|
पर््रदर्शनकारीहरूद्वारा दशवटा सरकारी सवारीसाधन तोडफोड
May 10, 2010
काठमाडौँ, २६ वैशाख । एकीकृत नेकपा -माओवादी)ले आज आयोजना गरेको सिंहदरवार घेराउ कार्यक्रममा पर््रदर्शनकारीहरूले दशवटा सरकारी सवारीसाधन तोडफोड भएको प्रहरीले जनाएको छ । पर््रदर्शनकारीहरूले थापाथली इञ्जिनियरिङ क्याम्पसअगाडि पर््रदर्शनकारीले बा १ झ ३१७८, बा १ झ ८३३४, बा १ झ ५४६८, ५९५२, ५९१९, ८३३४, २६७७, ८४५२ र बा.१ झ २६७७ नम्बरका सरकारी गाडीमा तोडफोड गरी क्षति पुर्žयाएका छन् भने बा १ झ ५८१८ नम्बरको गाडी पल्टाइदिएका छन् । सो क्रममा सुरक्षामा खटिएका प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार भएपछि प्रहरीले सुरक्षाका लागि सामान्य बल प्रयोग गरी लाठीचार्ज गर्नुकासाथै करिव पचास राउण्ड अश्रुग्याँस प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार पर््रदशनकारीको ढुङ्गा प्रहारबाट प्रहरी नायव उपरीक्षक भोला रावल, प्रहरी हवल्दार नवलकिशोर यादव, प्रहरी जवानहरू चन्द्रबहादुर जि.सी., युवराज थारु, रवि सुनवारलगायत घाइते भएका छन् । झडपमा प्रहरीले सम्झाइबुझाइ गर्नेक्रममा प्रहरीमाथि नै ढुङ्गामुढा हुन थालेपछि प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिइएको थियो । साथै उक्त झडपमा परी चितवनको हाकिमचोक बस्ने २४ वषर्ीय रामबाबु साहसमेत केही घाइते भएका छन् । घाइतेमध्ये ढाड र घाटीमा चोट लागेका निज साहलाई प्रहरी अस्पतालमा उपचारपश्चात मानवअधिकार सरोकार केन्द्रका ध्रुव कार्कीको रोहवरमा बुझाइएको छ । यसैबीच माइतीघर मण्डलाबाट पर््रदर्शनकारीले कब्जामा लिएका राष्ट्रिय अनुसन्धान विभागका निरीक्षक आरके महत र नायव निरीक्षक रामचन्द्र थापालाई नेपाल प्रहरी, ओएचसिएचआर, राष्ट्रिय मानव अधिकार आयोग र अन्य मानवअधिकारकर्मीहरूको सक्रियतामा दुइ घण्टापछि कब्जामुक्त गरिएको प्रहरीले जनाएको छ । वाइसिएलको र्सच टोलीले माइतीघर मण्डलास्थित एक घरमा बसिरहेको अवस्थामा शरीर तलासी गरी हेण्ड सेट फेला पारेेपछि निजहरूलाई कब्जामा लिएको जनाइएको छ । रासस
•
read more...
गुण्डागर्दी रोक्न माग
May 10, 2010
पोखरा, २६ बैशाख । नेकपा एमाले क्षेत्र नं. १ कास्की र लेखनाथ नगरकमिटीले लेखनाथको भण्डारढिकमा भएको घटनालाई लिएर एकीकृत नेकपा माओवादीले पार्टर्ीी कार्यकर्तालाई धम्काउने, फोन आतंक मच्याएकोमा त्यसको निन्दा गरेको छ । क्षेत्र नं. १ का अध्यक्ष टीकाराम पंगेनी र लेखनाथ नगर अध्यक्ष कृष्णराम अधिकारीले संयुक्त रुपमा प्रकाशित प्रेस विज्ञप्तिमा एमाले कार्यकर्ताको घरघरमा गएर गुण्डागर्दी जस्ता अराजनैतिक कार्य तुरुन्त रोकी राजैतिक ढंगले प्रस्तुत गर्न एकीकृत माओवादीसंग आग्रह गरिएको छ । स्वतः स्फूर्त शान्ति जुलुस निकाल्दा एकीकृत नेकपा माओवादीले आपmनो विरोध गरेको ठानी कुटपिट गर्न आतंक मच्याउने कार्य दिन्दनीय भएको उल्लेख गर्दै विज्ञप्तिमा एकीकृत माओवादीका पोलिटव्यूरो सदस्य हितराज पाण्डेले एमाले जिल्ला कमिटी सदस्य श्रीप्रसाद गुरुङ, लेखनाथ नगरकमिटी उपाध्यक्ष सोमनाथ बास्तोला, पार्टर्ीी कार्यकर्ता र नागरिक समाजका अगुवालाई गोली चलाए भन्नु आपत्तीजनक भएको उल्लेख छ । विज्ञप्तिमा भ्रामक समाचार सम्प्रेषण गर्ने पोलिट व्यूरो सदस्य पाण्डेलाई माझी मागी सत्य तथ्य स्पष्ट पार्न आग्रह गरिएको छ ।
•
read more...
माओवादीको कुटपिटबाट दर्ुइ घाइते, पसल तोडफोड
May 4, 2010
पोखरा, २० बैशाख । एकीकृत नेकपा माओवादीले आव्हान गरेको आम हडतालको दोस्रो दिन सोमबार पोखराको जनजीवन ठप्प भएको छ । बन्द आवहान कर्ताले पोखरा नागढुङा वडा नं ९ मा रहेको शिशुवा मेडिकल हल तोडफोड गरेका छन । मेडिकलहल तोडफोड गर्ने क्रममा मेडिकल हल सञ्चालकका बुबा टिकाराम सापकोटालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका थिए । त्यसैगरि मेडिकल हलमा ५ वषिर्य बालक शन्देस पोैडेललाई पनि माओवादी कार्यकर्ताले टाउकोमा बासँ चिरपटले हिकाउदाँ २ वटा टाँका लगाउन परेको छ । उनको पोखराको चरक हस्पिटलमा उपचार भैरहेको छ । त्यसैगरि माओवादी कार्यकर्ताले नागढुङामा रहेको कर्ीतनफुड स्ाप्लार्यसको दराज फोडेका छन ।पोखराको न्यूरोडमा एकीकृत माओवादी कार्यकर्ताले किरण सापकोटाले सञ्चालन गरेको आलोक कयाफे होटलका दराज र शिसा फुटालेका छन । पोखरा वडा नं१३ भद्रकालीमा फुलमायाा गुरुङले निर्माधिन गरिरहेको घरका मजदुरहरुलाई ब्ान्दका बेलामा किन काम गर्र्छौ किन भर्न्र्दै मजदुरहरुलाई लक्षार पक्षार पारेका छन । बन्दका क्रममा पोखराका उधोग कलकारखाना, यातायात सवारी साधन , स्कूल कलेजहरु सञ्चालनमा आएका छैनन । सरकारी कार्यलयहरु पनि पर्ूण्ारुपमा ठप्प छन । बैकिङ क्षेत्र पनि बन्द भएको छ । बन्द मुक्tm क्षेत्र घोषणा भएको लेकसाइड क्षेत्रपनि पर्ूण्ारुपमा बन्द भएको छ । पोखराको पर्यटकीय क्षेत्रमा पर्यटकहरुलाई एयरपोर्टबाट गन्तव्यसम्म पुर्žयाउनकालागि १वटा पर्यटक प्रहरीको गाडी, प्रहरी भ्यान , ग १ प न्ाम्वरको साधनलाई माओवादीसंग सहमति गरेर सञ्चालनमा आएको छ । सधै व्यस्त रहने पर्यटकीय क्षेत्र सुन सान रहेको छ । सडक बालबालिकाहरु क्रिकेट खेलेर सडका दिन काटिरहेका छन । माओवादीका कार्यकर्ता पोखराको भीमसेन चोक, अमरसिह चोक , पृथ्वीचोक सहरका गल्ली गल्लीमा नारा लगाएर नाच गान गरिरहेका थिए । साझ पोखराको विपिचोकमा कोणसभा आयोजना गरिएको थियो ।
•
read more...
बैठकबिना निस्कर्षटुङ्गियो
May 4, 2010
काठमाडौँ, २० वैशाख । एनेकपा -माओवादी) र नेपाली काङ्ग्रेसबीच सोमबार साँझ भएको वार्ता बिना निष्कर्षटुङ्गिएको छ । लाजिम्पाटस्थित होटल साङ्ग्रीलामा भएको सो वार्तामा दुबै पक्षले आ-आफ्नो अडान नत्यागेपछि वार्ताबिना निष्कर्षा टुङ्गिएको हो । बैठकमा एनेकपा -माओवादी)ले सरकारको राजीनामासहित सबै समस्या प्याकेजमा गरिनुपर्ने प्रस्ताव गरेको थियो भने नेपाली काँग्रेसले एनेकपा -माओवादी)लाई आन्दोलन फिर्ता लिएर बाँकी समस्या प्याकेजमा गर्ने अडान राखेको थियो । बैठकमा दुबै पार्टर्ी्रबीच आन्दोलन पहिले फिर्ता लिने कि सरकारको राजीनामा पहिले आउने भन्ने विषय नै विवादका कारण बैठक निस्कर्षा पुग्न सकेको थिएन । वार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो पार्टर्ीीे तर्फाट सबै समस्या प्याकेजमा सहमति गरौं, त्यसका लागि माओवादीलाई आन्दोलन फिर्ता गर्नुस् भनी प्रस्ताव राखेको जानकारी दिनुभयो । एनेकपा -माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले वार्ता राजनीतिक समस्या समाधानका सबै पक्षमा केन्द्रीत भएपनि निष्कर्षनिकाल्न सकेनौं भन्नुभयो । उहाँले वार्ता खासगरी शान्तिप्रक्रियाअर्न्तर्गत लडाकूहरूको समायोजन, घरजग्गा फिर्ता र बेपत्ता नागरिकलगायतका विषयमा केन्द्रीत भएपनि संविधानलेखन र राष्ट्रिय सहमतिका लागि राष्ट्रिय सरकार गठनका विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । उहाँले वर्तमान राजनीतिक गतिरोधको अन्त्य प्याकेजमै समाधान खोजिनुपर्ने र त्यो कार्य छिटोभन्दा छिटो गरिनुपर्नेमा आफ्नो तर्फाट जोड दिइएको बताउनुभयो । वार्तामा एनेकपा -माओवादी)का तर्फाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', उपाध्यक्ष त्रय मोहन वैद्य 'किरण', डा. बाबुराम भट्टर्राई र श्रेष्ठ हुनुहुन्थ्यो । त्यसैगरी नेपाली काँग्रेसका तर्फाट कार्यबाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि, सहमहामन्त्री डा. रामशरण महत र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला हुनुहुन्थ्यो । बैठक मंगलबार पुनः बस्ने नेताहरूले बताए । रासस
•
read more...
बामदेवसँग स्पष्टीकरण माग्ने निर्ण्र्ाा
May 4, 2010
ााकर्ीर्तिपुर, २० वैशाख । नेकपा -एमाले)को केन्द्रिय अनुशासन समितिको आज पार्टर्ीीार्यालय, बल्खुमा बसेको बैठकले यही वैशाख १८ गते ज्ञापनपत्रमार्फ प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग्ने पार्टर्ीीपाध्यक्ष बामदेव गौतमसँग स्पष्टीकरण माग्ने निर्ण्र्ाागरेको छ । अनुशासन आयोगको आज सम्पन्न बैठकले आफ्नै पार्टर्ीीध्यक्षलाई ज्ञापनपत्र पेस गर्नु अनौठो भएको ठहर गर्दै त्यसका सम्बन्धमा स्पष्ट पार्न उपाध्यक्ष गौतमलगायतलाई निर्देशन दिएको हो । ज्ञापनपत्रको विषयलाई लिएर विभिन्न जिल्लाका जिल्ला समिति साथै भातृ सङ्गठन तथा शुभेच्छुकहरूले यस्ता गलत प्रवृत्तिलाई कारबाही गर्नुपर्ने भन्दै आज पार्टर्ीीुख्यालयमा ज्ञापनपत्रसमेत पेस गरेका थिए । पार्टर्ीीीतिविपरीत पार्टर्ीी नकारात्मक असर गर्नेगरी गतिविधि गर्ने जो कोहीलाई पार्टर्ीी कारबाही गर्नुपर्ने भन्दै पार्टर्ीी प्रभावशाली नेताहरूले उपाध्यक्ष गौतमलगायतलाई कारबाहीका लागि दबाब दिएपछि अमृतकुमार बोहरा सचेतक रहेको आयोगले उक्त निर्ण्र्ाागरेको थियो । रासस
•
read more...
आमहड्तालको पहिलो दिन पश्चिमाञ्चलको जनजीवन प्रभावित
May 3, 2010
पोखरा, १९ बैशाख । एकीकृत नेकपा माओवादीले आव्हान गरेको आम हडतालको पहिलो दिन आइतबार पोखराको जनजीवन ठप्प भएको छ । बन्दका क्रममा पोखराका उधोग कलकारखाना, यातायात सवारी साधन , स्कूल कलेजहरु सञ्चालनमा आएनन बन्द आव्हान कर्ताले पोखरा बिरोटा वडा नं१७ मा रहेका स्थानीयबासी शेरबहादुर क्षेत्री, अजुन सुनार , उषा श्रेष्ठको घरमा तोडफोड गरेका छन । तोडफोडबाट घरको झयाल ढोका सटरहरु फुटालेका छन । ब्ान्द आव्हान कर्ता र प्रहरीबीच भएको झडपमा अर्सइ पर्ूण्ाराम गिरी घाइते भएका छन । उनको पोखराको फेवा सिटी हस्पिटलमा उपचार भएको थियो । बन्दमुक्tm क्षेत्र घोषणा भएको लेकसाइड क्षेत्रपनि पर्ूण्ारुमपमा बन्द भएको छ । पोखराको पर्यटकीय क्षेत्र पनि पर्ूण्ारुपमा बन्द भएको छ । पर्यटकहरु पैदल हिडिरहेका दृश्यहरु देखिन्थे, सधै व्यस्त रहने पर्यटकीय क्षेत्र सुन सान रहेको छ । बालबालिकाहरु क्रिकेट खेलेर सडकमा दिन काटिरहेका छन ।
•
read more...
पोखरा चोरसाँघु सेतीको खांेचमा उद्धार, एक मृत, एक वेपत्ता
May 3, 2010
पोखरा, १९ बैशाख । पोखराको वडा नं१५चोरसाँघु भन्ने सेतिको खाँेचमा आइतबार पोखराको रिस्कुय टोलीलाई भ्याई न्ाभ्याई भयो । शनिबार साँझ ९ बजे एक महिलाले हाम फालेको शव निकालेको ४ घन्टा पछि अर्के विनोद नेपाली अचानक खसेपछि रिस्की टोलीलाई भ्याई न्ाभ्याई भएको थियो । रामबजार वडान १० निबासी २३ वषिर्य तृप्ताकुमारी र्घर्ति मगरको शव प्रहरीले तीन घन्टा लगाएर निकालेपछि ५० मिटर तल नेपाली खसेका हुन । मानसिक सन्तुलन गुमाएर तृप्ताले सेतिखोँचमा हाम फालेको परिवारले जानाकारी दिएको छ सेति नदीको गहिरो गल्छीमा हाम फालेकी र्घर्तिलाई पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गण पार्दी बिरोैटाको रिस्की टोलीले १०० मिटर तलको खाँेचबाट२ घन्टाको प्रयासमा शव निकालिएको हो । रिस्की टोलीमा प्रहरी जवान विकास खत्री, ज्ञानबहादुर खनाल, हरिराम चौधरी, श्यामकान्त श्रीवास्तव खोचमा पसेर निकालेका थिए । पोखरामा गहिरो गल्छीका कारण आत्महत्या गर्ने व्यक्तिmहरुलाई गल्छी वरदान सावित भएको डिएसपी दिपक रेग्मीले बताउनु भयो । १८ महिनाको अवधिमा पोखरामा १४ जनाको रिस्की टोलीले जीवित र मृत्य अवस्थामा उदार गरेको छ । सेति नदीमा मृतकको शव निकालेको ४ घन्टा पछि १९ वषिर्य विनोद नेपाली खोचमा अचानक खसेका हुन । तनहु जिल्लाको दमौली नगरपालिका वडा ११ निबासी नेपाली सुतेर उठेपछि मुख धुने क्रममा अचानक सेतिका खोचमा खसेको आमा शकुन्तला नेपालीले समाधानसंग बताइन । दमौलीमा रेक्सा चलाउने नेपाली सानिमाको घरमा आएका थिए । सानिमाको घर पोखरा उमनपा चोर साघुँको वडा नं ७ सेतिको डिलमा रहेको छ । प्ाोखराको पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गण पार्दीका गणपतिर् इश्वर प्रधानको नेतृत्वमा रहेको रिस्कयु टोलीले सेतिको खाँेचमा पसि शव खोजेपनि फेला पार्ने नसकेपछि शवलाई सेतिले बगाएको अनुमान प्रहरीले गरेको छ । पोखरामा १८ महिनाको अवधिमा सेतिको खोचमा खसेका ५ जना व्यक्तिmको जीवित , १जना गाई, १ कुकुरको जीवितै रिस्की टोलीले उदार गरिसकेको छ । पोखराको रिस्की टोलीका आफनै सामान नहुदाँ पोखराको अन्तराष्ट्रिय सङहालयबाट रिस्की टोलीलाई चाहिने सामाग्री ल्याँएपछिमात्र उदार कार्यमा खटनु परेको हो । प्ाोखरामा रहेको रिस्की टोलीलाई उदारका सामाग्री नहुदा उदारमा कठिनाई भएको कृष्ण कार्कीले बताउनु भयो ।
•
read more...
गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार हेमराज बरालाई प्रदान गरिने
May 3, 2010
पोखरा, १९ बैशाख । स्वर्गीयः गजेन्द्र भण्डारीको स्मृतिमा स्थापित सिर्जनशिल युवा पत्रकारिता पुरस्कार यसवर्षपत्रकार हेमराज बरालाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिले सिफारिस गरे अनुसार नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्ण्र्ाागरेको हो ।सिफारिस कमिटिको संयोजकमा तिलकमान गुभाजु रहनु भएको थियो । त्यसै सदस्यहरुमा गंगाधर पराजुली, गोविन्दराज पहारी, र श्याम कुवंर रहनु भएको थियो । पुरस्कार स्वर्गीयः भण्डारीको स्मृति दिवसको सर्न्दर्भव पारेर आउदो जेष्ठ २ गते प्रदान गरिने भएको छ । पुरस्कारको राशी १० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । साथै आइतबारकै बैठकले मे ३ को पे्रस स्वतन्त्र दिवसको अवसरमा सोमबार प्रेस स्वतन्त्रताको बर्तमान अबस्था बिषयक अन्तरक्रिया कार्यक्रम गर्न निर्ण्र्ाागरेकोे नेपाल पत्रकार महासंघ कास्की शाखाका सचिब दिपेन्द्र श्रेष्ठले जानकारी गराउनु भयो । यसवर्षो सिर्जनशिल पत्रकारिता पाउने बराल असन बजार साप्ताहिकबाट पत्रकारिता शुरु गर्नु भएको हो ।२०५४ सालमा रेडियो नेपालमा प्रवेश गरेका बराल हाल रेडियो नेपालमा कार्यरत छन ।पत्रकार बराल दक्षिण एशियाली स्व्ातन्त्र पत्रकार साफमाका सदस्य, पत्रकार महासंघका सदस्य, अभिभावक संघ कास्कीका सचिव, नेपाल प्रेस युनियन कास्कीका अध्यक्षलगायतका विभिन्न पदमा रहेका छन ।
•
read more...
तोडफोड र ढुंगामुढाको भर्त्सना
May 3, 2010
पोखरा, १९ बैशाख । एकीकृत नेकपा माओवादीको आयोजनामा भएको आमहड्तालको पहिलो दिन पोखराको बिरौटामा भएको तोडफोड र ढुंगामुढाप्रति नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीले एक विज्ञप्ति प्रकाशित गरी भर्त्सना गर्नुभएको छ । विज्ञप्तिमा बन्दका आयोजकले पोखराका विभिन्न स्थानमा एमाले र्समर्थक कार्यकर्ता र स्थानीय व्यापरीसंग जर्वजस्ती चन्दा माग गरिएकोप्रति समेत ध्यानकर्षा भएको जनाउनु भएको छ । उहाँले यस्ता जर्वजस्ती घटनाले सहमतिको राजनीति तथा शान्ति र संविधान निर्माणको बाटो अवरोध पुर्žयाउने हुँदा आयोजकलाई संयमित हुन र लोकतान्त्रिक विधि मार्फत आपmना विचार राख्न समेत सचेत गराउनु भएको छ । यसअघि आइतबार पोखरा १७ घारीपाटनमा बन्द गराउँदै हिँडेका एमाओवादी कार्यकर्ता र स्थानीयबीच भनाभन हुँदा केही बेर सो क्षेत्र तनाव ग्रस्त बनेको थियो । सोही कारण ढुंगा हानाहानबाट स्थानीय शेरबहादुर गुरुङ र अर्जुन सुनारको घरमा सामान्य क्षति पुगेको छ । भगवान लामिछाने -विद्यार्थी पत्रकार)
•
read more...
आमहड्ताल शान्तिपर्ूण्ा
May 3, 2010
पोखरा, १९ बैशाख । पोखरा क्रियाशील तीनवटा मानवअधिकारवादी संस्थाले स्कीकृत नेकपा माअेावादीले आयोजना गरेको आमहड्तालको पहिलो दिन पोखरामा आमहड्ताल तथा बन्द कार्यक्रम अपेक्षाकृत शान्तिपर्ूण्ा तवरबाट सम्पन्न भएको बताएका छन् । अवस्था अपेक्षाकृत शान्तिपर्ूण्ा देखिएको बताएका छन् । ती संस्थाले प्रकाशित प्रेस विज्ञिप्तमा साथै उक्त आम हड्ताललाई छोट्याउनका लागि राजैतिक सहमति, सहकार्य नै उपयुक्त विकल्प देखिने ठहर गरेका छन् । विज्ञप्ति सहमतिको मुख्य आधार भनेको संविधान सभामा प्राप्त जनादेशको आधारमा संयुक्त राष्ट्रिय सरकारको गठन हुनु समयमै संविधान निर्माणतर्फ साझेदार दलहरुलाई आग्रह गरिएको छ । मानवअधिकार तथा समाजिक रुपान्तरण अभियानका अध्यक्ष बासुदेव बराल, जनअधिकार संरक्षण मञ्च नेपालका अध्यक्ष गोविन्द पौडेल, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र पश्चिमाञ्चलका उपाध्यक्ष बालकृष्ण बराल र राष्ट्रिय मानवअधिकार प्रतिगठन कास्कीका सदस्य योगराज लामिछानेले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्नु भएको हो । यसैगरी शान्ति लागि नागरिक समाजको सञ्जाल पोखराले एकीकृत नेकपा माओवादीबाट आव्हान गरिएको राजनीतिक आमहड्तालको पहिलो दिन सोमबार पोखरामा अनुगमन गर्दा छिटपुट घटनाबाहेक जनजीवन शान्तिपर्ूण्ा रहेको जनाएको छ । माओवादीले आमहड्तालका समयमा अत्यावश्यक एम्बुलेन्स, मानवअधिकार, सञ्चार, कुटनीतिक नियोग, खानेपानी र दुग्ध वितरण गर्ने सवारी साधन निर्वाध रुपमा सञ्चालन हुन दिने नीति अनुरुपमा सञ्चालन हुन दिइएको पाइयो । सञ्जालको प्रेस विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा आन्दोलनको क्रममा एनेकपा माओवादीका कार्यकर्ताले पोखरा उपमनपा-७ र १७ घारीपाटनचोकस्थित स्थानीय अर्जुन सुनार, राजु क्ष्ेात्री र शेरबहादुर क्ष्ेात्री को घरमा एक्कासी तोडफोड गरी क्षति पुर्žयाएको जनाइएको छ । तोडफोडका क्रममा आन्दोलनकारीले व्यक्तिको घर खानतलासी गरी आतंकित तुल्याउने र घरमा जथाभावी ढुंगा प्रहार गरी भौतिक संरचना क्षति पुर्žयाएको पाइएको उल्लेख गर्दै आगामी दिनमा यस्ता घटनाहरुको पुनरावृति नगराउने प्रतिवद्धतासहित मानवअधिकारको पर्ूण्ा पालना तथा सम्मान गर्न हामी आन्दोलनकारी समक्ष अनुरोध गरिएको छ ।
•
read more...
प्रेस स्वतन्त्रताको अवस्था दिनानुदिन खस्केको छ-अध्यक्ष झा
May 3, 2010
पोखरा, १९ बैशाख । नेपाल पत्रकार महासंघले पछिल्ला दिनहरुमा नेपालको प्रेस स्वतन्त्रताको अवस्था दिनानुदिन खस्कँदै गएको जनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ को अवसरमा अध्यक्ष धर्मेन्द्र झाले दिएको शुभकामना सन्देशमा नेपाली प्रेसले चौतर्फी आक्रमणको सामना गरिरहनु परेको जनाइएको छ । स्वतन्त्र प्रेसको शक्तिसँग त्रस्त हुने जमात अहिले पनि क्रियाशील छ । सन्देशमा भनिएको छ-जनतालाई सुसूचित गर्ने अभिभारा बोकेर आफ्नो पेशागत दायित्व निर्वाह गर्दा सञ्चारकर्मीहरुले ज्यानै जोखिममा राख्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर समाचार प्रकाशित गरेको-नगरेको वाहनामा पत्रकारहरुमाथि आक्रमणमात्रै होइन हत्यासमेत भएको अवस्था विद्यमान छ । सञ्चारकर्मीको सञ्चार साधन लुटपाट, सवारी साधन तोडफोड र सञ्चार संस्थाहरुमाथिको नियोजित आक्रमणका घटनाहरुमा कमी नआएको जानकारी दिंदै उहा“ले नेपाली सञ्चारजगत् अहिले स्वनियन्त्रण -सेल्फ सेन्सरसीप) को अवस्थामा रहेर काम गर्न विवस भएको बताउनु भयो । उहा“ले नेपाली प्रेसजगतले पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्न नसकेको धारणा राख्नुभयो । 'प्रेस स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक व्यवस्थाको सफलताका लागि एक महत्वपर्ूण्ा शर्त हो ।' सन्देशमा भनिएको छ -प्रेस स्वतन्त्रताको यो पृष्ठभूमिसँगै मुलुक यतिखेर नयाँ संविधान निर्माणमा जुटेको अवस्थामा, नयाँ संविधानको अपरिवर्तनीय धारामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्नु नेपाली सञ्चारजगतको दायित्व हो, पर्ूण्ा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा नागरिकका कुनै पनि अधिकार सुरक्षित रहन सक्दैनन् भन्ने पत्रकार महासंघको ठम्याई छ । अध्यक्ष झाको सन्देशमा भनिएको छ -राज्यका अङ्गहरुको शक्तिपृथकीकरण तथा सन्तुलनको पहरेदारको रुपमा रहेको प्रेसलाई जति बढी मर्यादित र अधिकारसम्पन्न बनाउन सकिन्छ, जनताले त्यति नै अधिकारहरुको उपभोग गर्न पाउने कुरा निर्विवाद छ । उहा“ले नेपाली प्रेस जगतले खवरदारी गर्ने र आलोचना गर्न पाउने स्वस्थ वातावरण निर्माणका साथै नयाँ संविधान निर्माणपछिका दिनहरुमा प्रेस स्वतन्त्रता र संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी घोषणापत्रको धारा १९ -आर्टिकल १९) मा उल्लेख गरिएका अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेलगायतका समस्याहरु झेल्नु नपर्ने सुनौला दिनको अपेक्षा गर्नुभएको छ । राज्यले स्वतन्त्र प्रेसमाथि आक्रमण गर्नेलाई कार्रवाही गर्नुको साटो संरक्षण दिएर दण्डहिनतालाई प्रश्रय दिएको आरोप लगाउ“दै उहा“ले प्रेस स्वतन्त्रताप्रति राज्यको भूमिका सन्तोषजन नभएको धारणा राख्नुभयो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरुलाई आफ्नो कर्तव्यपथमा निष्ठापर्ूवक लाग्न आग्रह गर्दै अध्यक्ष झाले कुनै पनि पक्षको डर र धम्कीबाट विचलित नभै निर्भिकतापर्ूवक कर्तव्य निर्बाहमा जुटिरहन सञ्चारकर्मी तथा सञ्चार संस्थाहरुलाई हार्दिक अपिल गर्नुभएको छ । अध्यक्ष झाले जुनसुकै कठिन परिस्थितिको पनि सामना गर्न महासंघ सदैव आम संचारकर्मीहरुको साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
•
read more...
बम बनाउने सामग्री बरामद
April 30, 2010
पोखरा, १६ बैशाख । काठमाण्डौं प्रहरीले सुन्धारास्थित मेची-महाकाली गेष्ट हाउसमा छापा मारेर पेट्रोल बम बनाउन प्रयोग हुने सामग्री बरामद गरेको छ । बरामद गरिएका सामग्रीमा चारसय लिटर पेट्रोल, दर्ुइ बोरा गुलेली, एकबोरा गुच्चा, दश बोरा खाली सिसी र काठको भुस तथा सुती कपडा रहेका छन् । कुपण्डोल ठेगाना लेखिएका कृष्ण घिमिरेको नाममा बुधवार बेलुकी बुक गरिएको सो गेष्ट हाउसको कोठा नं. १०३ बाट ती सामान बरामद गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरी परिसर प्रमुख एसपी रमेश खरेलले बरामद गरिएका सो सामान एकीकृत नेकपा -माओवादी)ले आयोजना गर्न लागेको जनपर््रदर्शनका लागि जम्मा पारिएको हुनसक्ने जानकारी दिनुभयो ।
•
read more...
विद्यालय बन्द फिर्ता, आजबाट पढाइ सञ्चालन
April 30, 2010
काठमाडौँ, १६ वैशाख । निजी तथा आवासीय विद्यालयहरूले यसै शैक्षिक वर्षेखि वृद्धि गरेको आन्तरिक तथा वाषिर्क र मासिक शुल्क फिर्ता लिने सहमत भएपछि ती विद्यालय बन्दको घोषणा गर्दैर् आएको अखिल क्रान्तिकारीले आन्दोलन फिर्ता लिएको छ । अखिल क्रान्तिकारीको ती शुल्क फिर्ता लिनुपर्ने मागका कारण विगत पाँच दिनदेखि बन्द हुँदैआएका निजी तथा आवासीय विद्यालयहरू शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । सो विद्यार्थी सङ्गठन र ती विद्यालय सञ्चालकहरूको संस्था प्याब्सनबीच आज यहाँ भएको वार्तामा विद्यालय सञ्चालकहरू यसवर्षवृद्धि गरेको उक्त शुल्क फिर्ता लिन सहमत भएपछि भोलिदेखि पठनपाठन सञ्चालन हुने भएको हो । सो सङ्गठनका महासचिव हिमाल शर्माले बिहीबारको वार्तामा विद्यालय सञ्चालकहरूले अर्को शुल्क निर्धारणका लागि एक महिनाभित्रमा वैज्ञानिक शुल्क निर्धारण समिति गठन गरी सो समितिको सिफारिसमा नयाँ शुल्क निर्धारण गरिने सहमति भएको जानकारी दिनुभयो । महासचिव शर्माले सो सहमतिपछि आजै अपराहृनदेखि विद्यार्थी सङ्गठनले विद्यालय बन्दसम्बन्धी कार्यक्रम फिर्ता लिएको पनि जानकारी दिनुभयो ।
•
read more...
तीन दलका नेताद्वारा सहमतिका लागि पहल गर्ने प्रतिबद्धता
April 29, 2010
काठमाडौँ, १५ वैशाख । तीन प्रमुख राजनीतिक दलका शर्ीष्ा नेताहरुले सहमतिमा जोड दिँदै यसका लागि यथासम्भव प्रयत्न गर्ने र्सार्वजनिक प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको सक्रियतामा बुधबार आयोजित राष्ट्रिय सहमति निर्माणका लागि निर्ण्ाायक बहस कार्यक्रममा उनीहरुले सो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले सहमतिका लागि विगतमा झैँ एक-अर्को दलले आ-आफ्नो अडान मान्नुपर्ने भनाइ पनि राखे । एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दलहरुबीच भएको १२ बुँदे समझदारीका आधारमा बहूमतीय प्रणालीलाई खारेज गरी सहमतीय प्रणालीमा गएर वर्तमान सरकार विघटन गरी संयुक्त राष्ट्रिय सरकार बनाउने वित्तिकै सहमति हुने दाबी गर्नुभयो । सहमति, शान्ति र नयाँ संविधान निर्माणमा आफूहरु प्रतिबद्ध रहेको भनाइ दोहोर्žयाउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो- 'पहिला सबै मिलेर सरकारलाई बाटो छोड्न लगाऔं, संविधान बन्नुअघि राष्ट्रिय सरकार बनाऔं, त्यसपछि प्रतिस्पर्धाको राजनीतिमा लागौं ।'
•
read more...
कास्कीमा सुरक्षा व्यवस्था कडा
April 29, 2010
पोखरा, १५ बैशाख । एकीकृत नेकपा माओवादीले बैशाख १८ गते गर्ने जनपर््रदर्शनलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले सुरक्षा व्यवस्थामा उच्च र्सतर्कता अपनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सशस्त्र र जनपद गरी ५ सयभन्दा बढी प्रहरी खटाउने तयारी गरेको छ । माओवादीले जुलुस पर््रदर्शन गर्ने समय र सभास्थल अमरसिंह चोकमा विशेष कर्डाई गर्नेै व्यवस्था गरिएको ज्रि्रका कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर एवम् सञ्चार प्रमुख विश्वराज अधिकारीका अनुसार १ हजार आन्दोलनकारीलाई १० जना प्रहरीले नियन्त्रणमा लिन सक्नेछन् । ज्रि्रकाका अनुसार यस पटक भने पर््रदर्शनीले गर्नसक्ने संभावित प्रतिकारलाई ध्यानमा राखेर प्रहरी संख्या ठूलो संख्यामा परिचालन गरिनेछ । पर््रदर्शनकारीको गतिविधि र १९ गतेदेखि आव्हान गरिएको आमहड्ताललाई अराजक बन्न नदिन कास्की प्रहरीले आन्तरिक तयारी गरिरहेको बुझिएको छ । पर््रदर्शनमा हतियार र लाठी भित्रिन सक्ने भन्दै कास्की प्रहरीले पनि गाउँबाट पोखरा भित्रिन नाकामा कर्डाई गर्न थालेको छ । अधिकांश लाठी ग्रामीण भेगबाट शहर भित्रिन गरेकाले पर््रदर्शनकारीको त्यो गतिविधिलाई गहिरो रुपमा बुभmन जिल्ला प्रहरी कार्यालयले आफू मातहतका तल्लो निकायमा निर्देशन दिइसकेको छ । यता प्रहरीले कडाइ गर्न थालेपछि कास्कीका गाउँबाट बुधबारदेखि नै माओवादीले आपmना कार्यकर्ता पोखरा भित्र्याउन थालेको श्रोतले जनाएको छ । प्रहरीले पोखराबाट सामूहिक रुपमा काठमाडौंले बाहिरिने गरेका माओवादी कार्यकर्तामाथि पनि निगरानी राखेको छ । माओवादी श्रोतका अनुसार प्रहरीले १८ गते नै कार्यकर्ता ल्याउन खोज्दा रोक्न सक्ने भएकाले कास्कीका गाउँ गाउँबाट छिटो नै कार्यकर्ता पोखरा झार्ने तयारी गरिएको हो । यता माओवादी कास्की जिल्लाका सह-इञ्चार्ज रामजी बरालले भने आन्दोलन शान्तिपर्ूण्ा र मर्यादित बनाउन पहल गर्ने बताउनुभयो । माओवादीका भातृ संगठनका जिल्ला नेताहरु र माओवादीका जिल्ला नेताहरु अहिले आपmनो निवासमा नबसी केही दिनदेखि सामूहिक रुपमा बस्दा सुरक्षित पनि हुने र कार्यक्रमको योजना पनि बनाउन भिन्ने भाडाले यस्तो गरेका अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष अमरदिप पराजुलीको भनाई छ । वाइसिएल क्याम्पबाट योजना र व्यवस्था मिलाई कास्की माओवादीले कार्यकर्तालाई काठमाडौं पठाउन थालेको छ । एकीकृत माओवादीले यही बैशाख १८ गते देशव्यापी पर््रदर्शन र १९ गतेदेखि आमहड्तालको आयोजना गरेको छ ।
•
read more...
|