|
राष्ट्रपतिको भारत भ्रमणको महत्व
January 21, 2010
हुन त निर्वाचित भए लगत्तै राष्ट्रपतिले ओलम्पिक खेलकूदका लागि चीन भ्रमणको निम्तो पाएका थिए तर तत्कालीन माओवादी सरकारले भ्रमणको चाँजोपाँजो नमिलाएपछि उनको बिदेश भ्रमण हुन सकेको थिएन । नेपालका राष्ट्रपतिको हैशियत अन्तरीम सविधानको ब्यबस्था अनुसार कार्यकारी नभै आलंकारिक मात्र भए पनि राष्ट्र प्रमुखको हैशियतले गर्ने भारत भ्रमणको आफ्नै महत्व हुनेछ । नेपाल र भारत छिमेकी मुलुक हुन् र दुइ देशबीचको सम्वन्ध उकाली ओराली र घुम्तीहरु पार गर्दै आजको अबस्थामा आइपुगेको छ । हामीले इमान्दारीपर्ूवक मेहनेत गर्यौं भने धेरै कुरा बदल्न सक्छौं तर चाहेर पनि छिमेकी बदल्न सक्दैनौ. । तर्सथ छिमेकीसँग मिलेर बस्नु, छिमेकीको समृद्धिवाट हामीले पनि फाइदा उठाउन सक्नर्ुपर्छ । वास्तबमा नेपालको राजनीतिक, आर्थिक, शैक्षिक लगायतका बिकासका धेरै क्षेत्रमा भारतले सहयोग प्रदान गर्दै आएको छ । तैपनि नेपालमा भारत बिरोधी भावना फैलाएर राजनीति गर्ने पुरानो प्रचलन हो । यसका लागि नेपाल मात्र जिम्मेवार अवश्य छैन , भारतवाट शक्ति राष्ट्रको हिशाबले गरिने एकपक्षीय ब्यबहार पनि त्यत्तिकै जिम्मेवार छ । दुइ देशकाबीच समय समयमा हुने उच्चस्तरीय राजनीतिक भ्रमणहरुले दुइ देशबीच बिद्यमान समस्याको निराकरण गर्न निश्चय नै मद्दत पुग्नेछ । यस्ता भ्रमणले आपसी शंका, अविश्वासको वातावरणलाई चिर्दै बिश्वास र सौहार्दताको वातावरण तयार गर्न सघाउ पुग्नेछ । नेपालको राजनीतिमा हाल प्रतिपक्षको भूमिकामा रहेको एकीकृत माओवादीले चौथो चरण्को आन्दोलन अर्न्तर्गत राष्ट्रिय स्वाधीनताको मुद्दा भन्दै भारत बिरोधी अभियान नै संचालन गरिरहेको छ । भारतीय बिदेश मन्त्री कृष्णाले नेपाल भ्रमणका अवसरमा अध्यक्ष प्रचण्डलाई भेटेर अविश्वास र शंकाको कुरा मेट्न र नेपाल भारतवीच गरिएको सन् १९५० को सन्धि पुनरावलोकन गर्न भारत तयार भएको जनाउ दिएर नेपाललाइ यसका लागि पहल गर्न आब्हान पनि गरेका छन् । राष्ट्रपतिको भारत भ्रमणले दुइ देशबीचको सम्वन्ध सुधारमा नयाँ आयाम थप्ने बिश्वास गर्न सकिन्छ ।
« Back |
Top |