»

  Editorial - सम्पादकिय

बाँदरको हातमा नरिवल
February 2, 2010

 यसको क्षतिपर्ूर्ति राजनीतिक स्थिरता र स्थायित्व प्राप्त गरेर प्राप्त गर्ने नेपालीले आशा गरेका थिए तर अहिले पनि हामी राजनीतिक संक्रमणकालवाट नै गुज्रिरहेका छौं । लोकतन्त्र भनेको छाडातन्त्र हो भन्ने ब्यबहार तल होइन माथि भएकाहरुले नै पर््रदर्शन गरिरहेका छन् ।
एकजना महिला राज्यमन्त्रीले निजामति सेवाका प्रमुख जिल्ला अधिकारीलाई हातपात गरेको घटना सेलाउन नपाउँदै अर्की महिला सहायक मन्त्रीले त्यस्तै करामत दोहोर्याएकी छिन् । यसपटक सिडियोलाई होइन , जिल्लाको बिकास निर्माण गतिविधि हर्ेर्ने स्थानीय बिकास अधिकारी महिला मन्त्रीको हातपातको शिकार भएका छन् ।  यो घटना बाराको  हो , संयोगनै भनौं हातपातका उद्यत हुने पहिले झैं मधेसी जनअधिकार फोरम लोकतान्त्रिककै हुन् । लोकतन्त्रमा चित्त नबुझेको बिषयमा आफ्नो मतलाई निकाश दिने धेरै ठाउँ छन् । झन् मन्त्री महोदय महोदयाहरुलाई त आफ्ना भनाई आधिकारिक ठाउँमा राख्ने बिशेषाधिकार नै छ ।
केही दिनअघि रुपन्देहीमा एकजना सभासद्ले पुलिशले आफूलाई सलाम गरेन भनेर कुटेका थिए । यस्ता घटना किन बारम्वार दोहोरिइरहेका छन् , साँच्चै नै सोचनीय बिषय हो । मुलकमा १००।२०० होइन ६०० भन्दा बढी सभासद् छन् । ती सबैलाई र्सवसाधारणले चिन्नर्ैपर्छ भन्ने छैन । मन्त्री त चिन्न नसकिने अवस्थामा सबै सभासद्लाई चिन्ने संभावना नै छैन । मन्त्री, सभासद वा नेताहरुले आफूले सर्ुकर्म गरेर जनतासमक्ष आफ्नो पहिचान बनाउन सक्नर्ुपर्छ । शायद सर्ुकर्म गरेर पहिचान बनाउन नसकेपछि कर्मचारी कुट्ने कर्ुकर्म गरेर पहिचान बनाउन खोजेका हुन् कि - तिनको उद्देश्य जे भए पनि यस्ता मन्त्री र सभासद्हरुले लोकतन्त्रको उपहाश नै गरिरहेका छन् । वाँदरको हातमा नरिवल भनेको यही हो ।

« Back | Top

»

  More Editorial - सम्पादकिय

 

more editorial

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np