|
राजनैतिक दलहरुबिच एकताको विकल्प छैन-नेम्वाङ्ग
March 9, 2010
पर्वत, २४ फागुन । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले समयमै संविधान जारी गर्नका लागि राजनैतिक दलहरुविच एकताको विकल्प नभएको वताउनुभएको छ ।
•
read more...
आन्तरीक कार्यतालिका परिर्वतन हुन्छ
March 9, 2010
पोखरा, २४ फागुन । संविधान सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्ले संविधान जारी गर्ने जेठ १४ लाई केन्दूविन्दु मानेर आन्तरिक कार्यतालिका परिवर्तन गरिने बताउनुभएको छ । संविधान जारी गर्ने ८१ दिन मात्र बाँकी रहेको समयमा पर्वत जानको लागि सोमबार पोखरा विमानस्थलमा उत्रेका नेवाङ्गसँग प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले समयमै संविधान जारी गदै पछि छलफल गर्न सकिने पनि तर्क राख्नुभयो । उहँाले अन्तरीम संविधानले आन्दोलनलाई एकत्रित गरेपनि संस्थागत गर्ने काम नयाँ संविधानले गर्ने बतानुभयो । ११ ओटा विषयगत समितिमा दर्ुइ ओटा समितिका मस्यौदा बहुमतले पारित भएको भन्दै अन्य ९ ओटा समितिमा दलहरुबीच मतभेद रहेको जनाउदै दलहरुको ध्यानाकर्षा गरिएको नेम्वाङको भनाई छ । अध्यक्ष नेम्वाङले दलहरु बीचको सहमतिमा संक्षिप्त संविधान भएपनि जारी गर्नुपर्ने बताउनुभयो । दलहरु विचको सहमति कायम गदै विषयमा नभएपनि प्रक्रियामा सहमती गरेर संविधान जारी गर्न दलहरुसंग छलफल भएको जानकारी दिनुभयो । दलहरुबीच छलफल गर्न बाँकी विषयलाई संविधान निर्माणपछि टुङग्याउने गरी बाँकी राखेर भएपनि संविधान जारी गर्नुको विकल्प नभएको उहाँले दावी गर्नुभयो । राष्ट्रिय सरकार निर्माण विना संविधान बन्दैन भन्ने एमाओबादीको भनाईलाई इकित गदै उहाँले संविधान निर्माण र सरकार गठनको कुरा दलहरुको हो संविधान निर्माणमा कुनै सम्वन्ध राख्दैन । सेना समायोजनको विषयमा उहाँले आपmनो कार्यतालिकामा सेना समायोजन नभएकाले संविधान निर्माणमा कुनै असर नपर्ने उल्लेख गर्नुभयो ।
•
read more...
अन्तर्रर्ााट्रय महिला दिवशमा विभिन्न कार्यक्रम
March 9, 2010
पोखरा, २४ फागुन । एक सयऔं अन्तराष्ट्रिय श्रमिक महिला दिवस पोखरामा विविध कार्यक्रमको आायेजना गरी मनाईयो । विगतका वर्षरुमा जस्तै यसवर्षपनि पोखरामा सभा, अर्न्तक्रिया लगायतका औपचारिक कार्यक्रममा मात्र यो दिवस सिमित रहृयो । सन् १९१० मा विभिन्न १७ देशका १ सय जना समाजवादी महिलाहरुको दोश्रो अन्तराष्ट्रिय सम्मेलनले हरेक बर्ष८ मार्चका दिनलाई महिला अधिकार दिवशका रुपमा मनाउन शुरु गरेको यात्रा १ सय बर्षपुगेको छ । यो दिवश पोखरामा पनि विभिन्न महिला अधिकारवादी संघ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरी मनाए । महिला विकास कार्यालय कास्कीको संयोजन तथा विभन्न संघसंस्थाको पदाधिकाारी सम्मिलितको र्याली निकालीएको थियो । पोखराको सभागृहबाट सुरु भएको र्याली न्युरोड हुदै चिप्लेढुङगामा पुगि सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथि न्यायधिस निता गौतमले स साना संघ संस्था देखि लिएर नेतृत्व तहमा पनि महिलाहरुले उचित स्थान नपाएको गुनासो गर्नुभयो । दिक्षितले संवैधानिक अंगको उपयोग महिलाले गर्न नपाएको प्रष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै सभासद् कृष्णकुमारी परियारले महिलाहरु २१ औँ सताब्दिमा आएर पनि महिलाहरु घरेलु हिंसाबाट पिडित बन्नुपरेको बताउदै महिलाले नै त्यसको प्रतिकार गरी जागरुक हुनुपर्ने खाँचो औल्याउनभयो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद कोईरालाको सभापत्विमा सम्पन्न कार्यक्रमममा महिाल विकास कार्यालयका प्रमुख पुर्ण्ाा श्रेष्ठ, नेपाल महिला संघका केन्द्रिय सचिव शारदा पौडेल, शुरक्षित मातृत्व सञ्जालका अध्यक्ष रजनी के.सि, सहकार्य नेपालका अध्यक्ष शुालेचना शर्मा, पृथ्वीनारायण क्याम्पसका प्रमुख गेहेन्द्रस्वर कोईराला,मानअधिकारकर्मी शवनम कोईराला लगायतले बोलेका थिए । कार्यक्रममा ा नैलो विहानी र शtmि समुहले संयूक्त रुपमा महिला अधिकार सम्वन्धी सडक नाटक,प्रस्तुत गरेका थिए । कार्यत्रममा र्यालीमा उत्कृष्ट हुने विभिन्न आमा समुहहरुालई पुरस्कृत गरीएको थियो । पुरस्कृत हुने समुहहरुम्ाा गुराँसभुमि महिला बचत तथा क्रृण समुह प्रथम, महिला सिप विकास आयोजना द्धितिय, आमा मिलन केन्द्र तृतिय र सान्तवना महिला उपकार केन्द्र र महिला मानवअधिकार एकल महिला सान्तवता भएका छन् । उनिहरुलाई क्रमशः १५००, १२००, १००० र ७०० रुपैया कार्यक्रमका सभापति तथा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद कोईरालले प्रदान गर्नुभएको थियो । यस्तै गरी १०० औ नारी दिवसको अवसरमा मानव अधिकार, महिला अधिकार र समय सिमा भित्र संविधान विषयक अन्त्तरक्रिया कार्यक्रम समपन्न भएको छ । मानव अधिकार तथा शान्ती समाज कास्कीले आयोजना गरेको कार्यक्रममा वोल्दै पुनारावेदन अदालतका न्यायदिश निता गौतम दिक्षीतले नीति निर्ण्र्ााो तहमा महिलाको सहभागिता ज्यादै न्युन रहेको हुँदा महिला सहभागिताको आवश्यकता भएकोमा जोड दिनु भयो । साथै उहाँले अव वन्ने संविधान महिला अधिकारलाई सुनिश्चीत गर्नको लागि महिलहरुले खवरदारी गर्नु पर्ने वताउँनु भयो । सोही अवसरमा मानव अधिकारकालागि महिला ,एकल महिला समुह कास्कीका अध्यक्ष दर्ुगा न्यौपानेलाई सम्मान पत्र सहित दोसल्ला ओर्ढाई सम्मान गरीएको थियो । साथै कार्यक्रमा समाजमा वसेर उत्कृष्ट काम गरेर भन्नदै समाजका पर्ुव सह सचिव दोय कन्चन थापा, उमा अधिकारीलाई समेत सम्मान गरीएको थियो । समाजका अध्यक्ष सोमवहादुर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका शान्ती प्रक्रिया अनुगमन समितिका संयोजक देविलाल शर्मा, र्सय प्रसाद ढकाल, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष श्याम नाथ कुँवर समाजका उपाध्क्ष कमला थापा, सचिव धिरज थापा लगायतले महिला अधिकारको वारेमा वोल्नु भएको थियो । त्यस्तैगरी अखिल महिला संघ कास्कीले पनि १०० भन्दा वढी महिलालाई सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको थियो ।
•
read more...
नर्सिङ्ग सहप्राध्यापक गुरुङलाई कालोमोसो, पत्रिकाको कार्यालय घेराउ
March 9, 2010
पोखरा, २४ फागुन । पश्चिमाञ्चल चिकित्साशास्त्र अध्ययन सस्थान -नर्सिङ्ग क्याम्पस) पोखराकी पर्ूव प्रमुख तथा तथा हालकी सह प्राध्यापक लालकुमारी गुरुङलाई सोही क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले कालोमोसो लगाएका छन् । क्याम्पसमा बेश्यावृत्ति मौलाएको अभिव्यक्ती सञ्चार माध्ययमा दिएर सस्थाको र आफुहरुको बेइज्यत गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले सोमबार राती गुरुङलाई कालोमोसो दलेका हुन् । कालोमोसो दलिएकी गुरुङलाई प्रहरीले राती नै उद्धार गरेको छ । नर्सिंङ क्याम्पस भित्रको क्वाटरमा बसेकी गुरुङलाई विद्यार्थीहरुले क्वाटर भित्रै प्रवेश गरेर कालोमोसो दलेका थिए । त्यस लगत्तै पुगेको प्रहरीले उनलाई उद्धार गरेर गुरुङ कै घरमा पुर्याएको छ । काठमाण्डौंबाट प्रकाशित हुने चौतारी दर्पण नामक पत्रिकाले सह प्राध्यापक गुरुङसंगको कुराकानीमा आधारित भन्दै एक आलेख प्रकाशित गरेकेा थियो । सो आलेखमा नर्सिङ क्याम्पस हाता भित्र बेश्यावृति समेत हुने गरेकेा आसयको समाचार प्रकाशित छ । त्यस्तै क्याम्पस हाता भित्रै मादक पदार्थ बिक्री गरिने र क्याम्पसका कर्मचारी मादक पदार्थ सेवन गरेर बस्ने गरेको अभिव्यक्ती समेत पर्ूव क्याम्पस प्रमुखले दिएको कुरा सो पत्रिकामा उल्लेख छ । सोही आलेखका आधारमा पोखराबाट प्रकाशित हुने हटलाईन दैनिकले हालै समाचार प्रकाशित गरेपछि तनाव शुरु भएको हो । पोखराबाट समेत सो समाचार प्रकाशित भए पछि क्याम्पसमा विद्यार्थीहरु आक्रोशित भएका हुन । विद्यार्थीहरुले सो समाचार प्रकाशन गर्ने पत्रिकाका विरुद्ध सोमबार नाराबाजी गर्दै पोखरा बजार परिक्रमा समेत गरे । उनीहरुले सेवा नै धर्म हो भनेर नर्सिङ्ग पेशामा लागेका महिलाहरुको अपमान गरिएको भन्दै नाराबाजी गरेका थिए । विद्यार्थीहरुको जुलुसले पोखरा हटलाईन दैनिकको कार्यालय समेत घेराउ गरेको थियो । सो क्रममा उनीहरुले चौतारी दपर्ण्र्ााासिक र त्यसका सम्पादक लक्ष्मण गुरुङ तथा पोखरा हटलाईन दैनिक र पत्रकार त्रिभुवन पौडेलका विरुद्ध नाराबाजी गरेका थिए । चौतारी दर्पण मासिकलाई श्रोत बनाएर समाचार प्रकाशन गरेका हटलाईनका पत्रकार त्रिभुवन पौडेललाई केही व्यक्तीहरुले धम्की समेत दिएका छन् । हटलाईन दैनिकका अध्यक्ष राजु भण्डारीले चौतारी दर्पण पत्रिकाले प्रकाशन गरेकेा सामाग्रीका आधारमा आफुहरुले सो समाचार प्रकाशन गरेको बताउनु भयो । "हामीसंग सो पत्रिकामा प्रकाशित सामाग्री छ, त्यसमा लालकुमारी गुरुङले भनेको भन्दै प्रकाशित गरिएका कुरा पोखराका लागि चासोको विषय भएकोले हामीले समाचार बनाएका हौं ।" अध्यक्ष भण्डारीले भन्नुभयो-"यसमा हाम्रो कुनै गलत नियत थिएन र छैन । तर पनि हाम्रा विरुद्ध नाराबाजी भयो ।" पत्रिका र पत्रकारलाई दिइएको धम्की नाराबाजी प्रति सञ्चारकर्मी र सञ्चार माध्यमसंग आबद्ध कुनै पनि सस्थाले कुनै प्रतिक्रिया दिएका छैनन् । सोमबार दिनभर प्रहरीले हटलाईन दैनिकको सुरक्षा दिएको थियो । यसैबीच पर्ूव क्याम्पस प्रमुख गुरुङले एक विज्ञप्ति प्रकाशित गर्दै आफुले नर्सिङ्ग क्याम्पसमा बेश्यावृत्ति हुन्छ भन्ने अभिव्यक्ती नदिएको बताउनु भएको छ । उहाँले पत्रिकाले आफ्नो भनाई बंग्याएर छापेको आरोप समेत लगाउनु भएको छ । क्याम्पस प्रशासनले पनि सो समाचारको खण्डन गरेको छ । यो प्रकरण पछि नर्सिङ्ग क्याम्पस आइतबार देखि तनावग्रस्त छ । आइतबार क्याम्पसमा पर्ढाई ठप्प भएको थियो । सोमबार राती गुरुङलाई कालोमोसो दलिए पछि झनै अन्यौल बढेको छ ।
•
read more...
शिक्षा नीतिमा व्यापक सुधार ल्याँउनु पर्ने -झा
March 8, 2010
पोखरा, २३ फागुन । उपराष्ट्रपति परमानन्द झाले बन्द र हड्ताल जस्ता आन्दोलनबाट नेपालका शिक्षा क्षेत्र गम्भीर रुपमा प्रभावित भएको बताउदै शिक्षालाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव राख्नु भएको छ ।
•
read more...
मध्यरातमा पेस्तोलसहित तीन जना पक्राउ
March 8, 2010
पोखरा, २३ फागुन । कास्कीको लेखनाथ नगरपालिकास्थित शिशुवाबाट अबैध हतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जना लेखनाथ कै बासिन्दा हुन । मध्यरातमा हतियार बोकेर हिड्ने युवाहरु ठुलै गिरोहका सदस्य भएको आशंकमा कास्की प्रहरीले अनुसन्धान गरिरहेकेा छ । "सामान्य अवस्थामा रातको २ बजे हतियार बोकेर सामान्य मान्छे हिड्दैन ।" एक प्रहरी अधिकारीले भने । शनिबार राती करिब दर्ुइ बजे गस्तीमा खटिएको प्रहरीले शिशुवा चोकमा चेक जाँच गर्दा दर्ुइ युवालाई हतियारसहित समातेको हो । ती युवाहरुले नाम लिएको आधारमा प्रहरीले अर्का युवालाई पनि गिरफ्तार गरेको छ । मध्यरातमा मोटरसाइकलमा आएका युवाहरुलाई शंका लागेर खानतलासी गर्दा उनीहरुको साथबाट २ राउण्ड 'लोडेड' गोलीसहित अमेरिकन पेस्तोल बरामद भएको प्रहरी श्रोतले जानकारी दियो । प्रहरीले हतियार सहित लेखनाथ भण्डारढिकका २४ बर्षो अमित गुरुङ र २५ बर्षो प्रविण सुनारलाई पक्राउ गरेको हो । ती युवाले आफुहरु भोटे उपनामले चिनिने बाबुराज घलेलाई पेस्तोल बुझाउन आएको प्रारम्भिक बयान दिए पछि प्रहरीले बाबुराजलाई पनि समातेको हो । उनलाई विहान करिब पाँच बजेतिर गिरफ्तार गरेको थियो । लेखनाथको शिशुवाका बाबुराजको घरमा छापा मार्न प्रहरी पुग्दा उनी सुतिरहेका थिए । आइतबार उपराष्ट्रपतिको सवारी भएका कारणले अनुसन्धान गर्न नपाएको प्रहरीका एक अधिकृत बताए । उनका अनुसार आइतबार म्याद थप गरेर तीनै जनालाई हिरासतमा राखिएको छ ।
•
read more...
संविधान बन्नेमा शंका छ-अधिकारी
March 8, 2010
पोखरा, २३ फागुन । सभाषद एवम् नेकपा -एमाले) का युवा नेता रविन्द्र अधिकारीले समयमा संविधान बन्नेमा आशंका उब्जिएको बताउनुभयो । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले राजनीतिक दलहरुको कार्यशैली यस्तै भए संविधान बन्न नसक्ने धारणा राख्नुभयो । उहाँले पत्रकार सम्मेलनमा संविधान निर्माणमा भइरहेका गतिविधिको बारेमा समेत प्रष्ट्याउनुभएको थियो । संयुक्त सरकारको विकल्प खोजेर भएपनि समयमा सरकार बनाउनुपर्ने उहाँको भनाई थियो । राजनीतिक दलहरु गम्भीर नबने चुनौती आउने अधिकारीको धारणा थियो । सभाषद अधिकारीले कास्की जिल्लाभित्र भएका विकास निर्माणको बारेमा समेत बोल्नुभएको थियो । उहाँले सात करोडको खानेपानी योजना पोखरामा ल्याउन लागेको जानकारी गराउनुभयो । सात करोडको योजना साढे चार करोडको काम सुरु भएपछि खानेपानीको अभाव हट्ने आशा व्यक्त गर्नुभयो । बृद्ध पोखराको लागि बाटो फराकिलो र चाक्लो बनाउनर्ुपर्छ उहाँले भन्नुभयो- यो कार्य पनि अघि बढाइनेछ । पोखरादेखि लुम्बिनीसम्म फास्ट ट्रयाक निर्माण गर्ने एजेण्डा रहेको अधिकारीले बताउनुभयो । यता पोखराबाट अन्यत्र जोड्ने मध्यपर्ूर्वी राजमार्गको अवधारणा पनि अधिकारीले अघि सार्नुभयो । सो पत्रकार सम्मेलन चौतारिका अध्यक्ष श्रीराम सिग्देलको सभापतित्वमा भएको थियो ।
•
read more...
शर्ीष्ा नेताहरुले संविधान बनाउन नचाहेको उपप्रधानमन्त्रीको आरोप
March 5, 2010
पोखरा, २० फागुन । उपप्रधानमन्त्री तथा भौतिक योजना निर्माण मन्त्री विजयकुमार गच्छदारले ठूला दलका नेताहरुको कामप्रति आर्श्चर्य व्यक्त गरेका छन् । उनले शिर्षनेताहरुले संविधान बनाउन नचाहेको आरोप समेत लगाए ।
•
read more...
संविधान निर्माणका लागि राष्ट्रिय सहमति आवश्यक-डा. भट्टर्राई
March 5, 2010
पोखरा, २० फागुन । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले शान्ति र संविधान निर्माणको लागि राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ । शहिद स्मृति स्वास्थय सहकारी संस्था लि.द्वारा सञ्चालित शहिद मेमोरियल सामुदायिक अस्पतालको बिहीबार उद्घाटन गर्दै उपाध्यक्ष भट्टर्राईले संविधान निर्माण कार्यलाई केन्द्र बिन्दुमा राख्नुपर्नेमा जोड दिनुभयो । सेनाको समायोजन बिना शान्ति प्रक्रिया तार्किक निश्कर्षा पुग्न नसक्ने धारणा राख्दै उहाँले संविधान निर्माण कार्य अहिलेको प्रमुख कार्यभार भएको बताउनुभयो । शिक्षा स्वास्थ्य, रोजगारी, सम्प्रभुता र आवास लगायतका आधारभूत आवश्यकताको पूरा गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै उहाँले समुन्नत राष्ट्रले मात्र ती दायित्व पूरा गर्ने धारणा राख्नुभयो । राज्यले त्यस्तो दायित्व पूरा गर्न नसकेको पर्रि्रेक्ष्यमा जनस्तरबाट सरकारीको माध्यमबाट उपलब्ध गराउनु जायज हुने उहाँले बताउनुभयो । शिक्षा स्वास्थ्यको सवाललाई मौलिक हकमा सुनिश्चित नगरे त्यस्तो संविधान बन्नको अर्थ नरहने चर्चा गर्दै डा. भट्टर्राईले शिक्षा स्वास्थ्यलाई जनताको मैलिक हकमा व्यवस्था गरी सुुश्चित गर्न सकेमात्र राज्यको दायित्व पूरा हुने विचार व्यक्त गर्नुभयो । संविधान सभामार्फत लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सवाल अझै पनि चुनौतीपर्ूण्ा भएको उल्लेख गर्दै उहाँले राजनैतिक परिवर्तन सुनिश्चित नभएसम्म आर्थिक सामाजिक र साँस्कृतिक रुपान्तरण सम्भव नभएको टिप्पणी गर्नुभयो । क्षेत्रीय प्रशासक अर्जुनबहादुर भण्डारीले राजनीतिले सही नेतृत्व गर्न नसकेसम्म शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न नसकिने बताउनुभयो । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थय निर्देशक डा.अशोककुमार चौरासियाले सरकारी नीति अनुसार जनताको स्वास्थय सेवालाई गाउँ गाउँसम्म विस्तार गर्नुपर्ने खाँचो औल्याउनुभयो । अभियान सामुदायिक अस्पतालका संस्थापक नवदत्त ढुंगानाले र्सवसाधारणसम्म स्वास्थ्यको पहुँच पुर्याउन अस्पताल स्थापना गरेको जानकारी दिनुभयो । अस्पतालका प्रवन्ध निर्देशक डा. रविन्द्रप्रसाद श्रेष्ठले २०५९ सालमा स्थापित अभियान सामुदायिक अस्पताललाई २०६६ जेठमा सुरुवात गरी पुस महिनादेखि शहिद मेमोरियल सामुदायिक अस्पतालको रुपमा सञ्चालन गरेको बताउनुभयो । नाफारहित ढंगले सञ्चालन गरिने अस्पताललाई सरकारी अस्पताललाई दिने सुविधा उपलब्ध गराउन माग गर्दै डा. श्रेष्ठले छिट्टै नर्सिङ्ग कलेज सञ्चालन गरिने जानकारी दिनुभयो । सहकारी संस्थाका अध्यक्ष डा. बुद्धिबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
•
read more...
संघीयतामा जोडन भौगोलिक विविधतालाई ख्याल गर्नुपर्ने
March 5, 2010
पोखरा, २० फागुन । नेकपा एमालेले हिमाल, पहाड र तर्राईलाई समेट्ने गरी संघीय राज्य बनाउनुपर्ने प्रस्ताव गरेको छ । राज्य पर्ुनसंरचना गर्दा प्रत्येक संघीय राज्यको भारत र चीनसँग जोडिनपर्ने उसको तर्क छ । राजनैतिक अभियान २०६६ को सर्न्दर्भमा बुधबार आयोजित नेपाल राज्यको पर्ुनसंरचना र नयाँ संविधान विषयक कार्यक्रममा वरिष्ठ पोलिट ब्यूरो सदस्य तथा गठी संस्थानका अध्यक्ष एनपी आचार्य, पोलिट ब्यूरो सदस्य तथा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष गोपालमणि गौतमले चिन र भारततर्फसिमाना जोडीने गरी संघीय राज्य बनाउनु पर्ने धारणा राख्नु भयो । जातीय आधारमा राज्य बनाउन नहुने अडान राख्दै पोलिट ब्यूरो सदस्य गौतमले भौगोलिक विविधता, श्रोत साधन, जातभाषा र संस्कृतिको आधारमा समावेशी राज्य बनाउनुपर्नेमा जोड दिनुभयो । नेकपा एमालेले संघीयतामा जाँदा ६ प्रदेश मात्र बनाउनु पर्ने प्रस्ताव अगाडि सारेको छ । एक मधेश एक प्रदेश तथा जातीय राज्यको माग जस्ता गलत क्रियाकलापको बिरोध गर्नुपर्नेमा जोड दिदै उहाँले संघीयतामा जोडन विवेक पुर्याउनु पर्ने बताउनु भयो । नेपाल बहुजाती, बहुभाषिक र बहुँसाँस्कृतिक मुलुक भएकोले संघीयतामा जाँदा भौगोलिक विविधता, आदिवासी, जनजाति, उत्पीडित र अल्प संख्याको मुद्धालाई ख्याल गर्नुपर्ने उहाँको धारणा थियो । नेकपा एमाले गण्डकी धौलागिरी अञ्चल ब्यूरोका प्रमुख विष्णुप्रसाद भट्टर्राईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाएमाले केन्द्रीय सदस्य कपिल पोखरेल, कास्कीका सचिव होमनाथ गिरी, पत्रकारमहासंघ कास्कीका उपाध्यक्ष श्यामकुँवर, राप्रपा कास्कीका कोषाध्यक्ष टेकन गिरी, नेकपा एकीकृत कास्कीका प्रतिनिधि भिमबहादुर श्रीष, उत्पीडित, दलित वर्ग उत्थान समन्वय समितिका कास्कीका उपाध्यक्ष भवे सार्की, लगायतका वक्ताले बोल्नुभएको थियो ।
•
read more...
उद्यमी सिंघानियाको हत्याको विरोधमा पर््रदर्शन
March 4, 2010
पोखरा, १९ फागुन । जनपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्याको विरोधमा नेपालपत्रकार महासंघ कास्कीले बुधबार जुलुस पर््रदर्शन गरेको छ ।
•
read more...
संयन्त्रप्रति आशावादी छैन-डा.भट्टर्राई
March 4, 2010
पोखरा, १९ फागुन । राजधानीमा निकास निकाल्नका लागि उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठक बसिरहेको बेलामा ठूलो दल एकिकृत नेकपा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले संयन्त्रले निकास निकाल्ने कुरामा आफूलाई अलिकति पनि आशावादी नभएको बताएका छन् ।
•
read more...
सञ्चार उद्यमी हत्यारालाई कारवाही गर-डा.भट्टर्राई
March 4, 2010
पोखरा, १९ फागुन । एकीकृत नेकपा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले सञ्चारकर्मी र सञ्चार उद्यमीका हत्या भैरहेकेामा चिन्ता व्यक्त गरेका छन् । बुधबार पोखरामा रेडियो गण्डकीको दोश्रो बाषिर्कोत्सव समारोहमा बोल्दै नेता भट्टर्राईले दिनदहाडै सञ्चार उद्यमीहरुको हत्या गर्ने हत्यारालाई पक्राउ गरेर कारवाही नगरेको भन्दै सरकारको आलोचना समेत गरे । "यो सरकार हो भने हत्यारालाई पक्राउ गरेर कारवाही गर्न सक्नु पर्यो ।" भट्टर्राईले भने-"होईन भने भ्रष्टाचार गर्न सरकारमा गएको, खानका लागि सरकारमा गएको सिद्ध हुन्छ ।" उनले आफ्नो पार्टर्ीीकिकृत नेकपा माओवादी प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै विगतमा कहिले काही गल्ती भएको स्वीकार पनि गरे । तर पनि उनले ठूला मिडियाको आलोचना गर्न पनि बाँकी राखेनन् । "हामी प्रेस स्वतन्त्रता प्रतिबद्ध छौं, विगतमा भएका कमी कमजोरीलाई सच्याउदै पनि लगेका छौं ।" उनले भने-"प्रेस जनताका लागि हुनु पर्छ तर कतिपय ठूला मिडियाहरु जनता विरोधी कार्यमा लागेका छन्, एक पक्षीय भएका छन् ।"
•
read more...
पृथ्वीनारायण क्याम्पसको कार्यतालिका नमिल्दा पढाइमा अन्योल
March 4, 2010
पोखरा, १९ फागुन । पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातक तह दोस्रो वर्ष्ाका विद्यार्थीहरुको क्याम्पस प्रशासनले कार्यतालिका मिलाउन नसकेका कारण पर्ढाई अन्योलमा परेको छ ।
•
read more...
सभासद् केसीको स्वास्थ्य सामान्य सुधार
March 3, 2010
पोखरा, १८ फागुन । पोखराका प्रतिष्ठित उद्योगपति तथा सभासद र्सर्ूयबहादुर केसीको स्वास्थ्य स्थितिमा मंगलबारदेखि क्रमिक सुधार आएको छ । केसीको फागुन १४ गतेदेखि काठमाण्डौंको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।
•
read more...
|