|
बर्ड फलु नियन्त्रणमा पोखराको लागि गर्व
February 25, 2010
यसअघि ठीक एकवर्षघि नेपालको पर्ूर्वी सीमावर्ती क्षेत्र मेची नगर नगरपालिकाको केही भागमा पहिलो पटक बर्ड फ्लू देखा परेको थियो । पोखरामा बर्ड फ्लू कहाँवाट भित्रियो तथापि धेरै तालतलैया भएको पोखरामा प्रवाशबाट आउने पंक्षीहरुवाट रोगको संक्रमण भएको smुरालाई नकार्न सकिने अवस्था छैन । र् बर्ड फ्लूका कारण पोखराको घारीपाटन क्षेत्रमा गत माघ १२ गते हाँस र कुखुरा मर्न थालेपछि स्थानीय र काठमार्र्डौको प्रयोगशाला परीक्षणपछि स्वाइन फ्लू पोजिटिभ देखिएको थियो । यसको अन्तिम पुष्टिका लागि बेलायतमा परीक्षण भएपछि सरकारले बिधिबत पोखरामा बर्ड फ्लू भित्रिएको घोषणा गरेको थियो । यो रोगको नियन्त्रण र रोकथामका लागि उच्च र्सतर्कता अपनाउनुका कारणले गर्दा नै छिटै नियन्त्रणमा आएको हो ।नियन्त्रण गर्न सहयोग गर्न कुखुरा व्यवसायी, कुखुरा पालक किसान साथै पशू स्वास्थयकर्मीहरुलाई धन्यवाद त दिनै पर्दछ । यसको प्रभाबकारी नियन्त्रणको लागिघरघरमा पुगेर पंक्षी, पंक्षीजन्य सामान, दाना आदिको नष्ट गर्नु थौरै भएपनि क्षतिपर्ूर्ति दिइएको छ । यसको लागि पनि नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय पशु सेवा विभागको योगदान अतुलनीय छ ।र् बर्ड फलु संक्रमण देखापरेपछि नेपाल सरकारले बर्ड फलु रोग नियन्त्रण आदेश अनुसार पो उमनपा घारीपाटनलाई केन्द्र मानी पर्ूवसेती नदी उतर पोखरा बसपार्क, साहारा स्कूल, पश्चिम संाग्रिला चोक हिमालय आँखा अस्पताल हुदै घारीपाटन चोकसम्म र दक्षिण हनुमान चोक, तल्ल्ाो रातौ पैरा, पिपलधारा मार्ग हुदै सांग्रिलाचोक नजिकको घारी मूल कुलोसम्मको चार किल्ला भएको वडा नं७ र १७को भू भागलाई माघ २१ गते संकमण ग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।े सीमांकन गरिएको क्षेत्रमा मात्र ४९१ हाँस, दुइहजार ७ सय ३९ स्थानीय कुखुरा, बोइलर ७हजार ६सय ६लर्ेयस १९० परेवा १०२ गरि ११हजार १ सय २९ पंक्षी नष्ट गरिएको थियो । पंक्षीवाट मानिसमा यो रोगको संक्रमण भयो भने महामारीकै रुप लिनसक्छ । हुन त दक्षिण एशियामा यो रोगको संक्रमणवाट कसैको पनि मृत्यु नहुनु सन्तोषकेा बिषय हो । तर जनस्वास्थ्यलाई ध्यानदिइ पर्ूवर्सतर्कता अपनाउनुलाई महत्वपर्ूण्ा कदमका रुपमा लिनु पर्दछ । अहिले केहि भएन भन्दा पनि पछि केही हुन्छ भनेर सावधानी अपनाउनु पर्दछ तर बर्ड फलु पर्ूण्ा नियन्त्रणमा नआइकन नियन्त्रण कक्ष खारेज गर्नु उचित कदम होइन । कतिपय कुखुरा पालक पेशा व्यवसायीहरुले पत्रकारलाई लक्षित गर्दै पत्रकारको कारणबाट पेशा व्यवसाय चौपटमा पर्यो भनेर पत्रकारमाथि दोष लगाउनु लजास्पद र हास्यास्पद कुरा हो । सरकारले कुनैपनि पेशा व्यवसाय गर्न छुट दिएको छ तर संक्रमणकालीन अवस्थाको चेतना सबैलाई हुनु पर्दछ । छोटै समयमा रोग नियन्त्रणमा आउनु जायज भएपनि आम जनतालाई शंका पैदा गराइदिएको छ । झापामा बर्ड फलुको संक्रमण नियन्त्रणमा आउन ९० दिन लागेको थियो तर पोखरामा किन यति छोटो समयमा नियन्त्रणमा आएको शन्देश दिन खोजिएको छ । सबेैले बुझनै पर्दछ । नत्र फेरि रोग लाग्यो भन्दा पनि काल पल्को भने झै फेरि बर्ड फलु फैलन सक्छ ।
« Back |
Top |