»

  Editorial - सम्पादकिय

मुलुकलाई संगठित अपराधीबाट जोगाउँ
June 13, 2010


कार बम बिष्फोट गराउने मुख्य योजनाकार भनिएका अभियुक्त बिष्णु शाहलाई प्रहरीले प्रक्राउ गरेको र उनकै जानकारीको आधारमा प्रहरीले छापा मार्दा आधुनिक हतियार र बिष्फोटक पदार्थहरु बरामद भएका हुन् । बिदेशमा कार बम बिष्फोट गराएर ठूलो धनजनको क्षति गराएको देखिन्थ्यो र सुनिन्थ्यो , अब नेपालमै यो खतरनाक प्रविधि भित्रिएको सहजै अनुमान गर्न सकिन्छ । मुलुकका लागि यस्ता घटना निश्चय नै दुखदायी हुन् । हामीले समयमै यस्ता घटना नियन्त्रण गर्नु आवश्यक छ ।
एक दशक लामो द्वन्द्वपछि नेपाल यतिखेर शान्ति प्रक्रियाको नाजुक चरणवाट गुज्रिरहेको छ । लामो राजनीतिक गतिरोधले गर्दा अवांछित हिंशात्मक गतिविधिले प्रश्रय पाइरहेको छ । पत्रकार र संचार गृहका संचालकहरुको हत्या हुनु तर दोषी पत्ता लाग्न नसक्नु, चिकित्सकको अपहरण हुनु तर अपहरणकारी को हुन् र तिनको उद्देश्य के थियो भनेर अपहरणमा परेका र सरकारले समेत भन्न नसक्नु संगठित अपराधले जरो गाड्दै गएको उदाहरण हो । तर्सथ राजनीतिक दलहरु राजनीतिक गतिरोधको गाँठो फुकाएर अघि नबढ्ने हो भने हाम्रो मुलुक पनि पाकिस्तार र अफगानिस्तानजस्तो बन्न बेरलाग्ने छैन । प्रहरीले बम कारखाना नै फेला पारेर सह्राहनीय काम गरेको छ ।

« Back | Top

»

  More Editorial - सम्पादकिय

 

more editorial

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np