी फर्काउन भने र बाडखोलामा ट्याक्सी रोक्न भने । लाशको पोको छिट्टै फाल्नु पर्ने हतार थियो सेखलाई । त्यसैले ट्याक्सी चालकको सहयोग मागे । फालिसकेपछि फर्किने बेलामा चालकले सोधे-"दाइ के फाल्नु भएको नि, निकै गह्रौ थियो त -" सेख अलमलमा परे, भनौ कि नभनौं भए तर अन्तिममा कुरा खोले र भने-"एउटी केटी पछि लागेकी थिई, त्यसलाई मारे, त्यसैको लाश हो फालेको ।" उनले चालकलाई यो कुरा कसैलाई नभन्न आग्रह गरे । त्यसैले एक हजारमा कबोल गरेर ल्याएको ट्याक्सीको भाडा २ हजार रुपैया दिए । चालक लाश फालेको सुन्ना साथ झस्केका थिए । बाटोमा केही भनेनन् । तर रामबजार आएपछि साथीहरुलाई भने, प्रहरीलाई खबर गरे । प्रहरी सेखलाई पक्राउ गर्न रेमण्ड टर्ेलर्समा पुग्यो । सेख छाँगाबाट खसे जस्तै ललाक लुलुुक बने । हत्या गरेको स्वीकार गरे र लाश फालेको ठाउँ देखाउन प्रहरीको गाडी चढे । जुन ठाउँ उनले बताए त्यही ठाउँको तल खोज्दा बोराको पोको भेटियो । "एउटा सिङ्गो मान्छे यति सानो पोको कसरी बन्न सक्छ -" प्रहरी समेत छक्क परे । पोको खोल्दा चाँदनीको शरीर जस्ताको तस्तै थियो । -अभियुक्त सेखको प्रारम्भिक बयानमा आधारित)
•
read more...
पोविविमा विद्यार्थी भर्ना गर्दा अनियमितता
April 22, 2010
पोखरा, ८ बैशाख । प्रवेश परीक्षा नै नदिएका विद्यार्थीलाई भर्ना गरे पछि पोखरा विश्व विद्यालयमा विद्यार्थी भर्ना प्रकृयामा अनियमितता हुने गरेको रहस्य खुलेको छ । प्रवेश परीक्षा दिने विद्यार्थीलाई मौका नदिएर प्रवेश परीक्षा मै सहभागी नभएकाहरुलाई भर्ना गरिएको भन्दै अनेरास्ववियूले त्यसका विरुद्ध आन्दोलन शुरु गरेकेा छ । अनेरास्ववियूले बुधबार भर्ना प्रक्रियामा अनियमितता भएको प्रमाण सहित पत्रकार सम्मेलनको आयोजना गर्यो । पत्रकार सम्मेलनमा अनेरास्ववियू पोखरा विश्व विद्यालयका केन्द्रीय संयोजक सुमन पौडेलले प्रवेश परिक्षामा सहभागी नभएका विद्यार्थीलाई आर्थिक चलखेल गदै भर्ना गरिएको दावी गरे । पोखरा विश्वविद्यालयमा प्रवेश परिक्षामा सहभागी भएर उत्तिर्ण्र्ााएकाहरुले मात्रै भर्ना हुन पाउने प्रावधान छ । तर बी फार्मेसी र इलेक्ट्रोनिक इन्जिनियरिङ्गमा प्रवेश परीक्षा नै नदिएका विद्यार्थी भर्ना गरिएका छन् । फार्मेसीमा १३ र इन्जिनियरिङ्गमा १४ जनालाई प्रवेश परीक्षा नै नदिइकन भर्ना गरिएको सुमनले बताए । पत्रकार सम्मेलनमा विश्व विद्यालयका रजिस्टार डा.ओमप्रकाश शर्माले लेखेको पत्रलाई प्रमाणका रुपमा पेस गरिएको थियो । बी फार्मेसी ३२ जनाको कोटाका लागि एक सय ६ जनाले परीक्षा दिएका थिए । ती मध्ये ७४ जना वेइटिङ लिष्टमा थिए । उनीहरुलाई मौका नदिइकन बाहिरका १३ जना भर्ना गरिएको एमाले अखिलको दावी छ । "यसमा भ्रष्टाचार गरिएको छ, त्यसैले आन्दोलन गर्न बाध्य भएका छौं ।" उनीहरुले भने । अखिलले अनियमितता गर्ने विश्व विद्यालयका डिन इश्वरचन्द्र बाँनियाको नामै तोकेर राजीनामा माग गरेको छ । "भर्ना भएका विद्यार्थीलाई निकाल्नु पर्छ भन्ने हाम्रो माग होइन, तर अनियमितता गर्ने डिन माथि कारवाही हुनै पर्छ ।" संयोजक सुमनले भने । अखिलका विज्ञान तथा प्राविधिक संकायका अध्यक्ष अमृत थापाले पोखरा विश्व विद्यालय बचाउनका लागि आफुहरुले "पोविवि बचाऔं' अभियान चलाएको बताए । "पोविवि तहस नहस पारिदै छ ।" उनले भने । पोविविका उपकुलपति डा.केशरजंग बरालले अत्याधिक राजनीति गरेको उनीहरुको आरोप छ । पोविविमा प्राध्यापक बन्नका लागि माओवादीको सदस्यता लिनै पर्छ भन्दै अखिलका संयोजक सुमनले भने-जुन कारणले गुणस्तर हृवात्तै घटेको छ । आफ्ना मान्छेलाई अत्याधिक तलब दिएर राखिएको छ भन्दै पोविवि आर्थिक रुपमा टाट पल्टने अवस्थामा पुगेको अखिलको दावी छ । "एउटा व्यक्तीलाई ७५ हजार सम्म तलब दिइएको छ, बिएस्सी नर्सिङ्गबाट आम्दानी २०-२५ लाख रुपैया हुन्छ तर तीन जना शिक्षकको लागि २५ देखि ३० लाख खर्च गरिएको छ ।" अखिलले अनियमितता भएको भन्दै चैत्र १७ गतेदेखि आन्दोलन गर्दै आएको छ । चैत्र १८ गते उपकुलति समक्ष ज्ञापनपत्र बुझाउदै ४८ घण्टे अल्टिमेटम समेत दिएको थियो । आफना मागका बारेमा सम्वोधन नभएपछि चैत्र २२ देखि उपकूलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् । नवीनराज बराल/विद्यार्थी पत्रकार
•
read more...
|