»

  Editorial - सम्पादकिय

संविधान निर्माणमा सहमति आवश्यक
January 29, 2010

एकथरी नेताहरु भन्छन् , अबको चार महिनामा संविधान निर्माण गर्नू संभब छैन । अर्कोथरी नेताहरु भन्छन् , संविधान समयमा नै जारी हुनसक्छ । उता संविधान निर्माणका लागि संविधानसभाले तय गरेको कार्य तालिका एक पटक होइन नौनौ पटक सशोधन भइसकेको छ र अब दशौं पटक संशोधन हुने तयारीमा छ । अहिलेसम्म संविधानको मस्यौदा तयार भएपछि जनताले छलफल गर्ने अबधिलाई खुम्च्याएर जसोतसो तालिका मिलाइएको छ , आगामी दिनमा त्यो पनि संभब नहुन सक्छ ।
संविधान तोकिएको समयमा जारी हुन सकेन भने के हुन्छ त - यसमा पनि दलका नेताहरुको आआफ्ना मत छन् । कोही भन्छन् १४ जेठमा जारी नभए पनि आकाश खस्ने , धर्ती फाट्ने हुँदैन , कोही भन्छन् समयमा जारी हुनर्ुपर्छ नत्र यसले ठूलो राजनीतिक संकट निम्त्याउँछ । ६०१ सभासद्ले दुइ बर्षम्म खाएको भत्ता फिर्ता हुनर्ुपर्छ भन्ने जस्ता कडा बिचारहरु पनि तरंगित भएका छन् । अन्य मुलुकमा संविधानसभाको चुनावपछि पनि संविधान निर्माण गर्न ६।७ बर्षलागेका छन् , त्यसैले ठ्याक्कै तोकिएको समयमा संविधान जारी नभए पनि आत्तिनु पर्ने अवस्था नभएको कतिपयको धारणा पाइएको छ । हतारमा तोकिएको समयमा बिबादास्पद संविधान जारी गर्नुभन्दा केही ढिला भए पनि सबैलाई मान्य हुने संविधान आउनु पर्ने मत पनि पाइएको छ ।
संविधान निर्माणको अर्को पनि महत्वपर्ूण्ा पक्ष छ । त्यो हो , तीन ठूला दलहरु आआफ्नो अनुकूलको संविधान ल्याउनमा प्रयत्नशील छन् । तीन दल मात्र होइन, मधेसवादी दलहरुको पनि आफ्नै स्वार्थ छ । वास्तबमा नेपाली जनतालाई मान्य हुने र्सवमान्य संविधान ल्याउनु भन्दा पनि आआफ्नो दल अनुकूलको संविधान ल्याउने पं्रयत्नले संविधान समयमा जारी हुने कुरामा शंका गर्ने ठाउँ छ । यो स्वार्थको मात्र लडाइैं होइन , राजनीतिक सिद्धान्तको पनि लर्डाई हो । माओवादी आफू अनुकूल जनवादी संविधान ल्याउन पुनः सत्तामा पुग्ने कसरतमा लागेको छ भने कांग्रेस र एमाले पनि लोकतान्त्रिक संविधान ल्याउने दाउमा छन् । तर एउटा भुल्नै नहुने कुरा के हो भने संविधानसभाले र्सवसम्मत नत्र दुइ तिहाइ बहुमतले मात्र संविधानका बुँदाहरु पारित गर्न सक्छ । यो दुइ तिहाइ बहुमत एक्लै जुटाउने सामर्थ्य कुनै दलहरुसँग पनि छैन । यसले सहमति र सहकार्यको सन्देश दिइरहेको छ । सहमति र सहकार्य बिना संविधान बन्ने संभावना नै छैन , त्यसैले सानातिना दलीय स्वार्थ , बृहत्तर राष्टिूय स्वार्थका सामू तिलांजली दिएर अगाडि बढ्नुको बिकल्प दलहरुसँग छैन ।

« Back | Top

»

  More Editorial - सम्पादकिय

 

more editorial

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np