|
तमलोपाको पाठ
February 26, 2010
रामचन्द्र कुशवाहा मन्त्री हुँदा शिक्षक राहत कोटा वितरणमा भ्रष्टाचार गरेको आरोप लाग्यो । उनले भ्रष्टाचार गरेकेा सुइको विदेशी दातृराष्टू समक्ष पनि पुग्यो र नेपालको बदनाम हुने अवस्था सृजना भयो । कतिपय सहयोगी सस्थाहरुले सहयोग नै बन्द गर्ने मनस्थिति समेत बनाए । यो घटना नेपालको लागि दर्ुभाग्यपर्ूण्ा घटना हो । अशिक्षित र अल्पविकसित हाम्रो जस्तो मुलुकमा शिक्षाका लागि विदेशी सहयोग अपरिहार्य छ । यस्तो अवस्थामा पनि सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले भ्रष्टाचारको अभियोग लागेको मन्त्रिपरिषद सदस्य माथि कारवाही चलाउन सकेनन् । उनलाई सरकारबाट निस्काशन गर्न सकेनन्् । जसरी कर्मचारी पिट्ने राज्य मन्त्री करिना बेगमका अगाडी प्रधानमन्त्री निरिह थिए, त्यस्तै निरिह यस घटनामा पनि । गठबन्धन सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले यो मामलामा प्रधानमन्त्रीको पदीय हैसियतका काम गर्न सकेका छैनन् । जसरी मन्त्री नियुक्त गर्ने अधिकार प्रधानमन्त्रीलाई हुँन्छ त्यसैगरी मन्त्रीले गलत काम गर्छ भने निस्काशन गर्ने अधिकार पनि उनैका निहित हुन्छ र पनि सरकार टिकाउने खेल वा समीकरणमा लागेका प्रधानमन्त्री वा सत्तारुढ अन्य दलहरुले मन्त्रीका अक्षम्य गल्ती पनि ढाकछोप गर्दै गए । यही परिवेशमा तमलोपाले एउटा उदाहरणीय काम गर्यो । भ्रष्टाचारको आरोप लागेका आफ्नै दलका नेता कुशवाहलाई फिर्ता बोलाएर पदको दुरुपयोग गर्ने वा लाभ लिन खोज्नेहरुलाई निरुत्साहीत पार्ने काम गरेको छ । तमलोपाको यो कदमले सत्तारुढ अर्को मधेशवादी दल मधेशी जनाधिकार फोरम लोकतान्त्रिकलाई पनि दरिलो झापड हानेको छ । उपप्रधानमन्त्री विजयकुमार गच्छेदारको पार्टर्ीी नेता करिना बेगमलाई कारवाही नगरिएको वा फिर्ता नबोलाएको परिवेशमा तमलोपाले यस्तो निर्ण्र्ाागर्यो । यो निर्ण्र्ााे तर्राईवादी पार्टर्ीीा नेताहरु विकास निर्माणमा भन्दा भ्रष्टाचार गर्ने वा धन कमाउने कार्यमा बढी लालायित हुन्छन् भन्ने आरोपको खण्डन गर्न सफल भएको छ । यो कार्यले मधेशवादी पार्टर्ीीे मात्र होईन, सबै खालका राजनैतिक दलको प्रतिष्ठा उच्च बनाउन मद्दत गरेको छ । गलत गर्ने नेतालाई पार्टर्ीी पनि कारवाही गर्छ भन्ने सन्देश अहिलेको असहज परिस्थितिमा दिनु भनेको साच्चिकै प्रशंसनीय र चर्चा योग्य कदम हो । अब त राजनैतिक सस्कार सिक्नै पर्ने बेला भएको छ । नेपालका राजनैतिक दलका नेताहरुले तमलोपाको यो कदमबाट पाठ सिक्नै पर्छ ।
« Back |
Top |