|
नेपालको राजनीतिमा भारतीय चासो
February 18, 2010
चारदिन लामो भारत भ्रमणका क्रममा राष्टूपति डा यादब तर्ीथयात्राका लागि हरिद्वार जाने कार्यक्रम पनि रहेको छ । नेपालको नयाँ संविधान निर्माणका लागि अब केबल तीन महिनामात्र बाँकि रहेको समयमा भैरहेको राष्टूपतिको भारत भ्रमणलाई राजनीतिक क्षेत्रमा निकै चासोका साथ हेरिएको छ । राष्टूपति डा यादबको भारत भ्रमण नितान्त सद्भावना भ्रमण मात्र हो । तैपनि उनको यो नै प्रथम बिदेश भ्रमण भएकाले नेपाल भित्र र बाहिर पनि यो भ्रमणलाई अभिरुचिका साथ हेरिएको छ । राष्टूपतिलाई भेट्ने सबैजसो भारतीय नेताहरुले नेपालको संविधान निर्माणमा भैरहेको प्रगति र समयमा संविधान बन्ने या नबन्ने सम्वन्धमा जिज्ञाशा राखेका थिए । दुइ पक्षीय कुराकानीमा नजर दौडाउँदा वार्ता शिष्टाचारमामात्र सीमित नरही खुला छलफलमा नै परिणत भएको थियो । भारतीय पक्षले संविधान समयमा जारी हुन नसकेमा राष्टूपतिले कुनै कदम उठाउने वा नउठाउने सम्वन्धमा उनको मनस्थिति टटोल्न खोजेका पाइएको राजनीतिक पर्यवेक्षकहरुले बिश्लेषण गर्दैछन् । संविधान बनाउने दिनको काउण्ट डाउन सुरु भैसकेको तर नेपालका दलहरुबीच आजसम्म कुनै समझदारी बिकशित हुन नसकेको पर्रि्रेक्षमा नेपालको राजनीतिक घटनाक्रमले कुन मोड लिने हो भन्ने र्सवत्र चासोको बिषय बनेको छ । बृहत शान्ति संझौतामा सघाएको भारतले नेपालको घटनाक्रमहरुलाई नजीकवाट नियाल्न खोज्नु स्वाभाबिकै हो । यसबाहेक भारत भ्रमणका क्रममा नेपाल भारतबीच तीन समझदारी पत्रमा हस्ताक्षर भएको छ । एउटा समझदारीले नेपाल र भारतबीच हवाइ सेवा बिस्तार , अर्कोले रेल सेवा बिस्तार र तेस्रो समझदारीले हेटौंडामा पोलिटेक्निक इन्स्िटच्यूट स्थापना र वीरगंजमा नेपाल भारत मैत्री भबन निर्माण हुनेछ । समझदारी अनुसार पोखरा लगायत नेपालका सात स्थानवाट भारतका शहरहरु र भारतका १७ स्थानवाट नेपालमा हवाई उडान हुन गर्न सकिनेछ । समग्रमा राष्टूपति डा यादबको भारत भ्रमणले दुइ देशबीचको सम्वन्धमा थप प्रगाढता आउने बिश्वास गर्न सकिन्छ ।
« Back |
Top |