|
गतिरोध हटाउन इमान्दारिताको खा“चो
June 8, 2010
संविधानसभाको म्याद थप गर्नका लागि पं्रमुख तीन दल र माओवादीबीच भएको सहमति अनुसार बुधवार प्रधानमन्त्रीको राजीनामा आइसक्नु पर्ने माओवादी पक्षले बताउँदै आएको छ । सरकार र सत्तापक्षीय दलहरुको भनाइ भने प्रधानमन्त्रीको राजीनामा मात्र अलगै होइन, सहमति प्याकेजमै हो । तीन बुँदामध्ये दोसं्रो नम्वरको बुँदा अनुसार संविधानसभाको म्याद एक बर्षथप्ने काम भैसकेको छ । अब एक र तीन नम्वरको बुँदामात्र कार्यान्वयन गरिनु पर्छ । एक नम्वरको बुँदाको भाषा यस्तो छ - शान्ति प्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्याउन यस सम्बन्धमा बाँकि कामहरु अबिलम्व सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहाशिक जिम्मेवारी पूरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्न हामीहरु दृढ पं्रतिज्ञ छौं । तीन नम्वर बुँदा यसरी बोलेको छ - उपर्युक्त जिम्मेवारी कार्यहरु यथाशीघ्र सम्पन्न गर्न सहमतिका आधारमा राष्टिूय सहमतिको सरकार गठन गरी अघि बढ्न बर्तमान संयुक्त सरकारका पं्रधानमन्त्री अविलम्व राजीनामा तत्पर रहेको कुरा स्पष्ट गर्दछौं ।
•
read more...
जीवनलाई र्स्पर्श गर्ने वैज्ञानिक तरिका
June 8, 2010
महेश भण्डारी हामी नक्कल गर्र्छौं, अनुकरण गर्र्छौं, हामी अरुजस्तै बाँच्ने रहरमा सारा जीवन सिद्धाउँछौं । भेडाजस्तै विश्वासबारे मेरो बहस आज पनि जारी नै छ । गएको अंकमा यिनै कुरा गर्दै थिएँ, तर्क झ्यालबाट फुत्त हाम फडाल्छ । तर्कलाई, आलोचनात्क सोचलाई दैनिक जीवनमा टाँग्ने हामीसँग किला छैन । गएको अंक यिनै कुरा राखेर लेखनीको बीट मारेको थिएँ । धार्मिक अतिवादीको उदाहरण यहाँनेर राख्न चाहन्छु । त्रासका कारण धार्मिक अतिवादीहरू एउटा निश्चित आदर्शलाई अँगाल्छन् र उनीहरू अन्धो विश्वासमा निर्भर रहेर हरेक कर्म र फललाई स्वीकार्छन् । एउटा तार्किक निस्कर्षा पुग्नका लागि उनीहरू मूल्यांकन गर्दैनन् र आलोचनात्मक विश्लेषण गर्दैनन् । र, यो समाजको लागि अत्यन्तै खतरनाक हुन्छ किनकी मान्छेहरू नकरात्मक असरबाट चाँडै सजिलै प्रभावित हुन्छन् । तर्सथ धार्मिक अतिवादीहरू कुनै प्रश्नबिना नै धार्मिक सिद्धान्तको अनुसरण गर्छन् र नराम्रोभन्दा नराम्रो, अझ भनौं खतरनाकभन्दा खतरनाक कामहरू बिना सोचविचार अबलम्बन गर्छन्, सच्चा अनुयायी या पक्का भक्त बन्ने नाममा । धेरैभन्दा धेरै धार्मिक विखण्डनवाद, जातीवाद, राजनीतिक घृणा, हिंसा, आतंक, द्वन्द्व र युद्ध हामीले सजिलै हटाउन सक्ने थियौं यदि हामीले आपmनोबारेमा, आपmनैलागि केही सोचिदिएको भए । तर हामीले जतिखेर पनि अरुलाई हेर्यौ, अरुलाई ठूलो देख्यौ । र, फगत् अरुजस्तै बन्ने प्रयास गर्यौ । खैर, हामी आपmनै घरपरिवार मूल्यांकन गरौं त ! हाम्रा दैनिक क्रियाकलापलाई नजिकबाट नियालौं त ! धेरै मान्छेहरू आपmनो दैनिक जीवनमा दुःखी हुनुको प्रमुख कारण यो हो कि हामीले एउटै सिद्धान्त एवम् मान्यतामा उभिएर वर्षौं वर्षआपmनो जीवन बितायौं । जस्तै एउटा बच्चा वास्तवमा कलाकार या लेखक बन्न चाहन्छ । तर अभिवावकको निर्देशनमा ऊ व्यवस्थापन या विज्ञान पढ्न कलेजमा भर्ना हुन्छ । अभिभावकको लागि उसले 'कथित' सही बाटो समाएको छ तर उसले आपmनै लागि गद्दारी गरिरहेछ, आपmनै चाहना र सपनालाई बलत्कार गरिरहेछ । आँफ्नो मन जेमा रमाउँछ, जे उसलाई मन पर्छ त्यसलाई त्यागेर उसले बाबुआमाको आकांक्षा एवम् सपनाको अनुयायी बनेको छ । हामी यस्तै कर्म हरपल गरिरहन्छौं । हामी कुनै पनि कार्यलाई यस अर्थमा अपनाउँछौं कि अरु मान्छे त्यही चाहिरहेछन् । हामी आपmनोबारे सोच्न डराउँछौं । हामी फरक हुन डराउँछौं र्।र् इष्टमित्रले के भन्छन् - दाजुभाईले के भन्छन् - मरेका बाआमाको आत्माले के भन्छ - यस्तै तातो न छारोका सोचमा हामी आँफूलाई मार्र्छौं र बाँचेको घोषणा गर्र्छौं । यसलाई असली जीवन कसरी मान्ने - यो दुःखको कुरो हो, मानवीय जीवनको विडम्बना हो । आँफैले केही व्यवसाय गर्न छोडेर हामी 'टेन टु फाइभ' डिउटीमा खटिन्छौं । भनिन्छ कि मान्छे अध्ययन, अनुभव, कल्पनाशीलता र भ्रमणले परिपक्क बन्छ । हामीलाई देश विदेश घुम्नु छैन, गाउँ ठाउँ पहाड पर्वन पुग्नुछैन । जति धेरै सम्पत्ति भए पनि जागिर खानकै लागि हामीलाई हतार हुन्छ । जागिर यस्तो कर्म हो, जुन अरुको लागि गरिन्छ । हामीलाई त्यसकै हतार हुन्छ । हामी यस्तो रेखामा उभिएर बाँच्छौं जुन रेखा न यहाँ छ, न त्यहाँ छ, न कालो छ न सेतो छ तर त्यो रेखा राम्रो ठाउँमा छ किनकी सबै त्यसै भन्छन् । बास्तवमै राम्रो छ त - यस्तो सोच्ने हाम्रो बुद्धिको बिर्को बन्द छ । बुद्धले भनेको एउटा कथन यहाँनेर राख्दा सान्दर्भिक होला । "जसरी सुनलाई पोलेर, काटेर र घोटेर परीक्षण गरिन्छ त्यसरी नै मेरा शिष्यहरूले मेरा शब्दहरूलाई, बाणीलाई परीक्षण गनर्ुपर्छ, सही या गलतको मेसो नपाइकन बडो सम्मान भावले अन्धो अनुकरण गर्नु हुँदैन ।" यस्तै क्रान्तिकारी कुरा गरेर बुद्धले धर्मको क्षेत्रमा आलोचनात्मक सोचलाई प्रवेश गराएका थिए । बुद्ध यसो भन्दैछन् कि कुनै पनि ठूलो पण्डित या महान् व्यक्तित्वले केही बोल्दैमा या केही गर्दैमा त्यसलाई मान्नै पर्छ या त्यसलाई आस्था बनाउनै पर्छ भन्ने जरुरी छैन । तपाईं आपmनो बुद्धि तथा आलोचनात्मक विश्लेषणलाई प्रयोग गरेर त्यो महान् व्यक्तिको अभिव्यक्ति सही या गलत के छ त्यसको मूल्यांकन गर्न सक्नुहुनेछ । यो जीवनलाई र्स्पर्श गर्ने वैज्ञानिक तरिका हो । क्रमशः ाचभभद्दखष्दचबतभ२थबजयय।अom
•
read more...
जनताले तिरेको करको अपब्यय नगरौं
May 31, 2010
संविधानसभाको म्याद दुइ बर्षे नपुगेर एक बर्षथप्दा राष्टूलाई ठूलो आर्थिक भार पर्नेमा कुनै शंका छैन । राष्टिूय राजनीतिले सही मार्ग अबलम्बन गर्छ भने जनता त्यो ऋणको भार बोक्न तयार छन् । तर मुलुकको राजनीतिले सही मार्ग नलिए जनता थप करको भारवाट त थिचिन्छन् नै मुलुक पनि अस्तब्यस्त बन्नेछ । संविधान लेखनका लागि मात्र राष्टूले अहिलेसम्म रु १३ अर्व प्रत्यक्ष रुपमा खर्चेको छ । संविधानसभाको निर्वाचन तथा उपनिर्वाचनका लागि पनि राज्यले पौने तीन अर्ब लगानी गरेको छ । अब एक बर्षा लागि म्याद थपिएपछि मुलुकले थप रु ६ अर्वजति ब्यय गर्नु पर्नेछ । अभाब र गरीबीवाट पीडित नेपालीका लागि निश्चयनै यो निकै ठूलो रकम हो ।
•
read more...
नेपालीमाथि अत्याचार, सरकार मूकदर्शक
May 27, 2010
नेपालका राजनीतिज्ञहरु लामो अन्तरबिरोधमा अल्भिmएको समयमा भारतको पर्ूर्वी क्षेत्र मेघालयमा पुस्तौंदेखि बसेका नेपालीहरुमाथि लगातार हमला भएपछि हजारौं नेपाली त्यो ठाउँ छोड्न वाध्य भएका छन् । मुश्किलले ज्यान जोगाएर केही नेपाली जसोतसो नेपालको पर्ूर्वी सीमावर्ती क्षेत्र काँकडभिटामा आइपुगेका छन् । उनीहरुले सुनाएको दर्दनाक कहानी सुन्दा आड्ै सिरिड्ग हुन्छ । नेपालीहरु आफ्नो घरवार श्रीसम्पत्ति छाडेर ज्यान हत्केलामा राखेर सीमावर्ती क्षेत्रमा आएका हुन् । स्थानीय खासी समुदायले नेपालीहरुमाथि छानीछानी आक्रमण गरिरहेका छन् र स्थानीय सरकार मूकदर्शक बनेर बसेको छ ।
•
read more...
कटुता नबढाउँ
May 17, 2010
एकीकृत नेपाल कम्यूनिष्ट पार्टर्ीीाओवादीले सुरु गरेको अनिश्चितकालीन राजनीतिक हडताल एकतर्फी रुपमा फिर्ता लिएपछि मुलुकको राजनीतिमा सुधार आउला, निकाशहीन राजनीतिले निकास पाउला भनेर जनताले गरेको अपेक्षाले मर्ूतरुप लिन अझै सकिरहेको छैन । छ दिन लामो आमहडतालमा गइ सकेपछि सत्ताधारी दलहरुसँग एउटा सहमति गरेर हडताल फिर्ता लिएको भए संभवतः केही निकास निस्कन सक्थ्योहोला , हडताल त्यत्तिकै अन्त्य गर्दा मुलुकका परिस्थितिमा एकाएक गतिहीनता आएको महसुस गर्न थालिएको छ । प्रधानमन्त्री माधब कुमार नेपाल युवा संघ नेपालको स्थापना दिवसका अबसरमा निकै कडा रुपमा प्रस्तुत हुँदै आफूले कुनै हालतमा पनि सत्ता नछाड्ने भनी माओावादीलाई चुनौती दिएका छन् । माओवादीको धामधम्कीका सामू आफूले घुँडा नटेक्ने , पर्ूवशर्तका रुपमा अगाडि सारिएको आफ्नो राजीनामालाई कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट अडान पनि राखेका छन् । आमहडताल फिर्ता लिएका माओवादीलाई को बाघ को स्याल भन्ने देखिइसकेको र आफ्नो शालीनतालाई कमजोरी नठान्न पनि चेतावनी पनि दिएका छन् ।
जेठ १४ नजिकिंदै जाँदा संविधान नबन्ने कुरा त घाम जत्तिकै र्छलङग भैसकेको छ । हुँदाहँुदा आयु सकिन लागेको संविधानसभाको म्याद थप्ने नथप्ने बिषय नै अन्योलमा परेको छ । माओवादी यो सरकार रहँदासम्म म्याद थप्नुको कुनै औचित्य छैन भन्छ भने , सत्तापक्ष म्याद नथपे पनि फरक नपर्ने शासकीय अधिकार बर्तमान सरकारमा नै रहने तर्क गर्न थालेको छ । वास्तबमा संविधान संशोधन गरेर संविधानसभाको म्याद थपिएन भने यसले स्वाभाबिक मृत्यू बरण गर्छ , यस्तो अवस्थामा बढी घाटा माओवादीलाई नै हुन्छ । त्यसैले अन्तिम समयमा गएर माओवादी म्याद थप्न राजी हुने राजनीतिक क्षेत्रको अड्कल छ । अहिलेको नाजुक चरणमा दुइ पक्षबीच झनै कटुता बढ्नु दल, देश र जनताको स्वास्थ्यका लागि हानीकारक नै हुन्छ । कटुता बढाउने काम कसैले पनि गर्नु हुँदैन ।
•
read more...
राहदानी लिन जनतालाई सास्ती
May 16, 2010
जिल्ला जिल्लामा स्थानीय प्रशासनले नेपाली नागरिकलाई राहदानी दिन थालेपछि, राहदानी लिन राजधानी काठमाडौं जाने समस्याबाट नागरिकहरु मुक्त भएका थिए । यो ब्यबस्थालाई अझ सुधार हुनुपर्ने अपेक्षा भैरहेको समयमा सरकारले भने जिल्लावाट पाशपोर्ट दिने ब्यबस्थालाई हटाएर जनतालाई कष्ट मात्र दिएको छ । चैत १९ गतेवाट मेशिन रिडेवल पाशपोर्ट दिइनु पर्नेमा सरकारको अकर्मण्यताका कारण यो संभब नभएपछि जिल्लावाट पाशपोर्ट दिने सुविधाजनक ब्यबस्थाको सट्टा , यो ब्यबस्थालाई केन्द्रीकृत गरिएको थियो ।
•
read more...
आमहडतालको आत्ममूल्याङकन आवश्यक
May 13, 2010
म्ााओबादीले लामो तयारी र गृहकार्यपछि सुरु गरेको अनिश्चितकालीन आमहडताल उसले छैठौं दिनमा टुँग्याएपछि आमहडतालका सम्वन्धमा पार्टर्ीीत्र र बाहिर समीक्षा र बिश्लेषण भइरहेको छ । माओवादीको स्थायी समितिको बैठक नै बसेर यसको लामो समीक्षा भैरहेको छ । यस क्रममा अनिश्चित आमहडताल बेठीक थियो, यसलाई हारजीतका रुपमा लिइनु हुन्थेन भन्ने निष्कर्षा माओवादी पुगेको पनि समाचार माध्यमहरुमा आइरहेको छ । हडताललाई निर्ण्ाायक आन्दोलन भन्नु पनि बेठीक भएको माओवादीको बैठकको समीक्षा छ । माओवादीले आयोजना गरेको पछिल्लो हडताललाई तेस्रो जनआन्दोलन भनी न्वारान नै गरेको थियो ।
•
read more...
पर्यटन र नेपालको राजनीतिर्
May 11, 2010
पर्यटनका लागि पर्वतारोहण भन्ने स्थानीय नारा तय गर्दै धौलागिरी हिमाल आरोहण ५० बर्षपुगेको सर्न्दर्भमा यही बैशाख ३० गते पोखरामा धौलागिरी हिमाल -८१६७ मि) आरोहण स्वर्ण्र्ााहोत्सव मनाइने भएको छ । यसका लागि स्थानीय मूल आयोजक समिति गठन गरेर आवश्यक तयारी गरिएको छ । राजधानी काठमाडौं र धौलागिरी अंचलको म्याग्दी जिल्लामा पनि धौलागिरी स्वर्ण्र्ााहोत्सव सानो ठूलो कार्यक्रम आयोजना गरेर मनाइदैछ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये धौलागिरीको स्थान सातौं र नेपालका आठ हजार मिटरभन्दा अग्ला आठ हिमालमध्ये यसको स्थान छैटौंमा पर्दछ । अन्नपर्ूण्ा र धौलागिरी हिम श्रृड.्खलामा दुइवटा आठ हजार मिटरभन्दा अग्ला हिम चुचुरा पर्छन् । यी दुबैको प्रवेश द्वार पोखरा नै हो ।
•
read more...
सहमतिको बिकल्प, सहमति नै हो
May 3, 2010
अन्ततः जे नहोस् भनेर जनताले कामना गरेका थिए , नचाहेर पनि त्यसको सामना गर्नु परेको छ । बैशाख १९ गतेदेखि नेपाल कम्यूनिष्ट पार्टर्ीीकीकृत माओवादी अनिश्चितकालीन आम हडतालमा उत्रिएको छ । आम हडतालले सफलता प्राप्त नगरेसम्म फिर्त्ाा नलिइने भनी माओवादी अध्यक्ष प्रचण्डले मे दिवसका दिन राजधानीको खुला मंचवाट उद्घोष समेत गरेका छन् । माओवादीले आब्हान गरेको पहिलो दिनको बन्दको असर राजधानी लगायत मुलुकका प्रमुख शहरहरुमा पनि पर्यो । सबै ठाउँको जनजीबन पर्ूण्ात प्रभाबित भयो । पहिलो दिनको आम हडताल सामान्यतः शान्तिपर्ूण्ा रुपमा सम्पन्न भएको छ । पोखराको बिरौटा नजीक घारिपाटन लक्ष्मी चोकमा केही घरमा तोडफोड बाहेक यहाँ पनि हडताल शान्तिपर्ूण्ा रुपमा समाप्त भएको छ । बन्द आब्हानका कारण पोखरामा सबैभन्दा बढी मर्का पर्यटकलाई परेको छ । बिमानस्थल जान लागेका पर्यटकलाई समेत माथिको आदेश छैन भनेर झिटीगुण्टा सहित पैदल जान बिवश बनाइयो । यसबाहेक कार्यालय, बैंक, उद्योगधन्दा, यातायात, बजार सबै ठाउँमा बन्दको प्रभाब पर्यो । साँझ ६ बजेपछि पसल खुलेका कारण र्सबसाधारणलाई किनमेल गर्न सुविधा भएको थियो ।
•
read more...
दलहरु दबाबमा
April 27, 2010
राजनीतिक गतिरोध अन्त्यका लागि सोमबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि बिना निष्कर्षटुँगिएको छ । प्रमुख तीन दलहरु आआफ्नै अडानमा कायम रहेपछि संयन्त्रको बैठक बिना निष्कर्षसकिएको हो । मुलुकका प्रमुख राजनीतिक दलहरुले आआफ्ना राजनीतिक एजेण्डा बोकेर हिंडे पनि राजनीतिक गतिरोधले निकाश पाउनका लागि राष्ट्रिय सरकार गठन हुनु पर्नेमा भने बराबर सहमति जनाउँदै आएका छन् । तर बिडम्बनाको कुरा के छ भने राष्ट्रिय सरकार कसको नेतृत्वमा बन्ने भन्नेमा तीब्र बिबाद छ । माओवादी आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने अडानमा छ भने कांग्रेस र एमाले यसमा सहमत हुन सकिरहेका छैनन् । माओवादीको नेतृत्वमा सरकार बनाउनका लागि आफ्ना मागहरु पूरा हुनुपर्ने ती दलको माग छ ।
•
read more...
अगाडिको भागमात्र नहेरौं
April 26, 2010
दिन गन्तीको हिशाबले नयाँ नेपालको नयाँ संविधान जारी गर्न अब केबल एक महिना र चानचुन दिनमात्र बाँकि छ । यो अवधिमा दैबी चमत्कार बाहेक संविधान त जारी हुन्न नै तर १५ जेठपछि के भन्ने प्रश्न अझै अनुत्तरित नै छ । सत्ताको नेतृत्व गर्ने नेकपा एमाले र सत्ता साझेदार नेपाली कांग्रेसले निश्चित शर्त र कार्यतालिका सहित संविधानसभाको म्याद थप्नु नै उत्तम बिकल्प हुने सुझाव दिइरहेका छन् भने माओवादी संविधानसभाको म्याद थप्न राजी छैन । म्याद थप्नका लागि बर्तमान सरकार भंग हुनुपर्ने र माओवादीले सत्ताको नेतृत्व गर्न पाउनु पर्ने उसको माग छ । आफ्नेा नेतृत्वमा सरकार बने संविधान तोकिएको समयमा निर्माण हुनसक्ने माओवादीको दाबी पनि छ ।
•
read more...
"काला गए गोरा आउँछन्"
April 25, 2010
निजामति, प्रहरी र सेनामा कार्यरत नागरिकको एक ठाउँवाट अर्को ठाउँमा सरुवा हुनु सामान्य बिषय हो । निश्चित समय एक ठाउँमा काम गरेपछि अर्को ठाउँमा सरुवा गरिनु धेरै हिशाबले जायज पनि छ । यसै प्रशड.्गमा जिल्ला प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक रमेश खरेलको सरुवा भएको छ । खरेलले कास्कीमा सात महिना दुइ दिन सेवा गरे । र उनी एकाएक अल्पसूचनाको आधारमा राजधानीको जिल्ला काठमाडौंको प्रहरी प्रमुखमा सरुवा भए । खरेल पोखरामा केही बर्षबसुन् र पोखरा नगरीमा मौलाउँदै गरेको बिबिध आपराधिक घटना निमिट्यान्न पार्न नसके पनि धेरै कम गराउन सकुन् भन्ने र्सवसाधारणको कामना थियो । तर त्यो कामना पूरा हुन सकेन ।
•
read more...
ब्रि्रेको राजनीति, असक्षम र बेइमान नेतृत्व
April 22, 2010
भनिन्छ राजनीति सबै नीतिको राजा हो । सबै नीतिमा राजनीति नै प्रधान हुन्छ । राजनीतिले नै सबै नीतिलाई अगुवाइ गरिरहेको हुन्छ , दिशा निर्देश गरिरहेको हुन्छ । मुलुकका सबै नीतिहरु राजनीतिको पछि लुरुलुरु हिंडिरहेका हुन्छन् । यो लगभग बिश्वब्यापी मान्यता हो । राजनीतिलाई भन्दा अरु नीतिलाई प्राधान्यता दिनु पर्छ भन्ने मत नभएको पनि होइन , कतिपय देशमा यसकेा प्रयोग पनि गरिएको छ तर अन्ततः ती देशमा पनि राजनीतिले नै सबै नीतिलाई लपेटेर अघि बढेको अवस्था छ । राजनीतिले गाइड नगरेको मुलुकमा आर्थिक समृद्धि आए पनि त्यसले दीगोपन लिन सकेको छैन । केही दशकपछि त्यस्ता मुलुकमा अराजकता सिर्जना भएको छ ।
•
read more...
तीन दलको काँधमा जिम्मेवारी
April 21, 2010
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी गर्न अब केबल ३७ दिनमात्र बाँकि रहदा पनि मुलुकका भाग्यविधाता भनिने प्रमुख तीन दलका नेताहरु अझै पनि तीनतिर फर्किएको अवस्था छ । यो तीनतिर फर्किएको कारण संविधानका मुद्दामा नभै केवल संविधानसभाको म्याद थप्ने वा नथप्ने सम्वन्धमा मात्र हो । अब त संविधानको चर्चा परिचर्चा हुन छाडिसकेको छ । सबै दलले राम्ररी नै लाज पचाएर अब तोकिएको समयमा संविधान जारी नहुने बिषयमा एकमत भइसकेका छन् । अबको बिबाद भनेको संविधान तोकिएको समयमा जारी नहुने अवस्थामा मुलुकले कसरी निकाश पाउने भन्ने मात्र हो ।
•
read more...
प्राकृतिक सम्पदा डढेलोको चपेटामा
April 9, 2010
पुस महिनामै कास्की जिल्लाको उच्च पहाडी क्षेत्रमा बन डढेलो सुरु भएर , यसपटक डढेलोले रणसंग्राम मच्चाउन सक्ने अन्दाज गरिएको हो । हिउँ पर्ने क्षेत्रमा हिउँ पर्नु त कहाँ हो कहाँ उल्टै एकहप्ता लामो डढेलो लागेर माछापुच्छ्रे आधार सिविर जाने वाटोको घना जंगल समाप्त भएको थियो । मुलुक यतिखेर लामा खडेरीवाट गुज्रिरहेको छ । पोखराजस्तो सघनरुपमा पानी पर्ने क्षेत्रमा पानी राम्ररी पर्न सकेको छैन । एकदुइ पटक पानीसँगै परेको असिनाले भएको बालीनाली पनि सखाप भएको छ । चैत, बैशाखमा तापक्रम बृद्धिसँगै हावाहुरीका कारण बन डढेलो र गाउँ वस्तीमा पनि आगलागी भै ठूलो मात्रामा धनजनको क्षति हुन्छ । तर यसपटक बिगतका वर्षा भन्दा बन डढेलो र बस्तीमा आगलागीकोे मात्र धेरै नै बढेको छ ।
•
read more...
|