|
दक्षिण एशियाली खेलकूद र नेपाल
February 11, 2010
पाँचौं स्थानका लागि अफगानिस्तान र नेपालकाबीच तीब्र प्रतिस्पर्धा भएको थिया , जसमा अन्तिम दिनको म्याराथनमा नेपाल स्वर्ण्र्ाादक जित्न सफल भएको थियो । भारत अन्य मुलुकलाई धेरै नै उछिन्दै प्रथम स्थानमा रह्यो भने पाकिस्तान, बंगलादेश र श्रीलंकाबीच तीब्र प्रतिस्पर्धा भएर क्रमशः दोस्रो , तेस्रो र चौथो स्थान हासिल गरेका थिए । भारतले ९० स्वर्ण्र्ााजत्यो , जबकि दोस्रो हुने पाकिस्तानले केबल १९ स्वर्ण्र्ााात्र जितेको थियो । दक्षिण एशियाली खेलकूदले सबैभन्दा बढी खुशियाली यसपटकका नेपाली म्याराथन धाबक राजेन्द्र भण्डारीलाई दियो । श्रीलंकामा भएको साग खेलकूदमा ३ हजार मिटर स्टेपल चेज र ५ हजार मिटर दौडमा स्वर्ण्र्ााक जितेका भण्डारी डोपिड. टेस्टमा असफल भएपछि उनको दुबै पदक मात्र खोसिएन , दुइ बर्षखेलमै प्रतिबध लगाईयो । त्यसका बाबजुद यसपटक म्याराथन दौडमा भाग लिएर उनले स्वर्ण्र्ाादक जिती आफ्नो र नेपालको गुमेको प्रतिष्ठालाई फर्काए । साधारणतया डोपिड.मा परेका खेलाडी पुनः खेलमा र्फकन निकै कठीन हुन्छ तर भण्डारीले लगातार प्रशिक्षण गरेर नयाँ बिधा म्याराथनमा कर्ीर्तिमान नै कायम गरे । म्याराथन बाहेक नेपालले तेक्वान्दोमा दुइ, उसुमा दुइ, करातेमा दुइ स्वर्ण्र्ाादक प्राप्त गरेयो । यसपटकको प्रतियोगितामा कूल २३ खेेल समावेश गरिएका थिए । नेपालले सबै खेलमा भाग लिए पनि महिला फुटवल बाहेक अरु खेलमा उल्लेख्य पर््रदर्शन गर्न सकेन । तेक्वान्दो खेलाडी दीपक बिष्टले सागका लगातार चार संस्करणमा स्वर्ण्र्ााजतेर नयाँ कर्ीर्तिमान बनाउन सफल भएका छन् । रेफ्रीले दिएका बिबादास्पद निर्ण्र्ाा लिफ्ट दर्ुघटनामा परेर नेपाली खेलाडी घाइते हुनु, नेपालको पुरानै राष्टिूय गानको धून बजाइनु र समग्रमा ब्यबस्थापन पक्ष कमजोर देखिनु साग खेलकूदका नकारात्मक पक्ष रहे । नेपालको प्रतिकुल राजनीतिक वातावरणका बाबजुद नेपालको खेलकुद पर््रदर्शनलाई सन्तोषजनक नै मान्न सकिन्छ । नेपाली खेलाडीले उचित प्रशिक्षण समयमै पाउन सकेमा अहिले भन्दा धेरै राम्रो पर््रदर्शन गर्ने कुरामा भने शंका छैन । दक्षिण एशियाली खेलकूदमा राष्टूका लागि पदक बिजेता खेलाडीलाई ओठे सम्मान गरेर मात्र पुग्दैन उनीहरुको रोजीरोटीको ब्यबस्था गर्न पनि आवश्यक छ ।
« Back |
Top |