Samadhan National Daily

बैंककमा विस्फोट, १२ जनाको मृत्यु

Bangkok-bomb

३२ साउन, काठमाडौं । थाइल्याण्डका राजधानी बैंककमा एक मन्दिनरमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा १२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

बैंकक नजिकैको इरावन मन्दिरमा विस्फोट भएको हो । हिन्दु देवता ब्रहृमाको मन्दिर हो । तर, यहाँ बौद्ध धर्मावलम्बीहरु धेरै आउने गर्छन् ।

यो लोकपि्रय पर्यटन स्थल भएको बीबीसीले जनाएको छ । मन्दिर नजिकै एक फाइभ स्टार होटल समेत थियो ।

थाइल्याण्डको दक्षिणी हिस्सामा मुसलमान चरमपन्थीहरु छन् । तर, अन्य क्षेत्रमा यस्तो घटना निकै कम हुने गरेको छ ।

onlinekhabar

साउदी राजकुमारले ३२ अर्ब डलर लोकल्याणमा खर्च गर्ने

saudi-arabia-prince-alwaleed-bin-talal-story-top

रियाद । साउदी अरेबियाका अर्बपति राजकुमार अलवालिद बिन तलालले आफ्ना सम्पत्तिमा ३२ अर्ब अमेरिकी डलर आउँदा वर्षमा लोकल्याणकारी परियोजनामा खर्च गर्ने घोषणा गरेका छन् ।

राजकुमार तलालले बुधबार विज्ञप्ति प्रकाशन गरी यी सम्पत्तिबाट सांस्कृतिक समझदारी विस्तार गर्न सेतु तयार गर्ने, समुदाय विकास गर्ने, महिलालाई शसक्त बनाउने, युवालाई सक्षम बनाउने, प्रकोपमा राहत उपलब्ध गराउने तथा बढी सहष्णु तथा स्वीकार्य विश्व विकास गर्न सहयोग गरिने बताएका छन् ।

यो दान आउँदा वर्षमा राम्रोसँग योजना बनाइ खर्च गरिने छ । उनले यी रकम कहिले खर्च गरिने भन्ने समय सीमा नभएको बताए ।

अलवालिदले यससम्बन्धी गुठीको सञ्चालक समितिको अध्यक्ष आफू हुने र त्यसले यो रकम खर्च गर्ने जिम्मेवारी लिने बताएका छन् । उनले यो रकम आफ्नो मृत्युपछि पनि मानवीय परियोजना तथा प्रयासमा खर्च गरिने पिन बताए ।

राजकुमार अलवालिद साउदी राज परिवारका सदस्य हुनुहुन्छ र उहाँ स्वर्गीय राजा अब्दुल्लाहका भतिजा हुन् । परम्परावादी इस्लामिक मुलुकका राजकुमार अलवालिद कुनै पनि सरकारी पदमा हुनुहुन्न र उहाँले आर्थिक विषयमा समयसमयमा टिप्पणी गर्छन ।

एक पत्रकार सम्मेलनमा उनले बिल तथा मेलिन्डा गेट्स फाउन्डेसन तथा अमेरिकाका अन्य लोककल्याणकारी कोषको नमुनामा आफूले यस्तो दृढता व्यक्त गरेको बताएका छन् ।

सार्वजनिक रूपमा सेयर कारोबार हुने आफ्नो संस्था किङडम होल्डिङको मुख्यालयको ६६ औँ तलामा उहाँले यो रकम यस संस्थामा रहेको सम्पत्तिभन्दा पृथक भएकोछ । साउदी अरेबियाका अर्बपति राजकुमार अलवालिद बिन तलालले यस संस्थाको अध्यक्ष हुन् ।

किङडम होल्डिङले युरो डिज्नेदेखि फोर सिजन्स होटेल र सिटिग्रुपमा लगानी गरेको छ । रासस/एएफपी

चीनमा जहाज डुब्दा ४५० भन्दा बढी यात्रु बेपत्ता

चिनियाँ प्रधानमन्त्री घटनास्थल जाँदै

China-ship-sinking-AP

१९ जेठ, काठमाडौं । चीनको याङ्जी नदीमा जहाज डुब्दा ४५० जना भन्दा धेरै यात्रु वेपत्ता भएका छन् । पूर्वी शहर नानजिङबाट दक्षिण-पश्चिमी शहर चुंगचिङ तर्फ गैरहेको क्रुज जहाज तुफानमा फँसेर डुबेको हो ।

इस्टन स्टार नामको सो जहाजमा ४०५ चिनियाँ यात्रु, ५ ट्राभल एजेन्सीका कर्मचारी र चालक दलका ४७ सदस्य सवार थिए । उद्धारकर्मीहरुले २० जनालाई जीवितै उद्धार गरेका छन् । अरु यात्रुहरुको खोजीकार्य जारी छ ।

चिनियाँ समाचार एजेन्सी सिन्हुवाका अनुसार जहाज डुब्दा यात्रुहरुले गुहार माग्दै चिच्चाइरहेका थिए ।

तूफानले उद्धार कार्य प्रभावित

जहाज हुबेई प्रान्तको जियानली क्षेत्रमा डुबेको छ । जहाँ १५ मिटर गहिराइ छ । तर तूफान र वर्षाले उद्धारकार्य केही प्रभावित भएको सिन्हुवाले जनाएको छ ।

चिनियाँ प्रधानमन्त्री ली के कियाङ घटनास्थल जाँदैछन् । उनले उद्धारकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

बेइजिङस्थित बीबीसी सम्वाददाताका अनुसार याङ्जी नदीको जहाज डुबेको क्षेत्र सुन्दरताले भरिपूर्ण छ । त्यसैले धेरै पर्यटकहरु त्यसको सुन्दरता अवलोकन गर्न जाने गर्दछन् । जहाज दुर्घटनामा डुबेकाहरु पनि अधिकांश विदा सदुपयोग गर्दै घुम्न गएका थिए ।

यसै वर्षको जनवरी महिनामा याङ्जी नदीमा भएको एक दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । onlinebata

केजरीवालको र्‍यालीमा किसानले गरे आत्महत्या

kejriwal

९ वैशाख, नयाँदिल्ली । आम आदमी पार्टीले दिल्लीमा निकालेको र्‍यालीका क्रममा एक किसानले आत्महत्या गरेका छन् ।

किसानको आत्महत्यालाई लिएर आम आदमी पार्टी प्रहरीमाथि प्रश्न उठाएको छ । भारतीय जनता पार्टी र कांग्रेसले भने आपमाथि आरोप लगाएका छन् ।

आम आदमी पार्टीले भूमि अधिग्रहण बिल विरुद्ध किसान र्‍याली निकालेको थियो । र्‍यालीमा दिल्लीका मुख्यमन्त्री एवं आपका संयोजक अरविन्द केजरीवाल र उपमन्त्री मनिष सिसोदिया पनि सहभागी थिए ।

Farmar-sucide-at-aap-rally

जन्तरमन्तरमा केजरीवाल मञ्चमा गए लगतै एक किसानले नजिकैको रुखमा पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हातमा आपको चुनाव चिन्ह झाडु लिएर रुखमा बसेका उनले आफ्नै गम्छाको पासो लगाएका हुन् ।

र्‍यालीमा सहभागीहरुले तत्काल रद्दा गरेर राम मनोहर लोहिया अस्पतालमा अस्पताल पुर्‍याएको थियो । तर, उनको निधन भएको छ ।
आपले भूमि अधिग्रहण बिल अघि बढाए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

– See more at: http://www.onlinekhabar.com/2015/04/269258/#sthash.ADgfPByq.dpuf

सौर्य उर्जाबाट चल्ने विमान

March 9th, 2015
सौर्य उर्जाबाट चल्ने विमान
सौर्य उर्जाबाट चल्ने विमानले सोमबार विश्व भ्रमण सुरु गर्ने बताइएको छ। सोलार इम्पल्स टु विमानले अबुधाबीबाट उडान सुरु गर्ने  छ।

५ महिना लामो भ्रमणका क्रममा विमानले ३५ हजार किलोमिटरको दुरी पार गर्ने जनाइएको छ । विमानले ओमान, भारत, म्यानमार, हवाइ, चीन, न्युयोर्कको आकाशमा उडान भर्दै फेरि आबुदबीमै आएर भ्रमण टुंगाउनेछ । विमानलाई २ जना स्वीस पाइलटले पालैपालो उडाउने जनाइएको छ । सोलार इम्पल्स यसको तौल २३ सय किलोग्राम छ ।

सो भ्रमणमा विमानमा सौर्य उर्जाबाहेक अरु कुनै इन्धन प्रयोग नगरिने कम्पनीले बताएको छ। वातावरण प्रदूषण गर्ने पुरानो प्रविधिलाई विस्थापित गर्दै नयाँ तथा स्वच्छ प्रविधि ल्याउने उदेश्यले यो विमान निर्माण गरिएको हो ।  एजेन्सी

प्रेम गरेको अभियोगमा युवकलाई नाङ्गै गाउँ घुमाइयो

प्रेम गर्नु कुनै अपराध हैन् । तर, हाम्रो समाजमा यस्तै पवित्र कामलाई अपराध ठानिन्छ र सहनै नसक्ने सजायँ दिइन्छ ।

यो तस्वीरमा देखिने १८ वर्षका युवकले कुनै ठूलो अपराध गरेका होइनन् । तर, गाउँको परम्परालाई तोडेको भन्दै उनलाई नाङ्गै पारेर गाउँ घुमाइयो ।

Naket-boy

घटना भारतको महाराष्ट्र प्रदेशको हो । माथिल्लो जातकी युवतीसँग प्रेम गरेको आरोपमा उनलाई शुक्रबार नाङ्गोझार पारेर जुत्ताको माला लगाइयो र गाउँ घुमाइयो ताकि अरुले यस्तो ‘अपराध’ नगरुन् ।

रोहित (परिर्वतित नाम) वमबोरीका बासिन्दा हुन् । गाउँलेहरु शुक्रबार उनको घरमा जम्मा भए र उनका परिवारका सदस्यलाई कुटपिट गरे ।

त्यसपछि उनीहरुले केटालाई आइन्दा यस्तो नगर्नु भन्दै जुत्ताको माला लगाएर गधामाथि चढाएर गाउँ घुमाए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनाविरुद्ध अभियोग लगाइएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

‘राष्ट्रसंघीय सुरक्षा परिषद असफल’

२८ फागुन, काठमाडौं । सिरिया द्वन्द्वको चपेटामा परेका नागरिकहरुलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद असफल भएको एक प्रतिवेदनले निष्कर्ष निकालेको छ ।

मानवीय सहायता र मानवअधिकार सम्वन्धी २२ वटा भन्दा धेरै अग्रणी संस्थाहरुको सार्बजनिक गरेको प्रतिवेदनले सुरक्षापरिषद असफल भएको निष्कर्ष निकालेको हो ।

युद्ध पीडितहरुका लागि निर्वाध रुपमा मानवीय सहायता पुर्‍याउने सम्वन्धी आफैले तयार पारित गरेको संकल्प प्रस्ताव कार्यान्वयन पनि नभएको प्रतिवेदनमा उल्लेख छ । संकल्प प्रस्ताव कार्यान्वयन गर्न सुरक्षा परिषदमा आबद्ध विश्वका शक्तिशाली राष्ट्रहरुले नै ईच्छाशक्ति नदेखाएको प्रतिवेदनले औंल्याएको बीबीसीले जनाएको छ ।

व्रिटिश विदेशमन्त्री डेभिड मिलिव्यान्डले सिरिया संकट समाधान गर्न विश्वका राजनीतिक नेताहरुले नै प्रयास छाड्नु आश्चर्यजनक भन्दै आलोचना गरेका छन् ।

सिरियाली युद्ध चार बर्ष पुगेको सन्दर्भमा प्रतिवेदन निकालिएको हो । सो प्रतिवेदनमा गत बर्ष सिरियाली युद्ध सबैभन्दा हिंसात्मक र सर्बसाधारणको लागि पीडादायक रहेको उल्लेख छ ।