|
१०० दिन बाँकी
February 17, 2010
संविधानसभाले समय तालिका नै प्रकाशित गरेर संविधान निर्माणमा जुटेको थियो । तर कालक्रममा समय तालिका अनुसार काम नभएपछि तालिकालाई एक पटक होइन , पटक पटक परिवर्तन गरिएको थियो । अब परिवर्तन गरिएको तालिका अनुसार पनि संविधान नबन्ने लगभग निश्चित भएको छ । दलका नेता, मन्त्री र संविधानसभाका उपाध्यक्षका भनाइवाट संविधान निर्धारित समयमा नबन्ने भएको हो । संविधानसभाका अध्यक्षको तोकिएको समयमा संविधान बन्छ होइन , बन्नर्ुपर्छ भन्ने भनाइ आउन थालेको छ । यसबाट पनि अब २०६६ जेठ १४ गते संविधान नबन्ने लगभग पक्का भएको हो । संवैधानिक समितिका अध्यक्षको पनि यस्तै भनाइ आएको छ । अहिले मात्र होइन , दलका नेताहरुको गतिविधिले समयमा संविधान बन्ने कुरामा आशंका बढ्दै गएको थियो । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान अनुसारको ब्यबहार दलका जिम्मेवार नेताहरुले गर्दै आएका थिए । उनीहरु संविधान निर्माणजस्तो राष्टिूय महत्वको बिषयलाई गौण बनाएर कोही निरन्तर आन्दोलन त कोही सत्तालाई बलियो बनाउने खेलमा लागेका थिए । आपसमा आरोप प्रत्यारोपको खेलमा दलहरु लागेकै कारण मुलक आज निकै जटिल अवस्थामा पुगेको हो । पछिल्लो जनआन्दोलनको मर्म र भावना अनुरुप नेपालका ठूला दलहरु नचलेकै कारण आज हामी अत्यन्त तरल राजनीतिक अवस्थामा पुगेका हौं । वास्तबमा दलहरुलाई संविधानसभाको चुनावको माध्यमबाट सहमति र सहकार्यको आधारमा अघिबढ्न जनादेश प्राप्त भएको थियो । जनआन्दोलनको भावना पनि त्यही नै थियो । तर दिनहरु बित्दै जाँदा नेपालका तीन ठूला दलमा पलाएको दम्भ र अहंकारले उनीहरुले सहमति र सहकार्यलाई तिलांजली दिएर सत्ताको जोड घटाउमा चल्न थाले । कम्तिमा पनि जनअपेक्षा अनुसारको संविधान नबन्दासम्म दलहरु मिलेर गएको भए हामी आजको अनिर्ण्र्ाार अनिश्चयको कुइरोमा रुमलिनु पर्ने थिएन । कुरो नयाँ नेपालको ब्यबहार पुरानो नेपालको गरेर देश र जनता निकै जटिल अबस्थामा आइपुगेका छन् । यो असहज परिस्थितिवाट छुटकारा पाउनु सट्टा, हामी परिस्थितिका दाश बन्दै, अँध्यारो भविष्यतर्फलम्कन लागेका छौं । त्यसैले अबको १०० दिनमा संविधान बन्न यात चमत्कार हुनर्ुपर्छ यात बिदेशी प्रभूको कडिकडाउ निर्देशन नै चाहिन्छ । त्यो बाहेक जनताको आवाज सुनेर केही हुनेवाला छैन ।
« Back |
Top |