|
बिषय गंभीर डम्फू आ-आफ्नो
January 20, 2010
हामी लामो र कहालीलाग्दो राजनीतिक संक्रमणकालवाट गुज्रिरहेका छौं । संक्रमणकाल कति पीडादायक हुने रहेछ भन्ने कुरा प्रत्येक नेपालीले प्रत्यक्षरुपमा महसुस गरिरहेका छन् । यस्तो अवस्थामा दलहरुले सहमति र सहकार्यको संस्कृतिलाई कायम राख्न सकेनन् भने संविधान निर्माण, शान्ति प्रक्रियालाइ टुँगोमा पुर्याउने कार्य र माओवादी लडाकुको ब्यबस्थापन, रेखदेख र समायोजनलाई निष्कर्षा पुर्याउन सकिन्न । राज्य पर्ुनर्संरचनाको क्रममा राज्यलाई संघीयतामा लैजाने बिषयमा दलीय सहमति भएर अन्तरीम संविधानमा ब्यबस्था समेत गरिएको छ । अबको दायित्व भनेको राज्यलाई कस्तो संघीयतामा लैजाने, कति संघराज्यहरुको निर्माण गर्ने , संघ र केन्द्रको अधिकार क्षेत्र र दायित्व, साधन र श्रोतको बाँडफाँड लगायतका संघीयतासँग जोडिएका बिषयमा दलहरुबीच गहन र गंभीर छलफल हुनु पर्ने हो । तर यस बिषयमा दलहरुले जिम्मेवारी पर््रदर्शन गर्न सकिरहेका छैनन् । दलहरु यसप्रति गंभीर हुन नसकेकै कारण आआफ्नो डम्फू बजाइरहेका छन् । माओवादीले जातीय आधारमा गणराज्यको घोषणा गर्दै हिंडेको छ भने एमाले र कांग्रेसले पनि ठोश प्रस्ताब जनतासमक्ष प्रस्तुत गर्न नसकेको अवस्था छ । निश्चय नै यस्तो गंभीर प्रश्नमा दलहरुले आमसहमति कायम गरेर अगाडि बढ्नुमा नै मुलुक र जनताका लागि श्रेयस्कर हुन्थ्यो । यसो हुन नसकेकै कारण दलहरुप्रति जनतामा अबिश्वास बढ्दै संघीयता बिरोधी आन्दोलनप्रति जनताको सहानुभूति बढ्दो छ । यो बिषयलाई जनमतसंग्रहवाट टुँगो लगाउनु पर्छ भन्ने आवाज पनि जिम्मेवार दलकै नेताहरुवाट आउन थालेको छ । माओवादी शान्ति प्रक्रियाको प्रवेशको महत्वपर्ूण्ा चरणमा मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्नु भएको कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीसँग संघीयताको मोडेल उत्तर दक्षिणको आधारमा गर्ने भनेर सहमति भएको दावी गरेका छन् । भोलिका दिनमा माओवादी अध्यक्ष प्रचण्डवाट यो बिषयमा प्रतिवाद पनि होला । दुइ नेतावीच मौखिक सहमति भएको बिषयमा कति सत्यासत्य छ , उनै दुइ नेताले जानुन् । तर एउटा कुरा के निश्चित हो भने अहिलेको नाजुक घडीमा आएर यो बिषयमा दावी प्रतिदावीमा अल्झनु सट्टा सहमतिकै आधारमा काम गर्नु आवश्यक छ । उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने अनि आआफ्नो डम्फू बजाउने हो भने लम्फू चरित्रमात्र पर््रदर्शन हुन्छ ।
« Back |
Top |