|
अबको दायित्व संविधान निर्माण
October 26, 2009
अस्ताउँदो र उदाउँदो र्सर्ूयको पूजा आराधना गरी यस बर्षो छठ पर्व समाप्त भएको छ । बिगतमा नेपालको पर्ूर्वी तर्राईमा सीमित यो पर्वले हिजोआज राष्टिूय स्वरुप नै ग्रहण गरेको छ । सबै ठूला चाडवाड सबैजसो नेपालीले मनाउने नेपाली समाजको बिशेषता नै हो ।
•
read more...
बिदेशी प्रभू गुहार्नु पर्ने होकि -
October 25, 2009
दशैं , तिहार भन्दै छठ पर्व सकिंदा पनि नेपालको राजनीतिका धूरन्धर खेलाडी प्रमुख तीन दल सहमतिमा पुग्न सकेका छैनन् । यद्यपि ती दलहरुले सहमति र सहकार्यको कुनै बिकल्प नभएको रटान दिइ नै रहेका छन् । जनतालाई आश्वासन दिने मामलामा अन्य दलभन्दा कुनै पनि मानेमा माओवादी नेतृत्व पनि पछि परेन ।
•
read more...
महंगीको पीडा
October 24, 2009
धेरै नेपाली जनताले मनाउने धार्मिक र सांस्कृतिक महत्वको चाड दशैं र तिहार सकिएको छ भने तराइमा त्यत्तिकै सजधजका साथ मनाइने र क्रमशः बिस्तारित हुँदै आएको छठ पर्व पनि केही दिनभित्रै सकिंदैछ । यस बर्षबजार भाउ अत्यधिक बढेको कारण नेपाली जनतालाई परम्परादेखि मनाउँदै आएको चाडवाड मनाउन निकै नै धौधौ परेको जगजाहेर छ ।
•
read more...
एन्आरएन्को क्षमताको उपयोग गरौं
October 15, 2009
'शान्त र समृद्ध नेपाल, हाम्रो साझा सपना' भन्ने मूल नाराका साथ गैरआवासीय नेपालीहरुको चौथो विश्व सम्मेलन राजधानी काठमाण्डौमा सुरु भएको छ । सम्मेलनमा ५२ देशमा फैलिएका एनआरएन्हरुको सहभागिता छ । काठमाडौंमा भइरहेको सम्मेलनले आगामी दर्ुइ बर्षा लागि नयाँ नेतृत्व चयन गर्नुका साथै नेपालको बिकासमा उनीहरुको लगानी भित्र्याउने सम्बन्धमा ब्यापक छलफल हुनेछ ।
•
read more...
राम्रो काम गरे टिक्छ नत्र ..........
September 5, 2009
सरकारले सय दिन पूरा गर्नु आफैंमा उपलब्धी हो भनी राजनीतिक बिश्लेषण भैरहेको समयमा अब सरकारका उल्टो दिन गिन्ती सुरु भएको संकेत अरु कसैले नभएर स्वयं यो सरकारका रचनाकार गिरिजाप्रसाद कोइरालाले दिएका छन् ।
•
read more...
मुलकलाई अराजकतातर्फनधेकेलौं
August 30, 2009
मुलुक अहिले संक्रमणकालको गहिरो भासमा छ । यो भासवाट निस्कनु सट्टा झन्झन् जाकिंदै जाने होकि भन्ने शंका प्रतिदिन बलबती हुँदो छ । अरु कसैवाट नभै जिम्मेवार राजनीतिक दलहरुको ब्यबहार र गतिविधिवाट मुलुकमा यो अवस्था श्रृजना भएको हेा ।
•
read more...
सदन अवरोध नियमित प्रक्रिया
August 28, 2009
ब्यबस्थापिका संसद् अबरोध नियमित आकस्मिकता भन्दा पनि नियमित प्रक्रिया नै बनिसकेको छ । बिगत पाँच महिनाको अबधिमा संसद्को ७२ वटा बैठक बोलाइएकोमा ५२ वटा बैठक अबरुद्ध भएबाट पनि यो कुराको पुष्टि हुन्छ ।
•
read more...
महाभियोग राजनीतिक निकाश हुन सक्दैन -
August 10, 2009
एकीकृत नेकपा माओवादीले आन्दोलनमा जाने अडान नछाडेपछि आजभोलि सत्ताधारी पार्टर्ीी नेताहरुले एक स्वरले ब्यबस्थापिका संसद्मा प्रधानसेनापति प्रकरणमा छलफल गर्ने नै हो भने राष्ट्रपति बिरुद्ध महाभियोग ल्याउन माओवादीलाई चुनौतीपर्ूण्ा सुझाव दिएका छन् । दलहरु मात्र होइन सरकारको नेतृत्व गरेका नेकपा एमालेका नेता प्रधानमन्त्री माधबकुमार नेपालले पनि माओवादी अध्यक्ष प्रचण्डलाई यही सल्लाह दिएका छन् ।
•
read more...
कुहिएको खाद्यान्न र पश्चिमको हैजा
August 6, 2009
संयुक्त राष्ट्र संघको बिश्व खाद्य कार्यक्रमले सुदूर पश्चिम क्षेत्रका बितरण गरेको दाल चामल कुहिएको र यसैको कारण झाडा पखाला र हैजाको महामारी फैलिएको कतिपय ग्रह्र सरकारी संघसंस्थाहरु र मानवअधिकारवादी संस्थाहरुको पनि दाबी छ । खाद्य कार्यक्रमले बितरण गरेको दाल चामल कुहिएर डल्ला परेको मात्र होइन ढुसी समेत पलाएको पनि ती संस्थाहरुको भनाइ छ । त्यस क्षेत्रको झाडा पखाला र हैजा लामो समयदेखि नियन्त्रणमा आउन नसकेपछि पछिल्लो समयमा यो जानकारी आएको हो ।
•
read more...
प्राधिकरणलाई सोच मात्र नबनाऔं
July 28, 2009
पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरद्सिंह भण्डारी पोखराका पर्यटन ब्यबसायीहरुलाई आश्वासन बाँडेर राजधानी काठमाडौं फर्केका छन् । आफ्नो पुख्र्यौली थलो पोखरा भएका कारण पनि भण्डारीको पोखरासँग भावनात्मक सम्वन्ध रहेको छ । उनले यो कुरा भाषण र भेटघाटको क्रममा प्रकट पनि गरेका थिए । यस हिशाबले पोखराको बिकासमा उनको बिशेष लगाव हुनु अस्वाभाबिक होइन । मन्त्री स्थान विशेषको नभै सिंगो देशको हुने हुँदा स्वाभाविक रुपमा राष्ट्रिय दायित्व हुन्छ ।
•
read more...
चरम बिकृतिको राजनीति
July 5, 2009
यो आर्थिक बर्षसमाप्त हुन अब केबल ११ दिनमात्र बाँकी छ । नयाँ आर्थिक बर्षप्रारम्भ भएपछि नयाँ कार्यक्रम र बजेट लागू गर्न चालू बर्षै सरकारले बजेट सदनमा पेश गरी सक्नर्ुपर्छ । तर सदन सुचारु हुन नसकेकै कारण बजेट र कार्यक्रम अझै राजनीतिक अनिश्चयको भूमरीमा रुमल्लिएको छ । यो भन्दा राजनीतिक गाइजात्राको नमूना अरु हुन सक्दैन । संभबत दुनियाँको कुनै पनि कुनामा यस्तो किसिमको सस्तो राजनीति गरेर बजेट र कार्यक्रम अबरुद्ध कहिँ पनि हुँदैन । तर नयाँ नेपालमा यो भइरहेको छ । शायद नयाँ नेपालको असली स्वरुप नेपालका राजनीतिज्ञहरुले देखाइरहेका छन् ।
•
read more...
मनाङको दुःखद् घटनाको सन्देश
July 4, 2009
हिमाल पारीको जिल्ला मनाङमा सात जनाको पिटेर हत्या भएको छ । गोरखा जिल्लाबाट यार्सर्ााम्वा टिप्न गएका मानिसहरुले स्थानीय गाविसको अनुमति बिना यार्सर्ााम्वा टिप्न लागेको भनी स्थानीय नार गाबिसका जनतासँग भएको झगडापछि सात जनाको कुटपीटका कारण मृत्यु भएको हो । कुटपीटमा परी मर्नेहरुमा उत्तरी गोरखाको केरौजाका युवाहरु छन् । घटना जेठ २७ गते भए पनि असारको १४ गतेमात्र प्रहरीलाई जानकारी भएको थियो ।
•
read more...
फोरम बिभाजनतिर
June 12, 2009
सरकारले पर्ूण्ाता पाउन ढिलाई भैरहेको समयमा मुलुकको चौथो ठूलो पार्टर्ीीधेसी जनअधिकार फोरमभित्र भने आपसी संर्घष्ा झन् चर्किएको छ । अब यो पार्टर्ीीई फुट्नबाट जोगाउन कसैले नसक्ने अवस्थामा पुगिसकेको छ । निर्वाचन आयोगमा समेत फोरमको गच्छदार समूहले ४० प्रतिशत केन्दीय सदस्य पुर्žयाएर जानकारी दिइसकेको छ । उता यादब समूहको बीरगंजमा बैठक बसेर बहुसंख्यक केन्द्रीय सदस्य सभासद् आफ्नो पक्षमा भएको दावी गरिरहेको छ । फोरमको अहिलेको अवस्थालाई मूल्यांकन गर्दा बहुसंख्यक केन्द्रीय सदस्य यादब पक्षमा र बहुसंख्यक सभासद् गच्छदार पक्षमा देखिएका छन् ।
•
read more...
आशा गर्न सकिने ठाउँ
June 11, 2009
मुलुकमा लामो समयदेखि राजनीतिक गतिरोध कायमै रहेको समयमा प्रधानमन्त्री माधबकुमार नेपाल लगायत एमालेका शर्ीष्ा नेताहरुबीच र माओवादी अध्यक्ष लगायतका शर्ीष्ा नेताहरुबीच पहिलोपटक वार्ता भएको छ । वार्ता सकारात्मक दिशामा अगाडि बढेको र कुनै न कुनै निकाश निस्कने आशा एवं अपेक्षा गरिएको छ । प्रधानसेनापति कटवाल प्रकरणपछि दुइ वामपन्थी दलहरुवीचको सम्वन्धमा तिक्तता थपिंदै गएको थियो । यही प्रकरणमा माओवादी नेतृत्वले एमालेको साथ नपाएपछि माओवादी नेतृत्वको सरकार पदत्याग गर्न बिवश भएको थियो । मुलुकमा नागरिक सर्वोच्चता नभएको र सैनिक सर्वोच्चता कायम भएको भनी माओवादीले त्यसका बिरुद्ध संर्घष्ा चलाउने भनी सडक र सदनको आन्दोलनमा जुटिरहेको छ ।
•
read more...
मन्त्री बन्ने र बनाउने अस्वस्थ खेल -
June 9, 2009
एमालेका बरिष्ठ नेता माधबकुमार नेपाल मुलुकको प्रधानमन्त्री भएको सत्रौं दिन बित्दा पनि सरकारले पर्ूण्ाता पाउने लक्षण देखा परेको छैन । सरकारले कहिलेसम्म पर्ूण्ाता पाइसक्ने हो र नयाँ सरकारका गतिविधि अगाडि बढ्ने हुन् कसैले पनि भन्न सक्ने अवस्था छैन । सरकार निर्माणमा भइरहेको यो ढिलाईले जनतामा नकारात्मक सन्देश मात्र प्रवाह भैरहेको छ । प्रमुख दलहरुकाबीच र दलभित्र देखा परेको किचलोले यो नकारात्मक परिस्थिति सिर्जना भएको हो । माओवादी नेतृत्वको सरकारले मुलुकमा नागरिक सर्वोच्चता कायम गर्न नसकेको भनी राजीनामा दिएपछि बैकल्पिक सरकारका लागि बाटो खुलेको हो । प्रधानमन्त्री चयनमा खासै कठिनाई महसुस नगरिए पनि यतिखेर सरकारको नेतृत्व गरेको एमालेबाट सरकारमा क-कसलाई पठाउने भन्ने बिषयमा बिबाद तीब्र भएको छ ।
•
read more...
|