|
मुलुकले फेरि उपराष्ट्रपति पायो
February 8, 2010
आफ्नो मातृभाषामा नै शपथ ग्रहण गर्न सकिने गरी संविधानको संशोधन गरिएको हो र यो अनुकूल ब्यबस्थापछि झाले शपथ ग्रहण गरेर आफ्नो पद सकृय गराएका छन् । धेरै नेपालीलाई संविधान संशोधनको यो प्रावधान मन परेको छैन । तर जनतालाई मन नपरे पनि जनताका प्रतिनिधि दलहरुले यसमा सहमति जनाएर संविधान संशोधन गरेका हुन् । सर्वोच्च अदालतले गत साउन महिनामा हिन्दी भाषामा शपथ लिएका झालाई एक हप्तामा नेपाली भाषामा शपथ लिनु भन्ने आदेश दिएपछि उक्त आदेशको अबज्ञा झाले गरेका थिए । अदालतको अबज्ञापछि सरकारले उनको पदलाई निष्कृय बनाएर , उनले पाउदै आएको सुविधामा कटौती गरेको थियो । उपराष्टूपति झाले संविधानको नयाँ प्रावधान अनुसार मैथली भाषामा शपथ लिएर आफ्नो पदलाई पुनः सकृय गराएका छन् । तर उनले पुनः शपथ ग्रहण गरे पनि उनी बिबादमुक्त भने छैनन् । बर्तमानमा कानून बनाएर बिगतको निर्ण्र्ााउल्ट्याउन नपाइने कतिपय कानूनवेत्ताहरुको मत छ । जे भए पनि झाको उपराष्टूपति पद सकृय भएको छ । अब मुलुकका उपराष्टूपति झाले राष्टूपति डा रामबरण यादबको भारत भ्रमणका बेला मुलुकको प्रथम कार्यवाहक राष्टूपति बन्ने अवसर प्राप्त गर्नेछन् । झण्डै आधावर्षपदलाई निष्कृय बनाएर पनि अन्ततः झाले आफ्नो अडान पूरा गरी छाडे । मुलुकको संविधान अनुसार चल्नुपर्ने बिषयलाई राजनीतिक निर्ण्र्ाागरेर चल्ने परिपाटीले भविष्यमा यस्ता समस्या दोहोरिन सक्छन् । त्यसैले क्षणिक राजनीतिक स्वार्थवाट भन्दा ब्यापक राष्टिूय दृष्टिकोणवाट यस्ता समस्यालाई लिइनु आवश्यक छ ।
« Back |
Top |