|
शहीदको संझना
January 31, 2010
देश र जनताका लागि जीबन उर्त्र्सग गर्ने ब्यक्तिहरुलाई हामी शहीद भनेर पुकार्र्छौं । शहीद भन्नासाथ १०४ वर्षो जहानियाँ राणा शासनका बिरुद्ध ब्रि्रोहको बिगुल फुक्ने र आफ्नो जीबन हाँसीहाँसी उर्त्र्सग गर्ने प्रातस्मरणीय चारजना शहीदलहरुलाई सम्झन्छौं । ती हुन् गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्री । तानाशाही राणा शासकहरुले आफू बिरुद्ध बगावत गर्ने र देश र जनताको उन्मुक्तिका खातिर लडेको भनी ती चार शहीदहरुलाई गोली ठोकेर र झुन्ड्याएर मारेको थियो । तिनले माफी मागेको भए राणा शासकले माफी दिन्थे तर उनीहरुले खुशीसाथ जीबन उर्त्र्सग गर्न नै श्रेयस्कर सम्झे । शहीदहरुको बलिदानकै कारण मुलुकवाट १०४ वर्षो जहानियाँ शासनको अन्त्य संभब भयो । तिनका बिरुद्ध सुरु भएको २००७ सालको क्रान्ति सफल भएपछि मात्र नेपालीले प्रजातन्त्रको मिर्मिरे बिहानी देख्ने अवसर पाए । निश्चय नै मुलुकमा प्रजातन्त्र ल्याउन धेरै नेपालीले सहादत प्राप्त गरेका छन् तर शहीदकै प्रेरणावाट यो संभव भएको हो । नेपालका शहीदहरुको इतिहास खोतल्दै जाने हो भने प्रथम शहीद गोर्खा जिल्लाका लखन थापा हुन् । जंगबहादुरको शासनका बिरुद्ध ब्रि्रोहको झण्डा उठाएपछि उनलाई जंगबहादुरले मृत्यूदण्ड नै दिएका थिए । नेपालका पटक पटक भएका प्रजातान्त्रिक आन्दोलनमा पनि धेरै नेपालीले सहादत प्राप्त गरेका छन् । देश र जनताका पक्षमा आवाज उठाउँदा मृत्यु वरण गर्ने शहीद नै हुन् । तर आजभोलि शहीदको परिभाषा पनि धेरै खुकुलो भएको छ । दल बिशेषको स्वार्थका लागि लड्ने, आततायीले गोली ठोकेर कोही मरे पनि शहीद घोषणा गरिनु पर्ने फेशन नै आएको छ । निश्चय नै मृत्यू कसैको पनि किन नहोस् त्यो पीडादायी नै हुन्छ । यसो भन्दैमा शहीद नै घोषणा गर्नुपर्ने माग जायज होइन । हाम्रा प्रातस्मरणीय शहीदहरुप्रति अन्याय हुन्छ । त्यसैले शहीदको पुनपरिभाषित गर्नुपर्ने अवस्था आएको होकि - शहीदको संझना गरेर मात्र पुग्दैन , शहीदले देखाएको बाटोमा हिंडेमात्र मुलुकले प्रगति गर्न सक्छ ।
« Back |
Top |